लमजुङ ५ भदौ ।
लमजुङमा नयाँ नागरिकता लिनेभन्दा नागरिकताको प्रतिलिपि लिने धेरै रहेको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार आर्थिक वर्ष ०७९/०८० मा ६ हजार ४ सय ४५ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् ।
गत वर्ष नै वंशजको आधारमा नयाँ नागरिकता लिनेको संख्या ५ हजार ८ सय ७४ रहेको जिल्ला प्रशासन कार्यालय लमजुङका प्रशासकीय अधिकृत जगदिश मिश्रले बताए ।
अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा भने ४ हजार ५ सय ५४ जनाले नागरिकताको प्रतिलिपि लिएका थिए । सो वाहेक ७ हजार ५ सय ५८ जनाले बंशजको आधारमा नयाँ नागरिकता लिएको र चार जनालाई बैबाहिक अगिकृत नागरिकता वितरण गरेको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ ।
यसैगरी गत आर्थिक वर्ष ०७९/०८० मा तीन सय नाबालक परिचयपत्र वितरण गरिएको छ । ६० वटा नयाँ सस्था दर्ता भएका छन् । ०७८/७९ मा २ सय १६ नाबालक परिचयपत्र वितरण गरिएको थियो भने प्रशासनमा ८२ वटा सँस्था दर्ता भएको कार्यालयले जनाएको छ ।
यसै गरी राष्ट्रिय परिचय पत्रको लागि आवेदन दिनेको संख्या पनि उत्तिकै रहेको देखिन्छ । गत वर्ष नै २३ हजार ७ सय ५९ जनाले राष्ट्रिय परिचयपत्र विवरण दर्ता गरेको प्रशासकिय अधिकत मिश्रले जानकारी दिएका छन् ।
बज्जिकाञ्चल,रौतहट,भदौ ०४ गते ।
रौतहटको गुजरा नगरपालिकामा नेपाल विश्वकर्मा लोहार सघको नगर समिति गठन भएको छ । लोहार जातीहरुको हक हितको रक्षा गर्नका लागि बनेको नेपाल विश्वकर्मा संघको आज एक कार्यक्रममा गुजरा नगर समिति बनाएको हो । रौतहट लगायत देशको सबै जिल्लामा रहेको लोहार जातीले सङ्गगठलाइ जिवित बनाउन र हरेक जिल्लामा लोहार जातीको प्रतिनिधित्व निमन बनाबेके राम्रो बनाउन सङ्गगठन लाइ चलायमान बनाउन काममा लागेको नेपाल विश्वकर्मा लोहार संघके सचिव विवेक शर्मा कार्यक्रममे बतएलन ।
आउने असोज १ गतेको दिन विश्वकर्मा पुजाको उपलक्ष्यमा सार्वजनिक विदा दिन २ वर्ष पहिला विवेक शर्माको नेतृत्वमा सघिय गृहमन्त्री तथा मधेस प्रदेशका मुख्यमन्त्रीलाइ ज्ञापन पत्र समेत बुझएपछि त्यसपछी २०७८ सालदेखि सार्वजनिक विदा दिदै आइरहेको सचिव शर्माले आफनो राख्ने क्रममा सो कुरा राखे ।
प्रत्येक वर्ष असोज १ गते हुँदै आएको बाबा विश्वकर्माको पुजाको तयारीका लागि जिल्लाको हरेक नगरपालिकामा जाने योजना रहेको , पुजामा धेरै संख्यामा लोहार समुदायको उपस्थिति गराउनका लागि जिल्लामा पहल भइरहेको सस्थाका अध्यक्ष डा रामसन्कर ठाकुरको भनाइ छ । रौतहट जिल्लाको मध्य भागमा रहेको गरुडा नगरपालिकाको वार्ड न ५ शिवनगरमा रहेको बाबा विश्वकर्माको मन्दिर असोज १ हुने विश्वकर्मा पुजाको प्रचार प्रसार गर्ने क्रममा रौतहटको फतुवा विजयपुर, कटहरीया र गुजरा नगरपालिकमा कार्यक्रम रहेको थियो ।
