२०८३ बैशाख १८
२०८३ बैशाख १८

काठमाडौं, १७ माघ ।

साझा यातायातले प्रमुख कार्यकारी अधिकृतका लागि पुनः दरखास्त आह्वान गरेको छ।

खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि यसअघि दरखास्त आह्वान गरे पनि तोकिएको म्यादभित्र दरखास्त प्राप्त नभएको भन्दै साझाले आज  पुनः आवेदन मागेको हो। १५ दिनभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ।न्युजकारखाना

काठमाडौं, १७ माघ ।

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। बुधबार अमेरिकी डलरको भाउ घटेको छ भने युरोको भाउ बढेको छ।

आज अमेरिकी डलरको भाउ ०४ पैसाले घटेर एकको खरिददर १३२ रूपैयाँ ६८ पैसा र बिक्रीदर १३३ रूपैयाँ २८ पैसामा कारोबार भएको छ। मंगलबार यसको खरिददर १३२ रूपैयाँ ७२ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३२ पैसामा कारोबार भएको थियो।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बुधबार युरोपियन युरोको एकको खरिददर १४३ रूपैयाँ ८७ पैसा र बिक्रीदर १४४ रूपैयाँ ५२ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा २८ पैसाले बढेको हो। मंगलबार युरोको खरिददर १४३ रूपैयाँ ५९ पैसा र बिक्रीदर १४४ रूपैयाँ २४ पैसामा कारोबार भएको थियो।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको बुधबार खरिददर १६८ रूपैयाँ २२ पैसा र बिक्रीदर १६८ रूपैयाँ ९९ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ५२ पैसा र बिक्रीदर ८७ रूपैयाँ ९९ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ ९४ पैसा र बिक्रीमा ९९ रूपैयाँ ३९ पैसा कायम गरिएको छ।

यता, जापानी येन १० को खरिददर ९ रूपैयाँ ०१ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ०५ रहेको छ। चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४८ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५६ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९८ पैसा तथा बिक्री दर १० रूपैयाँ ०३ पैसा कायम गरेको जनाइएको छ।

यसैगरी, बुधबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ४० पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५७ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३८ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५४ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १२ पैसा र बिक्रीदर ३६ रूपैयाँ २९ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बुधबार २८ रूपैयाँ ०७ पैसा र बिक्रीदर २८ रूपैयाँ १९ पैसा कायम गरेको छ।

साथै, कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ २४ पैसा र बिक्रीदर ४३३ रूपैयाँ १९ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ९० पैसा र बिक्रीदर ३५३ रूपैयाँ ५० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।न्युजकारखाना

काठमाडौं, १७ माघ ।

सम्भवतः आज राष्ट्रिय समन्वय परिषद्को बैठक बस्दैँछ ।

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघ १७ गते राष्ट्रिय समन्वय परिषद् बैठक बोलाएका हुन । सो समन्वय परिषद्को बैठकमा ‘प्रदेश प्रहरी समायोजन’ मुख्य अजेन्डामा छलफल हुने बुझिएकाे छ ।

 

नेपाल प्रहरीलाई प्रदेशमा समायोजन गर्नेबारेमा ५ वटा विषयमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरु सहमत भए पछि प्रधानमन्त्री प्रचण्डले समन्वय समितिको बैठक बोलाएकाे स्राेतले बतायाे ।प्रदेशमा प्रहरी समायोजनका लागि दुई वटा ऐनमा समस्या देखिए पछि साे ऐनलाइ संशोधन र सुधार गर्न गृह मन्त्री श्रेष्ठ र सातै प्रदेशका मन्त्रीहरु सहमत भए पछि त्यसलाई टुंगो लगाउने परिषदकाे बैठक बाेलाइएकाे हाे ।

 

सो समन्वय परिषदमा मुख्यमन्त्रीहरु र उपप्रधान एवं गृहमन्त्री सदस्य रहेका छन हुन्छन् । न्युजकारखाना

काठमाडौं, १७ माघ ।

भारत भ्रमणमा रहेको संघीय संसदीय टोलीलाइ भब्य स्वागत गरिएको छ ।

 

