२०८३ श्रावण ७
२०८३ श्रावण ७

बनियानी (झापा ), १३ पुस

स् हात्तीको आक्रमणबाट शिवसताक्षी नगरपालिकामा आज बिहान एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा शिवसताक्षी–११ दुधेका ४५ वर्षीय मेघराज राई रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कार्यालयका प्रवक्ता खगेन्द्र रिजालका अनुसार हात्तीले मध्यरातमा घर भत्काउन थालेपछि धपाउने क्रममा राईलाई आक्रमण गरेको र उनीको घटनास्थलमा नै मृत्यु भएका थियो । हात्तीको तोडफोडबाट रु एक लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । योसँगै झापामा चालू आर्थिक वर्षमा हात्तीको आक्रमणबाट चारजनाको मृत्यु भइसकेको छ । (रासस)

आरके श्रीवास्तव,रौतहट पुस १२ गते ।
रौतहट प्रहरीले लुटपाट गर्ने व्यक्तिहरू लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर ४ बहादुरपुर टोल बस्ने बाबुलाल बैठाको छोरा अन्दाजी बर्ष ३१ को नसिब बैठा र साही वडा नं।५ पानी ट्याङ्की बस्ने दरोगा साहको छोरा अन्दाजी बर्ष ३६ को हरि शंकर साह सोनार रहेका छन् ।

बिहीबार उनीहरूले गाउँकै बतहु मिया मन्सुरीको छोरा अन्दाजी बर्ष ७० को आलम मिया मन्सुरीलाई ललाई फकाई मदिरा सेवन गराई नियन्त्रणमा लिई उनको साथबाट जबरजस्ती नगद रु।८२ हजार रकम खोसी लुटी भागेका थिए ।

यो खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय कटहरियाका ईन्चार्ज प्रहरी बरिस्ठ नायव निरिक्षक अरूण कुमार सिंहले सक्रियता देखाई त्यहाँबाट खटिएको प्रहरी टोलीले ती भागेका मानिसहरुलाई खोजतलास गर्दै जाने क्रममा पक्रेको हो ।

उनीहरूलाई कटहरिया नगरपालिका वडा नम्बर ५ स्थितबाट निज नसिब बैठा र हरि शंकर साह सोनारलाई नगद रु।५९ हजार सहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय गरुडा,रौतहटमा लगी चोरी तथा डाँका सम्बन्धि कसूरमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक एलिजा गिरिले जानकारी गराएकी हुन् ।

आरके श्रीवास्तव रौतहट,पुस १२ गते ।
बिधुतिय माध्यामबाट ९अरुको बैंक खाताहरुको० रकम चोरी गरेको आरोपमा रौतहट प्रहरीले ३ जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट जिल्लाको गौर नगरपालीका वडा नम्बर ४ वस्ने वर्ष २५ को जितेन्द्र गिरी,सोही ठाउँको वडा नम्बर ७ बस्ने वर्ष ३७ को दिपेन्द्र कुमार साह,गुजरा नगरपालीका बडा नम्बर ६ घर भई हाल चन्द्रपुर नगरपालीका वडा नम्बर १० बस्ने बर्ष ४२ को राज कुमार साह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक एलिजा गिरिले जानकारी अनुसार गौर नगरपालीका वडा नम्बर ४ बस्ने जयप्रकाश राय चनौको एन आई सी एसिया र माछापुच्छे बैंक लि। को खाताबाट मिति २०८० असार २९ गते देखी पटक पटक गरी बाह्र लाख छयालिस हजार चार सय चालिस मात्र,गौर नगरपालीका बड़ा नम्बर ७ बस्ने मिश्रीलाल साहको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय गौरमा रहेको खाताबाट मिति २०८० असार २० गते देखी पटक पटक गरी जम्मा रु।पांच लाख,गौर नगरपालीका वडा नम्बर २ महादेवपट्टी वस्ने विजय किशोर झाको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय गौरमा रहेको खाताबाट मिति २०८० कार्तिक २९ गते असी हजार , चन्द्रपुर न। पा।वडा नं।(९ बस्ने कृष्ण प्रसाद तिमल्सिनाको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय चन्द्रनिगाहपुर रौतहटमा रहेको खाताबाट मिति २०८० कार्तिक ३० गते देखी पटक पटक गरी छ लाख एघार हजार दुई सय आठ रुपैया सन्ताउन्न पैसा गरी कुल रकम चौविस लाख सैतिस हजार छ सय पचासी रुपैया सन्ताउन्न पैसा उनीहरूले निकालेका हुन् ।

