जनकपुर, १४ माघ ।
धनुषामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
धनुषाको जनकपुर उपमहानगरपालिका-१० जानकी मन्दिरको उत्तर गेट अगाडी सडकको छेउमा पहिचान खुल्न नसकेका एक पुरुषको शव फेला परेको प्रहरीको भनाइ छ। अन्दाजी ५५ वर्ष उमेर देखिने पुरुषको शव फेला परेको र घटनाका विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।न्युजकारखाना
लुम्बिनी, १४ माघ । बुद्धजन्मस्थल लुम्बिनीमा विश्व शान्तिको कामनासहित गरिएको महागुरु भूम्छोक एवम् मोन्लम पूजा आइतबार सकिएको छ।
मायादेवी मन्दिर अगाडि एक लाख मन्त्रोउच्चारणसहितको महागुरु भूम्छोक एवम् प्राणीधान मोन्लम पूजा गरिएको हो।
पूजामा विश्व शान्तिको कामना, प्रकृति, प्राणी जगतको भलाइका लागि प्राथना र कामना गरिएको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले बताए। उनले आफू उपाध्यक्षको रुपमा आएपछि धार्मिक गतिविधिलाई बढावा दिन यसपटक रिपोन्छे, लामा गुरु, भिक्षु, आनीहरुको उपस्थितीमा पवित्र स्थल लुम्बिनीमा भूम्छोक र मोन्लम गरिएको बताए।

महागुरु बुमटस्क फर वल्र्ड पिसको आयोजनामा सुरु भएको मोन्लम पूजामा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) सहित प्रथम खान्डो छिरिङमा रिपोन्छे, छोग्न्यी रिपोन्छे, टुङ्गो कर्मा साङम्बो रिपोन्छेले विहिबारदेखि भूम्छोकमा सहभागी थिए।
यसका साथै रिपोछेहरु सहित विभिन्न गुम्बाहरुका लामा, आनी एकै ठाउँमा भेला भइ लगातार मन्त्रोच्चारण र पाठ गर्दा लुम्बिनी गुञ्जायमान भएको थियो।न्युजकारखाना
रौतहट,१४ गते माघ ।
रौतहटको बौधीमाइ नगरपालिकामा प्रशासन र स्वास्थ्यका कर्मचारीहरु बिच मैत्रिपूर्ण क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।
सो नगरपालिकाको वडा नम्बर ८ स्थित रहेको गुुजरामाइको खेल मैदानमा एक दिवसीय क्रिकेट प्रतियोगिता भएको हो । प्रतियोगितामा प्रशासन टिमले टस जितेर ब्याटिङ्ख गर्दै १ सय ४८ रन बनाएको थियो ।
जवाफमा स्वास्थ्यकर्मीको टिमले निर्धारित १६ ओभरमा १ सय ४१ रन मात्र बनाउन सक्यो । र उक्त खेलमा स्वास्थ्यकर्मीको टिम ७ रनले पराजित हुन पुुग्यो । बौधीमाइ नगरपालिकाको सहयोगमा उक्त क्रिकेट प्रतियोगिता भएको हो ।
प्रशासनको टिम बाट खेलाडीको रूपमा ब्याटिङ्ग गर्दै अरविन्द कुमार यादव ८ रन, बिक्की जयसवाल २६ रन, वडा अध्यक्ष तुरन्तनारायण यादव २ रन, जाहगिर आलम १ रन, सुनिल यादव ३० रन, रवीन्द्र यादव ३५ रन, नितेश यादव ५ रन बनाएका थिए ।
स्वास्थ्यकर्मीकाे तर्फबाट गजेन्द्र महताेले एक्लै १६ ओभरमा नट आउट रहँदै १ सय ११ रन बनाएका थिए ।
धनगढी, १४ माघ ।
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले प्रदेशका ९ वटै जिल्लाका ३२ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा आफ्ना प्रतिनिधि खटाएको छ।
नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णय बमोजिम यही माघ १३ देखि माघ २६ गतेसम्म देश ब्यापी सुरु भएको ‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले आफ्ना प्रतिनिधि खटाएको हो।

