२०८३ कार्तिक १
२०८३ कार्तिक १

सिरहा, ८ चैत।

सिरहाको मालपोत कार्यालय प्रमुखकै मिलोमतोमा लेखापढी व्यवसायीहरुले सेवाग्राहीसंग मनोमानी ढङ्गले असुली धन्दा चलाईरहेको पाइएको छ ।

जिल्लाको सदरमुकाम स्थित भुमिसुधार तथा मालपोत कार्यालयको कार्यालय प्रमुख शुधिर यादव कै मिलोमतोमा लेखापढी व्यवसायीहरुले  सेवाग्राहीसंग विना रसिद मनपरी रुपमा रकम लिने गरेको पाइएको हो।

मालपोत कार्यालयका कर्मचारीहरुकै आर्थिक सेटिङमा लेखापढी व्यावसायीहरुले सेवाग्राहीसंग मालपोत कार्यालयमा हुने हरेक काममा प्रति फाईल संघको नाममा  ३५ सय रुपैयाँ दस्तुर लिएपनि फाँटबाला र हाकिम मिलाउने नाममा विना रसिद रकम असुली गर्ने गरेको सेवाग्राहिहरु बताउँछन्।

मालपोत कार्यालयमा हुने जग्गा रेजिस्ट्रेसन, जग्गा रोका, फुकुवा, अंशवण्डा लगायतको कागज लेखत तथा कागजात मिलाउन र फाट खर्चको नाममा सेवाग्राहीसंग मनोमानी रकम असुल्ने गरेको गोलवजार- १० का सेवाग्राही चन्देश्वर ठाकुरले जनाएको छ।

उनले भने, ‘गत  फागुन २७ गते जग्गा पास गराउँन गएको थिए। मलपोत कार्यालयको गेट मै बस्ने सत्रुधन यादवले म काम गराईदिन्छु, कार्यालयमा मेरो राम्रो चिनजान छ, भन्दै कागज तयार गर्यो। लेखापढी व्यवसायी यादवले संघमा गएर ३५ सयको रसिद कटाउन भन्यो। हामिले ३६ सय रुपैया तिरेर आएपनि केही कारण वस मैले लिएको जग्गा पास भएन। काम नभएपछि म लेखापढी व्यवसाय संघमा गए हाम्रो काम भएन अव हुदैन मेरो पैसा फिर्ता गरिदिनु भने। संघमा काम गर्ने कर्मचारीले भन्यो रसिद काटिसकेपछि रकम फिर्ता हुदैन, यो सवै रेर्कड फाँटमा गइसकेको हुन्छ।’

‘अव रकम फिर्ता गरे भने मेरो खल्तीवाट फाँटको कर्मचारी र लेखापढी व्यवसायीलाई रकम तिर्नु पर्छ। त्यसैले यो रकम फिर्ता हुदैन भन्दै मलाई फर्काइयो; ठाकुरले भने,` उनले थपे, ‘मेरो काम पनि भएन पैसापनि त्यतिकै डुव्यो।’

मालपोत कार्यालयमा ठाकुरजस्ता सैकडौं सेवाग्राहीहरु दैनिक यसरी नै ठगिने गरेको छ। काम भनएपनि रकम फिर्ता नहुने र काम हुनेको पनि विभिन्न नाममा अनाधिकृत रकम असुलि हुने गरेको सेवाग्राहीहरु बताउँछन्।

मालपोतमा काम गराउन अन्य कार्यालयका कर्मचारी कुनै काम गराउन जादा यो नियति भोग्न बाध्य हुने गरेको बताउँछन्।

जमिन पास गराउन पुगेका एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘मालपोत कार्यालयमा जस्तो सुकै व्यक्ति पुगेपनि त्यहाँका कर्मचारी र लेखापढी व्यवसायीहरुले रकम नलिई फाईल अगाडी नै बढाउँदैन। त्यहाँ अव म फलानो हुँ भन्न पनि लाजमर्दो अवस्था हुन्छ।’

उनले थपे, ‘राज्यले तोकेको सरकारी दस्तुर र लेखापढी व्यवसायीहरुले लिने दस्तुर तिरिसक्दा पनि अनलाइनको नाममा, रजिस्ट्रेशन फाटबालाको नाममा,  प्रती  कार्यालय प्रमुखको नाममा प्रतिफाईल ३ हजार देखि ५ हजार सम्म घुस दिन बाध्य बनाउने गर्छ।’