उनीहरूले विभिन्न काल्पनिक व्यक्तीहरुको नामको भारतको घोडासहनमा गई किर्ते नागरीकता तथा सवारी चालक अनुमती पत्र बनाई उक्त कागजातहरुबाट सिमकार्डहरु निकाली विभिन्न खल्ती तथा विभिन्न बैंकहरुमा खाता खोली मोवाईल बैंकिङ्ग मार्फत माथी ति मानिसहरुको खाताको रकम अनाधिकृत रुपमा पहुच पुर्याई चोरी गरेको प्रहरीको भनाइ छ ।

घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न रहेको तिनै जनालाई पक्राउ गरी अनुसन्धान पश्चात अनुसन्धान प्रतिवेदन सहित मिसिल कागजातहरु मिति २०८० पुस ११ गते जिल्ला सरकारी वकील कार्यालय रौतहटमा पेश गरीएको तथा केही व्यक्तीहरु भागी फरार रहेको, फरार प्रतिवादीहरुको हकमा खोजतलास तथा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।

जलेश्वर(महोत्तरी), १२ पुस :

महोत्तरीको बर्दिवास नगरपालिका–३ स्थित पाटुमा मधेस प्रदेशकै सबैभन्दा ठूलो ताल निर्माण गर्न लागिएको छ । यस क्षेत्रमा वर्षेनि हुने पानीको समस्यालाई मध्यनजर गर्दै मधेस प्रदेशको चुरे फेदमा पानी पुनर्भरण गर्ने उद्देश्यले ताल निर्माण गर्न लागिएको बर्दिवासका नगर प्रमुख प्रल्हादकुमार क्षेत्रीले बताउनुभयो । बर्दिवास–३ स्थित पुछर पाटुमा रहेको रातो नदीको नदी उकास जग्गा दिनप्रतिदिन अतिक्रमण भइइरहेको गुनासोलाई मध्यनजर गर्दै स्थानीय सरकारले पर्यटकीय तालको गुरुयोजना अगाडि बढाएको नगर प्रमुख क्षेत्रीले बताउनुभयो । चुरे अतिक्रमणका कारण दिनदिनै पानीका मुहान सुकिरहेको जनगुनासो बढिरहेका बेला स्थानीय सरकारले ‘रिचार्ज’ पोखरी र ताल निर्माणमा ध्यान दिन थालेको स्थानीय रमेश खत्रीले बताउनुभयो । महोत्तरीको उत्तरवर्ती क्षेत्र बर्दिवासमा बनाउन लागिएको मधेस प्रदेशकै सबैभन्दा ठूलो तालले स्थानीय सरकार चुरे संरक्षणमा संवेदनशील बन्दै गएको उहाँको बुझाइ छ । रातो नदीको नदी उकास जग्गालाई उपयोग गर्दै मधेसकै सबैभन्दा ठूलो ताल निर्माण भएपछि यस क्षेत्रमा पानीको समस्या समाधान हुने स्थानीय उमेश पोखरेलले बताउनुभयो । नदी उकास जग्गाको नाममा चरम अतिक्रमणको चपेटामा पर्दै आएको यस क्षेत्रमा नगरको गुरुयोजनाअनुसार ताल निर्माण भए स्थानीयको आयआर्जनमा मात्र नभइ नगरको मुख्य आयस्रोत बन्न सक्ने बर्दिवास–३ का वडाध्यक्ष विराट विष्टले बताउनुभयो । ताल परिसरमा चराचुरुङ्गी र वन्यजन्तुसमेतको संरक्षण गर्ने गरी ताल बनाउने योजना नगरपालिकाको छ । साथै बर्र्दिवास क्षेत्रलाई धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले स्थानीयको आर्थिक समृद्घिसँग जोड्ने उद्देश्यले ताल निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले बर्दिबासको उत्तर शिरैमा पर्ने पाटुमा रहेको रातो नदीको नदी उकास जग्गामध्य करिब ४० बिघा क्षेत्रफलमा ताल निर्माण गर्न लागेको हो । त्यो क्षेत्रफलका हिसाबले मधेस प्रदेशकै ठूलो ताल हुने जनाइएको छ । नगरपालिकाले आवश्यक कागजात र प्राविधिक कुरा मिलाइ सकेको तथा चाँडै ताल निर्माणको प्रक्रिया थालनी गरिने नगर प्रमुख क्षेत्रीले बताउनुभयो ।(रासस)

