२०८३ कार्तिक १
२०८३ कार्तिक १

मुम्बइ, १९ बैशाख । होम्बल फिल्म्स निस्सन्देह भारतीय सिनेमा मा सबैभन्दा ठूलो उत्पादन घर हो।

 

यो अग्रणी प्रोडक्सन हाउसले यसको ब्यानरमा केजिएफ च्याप्टर २, कान्ताराः ए लिजेन्ड र प्रभास–प्रशान्त नीलको सालार पार्ट १ः सीजफायरजस्ता ब्लक बस्टरहरूका साथ भारतीय सिनेमालाई प्रमोट गरेको छ। उनको अर्को सबैभन्दा ठूलो प्रोजेक्ट ‘कान्ताराः च्याप्टर १’ हो, जसको फ्यान र दर्शकले ठूलो अपेक्षाका साथ प्रतीक्षा गरिरहेका छन् । फिल्मसँग सम्बन्धित हरेक नयाँ अपडेटसँगै जनतामा उत्साह बढ्दै गएको छ ।

 

पछिल्लो अपडेट अनुसार एक साताभित्र फिल्मको छायांकन सुरु हुँदैछ । यसको २० दिनको तालिका छ। यस कार्यक्रममा टोलीले जंगलमा अत्यावश्यक भागको छायांकन गर्नेछ र फिल्मको कथासँग मेल खाने कुन्दपुराको तटीय क्षेत्रमा यो फिल्मको छायांकन हुनेछ । २०० गुणा २०० फिटको विशाल सेट निर्माण गरिएको छ र कुन्दपुरा बनाउन मुम्बई, बेंगलुरु र हैदरावादबाट ६०० सिकर्मी र स्टन्ट मास्टरहरू भाडामा लिइएको छन्।

 

साथै, सेट बनाउनु अघि फाइनल कलाकारहरूलाई कडा प्रशिक्षण सत्र दिइदैँछ । यदि हामी फिल्मसँग सम्बन्धित अन्य विवरणहरूको बारेमा कुरा गर्छौं भने फिल्मलाई ऋषभ शेट्टीले निर्देशन गरेका हुन्, जो फिल्मका मुख्य अभिनेता पनि हुन्। यसको संगीत अजनीश लोकनाथले दिएका छन् भने छायांकन अरविन्द कश्यपले गरिरहेका छन् ।

 

फ्रेन्चाइजको पहिलो फिल्म  ‘कान्ताराः अ लिजेण्ड’ ले दर्शकलाई यसअघि कहिल्यै नदेखेको अविस्मरणीय सिनेम्याटिक अनुभव प्रदान गरेको कुरालाई नकार्न सकिँदैन । फिल्मको नाटकीय अनुभव दर्शकको हृदय र सम्झनामा सधैंभरि रह्यो र जब ऋषभ शेट्टी र होम्बल फिल्म्सले सिक्वेल ‘कान्ताराः च्याप्टर १’ घोषणा गरे, अर्को भव्य नाटकीय अनुभव गर्नका लागि दर्शकहरू उत्साहित देखिएका छन ।
न्युज कारखाना

मुम्बइ, १९ बैशाख । सञ्जय लीला भन्सालीको वेब सिरिज ‘हिरामाण्डी’ यतिबेला चर्चाको विषय बनेको छ । यो सिरिज आज अर्थात मे १ मा नेटफ्लिक्समा रिलिज हुदैँछ । दर्शकहरू यस शृङ्खलाको उत्सुकताका साथ पर्खिरहेका छन् ।

 

यसैबीच लस एन्जलसमा ‘हिरामाण्डी’ को प्रिमियर भएको थियो, जहाँ वलिउड स्टारहरुको जमघट आयोजना गरिएको थियो ।

लस एन्जलसको इजिप्शियन थिएटरमा प्रिमियर भएको ‘हिरामान्डी’ पहिलो भारतीय शृङ्खला बनेको छ। यस क्रममा फिल्ममेकर सञ्जय लीला भन्साली शर्मीन सहगलसँग पोज दिँदै गरेको देखिएको थियो ।

