काठमाडौं, १३ असोज
आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सुशीला कार्की नेतृत्वको सरकारमा जेनजी वा जेनजी आन्दोलनका शहिद परिवारको पनि प्रतिनिधित्व हुनुपर्ने सुझाव दिएका छन ।
रौतहटको फतुवाबिजयपुर नगरपालिका-२ सितलपुरमा आयोजित शुभकामना कार्यक्रमलाई आज सम्बोधन गर्दै आजपा अध्यक्ष साहले यस्तो बताएका हुन् ।
जेनजी आन्दोलनकै बलमा बनेको सरकारमा त्यही समूहको प्रतिनिधित्व नहुनु दुखद भएको टिप्पणी उनले गरे ।

`अहिलेको सरकार जेन-जी आन्दोलनको बलमा गठन भएको छ । यो सरकारमा जेन-जी वा जेनजी आन्दोलनका शहिद परिवारको पनि प्रतिनिधित्व हुनुपर्छ,´ आजपा अध्यक्ष साहले भने ।
कांग्रेस र एमालेको दुई तिहाई शक्तिशाली सरकारले मुलुकको जोगाउन नसकेको टिप्पणी समेत उनले गरे । अहिले एमाले, कांग्रेसमै नेतृत्व पुस्तान्तरण र हस्तान्तरणको बहस चलिरहेको बताउदै साहले केपी ओली, शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गरेर अगाडी बढदा मुलुक र सोही पार्टीको हितमा हुने बताए ।
उनले एमालेले ओलीलाई अगाडि नलगाओस र कांग्रेसले देउवा देखाएर दाईं नगरोस भन्दै बलपूर्वक हटाईएका यी बुढा नेताहरुलाई अब राजनीतिबाट स्थायी रुपमा बिदाई गर्नुको विकल्प पनि नभएको टिप्पणी गरे ।
मुलुकलाई झनै ठूलो संकटको भूमरीमा फसाईयो बताउदै उनले अहिलेकै संविधान कायमै राखेर समस्याको समाधान नहुने ठोकुवा समेत गरे । अन्तरिम सरकारका साथै अन्तरिम संविधानबाटै मुलुकले निकास पाउने उनले बताए ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,असाेज १२ गते ।
रौतहटकाे गरूडामा भएको मेयर कप क्रिकेट प्रतियोगिता सिजन ४ अन्तर्गत पहिलो खेलमा गत सिजनका विजेता गेडही टिमले गरुडा यूथ क्लबलाई १६९ रनको फराकिलो अन्तरले पराजित गर्दै सशक्त सुरुवात गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको गेडही गेठ्ठी टिमले निर्धारित ओभरमा २ सय २२ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो । टिमका तर्फबाट पंकजले ६६ रन, दिपेसले ७६ रन तथा मनिषले ३८ रन बनाउँदै टिमलाई सशक्त स्थितिमा पुर्याए ।
जवाफी ब्याटिङमा उत्रिएको गरुडा यूथ क्लब २ सय २२ रनको लक्ष्य पछ्याउने क्रममा जम्मा ५२ रनमा समेटिँदै खेल गुमाएको हो । गेडही टिमका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै प्रतिद्वन्द्वी टोलीलाई दबाबमा राख्न सफल भए ।
१५२ रनको शानदार जितसँगै गेडही टिमले सिजन ४ मा विजयी सुरुवात गरेको छ । टिमका खेलाडीहरूको उत्कृष्ट समन्वय र प्रदर्शनका लागि स्थानीय क्रिकेटप्रेमी तथा समर्थकहरूले प्रशंसा व्यक्त क्रिकेटप्रेमी हाेसनारायण यादवले जानकारी गराउनु भएको हाे ।
गत वर्षको उपाधि विजेता गेडही गेठ्ठी टिमलाई पुनः सशक्त प्रदर्शनका लागि अनेक शुभकामना र धन्यवाद व्यक्त गरिएको छ । आजै भएको एक कार्यक्रमका बिच नगर प्रमुख कन्थमनी जयसवालले गरूडा मेयर कपकाे समुदघाटन गर्नु भएको थियोे । साे अवसरमा गरूडा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रामबिनाेद जयसवाल सहितका जनप्रतिनिधिहरूकाे सहभागीता रहेको थियो ।
बज्जिकाञ्चल संवाददाता,राैतहट, असोज १२
रौतहट जिल्लाका विभिन्न स्थानीय तहहरूमा बेल नेवतनको परम्परागत विधि भव्य रूपमा सम्पन्न भएको छ । सप्तमीको दिनको विशेष अवसर पारेर जिल्लाका १८ वटै स्थानीय तहमा बाजागाजा, झाँकी र सांस्कृतिक झिलिमिलीका साथ बेल नेवतन गरिएको हो ।
