२०८२ चैत्र २५
२०८२ चैत्र २५

काठमाडौँ । सन् १९९७ को सर्वकालीन ब्लकबस्टर फिल्म बोर्डरको सिक्वेलको तयारी सुरु भएको छ । यस फिल्ममा सनी देओलसँगै आयुष्मान खुराना पनि मुख्य भूमिकामा देखिनेछन् । अब छिट्टै यो चलचित्रको छायांकन सुरु गर्ने निर्माण पक्षले जनाएको छ ।

मिडिया रिपोर्टका अनुसार बोर्डर २ को छायांकन अक्टोबरबाट सुरु हुने बताइएको छ ।

बोर्डर २ लाई जेपी दत्तले निर्देशन र निर्माण गर्न लागेका छन्, जसले १९९७ को बोर्डर पनि निर्देशन गरेका थिए । भूषण कुमार र जेपी दत्तकी छोरी निधि दत्तले पनि फिल्म निर्माण गर्दैछन् । यस फिल्ममा सनी देओल मेजर कुलदीपको भूमिकामा देखिनेछन् ।

फिल्म सन् २०२६ मा गणतन्त्र दिवसको अवसरमा रिलिज हुनेछ ।

सन्नी देओलका फिल्महरूको बारेमा कुरा गर्दा उनको अन्तिम फिल्म गदर २ थियो, जुन बक्स अफिसमा सुपरहिट थियो । उनी चाँडै लाहोर १९४७, बाप, सूर्य र अपने २ मा देखिनेछन् । फिल्म बोर्डर सन् १९९७ मा रिलिज भएको थियो । १० करोडमा बनेको यो फिल्मले ६५ करोड कमाएको थियो । यो त्यो वर्षको सबैभन्दा ठूलो फिल्म थियो । न्युज कारखाना

काठमाडौँ । मलाइका अरोरा र अर्जुन कपूरले लामो समयदेखिको प्रेम सम्बन्ध टुंगाएका छन् । भारतीय मिडियाका अनुसार दुवैले आपसी सहमतिमा आफ्नो सम्बन्धलाई पूर्ण विराम लगाउने निर्णय गरेको बताइएको छ ।

मलाइका र अर्जुनले आफ्नो मित्रतालाई कायमनै राख्दै प्रेम सम्बन्धबाट छुट्टिने निर्णय गरेको रिपोर्टमा उल्लेख छ ।

अर्जुन र मलाइकाको सम्बन्धको २०१८ देखि सार्बजनिक रुपमा बाहिर आएको थियो, जब उनीहरू एक फेशन शो कार्यक्रममा सँगै देखिएका थिए । मलाइकाको ४५औं जन्मदिनमा उनीहरुले सामाजिक सञ्जालमा आफ्नो सम्बन्धको पुष्टि गरेकि थिइन् ।

यसलाई आधिकारिक बनाएपछि उनीहरुले एकअर्काको परिवारसँग समय बिताउन थालेका थिए । कफी विथ करणमा अर्जुनको उपस्थितिमा पनि, उनले आफ्नो प्रेम जीवन र उनीहरूको सम्बन्धलाई अर्को स्तरमा लैजाने योजनाहरूको बारेमा कुरा गरेकी थिइन् ।

मलाइका अरोराले २०१७ मा अरबाज खानसँगको आफ्नो १९ बर्ष लामो वैवाहिक सम्बन्धको अन्त्य गर्दै लग भएकी थिइन् । अरबाजसँग उनको एक छोरा रहेका छन् ।

काठमाडौं । जीवित देवी कुमारीमा आधारित नाटक हो अग्निचक्षु । समाजशास्त्र अध्ययन गर्दै गरेकी बांलाले आफ्नो शोधकार्यको विषय कुमारी छनोट गरेकी छिन् । नाटकको सुरुवात पूर्व कुमारी अष्टलक्ष्मी र उनीसँग जोडिएका व्यक्तिहरूसँग अन्तक्र्रिया गर्दै सन्दर्भ सामग्रीहरू जम्मा गरेकी हुन्छिन् । यसै सिलसिलामा उनिएका प्रसङ्ग नाटकका घटना बनेका छन् । व्यक्तिगत स्वार्थ त्याग गरेर राष्ट्र (नेपालमण्डल) जोगाउन गरेको मय्जुलानीको वीराङ्गनाको कथा आएको छ ।