स्क्रिनिङमा अभिनेत्री तथा प्रभावकार लिली सिंह पनि पुगेकी थिइन् । यस क्रममा उनी देसी ट्विस्ट भएको ब्लेजर बोकेकी थिइन् । यस अवधिमा क्यानडेली र्‍यापर, गायक तथा गीतकार तेशरको पनि उपस्थिति थियो । प्रिमियरमा उनी शाही शैलीमा देखा परेका थिए ।

 

हीरामण्डीमा गणिकाको भूमिका निभाएकी नायिका शर्मीन सहगल पनि लेहेंगा चोलीमा देखिएकी थिइन् । यो लुक्समा उनी निकै क्यूट देखिएकी छिन् ।

 

‘हिरामाण्डी’ निर्देशक सञ्जय लीला भन्साली पनि लस एन्जलसमा आफ्नो सिरिजको स्क्रिनिङमा देखिएका थिए । सो स्क्रिनिङको क्रममा सञ्जय लीला भन्सालीले पनि नेटफ्लिक्स टिमसँग पोज दिएका थिए ।

 

यस सिरिजमा सोनाक्षी सिन्हा, अदिति राव हैदरी, मनिषा कोइराला, ऋचा चड्ढा, सञ्जीदा शेख, शर्मीन सहगल लगायतका कलाकारहरुको अभिनय देखिनेछ ।न्युज कारखाना

काठमाडौँ । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पूजार सार्की’को दोस्रो गीत ‘रिमै’ सार्वजनिक गरिएको छ ।

मंगलबार  युट्युबमा सार्वजनिक गीतमा निर्देशक दिनेश राउतको शब्द रचना, सुवास भुसालको संगीत तथा देवेन्द्र बराल र मुना ठटालको युगल स्वर रहेको छ ।

गीतमा फिल्मका मुख्य कलाकारहरु आर्यन सिग्देल र अञ्जना बराइली तथा प्रदीप खड्का र परीक्षा लिम्बू प्रमुख तथा पल शाह रुपमा फिचर्ड छन् ।

विकास सुवेदीको लेखन रहेको फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ ।

जातीय विभेदविरुद्धको कथामा आधारित भएर बनेको फिल्मलाई सुवास भुसालले निर्माण गरेका हुन् । किङ्गडम नेटवर्कको प्रस्तुति रहेको फिल्ममा राजेश श्रेष्ठको डिओपी, भरत रेग्मीको सम्पादन, सुप्रिम पराजुलीको कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन छ ।

आगामी जेठ १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्मलाई आरआर फिल्मसले वितरण गर्दैछ । अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण अधिकार लिएको छ ।न्युज कारखाना

गीतको लिंक- https://www.youtube.com/watch?v=K0cGyaYf_Go

काठमाडौँ । उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को पहिलो गीत सार्वजनिक गरिएको छ । सनुप पौडेल र झुमा लिम्बूको युगल स्वर रहेको ‘झ्यालको’ बोलको गीतमा झुमा लिम्बूको संगीत तथा हर्क साउदको शब्द रचना छ ।

अन्तरजातीय सम्बन्धको आयामलाई समेटिएको यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा र मेनुका प्रधान केन्द्रीय भूमिकामा छन् भने हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राई लगायतको पनि अभिनय छ । निर्देशक सुब्बाकै लेखन रहेको फिल्मका निर्माता शैलेन्द्र ध्वज कार्की हुन् ।

फिल्ममा विष्ण कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्मातामा छन् भने सिजन दाहाल कार्यकारी निर्माता रहेका छन् ।

फिल्म यही बैशाख २१ गतेबाट प्रदर्शनमा आउदैछ ।

गीतको लिंक-  https://www.youtube.com/watch?v=bpthjCqpPrM

न्युज कारखाना

काठमाडौँ । म्यूजिक भिडियोमा चर्चित मोडल सनिशा भट्टराई फिल्ममा डेभ्यु गर्ने भएकी छन् । सनिशाले अभिनेता विराज भट्टको निर्देशनमा बन्न लागेको आगामी फिल्म ‘१२ गाउँ’ बाट डेब्यु गर्न लागेकी हुन् ।

