आरके श्रीवास्तव,हनुमत कुमार यादव,रौतहट,साउन ०९ गते ।
रौतहट सरदमुकाम गौरमा ६ दलले आज शक्ति प्रर्दशन गरेका छन् । छ दलिय मोर्चाले जुलुस सहित प्रर्दशन गरेका हुन् । सर्वदलिय÷सर्वपक्षिय संघर्ष समिति रौतहटको आयोजनामा मंगलवार प्रर्दशन गरिएको हो ।
गत साता आम जनता पार्टील जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको विरोध गर्दै प्रदर्शन गरेको थियो । त्यसकै काउण्टरमा ६ दलीय गठबन्धनले पनि प्रदर्शन गरेको छ । प्रदर्शनमा नेपाली कांग्रेस, जसपा, नेकपा एस, लोसपा, जनमत र माओवादीका रहेका छन् ।

प्रर्दशन पछि जिल्ला अदालतको छेउमा कोण सभा आयोजन गरिएको थियो । कोण सभामा सम्बोधन गर्दै ६ दलिय मोर्चाका नेताहरुले विभिन्न हत्याकाण्डमा संल्गन रहेको र आरोप लगाउँदै प्रभु साह लाइ पक्राउ गर्न माग गरेका हुन् ।
गौरस्थित विवादित राइस मिलमा २७ जना माओवादी वाइसीएलको हत्या भएको घटनालाई उछालेर दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गर्न थालेका आम जनता पार्टीका केन्द्रीय अध्यक्ष एवं स्वतन्त्र सांसद प्रभु साहलाई जिल्लामै घेराबन्दी गरिएको छ ।
गौर नगरपालिका स्थित रहेका राइस मिल प्रांगण देखि निस्केको प्रर्दशन भन्सार कार्यलय हुदै जिल्ला प्रसाशन कार्यलय गौर अगाडी नराबाजी गर्दै ज्ञापन पत्र बुझाई गौर जिल्ला अदालत अगाडी कोण सभामा परिणत भएको थियो ।
प्रर्दशनकारीहरुले “ हिन्दु नेता कासीनाथ तिवारीको हत्यारा लाई कार्यवाहि गर , कुस्ती खेलाडी उपेन्द्रदास बैरागीको हत्यारा लाई कार्यवाहि गर , शिक्षक सुनिल यादव को हत्यारा लाई कार्यवाहि गर , प्रभु सह लाई कार्यवाही गर जस्ता विभिन्न नारा सहित जुलुस प्रदर्शन गर्दै प्रभु साहलाई कारबाहीको माग गरेका हुन् ।

गौर घटनाको सम्पूर्ण जिम्मेवारी प्रभु साहले लिनुपर्ने जनता समाजवादी पार्टी रौतहटका अध्यक्ष श्याम बिहारी यादवले बताए । तत्कालीन मधेशी जनअधिकार फोरमले शान्तिपूर्ण कार्यक्रम गर्न लाग्दा माओवादीले बिथोलेर द्वन्द्व निम्त्याएको र त्यसको नेतृत्व प्रभु साहले गरेका कारण घटनाको मुख्य दोषी उनी रहेको अध्यक्ष यादवले बताए ।

प्रदर्शन कार्यक्रममा जसपाका केन्द्रिय सदस्य राम किसोर प्रसाद यादव ,पुर्व कृषि राज्य मन्त्री योगेन्द्र यादव , नेपाली कांग्रेसका जिल्ला सभापति सुनिल यादव ,एकीकृत समाजवादी पार्टीका ब्रिज किसोर यादव ,जनमत पार्टीका केन्द्रिय सदस्य असोक सिंह , लोकतान्त्रिक समाजवादी पार्टी नेता राम प्रवेश दास , रामेस्वर यादव , जसपा पार्टी जिल्ला अध्यक्ष श्याम बिहारी यादव लगेर हजारौ नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रभु साहले १७ वर्ष पुरानो हिंसात्मक घटनाको नाममा राजनीति गर्न खोजेको आरोप लगाउँदै उनीहरुले प्रर्दशन गरेका हुन् । तत्कालीन मधेशी जनअधिकार फोरम नेपालको २०६३ सालको चैत ७ गते राइस मिलमा आयोजित सभालाई विथोल्न खोज्दा हिंसात्मक घटना घटेको थियो ।
सिडियो लाइ बुझाइयो ज्ञापन पत्र

रौतहटमा आजपाका अध्यक्ष एवम् सांसद प्रभु साहलाइ पक्राउ गर्न माग गर्दै ज्ञापन पत्र बुझाइएको छ । आज प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई ज्ञापन पत्र बुझाइएको छ ।