आरके श्रीबास्ताव, रौतहट,११ गते पुस ।

रौतहट प्रहरीले अबैध घरेलु मदिरा नष्ट गरेको छ । चन्द्रपुर प्रहरीले घरेलु मदिरा बुधबार नष्ट गरेको हो ।

प्रहरीको गस्ती टोलीले लुकाइ छिपाई ल्याएको ५५ र ६० लिटर लिटर अबैध घरेलु तयारी मदिरा बरामद गरी नष्ट गरेको प्रहरीले जनाएको हो ।

No description available.
ईप्रका चन्द्रनिगाहपुरका अनुसार विभिन्न स्थान बाट बरामद गरेको ५५र६० लिटर मदिरा स्थानीय जनप्रतिनिधिहरू तथा प्रहरी कर्मचारीहरूको रोहवरमा प्रहरीले नष्ट गरेको हो ।

ईप्रका चन्द्रनिगाहपुर कार्यालय मातहत अस्थायी प्रहरी पोष्ट चन्द्रनिगाहपुर, तल्लोबजार रौतहटबाट प्रहरी सहायक निरिक्षक दिपेन्द्र प्रसाद यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले चन्द्रनिगाहपुरबाट गौर जाने सबारी साधनहरू चेकजाँच गर्दा फेलापारेको थियोे ।

रौतहट  पुष ११ /          

चितवनका दुई जना अपहरणमुक्त भएका छन्। गत पुस ७ गते रौतहटको चन्द्रपुरका लागि हिँडेका चितवनका कृष्ण थापा र दीपेन्द्र महत अपहरणमा परेका थिए। थापाले अपहरणमा परेपछि श्रीमतीलाई फेसबुक मेसेन्जरमा फोन गरेर आफूहरू जानकारी गराएका थिए। अपहरणकारीले ६ लाख फिरौती मागेको समेत उनले श्रीमतीलाई बताएका थिए।

सूचना पाएपछि भारतको सीमावर्ती इलाकामा प्रहरी परिचालन गरिएको थियो। प्रहरीले सीमा क्षेत्रमा खटिएका भारतीय प्रहरीसँग समन्वयसमेत गरेको थियो। भारतीय प्रहरीले नै उनीहरूलाई अपहरणमुक्त गरेको थियो।

भारतको सितामढी डुमरा थानाबाट खटिएको टोलीले थापा र महतलाई सितामढीबाट सकुशल उद्धार गरी नेपाल प्रहरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए। दुवै जनाको स्वास्थ्य परीक्षणपछि परिवारको जिम्मा लगाइएको उनले बताए।

अपहरणमा संलग्न ६ जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा  मो. अकबर, मो. नइम, कौसर अली, मो. सदाव, मो. इरसाद र राम नरेश कुमार छन्। भारतको सितामढी प्रहरीले अपहरण तथा शरीर बन्धक शीर्षकमा जाहेरी दरखास्त लिई थप अनुसन्धान अगाडि बढाएको नेपाल प्रहरीले जनाएको छ।

पुस, ११ गते

सिरहाको मिर्चैयास्थित एक होटलमा बस्न पुगेका एक पुरुषको मृत्यु भएको छ। मिर्चैयाको कटारिचौकमा रहेको ओखलढुङ्गे गिरी होटलमा बुधबार करिब १२  बजेतिर एक महिलासँगै बास बस्न गएका कल्याणपुर नगरपालिका २ का करिब ४० वर्षीय मुकेश प्रसाद कर्णको मृत्यु भएको हो।

