रन्धिर साह,११ गते वैशाख ।
रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ३ मा नेकपा एमालेको वडा कमिटी गठन भएको छ । नेकपा एमालेका नगर कमिटी संयोजक ब्राह्मदेव प्रसादको अध्यक्षता तथा मधेस प्रदेश कमिटी सदस्य एवम् देवाहीगोनाही नगरपालिकाकी नगर प्रमुख परनिया देविको प्रमुख आतिथ्यमा वडा कमिटी तथा “मिसन ग्रासरुट” अभियान सम्मपन्न भएको हो । नेकपा एमाले “मिसन ग्रासरुट” पार्टी सुदृढीकरण तथा बिस्तार अभियान अन्तर्गत देवाहि गोनाही नगरपालिका वडा नम्बर ३ स्थित रहेको देवाहीमा अभियान सम्पन्न भएको हो ।
सो कार्यक्रम अझै अगाडी बढाउन तथा रौतहटको प्रत्येक पालिकाहरुमा यो अभियानलाई संचालनमा रहेको छ । यो अभियानले पार्टी भित्र रहेका अविश्वास तथा मन मोटापनलाई हटाउँनमा सहयोग गर्ने देवाही गोनाही नगरपालिकाकी नगर उप प्रमुख पटेलले बताएकी छिन् ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी उपसचिब रुपेश पटेल, जिल्ला कमिटी सदस्य भरत पटेल तथा कार्यकर्ताहरु लगायतको आतिथ्यमा वडा भेला सम्पन्न भएको हो । सो भेलाबाट रामसकल साहको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन भएको छ ।
काठमाडौं, ११ वैशाख
बारा २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाएका छन् । उनले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहसँगको मतान्तर ६०० पुर्याएका छन् ।
जसपाका अध्यक्षसमेत रहेका यादवले २७७०, जनमतका कुशवाहले २१८२, नेकपा एमालेका पुरुषोत्तम पौडेलले ९२९ मत पाएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ३५१ मत पाएका छन् । आम जनता पार्टीका अरुण ज्ञवालीले २०६ मत पाएका छन् ।
बारा, ११ वैशाख
बारा २ को जारी मतगणनामा जसपाका उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाउँदै लगेका छन् ।
पछिल्लो मत गणना अपडेट अनुसार यादवले १८७२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिव चन्द्र कुशवाहाले १६६१ मत ल्याए ।
यस्तै एमालेका पुरुषोतम पौडेलले ७२९ तथा रास्वपाका रमेश खरेलले २६९ मत पाएका छन् ।
आम जनता पार्टीका अरुण ज्ञवाली १५४ मतका साथ प्रतिस्पर्धामा छन् ।
काठमाडौं, ११ वैशाख
उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले १७ सय मतको अग्रता लिएका छन् ।
मतगणनाको पछिल्लो अपडेटअनुसार रास्वपाका रवि लामिछानेले ४३५८ मत पाउँदा नेकपा एमालेका रामप्रसाद न्यौपानेले २५८५ मतसहित उनलाई पछ्याइरहेका छन् ।
नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठ २२०५ मतसहित तेस्रो स्थानमा छन् ।
बाग्लुङ, ११ बैशाख । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गत निर्वाचनमा १८ लाख १४ हजार खर्च गरेका छन् ।
प्रतिनिधिसभा सदस्य केसीले निर्वाचन कार्यालयमा बुझाएको विवरण अनुसार १८ लाख १४ हजार खर्च भएकाे जनाएका हुन ।
जसअनुसार सवारी साधन भाडा तथा इन्धनमा ८ लाख ६० हजार, कार्यालय संचालनमा २ लाख ५० हजार, मतदाता नामावली खरिद, छपाई र फोटोकपीमा ९० हजार, प्रतिनिधि परिचालन खर्च २ लाख ५० हजार खर्च गरेको जनाएका सांसद केसीले प्रचार सामग्रीमा २ लाख १० हजार, सामग्री ढुवानीमा २० हजार, विद्युतीय छापा खर्च ४० हजार खर्च गरेको बिवरण निर्वाचन आयोगलाई बुझाएका हुन् ।
यसैगरी, सामाजिक संजाल खर्च १० हजार र विविध खर्चमा १ लाख ३४ हजारसहित १८ लाख १४ हजार खर्चको बिवरण आयोगलाई बुझाएको केसीको निर्वाचन प्रतिनिधि थानेश्वर सुवेदीले जानकारी दिए ।
केसी गत मंसिर ४ को निर्वाचनमा बागलुङ–१ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । उनी सत्तारुढ गठबन्धनका उम्मेदवार थिए ।
चितवन, ११ बैशाख । चितवन–२ को मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ ।