सेवाग्राहीहरुले बुझेर पनि अनबुझु झै घुस दिएर काम गराउने गरेको ती सेवाग्राहीले बताए।
हुन त देशभरीकै मालपोत कार्यालय ‘नाम ले नै बदनाम छ’ तर, सिरहा त्यसमा पनि विशेष रहेको सेवा ग्राही बताउँछन्।

यहाँ कोही सेवाग्राही आफै फाइल लिएर कार्यालय पुग्दा यो काजग पुगेन, त्यो कागज पुगेन भनेर हप्तौं फर्काउँछन्। तर, त्यहि कागज लेखापढी व्यवसायीले लगे तुरुन्तै हुने गरेको छ।
यस कार्यालयमा जग्गा पास गर्दा, रोक्का, फूकुवा, अंशवण्डाजस्ता सवै कामको छुट्टाछुट्टै रेट निर्धारण गरिएको छ। त्यसरी निर्धारण गरिएको रकम लेखापढी व्यवसायीको माध्यमबाट  कार्यालयका फाटबालादेखि हाकिमसम्म पुग्ने गरेको लेखापढी व्यवसायीहरु नै बताउँछन्।

मालपोत कार्यालय एउटा यस्तो अड्डा हो जहाँ दैनिक लाखौंको कारोवार हुन्छ। दैनिक करिव ५० औं जना सेवाग्राही ठगिने गरिन्छ।
सवै नियमक निकायको अड्डा जिल्लामा हुँदा हुँदैपनि यहाँ दैनिक सेवाग्राहि ठगिने गरेको छ। यहाँको नियामक निकायको मौनताले थप आसंका उब्जेको जानकारहरु बताउँछन्।न्युज कारखाना

सर्लाही ८ चैत।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा गएराती ट्रक र बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना यात्रु घाइते भएका छन् ।

नवलपुरस्थित तिनकुने पार्क नजिक बागमती प्रदेश–०३–००१ ख ४३३ नम्वरको ट्रक र ना ४ ख ३२४ नम्वरको बस ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका ११ जनामध्ये ट्रकका चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३, बस्ने ४२ वर्षीय तोङश्री बहादुर गोलेको मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

गोलेको उपचारका क्रममा गएराति नारायणी अस्पताल वीरगन्जमा मृत्यु भएको लालबन्दीका इन्स्पेक्टर हरिबोल केसीले जानकारी दिए ।

दुर्घटनाका अन्य १० घाइतेको नवलपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा परेका ट्रक र बस इलाका प्रहरी कार्यालय नवलपुरमा राखिएको इन्स्पेक्टर केसीले बताएका छन।न्युज कारखाना

सिरहा, ८ चैत।

सिरहाको मालपोत कार्यालय प्रमुखकै मिलोमतोमा लेखापढी व्यवसायीहरुले सेवाग्राहीसंग मनोमानी ढङ्गले असुली धन्दा चलाईरहेको पाइएको छ ।

जिल्लाको सदरमुकाम स्थित भुमिसुधार तथा मालपोत कार्यालयको कार्यालय प्रमुख शुधिर यादव कै मिलोमतोमा लेखापढी व्यवसायीहरुले  सेवाग्राहीसंग विना रसिद मनपरी रुपमा रकम लिने गरेको पाइएको हो।

मालपोत कार्यालयका कर्मचारीहरुकै आर्थिक सेटिङमा लेखापढी व्यावसायीहरुले सेवाग्राहीसंग मालपोत कार्यालयमा हुने हरेक काममा प्रति फाईल संघको नाममा  ३५ सय रुपैयाँ दस्तुर लिएपनि फाँटबाला र हाकिम मिलाउने नाममा विना रसिद रकम असुली गर्ने गरेको सेवाग्राहिहरु बताउँछन्।

मालपोत कार्यालयमा हुने जग्गा रेजिस्ट्रेसन, जग्गा रोका, फुकुवा, अंशवण्डा लगायतको कागज लेखत तथा कागजात मिलाउन र फाट खर्चको नाममा सेवाग्राहीसंग मनोमानी रकम असुल्ने गरेको गोलवजार- १० का सेवाग्राही चन्देश्वर ठाकुरले जनाएको छ।

