काठमाडौँ । नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलम जेलबाट रिहा भएका छन् ।उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले सफाइ दिएपछि नख्खु कारागारमा रहेका आलम रिहा भएका हुन् ।न्यायाधीश डा. खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले जिल्ला अदालत रौतहटको जन्मकैदको फैसला उल्टाएको हो ।

आलममाथि पहिलो संविधानसभाको चुनावको अघिल्लो दिन रौतहटको राजपुरस्थित उनका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित घाइतेहरुलाई जिउदै इँटाभट्टामा जलाएर हत्या गरिएको आरोप थियो ।
उच्च अदालतले आलमसहित उनका भाइ मोहम्मद महताव आलम, शेख सेरोज भन्ने शेख सराज र बद्री सहनीलाई सफाइ दिएको हो । एभरेष्ट न्यूज एजेन्सी
आरके श्रीवास्तव,राैतहट, जेठ १४ गते ।
चमार कल्याण समाज नेपाल राष्ट्रिय समन्वय परिषद्, साउदी अरबका महासचिव राम बलिराम महराकाे जन्मदिनकाे अवसरमा गरिब तथा जेहेन्दार दलित बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

सर्लाही जिल्लाका रामनगर गाउँपालिका–१, धुर्वा टोल निवासी महरा हाल साउदी अरबमा वैदेशिक रोजगारीमा छन् । उनको जन्मदिनको अवसर पारेर रौतहटको कटहरिया नगरपालिका–५ स्थित दलित धर्मशालामा आयोजित विशेष कार्यक्रममा दलित समुदायका छात्र–छात्रालाई कापी, पेन्सिल लगायत शैक्षिक सामग्री वितरण गरिएको हो ।
कार्यक्रम चमार कल्याण समाज नेपाल रौतहटका अध्यक्ष धर्मेन्द्र रामकाे अध्यक्षतामा सम्पन्न भएकाे छ । उद्घोषकको भूमिकामा नीलम कुमारी रामले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

कार्यक्रममा चमार कल्याण समाज नेपालका वरिष्ठ उपाध्यक्ष पुनित राम प्रमुख अतिथिका रूपमा, विशिष्ट अतिथिका रूपमा दिपनारायण राम तथा मलेसिया शाखाका संयोजक नन्दलाल राम, किशोरी दास, निर्मल दास लगायतको उपस्थिति रहेको थियो । साथै, विभिन्न सञ्चारकर्मीहरूको समेत कार्यक्रममा सहभागिता रहेको थियो ।
सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित उक्त कार्यक्रममा उपस्थित अतिथिहरूले दलित समुदायका बालबालिकाको शिक्षा र सशक्तीकरणका लागि यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहेको बताएका थिए ।
आरके श्रीवास्तव,राैतहट,१३ गते जेठ ।
राैतहटकाे राजपुर नगरपालिकाले कृषक हितमा एक ऐतिहासिक र अत्यन्त सराहनीय कदम चालेको छ । नगरप्रमुख डा. राजिक आलमको नेतृत्वमा नगरपालिका भित्रका सम्पूर्ण सिंचाई ग्राहकहरूको विद्युत महसुल स्वरूप जम्मा रु ६ लाख ९२ हजार ८ सय २२ रूपैयाँ ९१ पैसाको चेक नेपाल विद्युत प्राधिकरण गाैर कार्यालय प्रमुख रामअयोध्या यादवलाई हस्तान्तरण गरिएको छ ।
नगरप्रमुख डा. आलमको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरको नेतृत्वमा गएको टोलिले उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।

यो सहयोगले कृषक वर्गलाई तत्काल राहत पुर्याउने विश्वास गरिएको छ भने दीर्घकालीन रूपमा सिंचाई प्रणालीलाई थप सुदृढ र प्रभावकारी बनाउने लक्ष्य लिएको छ । नगरपालिकाको यो कदमले कृषकहरूको उत्पादनशक्ति बढाउने र आर्थिक स्थायित्वमा टेवा पुर्याउने देखिन्छ ।
स्थानीय तहबाट लिइएका यस्ता दूरदर्शी र किसानमैत्री निर्णयहरूले मात्र आत्मनिर्भर, समृद्ध समाजको निर्माण सम्भव हुन्छ । कृषकहरूले नगर प्रमुख डा. राजिक आलम र सम्पूर्ण राजपुर नगरपालिका परिवारप्रति गहिरो आभार व्यक्त गरेका छन् ।
यसप्रकारका पहलहरू नै सामाजिक उत्तरदायित्व र सेवा प्रवाहको उत्कृष्ट नमूना हुन् ।
संजय गुप्ता,सर्लाही,२०८२ जेठ १३ गते ।
बरहथवा — सर्लाही जिल्लाको बरहथवा नगरपालिका–३ स्थित श्री जनता आधारभूत विद्यालयमा दुई तले नयाँ विद्यालय भवनको शिलान्यास गरिएको छ । एक विशेष समारोहका बीच लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय सदस्य प्रमोद प्रसाद रौनियारले भवनको शिलान्यास गरेका हुन् ।