कटहरिया, फतुवा बिजयपुर, गरुडा, गुजरा, मौलापुर, माधवनारायण, देवाही गोनाही, गौर, मत्सरी, राजदेवी लगायतका स्थानहरूमा बेलको पूजा र नेवतन विधि स्थानीयवासी तथा भक्तजनहरूको उल्लेखनीय सहभागितामा सम्पन्न भएको छ ।

परम्पराअनुसार सप्तमीका दिन दुर्गा पूजाको विशेष विधिमा प्रयोग गरिने बेलपत्र बेलको रुखबाट तान्त्रिक विधिपूर्वक टिपेर ल्याउने चलन रहिआएको छ । षष्ठीका दिनबाटै विशेष पूजा आरम्भ गरिने यो विधिमा मन्दिरहरूबाट बेलको रुखसम्म विशेष झाँकी निकालिन्छ, जसमा सांस्कृतिक तामझाम, बाजागाजा र धार्मिक रीतिरिवाजहरूसहितको कार्यक्रम गरिन्छ ।
रौतहटको दुर्गा भगवती गाउँपालिका–३ मत्सरीस्थित प्रसिद्ध शक्तिपीठ दुर्गा मन्दिर र राजदेवी नगरपालिका–१ स्थित ऐतिहासिक राजदेवी मन्दिरमा समेत हजारौं श्रद्धालुहरूको सहभागितामा बेल नेवतन सम्पन्न भएको छ । दुर्गा पूजा अन्तर्गतको यो अनुष्ठान रौतहटमा विशेष महत्वका साथ मनाइन्छ ।
स्थानीयवासीका अनुसार बेल नेवतनको परम्परा पुस्तौंदेखि चलिआएको धार्मिक, सांस्कृतिक तथा सामाजिक एकताको प्रतीक हो । यो अवसरमा स्थान–स्थानमा मेलासमेत लाग्ने, भजन–कीर्तन हुने र सामूहिक पूजा गरिने परम्परा रहिआएको छ ।
यसरी बेल नेवतन मार्फत रौतहट जिल्लामा दुर्गा पूजाको प्रारम्भिक चरण धार्मिक श्रद्धा, तामझाम र भव्यताका साथ सम्पन्न भएको छ ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,असाेज १२ गते ।
हिन्दू समुदायको महान पर्व विजयादशमी, तिहार तथा छठको पावन अवसरमा गरूडा नगर उद्योग वाणिज्य सङ्घ परिवार, रौतहटले विशेष शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । संघका अध्यक्ष सतीश साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इलाका प्रहरी कार्यालयका डीएसपी शंकर आचार्य प्रमुख अतिथिकाे रूपमा सहभागी हुनुहुन्थ्यो ।
विशिष्ट अतिथिको रूपमा दुधियाबार सशस्त्र प्रहरी बलका प्रमुख इन्सपेक्टर रामचन्द्र लागेजु, गरूडा नगरपालिका मेयर पदका प्रत्याशी द्वय ब्रिजकिशोर राय यादव,दीपक यादव, गरूडा नगरपालिका पूर्व उपमेयर रंगिला देवी जसवाल, सुनचाँदी व्यवसायी महासङ्घ मधेस प्रदेशका अध्यक्ष रामजी साह सुनार, उद्योग वाणिज्य सङ्घका भूतपूर्व अध्यक्ष रामभरोस यादव र हरिन्द्रप्रसाद जसवाल, श्री नमुना माध्यमिक विद्यालयका अध्यक्ष सन्तोष सीह लगायत समाजसेवी, व्यापारी, राजनीतिकर्मी तथा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको गरूडा समाजसेवी छठु प्रसाद साहले जानकारी गराउनु भएको हाे ।
कार्यक्रममा वक्ताहरूले नेपाली समाजको एकता, सहकार्य र मेलमिलापको सन्देश बोकेको यस्ता पर्वहरूले सामाजिक सद्भावलाई बलियो बनाउने धारणा व्यक्त गरेका छन् । साथै, देश-विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई पर्वको अवसरमा मङ्गलमय शुभकामना व्यक्त गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा गरूडा नगर उद्योग वाणिज्य सङ्घ परिवारले सबै अतिथि तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै, यस्ता कार्यक्रमले नगरको समृद्धि र सहकार्यको भावना बढाउने विश्वास व्यक्त गर्यो ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,असाेज ११ गते ।