सर्वदलिय÷सर्वपक्षिय संघर्ष समितिका संयोजक रामकिशोर यादवको नेतृत्वमा गएको टोलीले गौर हत्याकाण्डको मुख्या योजनाकार नै प्रभु साह भएको ठहर गर्दै साहलाई पक्राउ गर्नु पर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा गौर राइस मिल लगायतका ठाउँहरुमा आत्म रक्षाको लागि गरिएको प्रयासलाइ झुठा मुदा बनाएकोले यस्तो भुठा मुदाको जाहेरी खारेज गर्न र नेपाल सरकार एवम् प्रधानमन्त्री कार्यालय लाइ ज्ञापनपत्र पठाउनुको साथै जिल्ला प्रहरी कार्यालय लाइ उक्त मुदा तामेलीमा राख्न अनुरोध गरिएको छ ।
हिन्दूवाही नेता पसौ विरगंज निवासी काशीनाथ तिवारी हत्याको क्रममा समातिएका अभियूक्तहरुको ठोस ब्यानले प्रभु साहको प्रत्यक्ष संलग्नता देखिएको र जिल्ला प्रहरी कार्यालय पर्साको प्रतिवेदनमा समेत सांसद साहको किटानी जाहेरी परेकोले साहलाइ पक्राउ गरि पुनः छानविनको दायरामा ल्याउन जोडदार माग गरिएको छ ।
आरएन पटेल , साउन ०९ गते
बौधिमाई (३ मटिअर्वामा ट्रेक्टर पल्टिदा एक जनाको घनास्थलमै मृत्यु भएको छ ।
रौतहट जिल्लाको बौधीमाई नगरपालिका वडा नं ३ मटिअर्वा पर्ने लालबकैया नदीको बाँधमा नदी पारी बाट खेत जोतेर घर फर्कने बेला बेलुका करिब ६स्३० बजेको समयमा बौधीमाई नपा ३ मटिअर्वा बस्ने मोतिलाल बैठाको प्रदेश नं २ (०३(००१ त ( ४३९ नम्बरको इन्दोफार्म

ट्राक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको घटास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रेक्टर चालक बौधिमाई नपा (३ मटिअर्वा बस्ने विरेन्द्र प्रसाद पटेलको अन्दाजी १५ वर्षिय छोरा उधव पटेल रहेको खबर प्राप्त भएको छ । घटनाको बारेमा ईलाका प्रहरी कार्यालय कोपवा पिपरियालाई जानकारी गराई सकेको स्थानीयहरूले बताएका छन।
वीरगन्ज, ८ साउन । वीरगन्ज महागरपालिका–१६ भानुचोकस्थित सडक खण्डमा प्रहरीले एक भारतीय नागरिकलाई १९ राउन्ड गोलीसहित पक्राउ गरेको छ । पक्राउ पर्नेc भारत बिहार पश्चिमी चम्पारण बेतिया लगुनाहा निवासी २२ वर्षीय मुरारी कुशवाहा रहेका छन्।
आइतबार राति साढे ९ बजे प्रहरी चौकी बसपार्कको टोलीले नियमित जाँचको क्रममा एक जना अपरिचित व्यक्ति शंकास्पद रुपमा हातमा झोला बोकेर बसपार्कतर्फ आउँदै गरेको अवस्थामा खानतलासी गर्दा सटगनको गोली बरामद भएको पर्सा प्रहरीले जनाएको छ।
खानतलासी गर्दा १२ शक्तिमान १२ एक्सप्रेस लेखिएको १५ राउन्ड, केएफ १२ लेखिएको ३ राउन्ड र १२ केएफ १२९६ लेखिएको १ राउन्ड गरी १९ राउन्ड सर्टगनको गोली फेला परेको प्रहरीले जनाएको हो।
कुशवाहालाई नियन्त्रणमा लिई हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
रौतहट ,साउन ८ गते ।
गढिमाइमा नगरसभामा ढिलाइ हुनुको कारण बारे वडा नम्बर १ का वडा अध्यक्ष रामपुकार यादवले खुलासा गरेका छन् । जनप्रतिनिधि बीच रहेको वादविवाद, आपसी द्धन्द्ध एवं मतभेदका कारण रौतहटको गढिमाई नगरपालिकाको नगरसभा अनिश्चित बनेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्तर–सरकार वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार १० गतेभित्र राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँसभा÷नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ ।