उनले भने, ‘गत  फागुन २७ गते जग्गा पास गराउँन गएको थिए। मलपोत कार्यालयको गेट मै बस्ने सत्रुधन यादवले म काम गराईदिन्छु, कार्यालयमा मेरो राम्रो चिनजान छ, भन्दै कागज तयार गर्यो। लेखापढी व्यवसायी यादवले संघमा गएर ३५ सयको रसिद कटाउन भन्यो। हामिले ३६ सय रुपैया तिरेर आएपनि केही कारण वस मैले लिएको जग्गा पास भएन। काम नभएपछि म लेखापढी व्यवसाय संघमा गए हाम्रो काम भएन अव हुदैन मेरो पैसा फिर्ता गरिदिनु भने। संघमा काम गर्ने कर्मचारीले भन्यो रसिद काटिसकेपछि रकम फिर्ता हुदैन, यो सवै रेर्कड फाँटमा गइसकेको हुन्छ।’

‘अव रकम फिर्ता गरे भने मेरो खल्तीवाट फाँटको कर्मचारी र लेखापढी व्यवसायीलाई रकम तिर्नु पर्छ। त्यसैले यो रकम फिर्ता हुदैन भन्दै मलाई फर्काइयो; ठाकुरले भने,` उनले थपे, ‘मेरो काम पनि भएन पैसापनि त्यतिकै डुव्यो।’

मालपोत कार्यालयमा ठाकुरजस्ता सैकडौं सेवाग्राहीहरु दैनिक यसरी नै ठगिने गरेको छ। काम भनएपनि रकम फिर्ता नहुने र काम हुनेको पनि विभिन्न नाममा अनाधिकृत रकम असुलि हुने गरेको सेवाग्राहीहरु बताउँछन्।

मालपोतमा काम गराउन अन्य कार्यालयका कर्मचारी कुनै काम गराउन जादा यो नियति भोग्न बाध्य हुने गरेको बताउँछन्।

जमिन पास गराउन पुगेका एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘मालपोत कार्यालयमा जस्तो सुकै व्यक्ति पुगेपनि त्यहाँका कर्मचारी र लेखापढी व्यवसायीहरुले रकम नलिई फाईल अगाडी नै बढाउँदैन। त्यहाँ अव म फलानो हुँ भन्न पनि लाजमर्दो अवस्था हुन्छ।’

उनले थपे, ‘राज्यले तोकेको सरकारी दस्तुर र लेखापढी व्यवसायीहरुले लिने दस्तुर तिरिसक्दा पनि अनलाइनको नाममा, रजिस्ट्रेशन फाटबालाको नाममा,  प्रती  कार्यालय प्रमुखको नाममा प्रतिफाईल ३ हजार देखि ५ हजार सम्म घुस दिन बाध्य बनाउने गर्छ।’

सेवाग्राहीहरुले बुझेर पनि अनबुझु झै घुस दिएर काम गराउने गरेको ती सेवाग्राहीले बताए।
हुन त देशभरीकै मालपोत कार्यालय ‘नाम ले नै बदनाम छ’ तर, सिरहा त्यसमा पनि विशेष रहेको सेवा ग्राही बताउँछन्।

यहाँ कोही सेवाग्राही आफै फाइल लिएर कार्यालय पुग्दा यो काजग पुगेन, त्यो कागज पुगेन भनेर हप्तौं फर्काउँछन्। तर, त्यहि कागज लेखापढी व्यवसायीले लगे तुरुन्तै हुने गरेको छ।
यस कार्यालयमा जग्गा पास गर्दा, रोक्का, फूकुवा, अंशवण्डाजस्ता सवै कामको छुट्टाछुट्टै रेट निर्धारण गरिएको छ। त्यसरी निर्धारण गरिएको रकम लेखापढी व्यवसायीको माध्यमबाट  कार्यालयका फाटबालादेखि हाकिमसम्म पुग्ने गरेको लेखापढी व्यवसायीहरु नै बताउँछन्।