परापूर्वकालदेखि नै कुमारीप्रति श्रद्धा गर्दै आएको इतिहास पनि यसको सूक्ष्म विषय हो । मल्ल राजाहरूकी आराधनाकी देवीको रूपमा कुमारीलाई लिँदै आएको इतिहास छ । विशेष गरी कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश तुलजा देवीसँग पासा खेल्ने, राज्यसञ्चालनको मार्गदर्शन लिन्थे भन्ने प्रसङ्ग यहाँ आएको छ । पासा खेल्ने क्रममा एकदिन उनको देवीसँग कुदृष्टि परेकोले देवीले अब उप्रान्त प्रत्यक्ष दर्शन नदिने कुरा भएपछि जयप्रकाश विचलित हुन्छन् । उनले आफ्नो क्रियाकलापप्रति पश्चात्ताप गर्छन् ।

आफ्ना शिष्य जयप्रकाशको त्यो पश्चातापले देवीको मन पग्लिन्छ र नेवार जातिको कोखबाट कुमारीको रूपमा जन्म लिनेछु, उनै जिउँदी कुमारीभित्र मेरो रूप हुनेछ, तिनैलाई मेरो प्रतिमाको रूपमा लिनू भनेपछि जयप्रकाश मल्लले काठमाडौको वसन्तपुरमा कुमारीघर बनाएर राजकीय सम्मानका साथ कुमारी राख्ने चलन चलाउँछन् । यो चलन अहिलेसम्म चलिआएको छ ।

यस नाटककी प्रमुख पात्र अष्टलक्ष्मी सामाजिक खराब परिपाटीबाट विचलित देखिन्छिन् । उनी आफ्नो प्रेमी सुलभको खराब प्रवृत्ति अनि आफ्नो पारिवारिक मायाममताको अभावमा घरै छाडेर हिँड्ने मनस्थितिमा हुन्छिन् । बांला र चिताइदारको उत्प्रेरणाले समाज रुपान्तन्रणमा नारी शक्तिको महत्त्व बोध गराइएपछि अष्टलक्ष्मी समाजबाट हटेर हैन डटेर अगाडि बढ्ने मनस्थितिमा पुग्छिन् । नाटक सकिन्छ ।

नाटककार चन्द्रप्रसाद पाण्डेयद्धारा लिखत यो नाटक ‘अग्निचक्षु’ बुधबारदेखि काठमाडौंको बत्तीसपुतलीस्थीत शिल्पी थिएटरको गोठाले नाटक घरमा मञ्चन सुरु भएको छ । साइलेन्ट एक्टको प्रस्तुतिमा मञ्चन भइरहेको  नाटक हेरेर दर्शकले राम्रो प्रतिक्रिया दिएका छन । संस्कृतिभित्र लुकेका धार्मिक, सामाजिक, ऐतिहासिक तथा जीवन दर्शनका कुराहरू समेटेर नाटक तयार भएको लेखक चन्द्रप्रसाद पाण्डेय बताउछन् । उनी भन्छन्( कला र संस्कृति राष्ट्रको अमूल्य सम्पति हो । यसको संरक्षण गर्नु हामी सबैको दायित्व हो । राज्य तथा नारी शक्ति पुञ्जको रूपमा कुमारीलाई सबैले मान्दै आएको परम्परा नेपालको धरोहर सम्पदा हो । गौतम बुद्धको जन्मथलो, विश्वको सर्वोच्च शिखर सगरमाथाको देश अनि जीवित देवी कुमारी पुज्ने देशको रूपमा नेपाल विश्वमा परिचित छ, त्यसैले पनि संस्कृतिमाथि काम गर्ने क्रममा हामीले यस पटक यो विषयमा नाटक तयार पारेका हौं ।

त्यस्तै नाटकका परिकल्पनाकार तथा निर्देशक झकेन वि सी कुमारीको ऐतिहासिक विषयवस्तुमाथि नाटक बनाउन पाउँदा आफू धेरै खुसी भएको बताउछन् ।

नाटकमा कलाकारहरू मञ्जु श्रेष्ठ, सङ्गीता उराँव, हेना नगरकोटी, कृष्णभक्त महर्जन, सविन कट्टेल, श्रीशेष श्रेष्ठ, धिरज थापा मगर, शान्ता प्रजापति, राजेन्द्र डंगोल, एअरिका चौलागाई(बाल कलाकार) रहेका छन् । सङ्गीत परिकल्पना तथा संयोजन अनुप तिमिल्सिनाको रहेको छ भने अनुपसँगै प्रत्यक्ष सङ्गीतमा,पूजा विश्वकर्मा, इन्द्रमान महर्जन, प्रतीक प्रजापति रहेका छन् भने कोरियोग्राफी जे.डी.तमुको रहेको छ ।नाटकको बजार व्यवसथापन चक्र प्रसाद पोखरेलले गरेका छन भने किरण पराजुलीले संचार संयोजन गरिरहेकाछन ।