तर जनप्रतिनिधिबीचको विवादका कारण गढिमाइ नगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ को अझै नीति तथा कार्यक्रम एवं बजेट ल्याउन सकेका छैनन् ।
बजेट भागबण्डा, करार कर्मचारीको तलव निकासा, यो भन्दा अघिका करोडौं बाँकी बक्यौता रकम भुक्तानी इत्यादी विषयमा जनप्रतिनिधि बीच कुरा नमिल्दा गढीमाईको नगरसभा अझै कहिले हुने हो भन्ने टुंगो लाग्न सकेको छैन ।
नगरपालिकाका वडा अध्यक्षहरुले नगर प्रमुख श्याम प्रसाद यादवसंग नगरसभा हुनुभन्दा अघि विभिन्न पाँच वटा माग पुरा गर्नुपर्ने शर्त राखेको बुझिएको छ । नगर प्रमुख यादवले आफुहरुको पाँच वटा माग पुरा गरेपछि मात्र नगरसभाका लागि सहमती जनाउने अडान वडा अध्यक्षहरुको रहेको बताईएको छ ।
नगरपालिकामा करारमा खटिरहेका सयौं करारका कर्मचारीको तलव भुक्तानी गर्न बाँकी रहेको ७ करोड ५६ लाख रुपैया भुक्तानी गर्नुपर्ने, गत आर्थिक वर्षको विकास निर्माण देखि लिएर अन्य कामको बाँकी रहेको करिव १८ करोड बक्यौता रकम भुक्तानी गर्नुपर्ने, गत आर्थिक वर्ष २०७९÷०८० मा भएको सम्पुर्ण खर्च सार्वजनिक गर्नुपर्ने, चालु आर्थिक वर्षमा आफुहरुलाई वडाको बजेट तिन करोड दिनुपर्ने लगाएतका माग आफुहरुले गरेको गढिमाई नगरपालिका–१ का वडा अध्यक्ष यादवले बताए ।
आफुहरुको यी मागहरु पुरा गरेपछि मात्र नगरसभाको माइन्युटमा हस्ताक्षर गर्ने प्रस्ताव मेयर यादव समक्ष गरेको भएपनि मेयर यादवले अहिलेसम्म यी माग पुरा गर्नेबारेमा कुनै जवाफ नदिएकोले नगरसभा हुन ढिलाई भएको वडा अध्यक्ष यादवको भनाई छ ।
नगरमा आवश्यक्ता भन्दा बढी करारका कर्मचारी भर्ति गरेका कारण उनिहरुको तलव अपुग हुने र नगरपालिकामाथी अनावश्यक आर्थिक भार थपिने भएको हुँदा करारका कर्मचारीको संख्या घटाउनुपर्ने उनले बताए ।
यसअघिको विभिन्न योजना र कामको गरी नगरपालिकाले उपभोक्ता समिति र संघ संस्थाको गरी अझै १८ करोड भन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ ।
नगरपालिकाले करोडौं रकम अझै भुक्तान गर्न राखेको बक्यौता रकम अनुसार नगरपालिकामा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार निर्माण लगाएतका क्षेत्रमा व्यापक परिवर्तण एवं सुधार हुनुपर्ने थियो तर पालिकामाथी करोडौं रकम बक्यौता भएपनि नगरको शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार लगाएतमा कुनै सुधार नभएको वडा अध्यक्ष यादवले बताए ।
नगरपालिकालाई समृद्ध र विकसित बनाउन यस चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, र कृषिलाई विशेष प्राथमिकता दिएर रकम छुट्टयानुपर्ने उनको माग छ ।
जनप्रतिनिधिबीच कै विवादका कारण गढिमाई जस्तै जिल्लाको माधवनारायण, फतुवा विजयपुर नगरपालिका, यमुनामाई गाउँपालिका र दुर्गाभगवती गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ को अझै नीति तथा कार्यक्रम एवं बजेट ल्याउन सकेका छैनन् ।
जनकपुर,साउन ८ गते।