पुरुष अचेत भएपछि महिलाले आत्तिँदै तल झरेर खबर गरेको होटलका सञ्चालक विजय यादवले बताए। उनले भने, ‘महिला आए लगत्तै हामी सवै जना गएर उनलाई हेर्दा बेहोस अवस्थामा थिए। तत्काल नजिकैको स्वास्थ्य संस्थामा पुर्‍यायौँ, त्यहाँ पुगे लगत्तै स्वास्थ्यकर्मीले मृत घोषित गरे।’

घटनाको जानकारी पाउने बित्तिकै पुगेको प्रहरीले महिलालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी जितेन्द्र बस्नेतले बताए। महिलाको विषयमा प्रहरीले थप खुलाएको छैन ।

प्रहरीले मृतकको पोस्टमार्टमपछि मृत्युको कारण खुल्ने बताउँदै अहिले शव स्थानीय स्वास्थ्य संस्थामा राखिएको जनाएको छ ।

पुस ११ गते रौतहट ।

रौतहटको सबै स्थानीय तहमा गरेर कुल बेरुजु रकम झण्डै १० अरब पुगेको छ । महालेखा परीक्षकको कार्यालयले तयार पारेको प्रारम्भिक लेखापरीक्षण प्रतिवेदन २०७९ अनुसार रौतहटका १८ पालिकामा ९ अर्ब ९० करोड ४४ लाख १९ हजार रुपैयाँ बेरुजु देखिएको हो ।

जिल्लाका पालिकाहरुमा २०७९ असार ३२ गतेसम्म कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा लेखा प्रमुखका नाममा २ अर्ब २१ करोड ५२ लाख २५ हजार ३० रुपैयाँ बेरुजु देखिएको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ । सबैभन्दा बढी ईशनाथ नगरपालिकामा ८४ करोड २९ लाख ४२ हजार रुपैयाँ बेरुजु छ । दोस्रोमा राजपुर नगरपालिकामा ७८ करोड ६५ लाख १६ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

पालिकाले विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गर्ने उपभोक्ता समिति, फर्म, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ मा बेरुजु फर्स्यौट गर्ने व्यवस्था छ । सोही ऐनको दफा ८४ (२) (घ) बमोजिम बेरुजु फर्स्यौट गर्ने गराउने कर्तव्य प्रमुख प्रशासकीय अधिकृतको हुने व्यवस्था भए पनि कुनै पनि प्रमुख प्रशासकीय अधिकृतले बेरुजु असुल गर्न तदारुकता नदेखाएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

रौतहटका पालिकाहरुले महालेखापरीक्षकबाट स्वीकृत नेपाल सार्वजनिक क्षेत्र लेखामानको ढाँचा पूर्ण रुपमा प्रयोग गरी वित्तीय विवरण तयार गरेको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ । पालिकाको लेखापरीक्षणबाट स्रोत र साधनको प्राप्तिको प्रक्षेपण यथार्थपरक नभएको, असुली लक्ष्यअनुसार नभएको, कर्मचारीको दरबन्दीअनुसार स्थायी पदपूर्ति नभएका कारण विकास निर्माण र सेवा प्रवाहमा प्रभावकारिता नआएको, अनुदानको पर्याप्त अनुगमन नभएको, वितरणमुखी कार्यक्रम सञ्चालन गरेको पाइएको छ ।

धेरैजसो बेरुजु देखिएको रकमको शीर्षकमा प्रमाण कागजात पेस नगरेको, पेस्की बाँकी, असुल गर्नुपर्ने र नियमित गर्नुपर्ने लगायत छन् ।

गौर नगरपालिकाको बेरुजु २७ करोड १७ लाख ९१ हजार रुपैयाँ बेरुजु रहेकामा अद्यावधिक बेरुजु २७ करोड ९४ लाख ७३ हजार रुपैयाँ छ । साथै, गौर नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत सुभाषकुमार ठाकुर र लेखा प्रमुख सोहैल अन्सारीका नाममा १० करोड ७६ लाख ८२ हजार ७५ रुपैयाँ बेरुजु छ ।