यो समिति प्रत्येक नया नया कामहरु गर्दै आइरहेको जस्तै मन्दिरको प्राङ्गणमा धर्मशाला बनाउने, मन्दिर शौन्दर्यकरण गर्ने, जिल्लाको सबै पालिकामा समिति गठन गर्ने, जातिय समस्याको समाधान आदि रहेको छ ।
सागर संगम ठाकुर, रौतहट, भदौ ४ गते
रौतहटको प्रसिद्ध धार्मिक स्थल शिवनगरमा पहिलोपटक सावन सोमवारी महोत्सव २०८० आयोजना गरिएको छ ।
जिल्लाको चर्चित एवं पर्यटकीय स्थलको रुपमा रहेको शिवनगरमा पहिलोपटक सावन सोमवारी महोत्सव २०८० आयोजना गरिएको हो ।
गरुडा नगरपालिकाको आर्थिक सहयोग र समाज बिकास केन्द्र गरुडा नगरपालिका वडा नं।१ र सह–आयोजक निराला जेनरल स्टोरको आयोजनामा शिवनगरमा महोत्सव हुदै आएको छ ।
टिकटकका शुःप्रसिद्ध कलाकार राजकुमार साह र एमएल पटेलका टिमले प्रत्येक सोमवारको दिन सावन सोमवारी महोत्सवमा आफ्नो प्रस्तुतिहरु प्रस्तुत गर्दै आएका छन ।
सावन महिनाको प्रत्यक सोमबार कुमारी कन्याले भगवान शिवको पुजा अराधना गरिदै आएको छ । सावन महिनाको सोमवार शिव जीको र्बत बस्नाले चाहे जसो बर मिलने र मनोभाकल पुरा हुने धार्मिक बिश्वास रहेको बताउन छन ।
गतेको हिसावले सोमवारी बर्त सकिएपछि तिथिको अनुसारले अझ पनि एउटा सोमवारी र्बत बाकीँ नै रहेकाले सो अन्तिम सोमबारको दिन पनि कार्यक्रम आयोजना गरिएको छ ।
आयोजकले आउदो भदौ ८ गते हुने महोत्सवमा चर्चित कलाकार पिर्ती पास्वान अन्य ख्याती प्राप्त कलाकारहरु आउने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
सातौं दिन जारी रहेको महोत्सवमा प्रमुख अतिथी गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणी प्रसाद जयसवाल रहनु भएको थियो भने बिशिष्ट अतिथीको रुपमा भोजपुरी फिल्म कब होई मिलनवा हमारको निर्माता एव निर्देशक नन्दु श्रीवास्तव रहनु भएको थियोे ।
कार्यक्रममा प्रमुख अतिथि जयसवाल र बिशिष्ट अतिथि श्रीवास्तवले बिभिन्न कलाकारहरुलाई गम्छा ओढाई प्रशंसा पत्रले संम्मान गरेको थियो ।
सोही क्रममा बिभिन्न राजनितिक दलका नेताहरुलाई पनि सम्मान पत्रले सम्मान गरिएको थियो । सम्मानित हुनेमा युवा नेता राजकुमार दास,कौशल खान मिथिला,सोभी सहनी,गरुडा नगरपालिका वडा नं। १ जयनगरका पुर्व वडा अध्यक्ष सरोज यादव लगाएत अन्य नेताहरु थियो । टिकटकका प्रसिद्ध कलाकार सोमिया पोखरेल, रचना सिवाकोटी, राजकुमार साह र अन्य कलाकारहरुले अ–आफ्नो प्रस्तुति प्रस्तुत गरेकोे थियोे ।
टिक टक कलाकारहरुले सभ्य र भब्य तरिकाले मधेशबाट लोप हुन लागेको आफ्नो कला र साँस्कृतिलाई जोगाउन ती कलाकारहरु सक्रिय हुन थालेका छन।