मधेस प्रदेशको शिक्षा तथा समाज कल्याण मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले दलितका लागि छुट्याएको बजेटसमेत उनीहरूका लागि खर्च नसक्नु आफूहरूकै नालायकी भएको स्वीकार गरेका छन् । मधेस प्रदेशको दलित विकास समिति गठन गर्दा उपाध्यक्षको सेवा÷सुविधा तोकियो तर ४ जना सदस्यको तोकिएन भन्दै उनले अन्य यस्तै समितिको तुलनामा दलित समितिलाई भने अन्याय भएको पनि बताए । सचिव भट्टराईले हामी सबै पूर्वी अफ्रिकाको पुच्छर नभएको बाँदरका पुर्खा भएकाले को दलित को नदलित, सबै एकै हौँ भन्दै उनले हाम्रो भाषा परिवारसमेत एउटै भएकाले छूत र अछूत भन्ने कुरा शासक वर्गले सिर्जना गरेका भ्रममात्र भएको पनि उल्लेख गरे र यसलाई चिर्न सबै लाग्नुपर्ने धारणा पनि व्यक्त गरे ।
दलित अधिकार मञ्च, नेपालले जनकपुरमा आयोजना गरेको ’दलित अधिकार सबैको सरोकार’ विषयमा केन्द्रित भइ विभिन्न विषयमा चलाइएको ३ दिने कार्यक्रमको अन्तिम दिन आयोजित ‘मधेस प्रदेशमा दलित शिक्षा दलित सशक्तीकरण ऐन २०७६ कार्यान्वयनको चुनौती र अबको रणनीति’ विषयक सत्रमा उनले यस्तो धारणा राखेका हुन् । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले ऐन बनाउँदैमा त्यसैले काम गर्ने हैन भन्दै त्यसलाई प्रभावकारी तुल्याउन हाम्रै भूमिका सक्रिय हुनुपर्ने बताएका थिए ।
मधेस प्रदेश सरकारले दलित सशक्तीकरण ऐन र त्यसअन्तर्गत दलित विकास समिति बनाउनु ऐतिहासिक काम भएको भन्दै अध्यक्ष विश्वकर्माले समितिको काम भने प्रभावकारी हुन नसकेको गुनासो पनि गरे । राष्ट्रिय दलित आयोग देशभर क्रियाशील छ, उसको बजेट मात्र ३ करोड छ तर ८ जिल्ला मात्र कार्यक्षेत्र भएको मधेस प्रदेशको दलित विकास समितिको बजेट १२ करोड हुनु ठूलो उपलब्धि भएको तर यसअनुसार काम भने हुनै नसकेकामा उनले चिन्ता व्यक्त गरे । मधेस प्रदेशको दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठाले दलित सशक्तीकरण ऐन प्रदेशको प्रशंसनीय काम हो तर यसलाई हात्तीको देखाउने र खाने दाँत बनाइयो भन्दै समितिलाई केही अधिकारै नदिइएको गुनासो गरे । मैले समितिले केही गर्नै सकेन भनेर धेरै आलोचना खेपेँ तर बजेट विनियोजनबारे समेत मलाई एक शब्द सोधिन्न भन्दै उनले थपे– ‘सदस्यसचिवको मनोमानीका कारण समिति सक्रिय हुन सकेन ।
यसपालि मात्र समितिको ३ करोड रकमान्तर भयो जबकि पहिलेदेखि नै कार्यान्वयन गर्न भनेको तर मान्दै मान्दैन ।आफूसँग टिप्पणी सदर गर्ने अधिकारसमेत नभएको भन्दै उनले यो निरीह समितिबारे दरिलो आवाज उठाउन सहभागीसँग अनुरोध पनि गरे। कार्यक्रमको आयोजक संस्था दलित सरोकार मञ्च, नेपालका अध्यक्ष भोला पासवानले संविधान जतिसुकै प्रगतिशील बनाए पनि कार्यान्वयन कर्ता गतिलो भएन भने त्यसले काम नगर्ने बताए। दलित सशक्तीकरण ऐन पनि गतिलो भएको तर कार्यान्वयनकर्तामा समस्या रहेको उनले उल्लेख गरे ।
अध्यक्ष पासवानले दलित विकास समितिमा केही समस्या रहे पनि यहाँका क्रियाशील दलित भातृ सङ्गठनका पदाधिकारीसँग र दलित अधिकारका लागि कार्यरत संघ संस्थासँग समन्वयमा भने कमजोरी देखिएको बताउनु भयो। पासवानले मधेस प्रदेशमा गठन भएको दलित विकास समितिले दलितमाथि भएको अत्याचारविरुद्ध एउटा विज्ञप्ति निकाल्नसमेत न सकिरहेकोले उक्त समितिको कुनै काम नरहेको समेत बताउनु भयो। त्यस्तै समाजवादी मुक्ति सङ्गठनका अध्यक्ष रामु महराले दलित सशक्तीकरण ऐन मधेस सरकारको सबै भन्दा महत्वपूर्ण काममध्ये पर्ने भन्दै बजेट पनि कर्मचारीतन्त्रको लापरबाहीका कारण खर्च हुन नसकेको बताए ।