नाटक मंगलबारबाहेक साताको प्रत्येक दिन साँझ ५: ३० बजे र शनिबार १ बजे अतिरिक्त सो हुनेछ । नाटकको समयावधि करिब डेढ घण्टा रहेको छ ।

काठमाडौँ । अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहपूर्वको दोस्रो समारोह इटालीमा जारी रहेको छ । अनन्त अम्बानीले राधिका मर्चेन्टसँग जुलाई १२ मा मुम्बईमा विवाह गर्दैछन् । हलिउड गायिका केटी पेरीले यो दोस्रो प्रि-वेडिङ समारोहमा प्रस्तुति दिने भएकी छन् ।

हलिउड गायिका केटी पेरीले कान्समा अनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि-वेडिङ पार्टीमा प्रस्तुति दिने छिन् । शुक्रबार साँझ आयोजना गरिने पार्टीमा पेरीले प्रस्तुति दिने बताइएको छ । यो एक मास्करेड बल पार्टी हुन गइरहेको छ, जसमा उपस्थित सबै अतिथिहरूले आफ्नो अनुहारमा मास्क लगाउनेछन् । यस पार्टीका लागि अम्बानी परिवारले कान्समा ४ करोड पाउण्डको भिला बुक गरेको छ । ५ घण्टासम्म चल्ने यस पार्टीमा पाहुनाका लागि ठूलो आतिशबाजीको पनि आयोजना गरिएको बताइएको छ ।

यसअघि, क्रुजबाट लोकप्रिय ब्यान्ड ब्याकस्ट्रिट ब्वाईजको प्रदर्शनको भिडियो अनलाइन बाहिर आएको थियो । भाइरल क्लिपले निक कार्टर, होवी डोरो, ब्रायन लिट्रेल, एजे म्याक्लिन र केभिन रिचर्डसन समावेश भएका ब्याकस्ट्रिट केटाहरू देखाउँछन्, सबै सेतो पहिरन लगाएर उनीहरूको लोकप्रिय ट्र्याक ‘आई वाना बी विथ यू’ गाउँदै क्रूज भीडमा पुगेका छन् ।

यस अघि जामनगरमा भएको पहिलो प्रि-वेडिङ सेरेमनीमा अन्तर्राष्ट्रिय गायिका रिहानाले परफॉर्म गरेकी थिइन् जसको लागि उनलाई ७४ करोड भारु दिइएको चर्चा थियो ।

अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाह १२ जुलाईमा हुँदैछ । तीन दिनसम्म चल्ने यो भव्य समारोह मुम्बईको जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा आयोजना हुनेछ ।न्युज कारखाना

काठमाडौँ । बसन्त निरौलाको निर्देशनमा बन्न लागेको फिल्म ‘ज्वाइँ साब’को छायांकन सुरु गरिएको छ ।

शुक्रबार बिहान मकवानपुर जिल्लाको पर्यटकीय गन्तव्य चित्लाङस्थित स्वच्छन्द भैरव मन्दिरमा स्क्रिप्ट, क्यामेरा र क्ल्याप पूजा गर्दै फिल्मको छायांकन थालिएको हो ।

चित्लाङमा २० दिनको छायांकन गरिने भएको छ । त्यसपछि बाँकी छायांकनका लागि निर्माण टिम सौराहा र इलाम जाने तयारीमा छ ।

फिल्ममा हास्य अभिनेता जीतु नेपाल र अभिनेत्री नीति शाहको जोडी बाँधिएको छ । अभिनयको हिसाबले नीतिको यो दोस्रो फिल्म हो । फिल्ममा रमेश वुढाथोकी, प्रकाश घिमिरे, वुद्दि तामाङ, हिमेश पन्त, निमा पाण्डे लगायतको पनि अभिनय रहनेछ ।

फिल्ममा जीतु ज्वाइँको भूमिकामा देखिनेछन् । अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत रहेको फिल्मको छायाँकार श्याम तामाङ हुन् ।

राज कुमार पण्डित प्रस्तुतकर्ता रहेको ‘ज्वाइँ साब’मा मिनादेवी पाण्डे, सौगात पण्डित र पदमलाल तामाङ निर्मातामा छन् । विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद लेखन छ ।

फिल्मलाई समसामयिक कथामा निर्माण गर्न लागिएको निर्देशक निरौलाले जानकारी दिए । फिल्म यसै वर्षको तिहारमा रिलिज हुने बताइएको छ ।न्युज कारखाना

