२०८३ बैशाख ८
२०८३ बैशाख ८

हनुमत यादव,गाैर,२८ गते चैत ।

गाैर । बेमौसमी वर्षाका कारण रौतहट सहित मधेसका जिल्लाहरूमा गहुँ र दलहन बालीमा व्यापक क्षति पुगेको छ । बुधबार राती देखि निरंतरता भैरहेको बर्षाले खेतमा पानी जमेर गहुँ र दलहन भिज्न थालेपछि बालीनाली सड्न सुरु भए पछि किसानहरूमा डरले चिन्त बनेका छन् ।

जिल्लाका विभिन्न क्षेत्रमा लगाइएको सयौं बिघा गहुँ, दलहन बाली नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ । वर्षासँगै आएको हावाहुरीले गहुँका बालाहरू लडाएको र खेतमा पानी जमेपछि अन्न कुहिन थालेको किसानहरूले बताएका छन् । साथै अहिलेको मौसममा फलने बोट , बिरुवामा फुल लगन सुरु भएको छ तर अहिलेको हावाहुरीले फुल झरीरहेकोले आम , कटहर ,लिच्ची जस्ता फलमा पनि भारी क्षति पुगेको छ ।

बिघौ बिघामा लगाएको गहुँ बाली पानीले पूर्ण रूपमा नष्ट भएको किसनहरुले गुनासो गरेका छन् । “वर्षभरि गरेको मेहनत खेर गयो, । यस वर्ष बर्खा समयको अन्तिम समयमा आएको बढीका कारण गहुँ र दलहन बाली ढिलो लगायिएकोले भर्खरै तैयार भएको बेमौसमी वर्षाका कारण धेरै क्षति पुर्याएको किसानहरु बताएका छन् । बेमौसमी वर्षाले गहुँ बालीमा पुर्याएको क्षतिका कारण किसानहरू निराश भएका छन् । उनीहरूले सरकारसँग उचित राहत र क्षतिको मूल्याङ्कन गरी क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् ।

धानबालीको बखत आएको बढीले बिघौ बिघा डुबानमा परि क्षति भएको र केहि बचेको लगातारको वर्षाले धानबाली भित्र्याउन नपाएका किसानहरूलाई गहुँ बालीमा भएको क्षतिले थप समस्यामा पारेको छ । यस्तो प्राकृतिक प्रकोपबाट किसानहरूलाई जोगाउन सरकारले दीर्घकालीन योजना ल्याउनुपर्ने आवश्यकता देखिएको छ । यस्तो प्राकृतिक प्रकोपले किसानहरूलाई ठूलो आर्थिक मार पर्ने गरेको छ । सरकार र सम्बन्धित निकायहरूले किसानहरूलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने देखिन्छ । बाली बीमा जस्ता कार्यक्रमहरूलाई प्रभावकारी बनाउनुका साथै किसानहरूलाई मौसम पूर्वानुमानको सही जानकारी समयमै पुर्याउन सके यस्ता जोखिमहरू कम गर्न सकिन्छ ।

आरके श्रीवास्तव,गरूडा,२८ गते चैत ।
राजाको शासन पुनः नआउने र जनताले समर्थन पनि नगर्ने नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले बताएका छन् ।
एकीकृत समाजवादी पार्टी राैतहटकाे जिल्ला अधिवेशनकाे उदघाटन सत्रलाई सम्बाेधन गर्दै उनले यस्तो बताएका हुन् ।


हाम्रो पार्टी देश र जनताको पक्षमा आफ्नो पार्टी चट्टान झैँ खडा भएको छ । कुनै चलखेल चल्दैन ।
साथै उनले देशमा सामाजिक सुरक्षा भत्ता लागू गराउने,किसानकाे हकहितमा आवाज उठाउने लगायतका कामहरू गर्ने कम्युनिस्ट पार्टी नै रहेकाे स्मरण गराउँदै हामी सधैं जनताकाे पक्षामा काम गर्दै आएकाे बताएका छन् ।