मधेश प्रदेश सरकारको ४० लाख रुपैयाँको बजेटबाट निर्माण हुने उक्त भवनले विद्यालयको भौतिक संरचना मजबुत पार्ने विश्वास लिइएको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष भिमप्रसाद सापकोटा, सदस्य विजय महतो, वडा सदस्य रामउदेस महतो, माओवादी केन्द्रका नेता विरेन्द्र महतो, लोसपा जिल्ला सदस्य रविन्द्र यादव, दिनेश यादव लगायतको उपस्थिति रहेको थियो ।

शिलान्यास कार्यक्रममा वक्ताहरूले गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयको पूर्वाधार सुदृढ हुनु आवश्यक रहेको धारणा राखेका थिए । भवन निर्माण सम्पन्न भएपछि विद्यार्थिहरूको सिकाइ वातावरण थप सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

आरके श्रीवास्तव, रौतहट, २०८२ जेठ १२ ।
रौतहटको चन्द्रपुर नगरपालिका स्थित होटल आरोहीमा सोमबार साइबर सुरक्षा र कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम आमसञ्चार प्राधिकरण मधेस प्रदेशको आयोजनामा तथा नेपाल पत्रकार महासंघ रौतहटको समन्वयमा आयोजना गरिएको थियो ।

कार्यक्रमको पहिलो सत्रमा उद्घाटन चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जय काफ्लेले गरेका थिए । कार्यक्रम आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष जितेन्द्र खडकाको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रम सञ्चालन नेपाल पत्रकार महासंघ रौतहटका सचिव गौतम श्रेष्ठले गरेका थिए ।

कार्यक्रमको दोस्रो सत्रमा एआई अध्येता तथा अभ्यासकर्ता जीवन भण्डारीले एआईको प्रयोग, प्रभाव र सम्भावनाका विषयमा प्रशिक्षण दिएका थिए । तेस्रो सत्रमा पत्रकार प्रकाश मैनालीले डिजिटल मिडियाका अवसर र चुनौतीबारे सहजीकरण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि चन्द्रपुरका नगरप्रुख काफ्लेले पत्रकारिता राष्ट्रलाई अग्रगामी दिशा देखाउने माध्यम भएको उल्लेख गर्दै लुकेका तथ्यहरू उजागर गरी समाजमा नयाँ आयाम दिन पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताए ।

नेपाल पत्रकार महासंघ रौतहटका पूर्व अध्यक्ष प्रेमचन्द्र झाले अभिमुखीकरण कार्यक्रमले पत्रकारहरूलाई समाजप्रति उत्तरदायी र सुसूचित बनाउने दृष्टिकोण प्रदान गर्ने बताए । पूर्व केन्द्रीय सदस्य शिवपुरीले कार्यक्रम आयोजना गरेकोमा आमसञ्चार प्राधिकरणलाई धन्यवाद दिंदै पत्रकारले यस्ता विषयमा ज्ञान लिन आवश्यक रहेको उल्लेख गरेका थिए ।
नेपाल पत्रकार महासंघ राैतहटकी उपाध्यक्ष विनाराउत श्रीवास्तवले प्रविधिको विकाससँगै पत्रकारितामा नयाँ पुस्ताको अग्रसरता उल्लेखनीय रूपमा देखिएको बताएकी छन् ।
उनले अहिलेको डिजिटल युगमा पत्रकारिता पनि तीव्र रूपमा परिवर्तन हुँदै गएको उल्लेख गरिन्। उनले भनिन्, “प्रविधिले नयाँ पुस्ताका पत्रकारलाई धेरै अगाडि लगिसकेको छ। उनीहरूले प्रविधिको सही उपयोगमार्फत समाचार संकलन, सम्प्रेषण र विश्लेषणमा नयाँ आयाम थपिरहेका छन्।”