विराजले सोमबार फेसबुकमार्फत फिल्ममा उनको अभिनय रहने पृष्टि गरेका हुन् । फिल्ममा उनको प्रमुख भूमिका रहने विराजले जनाएका छन् ।

विराजले लेखेका छन्- ‘धेरै सम्भावना बोकेकी, सौन्दर्य तथा कला की धनी सनिसा भट्टराई हाम्रो १२ गाउँ चलचित्रमार्फत प्रमुख भूमिकामा आफ्नो फिल्मी यात्राको सुरुवात गर्दै । वहाँलाई धेरै धेरै बधाई तथा शुभकामना ।’

सनिशाले ‘ए होर माया’, ‘आँशु बनि नखस कैले नि’, ‘तिमीलाई हेर्ने बानी पर्‍यो’ लगायत कैयौं म्युजिक भिडियोमा काम गरिसकेकी छन् ।

यसै वर्ष छायांकनको तयारी गरिएको ‘१२ गाउँ’मा विराज स्वयं मुख्य भूमिकामा छन् भने उनका छोरा समीर भट्टको पनि अभिनय रहनेछ । यो फिल्मबाट सनिशासँगै पूर्वमिस नेपाल इन्टरनेसनल (२०२२) न्यान्सी खड्काले पनि डेब्यु गर्दैछिन् । भिलेनको भूमिकामा कनिज कोइरालाको अभिनय रहनेछ । फिल्ममा सन्तोष सरकारको कथा तथा पटकथा रहेको छ ।

एक्सन प्रधान रहने फिल्मका लागि उनले साउथ फिल्मका द्वन्द्व निर्देशक स्टन्ट सिल्भा फिल्ममा द्वन्द्व निर्देशनसँगै मुख्य खलपात्रको भूमिका पनि रहने बताइएको छ । न्युज कारखाना

काठमाडौँ । अभिनेत्री पूजा शर्माले पहिलोपटक एक्सन भूमिकामा अभिनय गरेको फिल्म ‘दान्भी’ अब आगामी असार ७ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

पूजाको जन्मदिनको अवसरमा फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो । यसअघि फिल्मलाई जेठ १० गते ल्याउने तयारी गरिएको थियो । तर, यो मितिमा दुई ठूलो फिल्म ‘पूजार सार्की’ र ‘फर्की फर्की’ आउने भएपछि फिल्मको प्रदर्शन मिति सारिएको हो ।

रुपेश तामाङको निर्देशनमा तयार भएको फिल्ममा पूजाको अपोजिटमा कुन्साङ बम्जन रहेका छन् । कुन्साङले यही फिल्मबाट डेब्यु गर्दै छन् । त्यस्तै, ‘पर्खि बसेँ तिमीलाई’बाट डेब्यु गरेका किरण श्रेष्ठको पनि फिल्ममा अभिनय छ । यस फिल्ममा पूजा एक्सन अवतारमा देखिदै छन् ।न्युज कारखमाम

काठमाडौं, १७ बैशाख  । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

लोहनी चर्चित नेपाली चलचित्र माइतीघरका नायक हुन्। उनी पार्किन्सन,अल्जाइमर्स र नियोनियाबाट ग्रसित थिए।

८६ बर्षका लोहनीको उपचारकै क्रममा सोमबार निधन भएको हो। उनी भारतीय नायिका माला सिन्हाका श्रीमान् हुन्।न्युज कारखाना

धनगढी, १७ बैशाख । नेपाली लेखक संघ धनगढीले स्थापना दिवस मनाएको छ। आइतबार एक समारोहकाबीच स्थापना दिवस मनाइएको अध्यक्ष तिर्थराज पाण्डेयले बताए।