राैतहटकाे मौलापुर वितरण केन्द्र अन्तर्गतको मौलापुर सबस्टेसनमा रहेको पावर ट्रान्सफर्मरको एचटी बुस बाट तेल लिक भएको कारण विद्युत आपूर्ति प्रभावित भएको छ ।
नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रका अनुसार समस्या देखिएसँगै ट्रान्सफर्मर मर्मत कार्य तुरुन्तै सुरु गरिएको छ । मर्मत सम्पन्न नहुँदासम्मका लागि सम्बन्धित क्षेत्रमा विद्युत आपूर्ति बन्द गरिनुपरेको प्राधिकरणले जनाएको छ ।
विद्युत आपूर्ति बन्द हुँदा ग्राहक वर्गलाई असुविधा भएकोमा केन्द्रले क्षमायाचना गर्दै आवश्यक प्राविधिक सुधार कार्य तीव्र गतिमा भइरहेको जनाएको छ । मर्मत कार्य सम्पन्न भएपछि यथासिघ्र सेवा पुनः सञ्चालनमा ल्याइने जनाइएको छ ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,असाेज ११ गते ।
राैतहटकाे मौलापुर वितरण केन्द्रअन्तर्गतको ११ केभी मौलापुर फिडरमा आवश्यक मर्मत तथा लाइन सफा गर्ने कार्यका कारण आज शनिबार विद्युत आपूर्ति आंशिक वा पूर्ण रूपमा बन्द हुने भएको छ ।
कार्यालय प्रमुख ई. दिनेश यादवका अनुसार, फिडरमा फुटेको पिन डिस्कको बदली तथा लाइनमा छुन लागेको हाँगाबिँगा काट्नुपर्ने भएकाले बिहान ११ बजे देखि दिउँसो १ बजे सम्म विद्युत सेवा अवरुद्ध हुने जानकारी दिनुभयो ।
“उक्त समयमा फिडर अन्तर्गतका केही क्षेत्रहरूमा विद्युत सेवा अवरुद्ध हुने भएकाले उपभोक्ताहरूले वैकल्पिक व्यवस्था मिलाउनुहुन अनुरोध गर्दछौं,” ई. यादवले बताउनुभयो ।
मौलापुर वितरण केन्द्रले यस मर्मत कार्यका क्रममा सेवामा पर्न सक्ने असुविधाप्रति ग्राहक वर्गसँग क्षमा याचना गरेको छ । नेपाल बिधुत प्राधिकरण माैलापुर वितरणले सामाजिक संजाल मार्फत पनि ग्राहक वर्गलाई जानकारी गराएको छ ।
बज्जिकाञ्चल संवाददाता,रौतहट,असोज १० गते ।
नवसर्जक साहित्य चौतारी नेपाल, मधेश प्रदेशकाे आयोजनामा बज्जिका भाषाकाे विकास, रोजगारीकाे सम्भावना, तथा संस्कृतिकाे संरक्षण सम्बन्धी एक विशेष कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा प्रमुख अतिथिका रूपमा चर्चित साहित्यकार संञ्जय मित्रले बज्जिका भाषाकाे ऐतिहासिक पृष्ठभूमि, यसको समृद्ध साहित्यिक धरोहर र भविष्यका सम्भावनाहरूकाे बारेमा महत्वपूर्ण धारणा राख्नुभयो ।
कार्यक्रममा उहाँले बज्जिका भाषाकाे विकासबारे विस्तृत रूपमा चर्चा गर्नु भएकाे थियो । कार्यक्रममा बज्जिका भाषाबाट रोजगारका सम्भावनाहरू पनि उल्लेख गर्दै उहाँले रेडियाे, टेलिभिजन, अनुवाद, साहित्य लेखन, शैक्षिक सामग्री निर्माणजस्ता क्षेत्रहरूमा काम गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा बज्जिका भाषामा लेखिएका पाठ्यपुस्तकहरू हरेक विद्यालयमा अनिवार्य रूपमा लागू गरिनुपर्ने माग पनि अघि सारिएको छ ।
कार्यक्रमका अध्यक्ष नवसर्जक साहित्य चौतारी नेपाल मधेश प्रदेशका अध्यक्ष अभिजीत रामले बज्जिका भाषा र साहित्यकाे प्रचारप्रसारका लागि संस्थाले निरन्तर काम गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रम सञ्चालन जगत जयसवालले गर्नुभएको थियो । कार्यक्रममा गरुडा नगरपालिकाका युवा नेता तथा नगर प्रमुख प्रत्यासी दीपक यादवले समेत सहभागिता जनाउनुभएको थियो । उहाँले बज्जिका भाषाबारे प्रश्न–उत्तर सत्रमा सक्रिय सहभागिता जनाउँदै भाषाकाे संरक्षणका लागि स्थानीय सरकारले ठाेस नीति ल्याउनुपर्नेमा जोड दिनुभयो ।