उनका अनुसार दलित विकास समितिका नेताहरूलाई निरीह बनाइएको छ, मन्त्री फेरबदल भइरहने भएकाले पनि समस्या बढ्दै गएको बताए। यसैगरी दलित कार्यपालिका सदस्यहरूको सञ्जाल पर्साकी अध्यक्ष सजिना बिकले आफ्नो अग्रसरतामा जातीय विभेद अनुगमन समिति बनाएको र यो जिल्लामै पहिलो भएको उल्लेख गरिन् । तर यसको काम, कर्तव्य र अधिकारबारे अझै पनि प्रष्टता नभएको उनको भनाइ थियो । समाजवादी प्रेस सङ्गठनका वृजलाल पासवानले कानुनको पालना एकदमै फितलो भएकाले पनि दलित समुदायका समस्या समाधान हुन अप्ठेरो भएको बताए । उनको भनाइ थियो– निरन्तर र आपसी छलफल, अन्तरक्रिया बढाउँदा समस्या समाधानका लागि सहज हुन्छ ।
यो कार्यक्रममा अधिवक्ता रक्षाराम हरिजनले ‘निर्वाचनसम्बन्धी प्रस्तावित कानुन र मधेसी दलित’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने भोला पासवानले जनगणनाहरू र दलितको घट्दो सङ्ख्या विषयमा प्रस्तुतीकरण गरेका थिए । सम्मेलनका अवसरमा टीकाराम विश्वकर्माको अध्यक्षतामा १९ सदस्यीय दलित कार्यपालिका सदस्यहरूको मधेस प्रदेशस्तरीय समिति गठन गरिएको छ भने दलित भातृ सङ्गठनहरूको पनि प्रदेशस्तरीय समिति रामु महराको अध्यक्षतामा गठन भएको छ । पछिल्लो समितिको अध्यक्षता ६÷६ महिनामा पालोफेरो गरिने सहमति पनि भएको छ । यी समितिले दलित अधिकारका लागि आवश्यक सबै गतिविधिको पहलकदमी लिने र दलित सशक्तीकरण ऐनले गरेको व्यवस्था कार्यान्वयनका लागि अग्रणी भूमिका निर्वाह गर्ने निर्णय गरेका छन् ।
आरके श्रीवास्तव,रौतहट,साउन ०८ गते ।
रौतहट प्रहरीले फरार प्रतिवादीलाइ पक्राउ गरेको छ । सम्मानित अदालतको फैसला कार्यान्वयन अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय भई हाल सम्म फरार रहेका प्रतिवादीहरुलाई प्रहरीले पक्रेको हो । जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्ने क्रममा बिभिन्न मुद्दा शिर्षकका फरार प्रतिवादीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी सम्मानि रौतहट जिल्ला अदालत गौर रौतहटमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

पक्राउ पर्नेहरुमा बृन्दाबन नगरपालिका वडा नम्बर१ रमौली बैरियाका कर्तब्य ज्यान मुद्धाका जयकरण सहनी,कटहरिया नगरपालिका वडा नम्बर १ भसेडवाका राजकिशोर तत्मा र कटहरिया नगरपालिका वडा नम्बर ५ का जबरजस्ति करणि मुद्धाका फरार प्रतिवादी असलम मिया रहेका छन् । उनीहरुलाइ सम्मानित रौतहट जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
विशाल बस्नेत,महोत्तरी, ८ साउन ।
महोत्तरीका पूवशिक्षक केदार कोइराला रातु नदीको सभ्यता र यसका भित्री पाटाहरूका विषयमा गहन अनुसन्धान गरिरहेका थिए । उनले एक दिन आफुले रातु नदी सभ्यताको अध्ययन गरिरहेको जानकारी पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई गराए । यसबारे धेरै जानकारी जर्मनी नागरिकसँग भएको बताउँदै उनलाई भेट्न पूर्वमन्त्री पोखरेलले सुझाए । त्यसपछि कोइरालाले जर्मन अनुसन्धानकर्ता गुड्रन कार्विन्सले लेखेको प्रिहिज्टोरिक कल्चर्स इन नेपाल’ किताब फेला पारे । जहाँ रातु नदीको मानव सभ्यता र जिल्लामा रहेको पाटु गाउँको भित्री रहस्य उल्लेख गरिएको थियो ।