मालपोत कार्यालय एउटा यस्तो अड्डा हो जहाँ दैनिक लाखौंको कारोवार हुन्छ। दैनिक करिव ५० औं जना सेवाग्राही ठगिने गरिन्छ।
सवै नियमक निकायको अड्डा जिल्लामा हुँदा हुँदैपनि यहाँ दैनिक सेवाग्राहि ठगिने गरेको छ। यहाँको नियामक निकायको मौनताले थप आसंका उब्जेको जानकारहरु बताउँछन्।न्युज कारखाना

बारा, ८ चैत ।

महिलाहरुको स्वास्थ्य सम्बन्धि समस्या अधिक रहेको भन्दै निजगढ वडा नम्बर ५ र ६ मा मंगलबार र बुधबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको शिविर सम्पन्न भएको छ ।

साथी नेपालको आयोजना तथा काठमाडौ वीर हस्पिटल र निजगढ सामुदायिक अस्पतालको सहयोगमा सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोगमा भएको शिविरमा दुबै वडाका ९ सय भन्दा बढी महिला लाभान्वित भएका छन ।

निजगढ नगरपालिका वडा नम्बर ५ र ६ को सहकार्यमा स्त्री रोग विशेषज्ञ डा. आषिश बस्नेत सहितको टोलीले पहिलो दिन वडा नम्बर ५ मा ४ सय ७५ बिरामीको स्वास्थ्य जाँच तथा उपचार गरेका थिए भने दोस्रो दिन वडा नम्बर ६ मा ४ सय २५ जनाको स्वास्थ्य जाँच तथा उपचार गरिएको हो ।

शिविरमा महिलाहरुको पाठेघर खस्ने समस्या, फिस्टुला, यौन रोग, पाठेघरको मुखको क्यान्सर लगायतको परीक्षण तथा उपचार गरिएको थियो ।

पाठेघर झरेर जटिल अवस्थामा पुगेका महिलाहरुलाई सुबिधा सम्पन्न अस्पतालमा लगेर शल्यक्रिया सेवा प्रदान गरिने आयोजक साथी नेपालकी अध्यक्ष सरिता सापकोटाले बताईन ।

महिलाहरुको स्वास्थ्य अवस्थामा सुधार गर्न शिवीरको आयोजना गरिएको अध्यक्ष सापकोटाले जानकारी दिईन । संविधान सभाका सदस्य एवंम नेकपा एमालेका नेता पुरुषोत्तम पौडेलले शिविरको उद्धाटन गरेका थिए । न्युज कारखाना

मुकेश साह रौतहट ०७,चैत्र । 

रौतहटको गुजरा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ एक कार्यक्रमका बिच पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।

No description available.

गुजरा नगरपालिकाका प्रमुख सन्तलाल चौधरी तथा जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख बिपीन कुमार साहले पूर्ण खोप सुनिश्चितता घोषणा गर्नुभयो । कार्यक्रमको अध्यक्षता ग्रहन गर्दै गुजराका नगरप्रमुख चौधरीले खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने बताउनुभयो ।

No description available.

कार्यक्रमका बिशिस्ट अतिथी जिल्ला खोप समन्वयका फोकल पर्सन अनिल कर्णले उत्साह र उमङ्गका साथ काम गरेकोले पूर्ण खोप बनाउन सकिएको र यसलाई निरन्तरता पाउनु ठुलो विषय भएकोले आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्न आवश्यक रहेको बताउनु भयो ।  सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख बिजयबाबु चौधरी बताउनुहुन्छ ।

No description available.

चौधरीका अनुसार  राष्ट्रिय खोप तालिका अनुसार नगरका ९ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको हो । नगरपालिकाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष खोपको घरभेट सर्वेक्षण गर्ने उमेर अनुसार खोप पाए नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा खोप दिने व्यवस्था गरेको छ ।

प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको घोषणा कार्यक्रममा जानकारी दिइएको थियो ।  पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गर्नुअघि गुजरा नगरपालिकाको प्रत्येक घरधुरीमा स्वास्थ्यकर्मीहरू पुगेको, पूर्ण खोप सुनिश्चितताको लागि घरधुरी सर्वेक्षण गरिएको रङ्गपुर स्वास्थ्य चौकीका ईन्चार्ज सैफुल्लाह देवानले जानकारी दिनुभयो ।

