२०८३ बैशाख ८
२०८३ बैशाख ८

 आरसी यादव,पर्सा,३१ गते चैत ।

बिरगंज । वीरगंजमा स्थानीय प्रशासनले हिजो साँझ ७.३० बजे देखि लगाएको कर्फ्यु आइतबार राती १२ बजे सम्म जारी राख्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालयमा आज भएको सर्वपक्षिय बैठकले परिस्थितीको मूल्यांकन गर्दै जारी कर्फ्यु मध्यरात सम्म कायम राख्न्ने निर्णय गरेको हो ।

बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, जनप्रतिनिधी र सुरक्षा निकायका प्रतिनिधीको सहभागीता रहेको बैठकले कर्फ्यु नहटाउने निर्णय गरेको प्रशासकिय अधिकृत दीपक पटेलले बताए । बैठकले शनिबार साँझ वीरगंजमा भएको घटनाको समिक्षा गर्दै धार्मिक सदभाव भड्कन नदिन जनसमुदायलाई अपिल गर्ने निर्णय समेत गरेको बताइएको छ ।

वीरगंजमा आइतबार विहान देखि सुरक्षाकर्मीको बाक्लो उपस्थिती रहेकोले निषेधित क्षेत्रमा कुनै प्रकारको विरोध सभा, हुलहुज्जत र भेला नभएकोले सामाजिक सञ्जालमा आएका केही भिडियोको भ्रामक प्रचारमा नलाग्न सम्वन्धित पक्षलाई स्थानीय प्रशासनले सचेत गराएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले आज एक विज्ञप्ती जारी गर्दै सामाजिक सञ्जालमा आइरहेका भिडियो प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक किशोर लम्सालले कर्फ्यु उल्लंघन गरेको आरोपमा ४० जनालाई नियन्त्रणमा लिइएको बताए । आइतबार विहान देखि १० बजेको अन्तरमा विभिन्न ठाउँबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

अहिले वीरगंजको अवस्था सामान्य बन्दै गएको प्रहरी नायव उपरिक्षक लम्सालले बताए । कर्फ्यु लगाइएको क्षेत्रमा सुरक्षा निकाय तैनाथ गरिएको छ ।

सागर संगम ठाकुर,राैतहट,३० गते चैत ।

रौतहट सहित तराई मधेशका जिल्लाहरुमा शनिवार हनुमान जयंती धुमधामका साथ मनाइएको छ ।
स्नातन हिन्दु धर्ममा चैत महिना सबै भन्दा उत्तम र महत्वपुर्ण मानिन्छन यो महिना हिन्दुहरु नव वर्ष, एकादशी,चैत नवरात्रि जस्तो पर्व मनाउने गर्दछन ।
धार्मिक ग्रंथ अनुसार चैत महिनाको पुिर्णमा तिथिमा बलबुद्धीका ज्ञाता बजरंगबलीको जन्म भएकोले हरेक वर्ष यो पर्व मनाउने गर्दछन ।


यसै बिच रौतहटको मध्यभाग कटहरिया नगरपालिका वडा नं.२ जमुनियामा लाेकतान्त्रिक समाजवादी पाटीर्का केन्द्रिय सदस्य तथा रौतहटका चर्चित नेता रामप्रवेश दासले आफनो निजी निवासमा हनुमान जयंतीको अवसरमा सांस्ंकृतिक कार्यक्रमको आयोजना गरी मनाएको छ ।
नेता दासले बिगत १५ वर्ष देखि आफनो निजी निवासमै हनुमान जयंतीको अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिदै आएको बताउनु भयो ।


हनुमान जयंतीको अवसरमा नेता दासको घरमै आयोजना गरिएको सांस्ंकृतिक कार्यक्रममा जागरण मंण्डली द्धारा बिभिन्न देवी देवताको झाखीहरु प्रस्ततु गर्नु भएको थियो ।
हनुमान जयंतीको अवसरमा आफनो कुरा राख्दै लोसपा नेता दासले यस्ता पर्वले समाजमा समाजिक सदभाव र आपसी भाईचारा कायम गर्न अभिप्रेरित गर्ने बताउनु भयो ।


स्नातन धर्ममा सबै जातजाती मिलेर सामुहिक रुपमा यस्ता किसीमका कार्यक्रम गरे समाज रुपान्तरणमा कुनै कमी न हुने बिश्वास ब्यक्त गर्नु भयो । सो अबसरमा गाउँका स्थानिय भद्धभलादमी बुद्धीजिवी र संचारकर्मीहरुको समेत उपस्थिती रहेको थियो ।