गरूडा स्थित श्रीराम सुगर मिलकाे प्रांगणमा आयाेजित ९ आैं जिल्ला अधिवेशनमा उनले शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रको समस्याकाे समाधान गर्ने एकमात्र पार्टी कम्युनिस्ट पार्टी रहेको दाबी गरे ।
अहिले देशमा एकीकृत समाजवादी पार्टीकाे लहर नै चलेको छ । विभिन्न पार्टीबाट नेकपा एसमा आउने मानिसहरुको संख्या पछिल्लो समय बढ्दै गएकाे बताएका छन् ।
आज पनि साे कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी र विभिन्न पार्टी परित्याग गरी जिल्लास्तरका नेताहरु पार्टीमा प्रवेश गरेका छन् । नवप्रवेशी नेताहरूलाई स्वागत गर्दै नेता नेपालले नेकपा समाजवादीलाई राेजनु भएकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

आफनाे गृहनगरसमेत रहेको रौतहटलाई नेता नेपालले कम्युनिष्ट पार्टीको गढको रुपमा रहेको र विभिन्न इमानदार तथा कर्तव्यनिष्ट र जनताप्रति समर्पित नेता कार्यकर्ताहरुको जिल्ला रौतहट भएको पनि नेपालले बताएका छन् । नेता नेपालले रौतहटका विभिन्न पुराना कम्युनिष्ट कार्यकर्ताहरुको स्मरण पनि गरेका छन् । कटहरियाका हरदयाल महताे,तुल्सीलाल आमात्य लगायतका नेताहरूकाे बारेमा चर्चा गरेका थिए ।
राजावादीको आन्दोलन लाई घुमाउरो पारामा उनले भने
गत चैत १५ मा गणतन्त्रवादी र राजावादीको राजधानीमा दुई कार्यक्रम भएको उल्लेख गर्दै तिनकुनेमा भएको कार्यक्रम अराजक भएको टिप्पणी समेत गरेका छन् । नेता नेपालले भने – लुटपाट गर्ने, मान्छे मार्ने तथा तोडफोड गर्ने काम समेत भएको छ । जुन गलत हाे ।
नेता नेपालले राजतन्त्रमा जनताले निकै दुःख पाउने बताउँदै विगतमा पनि राजतन्त्रलाई जनताले फालेको बताउँदै अब राजतन्त्र फेरि नआउने विश्वास पनि दिलाएका छन् । नेता नेपालले राजाको शासन पुनः नआउने र जनताले समर्थन पनि नगर्ने बताएका छन् ।
राजनीति कुरा बढ नगरेका नेता नेपालले बज्जिका भाषामा नै भाषण गरेका थिए ।

आरके श्रीवास्तव,राैतहट,२८ गते चैत । 

अहिले पनि सडक हिलाम्मे भएर मानिसहरूलाई सास्ती खेप्नु परेकाे छ । भन्दा पत्यार नलाग्न सक्छ । देशमा संघियता आएपछि राैतहटकाे बाटाेघाटाेमा धेरै सुधार भएकै हाे । यसमा कुनै शंका छैन् । तर ग्रामीण क्षेत्रकाे केही ठाउँमा जनप्रतिनिधिहरूले ध्याननदिदाँ सर्वसाधारण भने अझै सास्ती खेप्न बाध्य छन् ।

यस्तै भएको छ जिल्लाकाे गुजरा नगरपालिका वडा नम्बर ४ कनकपुर गाउँमा जहाँ हिजो मात्रै आएको वर्षाले गर्दा मुख्य सडककाे केही ठाउँमा पानी जलमग्न भई बाटाे हिलाम्मे भएको छ । त्याे बाटाे भएर आवतजावत गर्ने माेटरसाईकिल र साईकल चिप्लिएर लडिरहेका छन् ।

लाखौंको बजेट चलाउने जनप्रतिनिधिले दुई चार टेलर ग्रेबल खसाल्ने हाे भने सर्वसाधारणलाई राहत हुने थियोे । बर्खामा परेको पानीले सहज निकास नपाउँदा कनकपुरकाे मस्जिद नजिकैकाे बाटोमा यस्तो अवस्था रहेको छ ।

साे ठाउँमा दिनहुँ नवाज पढन गाउँभरिकै मुस्लिम समुदायका मानिसहरू आउने गर्छन् । अति नै व्यस्त मानिएको ठाउँ हाे । स्थानीयहरूले तुरुन्त बाटाेलाई मर्मत गरिदिन र पानीको निकास निकालि दिन माग गरेका छन् ।