कुनै बेला मधेशमा निकै चर्चित रहेकोे समाचकेवा, झिझिया,जर जटिन लगाएत अन्य धार्मिक खेलहरु समाजबाट लोप हुन थालेका छन ।
अहिलेको एक्काइसौं सतावधिमा युवाहरू शिक्षा र काममा बढी अग्रसरता देखाए पछि मधेसका कला र साँस्कृतिक लोप हुने अवस्थामा पुगेका छन । कलालाई जोगाउन झाकी मार्फत प्रस्तुत गरेको थियोे ।
सो कार्यक्रममा टिकटकका कलाकाहरुले शिव लिला सम्बन्धि झाकी प्रस्तुती देखाएका थिए ।
आजको कार्यक्रममा गरुडा नगरपालिका भित्रका बिभिन्न राजनितिकदलका प्रतिनिधीहरु र मौलापुर एफएमका समाचार प्रमुखलाई पनि गम्छा र मयाँको चिन्होले सम्मान गरेका थियो ।
आरके श्रीवास्तव,रौहतट,भदौ ०४ गते ।
आफू नेशनल प्याबसन रौतहटको जिम्मेवार पाएदेखि सक्रिय रुपमा काम गर्दै आएको अध्यक्ष बिगन राय यादवले बताउनु भएको छ । आज पत्रकारहरु सँग कुराकानी गर्नु हुँदै वहाँले यस्तो बताउनु भएको छ । आफूले २०७८ सालको पुष महिनामा यो संस्था हाँक्ने जिम्मेवारी पाए । त्यस पछि अहिले सम्म मैले विभिन्न कार्यक्रमहरु र क्रियाकलापहरु गराएको छु ।
वादविवाद प्रतियोगिता,हाजिरी जवाफ प्रतियोगिता र सांस्कृतीक कार्यक्रम लगायतका विभिन्न कार्यक्रमहरु गराए । त्यस्तै नेशनल प्याबसनमा आबद्ध बिधालयहरु लाइ देशभित्र र बाहिर भ्रमणमा पनि लगे । केही दिन अघि हाजिरी जवाफ प्रतियोगीता पनि गराएको छु ।
जिल्लामा करिब ३७ वटा बिधालयहरु छन् । त्यसमा धेरै जसो ग्रामीण क्षेत्रका निजी बिधालयहरु बन्द भइसकेको र बन्द हुने अवस्थामा पुगेको बताउनु भयो । त्यस्ता बिधालयहरुको हकमा हामी लुम्बीनी विकास बैंक सँग सहकार्य गरी ६ प्रतिशत ब्याजदरमा सहुलियत ऋणको पनि व्यवस्था गराएको छु । यसमा कुनै प्रकारको धितो नराखीकन त्यस्ता बिधालयहरुले सहज ढंगले ऋण पाउन सक्ने छन् । बन्द भएको र बन्दको कागारमा पुगको बिधालयहरु पुनः सञ्चालन गर्न सहज होस् भन्ने उदेश्यले आफूले पहल गरी यस्तो व्यवस्था गराएको बताए ।
पछिल्लो समय सरकारले ल्याउन लागेको नयाँ ऐन निजी बिधालयहरुको हितविपरीत भएको बताएका छन् । कम्पनी ऐनमा भएको बिधालय लाइ फरफारक गरी गुठिमा जानु पर्छ भनि भनेको छ । त्यो अन्था भएको छ । हामी सरोकारवालाहरु सँग कुनै किसिमको छलफल र सल्लाह नगरीकन यो बिधेयक ल्याउन लागेको थियो । जसको हामीले विरोध गरेका छौं । यसको लागि हामीले जेगर्नु पर्ने भए हामी गर्न तयार छौं ।
निजी बिधालयमा अध्ययन गर्ने र सामुदायिक बिधालय बाट गएर जाँच दिने चलन नेपाल सरकारको कानुनले गर्दा भएको आरोप लगाएका छन् । केही ठाउँमा निजी बिधालयमा पढेका बिधार्थीहरुलाइ सुविधा बाट बञ्चित गरिएकोले यस्तो प्रवृति बढेको उनको भनाइ ।