भारतीय संसदको अन्तराष्ट्रिय समितिको निमन्त्रणामा हिजो नयाँ दिल्ली पुगेको नेपाली सांसदहरूको टोलीलाइ भारतीय संसदको चिफ अफ प्रोटोकलले स्वागत गरेको हो  ।

३० जनवरी देखी ६ फ्रेबुअरीसम्म भारतमा रहने नेपाली सांसदहरूको टोलीका लागि नेपाली राजदूतावासले संसदीय टोलीलाई भारतीय पक्षसंग कुराकानी गर्नको लागि बिभिन्न सुझावहरू दिएको छ । जसअनुसार नेपालीलाई सिम कार्डको सहज उपलब्धता,  शिक्षण संस्थानमा भारतीय सरह शुल्क लिनुपर्ने र ह्यूमन ट्र्याफिकिंगको समस्यालगायतका अजेन्डा उठाउन सुझाव दिएको हो ।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन सामितिका सभापति राजकिशोर यादवको नेतृत्वमा अन्य सदस्यहरु मंगलबार भारत प्रस्थान गरेका थिए ।

भारतीय संसदको अन्तर्राष्ट्रिय समितिको निमन्त्रणमा मंगलबार उनीहरु भारत गएका हुन् । भारत भ्रमणमा जानेहरुमा सभापति यादवसहित सांसदहरू सुनीता बराल, छिरिङबहादुर ल्हामु लामा तामाङ, सम्झना थपलिया, योगेश गौचन, हरि उप्रेती, शिशिर खनाल र गंगाराम चौधरीलगायत रहेका छन् । न्युजकारखाना


बारा, १७ माघ ।

हिजाे देश भरका शहिदहरुको सम्झनामा बिभिन्न कार्यक्रम गरी शहिद दिवस मनाईयाे  । नेपालमा सरकारले हालसम्म १४ हजार २ सय ४६ जनालाई शहीद घोषणा गरेको गृह मन्त्रालयले जनाएको छ ।

 

नेपाली समाजमा पटक पटक विभिन्न प्रकारका आन्दोलनहरू हुँदै आएको छ । ती मध्य एक किसान आन्दोलन हो । पाल्पा, रौटहट, बारा, सर्लाही, प्युठान, काठमाडौँ, कञ्चनपुर लगायतका जिल्लामा किसान आन्दोलन भएका थिए । जाली तमसुक च्यात्ने, चक्रबृद्धि ब्याँजको विरोध, जसको जोत उसको पोत, मोहियानी हक, जमिनको हदबन्दीलगायतका माग राखेर किसान आन्दोलन भएका थिए ।

किसान आन्दोलन, किसानका बीचमा शिविर सञ्चालन गरी एउटा सचेत रूपमा किसान आन्दोलनलाई अगाडि बढाउने दिशामा निर्देशित थियो । बारा र रौतहटमा समानताको सङ्घर्ष किसानको महत्वपूर्ण आन्दोलन थियो । “रे नही जी कहो” नारा लगाउँदै जाली तमसुक च्यात्ने, भकारी फोडो, मोहियानी हक, जमिनदारी प्रथाको अन्त्यलगायत जमिन्दारले गर्ने विभिन्न शोषणका तरिकाका विरुद्ध उनीहरू आन्दोलित भएका थिए ।

 

वास्तवमा यस प्रकारका आन्दोलनले वर्गसङ्घर्षलाई चर्काउन महत्वपूर्ण आधार प्रदान गरेको थियो । किसान आन्दोलनले किसानलाई वैचारिक, सैद्धान्तिक, दार्शनिक स्तर माथि उठाउन त्यसले विशेष सहयोग पु¥याएको थियो ।

 

यही किसान आन्दोलनको बाराको नेतृत्वकर्ता थिए, बाराको कलैया उपमहानगरपालिका १५ बकुलहरका मुखलाल महतो । १९९६ मा जन्मेका मुखलाल १६ वर्षको कलिलै उमेरका उनले यस क्षेत्रका किसानका हितका निम्ती आवाज बुलन्द्र बनाउने कार्य गर्दै बाराका किसानलाई एक बनाउने मध्य एक हुन मुखलाल ।