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा कर्फ्यु जारी गरेको छ। हनुमान जयन्तीको अवसरमा आयोजित शोभायात्राका क्रममा दुई समुदायबीच झडप भएर स्थिति तनावग्रस्त बनेपछि प्रशासनले साँझ ६:३० बजेदेखि लागू हुनेगरी कर्फ्यु आदेश जारी गरेको हो।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार आइतबार विहान १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो।

उनका अनुसार पूर्वमा वीरगन्ज-१५ मा रहेको भेडियाही चोक, पश्चिममा वीरगन्ज-२५ को सिर्सिया चोक, उत्तरमा वीगरन्ज-१४ को गण्डक चोक र दक्षिणमा वीरगन्ज-१६ को शंकराचार्य चोकसम्म कर्फ्यु लगाइएको हो। -अन्नपूर्ण पाेष्ट

चन्दन यादव, रौतहट ३० गते चैत ।

रौतहटबाट ५ वटा मोटरसाईकललाई भन्सारमा बुझाईएको प्रहरीले जानकारी गराएका हुन् । २०८१ चैत १५ गते देखी जिल्लाको कार्यालय तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानहरुमा सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा कागजातहरु नभएको मोटरसाईकलहरु नियन्त्रणमा लिई जिल्लाको कार्यालयमा ल्याई राखिएको प्रहरीले जानकारी गराएका हुन् ।

प्रहरी नायव उपरीक्षक प्रवक्ता तथा सूचना अधिकारी दिपक कुमार रायले दिएको जानकारी सो मोटरसाईकलहरु अन्दाजी मुल्य रु.३ लाख ५० हजार बरावरको रहेको हो । ५ वटा मोटरसाईकलहरुलाइ आवश्यक कारवाहीको लागी गौर भन्सार कार्यालयमा दाखिला गरिएको प्रहरीले जनाएको हो ।

बज्जिकाञ्चल संवाददाता, रौतहट ३० गते चैत ।

नेकपा एमाले गौर नगरपालिका वडा नम्बर ७ सिसवामा आज अर्थात (शनिबार) का दिन एक कार्यक्रम बिच वडा अधिवेशन सम्पन्न भएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य , रौतहट जिल्ला ईन्चार्य एवं गौर नगरपालिकाका पुर्व नगर प्रमुख अजय कुमार गुप्ताको प्रमुख आतिथ्यतामा वडा अधिवेशन सम्पन्न भएको उनले जानकारी गराएका हुन् ।

सो अधिवेशनले रतनेश प्रसाद साहको अध्यक्षतामा २१ सदस्यीय वार्ड कमिटी सर्वसम्मतिले गठन गरिएका छन । जिल्ला ईन्चार्य गुप्ताले सबै नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई टीका लगाई बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिनु भएको थियो ।

बज्जिकाञ्चल संवाददाता, रौतहट ३० गते चैत । चन्द्रपुर 

रौतहट सदरमुकाम गौरमा रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयको निर्माणाधीन भवनको काम प्रभावित बनेको छ । गौर बाढी प्रभावित क्षेत्र भएका कारण आंशिक रूपमा ‘डिजाइन’ परिवर्तन भई काम हुँदा अन्तिम चरणमा आएर निर्माण कार्य नै प्रभावित भएको निर्माण कम्पनीले जनाएको छ ।

भवन निर्माण कम्पनी सिनर्जी राजदेवी भक्त जेभीका अरबिन्द जयसवालले परिवर्तित डिजाइनको भेरिएसन नहुँदा काम सम्पन्न गर्न नसकिएको बताउनुभयो । नयाँ डिजाइन पनि स्वीकृत भएको छैन । डिजाइन स्वीकृत नहुँदा भेरिएसन पनि नभएको, जयसवालले भन्नुभयो, “डिजाइन स्वीकृत तथा भेरिएसनका लागि पटक पटक ताकिता गर्दा पनि हुन सकेको छैन ।”

कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटका कोष नियन्त्रक देवीप्रसाद गौतमका अनुसार कार्यालयले आवश्यकता अनुसार डिजाइन आंशिक रूपमा संशोधन गरेर काम गराएको देखियो, महालेखा नियन्त्रक कार्यालयले परिवर्तित डिजाइन स्वीकृत गरी भेरिएसन नगरिदिँदा निर्माण कम्पनीले पाउनुपर्ने करिब ५० लाख रुपियाँ भुक्तानी रोकिएको छ । भुक्तानी रोकिएका कारण सम्पन्न गर्नुपर्ने काम निर्माण कम्पनीले गर्न मानेका छैनन् ।”

सकेसम्म भेरिएसन गर्नु नपर्ने गरी काम गरेको राम्रो भए पनि स्थानीय आवश्यकता अनुसार डिजाइन आंशिक रूपमा परिवर्तन गरेर काम गरिसकेकाले कानुनको परिधिभित्र रही यसलाई टुङ्गो लगाउनुपर्ने सघन सहरी तथा भवन निर्माण आयोजना पर्साका कार्यालय प्रमुख सञ्जीव साहले बताउनुभयो । भेरिएसन स्वीकृत गर्न बारम्बारको ताकितापछि महालेखा नियन्त्रक कार्यालयले पुल्चोक इन्जिनियरिङ क्याम्पसलाई कामको गुणस्तर जाँचलगायतको कुराका लागि राय माग गरेपछि क्याम्पसका डाक्टर प्रदीपकुमार श्रेष्ठले प्रतिवेदन दिए पनि परिवर्तित डिजाइन तथा भेरिएसन स्वीकृत गर्न कोही तयार भएको देखिएन ।

महालेखा नियन्त्रक कार्यालयका उपमहालेखा नियन्त्रक ओमप्रसाद रिजालका अनुसार डिजाइन परिवर्तन अगाडि स्वीकृत गराउन कोलेनिका रौतहटपछि परेकाले यस्तो समस्या आएको बताउनुभयो । स्वीकृत डिजाइनमा पाँचदेखि १५ प्रतिशतसम्म परिवर्तन देखिए महालेखा नियन्त्रक कार्यालयले डिजाइन तथा भेरिएसन स्वीकृत गर्ने कानुनी व्यवस्था छ । त्यही व्यवस्थाका कारण एक वर्षदेखि फाइल अड्किएको कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले जनाएको छ ।

पाँच करोड ९९ लाख रुपियाँको लागत अनुमानको टेन्डरमा तीन करोड ६३ लाख २४ हजार ८७२ रुपियाँमा ठेक्का सकार गरेको सिनर्जी राजदेवीभक्त जेभीले करिब ९० प्रतिशत कार्य सम्पन्न गरेको छ । भेरिएसन स्वीकृत नभएकै कारण ठेकेदारले १० प्रतिशत काम अड्काएको छ ।

निर्माण कम्पनीका जयसवालका अनुसार भवन फिनिसिङ, बत्ती, पानीको काम मात्र बाँकी रहेकाले भेरिएसन स्वीकृत भएको दुई महिनाभित्र काम सम्पन्न हुने बताउनुभयो । महालेखा नियन्त्रक डाक्टर गणेशप्रसाद पाण्डेका अनुसार निर्माण कम्पनीको म्याद तीन चोटि थप भइसकेको तथा आगामी वर्षमा यो भवन निर्माणका लागि बजेटसमेत नछुट्याइएकाले कानुनी प्रव्रिmया पूरा गरेर यसै आर्थिक वर्षमा भवन निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको बताउनुभयो ।

सभार
गोरखापत्र

हनुमत यादव,गाैर,२९ गते चैत । 

गाैर ।  मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि. रौतहट शाखा कार्यालय माधवनारायण द्वारा आयोजित वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम शुक्रबार जिल्लाको सदरमुकाम गौर स्थित रहेको साईमन होटेलको सभा हलमा सम्पन्न भएको छ । त्यस अवसरमा माधवनरायण नगरपालिका वडा नं १ का वडा अध्यक्ष राज कुमार यादवले लघुवित्त संस्थाहरूले आर्थिक उन्नयनमा खेलेको भूमिका प्रसंसनिय रहेको उल्लेख गरे ।

 