न्यू डिभाइन लाइट बोर्डीङ्ग स्कूलका सञ्चालक समेत रहनु भएका यादव निजी बिधालय सञ्चालनमा धेरै चुनौती रहेको सुनाउँछन् । वि.स.२०४२ सालमा स्थापना भएको न्यू डिभाइन लाइट बोर्डीङ्ग स्कूल धेरै पुरानो स्कूल हो । नेपाल सरकार बाट २०५५।०५६ मा अनुमती लिएका हौं । त्यसबेला देखि अहिले सम्म विभिन्न प्रकारका समस्याहरुको सामना गर्नु परेको सुनाउनु भयो । कहिलेकाँही बिधार्थीहरुलाइ पढाएको तर त्यहाँ बाट फि नमिलेको,शिक्षकलाइ तलब दिन समस्या,ऋण लिन पनि समस्या लगायत धेरै समस्याहरुको सामना गर्नु पर्यो ।
ती सबै चुनौतीहरुको सामना गर्दै हाम्रो स्कूलको जुन हुनुपर्ने गुणस्तरीयता छ । त्यसमा हामीले कुनै पनि कमी गरेका छैनौ । यहाँ पढेका त्रिधार्थीहरु धेरै ठाउँमा पुगि सकेका छन् । २०७२ र २०७४ मा यहाँ पढेका बिधार्थीहरु जिल्ला टप गरेका हुन् । यहाँ पढेका बिधार्थीहरु डाक्टर,इन्जिनियर भइसेको छन् । उच्च ओहदामा पुगेका छन् । यो बिधालयलाइ सबैले जान्ने गरेको छ । किनकी यहाँ फि कम छ ।
राम्रो पढाए छ । शिक्षकहरुलाइ पनि राम्रो सुविधा दिने गरेका छौ । ३० वर्ष देखि पढाउने शिक्षकहरु पनि रहेको बताए । स्रोत केन्द्र बाट हुने क्रियाकलापहरुमा यहाँका बिधार्थीहरु राम्रो गर्दै आएका थिए ।
अन्त्यमा वहाँले सम्पूर्ण अभिभावहरु लाइ ठुक्क भएर न्यू डिभाइन लाइट बोर्डीङ्ग स्कूलमा पठाउन आग्रह गर्नु भयो । बच्चाको पढाइ र भविष्यको ग्यारेन्टी आफूहरुले लिने आश्वासन दिनु भयो ।
आरके श्रीवास्तव,रौतहट,भदौ ०४ गते ।
रौतहटमा भारतबाट नेपाल भित्राउँदै गरेका १२ सय कुखुराका चल्ला नष्ट गरिएको छ ।
ईलाका प्रहरी कार्यालय गरुडा र कटहरियाको टोलीले सोमवार अवैध रूपमा नेपाल भित्रिँदै गरेको कुखुराको चल्ला पक्राउ गरि नष्ट गरेको हो । देवाहीगोनाही नगरपालिका वडा नम्बर ६ कर्कच कर्मैयाको बाटो हुँदै नेपाल छिर्दै गरेको सुराकीको आधारमा सोमबार बिहान ९ बजे आज पक्राउ गरि खाल्डो खनेर नष्ट गरिएको हो ।
अवैध चल्लाको मूल्य ४० हजार रहेको इप्रका गरुडाका डिएसपी ओमप्रकाश खनालले जानकारी गराउनु भयो । पशु शाखाका कर्मचारी,स्थानियहरु लगायतका व्यक्तीहरुको रोहबरमा कुखुराको चल्ला नष्ट गरिएको छ ।

अवैध रूपमा भारत बाट भित्रिएको ब्रोइलर कुखुराको चल्ला बरामद गरी नष्ट गरिएको छ । चोरी निकासी भएको सूचना पाएपछि गस्ती टोली पठाएर बरामद गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख खनालले बताउनुभयो । प्रहरीको गस्ती टोली देखेपछि तस्कर भागेको बताइएको छ ।
भारतमा चल्लाको मूल्य नेपाल भन्दा सस्तो पर्ने भएको हुँदा सीमावर्ती क्षेत्रबाट तस्करी हुँदै आएको छ । साइकल र मोटरसाइकिलमा राखेर सुरक्षाकर्मीलाई छक्याउँदै तस्करहरूले नेपाल भित्राउने गरेका छन् । त्यसरी भित्राइएको चल्ला सोझै कुखुरा उत्पादक कृषकलाई बिक्री गरिँदै आएको छ ।