एआई (कृत्रिम बुद्धिमत्ता) को प्रयोगबारे पनि उनले सबै पत्रकारले आधारभूत ज्ञान लिनुपर्ने आवश्यकता औंल्याइन् । “आजको पत्रकारितामा एआईको भूमिका बढ्दो छ, त्यसैले यसको प्रयोग, सम्भावना र चुनौतीबारे सबैले जान्न जरुरी छ,” उनले भनिन् ।
आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष जितेन्द्र खडकाले प्रविधिसँग नजिक रहेका पत्रकारहरूलाई दक्ष बनाउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उनले मोफसलमा कार्यरत पत्रकारहरूलाई साइबर सुरक्षा र एआईसम्बन्धी जोखिमबारे सजग गराउने उद्देश्यले तालिम दिइएको बताए ।
त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत प्रशन्नराज कर्णले मधेस प्रदेशका आठै जिल्लामा यस्ता कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिँदै पत्रकारहरूलाई यसको लाभ पुग्ने विश्वास व्यक्त गरेका छन् । कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गरिएको थियो ।
कार्यक्रममा सञ्चारकर्मीहरू, विभिन्न सञ्चार माध्यमका प्रतिनिधिहरू र पत्रकारहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।
आरके श्रीवास्तव,राैतहट,१२ गते जेठ ।
रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका–१, बैरगनियामा करिब २५ लाख रुपैयाँको लागतमा सडक स्तरोन्नति तथा आरसीसी ढलान कार्यको शिलान्यास सम्पन्न भएको छ । मधेश प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा निर्माण हुने यस योजनाले ग्रामीण क्षेत्रको यातायात र पूर्वाधारमा उल्लेखनीय सुधार ल्याउने विश्वास गरिएको छ ।

शिलान्यास कार्यक्रममा प्रदेश सांसद तथा पूर्व राज्यमन्त्री केशव राय चौधरी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । उनले कार्यक्रममा बोल्दै भने, “यो योजना केवल सडक निर्माणको कार्य होइन, यो यहाँको जनताको जीवनशैलीमा परिवर्तन ल्याउने माध्यम हो। यातायात सुगम भएपछी शिक्षा, स्वास्थ्य र व्यापार सबै क्षेत्रमा सकारात्मक प्रभाव पर्छ। हामी जनताको सेवा र विकासमा सधैं प्रतिवद्ध छौं ।”

उनले थपे, “सरकारले ग्रामीण भेगका आधारभूत पूर्वाधार निर्माणमा प्राथमिकता दिएको छ। यसरी एकपछि अर्को विकास आयोजना कार्यान्वयनमा आउँदा मात्र समृद्ध मधेश निर्माण सम्भव हुन्छ ।”
स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा सहभागीहरूले आगामी दिनमा थप यस्ता योजनाको अपेक्षा व्यक्त गरेका थिए ।
सागर संगम ठाकुर, रौतहट, ११ गते जेठ ।
रौतहटको देवाही गोनाही नगरपालिका–९ धरहरीमा स्थानीय किसानहरूलाई स्प्रे टंकी वितरण गरिएको छ । वडा अध्यक्ष वीर बहादुर साहको अगुवाइमा आयोजित कार्यक्रममा कृषि उत्पादन वृद्धिको उद्देश्यका साथ किसानहरूलाई यो उपकरण वितरण गरिएको हो ।
वडा अध्यक्ष साहले आर्थिक वर्ष २०८१/८२ को वडा स्तरीय योजनाअन्तर्गत कूल ५ लाख रुपैयाँको लागतमा खरिद गरिएका स्प्रे टंकी १११ जना किसानलाई वितरण गरिने जानकारी दिए । “कृषिप्रति आश्रित किसानहरूको समस्यालाई ध्यानमा राख्दै स्प्रे टंकी वितरण गरिएको हो, यसले बालीको संरक्षणमा सहयोग पुर्याउने विश्वास लिएको छु,” अध्यक्ष साहले बताए ।

शनिबार वडा कार्यालयमा आयोजित औपचारिक कार्यक्रममा देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह र उपमेयर परनिया देवी पटेलले संयुक्तरूपमा किसानहरूलाई स्प्रे टंकी हस्तान्तरण गरे।कार्यक्रममा वडा सदस्य खुबलाल दास, महिला सदस्य संजोगिया देवी, प्रमिला देवी तथा स्थानीय बुद्धिजीवी र समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
आरके श्रीवास्तव,राैतहट,२०८२ जेठ १२ गते ।
लोकतान्त्रिक पत्रकार संघ नेपालको केन्द्रीय नेतृत्वले पर्सा जिल्लाको संयोजकमा समसुदीन मियालाई मनोनीत गरेको छ । संघको संशोधित विधानअनुसार मधेश प्रदेश अन्तर्गत पर्सा जिल्लामा मियालाई संयोजकको जिम्मेवारी दिइएको हो ।

संघका केन्द्रीय अध्यक्ष कामरेन्द्र वर्माको नेतृत्वमा संघले हालसम्म मधेश प्रदेशका ६ जिल्लामा संयोजक मनोनीत गरिसकेको छ । यसअघि बारा जिल्लामा विनोद प्रजापति, रौतहटमा राजु कुमार श्रीवास्तव, सर्लाहीमा राजिव कुमार साह, महोत्तरीमा राजिव राय कुर्मी र सिरहामा विसुनदेव सरदारलाई संयोजकको जिम्मेवारी दिइएको थियो ।