गुजरा नगरपालिकाकाे वडा नम्बर ४ कनकपुरका स्थानीय  नेपाली काँग्रेस क्षेत्र नम्बर ३ का सह सचिव एवम् नेपाल मुस्लिम संघका केन्द्रीय सदस्य साबिर हुसेनले जनप्रतिनिधिहरू सँग यथासिघ्र बाटाेलाई राम्ररी सुचारू गराईदिन आग्रह गरेका छन् ।

यस विषयमा वडा नम्बर ४ का वडा अध्यक्ष झमक प्रसाद चाैलागाई लाई फाेन गर्दा सम्पर्क हुन सकेको छैन् ।

आरके श्रीवास्तव,गरूडा,२८ गते चैत ।
जनता समाजवादी पार्टी (जसपा) काे जिल्ला अध्यक्षमा राजिव रंजन यादव निर्वाचित भएका छन् । आफना निकटतम प्रतिद्वन्द्वी श्याम बिहारी यादव लाई ६६ मतले पराजित गरेका हुन् ।
राजिव रंजनले १९६ मत पाएका छन् । भने श्याम बिहारीले १३० मत पाएका छन् । अध्यक्ष पदका लागि १ मत बदर भएको छ ।

उपाध्यक्षमा पारस भण्डारी र अमरूल हक विजयी भएका हुन् । उनीहरूले क्रमशः १९८ र १८५ मत पाएका छन् ।
उपाध्यक्षका अन्य उम्मेदवारहरू अमृतलाल चौधरी १०९
र रामेश्वर रायले १३२ मत पाएका छन् ।

त्यस्तै सचिवमा शम्भु प्रसाद यादवले १९१ मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जयराम महतोले १२६ पाएका छन् ।

सह सचिव उपेन्द्र रायले १८७ र दीपेन्द्र पटेलले १९८ मत प्राप्त गरि विजयी भएका छन् । साेही पदका उम्मेदवारहरू प्रवेज़ आलमले १२४ र वसन्त झाले ११४ मत पाएका छन् ।

यस्तै कोषाध्यक्षमा बृज मोहन साह १७१ प्राप्त गरि निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी सुरेन्द्र बैठाले १४२ मत पाएका छन् ।

बिहिवार भएको जसपा नेपाल रौतहटको जिल्ला अधिवेशनबाट नयाँ जिल्ला कार्य समितिको विभिन्न पदका लागि भएको निर्वाचनमा कुल ३४३ मत मध्ये ३२९ मत अर्थात् ९६% मतदान भएको निर्वाचन अधिकृत शैलेन्द्र यादवले जानकारी गराएका थिए ।

मुकेश कुमार साह,चन्द्रपुर,२७ गते चैत । 

चन्द्रपुर ।  रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ७ स्थित बनबहुअरी टोलबाट लागू औषध गाँजासहित एक व्यक्ति पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको टोलीले ५० वर्षीय सुरेन्द्र साहलाई पक्राउ गरेको हो ।

साहलाई उनको घर अगाडि सडकमा फेला पारेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । त्यसपछि गरिएको घर खानतलासीमा साह सुत्ने कोठाको खाटमुनि “बाबा पोता” लेखिएको झोलामा गाँजा लुकाइएको अवस्थामा फेला परेको थियो  ।

प्रहरी निरीक्षक साजन  कुमार शर्माका अनुसार बरामद भएको उक्त गाजा   ४ किलो १०० ग्राम रहेको छ ।

पक्राउ परेका साहमाथि लागु औषध सम्बन्धी कसूरमा अनुसन्धानका लागि रौतहट जिल्ला अदालतबाट १० दिनको म्याद थप गरि थप अनुसन्धान भईरहेको  प्रहरी निरीक्षक शर्माले बताए ।

प्रमाेदकुमार साह,जनकपुरधाम, २७ चैत ।

मधेश प्रदेश सरकारले हालै कार्यान्वयनमा ल्याएको स्वास्थ्य सेवा ऐन, २०८१ को विरुद्धमा प्रदेशभरका स्वास्थ्यकर्मीहरूले सुरु गरेको अनिश्चितकालीन धर्ना बुधबार तेस्रो दिन पनि जारी रह्यो । आन्दोलनरत स्वास्थ्यकर्मीहरूले उक्त ऐनका प्रावधानहरूले आफूहरूको वृत्ति विकासमा गम्भीर अवरोध उत्पन्न गर्ने भएकाले तत्काल संशोधन गर्नुपर्ने माग गर्दै आन्दोलन चर्काइरहेका छन् ।

