२०८३ श्रावण ११
२०८३ श्रावण ११

हेमन्त केसीसुर्खेत, ३० साउन ।,

कर्णाली प्रदेश सभाको मङ्गलबार बसेको बैठक अवरुद्ध भएको छ । मुख्यमन्त्री राजकुमार शर्माले संसदमा जवाफ नदिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठक अवरुद्ध गरेको हो । सोमबार बसेको बैठकमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले दुईवटा विषयमा समस्या समाधानको योजना सहित मुख्यमन्त्रीले जवाफ दिनुपर्ने माग राखेका थिए ।

 

माग राख्ने क्रममा उनले आगामी पहिलो बैठकमै जवाफ नदिए बैठक अवरुद्ध गर्ने चेतावनी सोमबारै दिएका थिए । बाढी, पहिरो, डुबान र हवाई सेवा उडान सम्बन्धी समस्या समाधानको योजना सहित सभामा प्रस्तुत हुनुपर्ने माग राखिएको छ । अविरल वर्षातका कारण विभिन्न क्षेत्रमा बाढी पहिरो र डुबान भइरहेको छ ।

त्यससम्बन्धमा सरकारले विशेष योजना बनाउनुपर्ने माग छ । विमानस्थल कार्यतालिको बमोजिम नागरिक उडड्यन प्राधिकरणले हवाई सेवा उडान गर्ने निर्णय गरेको छ । त्यसका कारण हिमाली जिल्लाका नागरिक पीडामा परेको भन्दै त्यसको विरोध जनाएका छन् । यस विषयमा ठोस योजना प्रस्तुत हुनुपर्ने सांसदहरुको माग छ । साथै, प्रदेशसभाको बैठक बिहीबार ३ बजेसम्मका लागि स्थगित भएको छ ।

 

लमजुङ ३० साउन ।

लगातारको वर्षाका कारण जिल्लाकै विकट गाँउ दुधपोखरीमा विभिन्न ठाउँमा पहिरोले क्षति पुर्‍याएको छ । पहिरोले दुधपोखरीका दुई घर भत्काएको छ भने २८ घर उच्च जोखिममा परेका छन् ।

 

शनिबार र आइतबारको वर्षापछि पहिरो झर्दा दुधपोखरी गाँउपालिका २ भुम्लिचोकस्थित  सानुमाया गुरुङ र जमुना गुरुङको घर पहिरोले भत्किएको छ । पहिरो जानसाथ घरमा भएका सानुमाया र जमुनाको परिवार भागेकाले मानवीय क्षति भने नभएको वडा अध्यक्ष अमर गुरुङले जानकारी दिए।

 

वडा अध्यक्ष गुरुङका अनुसार उक्त वडाकै विचौर जलकेनि स्थित सिता तामाङ, ठुलो ढुङगाका राजकुमार तामाङ र मिन बहादुर तामाङ, विचौर ठाँटीका कृष्ण प्रसाद दवाडीको घर उच्च जोखिममा परेको छ भने विचौर मरठाह गाँउका भिम गिरिको घरनजिकै जमिन भास्सिएका  कारण रुख ढल्न जाँदा गिरीको भान्सा कोठामा क्षति पुगेको छ ।

 

त्यसैगरी दुधपोखरीको वडा नंं. १ मा २२ घर पहिरोको उच्च जोखिममा परेका छन् । उक्त वडाका श्रीप्रसाद ढकालको गोठ पहिरोले भत्किएको छ भने गोठमा रहेको ३ वटा गाईलाई स्थानियद्धारा  उदार गरिएको छ । ढकालको घर संगै अन्य ७ घर पनि उच्च जोखिममा परेको वडा नं. १ का वडा अध्यक्ष दुर्गामान गुरुङले बताए ।

 

सोही वडामा मंगलबहादुर नेपालीको घर छेउमै पहिरो जाँदा उक्त घर संगै ७ घर जोखिम परको र घमरचौर दुरा गुरुङको भान्सा कोठा पहिरोले लाँदा घर पनि जोखिममा परेको छ । कल्लाबारीमा पहिरो जाँदा ६ घर जोखिमा परेका छन् ।  ठूलो भिरमा गएको पहिरोका कारण कल्लाबारी मावि र राम कृष्ण निमाविमा पठनपाठन प्रभावित भएको छ । विद्यालय सम्म पुग्ने बाटो नभएका कारण विद्यालयनै बन्द गरीएको स्थानियको भनाई छ ।

 

लमजुङ ३० साउन ।

लमजुङको मर्स्याङदी गाउँपालिका–८ भुलभुलेमा रहेको हामखोला झरनामा ‘वाटरफल फेस्टिबल’ हुने भएकाे छ ।