काठमाडौँ । अभिनेता सुशील श्रेष्ठको नयाँ फिल्म ‘आउट ल : दफा २१९’को प्रदर्शन मिति घोषणा गरिएको छ । फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै यस वर्षको असोज ३ गते अर्थात् संविधान दिवसको दिन फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो ।

यो फिल्मको कथा कानुनसँग सम्बन्धित भएकाले पनि प्रदर्शनका लागि संविधान दिवस रोजिएको बुझिएको छ । पोस्टरले सुशील सेनाको भूमिकामा भएको संकेत गर्दछ । फिल्मलाई विक्की महर्जनले निर्देशन गर्दै छन् ।

निर्देशक महर्जन स्वयंको लेखन रहेको फिल्ममा सुशीलसहित नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डार, हेम गुरुङ, सोनी लागुन लगायतको पनि अभिनय छ । विनोद कडायत र सशांक खड्का कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सह-

निर्मातामा छन् । नविन गुरुङको छायांकन रहेको फिल्ममा ‘ट्रेलर मास्टर’ साहिल खानको सम्पादन छ भने चुल्ठे काजीको द्वन्द्व निर्देशन छ ।न्युज कारखाना

काठमाडौँ । बलिवुडका फिल्म निर्माता एवम निर्देशक करण जोहरले फिल्म धड्कको सिक्वेलको घोषणा गरेका छन् । यो फिल्म ‘धडक २’ हुनसक्छ जुन सन् २०१८ मा जान्हवी कपुरको फिल्मको स्ट्यान्डअलोन सिक्वेल हुनेछ ।

यो फिल्म मार्फत ‘एनिमल’ फेम अभिनेत्री तृप्ती डिमरी पहिलो पटक करण जोहरसँग काम गर्दैछिन् । फिल्म ‘गली ब्वाई’ फेम सिद्धान्त चतुर्वेदी तृप्तीको अपोजिटमा देखिनेछन् ।

फिल्म धर्मा प्रोडक्सन, जी स्टुडियो र क्लाउड ९ पिक्चर्सको सहकार्यमा निर्माण हुन लागेको हो । यो वर्ष यो नोभेम्बर 22 मा रिलिज हुने छ ।

निर्माण पक्षले फिल्मको सेनेटिक १ मिनेटको टिजर सार्वजनिक गरेको छ । फिल्मको टिजरबाट कथा प्रष्ट हुन्छ । योसँगै यो फिल्म ‘धडक’ को सिक्वेल हो भन्ने थाहा भएपछि फेरि एकपटक दुई प्रेमी–प्रेमिका परिवारका लागि लड्ने देखिएका छन् ।
‘धडक’ मराठी फिल्म ‘सैराट’ को रिमेक थियो।

श्रीदेवीकी छोरी जान्हवी कपुरले सन् २०१८ मा ‘धडक’ बाट बलिउडमा डेब्यु गरेकी थिइन् । जसमा उनको अपोजिट इशान खट्टर देखिएका थिए । फिल्मको पछाडि शशांक खेतान र निर्माता करण जोहर थिए ।

यो २०१६ को मराठी फिल्म ‘सैराट’ को रिमेक थियो । ४१ करोडमा बनेको यो फिल्मले बक्स अफिसमा ११० करोड कमाएको थियो । न्युज कारखाना

काठमाडौँ । सलमान खानको नयाँ फिल्म सिकन्दरमा बाहुबली फेम अभिनेता कटप्पा अर्थात सत्यराज भिलेन बन्ने भएका छन् ।

साउथका चर्चित अभिनेता सत्यराजको सलमानको फिल्म ‘सिकंदर’ मा इन्ट्री भएको हो । यो फिल्ममा उनी खलनायकको भूमिकामा देखिने छन् । सत्यराजले ‘बाहुबली’ फ्रेन्चाइजमा कटप्पाको भूमिका निभाएका थिए ।

अभिनेता आफैंले हालैको एक अन्तर्वार्तामा आफूलाई ‘सिकन्दर’ मा कास्ट गरिएको बताए । एआर मुरुगादासको निर्देशनमा बन्ने यो सलमान स्टारर फिल्ममा उनी खलनायकको भूमिकामा देखिने पनि उनले जानकारी दिए ।

यस महिनाको सुरुमा, मे ९ मा, निर्माताहरूले फिल्मसँग सम्बन्धित अर्को घोषणा गरेका थिए । फिल्ममा सलमानको अपोजिटमा रश्मिका मन्डन्नालाई कास्ट गरिएको निर्माण पक्षले जनाएको छ ।