तीन दिनदेखि शान्तिपूर्ण धर्ना गर्दै आएको आन्दोलनकारी पक्षले प्रदेश सरकारबाट कुनै सुनुवाइ नभएको गुनासो गर्दै भोलीदेखि आन्दोलनको स्वरूप परिवर्तन गरि थप सशक्त र चरणबद्ध संघर्ष गर्ने चेतावनी दिएको स्वास्थ्यकर्मी संजिप साहले बताएका छन् ।

आन्दोलनको नेतृत्व गरिरहेको सिनियर अहेव र सिनियर अनमी चौथो तथा पाँचौँ तह संघर्ष समितिका प्रदेश संयोजक मोहन साह भन्छन्, ‘हामीले पटक–पटक ऐन संशोधनको माग गरेका थियौं । तर, सरकारले बेवास्ता गर्दै आएको छ । अहिले हामी चर्को घाममा धर्ना बस्न बाध्य भएका छौं । संशोधन नभएसम्म अब चुप लाग्दैनौं ।’

उनका अनुसार मधेश प्रदेशका करिब १,५०० देखि १,८०० स्वास्थ्यकर्मीहरू प्रत्यक्ष रूपमा उक्त ऐनबाट प्रभावित भएका छन् । ऐनले उनीहरूको पदोन्नति प्रक्रिया अवरुद्ध पार्दै भविष्यको करिअर मार्ग नै बन्द गरिदिएको उनको भनाइ छ ।

रौतहटका संघर्ष समिति संयोजक काशी साहले भने, ‘मधेश सरकारले विभेदपूर्ण रूपमा हाम्रो स्तरवृद्धि रोकेको छ । हामीले सरकारको ढोका ढकढक्याइसक्यौं, तर कुनै सुनुवाइ छैन । माग सम्बोधन नभएसम्म यहीँ बसेर धर्ना जारी राख्नेछौं ।’

संघर्ष समितिका कोषाध्यक्ष रामदेव कापरले संघीय स्वास्थ्य सेवा ऐन २०५३ अन्तर्गत भएको पदोन्नतिको प्रावधान हटाएर प्रदेश सरकारले स्वास्थ्यकर्मीहरूलाई पछाडि पार्ने काम गरेको आरोप लगाए ।

‘संघीय ऐनको दफा ९ अनुसार ४ तहमा नियुक्त भएका कर्मचारीले ५ वर्षपछि पाँचौँ तहमा, त्यसपछि ८ वर्षमा छैटौँ तहमा पुग्ने व्यवस्था थियो । अहिलेको ऐनले ती सबै व्यवस्था उल्टाएको छ ।’

उनले थपे, ‘हामीले स्थानीय तहदेखि प्रदेश सरकारसम्म पटक–पटक ध्यानाकर्षण गरायौं । तर, कुनै पनि निकायले चासो देखाएन । हामीसँग आन्दोलन बाहेक अरू विकल्प बाँकी रहेन ।’

यद्यपि, आन्दोलनरत स्वास्थ्यकर्मीहरूले जनस्वास्थ्यमा गम्भीर असर नपरोस भन्ने उद्देश्यले आपतकालीन र अत्यावश्यक सेवाहरू निरन्तर सञ्चालनमा राख्ने निर्णय गरेका छन् । आन्दोलनकारीहरूको यो निर्णयले आम सर्वसाधारणप्रतिको जिम्मेवारीप्रति उनीहरूको संवेदनशीलता झल्काउँछ ।

स्वास्थ्यकर्मीहरूकाे संघर्ष समितिमा कस्तुभमनी साहले भने- यदि चाँडै समाधान गरिएन भने आन्दोलन अझ सशक्त र प्रदेशव्यापी बन्ने चेतावनी दिएका छन् ।

आरके श्रीवास्तव,गरूडा,२७ गते चैत ।
रौतहट जिल्लाको कटहरिया-सन्तपुर सडकखण्ड अन्तर्गत लालबकैया खोलामा निर्माणाधीन कजवे (कजवे) को गुणस्तरप्रति स्थानीय बासिन्दाहरूले गम्भीर चासो व्यक्त गरेका छन्। उनीहरूका अनुसार निर्माण कार्यमा प्रयोग भइरहेको सामग्री र कामको स्तर सन्तोषजनक नभएको देखिन्छ । जसले गर्दा आगामी दिनमा यातायातमा समस्या आउन सक्ने सम्भावना छ।