अहिले कोइराला कार्विन्सले अनुसन्धान गरेको ठाउँको थप अनुसन्धानमा जुटेका छन् । कार्विन्सले उक्त किताबको भोलम १, पृष्ठ २३९ मा अहिलेको पाटु र रातु नदी वरपरको मानव सभ्यता १० हजार वर्ष पूरानो भएको उल्लेख गरेकी छन् । यसका लागि उनले सन् १९८५ को दशकमा १० वर्ष लगाएर पाटुको अध्ययन गरेकी थिइन् । रातो माटोले पुरिएको अवस्थामा हजारौ मध्य पाषण युगका हतियारहरु भेटिएपछि यो नै सबैभन्दा पुरानो मानव सभ्यता भएको उनले आफ्नो किताबमा वर्णन गरिन् ।
मध्यपाषण १२ देखि १२ हजार बर्ष अघिको अवधि र ६ देखि १० हजार वर्ष अघिको नवपाषणको अवधिलाई भनिन्छ । यसरी गुड्रन कार्विन्सले गरेको अध्ययनअनुसार पाटुको १० हजार वर्ष अघिको अर्थात् मध्य पाषण युगको सभ्यता रहेको निष्कर्ष निकालिएको छ । पहिले त कर्विन्सले नेपालमा ढुंगे युगमा मानव चहलपहल थियो भन्ने तथ्य विश्वलाई बताएकी छन् । कर्विन्स पाटुमा नै किन आइन् भन्ने विषय अझै रहस्यमय छ । तर, १० वर्ष लगाएर गरिएको अनुसन्धानपछि उनले निकालेको निष्कर्षको विषयमा भने धेरै मानिसहरु बेखवर छन् ।
शिवालिक पहाडको फेदीमा रहेको पाटु हतियार कारखानाको अवशेष जनवरी १९८५ मा पत्ता लगाएको उनले आफ्नो किताब (प्रिहिज्टोरिक कल्चर्स इन नेपालझ भोलम १, पुष्ट २३९, सन २००७) मा उल्लेख गरेकी छन् ।लेखक कमल मादेनले पनि पाटुमा नै आएर यसको थप अनुसन्धान गरेको पाइएको छ । उनले एउटा लेखमा भनेका छन्, ‘महोत्तरीमा फेला परेको पाटु कारखाना, रातु खोलाको पाटु कारखाना भनिदो रहेछ ।’
कार्विन्सले किताबमा उल्लेख गरेअनुसार ढुंगा, हड्डी वा काठबाट एकातिरको भाग धारिलो बनाएर बनाइएको साना हतियार, ढुंगाका टुक्राहरु हजारौ संख्यामा भेटिएका थिए । तिनीहरुलाइ ३० देखि ७० सेन्टिमिटर मुनि राता माटामा उत्खनन् गर्दा सजिलै भेटिए । अर्को रहस्य त के थियो भने हतियारहरुको स्वरूप भारतमा मध्य पाषण युगमा पाइएका जस्ता थिएनन् । यिनीहरु भियतनाममा पाइएजस्ता भएको हुनाले महोत्तरीमा मानवहरु भारततर्फबाट आएको दावी गरे पनि दक्षिणपूर्व तर्फबाट आएका थिए भन्ने संकेत गर्ने पनि उल्लेख गरिएको छ ।
कर्विन्स सबैभन्दा पहिला १९८१ मा नेपाल आएकी थिइन् । त्यसयता नेपालको प्रागऐतिहासिक जानकारी शून्य भइरहेको बेला उनले नै खोजको सुरुवात गरेकी हुन् ।यसअघि पुरानो मानवसभ्यताको खोज अनुसन्धान गर्ने क्रममा अफ्रिकी मुलुकमा दशकौँ बिताएकी थिइन् । दाङ–देउखुरी उत्पत्यका र पाटुमा उनले १० वर्ष लगाएर उक्त मानवसभ्यताको विषयमा अनुसन्धान गरेकी हुन् । अहिले पनि पाटु र राइमण्डलका स्थानीयहरु पुराना ढुंगाका बन्चरा जस्ता आकार भएका बस्तु तथा मानव सभ्यताका अवशेष पाइने बताउँछन् ।
पाटुका स्थानीय शंकर खडका आफूहरु सानोमा गाईवस्तु चराउन जाँदा अनौठा –अनौठा आकारका बस्तुहरु फेला पार्ने गरेको वताए । ‘ती बस्तुहरु हामी केटाकेटी हुँदा खेल्थौँ अनि फ्याँकिदिन्थ्यौँ,’ उनले भने । अहिले पनि जंगलमा गयो भने प्रागऐतिहासिक कालका किताब पढेजस्ता विभिन्न बस्तुहरु देख्न सकिने थापाको भनाइ छ ।
पाटुको विषयमा विश्वविद्याललयका प्रध्यापकहरु समेत निकै चासो व्यक्त गर्छन् । केदार कोइरालाका अनुसार कतिपय प्रध्यापकहरुले विद्यार्थीहरु कार्विन्सले खोजी गरेको हतियार कारखाना देखाउन ल्याए पनि ठाउँ एकीन गर्न नसक्दा अन्य ठाउँहरु पुग्ने गरेका छन् ।
के भन्छ स्थानीय सरकार ?
नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले पनि यो महत्वपूर्ण विषयलाइ छिट्टै छलफल गरेर उचित योजना बनाएर अगाडि बढ्ने वताए । बर्दिबास पर्यटन बोर्डको बैठक राखेर यस विषयमा थप खोजी गर्ने र प्रागऐतिहासिक वस्तुहरुको संकलन गर्ने मेयरका सचिवालय सदस्य विनोद ढुंगेलले बताए । ‘यसको विषयमा हामी लागि परेका छौँ । थप आन्तरिक छलफल गरेर युद्धस्तरमा काम गर्छौँ,’ उनले भने ।
जनकपुर,साउन ०६ गते ।
दलित कार्यपालिका सदस्य र अगुवाहरुको प्रदेश स्तरीय सम्मेलन सम्पन्न भएको छ। कार्यक्रममा दलित अधिकार संरक्षणमा दलित आयोग र दलित भातृ संगठनको भुमिका विषय विशेष छलफल भएको थियो। छलफलको क्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आयोगले मधेस प्रदेशका दलितको हितका लागि सरकार समक्ष दुईवटा महत्वपूर्ण प्रस्ताव राखेको बताएका छन् ।
मधेस प्रदेशको मानव विकास सूचकाङ्क कर्णाली प्रदेशको भन्दा पनि कम भएकाले यहाँका दलित समुदायलाई सम्पूर्ण क्षेत्रमा अघि बढाउन सम्पूर्ण राज्य संयन्त्र प्रयोग गर्न ध्यानाकर्षण गराएको जानकारी गराएका छन्।
त्यसैगरी मधेसमा बाढी, आगलागी र चिसोका कारण दलित समुदाय एकदमै सताइएकाले उनीहरूका समस्या समाधान गर्न पनि प्रभावकारी भूमिका निर्वाह गर्न प्रस्ताव गरेको उनले बताए ।
दलित अधिकार मञ्च, नेपालले जनकपुरमा आयोजना गरेको ’दलित अधिकार सबैको सरोकार’ विषयमा केन्द्रित भइ विभिन्न विषयमा आयोजित ३ दिने कार्यक्रमका क्रममा विश्वकर्माले यस्तो जानकारी दिएका हुन ।
त्यसैगरी उनले राष्ट्रिय दलित आयोगले उठाउनुपर्ने विषयमा घच्घाइरहन मधेसीवासीसँग अनुरोध पनि गर्दै अध्यक्ष विश्वकरले आयोग मधेसी दलितका पीडामा मलमलगाउन हातेमालो गरेर अघि बढ्न त्यार रहेको बताउनुभयो ।
त्यसैगरि सो कार्यक्रमको आयोजक संस्था दलित सरोकार मञ्च नेपालका कार्यकारी निर्देशक भोला पासवानले मधेसमा अहिले पनि दलितलाई हेर्ने नजरमा समस्या भएकाले छलफल गरी एउटा निष्कर्षमा पुग्नका लागि यस्तो कार्यक्रम आवश्यक भएको बताए।
उनले यो कार्यक्रमको मुख्य उद्देश्य विभिन्न दलसँग सम्बन्धित मधेस प्रदेशस्तरीय समितिका प्रमुखहरू,भातृसङ्गठनका प्रमुखहरू र अगुवाहरू एकै थलोमा भेला भइ दलितका समस्या समाधानमा लागिपरुन् भन्ने भएको उल्लेख गरे ।
दलित अधिकारका लागि भएका व्यवस्था,कानुनी विषय तथा विभेद निमिट्यान्न पार्ने उपायहरूबारे छलफल गरी दबाब दिने, पीडकलाई कानुनी दायरामा ल्याउने तथा दलितमाथिका उत्पीडन समाधान गर्न यस्तो थलो उपयोगी हुने उनको धारणा थियो ।

कार्यक्रममा दलित अगुवा मुन्नी दासले पीडामा परेका दलितहरूको पीडा मर्का राख्ने पोख्ने चौतारी उपलब्ध गराउँछ दलित सरोकार मञ्चले भन्दै त्यसैले यो कार्यक्रम निकै प्रसंशनीय भएको बताइन् । दलितहरू विभिन्न दलका भातृ सङ्गठनमा छन् तर उनीहरू कहिल्यै पनि दलितका कुरा आफ्नो दलमा उठाउन्नन् भन्दै उनले कुनै पनि दलले दलितलाई अघि बढाउन नचाहेको उल्लेख गरिन् ।
कार्यक्रममा दलित कार्यपालिका सदस्यहरूको सञ्जालका सजिना बिक, पुनमदेवी राम, सन्तबहादुर बिक, सुमित्रादेवी दास, राजेश सक्सेना, टीका विश्वकर्मा र अशोक रामले एक वर्षे अवधिमा दलित समुदायका कार्यपालिका सदस्यहरूले भोगेका अनुभव, चुनौती तथा सम्भावनाबारे धारणा राखेका थिए ।
त्यसैगरी सप्तरीको शम्भुनाथ नगरपालिकाका कार्यपालिका सदस्य शिवशङ्कर रामले आफूहरूले आफ्नो पालिकामा जातीय विभेद तथा छुवाछूत अनुगमन समिति गठन गर्न तथा त्यसका लागि बजेट छुट्याउन र अन्य काम गर्न गर्नुपरेको सङ्घर्ष सुनाएका थिए । उनको भनाइ थियो– गर्न चाह्यो र बुझेर अघि बढ्यो भने कार्यपालिका सदस्यले पनि धेरै काम गर्न सक्छ ।