ईशनाथ नगरपालिकामा पुरानो बेरुजु ७६ करोड १३ लाख ४२ हजार रुपैयाँ छ भने अद्यावधिक बेरुजु ८४ करोड २९ लाख ४२ हजार रुपैयाँ छ । प्रमुख प्रशासकीय अधिकृत भूदेव झा, खिमबहादुर भुजेल र लेखा प्रमुख मनोज कुमार ठाकुरको नाममा ११ करोड ९१ लाख ७८ हजार १ सय १२ रुपैयाँ बेरुजु छ ।

कटहरिया नगरपालिकाको ३९ करोड ३३ लाख ४७ हजार रुपैयाँ बेरुजु रहेकामा २०७८÷७९ मा अद्यावधिक गर्दा ५८ करोड १९ लाख ३५ हजार रुपैयाँ पुगेको छ । यो पालिकामा प्रशासकीय अधिकृत राम प्रकाश साह र लेखा प्रमुख विवेक कुमार सहनीका नाममा १८ करोड ८५ लाख ८७ हजार ८ सय ६१ रुपैयाँ बेरुजु छ ।

गढीमाई नगरपालिकाको अघिल्लो आर्थिक वर्षसम्ममा विभिन्न शीर्षकमा ५४ करोड १३ लाख २७ हजार रुपैयाँ बेरुजु रहेकामा २०७८÷७९ सम्ममा अद्यावधिक गर्दा ६४ करोड १५ लाख ९८ हजार रुपैयाँ पुगेको छ । प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव र लेखा प्रमुख कामेश्वर सहनीका नाममा १४ करोड ५९ लाख ५१ हजार ५ सय ७२ रुपैयाँ बेरुजु छ ।

गरुडा नगरपालिकाको ४४ करोड ८२ लाख १९ हजार रुपैयाँ बेरुजु बाँकी रहेकामा अद्यावधिक गर्दा ५६ करोड २८ लाख ५० हजार रुपैयाँ पुगेको छ । प्रमुख प्रशासकीय अधिकृत रामबाबु राय यादव र लेखा प्रमुख कुमार ठाकुरका नाममा ११ करोड ४६ लाख ३० हजार ८ सय ९४ रुपैयाँ बेरुजु छ ।

गुजरा नगरपालिकामा २८ करोड ३० लाख २८ हजार रुपैयाँ बेरुजु रहेकामा २०७८–७९ को लेखा परीक्षणबाट ३६ करोड ४१ लाख ३९ हजार रुपैयाँ बेरुजु देखिएको छ । यहाँ प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार जयसवाल र लेखा प्रमुख शैलेन्द्र कुमार श्रीवास्तवका नाममा ८ करोड ११ लाख ३ सय २१ रुपैयाँ बेरुजु छ ।

चन्द्रपुर नगरपालिकामा विगतका वर्षको ५४ करोड ८४ लाख ४२ हजार रुपैयाँ बेरुजु रहेकामा २०७८–७९ को लेखा परीक्षणबाट ७१ करोड ६१ लाख ७६ हजार रुपैयाँ बेरुजु देखिएको छ । प्रमुख प्रशासकीय अधिकृतहरू सुरेन्द्र प्रधान, कृष्ण प्रसाद सिग्देल, हरिलाल पुरी र लेखा प्रमुख अपर्णा देवकोटाका नाममा १६ करोड ७७ लाख ३३ हजार ९ सय ९३ रुपैयाँ १६ पैसा बेरुजु छ ।

देवाही गोनाही नगरपालिकामा ४० करोड ६० लाख ४२ हजार रुपैयाँ बेरुजु रहेकामा आर्थिक वर्ष २०७८–७९ मा समायोजन र सम्परीक्षणबाट फर्स्यौट गर्दा अद्यावधिक बेरुजु ४८ करोड ५ लाख ५० हजार रुपैयाँ पुगेको छ । प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद चन्द्रवंशी, मनोज कुमार यादव र लेखा प्रमुख प्रदिप कुमार यादवका नाममा ७ करोड ४५ लाख ८ हजार ८ रुपैयाँ बेरुजु छ ।

परोहा नगरपालिकामा २६ करोड ४९ लाख ९० हजार रुपैयाँ बेरुजु रहेकामा आर्थिक वर्ष २०७८÷७९ सम्म आइपुग्दा अद्यावधिक बेरुजु ३४ करोड ८३ लाख ५७ रुपैयाँ पुगेको छ । प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश यादव, मो. महफुज अहमद र लेखा प्रमुख शिवपुजन मण्डलका नाममा ८ करोड ३७ लाख ७६ हजार ४ सय ५४ रुपैयाँ बेरुजु छ ।