स्थानीय बासिन्दाहरूले सम्बन्धित निकायहरूलाई निर्माण कार्यको गुणस्तर सुनिश्चित गर्न आग्रह गरेका छन् । उनीहरूको भनाइ अनुसार यदि अहिले नै आवश्यक निरीक्षण र सुधारात्मक कदमहरू नचालिएमा भविष्यमा यो संरचनाले दीर्घकालीन रूपमा टिकाउपन हुन नसकने स्थानीयकाे दाबी छ ।

यसअघि पनि, रौतहट जिल्लामा लालबकैया नदीमा जथाभावी बालुवा उत्खननका कारण पुलहरू भासिने खतरा बढेको समाचारहरू आएका थिए । त्यसैले वर्तमान अवस्थामा निर्माणाधीन कजवेमा पनि विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ।

सम्बन्धित निकायहरूले शीघ्र रूपमा निर्माण स्थलको निरीक्षण गरी आवश्यक सुधारात्मक कदमहरू चाल्ने अपेक्षा गरिएको छ । ताकि यो संरचना दीर्घकालीन रूपमा सुरक्षित र टिकाउ रहोस् ।
जुन ठाउँमा अहिले कजवे निर्माण भइरहेको छ । त्याे ठाउँमा अर्को पुलकै आवश्यकता छ । किनकि हरेक वर्ष साे ठाउँमा बाढी आउँदा ५ देखि ७ फिट सम्म पानी बगने गर्छ । जसले गर्दा हप्तौं दिनसम्म यातायात अबरुद्ध हुने गरेको छ । यसअघि बाढीले उक्त ठाउँमा भएको ढलान नै बगाएर लगेको थियोे । गुणस्तरहिन ढलान भएको कारण फुटेर हिलाम्मे बनेको थियोे ।
स्थानीय राजन साह भन्छन्-याे कजवे केही व्यक्तिहरूकाे लागि कमाइ खाने भाडाे बनेको छ । खासमा यहाँ पुल बन्नुपर्ने हाे । तर कजवे निर्माण भइरहेको छ । जुन सरकारकाे लगानी बालुवामा पानी हाले जस्तै हाे ।

आरके श्रीवास्तव,गरूडा,२७ गते चैत ।
गरिबलाई राेजगारी दिने नाउँमा राैतहटकाे कटहरिया नगरपालिकाले दाेहाेराे राेल खेलीरहेकाे पाइएको छ । बेरोजगारहरूकाे नामावली संलग्नकाे नाउँमा विवाद उत्पन्न गराईदिएकाे छ ।
प्रधानमन्त्री स्वराेजगार कार्यक्रम अन्तर्गत आगामी आर्थिक वर्षका लागि नगरपालिका बाट लाभग्राही छनाैटका लागि नगरपालिका बाट पनि फारम वितरण गरेको छ ।
भने वडाबाट पनि फारम भरेर नगरपालिकामा पठाउन भनिएको छ । कटहरिया नगरपालिका वडा नम्बर २ मा २० जना छनाैट गरि पठाउनका लागि त्यति संख्यामा मात्रै निवेदन उपलब्ध गराईकाे छ । यता राेजगार शाखाले पनि एजेन्ट लगाई सर्वसाधारण गरिबहरूलाई निवेदन फारम वितरण गर्न लगाएकाे पाइएकाे छ ।
वडा कार्यालयले लाभग्राही छनाैट गर्न याे महिना सम्म निवेदनकाे अन्तिम म्याद दिएकाे छ । वडामा फारम नभरी सिधै फारम लिएर वडामा पुगेपछि केही दिन देखि त्यहाँ तनाव उत्पन्न भएको छ । यसै विषयलाई लिएर उनीहरू वडा कार्यालयमा तालाबन्दी गर्ने मुडमा थिए ।
कटहरिया २ का वडा अध्यक्ष हरिन्द्र साह कलवार भन्छन् -नगरपालिकाले दाेहाेराे निति अपनाए हामीलाई तनाव थपि दिएकाे छ । वडा बाट बकाइदा सूचना भएको छ । त्यही अनुरूप हामीले फाईलहरू जम्मा गरिरहेका छाैं ।
यस्तै तरिकाले काेविडकाे पिडतकाे लागि २०७८ सालमा आएकाे रकममा दाेहाेराे निति अपनाउँदा हालसम्म साे रकम वितरण हुन पाएकाे छैन् ।