चितवनका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार सर्वदलीय बैठकमा सहमति जुटाएर मतगणना सुरु गरिनेछ ।
यसअघि आइतबार साँझ बस्ने भनिएको सर्वदलीय बैठक कांग्रेसका कारण बस्न सकेको थिएन ।
प्रमुख जिल्ला अधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने बिरुद्ध परेको उजुरी माथी निर्णय नगरी मतगणनामा नबस्ने नेपाली कांग्रेसले अडानका कारण मतगणना हुन सकेको थिएन ।
आज कांग्रेसको अडानलाई सम्वोधन गरेर मतगणना प्रारम्भ गरिने जनाईएको छ ।
काठमाडौं, ११ बैशाख । चितवन–२ र बारा–२ को मतगणना तारजाली भित्र गरिने भएको छ ।
मतदानको क्रममा बिबाद देखा परेका बारा–२ र चितवन–२ काे मतगणनास्थलमा तारजाली भित्र गर्न लागिएको हो ।
आन्तरिक सुरक्षाका कारण देखाउँदै दुवै निर्वाचन कार्यालयले दुवै क्षेत्रको मतगणनास्थलमा तारजाली लगाएको छ । बाराकाे मतगणनास्थलमा बाँसले घेरेर तारजाली लगाइएकाे छ भने चितवनमा फलामे घेराबन्दी गरिएकाे छ ।
बारा–२ मा जनता समाजवादी पार्टी नेपालले धाँदली गर्न खोजेको आरोप जनमत पार्टीले लगाएको थियो भने चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले आचारसंहिता उलङघन गरेको भन्दै नेपाली कांग्रेसले हिजो बस्ने भनिएको सर्वदलिय बैठक अस्विकार गरेको थियो ।
दुवै निर्वाचन क्षेत्रमा देखा परेको असामान्य स्थिति पछि मत गणनालाई सहज र व्यवस्थित बनाउन तारजाली लगाउनु परेको मुख्य निर्वाचन अधिकृतका कार्यालयले जनाएका छन् ।
नुवाकोट, ११ बैशाख । आफनै साथीले बोकेको बन्दा पडकदा एकजनाको मृत्यु भएको छ ।
नुवाकोटको किम्ताङ जंगलमा आफनै साथीले बोकेको भरुवा बन्दुक पडकेर २६ वर्षीय पञ्च घलेको मृत्यु भएको हो ।
प्रहरी नायव उपरीक्षक खन्द्रबहादुर खड्काका अनुसार म्यागङ गाउंपालिका ४ किम्ताङस्थित होङभङको जंगलमा भरुवा बन्दुकको छर्रा लागेका घलेको मृत्यु भएको हो ।
उनका अनुसार अनुसार किम्ताङको जंगलमा शिकार खेल्न जंगल गएको बेला अमित तामाङले बोकेको बन्दुकको छर्रा लागेर पञ्च घलेको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
यद्धपी, घटना शंकास्पद भएको भन्दै अमितलाई पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए ।
बारा, ११ बैशाख । हिजो हुन नसकेको बारा–२ को मतगणनाका लागि अहिले सर्वदलीय बैठक सुरु भएको छ ।
हावाहुरी बतासका कारण हिजो बैठक हुन सकेको थिएन । हिजो हुन नसकेको बैठक आज सुरु भएको हो ।
जारी सर्बदलीय सर्वदलीय बैठकमा सहमति कायम गरेर एकछिनमा मतगणना सुरु गर्ने तयारी भएकाो छ ।
मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार सर्वदलीय बैठक सकिएलगत्तै मत गणना सुरु हुनेछ ।
बारा–२ मा नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनता समाजवादी पार्टी नेपालका उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल मुख्य प्रतिस्पर्धी मानिएका छन् ।
चितवन, ११ बैशाख । चितवन–२ को मतगणना सुरु गराउनका लागि सर्वदलीय बैठक बोलाईएको छ ।
आचारसंहिता उलङ्घनको बिषयलाई लिएर नेपाली कांग्रेसले पहिला कारबाहीको अडान लिएपछि हिजै देखी नै सुरु हुने पर्ने मतगणना हुन सकेकाे थिएन ।
आज सर्वदलीय बैठक बोलाईएर सहमति खाेजेर मतगणना सुरु गर्न लागिएकाे हाे । निर्वाचन आयोग, चितवन कार्यालयले बैठक ८ बजे सर्वदलीय बैठक बोलाईएको छ ।
सोही बैठकमा सहमति खोजेर मतगणना सुरु गरिने निर्वाचन अधिकृत ईश्वर आचार्यले सञ्चारकर्मीलाई जानकारी दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा चितवनका जिल्ला प्रमुख अधिकारी (प्रजिअ)ले निर्वाचन आचारसंहिता उलङघन गरेको भन्दै हिजो कांग्रेसले उजुरी गरेको थियो । सो उजुरीको सम्बोधन नभएसम्म मतगणनामा सहभागी हुन नसक्ने अडान कांग्रेसले लिए पछि हिजो नै हुनु पर्ने मतगणना अझै सुरु हुन नसकेको हाे ।