फतुवा विजयपुर नगरपालिकामा ४६ करोड ७५ लाख ८२ हजार रुपैयाँ रहेकोमा अद्यावधिक बेरुजु ६१ करोड ८६ लाख १२ हजार रुपैयाँ पुगेको छ । प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार गुप्ता, शम्भु कुमार यादव र लेखा प्रमुख नवीन कुमार यादवका नाममा १५ करोड २ लाख ९१ हजार ९ सय ४१ रुपैयाँ बेरुजु छ ।

बौधीमाई नगरपालिकामा बेरुजु ४५ करोड ६८ लाख ९ हजार रुपैयाँ रहेकोमा अद्यावधिक गर्दा ५० करोड ३६ लाख ७९ हजार रुपैयाँ पुगेको छ । प्रमुख प्रशासकीय अधिकृत रामेश्वर राय यादव र लेखा प्रमुख अरबिन्द कुमार यादवका नाममा ८ करोड ६४ लाख २३ हजार ७ सय ९ रुपैयाँ बेरुजु छ ।

माधवनारायण नगरपालिकामा लेखा परीक्षणबाट ३१ करोड ८१ लाख ३० हजार रुपैयाँ बेरुजु देखिएकोमा अद्यावधिक बेरुजु ३७ करोड ६३ लाख ९८ हजार रुपैयाँ छ । प्रमुख प्रशासकीय अधिकृत जियालाल राय यादव, प्रलभ कायस्थ र लेखा प्रमुख रामबलम यादवका नाममा ५ करोड ८२ लाख ६७ हजार ४ सय २५ रुपैयाँ बेरुजु छ ।

मौलापुर नगरपालिकामा ५१ करोड ७ लाख ३४ हजार रुपैयाँ बेरुजु देखिएकोमा समायोजन र सम्परीक्षणबाट ५५ करोड १५ लाख ६५ हजार रुपैयाँ अद्यावधिक भएको छ । प्रमुख प्रशासकीय अधिकृत रामबाबु प्रसाद साह र लेखा प्रमुख जय प्रकाश महतोका नाममा १० करोड ५ लाख ९३ हजार ७ सय ५७ रुपैयाँ बेरुजु छ ।

राजदेवी नगरपालिकामा ५३ करोड ४६ लाख ३७ हजार बेरुजु देखिएको छ भने हालसम्मको अद्यावधिक बेरुजु ६६ करोड ८८ लाख ९० हजार रुपैयाँ पुगेको छ । प्रमुख प्रशासकीय अधिकृत सुबोध साह र लेखा प्रमुख नागेन्द्र साहका नाममा १३ करोड ४२ लाख ५२ हजार ८ सय ७८ रुपैयाँ बेरुजु छ ।

राजपुर नगरपालिकामा ६५ करोड १६ लाख २५ हजार रुपैयाँ बेरुजु रहँदै आएकोमा अद्यावधिक बेरुजु ७८ करोड ६५ लाख १६ हजार रुपैयाँ पुगेको छ । प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुर र लेखा प्रमुख मनोज राज कर्णका नाममा १३ करोड ९९ लाख ५३ हजार ६७ रुपैयाँ बेरुजु छ ।

दुर्गा भगवती गाउँपालिकामा ५७ करोड ९७ लाख ४१ हजार रुपैयाँ बेरुजु रहँदै आएकोमा ८ लाख ६ हजार फर्स्यौट भए पनि अद्यावधिक बेरुजु ६८ करोड ८२ लाख २५ हजार रुपैयाँ पुगेको छ । प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश यादव र लेखा प्रमुख विवेक कुमार सहनीका नाममा १० करोड ९२ लाख ८९ हजार ८ सय ७५ रुपैयाँ बेरुजु छ ।