यहि भदाै ९ गते शनिबार ‘वाटरफल फेस्टिबल’ आयाेजना गरिएकाे आयाेजक हामखाेला व्यवस्थापन समितिले जनाएकाे छ । हामखाेला झरनाकाे प्रचारप्रसार गर्न आयाेजना गरिकाे साे महाेत्सवमा प्रतिष्ठित डिजेकाे प्रस्तुति रहनेछ ।

 

`गर्मी मौसम छ । छङछङ झरेको झरनामा रमाउँदै, सेल्फी लिँदै, डिजेकाे साथमा नाँच्न पाईनेछ´, स्थानीय सहदेव गुरूङले भने ।

 

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी गत वर्ष भदौ १७ र १८ गते महोत्सव आयोजना गरिएको थियाे । यसअघि २०७६ साउन २५ गते पहिलोपटक हामखोला झरनामा महोत्सव भएको थियो । कोरोना संक्रमणका कारण ३ बर्ष विथोलिएको महोत्सव गतबर्षदेखि पुनः निरन्तरता दिन लागिएको हामखोला झरना महोत्सवका संयोजक प्रमोद घलेले बताए ।

निकै आकर्षक रहेको यस ठाउँलाई पर्यटकीय गन्तव्य बनाउन गाउँपालिकाको सहयोगमा भौतिक संरचनाहरु निर्माण गरिएका छन् । यसअघि गाउँपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा झरनासम्म जाने बाटो, रेलिङ, मैदानलगायत निर्माण गरिएका छन् । यस्तै, झरनाबाट बगेको पानीमा पौडन चाहनेका लागि पोखरी समेत बनाइएको छ ।

 

यो महोत्सवले गाउँपालिकासँगै सिंगो जिल्लाको पर्यटन प्रवर्द्धनमा सघाउ पुर्‍याउने मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए । महोत्सवमा गाउँपालिका भित्रका पर्यटकीय स्थलहरुको जानकारीमुलक तस्विरहरु राखिनेछ ।

हनुमत कुमार यादव,रौतहट २९ गते साउन ।
रौतहट जिल्लाको गौर नगरपालिका -८ पुरेन्वामा खाल्डोमा डुबेर मृत्यु भएको एक शव बरामद भएको छ । परेमी राउत को छोरा अन्दाजी ३५ वर्ष को शुसिल राउतको खाल्डोमा डुबेर मृत्यु भएको फेला परेको छ । साउन २७ गते शनिवार को रति ९ बजे देखि नै बेपत्ता रहेको र आज गौर को बरहबा खोलाको सोतिमा पुरेन्वाको स्कुल स्थिति रहेको पुल मुनी आज बिहान सोमबार को दिन लास फेला परेको छ |
उनका परिवारजनहरु दुई दिन देखि खोजी तलाश गरिरहेको थियो । आज एकासी मृत अवस्थामा शव फेला परेपछी शोकाकुल बनेका छन् । राउत करीब १६ वर्ष भन्दा बढी नेपाल प्रहरीमा रही हवल्दार बनेका थिए । राउतको मानसिक स्थिति खराब भए पछी उनलाई बर्खास्त गरिएको थियो ।
बर्खास्त भएको बेला उनी विरगंज कार्यरत थिए । बर्खास्त बारे उनी मुद्दा पनी खेपी रहेको परिवारजनले बताएका छन् । राउतको ५ वटा बालबच्चाहरु रहेको छ । उनका सबै भन्दा ठुला छोरा रहेको जो चाही घर बाहिर नै बस्ने गर्दछ । उनी बर्खास्त भए पश्चात ज्याला मजदुर गरी जिवनको पार्जन गरिरहेको परिवार जनको भनाई रहेको छ । राउतका मृत शरीर लाई प्रहरीबाट बुझी हिन्दू रितीरीवाज अनुसार कृयाकर्म गरीएको पारिवारिक स्राेतले जनाएको हाे ।

आरके श्रीवास्तव,रौतहट,साउन २९ गते ।
रौतहटको गढिमाइ नगरपालिकाले बजेट ल्याएको छ । सोमबार गढिमाइ नगरपालिकाले यस वर्ष जनमुखी योजना ल्याएको छ । समनपुर स्थित नगरपालिकाको सभाकक्षमा बजेट अधिवेशन बोलाईएको थियो । नगरपालिकाले नवौं नगरसभा बाट जनमुखी नीती र कार्यक्रम ल्याएको छ । नगरपालिका नगर कार्यपालिकाबाट पास गरेको निती तथा कार्यक्रम कार्यान्यवन गर्न ५३ करोड भन्दा बढी बजेट विनियोजन गरेको हो ।