संवाद कार्यक्रममा रौतहटका विभिन्न क्षेत्रका साहित्यकार, शिक्षक, विद्यार्थी तथा स्थानीय बुद्धिजीवीसहित करिब ४० जना सहभागी भएका थिए । कार्यक्रममा विभिन्न बज्जिका भाषाका क्षेत्रीय पक्षहरू, चुनौती र सम्भावनाहरूकाे बारेमा गहिरो छलफल भएको आयोजकले जनाएको छ ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,असाेज १० गते ।
रौतहटकाे श्री यमुना माइ माध्यमिक विद्यालय, झुनखुनमाका पूर्व प्रधानाध्यापक तथा जिल्लाका ख्यातिप्राप्त विज्ञान शिक्षक राम एकवाल प्रसाद यादवको असामयिक निधन भएको खबरले सम्पूर्ण शिक्षा क्षेत्रलाई स्तब्ध बनाएको छ ।
शिक्षक धर्मेन्द्र प्रसाद सिह, जो हाल प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन रौतहटका अध्यक्ष समेत हुन्, उनले यादव सरको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।
यस्तै श्री मावि टेंग्राहाका प्रधानाध्यापक अनिल यालवले पनि वहाँकाे निधन प्रति गहिरो दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । यस्तै जिल्लाका दर्जनौं शिक्षकहरूले श्रद्धाञ्जली अर्पण गरेका छन् ।
स्व. यादवको निधनले शिक्षा क्षेत्रले एक अनुकरणीय शिक्षक, अनुशासित प्रशासक र निष्ठावान व्यक्तित्व गुमाएको छ।
बज्जिकाञ्चल संवाददाता,रौतहट,असाेज १० गते ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आज रौतहटको गौरमा रहेको नेपाली कांग्रेस पार्टी कार्यालयको निरीक्षण गर्नु भएको छ । निरीक्षणको क्रममा जेनजी आन्दोलनमा पार्टी कार्यालयको भौतिक संरचना क्षति , कार्यसम्पादन अवस्था तथा संगठनात्मक विषयमा जानकारी लिनुका साथै स्थानीय नेता तथा कार्यकर्ताहरूसँग भेटघाट समेत गर्नुभयो ।
उक्त कार्यक्रममा नेपाली कांग्रेस रौतहटका सभापति तथा मधेस प्रदेश सरकारका अर्थमन्त्री सुनिलकुमार यादव (जितेन्द्र) समेत सहभागी हुनुहुन्थ्यो । उहाँसँगै जिल्ला तथा नगर तहका नेताहरू, युवा नेता, महिला नेतृहरू र पार्टी कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
महामन्त्री शर्माले कार्यक्रममा बोल्दै जेनजी आन्दोलन पछि उत्पन्न परिस्थिति सँग जुध्दै पार्टीले समग्र मुलुकको विकास, लोकतन्त्र र संविधानकाे संरक्षण र जनताको अधिकार सुनिश्चित गर्न निरन्तर लागिरहेकाले सबै कार्यकर्तालाई एक ढिक्का भएर अघि बढ्न आग्रह गर्नुभयो ।
सभापति यादवले पनि आफ्नो मन्तव्यमा जेनजी आन्दोलन पछि जिल्लामा पार्टीको गतिविधि विस्तार र जनताको विश्वास जित्नका लागि सबै तहमा समन्वय र एकता अपरिहार्य रहेको बताए ।
कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।
रौतहट, असोज १० गते ।
रौतहट प्रहरीले ठूलो परिमाणको अवैध लागूपदार्थसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
चन्द्रपुर नगरपालिका–६ देउराली चोकबाट ३ हजार थान अवैध लागूपदार्थ ट्रामाडोल सहित चन्द्रपुर नगरपालिका–७ बस्ने ५२ वर्षीय दिपेन्द्र कुमार साह पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार साह ना.३३ प ९५३३ नम्बरको मोटरसाइकलमार्फत सो परिमाणमा ट्रामाडोल लैजाँदै गरेका अवस्थामा नियन्त्रणमा लिइएका हुन्।
यस्तै, साहकै चन्द्रपुर–७ मा सञ्चालनमा रहेको औषधि पसलमा समेत खानतलासी गर्दा थप ४५ थान ट्रामाडोल फेला परेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका इन्सपेक्टर सोनु रामका अनुसार पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा राखिएको छ।