यमुनामाई गाउँपालिकामा ३५ करोड ६७ लाख ४० हजार रुपैयाँ बेरुजु देखिएकामा ८ लाख ६ हजार फर्स्यौट भएको छ । अद्यावधिक बेरुजु ४९ करोड ९८ लाख ३५ हजार रुपैयाँ छ । प्रमुख प्रशासकीय अधिकृत राम श्रेष्ठ, राय यादव र लेखा प्रमुख श्रीनारायण झाका नाममा १४ करोड ३० लाख ९५ हजार ३२ रुपैयाँ बेरुजु छ ।

वृन्दावन नगरपालिकाको २०७८–७९ लेखा परीक्षण प्रतिवेदन सार्वजनिक भएको छैन । २०७७–७८ को लेखा प्रतिवेदनअनुसार ३९ करोड २३ लाख ७९ हजार रुपैयाँ बेरुजु छ । प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादव र लेखा प्रमुख सिताराम पालका नाममा २० करोड ९९ लाख १७ हजार ७२ रुपैयाँ बेरुजु छ ।

रौतहटका कोष नियन्त्रक सन्तोष प्रसाद साहका अनुसार स्थानीय निकाय आफैँमा एउटा सरकार भएकाले बेरुजु रकम असुलका लागि सम्बन्धित व्यक्ति अथवा संस्थालाई पत्र लेखेर पहल गर्नु पर्दछ । स्थानीय निकायले असुलको लागि बेवास्ता गरेमा महालेखा परीक्षकको कार्यालयले पहल गर्नुपर्ने कुशवाहाले जानकारी दिए ।

महोत्तरी, ११ पुस :