उक्त कार्यक्रममा पूर्वप्रदेश सभा सदस्य चमेलीदेवी दास, नेपाल उत्पीडित जातीय मुक्ति समाजका पञ्चदेव खङ्ग, समाजवादी दलित मुक्ति सङ्गठनका रामो महरा, नेपाल दलित मुक्ति मोर्चाका लवकुश बैठा, नेपाल दलित सङ्घका रामऐकवाल पासवान, नेपाल दलित मुक्ति सङ्गठनका रामाशीष दास, दलित सङ्घका श्यामपरी पासवान, दलित अभियन्ता चन्देश्वर दास, समाजवादी प्रेस सङ्गठनका वृजलाल पासवान, बहुजन एकता पार्टीका राजाराम पासवान, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका विनोद महरालगायतले आआफ्ना दलले दलितका लागि गरेका काम उल्लेख गरेका थिए ।
उनीहरूमध्ये प्राय को निष्कर्ष थियो कि दलित समुदायले भोग्नुपरेका समस्या समाधानका लागि सबै दलित समुदाय दल भन्दा माथि उठ्नु आवश्यक छ ।
कार्यक्रममा पत्रकार रघुनाथ लामिछानेले ‘दलित कार्यपालिका सदस्य व्यवस्था र अवस्था’ विषयमा प्रस्तुतीकरण गरेका थिए । स्वागत भाषण सुनिल सरबरियाले गरेका थिए ।कार्यक्रम साउन ६, ७ र ८ तीन दिन चल्ने मञ्चका कार्यकारी निर्देशक भोला पासवानले जानकारी दिए ।

रामप्रवेश बैठा,कटहरिया,साउन ०६ गते ।
कटहरिया । रौतहटको कटहरिया नगरपालिका वडा नगरपालिका वडा नम्बर ६ फतेपुरमा अहिले नाला निर्माणको काम चलिरहेको छ । नाला निर्माणमा भने लापरबाही भएको पाइएको छ ।
सो टोलको सफरुदिनको घरदेखि मठ सम्म नाला निर्माणको काम भइरहेको छ । स्टिमेट अनुसार काम नभएको स्थानियहरुले गुणासो गरेका छन् । १५ सेन्टीमा गर्नुपर्नेमा सो अनुसार काम नगरेको गुणासो छन् ।
स्टिमेट अनुसार नाला नबनाइएको भन्दै स्थानीयले विरोध जनाएका छन् । यो नाला निर्माणको ठेक्का सडक डिभिजन रौतहट बाट मुना कन्सट्रक्सनले लिएको छ ।

यस विषयमा इ. विरेन्द्र महतो सँग बुझदा उनी भन्छन्, ‘स्थानीयको खबरदारीलाई सकारात्मक रूपमा लिएका छौँ, प्राविधिकलाई फिल्डमा खटाएर काम सुधार गराउने छु ।’
आरके श्रीवास्तव,रौतहट,साउन ०६ गते ।
रौतहट । नेपाली किसानले उत्पादन गरेको ब्रोइलर कुखुरा विक्री हुन सकेको छैन् । रौतहटको सिमानाका बाट भारतीय कुखुराको तस्करी हुँदा यहाँ उत्पादन गरिएको कुखुरा बिक्री हुन नपाएको किसानहरुले गुणासो गरेका छन् । भारतीय कुखुराको तस्करी बढ्दा नेपाली कुखुरा उत्पादक किसान मारमा परेका छन् ।
जिल्लाको फतुवा बिजयपुर २ शितलपुरका कुखुरा उत्पादक किसान अनिरुद्ध यादव भन्छन् नेपालमा भारतीय कुखुरा खुलेआम रूपमा प्रवेश पाउँदा मैले उत्पादन गरेको करिब ८ सय कुखुरा फार्ममै यस्तै बसिरहेको छ । बिक्री हुन सकेको छैन् । दैनिक लाखौं मूल्य बराबरको दाना खुवाउनु परेको छ । सम्बन्धित निकायको यस तर्फ ध्यान छैन् ।
भारतबाट नेपाल भित्र्याउन रोक लगाईए पनि सीमा क्षेत्रमा कुखुराको अवैध कारोबारमा वृद्धि भएको छ । नेपाल भन्दा भारती बजारमा कुखुरा सस्ता पर्छ । त्यहाँको कुखुरा नेपाली बजार अहिले छ्यापछ्याप्ती पाईरहेको छ । जसकारण नेपाली किसानले उत्पादन गरेको कुखुरा बिक्री हुन सकेको छैन् ।
सीमानाकामा प्रहरी तैनाथ छ । तैपनी कुखुरा तस्करी भइरहको छ । यस प्रति किसानहरुले गुणासो गरेका छन् । यस विषयमा कुखुरा व्यवसायी संघ रौतहटका अध्यक्ष हरिशंकर साह भन्छन् हामी पटक पटक जिल्लाको सुरक्षा निकायको प्रमुखहरु लाइ ध्यानाकर्षण गराउँदा कुनै सुनुवाइ हुन सकेको छैन् । भातीय कुखुराको तस्करी कम हुनु भन्दा दैनिक रुपमा बढिरहेको छ ।