यादवले दिदीबहिनीहरूको आर्थिक सशक्तीकरण र उद्यमशीलतामा लघुवित्तको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए । संस्थाका मधेस प्रदेश प्रमुख रामप्रसाद कुशवाहाले समाजमा लघुवित्तलाई हेर्ने दृष्टिकोण नकारात्मक हुँदा विभिन्न समस्या उत्पन्न भइरहेको जनाए । उनले कर्जा लिँदा संस्थाको नीति, नियम र सेवा प्रणाली बुझेरमात्र कारोबार गर्नुपर्ने बताए । पछिल्लो समय वित्तीय साक्षरता कार्यक्रमले सदस्यहरू जागरुक बन्दै गएको समेत उनले बताए ।

 

आफ्ना ग्राहक सदस्यहरुमा वित्तीय सचेतना तथा वित्तीय शिक्षा प्रदान गर्ने उदेश्यले सञ्चालित उक्त कार्यक्रममा संस्थाको तालिम विकास तथा प्रवर्तन विभाग प्रमुख सिताराम महतोले वित्तीय शिक्षा र साक्षरता सम्बन्धी अभिमुखीकरण प्रस्तुति प्रस्तुत गरे ।

उक्त कार्यक्रममा शाखा कार्यालय माधवनरायण अन्तर्गत सञ्चालित उत्कृष्ट केन्द्र व्यवस्थापन गर्ने ४ जना केन्द्र प्रमुख तथा वित्तीय संस्थाबाट कर्जा लिएर व्यवसाय सञ्चालन गर्नेमध्ये मेरो सरुअठा महालक्ष्मी महिला केन्द्र(प्रथम) – ३०००/- , मेरो सीतारा महिला केन्द्री(दोस्रो) – २०००/-, मेरो माँ जगदम्बा महिला केन्द्र (तेस्रो) – १०००/-,मेरो बसतपुर महिला केन्द्र (चैथो) – ५००/- नगद सहित वर्षका ४ उत्कृष्ट व्यावसायिक ग्राहकलाई कदर पत्रद्वारा सम्मान गरिएको थियो ।

१०० औ जना ग्राहक सदस्यहरुको सहभागिता रहेको वित्तीय साक्षरता कार्यक्रमको अध्यक्षता केन्द्र नम्बर ४२ का केन्द्र प्रमुख लिलामबर प्रसाद सिंह गनगाइले गरेका थिए । साथै कार्यक्रम सञ्चालन तथा सहजीकरण शाखा प्रबन्धक गनगाईले गरेका थिए ।

बज्जिकाञ्चल संवाददाता,जनकपुरधाम, २९ गते चैत ।

मधेश प्रदेश सरकारले हालै कार्यान्वयनमा ल्याएको स्वास्थ्य सेवा ऐन, २०८१ को विरुद्धमा प्रदेशभरका स्वास्थ्यकर्मीहरूले सुरु गरेको अनिश्चितकालीन धर्ना शुक्रबारदेखि स्थगित भएको छ ।

मधेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषकाे कार्यालयले मागहरू प्राथमिकताका साथ लिने लिखित सहमति जनाएपछि आन्दोलन स्थगित भएको स्वास्थ्यकर्मी संजिप साहले जानकारी गराएका हुन् ।

 

आन्दोलनरत स्वास्थ्यकर्मीहरूले उक्त ऐनका प्रावधानहरूले आफूहरूको वृत्ति विकासमा गम्भीर अवरोध उत्पन्न गर्ने भएकाले तत्काल संशोधन गर्नुपर्ने माग गर्दै आन्दोलन चर्काइरहेका थिए ।

पाँच दिनदेखि शान्तिपूर्ण धर्ना गर्दै आएको आन्दोलनकारी पक्षले प्रदेश सरकारबाट कुनै सुनुवाइ नभएको गुनासो गर्दै आन्दोलनको स्वरूप परिवर्तन गरि थप सशक्त र चरणबद्ध संघर्ष गर्ने चेतावनी दिएका थिए ।

सिनियर अहेव र सिनियर अनमी चौथो तथा पाँचौँ तहका मधेश प्रदेशका करिब १,५०० देखि १,८०० स्वास्थ्यकर्मीहरू प्रत्यक्ष रूपमा उक्त ऐनबाट प्रभावित भएका छन् । ऐनले उनीहरूको पदोन्नति प्रक्रिया अवरुद्ध पार्दै भविष्यको करिअर मार्ग नै बन्द गरिदिएको उनीहरूकाे भनाइ छ ।

संघर्ष समिति राैतहटका कोषाध्यक्ष साहले संघीय स्वास्थ्य सेवा ऐन २०५३ अन्तर्गत भएको पदोन्नतिको प्रावधान हटाएर प्रदेश सरकारले स्वास्थ्यकर्मीहरूलाई पछाडि पार्ने काम गरेको आरोप लगाए ।