२०१२ मंसिरमा तराईमा चकिर्दै गएको किसान आन्दोलनको क्रममा तत्कालिन साही सेना हाल नेपाली सेनाले हत्या गरेका मुखलाल महतोलाई हालसम्म पनि सरकारले शहिद घोषणा गरेको छैन ।  सरकारले मुखलाललाई शहिद घोषण नगरेतापनि उनलाई बाराका जनताले भने बिर्सेको छैन । बाराली किसानले हरेक वर्ष माघ १६ शहिद दिवसका दिन उनको योगदानलाई स्मरण गर्ने गरिन्छ ।

 

बाराका नेता तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्री पुरुषोत्तम पौडेलले मुखलाललाई शहिद घोषण गर्ने सरकारलाई पटक पटक अनुरोध समेत गरेका भएतापनि सरकारले बेवास्ता गरेपछि पौडेलले नै मुखलालको सम्झनाका निम्ती उनको शालिक बनाएर नहरीमा उनको पार्क निर्माण गरिएको छ, जहाँ उनको सम्झनामा हरेक वर्ष कार्यक्रम गर्ने गरिन्छ ।

 

हरेक वर्ष  उनको स्मरणमा कार्यक्रम आयोजना गरेर उनको सम्मान गर्ने गरिन्छ । यो वर्ष उनको ६९ औं स्मृति दिवस मनाईएको छ ।

कार्यक्रममा बाराका नेता तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्री पुरुषोत्तम पौडेलले सरकारले किसान आन्दोलनको महत्व नबुझेका कारण आजसम्म मुखलाल देशको शहिद घोषण हुन नसकेको बताए । उनले मुखलाल किसानका नभएर कुनै अमुख पार्टीका भएको भए सरकारले उहीलै शहिद घोषण भईसकेका हुनेथिए र उनी गरिव किसानका भएका कारण सरकारले पक्षपात गरेको महसुस भएको बताए ।

 

जिम्मेवार निकाय र अधिकारीहरु मुखलाललाई शहीदको सुचीमा राख्न कुनै चासो दिएको पाईदैन । शहिदको घोषण गरेका मध्य कति शहिद बिना कारण र कुनै योगदान बिनानै घोषण गरेको भएतापनि किसान आन्दोलनका अगुवा मध्य एक जसलाई सरकारले गोलीहानी हत्या गरेको थियो, उनै मुखलाललाई भने शहिद घोषण गर्न भने आनाकानी गरिरहेकाे छ । मापदण्ड र स्पष्ट परिभाषा नगरि शहीद घोषणा गर्ने कामको टीकाटिप्पणी हुने गरेको छ ।

 

कसरी मारिए मुखलाल

 

तराईमा थुप्रै गरिब किसान थिए उनीहरूमाथि साहु र जमिनदारको एकदमै ज्यादती भएको थियो । किसान आन्दोलन भईरहेको बेलामा बाराको गडहलमा रहेका जिम्दार ह्रदय नारायणले नेपाल कम्युनिस्ट पार्टी केन्दीय सदस्य मधु सिंहले नेतृत्व लिएकाले उनलाई कम्जोर बनाउँदा आन्दोलन फितलो हुने भन्दै समातेर जिम्दारले घरमा थुने ।

 

स्थानिय प्रहरी र जिल्ला प्रहरीले जिम्दारलाई सुरक्षा दिएका थिए । यो खबर बाहिर आएपछि नेपाल कम्युनिस्ट पार्टीले किसान आन्दोलनको नेतृत्वको जिम्मा मुखलाललाई दियो । त्यसपछि मुखलाल लगाएत बारा, पर्सा र रौतहटका करिब दश हजार किसानले गडहलमा घेरा हाले र सिंहको रिहाईको माग गरे । २ दिनसम्म किसानले पुरै गाँउमा घेरा हालेपछि स्थिति प्रहरीको नियन्त्रण भन्दा बाहिर रहेपछि बिरगञ्जबाट तत्कालिन शाही सोनालाई गडहलमा प्ररिचालन गरियो तर पुरै गाँउलाई घेरा हालेका किसानले सोनालाई गाँउ प्रबेश गर्न दिएन ।