आरके श्रीवास्तव,रौतहट,भदौ ०४ गते ।
मधेश प्रदेशमा पछिल्लो समय पत्रकारहरु माथि लगातार आक्रमणको घटनाहरु घटन थालेका छन् । यस्ता घटनाहरुले पत्रकारहरु असुरक्षित छन् भने पुष्टी हुन थालेको छ । सोमबार पनि रौतहटमा यस्तै घटना घटेको छ ।
जिल्लाको बृन्दावनमा रहेको एक अबैध क्रसर उद्योग संचालकले पत्रकार कुटपिट तथा दुर्ववहार गरेका छन् । सो नगरपालिकाको वडा नम्बर १ मा रहेको शिवम् क्रसर उद्योगको विषयमा समाचार संकलनका लागि गएका एक जना पत्रकार माथि आक्रमण भएको छ ।
हिमालय टिभीका रौतहट संवाददाता राकेश यादव माथि क्रसरका कर्मचारीले हातपात गर्नुका साथै क्यामेरा समेत तोडफोड गरेको खबर छ । बागमती खोला किनारामा अबैध रूपमा क्रसर उधोग संचालन भएको बिषयमा पत्रकार यादव समाचार संकलनका लागि त्यहाँ पुगेका थिए ।

पत्रकार यादव माथि हातपात गर्ने क्रसरका कर्मचारी राजदेव ठाकुर ,मशेस चौधरी र राधेश्याम ठाकुरलाई पक्राउ गरि थप अनुसंधान भइरहेको ईलाका प्रहरी कार्यालय गरुडा डिएसप ओमप्रकाश खनालले जानकारी गराउनु भयो ।
यस विषयमा नेपाल पत्रकार महासंघ रौतहटका सभापती प्रेमचन्द्र झाले वृन्दावन नगरपालिकामा संचालित शिवम् क्रशर उद्योगको रिपोर्टिङ गर्ने क्रममा नेपाल पत्रकार महासंघ रौतहटका जिल्ला कार्य समिति सदस्य यादव माथि क्रसर संचालकले गरेको कुटपिट तथा दुर्ववहार गरेको र क्यामरामा पनि क्षती पुर्याएको घटना प्रति गम्भीर आपत्ति जनाउनु भएको छ । साथै उनले पत्रकार कुट्नेलाई हदैसम्मको कारबाही गर्न स्थानीय प्रशासनसंग अनुरोध गर्नु भएको छ । यदि दोषीलाई उन्मुक्ति दिन खोजेमा कडा आन्दोलनमा उत्रिन वाध्य हुने उनको भनाइ छ ।
यता नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य शिव पुरीले क्रसर माफियाको कुटपिट बाट घाइते पत्रकार राकेश भाइको शिघ्र स्वास्थ लाभको कामना गर्नु भएको छ । साथै सप्तरीमा सौरभ यादव, महोतरीमा विजय कुमार सिंह गरि ३ जना पत्रकार पछिल्लो एक सातामा दुर्ववहारमा परे, कुटिए, क्यमरा फुटाइएको छ । मधेश प्रदेशमा फेरि पत्रकार असुरक्षित भएको उनको भनाइ छ । यसप्रति नेपाल पत्रकार महासंघ लाइ गम्भीर रुपमा ध्यानकर्षण गराएका छन् ।
काठमाडौं, ४ भदौं ।
आज कोशी प्रदेशको प्रदेश सभा बैठक बस्दैछ ।
कोशी प्रदेशको मुख्यमन्त्री उद्धब थापाले विश्वासको मत लिनका लागि सो बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे बोलाईएको छ ।