उनले भने ‘संघीय ऐनको दफा ९ अनुसार ४ तहमा नियुक्त भएका कर्मचारीले ५ वर्षपछि पाँचौँ तहमा, त्यसपछि ८ वर्षमा छैटौँ तहमा पुग्ने व्यवस्था थियो । अहिलेको ऐनले ती सबै व्यवस्था उल्टाएको छ ।’

अब हाम्रो माग पूरा हुनेमा हामी आशावादी छाैं ।

आरके श्रीवास्तव,राैतहट,२९ गते चैत । 

लाेकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लाेसपा)को मधेस प्रदेश संसदीय दलको प्रमुख सचेतकमा रमिता प्रधान नियुक्त हुनुभएको छ।

लाेसपा मधेस प्रदेश संसदीय दलका नेता जयनुल राइनले प्रधानलाई प्रमुख सचेतक नियुक्त गर्नुभएको पार्टीका महासचिव मनिष मिश्रले जानकारी गराउनु भएको हाे ।

उनलाई गत च‌ैत २६ गते नै प्रमुख गरिएको थियो । तर आज पार्टीका केन्द्रिय अध्यक्ष महन्थ ठाकुरकाे राेहबरमा राईनले प्रमुख सचेतक नियुक्त भएको पत्र दिएका हुन् ।

महाेतरी निर्वाचन क्षेत्र नम्बर ४ क बाट प्रदेशसभामा निर्वाचित प्रदेश सांसद हुन् । यसअघि लाेसपा नेपालले मधेस प्रदेश संसदीय दलकाे नेतामा जयनुल राइनलाई चयन गरेको थियोे ।

आरके श्रीवास्तव,गरूडा,२९ गते चैत ।
देशकाे अर्थतन्त्र बलियो बनाउन कथबनियाँ समाजकाे महत्त्वपूर्ण भूमिका रहेकाे मधेस प्रदेश सरकारका अर्थमन्त्री सुनिलकुमार यादव उर्फ जितेन्द्रले बताएका छन् । सर्लाहीकाे बरहथवामा आयाेजित नेपाल कथबनियाँ सेवा समाजकाे तेस्रो राष्ट्रिय महाधिवेशनकाे प्रमुख अतिथिकाे आसन बाट बाेल्दै उनले यस्ताे बताएका हुन् ।


उनले भने-कथबनियाँ एउटा यस्तो समाज हाे । जसले सुशासन र याे देशलाई व्यवस्थित गर्नकाे निमित्त ठूलाे याेगदान रहेकाे छ । याे याेगदानलाई म सम्मान गर्न चाहन्छु ।

आजकाे महाधिवेशन बाट कथबनियाँ समाज आफनाे अधिकारकाे लागि अझ सशक्त रूपमा अगाडि बढाेस् भनी आफनाे चाहना रहेको बताए ।
महाधिवेशनकाे सफलताको लागि शुभकामना पनि व्यक्त गर्नु भएको थियोे । सर्वसहमती बाट नयाँ नेतृत्व चयन हुनेछ र साे नयाँ नेतृत्वले समाजकाे हकहितको लागि राम्राे काम गर्ने छ भनी आफू आशावादी रहेको धारणा राख्नु भएको छ ।

यस्तै कार्यक्रम पूर्व रक्षामन्त्री हरिप्रसाद उप्रेतीले कथबनियाँ समाज राजश्व बाट सरकारलाई पाल्ने समाज रहेकाे बताएका छन् । त्यसकारण हामी याे समाजकाे उन्नति प्रगति चाहन्छौं ।
सर्लाहीको बरहथवामा नेपाल कथबनिया समाजको तेस्रो राष्ट्रिय महाधिवेशन आजबाट सुरु भएको छ । प्रारम्भमा बरहथवा नगरभरि प्रभातफेरी गरिएको थियोे ।

महाधिवेशनमा मधेश प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंह, बरहथवा नगरपालिकाकी मेयर कल्पनाकुमारी कटुवाल लगायतले उद्घाटन सत्रमा आफनाे धारणा राखेका थिए । समाजकाे महाधिवेशन भोलीसम्म चल्ने छ । शनिबार हुने बन्दसत्र बाट नयाँ नेतृत्व चयन हुनेछ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।