संघले पर्सा संयोजकमा मियालाई मनोनीत गर्दै देश, मधेश, पत्रकारिता र पार्टीको हितमा उहाँको कार्यकाल उल्लेखनीय हुने विश्वास व्यक्त गरेको छ । अध्यक्ष वर्माले संयोजक मनोनयनमार्फत मधेशमा पत्रकार संगठनलाई अझ सशक्त बनाउने अभियानलाई तीव्रता दिएका छन् ।
संघले बाँकी जिल्लामा पनि चाँडै संयोजक तोक्ने तयारी गरिरहेको जनाएको छ ।
आरके श्रीवास्तव,राैतहट,११ गते जेठ ।
लोकतान्त्रिक पत्रकार संघको संशोधित विधानअनुसार विष्णुदेव सरदारलाई मधेश प्रदेश अन्तर्गत सिरहा जिल्लाको संयोजक पदमा मनोनीत गरिएको छ ।
संघका केन्द्रीय अध्यक्ष कामरेन्द्र वर्माले सरदारलाई मनोनयन गर्दै शुभकामना व्यक्त गरेका छन्। अध्यक्ष वर्माले भने, “देश, मधेश, पत्रकारिता तथा पार्टीको हितमा उहाँको कार्यकाल उल्लेखनीय रहनेमा पूर्ण विश्वास छ ।”
विष्णुदेव सरदार सिरहा जिल्लाबाट सक्रिय पत्रकार हुन् र ‘सजिलो पोस्ट’ अनलाइन समाचार पोर्टलका सम्पादक समेत हुन् ।
उनको मनोनयनप्रति पत्रकार समाज तथा विभिन्न क्षेत्रबाट बधाई तथा शुभकामना व्यक्त गरिएको छ । लाेकतान्त्रिक पत्रकार संंघले अध्यक्ष कामरेन्द्र वर्माकाे नेतृत्वमा उल्लेखनीय प्रगति गरिरहेकाे छ ।
अहिलेसम्म संघले मधेस प्रदेशका चार जिल्लामा संयोजक तोकिसकेको छ । बारा जिल्लामा विनोद प्रजापति, रौतहटमा राजु कुमार श्रीवास्तव, सर्लाहीमा राजिव कुमार साह तथा महोत्तरीमा राजिव राय कुर्मी जिल्ला संयोजकको रूपमा चयन भएका छन् ।
संजय गुप्ता,सर्लाही,११ गते जेठ ।
बरहथवा— सर्लाही जिल्लाको बरहथवा नगरपालिका वडा नम्बर ३ मा रहेको श्री सरस्वती माध्यमिक विद्यालय, हजरियामा नयाँ दुईकोठे विद्यालय भवनको शिलान्यास गरिएको छ । विद्यालय भवनको शिलान्यास लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय सदस्य प्रमोद प्रसाद रौनियारले गर्नु भएको हो ।

शिलान्यास समारोहमा बोल्दै नेता रौनियारले शिक्षा क्षेत्रमा पूर्वाधार विकासमार्फत गुणस्तरीय शिक्षा प्रवाह गर्नुपर्ने आवश्यकता औंल्याउँदै भन्नुभयो, “विद्यार्थीहरूले सुरक्षित र शैक्षिक वातावरणमा पढ्न पाउनु उनीहरूको आधारभूत अधिकार हो । आज गरिएको शिलान्यास त्यो अधिकार सुनिश्चितताका लागि एउटा महत्वपूर्ण पाइला हो ।”

उहाँले मधेस प्रदेश सरकारअन्तर्गत शिक्षा तथा संस्कृति मन्त्रालयबाट विनियोजित २५ लाख रुपैयाँको बजेटमा भवन निर्माण कार्य सुरु गरिएको जानकारी दिनुभयो । “प्रदेश सरकारको सहयोगमा हामी गाउँगाउँमा शिक्षाको पहुँच विस्तार गर्ने लक्ष्यमा छौँ,” उहाँले थप भन्नुभयो ।
श्री सरस्वती माविका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा स्थानीय जनप्रतिनिधिहरूको समेत उपस्थिति रहेको कार्यक्रममा रौनियारले शिक्षा नै समाज रुपान्तरणको बलियो माध्यम भएको भन्दै सबैलाई सहकार्यका लागि आग्रह गर्नुभयो ।
नयाँ भवन निर्माणले विद्यालयको पठनपाठन गतिविधिमा थप सुधार आउने विश्वास गरिएको छ ।