तत्कालिन सभामुखलाई राजिनामा दिलाएर पुनः मुख्यमन्त्री नियुक्त भएका थापाले आज विश्वासको मत लिन लागेका छन् । तर, विश्वासको मत लिने बैठकमा सभामुख रिक्त भए पछि सो बैठकको अध्यक्षता उपसभामुख सिर्जना दनुवारले गर्ने भनिए पनि अन्यौल बढेको सत्तारूढ दलका नेताहरुले जनाउँदै अाएका छन् । उपसभामुख दनुवारले सभाकाे अध्यक्षता नगर्ने भए पछि सत्तारूढ दल सशंकित हुदैँ अाएकाे छ ।
सो बैठक अघि नेकपा एमाले र राप्रपाका ८ जना सांसदले ‘बिरामी’ भन्दै बिदा लिए पछि थापाको सरकार थप संकटमा परेको छ । मुख्यमन्त्री थापाले १३ गतेसम्म विश्वासको मत नपाएमा स्वतः पदमुक्त हुने जनाईएको छ ।
उता, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले भने सरकार टिकाउनका लागि राप्रपाका काेशी प्रदेशका सांसदलाई १० करोडसम्मको अफर गरेको सार्वजनिक गरिरहेको बेला थापा नेतृत्वको सरकार पुनः संकटमा परेको हाे । यसअघि सभामुखको समेत मत जोडेर मुख्यमन्त्री नियुक्त भए पछि सर्वोच्च अदालतले उनको नियुक्तीलाई मान्यता दिएको थिएन ।
प्रेमचन्द्र झा,भदौ ०३ गते
रौतहट । महान्यायाधिवक्ताको कार्यालय काठमाण्डौका महान्यायाधिवक्ता डा.दिनमणी पोखरेलले मुदाको अनुसन्धान अभियोजन र न्याय निरुपण गर्दा कर्मकाण्डको रुपमा नलिन अनुरोघ गरेका छन। सरकारी वकिलको कार्यालय रौतहटको नवनिर्मित कार्यालय भवनको उदघाटन गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै महान्यायाधिवक्ता पोखरेलले सहि ठाउमा न्याय परेको छ कि छैन पटक पटक हेर्न सरकारी वकिलहरुलाई सुझाव दिएका छन । प्रक्रिया पूरा भयो भने उदेश्यले कहिल्य पनि मुद्दालाई नहेर्न महान्यायाधिवक्ता पोखरेलले सचेत समेत गराए । विभिन्न मुद्दामा दसिको रुपमा पक्राउ परेका वा जपथ गर्ने अभियानको रुपमा रहेका गाडी ,माल समानहरुलाई सम्बन्धित व्यक्तिको अनुहार मात्र हेरेर होईन , राष्ट्रिय अर्थतन्त्रलाई ध्यानमा राखेर न्याय निरुपण गर्न सुझाव दिएका हुन ।
महान्यायाधिवक्ता पोखरेलले भने करोडौको गाडी जफत गर्ने प्रकृयामा सडाई रहेको हुन्छौं , दुई वर्ष पछाडी उसको कुनै पार्ट पुर्जा काम लाग्दैन । तस्कर , अपराधीको सम्पत्ति नष्ट भयो भनी हामी मख्ख हुन्छौं तर त्यहीँ गाडी उसैले किन्न जादा नेपाली रुपैयाँ कतिको बाहिरिएको हुन्छ त्यसमा हामीले कहिल्यै विचार गरेका छौ उनको प्रश्न थियो ।
नवनिर्मित भवनको उदघाटनसंगै अवसर र चुनौती थपिएको बताउदै महान्यायाधिवक्ता डा।पोखरेलले साधन स्रोतको उपलब्धता र कार्य सम्पादनको गुणस्तरीयता मापन गर्ने प्रकृया यसले संग सगै ल्याएको बताए।क्षमतावान र निश्पक्ष भई न्याय निरुपनको काम गर्नु नै ठुलो चुनौतिको विषय भएको बताउदै महान्यायाधिवक्ता डा।पोखरेलले साईबर अपराध र चेक अनादरको मुद्वा जिल्ला अदालतले हेर्ने सरकारले निर्णय गरि सकेपछि पनि चुनौति थपिएको बताए ।