 

सोनालाई सिंह नियन्त्रणमा लिईर बिरगञ्ज ल्याउनु भन्ने आदेश थियो तर किसानले गाँउभित्र प्रबेश गर्ने निकै कठिन भएपछि बडा हाकिम (तत्कालिन सेनाको पद)ले गोलि चलाउने आदेश दिएका थिए । त्यहीँ क्रममा दुई जनाको घटनास्थलमै मृत्यृ भएको थियो । ति मध्य एक मुखलाल हुन र अर्का सिघार कम्रेड थिए । सेनाले सिघार कम्रेडको शव लिएर गएका कारण उनको परिचय खुल्न सकेन भने मुखलालको शव भने आन्दोलनमा रहेका किसानले सेनाबाट खोसेर राखेका कारण उनको सनाखत भएको थियो ।

 

सो क्रममा करिब तिन सय किसान गिरफतार भएका थिए भने ७० जनालाई नख्खु जेलमा समेत लगिएको थियो । यसरी किसानका निम्ती आफ्नु १६ वर्षको उमेरमा शहिद भएका मुखलाललाई शहिद घोषणा नगर्दा बाराली किसान समेत निरास छन । न्युजकारखाना

काठमाडौं, १७ पुस ।

जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुदैँछन् ।

आज टियु मैदानमा एपीएफ क्लब र कर्णाली प्रदेशबीच खेल हुदै छ भने मुलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशबीच खेल हुदैँछ ।

अहिलेसम्म पीएम कपमा नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ । नेपाल पुलिस क्लबले आफ्नो ७ खेलमा सबै खेल जितेर १४ अंकसहित शिर्ष स्थानमा रहेको छ र पुलिसले फाइनलमा आफ्नो स्थान सुनिश्चित गरेको छ ।

त्यस्तै, त्रिभुवन आर्मी क्लब ८ खेलमा ६ खेलमा १२ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ र फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

त्यसैगरी, बागमती प्रदेशले आफ्ना ९ खेलमा १२ अंकनै  हासिल गर्दै तेस्रो स्थानमा छ भने मधेश प्रदेशले पनि आफ्ना ९ खेलमा १२ अंकसहित चौथो स्थानमा रहेका छन् ।

त्यस्तै एपीएफ क्लब ८ खेलमा १० अंकसहित पाँचौं स्थानमा रहेको छ भने सुदूरपश्चिम प्रदेशले ८ खेलमा ४ जितसहित ८ अंक हासिल गरेर छैटौं स्थानमा रहेको छ । कर्णाली प्रदेश ८ खेलमा ६ अंकसहित सातौं स्थानमा रहेको छ ।

त्यसैगरी गण्डकी प्रदेशले ८ खेलमा २ जितसहित ४ अंक हासिल गर्दै आठौँ स्थानमा छ भने लुम्बिनी प्रदेशले आफ्ना ८ खेलमा एक जित र ७ हार बेहोरेर नवौं स्थानमा छ । त्यस्तै कोशी प्रदेशले खेलेका ९ खेलमा एक जित र ८ बेहोरेर पुछारमा रहेको छ ।न्युजकारखाना

 राैतहट,१६ गते माघ ।

राैतहटमा ६२ औं राष्ट्रिय नर्सिङ्ग दिवस धुमधाम साथ सम्पन्न भएको छ ।

जिल्ला स्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको आङ्गिक शिक्षालयको रुपमा संचालित गौर बहुप्राविधिक शिक्षालय गौर रौतहटमा प्रवीणता प्रमाणपत्र तह नर्सिङ्ग र मिडवाइफ्री कार्यक्रममा अध्ययनरत रहेको छात्रछात्रा नर्सिङ कर्मचारी स्वास्थ्य क्षेत्रमा कार्यरत रहेको कर्मचारीहरुले साे दिवस मनाएका हुन् ।

जिल्ला सदरमुकाम गाैर स्थित विभिन्न स्थानमा शिक्षालय देखी बरहवा पुल, ट्रान्सर्फमर चौक, जिल्ला प्रशासन कार्यालय, गौर नगरपालिका कार्यालय हुँदै प्रादेशिक अस्पताल गौर रौतहटमा एक कार्यक्रम गरि सम्पन्न गरेको हाे ।