यता कटहरिया नगरपालिकाकाे राेजगार शाखा प्रमुख रामविनय साह साेनी सँग बुझ्दा अहिले हामीले बेरोजगारहरूकाे नामावली संकलन गर्दैछाैं । वडामा पनि फारम दिएका छाैं । यदि व्यक्तिले पनि त्याे फारम मागयाे भने हामी उपलब्ध गराउँछाैं । अहिले संकलन भएको फारम कार्यपालिका बाेर्डमा पेशभई मात्र नामावली छनाैट हुने बताएका छन् ।

आरके श्रीवास्तव,गरूडा,२७ गते चैत ।
राैतहट प्रिमियर लिग (आरपिएल) मा आज भएकाे पहिलाे खेलमा गुजरा राइडर्स टिमले विजयी हासिल गरेकाे छ । राजदेवी सुपर किंग्स विरूद्व उसले आफनाे पहिलो खेलमै जित हात पारेकाे छ ।


टस जितेर पहिला बैटिंग गरेकाे गुजरा राइडर्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियोे । १ सय ५५ रनकाे विजयी लक्ष्य पाएकाे राजदेवी सुपर किंगसले निर्धारण २० ओभरमा सम्पूर्ण विकेट गुमाइ मात्र १ सय ६ रन बनाउन सकेको थियो ।
अन्ततः गुजरा राइडर्स ४८ रनले विजयी भएको छ । खेलमा सर्वाधिक ७० रन बनाउने गाैरव खड्का लाई प्लेयर अफ द मैच घाेषणा गरिएको थियो । गुजरा राइर्डसले आफनाे अर्काे खेल भाेली गाैर वारिर्यस सँग खेल्नेछ ।


त्यस्तै आजै भएको अर्काे खेलमा गाैर वारियर्सले कटहरिया बाेल्टस विरूद्व जित निकालेकाे छ । जारी आरपिएल खेलमा जिल्लाका पाँच वटा टिम सहभागी छन् । गौर वारियर्सल ,तराई टाईगर ,गुजरा राइडर्स,कटहरिया बोल्टस र राजदेवी सुपर किंग्स सहभागी छन् ।

आरके श्रीवास्तव,गरूडा,२७ गते चैत ।
जनता समाजवादी पार्टी नेपाल रौतहटको अध्यक्षमा दुई जनाबिच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन समितिले मनाेनयनकाे अन्तिम नामावली सार्वजनिक गरेसँगै नयाँ नेतृत्व चयनका लागि भोलि निर्वाचन हुने भएको छ ।
वर्तमान जिल्ला अध्यक्ष श्याम विहारी यादव र बाैधीमाई नगरपालिकाका पूर्व नगरप्रमुख राजीव रंजन यादव बिच कडा प्रतिस्पर्धा हुने भएको छ ।
यस अघि देखिनै गरूडा नगरपालिकाका मेयर प्रत्यासी अनिल कुमार यादवले पनि जिल्ला अध्यक्षमा उम्मेदवारी दिने घाेषणा गर्नु भएको थियो । अन्ततोगत्वा उनी उम्मेदवारी दिनबाट पछि हटे पछि दुई जनाबिच प्रतिस्पर्धा हुने भएको छ ।

दुवै जना उम्मेदवार राजनीतिमा ठूलो पकड़ बनाएका नेता भएको कारण दुवैजना बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। त्यस्तै दुईजना जिल्ला उपाध्यक्ष पदका लागि हुने निर्वाचनमा चार जनाको उम्मेदवारी परेको छ ।
अमरूल हक, अमृतलाल चौधरी, राम ईश्वर यादव र पारस भण्डारीले उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्। सचिव पदका लागि शम्भु प्रसाद यादव र जयराम महतोले उम्मेदवारी दिएका छन्। दुईजना सह सचिवका लागि तीन जनाको उम्मेदवारी परेको छ। उपेन्द्र राय, दीपेन्द्र पटेल र मोहमद प्रवेज आलमले सह सचिवमा उम्मेदवारी दिएका छन्।
त्यस्तै कोषाध्यक्ष पदका लागि ब्रिज मोहन साह र सुरेन्द्र बैठाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। त्यस्तै खुल्ला र समावेशी गरी सदस्य पदका लागि कुल ४२ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। भोलि बिहान ८ बजेदेखि मतदान हुने बताइएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।