कांग्रेसले माघ १३ देखि माघ २६ गते सम्म ‘समुदायमा काँग्रेस’ अभियान सञ्चालन अभियानलाई सफल पार्न कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यबाहक सभापति लोकराज अवस्थीले ९ वटै जिल्लालाई परिपत्र गर्नुका साथै सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका प्रदेश निर्वाचन क्षेत्रमा आफ्ना प्रतिनिधि खटाएको कांग्रेस सुदूरपश्चिम प्रवक्तासमेत रहेका प्रदेश कार्यसमिति सदस्य सुरत रावत डोटेली कान्छाले बताए।
खटाइएको प्रतिनिधिलाई समुदायमा कांग्रेस अभियानलाई सफल पार्न जिल्ला, प्रतिनिधि सभा र प्रदेश सभा संग समन्वय गरी केन्द्रीय टोलीलाई सघाउन निर्देशन दिइएको छ।
सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका ३२ प्रदेश सभामा खटाइएका प्रतिनिधिको नामावली :
अछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ (क) अनुराधा स्वाँर
अछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ (ख) तुलाराम साउँद
अछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ (क) भक्त बहादुर ठकुल्ला
अछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ (ख) रुपा आउजी
डोटी प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ (क) प्रेमा श्रेष्ठ
डोटी प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ (ख) तेज बहादुर लुहार
बझाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ (क) जयन्ती जोशी/राजेन्द्र खड्का
बझाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ (ख) गणेश विष्ट/सुनिता थापा
बाजुरा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ (क) धनराज पण्डित
बाजुरा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ (ख) रनसिंह बहादुर अयडी
दार्चुला प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ (क) मदन गिरी/कमला सामन्त
दार्चुला प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ (ख) करबीर सिंह कार्की/राजेन्द्र सिंह विष्ट
डडेल्धुरा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ (क) धर्मानन्द भट्ट
डडेल्धुरा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ (ख) निर्मला बोगटी विष्ट
कञ्चनपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ (क) दिवाकर पाण्डेय
कञ्चनपुर ” ” ३ (ख) कृष्ण प्रसाद पाठक
कञ्चनपुर ” ” २ (क) प्रभा भट्ट
कञ्चनपुर ” ” २ (ख) ज्ञानेन्द्र बहादुर सिंह
कञ्चनपुर ” ” १ (क) कृष्ण बहादुर तामाङ
कञ्चनपुर ” ” १ (ख) चमेली तामाङ
कैलाली पतिनिधिसभा निर्वाचन क्षेत्र ५ (क) पुष्पा भट्ट
(ख) टेकराज जोशी (डि.के.)
(ख) राम बहादुर देउवा
(ख) डा. मेराज आलम अन्सारी
” प्रतिनिधिसभा निर्वाचन क्षेत्र ४ (क) सुरत रावत (डोटेली कान्छा)
(ख) टेक बहादुर चौधरी
” प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ (क) राजसमझ चौधरी
(ख) सम्झना खत्री
” प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ (क) धन बहादुर शाही (धिरेन्द)
(ख) राजेश कुमार टमटा
” प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ (क) केशरी विष्ट
(ख) काली प्रसाद पडाल
वैतडी प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ (क) तेज बहादुर चन्द/कमला चन्द
वैतडी प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ (ख) टेकराज जोशी
न्युजकारखाना
काठमाडौं, १४ माघ ।
काठमाडौं महानगपालिकाले शिक्षा विभाग प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण माग गरेको छ।