महान्यायाधिवक्ताको कार्यालय काठमाडौका सह महान्यायाधिवक्ता सुर्य राज दाहालको अध्यक्षतामा भएको सो उदघाटन समारोहमा उच्च सरकारी वकिलको कार्यालय बिरगंजकासह न्यायधिवक्ता राम कुमार थापा ,रौतहट जिल्ला अदालतका न्यायाधीश मातृका प्रसाद मरासिनी ,प्रमुख जिल्ला अधिकारीधर्मेन्द्र कुमार मिश्र ,नेपाल वार एसोसिएसन अध्यक्ष नन्दकिशोर साह र जिल्ला सरकारी वकिलकार्यालयका प्रमुख बद्री बहादुर कार्किले शुभकामना मन्तव्य राखेका थिए ।
रु ३ करोड ३३ लाखको लागतमा सिएम चन्डी मुन्ना जेवि काठमाडौले ठेक्का सकार गरि एक सय १४ दिन पहिले नै तीन तल्ले भवनको निर्माणकार्य पूरा गरेका छन । समय अगावै कार्य सम्पन्न गरे वापत निर्माण कम्पनीका प्रतिनिधि प्रमोद यादवलाई प्रमुख अतिथि महान्यायाधिवक्ता पोखरेलले दोसल्ला ओढाई सम्मान गरका छन् ।
रामप्रवेश बैठा,मौलापुर,भदौ ०३ गते ।
रौतहटको मौलापुर नगरपालिकामा “हाम्रो मौलापुर” पुस्तक बिधार्थीको हाथ हाथमा पुगेको छ । मौलापुर नगरपालिकाको स्थानीय पाठयपुस्तक “हाम्रो मौलापुर” प्रत्येक बिधालयमा वितरण कार्य शुरू गरिएको छ ।
मौलापुरको हरेक पक्ष समेटीएको उक्त पुस्तकले बिधार्थीहरु वृद्धि बिकासमा ठुलो सहयोग पुगने बिश्वास लिएको नगर प्रमुख रिना कुमारी साहले बताउनु भयो । उक्त पुस्तक कक्षा १ देखि कक्षा ८ सम्म पढ़ाई हुने उनले जानकारी गराइन् । सो पुस्तकको लेखनको काम हेम प्रसाद साहले गरेका छन् ।
आरके श्रीवास्तव,रौतहट,भदौ ०३ गते ।
रौतहटको मध्य भाग गरुडामा रहेको श्रीराम सुगर मिल्स लिमिटेड लाइ पुनः सञ्चालन गराउन संघर्ष समिति गठन गरिएको छ । शनिवारको बृहत् किसान आमसभापछि आज गरुडा नगर उधोग वाणिज्य संघको सभाकक्षमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठक बाट उँखु उत्पादन संघ रौतहटका अध्यक्ष अशोक प्रसाद यादवको अध्यक्षतामा १०१ सदसीय संघर्ष समिति गठन गरिएको छ । गठित समितिको सदस्यहरुमा संतोष कुमार साह,ब्रिजकिशोर यादव,मो.कलिमुलाह,रामभरोस यादव,दिपक यादव,राजकुमार दास लगायतका व्यत्तीहरु रहेका छन् ।
बैठक बाट मिल सञ्चालनका लागि उधोग मन्त्रालय,अर्थ मन्त्रालय र प्रधामन्त्रीको कार्यालयमा डेलिगेशन लिएर जाने र पछि संघर्षको थप कार्यक्रम घोषणा गर्ने निर्णय भएको उँखु उत्पादन संघ रौतहटका अध्यक्ष यादवले बताए ।
शनिवार गरुडा चिनी मिल बचाउनका लागि उँखु उत्पादक संघ रौतहटले बृहत् किसान आम भेला गरेको थियो ।
उखु उत्पादक संघ रौतहटले आयोजना गरेको बृहद आम सभामा सहभागी भएका सतारुढ दल तथा प्रतिपक्षी दलका नेताहरुले बन्द रहेको चिनी उद्योग संचालनका लागि एकबद्ध भएर लाग्ने प्रतिबद्धता जनाएका थियो । गरुडा बाट चिनी मिल हटाउन खोजे प्रतिकार गर्ने चेतावनी समेत दिएका थिए ।