उक्त कार्यक्रमको अध्यक्षता गौर बहुप्राविधिक शिक्षालयका शिक्षालय प्रमुख टेकराज पौडेल प्रमुख अतिथी प्रादेशिक अस्पताल गौरको नि. प्रमुख अनुठा राय यादव, विशिष्ट अतिथी नर्सिङ्ग इन्चर्ज सबिनाज वेगम गौर बहुप्राविधिक शिक्षालय गौर रौतहटको प्रशासकीय अधिकृत मुकेश कुमार शाह, नर्सिङ्ग कोर्डिनेटर नितालेखी चौधरी, जगत नारायण सिङ्ग, समीक्षा शाही , शशी भूषण मिश्र लेखापाल उमेश कुमार पण्डित लगायतको उपस्थिति रहेको थियाे ।

साथै ६२ औं राष्ट्रिय नर्सिङ्ग दिवस प्रादेशिक अस्पतालमा भर्ना भएका बिरामीहरु लाई पनि फलफूल बितरण गरिएको थियोे ।

काठमाडौं, १७ माघ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। साथै, लुम्बिनी र बागमती प्रदेशका तराई भू-भागका थोरै स्थानहरू तथा मधेश प्रदेशका साथै कोशी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हुस्सु लागेको छ।

दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगयत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूका साथै बाँकी पहाडी भू-भागका एक दूई स्थानमा फाटफुट देखि हल्का बर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

 

राती भने गण्डकी, लुम्बिनी,  कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी  प्रदेशका केही स्थानहरूका साथै बाँकी पहाडी भू-भागका एक दूई स्थानमा फाटफुट देखि हल्का बर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

 

कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूका साथै बाँकी पहाडी भू-भागका एक दूई स्थानमा फाटफुट देखि हल्का बर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

 

साथै, तराईका केही स्थानहरूमा बिहानपख हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।न्युजकारखाना

चन्द्रपुर,१६ माघ ।

रौतहट जिल्लाका भित्री पीच सडकहरू स्थानीय बासिन्दाको बिस्कुन चुकाउने थलोका रुपमा परिणत हुन थालेका छन्।

पालिकाहरूले गाउँका बाटोहरू पिच तथा ढलान गरेपछि स्थानीय बासिन्दालाई बिस्कुन सुकाउने र गाईवस्तु बाँध्ने ठाउँका रूपमा परिणत हुन थालेको छ।

रौतहट जिल्लाका अधिकांश भित्री पीठ तथा सडक बाटोहरूमा सवारी साधन हिँड्नै नमिल्ने गरी बिस्कुन तथा गाई वस्तु बाँध्ने गरिएका कारण सवारी साधन आवागमनमा समस्या हुने गरेको छ।

स्थानीय पालिकाहरूले सर्वसाधारणको सहजताका लागि गरिदिएको पिच र ढलान सडक यतिबेला सर्वसाधारणका लागि गाईवस्तु बाँध्ने थलो तथा बिस्कुन सुकाउने ठाउँका रूपमा परिणत हुँदै गएपछि समस्या उत्पन्न हुँदै गएको स्थानीय बासिन्दाले बताएका छन्।

सवारी गुड्ने भित्री सडकहरूमा असरल्ल पराल सुकाउने र गाई बाख्रा बाँध्ने गरेका कारण सवारी दुर्घटनाको खतरा बढ्दै गएको कटहरियाका स्थानीय बासिन्दा शम्भु साहले बताए।

जिल्लाका ग्रामीण पिच तथा ढलान सडकमै वस्तु बाँधेर राखिने गरेका कारण ती स्थानमा जाने सवारी साधनले बाटो नै नपाउने गरेको शाहको भनाइ रहेको छ। चन्द्रपुर नगरपालिका वडा नम्बर ७ को नयाँ बस्तीका भित्री सडकहरू पिच तथा ढलान गरिएका छन्। पिच र ढलान सडकमै पराल सुकाउनेदेखि बाख्रा बाँध्ने काम भएका कारण सवारी दुर्घटनाको जोखिम बढ्दै जान थालेको स्थानीय बासिन्दाले गुनासो गरेका छन्।