देवानले भन्नुभयो, “सर्वेक्षण पश्चात् सबै बालबालिकाहरूलाई छुट खोप पूर्ण रूपमा प्रदान गर्न सफल भएका छौँ ।” आगामी वर्षमा पनी नगरपालिकाका बालबालिकालाई नेपाल सरकारले उपलब्ध गराउने सबै प्रकारका खोपको मात्रा पूरा गर्ने, कसैलाई पनि नछुटाउने र खोपसम्बन्धी कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धतासहित संयुक्त रूपमा हस्ताक्षर समेत गरिएको छ।

कार्यक्रममा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्न सहयोग गर्ने युनिसेफ नेपालका अजित कुमार यादव, अभियान नेपालका मिलन मरासिनी,आरडिसीका प्रतिनिधी अर्सद आलम,रविना तामाङ , बाल क्लवका अब्दुल सलाम ,स्वास्थ्यकर्मी,स्वयंसेविका,जनप्रतिनिधी लगायतलाई कदर पत्र तथा मायाको चिनोले सम्मान गरिएको थियो ।

 राैतहट,०७ गते ।

कटहरिया-राैतहटकाे कटहरिया नगरपालिकामा रहेकाे एक बिधालयमा आज छात्रवृत्ति वितरण गरिएको छ ।

No description available.

साे नगरपालिकाकाे वडा नम्बर १ पारसनगरमा रहेकाे श्री काेपिला प्राथमिक बिधालयका बिधार्थीहरूले छात्रवृत्ति पाएका छन् । उक्त बिद्यालयका १ सय ३५ जना बिद्यार्थीलाई छात्रवृत्ति बितरण गरिएको छ । बुधबार एक कार्यक्रमका बिच वडा अध्यक्ष भूपेन्द्र महताेले छात्रवृत्ति वितरण गरेका छन् ।

No description available.

आर्थिक वर्ष २०७९/८० सालमा आएकाे छात्रवृत्ति रकम बाट प्रति बिधार्थी ४ सयका दरले छात्रवृत्ति दिईएकाे प्रधानाध्यापक सुशिला कुशवाहाले जानकारी गराएकी हुन् ।

No description available.

वितरण पछि बाेल्दै वडा अध्यक्ष महताेले बिधार्थीहरूलाई पढाइमा सहयाेग पुग्ने उदेश्यले छात्रवृत्ति दिईएकाे बताए । यसले केही हदसम्म भएपनि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

No description available.

साे अवसरमा शिक्षक,शिक्षिका,अभिभाव,बिधार्थी र स्थानीय भद्रभलादमीहरूकाे उपस्थिति रहेकाे थियाे ।

No description available.

यता कटहरिया नगरपालिकाका शिक्षा संयाेजक अनिल निधीले आ.व.२०७९/८० काे छात्रवृत्ति रकम गत असारमा नै गईसकेकाे अधिकांश नगरका सामुदायिक बिधालयले छात्रवृत्ति वितरण गरेको जानकारी गराए ।

No description available.

छिट्टै नै चालू आ.व.२०८०/८१ काे छात्रवृत्ति पनि वितरण गरिने बताए ।

काठमाडौं, ७ चैत ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी रकम हिनामिना गरेको प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागि संसदीय समिति गठनको अल्टिमेटम दिएको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति आगामी बैठकसम्म गठन गर्न अल्टिमेटम दिएको छ।

बैठकमा सांसद ईश्वरीदेवी न्यौपानेले गृहमन्त्री लामिछानेको प्रतिपक्षले चार वर्ष सदन अवरुद्ध गरोस् हामी सरकार चलाइरहन्छौँ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाइन्।

‘गृहमन्त्रीले बाहिर बोल्नुभएको छ। प्रतिपक्षले संसद् बन्द गरेपछि सरकार चल्छ रु त्यो कदापि हुन सक्दैन। सरकारको उपप्रधान तथा गृहमन्त्रीको गैरजिम्मेवार पूर्ण भनाइ राख्नुभयो। त्यो पनि जनता र देशसँग सम्बन्धित बजेटको छलफलको बेलामा । सदन उहाँलाई चाहिएको छैन होला हामीलाई चाहिएको छ। बजेटको छलफलको विषयमा हामी तयार छौँ,’ उनले भनिन् । न्युज कारखानान्युज कारखाना