२००८ सालमा स्थापना भएको लेखक संघले कला र साहित्यको विकासमा अतुलनीय योगदान पु्र्‍याउँदै आएको कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका शिक्षा विद् धर्मदेव भट्टले बताए। उनले मुलुकको परिवर्तनमा लेखकहरूको ठूलो भूमिका रहेको स्मरण गर्दै लेकखहरूलाई एकै थलोमा ल्याउने काम लेखक संघले गर्दै आएको बताए।

‘लेखकहरू देशको बौद्धिक वर्ग हो। उहाँहरूले लेखेका कुराले समाजमा ठूलो अर्थ राख्छ र ठूलो प्रभाव पनि पार्छ। त्यसैले लेखकहरूको योगदानलाई भुल्नु हुँदैन। उहाँहरूलाई सम्मान गर्दै लेख्न थप प्रेरित गर्नुपर्छ। हाम्रो देशको सन्दर्भमा भने त्यो अलि कमै पाइन्छ,’ भट्टले भने।

यस्तै कार्यक्रमका  विशिष्ट अतिथिसमेत रहेका नेपाली लेखक संघका केन्द्रीय सदस्य गणेश नेपालीले मुलुकको लोकतान्त्रिक आन्दोलनमा साहित्यिक मियोका रूपमा रहेर लेखक संघले भूमिका निर्वाह गर्दै आएको स्मरण गरे।

कार्यक्रममा नरेन्द्र भट्ट, पदम राना, मेघा भट्ट, मोहन भण्डारी, चित्रराज भट्टलगायतले आफ्नो धारणा राखेका थिए। यसका साथै विभिन्न श्रष्टाहरूले आफ्ना रचना वाचन गरेका थिए।न्युज कारखाना

काठमाडौं । साहित्य सदन नेपालको आयोजनामा आख्यान विमर्श सङ्गोष्ठी आइतबार राजधानीमा सम्पन्न भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीको विशेष उपस्थितिमा आख्यान विमर्श सङ्गाोष्ठी सम्पन्न भएको हो । बाल अधिकारकर्मी तथा आख्यान विमर्श सङ्गोष्ठीका संयोजक डा कृष्ण सुवेदी (भारद्वाज मित्र) ले पारिजातको ३१ अ‍ौ स्मृतीमा चर्चा पनि गरेका थिए ।

उनले देशले मात्र होइन, संसारले चिनेको पारिजातसंग चैत्र ३ गते राल्फा आन्दोलनमा यहाँ उपस्थित धेरै जनासँगै होमिएको बताए । चखुन्चा स्वाँ अर्थात् ज्याराकाण्डालाइ पारिजातले शिरिषको फूल भनेर लेखेपछि संसारले पारिजातलाई चिनेको उनले बताए ।

उनले निरंकुसताको समयमा सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित, रमेश विकल, धुस्वाँ सायमी, गङ्गा उप्रेती, अमिर थापालगायतले साहित्य सदन नेपाल निर्माणका लागि विशेष पहल गरेको सम्झदै हृदयचन्द्रको स्मृतीमा २०४३ सालतिरको समयमा कार्यक्रम गर्न थाल्दा पञ्चायतीहरूले कार्यक्रम गर्न नदिएपछि पद्मोदयको चोटामा कार्यक्रम गर्दा बैकुण्ठ लाकौलले सार्है चित्त दुखाउँदै जनताको एकेडेमी बनाउनुपर्छ भनेर रू एक लाख सहयोग गरेको सन्दर्भ निकाल्दै साहित्य सदन नेपाल स्थापना गरिएको सम्झे ।

सदनका अध्यक्ष प्रा.डा. हेमनाथ पौडेलको अध्यक्षता र सचिव प्रल्हाद पोखरेलको सहजीकरणमा सम्पन्न सो सङ्गोष्ठीमा पारिजात केन्द्रका पूर्व अध्यक्ष डा राजेन्द्रप्रसाद अधिकारीले पारिजात स्मृती केँन्द्रले पारिजातको जन्म १९९० फागुन ३० गते बनाएर ७८ सालमा सच्याइएको बताए । उनले २०२२ सालमा शिरिषको फूलमा मदन पुरस्कार प्राप्त गरिसकेपछि प्रसिद्धी पाएको बताए ।