चुरे फेदका बस्तीमा जङ्गली हात्तीले बस्ती पसेर आतङ्क मच्चाएपछि बर्दिबासमा जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयले जङ्गलमा खोज अभियान बढाएका छन् । रातभरि बस्ती पसेर दिनभरि जङ्गल पस्ने हात्ती धपाउन अहिले केही दिनयता वनक्षेत्रमा खोज अभियान थालिएको हो । अभियान जिल्ला समन्वय समितिका प्रमुख सुमनकुमार लाल कर्ण, बर्दिबासका नगरप्रमुख प्रह्लादकुमार क्षत्रीसहितका जनप्रतिनिधि, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्लास्थित अधिकारी, वनसम्बद्ध अधिकारी तथा सुरक्षाकर्मीले सुरु गर्नुभएको हो । रातभरि बस्तीतिर पसेर बालीनाली नोक्सान गर्ने, काठे घरगोठ सिङ्गौरी खेलेर भत्काउने हात्ती उज्यालो हुन दुई घण्टाजति पहिले सघन वनका कन्द्रामा लुक्न जाने गरेको पाइएको छ । चुरे पहाडसँग जोडिएको जिल्लाको एकमात्र स्थानीय तह बर्दिबास नगरपालिकाका वनसँग जोडिएका बस्तीमा हात्तीको आतङ्क बढेपछि धपाउन खोज अभियान थालिएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख तथा प्रहरी नायब उपरीक्षक विजय यादवले बताउनुभयो । “जङ्गली हात्तीले लगातार उपद्रो मच्चाएको गुनासो बस्तीबस्तीबाट बढेपछि धपाउन खोजी थालिएको हो”, प्रनाउ यादव भन्नुहुन्छ । यसपालि गएको दसैँयता बर्दिबास नगरक्षेत्रका विभिन्न बस्तीमा हात्तीको आतङ्क बढेको हो । बर्दिबास–१, २, ३, ४, ५, ८, १० र ११ मा यसपालि हात्तीले नोक्सान गरेको छ । यी वडाका बस्ती वनक्षेत्रसँग जोडिएका बस्ती हुन् । हात्ती दिउँसोभरि मानव चहलपहल कम हुने सघन झाडीमा लुक्ने र धेरैजसो मध्यरातपछि बस्ती पस्ने गरेको पाइएको छ । जङ्गली हात्तीले बर्दिबास–१, २ र ८ मा बालीनाली नोक्सान गर्ने गरेको छ । बर्दिबास–३, ४, ५, १० र ११ सहितका चुरे फेदका बस्तीमा भने काठेघर र गोठ लडाउने, घरआँगनका भकारी भत्काउनेसम्मका आतङ्क स्थानीयले भोग्दै आएका छन् । बर्सेनिजसो हिउँद लाग्न थालेपछि हात्ती बस्ती पस्दै आएका छन् । विगत वर्षहरुमा तीन–चारको सङ्ख्या देखिएका भए पनि यसपालि भने एक जोडा देखिएका बर्दिबास–८ का वडाध्यक्ष शमशेरसिंह लामाले बताउनुभयो । यसपालि बस्ती पस्न पल्केका जोडा हात्तीले दसैँयता बर्दिबास–२ र ८ मा करिब २० बिघा क्षेत्रफलका धान, उखु र तरकारीसहितका बाली नोक्सान गरेका लामाको भनाइ छ । हात्तीको आतङ्क बढेपछि यसलाई नियन्त्रण गर्न खोज गरी धपाउने उद्देश्यले अभियान थालिएको बर्दिबास नगरप्रमुख क्षत्री बताउनुहुन्छ । नगरक्षेत्रका वनसँग जोडिएका बस्तीमा सर्वसाधारण हात्तीको त्रासले राम्ररी सुत्न नपाएका बर्दिबास–५ का वडाध्यक्ष काहारमान स्याङ्वाको गुनासो छ । करिब एक दशकयता हात्ती, नीलगाई र बँदेल बस्ती पस्ने क्रम बढेको हो । हात्ती वनसँग जोडिएका बस्तीबाट तल नझरे पनि नीलगाई र बँदेलको आतङ्क भने भारतीय सीमाक्षेत्रका बस्तीसम्मै बढेको छ । “वनक्षेत्रमा बाक्लो मान्छेको चहलपहल, पातलिँदो वन तथा पानी एवं चरीचरनको बढ्दो अभावले यी तल झर्दैछन्”, डिभिजन वन कार्यालयका प्रमुख सन्तोष झा भन्नुहुन्छ, “पछिल्ला वर्षहरुमा वनक्षेत्र चिर्दै बनाइएका विकास संरचना (विद्युत् लाइन विस्तार, रेल्वे ट्र्याक, सडक आदि) वन्यजन्तु मैत्री भएनन्, यसले वन्यजन्तुको नियमित आहारव्यवहार खलबलिएर यी बस्ती पस्ने क्रम बढेको हो ।” वनभित्र बासस्थान उजाडिँदै जानु र सहज आवागमनमा समेत अवरोध भएपछि वन्यजन्तु बस्ती पस्ने गरेका झाको निष्कर्ष छ । मान्छे र वन्यजन्तुबीच पछिल्ला वर्षहरुमा बढेको द्वन्द्व वन्यजन्तु मैत्री विकास पूर्वाधार निर्माण नगर्दा भएको झा बताउनुहुन्छ । अब वनभित्र काम गर्दा वनयजन्तुको पक्षलाई ध्यान दिएर गरिनुपर्ने र ठाउँठाउँमा वनभित्र पानी पोखरी निर्माण तथा संरक्षण गर्नुपर्ने उहाँको भनाइ छ । (रासस)

ढोरपाटन, ११ पुस :

राष्ट्रपति रामचन्द्र पौडेल बागलुङ बजार आउनुभएको छ । उहाँ आज बिहान १० बजे नेपाली सेनाको हेलिकप्टरमा यहाँ आउनुभएको हो । राष्ट्रपति पौडेललाई प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्वागत गर्नुभएको थियो । उहाँ सातौँ बागलुङ महोत्सवको उद्घाटनका लागि बागलुङ आउनुभएको हो । राष्ट्रपति पौडेलले बागलुङ कालिका मन्दिरको दर्शन तथा पूजाअर्चना गर्ने कार्यक्रम छ । मन्दिरको दर्शनलगत्तै उहाँले बागलुङ नगरपालिका–४ कुँडुलेस्थित सालिग्राम सङ्ग्रहालयको अवलोकन गर्ने कार्यक्रम रहेको उद्योग वाणिज्य सङ्घ बागलुङका अध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणका कारण हुन नसकेको महोत्सव चार वर्षपछि हुन लागेको हो । आजदेखि सुरु हुने महोत्सव यही पुस २१ गतेसम्म चल्ने अध्यक्ष कँडेलले बताउनुभयो ।(रासस)

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।