हरेक वर्ष असार १० गते बजेट ल्याउनु पर्ने प्रावधान रहेको छ । विभिन्न कारणबस ढिलै भएपनि नगरसभा शान्तिपूर्ण रूपमा सम्पन्न भएको नगर प्रमुख श्याम यादवले जानकारी गराउनु भयो । धेरै उत्साहका साथ सम्पन्न भएको नवौं नगरसभा बाट गढिमाइ नगरपालिकाको जनताको मन जितने किसिमको निती तथा कार्यक्रम पारित गरेको हो । नगरप्रमुख यादवले बजेट वक्तव्य पढेर सुनाउनु भएको थियो ।


आगामी आर्थिक वर्षका लागि ५३ करोड १५ लाख ८४ हजार ४ सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको हो । बजेटमा चालु तर्फ ३७ करोड़ ७२ लाख ४७ हजार चार सय रुपैयाँ र पुँजीगत तर्फ १५ करोड ४३ लाख ३७ हजार बजेट प्रक्षेपण गरिएको गढीमाई नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादवले जानकारी दिनु भयो ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष १२ करोड ५० लाख कम बजेट प्रस्तुत गरिएको उनको भनाइ छ । नगरसभामा विभिन्न वडाका वडा अध्यक्षहरू,जनप्रतिनिधिहरू,पत्रकार, सुरक्षाकर्मी,नगरपालिकाका कर्मचारीहरू सहितका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
यता रौतहटका १८ स्थानिय तह मध्ये दुइ वटा नगरपालिका र दुइ वटा गाउँपालिकाले अझै बजेट ल्याउन सकेको छैन् । जिल्लाको माधवनारायण नगरपालिका र फतुवा बिजयपुर नगरपालिकाले बजेट ल्याउन सकेको छैन् । भने जिल्लामा रहेको दुइ वटै गाउँपालिका यमुनामाइ गाउँपालिका र दुर्गाभगवती गाउँपालिकाले बजेट ल्याउन सकेको छैन् ।

आर एन पटेल,साउन २९ गते
बौधिमाइ नपा २ इनर्वा नदिपारीमा स्वास्थ्य सेवा इकाई उदघाटन कार्य सम्पन्न भएको छ ।
रौतहट जिल्लाको बौंधीमाई नगरपालिका वडा नं । २ इनर्वाटोल लाल बकैया खोला पारीमा स्वास्थ्य सेवा इकाई कार्यालयको उद्दघाटन कार्य नगर प्रमुख प्रदीप कुमार यादव तथा वडा अध्यक्ष धर्मेन्द्र प्रसाद पटेलद्धारा आज सोमबार विधिवत रुपमा सम्पन्न भएको छ । कार्यक्रम वडा अध्यक्ष धर्मेन्द्र प्रसाद पटेलको अध्यक्षतामा सम्पन्न भएको छ । वडा अध्यक्ष पटेलको अथक प्रयास पछि स्वास्थ्य सेवा इकाई स्थापना भएको स्थानियहरु बताएका छन् । वडा नं २ को नदिपारी अति विकट ठाउँ भएकोले स्वास्थ्य सेवा बाट वञ्चित भएका स्थानिय बासीहरुले गाउँमै स्वास्थ्य सेवा स्थापना भएको हुँदा खुशी व्यक्त गर्दै वडा अध्यक्ष पटेललाई धन्यबाद ज्ञापन गरेका छन् ।


साथै यस स्वास्थ्य सेवा इकाईबाट सेवा लिई थप लाभ लिनका लागि उद्दघाटन सँगै वडा अध्यक्ष पटेलले गर्भवती सुत्केरी महिलालाई प्रत्येक पटक चेकजाँच वापत पौष्टिक आहारको लागि १० वाट अण्डा र सुत्केरी किट दिइने घोषणा गर्नु भएको छ ।
कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमोद राय यादव, स्वास्थ्य संयोजक तारकेश्वर प्रसाद पटेल, सहायक स्वास्थ्य संयोजक राकेश यादव, लेखा प्रमुख अरविन्द कुमार यादव, वडा नं १ को वडा अध्यक्ष रामजोधी राउत, वडा नं ४ को वडा अध्यक्ष तुरन्त नारायण यादव, नपाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य सवयंसेविका, कर्मचारीवर्ग, बुद्धिजीवी, नेता कार्यकर्ता, प्रहरी प्रसासन लगायत सर्व साधारणको उपस्थिति रहेको थियो ।

 

रौतहट साउन २९ ।

रौतहट जिल्लाको परोहा नगरपालिका अन्तर्गत संचालित प्राथमिक स्वास्थ्य केन्द्रमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रम परोहा नगरपालिका आयोजना र सामुदायिक तथा बाल विकास केन्द्र, परोहा न.पा. ६, रौतहटको सहयोगमा सम्पन्न भएको छ ।