सडक तथा ढलान सडकको महत्त्वका बारेमा स्थानीय बासिन्दालाई जानकारी नभएका कारण उनीहरूले सडकमै बिस्कुल सुकाउने, पराल सुकाउनेदेखि लिएर गाईवस्तु बाँध्ने गरेको स्थानीय बासिन्दा प्रयाग साहको भनाइ छ।

भित्री सडकमात्र नभएर हुलाकी राजमार्गमा समेत स्थानीय बासिन्दाले बिस्कुल सुकाउने गरेका कारण सो राजमार्ग भएर तीव्र गतिमा गुड्ने सवारी दुर्घटना बढ्दै जान थालेको बंकुलका सञ्चारकर्मी आदर्श उपाध्यायले बताए।

जिल्लाका भित्री सडकमा हुने यस्ता गतिविधिका कारण भित्री सडकहरूमा पछिल्लो समय सवारी दुर्घटना बढ्दै जान थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले बताएको छ। चन्द्रपुर नगरपालिकाले वडा नम्बर ७ को नयाँ बस्तीमा लाखौं खर्च गरेर बनाएको पिच सडक तथा ढलान सडक यतिबेला स्थानीय बासिन्दाको बिस्कुल सुकाउने थलो र गाई बाख्रा बाँध्ने ठाउँका रूपमा परिणत हुँदै जान थालेको छ।

स्थानीय बासिन्दामा चेतनाको अभाव भएका कारण उनीहरूले सडकमै बिस्कुन सुकाउने पराल सुकाउनेदेखि गाई बाख्रा बाँध्ने काम गरेको देख्न सकिन्छ। यस्तो विषयमा चेतना फैलाउने काम चन्द्रपुर नगरपालिकाबाट हुन नसकेको चन्द्रपुर आठका स्थानीय बासिन्दा अमृत सापकोटाले बताए।न्युजकारखाना

 

काठमाडौं, १६ माघ  ।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली नेपालको समकालीन राजनीतिको सबैभन्दा प्रभावशाली नेता भएको बताएकी छन् ।

 

मंगलबार काठमाडौंमा संसद्मा केपी शर्मा ओली पुस्तकको विमोचन गर्दै भण्डारीले ओलीले नेपाली राजनीतिमा शीर्षस्थान बनाउन सफल हुनुभएको बताइन्  ।

 

ओली समकालीन राजनीतिमा कुशल पहिचान बनाउन सफल भएको भण्डारीको भनाइ छ । ‘यस पुस्तकका नायक केपी शर्मा ओलीज्यू समकालीन राजनीतिक नेताहरूमा कुशल पहिचान बनाउनुभएको नेता हुनुहुन्छ, सर्वाधिक प्रतिभाशाली नेताका रूपमा उच्च स्थान प्राप्त गर्न सफल हुनुहुन्छ’, भण्डारीले भनिन् ।

 

ओली नेपाली कला, साहित्य, संस्कृति, धर्म, दर्शन र विज्ञान लगायतका विषयमा समेत गहन ज्ञान भएको नेता भएको भण्डारीले टिप्पणी गरिन्   ओली सबैका लागि प्रेरणा र ज्ञानको स्रोत भएको उनले बताइन् ।

 

 

संसद्मा ओलीले गरेको भाषण राजनीतिक हिसाबले मात्र नभएर विधागत ज्ञानका दृष्टिकोणले पनि महत्त्वपूर्ण रहेका उनले बताइन्  । त्यसैले सो पुस्तक पठनीय र ग्रहणीय ग्रन्थ भएको उनको भनाइ छ ।

 

सो पुस्तक इतिहास अध्ययन गर्न चाहने भावी पुस्ताका लागि महत्त्वपूर्ण हुने भण्डारीले बताइन । उनले पुस्तक एतिहासिक दस्ताबेज बन्ने प्रष्ट पारिन् ।न्युजकारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।