यस फिल्ममा सलमान र रश्मिका पहिलो पटक सँगै काम गर्दैछन् । यसलाई ‘गजनी’ र ‘हलिडे’ जस्ता फिल्म निर्देशन गरेका एआर मुरुगादासले निर्देशन गर्नेछन् । साजिद नाडियाडवाला यसको निर्माता हुनेछन्। फिल्म आगामी वर्षको इदमा रिलिज हुनेछ ।

निर्माता साजिद नाडियाडवालासँग सलमानले ‘जुडवा’, ‘मुझसे शादी करोगी’ र ‘किक’ जस्ता धेरै हिट फिल्म दिएका छन् । ‘सिकंदर’ भन्दा पहिले मुरुगादास र सलमानले सन् २०१४ मा रिलिज भएको फिल्म ‘जय हो’ मा पनि सँगै काम गरेका थिए । त्यो फिल्मका लेखक मुरुगादास थिए  । न्युज कारखाना

काठमाडौँ । वरिष्ठ हास्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको घटनामा बोलेको विषयको चौतर्फी आलोचना भएपछि माफी मागेका छन् ।

सोमबार दुवैले एक भिडियो सन्देस जारी गर्दै अदालतमा विचाराधीन विषयमा आफूहरूले दिएको अभिव्यक्ति गलत भएको भन्दै माफी मागेका हुन् ।

सिरोहिया पक्राउ बारे मह जोडीको अभिव्यक्तिपछि उनीहरुको सामाजिक सञ्जालमा कडा आलोचना भएको थियो ।

भिडियोमा उनीहरुले भनेका छन्- ‘हामी ब्रिक्स क्याफेमा बसेर अस्ट्रेलिया आउने विषयमा गम्भीर रूपमा छलफल गर्दै थियौँ । त्यही बेला त्योभन्दा गम्भीर विषयमा, अदालतमा विचाराधीन विषयमा थुप्रै पत्रकारहरू बसेर छलफल गर्नु भएको रहेछ । एउटा मुडमा बसेको समय अपर्झट बोल्ने प्रस्ताव आयो ।  हामी पनि के बोल्ने भनेर अकमकियौँ । अदालतमा विचाराधीन विषयमा हामीले नबोलेको भए हुन्थ्यो । हामीबाट त्रुटि भयो । त्यसका लागि हामीलाई यत्रो वर्ष आफ्नो सम्झेर माया गरिदिनुभयो । यो पटक पनि सबै कुरा बिर्सिदिएर हामीलाई माफ गर्दिनु होला ।’ न्युज कारखाना

काठमाडौँ । २२ डिसेम्बर २०२३ मा रिलिज भएसँगै प्रभासको एक्शन प्याक सागा ‘सालार पार्ट १ – सिजफायर’ ले बक्स अफिसमा सफल भएको थियो । प्रशान्त नीलद्वारा निर्देशित र लेखिएको, यो फिल्म सफल भयो र यसले विश्वभर ७५० करोड भारु कमाई गर्यो ।

योसँगै प्रभासको फिल्म ‘सालार २–शौर्याङ पर्वम’ पनि बन्ने पक्का गरिएको थियो । तर, यसैबीच फिल्मको बारेमा एउटा ठूलो जानकारी बाहिर आएको छ, जसले फ्यानलाई चकित पार्ने निश्चित छ ।

सालार र शौर्याङ्ग जनजातिबीचको द्वन्द्वलाई अझ गहिरो पार्ने वाचा गर्ने ‘सालार भाग २ – शौर्याङ पर्वम’ को सिक्वेलको प्रतिक्षा उच्च थियो । यसअघि पहिलो पार्टमा वरदाको भूमिका निर्वाह गरेका अभिनेता पृथ्वीराज सुकुमारनले सिक्वेलको स्क्रिप्ट अन्तिम चरणमा पुगेको र छायांकन पनि छिट्टै सुरु हुने बताएका थिए । तर अब प्रभास र निर्देशक प्रशान्त नीलबीच फिल्मको कथाको विषयमा मतभेदका कारण बहुप्रतिक्षित सिक्वेल अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

साथै निर्देशक प्रशान्तले जुनियर एनटीआरसँगको प्रोजेक्टमा आफ्नो ध्यान केन्द्रित गरेपछि सलार-२ अझ अनिश्चित बनेको मिडिया रिपोर्टमा बताइएको छ ।

अभिनेता प्रभासका आगामी दिनमा ‘कल्की २८९८ एडी’, मारुतिसँग ‘राजु भाइ’ र सन्दीप रेड्डी वाङ्गा निर्देशित ‘स्पिरिट’ लगायतका फिल्म आउदै छन् ।न्युज कारखाना

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।