सामुदायिक तथा बाल विकास केन्द्र, परोहा न.पा. ६, रौतहटका अध्यक्ष कृष्णा कान्तको विशेष पहलमा लगभग सयौं जना भन्दा बढिको संख्यामा व्यक्तिहरुको रक्तदान गर्न तयार रहेको थियो । नेपाल रेडक्रस गौरबाट खटिएका टिमहरुलाई भ्याई नभ्याई समस्या उत्पन्न भएको थियो ।

उक्त कार्यक्रममा आज कृष्णा कान्तको पहलमा लगभग ६३ जनाले स्वईच्छा रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाईटिसँग मात्र ६३ वटा मात्र पोका रहेको कारणले ६३ जना नै रक्तदान पाएका छन् । रक्तदान जिवन दान भन्ने उद्देश्यका साथ हर्षित भई रक्तदान गर्न आएका व्यक्तिहरु रक्तदान गर्न नपाए पछि नाराश भई फिर्ता भएको कुरा सामुदायिक तथा बालविकास केन्द्रका अध्यक्ष कृष्णा कान्त पटेलले जानकारी गराउनु भएका छन् ।

 मञ्जय राम,कटहरिया,साउन २९ गते ।
रौतहट प्रहरी फरार प्रतिवादीलाइ पक्राउ गरेको छ । विभिन्न अपराधका फरार अपराधीलाइ पक्राउ गर्ने योजना अनुरुप ती व्यक्तीलाइ पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय तथा मातहत समेत बाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्ने क्रममा सवारी ज्यान मुद्धाका फरार प्रतिवादी लाइ पक्रेको हो ।
पक्राउ पर्नेमा जिल्लाको यमुनामाइ गाउँपालिका वडा नम्बर ४ बस्ने रामबालक साह रहेका छन् । उनलाइ सोमबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । उनलाइ सोही दिन बेलुका दुर्गाभगवती गाउँपालिका वडा नम्बर १ पिपरा बजार बाट पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
पक्राउ परेका साहलाइ आइतवार नै सम्मानित रौतहट जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रसाद यादवले जानकारी गराउनु भयो ।

सरिता श्रीवास्तव,कटहरिया, साउन २९ गते
साउन महिनाको अन्तिम सोमबारको दिन रौतहट सहति देशै भरिको शिवालय मन्दिरहरुमा दर्शनार्थीको भिडभाड देखिएको छ । जिल्लाको प्रसिद्ध शिवनगर महादेव मन्दिरमा दर्शनार्थीको घुुँईचो लागेको देखिएको छ । जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ५ मा अवस्थित भोलेबाबाको मन्दिरमा कमरथुवा दर्शनार्थीहरुको भिड लागेको हो । साउन महिनाको अन्तिम सोमवारीको अवसर पारेर यति ठुलो संख्यामा मानिसहरुको भिडभाड देखिएको हो ।
धार्मिक तथा ऐतिहासिक स्थलको रुपमा रहेको शिवनगर महादेव मन्दिरमा सोमबार दर्शनार्थीको घुुँईचो लागेको देखिएको हो ।

शिवनगर मन्दिरमा प्रत्येक आईतवार नियमित जल चढाउन दर्शनार्थीहरु त्यहाँ पुग्ने गर्दछन् । सो अवसर पारेर शिवनगरमा रौतहट , सर्लाही,पर्सा,बारा मधेश प्रदेश भरिका साथै सीमावर्ती भारत बाट भक्तजनहरु आउने गर्दछन् ।

मुकेशकुमार यादव, सिरहा २९ भदाै ।

सिरहामा नेपाल प्रहरी श्रीमती संघद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा गोलबजारमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल प्रहरी श्रीमती संघका आयोजना तथा स्थानिय लाइफलङ्ग हेल्थ केयर प्रालि र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा कार्यक्रममा २१ जना नेपाल प्रहरी र २३ जना सर्वसाधारण गरी जम्मा ४४ जनाले रक्तदान गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डुपेन्द्र वुढाथोकीले जनाएको छ।

“रक्तदान जीवन दान” मुलनाराका साथ नेपाल प्रहरी श्रीमती संघद्वारा इलाका प्रहरी कार्यालय गोलवजारले आयोजना गरिएको रक्तदान कार्यक्रममा स्थानिय वुद्धिजिवि,व्यापारी,नागरीक समाज र संचारर्मीहरुको उस्थिति रहेको प्रहरी निरीक्षक बुढाथोकीले जनाए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।