बहुआयामिक व्यक्तित्व पारिजातले कृतीका कारणले संसारभर चिनिने उनले बताए । आख्यान सङ्गोष्ठीमा प्रा डा दयाराम श्रेष्ठले वर्तमान नेपाली कथाले पहिल्याएका बाटाहरूको कायपत्र प्रस्तुत गरेका थिए भने वरिष्ठ चिन्तक निनु चापागाईले टिप्पणी गर्दै साहित्य सदन नेपालले आख्यान विमर्श चलाएर धेरै महत्वपूर्ण कार्यक्रम गरेको बताए ।

उनले यस्ता आख्यान विमर्श गहनताका साथ हुनुपर्ने बेलामा खडेरी लागेकोले सदनले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए । उपप्राध्यापक निग्मना घिमिरेले वर्तमान नेपाली उपन्यासका प्रवृत्तिमाथि लेखिएका कार्यपत्र पढेर सुनाएका थिए भने कार्यपत्रमाथि प्रा.डा. रमेशप्रसाद भट्टराई र कार्यक्रमका टिप्पणी गरेका थिए ।

आख्यान विमर्श सङ्गोष्ठीमा साहित्यकार तथा पूर्वमन्त्री शान्ता मानवी, प्रा. डा. जीवेन्द्रदेव गिरी, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव जगतप्रसाद उपाध्याय, प्रा. डा. रामप्रसाद ज्ञवाली, प्रा. कोशराज न्यौपाने, प्रा. सुरेश ढकाल, प्रगतीशिल लेखक संघका अध्यक्ष डा. मधुसुदन गिरी, प्रा. सिजर्ना शर्मा डा. देवकी आचार्य, अरूणिमा शैक्षिक प्रतिष्ठानका इश्वरी लामिछाने, भीमानन्द ढुङ्गाना, प्रा डा कृष्णप्रसाद न्यौपानेलगाएतका विशिष्ठ व्यक्तित्वहरूका साथै कथा, उपन्यासका सर्जक तथा समालोचकहरू, निकटवर्ति साहित्यक संस्थाका अध्यक्षहरू, अभिनवका वेदमणि, कपन साहित्य समाजका गणेश मिश्र, घुम्तीका माधव श्रेष्ठलगायतको व्यापक उपस्थिति थियो । न्युज कारखाना

काठमाडौँ । अभिनेत्री पुजा शर्माको फिल्म दान्भीले रिलिज मिति सार्ने भएको छ ।

बुद्ध जयन्तीको दिन पारेर आगामी जेठ १० गतेलाई प्रदर्शन मिति घोषणा गरेको ‘दान्भी’ ले यस दिन तीन ठुला फिल्म रिलिज हुने भएपछि मैदान छोडेको हो ।

जेठ १० मा अनमोल केसीको‘फर्की फर्की’ र  मल्टी स्टार फिल्म ‘पूजार सार्की’ रिलिज हुदै छन् । दान्भीले मैदान छोडेपछि अब जेठ १० मा ‘पूजार सार्की’ र ‘फर्की फर्की’ बीच भिडन्त हुने भएको छ ।

सोमबार पूजाको जन्मदिनको अवसर पारेर ‘दान्भी’को नयाँ प्रदर्शन मिति घोषणा गर्ने बताइएको छ ।

फिल्मको रिलिज सरेपछि पूजाले फेसबुकमा लेखेकी छन्, ‘एकसाथ तीन फिल्म प्रदर्शन हुन उपयुक्त नहुने ठानेर ‘दान्भी’लाई केही हप्ता पछि सार्ने निर्णय गरेका छौं ।’

‘दान्भी’मा पूजा पहिलोपटक एक्सन भूमिकामा प्रस्तुत भएकी छन् । रुपेश तामाङको निर्देशन रहेको फिल्ममा अभिनेता कुन्साङ बोमजम र किरण श्रेष्ठको पनि मुख्य भूमिका छ । देव मगर, अनुप गडाल निर्माता रहेको फिल्ममा पवन राना मगर  कार्यकारी निर्मातामा छन् । न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।