पुरानो बानेश्वरस्थित रत्नराज्य लक्ष्मी माविमा कक्षा ११ मा विज्ञान विषयको पढाइ सञ्चालन गर्न महानगरको शिक्षा समितिले निर्णय गरेको भन्दै पत्राचार गरेको पाइएपछि ७ दिन भित्र सफाइ पेश गर्न र उक्त समयसम्म विदामा बस्न निर्देशन दिएको मेयर बालेन शाहको सचिवालयले जनाएको छ।
समितिको संयोजक मेयर आफै रहने व्यवस्था रहेको र निर्णय नै नभएको विषयमा निर्णय भएको भनेर कोइरालाले पत्र पठाएको पाइएको भन्दै उनीसँग महानगरले स्पष्टीकरण सोधेको हो।
कोइरालाले २०७९ चैत २८ गते नगर शिक्षा समितिले निर्णय गरेको भन्दै विद्यालयमा असार २० विज्ञान विषयमा कक्षा सञ्चालन गर्न अनुमति दिएको पत्र पठाएका थिए। तर, शिक्षा समितिले त्यस मितिमा निर्णय नगरेको पाइएको शाहको सचिवालयले जनाएको छ।
कोइरालाले अनुमति दिएपछि रत्नराज्यले प्लस टुमा २२ जना विद्यार्थी भर्ना गरेर पढाउन थालेको छ।न्युजकारखाना
सिरहा, १४ माघ।
सिरहाको धनगढीबाट प्रहरीले अवैध लागूऔषध गाँजा करिब २ किलो र नगद ६ हजार ४ सय ४५ रूपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीले धनगढीमाई नगरपालिका ५ स्थित सडकबाट नगरपालिकाकै वडा नम्वर १३ भोर्लेनीका ४८ वर्षीय राम सुफल महतोलाई शनिबार साँझ पक्राउ गरेको हो।
ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई गाँजा र नगदसहित पक्राउ गरेको जनाएको छ। प्रहरीले यस सम्वन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।न्युजकारखाना
काठमाडौं,१४ माघ ।
मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ ।
आइतबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई ९ रनले पराजित गरेको हो ।
मधेश प्रदेशले दिएको १६९ रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेशले ४०.५ ओभरमा अलआउट हुदै १६० रन बनाएको हो ।
यस अघि मधेश प्रदेशले पहिला ब्याटिंग गर्दै ४१.३ ओभरमा अल आउट हुदै १६९ रन बनाएको थियो ।
यो जितपछि मधेश प्रदेश ९ खेलमा १२ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । योसहित मधेश प्रदेशका सबै खेल सकिएका छन् र मधेश प्रदेश फाइनल खेल्न भने असफल भएको छ ।
त्यस्तै लुम्बिनी प्रदेशले भने छैटौं हार बेहोरेको छ । ७ खेलमा एक जितसहित लुम्बिनी नवौं स्थानमा रहेको छ ।न्युजकारखाना
सिरहा, १४ माघ ।
सिरहाको मिर्चैया नगरपालिका–६ मा प्रहरी कार्यालयदेखि पाँचसय मिटरको दूरीमा जेसिभी लिएर रातको समयमा घरभत्काउँदा समेत प्रहरी मुकदर्शक बनेको आरोप लगाएको छ ।
प्रहरीसँगको मिलोमतोमै मिर्चैया नगरपालिका ६ का राजेशप्रसाद सिंहको घर मिर्चैया नगरपालिकाकै वडा नम्बर ५ का राजदेव कापरी सहितको समूहले रातिको समयमा जेसिभी लिएर गुण्डागर्दीशैलीमा घर भत्काएको पीडितले आरोप लगाएका हुन् ।
घर भत्काएको भन्दै आक्रोसित स्थानीयले शनिबार राति पूर्वपश्चिम राजमार्गअन्तर्गतको मिर्चैयामा सडक जाम गरेका थिए।
इलाका प्रहरी कार्यालय मिर्चैयादेखि पाँच सय मिटरको दूरीमा घरभत्काउँदा समेत प्रहरी मुकदर्शक बनेको भन्दै पीडितपरिवार र आक्रोशित स्थानीयहरूले राजमार्गमा टायर बालेर प्रदर्शन गरेका थिए।

जेसीभीसहित ३०÷४० जनाको समूहमा आएका कापरले आफूहरुलाई कुटपीट गर्दा र घर भत्काएको र यसबारे जानकारी गराएको एक घण्टापछि पुग्नुले प्रहरीको आइपुग्नुले उनीहरुबीच मिलोमतो रहेको पीडित पक्षले आशंका गरेका हुन् ।
‘रातिको समयमा जेसीभीसहित आएका समूहले घर भत्काउन थालेपछि के भएछ भनी घरबाट निस्कँदै गर्दा कुटपीट गरे । म ज्यान जोगाउँदै प्रहरीकोमा पुगे पनि प्रहरी एक घण्टाभन्दा बढी समयपछिमात्र कार्यालयबाट निस्क े। घटनास्थल पुगेर पनि प्रहरीले रोकथाम गरेन,’ पीडित राजेशप्रसाद सिंहले भने ।
घटनास्थल पुगेका प्रहरीको व्यवहारले प्रहरीसँगको मिलेमत्तोमै घटना भएको सिंहले आरोप लगााए । उनले भने, ‘म गेटैमा पुगेर खबर गर्दा पनि एक घण्टा लगायो । घटनास्थल पुगेर पनि प्रहरीले कसैलाई रोकेन । यो सबै सेटिङमा भएको हो।’
घर भएको जग्गाको विषयमा अदालतमा मुद्दा चल्दै आएको छ । सोही विषयमा जग्गा नापजाँचका लागि शनिबार जिल्ला अदालत सिरहाबाट अमिन आउने भनिएको थियो।
तर, ३ बजे रातिकै समयमा सबै सुतिरहेको अवस्थामा राजदेवले गुण्डाशैलीका मानिसहरु ल्याएर घर भत्काइदिएको पीडित परिवारको आरोप छ । घटनामा संलग्नहरुलाई कारबाही र क्षतिपूर्तीको माग राखेर स्थानीयले चक्का जाम गरेको थियो । न्युजकारखाना
विराटनगर, १४ माघ ।
सेवा गर्ने मन भएपछि प्रशस्त धन सम्पत्ति चाहिँदैन भन्ने उदाहरण प्रस्तुत गरेका छन्, मोरङको लेटाङ–९ जाँतेका शिवशक्ति बाबा भनिने सुजन कुमार पूर्वछाने मगरले ।
मगरको दैनिकी औसत मानिस जस्तै चल्ने गर्छ । उनी झारफुक गर्छन् । सोही झारफुकबाट जम्मा भएको रकम उनी समाजसेवामा खर्च गर्छन् । शुक्रबार उनले लेटाङ–९ जाँतेको शिक्षा ज्योति आधारभूत विद्यालयका ३५ जना विपन्न बालबालिकालाई पोशाक वितरण गरे ।

लेटाङ–९ का वडाध्यक्ष नन्दप्रसाद खतिवडा, वडासदस्यहरू विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमला राई लगायतको उपस्थितिमा उनले ४० हजार रुपैयाँ बराबरको विद्यालय पोशाक वितरण गरेका हुन् ।

माघको ठिहीमा फाटेको एकसरो लुगा लगाएर विद्यालय गइरहेको विद्यार्थी देखेपछि उनको मनमा दया लाग्यो । त्यसपछि उनले १०/२० रुपैयाँ गरेर जम्मा गरेको रकमबाट विद्यार्थीलाई पोशाक दिए । ‘मसँग केही छैन । विपन्न नानीहरू त्यो पनि दलित र जनजाति समुदायको बाहुल्यता रहेछ । त्यसैले सानो सहयोग स्वरुप पोशाक वितरण गरेको हुँ,’ उनले भने ।

पोशाक वितरण कार्यक्रममा देखिएका अधिकांश विद्यार्थीको लुगा च्यातिएको थियो भने खुट्टामा चप्पलसम्म थिएन । उनले भने, ‘कम्तीमा एउटा झोला र एक÷एक जोर जुत्ता वितरणको वातावरण मिलाउन मन छ, हेरौं भगवानको कति आशिर्वाद रहन्छ ।’न्युजकारखाना
काठमाडौं, १४ माघ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने र दिने दुवैविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
अख्तियारले घुस लिने राहदानी विभागमा करारमा कार्यरत् इन्जिनियर प्रदीप भट्टराई र घुस दिने सेवाग्राही सुमी धामी भन्ने सुमित्रा सापकोटाविरुद्ध घुस रकम लेनदेनको अभियोगमा आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबाट राष्ट्रिय परिचय पत्र सहजीकरणको खटाइएका भट्टराईले राहदानी बनाएबापत सुमित्राबाट ३४ हजार घुस लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
उनका अनुसार उनीहरूसँग ३४ हजार रकम बिगो दाबीसमेत गरिएको छ ।न्युजकारखाना