काठमाडौं, ७ चैत ।

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बुधबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रूपैयाँ १६ पैसा कायम गरिएको छ । अघिल्लो दिनको तुलनामा डलरको भाय २० पैसाले बढेको हो । यसअघि मंगलबार यसको खरिददर १३२ रूपैयाँ ३६ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९६ पैसामा कारोबार भएको थियो ।

बुधलबार ५६ पैसाले घटेर एक युरोको खरिदमूल्य १४३ रूपैयाँ ७७ पैसा र बिक्रीमूल्य १४४ रूपैयाँ ४३ पैसा तोकिएको छ । मंगलबार भने यसको खरिददर १४४ रूपैयाँ ३३ पैसा र बिक्रीमूल्य १४४ रूपैयाँ ९८ पैसामा कारोबार भएको थियो ।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६८ रूपैयाँ २२ पैसा र बिक्रीदर १६८ रूपैयाँ ९८ पैसा कायम गरिएको छ ।

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ३६ र बिक्रीदर ८६ रूपैयाँ ७५ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ६९ पैसा र बिक्रीमा ९८ रूपैयाँ १४ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ८१ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८५ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४१ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५० पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९० पैसा तथा बिक्री दर ९ रुपैयाँ ९५ पैसा कायम गरेको जनाइएको छ ।

यसैगरी, बुधबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३५ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५१ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३५ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५१ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १० पैसा र बिक्रीदर ३६ रूपैयाँ २६ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बुधबार २८ रूपैयाँ ०१ पैसा र बिक्रीदर २८ रूपैयाँ १३ पैसा कायम गरेको छ ।

साथै, कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ ०६ पैसा र बिक्रीदर ४३३ रूपैयाँ ०१ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ६६ पैसा र बिक्रीदर ३५३ रूपैयाँ २६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।न्युज कारखाना

रौतहट ७ चैत।

पूर्व मन्त्री प्रभु साह नेतृत्वको आमजनता पार्टीका केन्द्रीय सदस्य एवं आईटी आर्मीका केन्द्रीय बरिस्ठ उपाध्यक्ष निमेष यादव जनता समाजबादी पार्टीमा प्रवेश गरेका छन।

रौतहटको राजदेवी नगरपालिका ७ मुडवलबा घर भएका निमेष यादव आजपा परित्याग गरि  जसपा मा प्रवेश गरेका हुन्।

मंगलवार काठमाण्डौ स्थित जसपा पार्टी कार्यालयमा एक कार्यक्रमका बीच यादव संगै आजपाका कैयौं नेताहरुलाई जसपामा प्रवेश गरेको पूर्व मन्त्री योगेन्द्र यादवले बताएका छन।

नवप्रवेशीलाई जसपाका राष्ट्रिय अध्यक्ष  उपेन्द्र यादवले  खादा ओठाएर स्वागत गरेका छन। निमेष लामो समय देखि प्रभु साहको साथ रहेर समाचार क्षेत्र हेर्दै आएका थिए।

यस अघि प्रभु साह एमालेमा छँदा गत निर्वाचनमा राजदेवी नगरपालिकामा मेयरको टिकटको दावेदारी समेत गरेका थिए।

न्युज कारखाना

काठमाडौं, ७ चैत ।

नेपाललाइ चाडपर्वको देश भनिन्छ। फागु पुर्णिमा रंगहरुको पर्व हो, जसलाइ बोलिचालीको भाषामा होली पनि भनिन्छ ।

बसन्तपुरमा चीर गाडेर लिंगो ठडाए पछि फागु पुर्णिमा सुरू भएको मानिन्छ, जो बसन्तपुर काठमाडौंमा ठडाइ सकिएको छ ।

यसलाई खराबमाथि राम्रोको विजयको रूपमा मनाइन्छ। मानिसहरु यो पर्वको निकै उत्सुकताका साथ प्रतीक्षा गर्छन् । मानिसहरूले आफ्ना विगतका सबै गल्ती बिर्सेर एकअर्कासँग प्रेमका साथ होली खेल्छन्।

तिनीहरूले एकअर्कामा रंगहरू धसेर रमाइलो गर्छन । धनी, गरिबी, उच्च वा नीच जस्तोसुकै भए पनि मानिसहरु यो दिन मिलेर होली खेल्छन् । हिन्दु धर्ममा पनि होलीको ठूलो महत्व रहेको छ । होलीको दिनमा प्रयोग हुने रङको पनि विशेष महत्व हुन्छ । आउनुहोस् होलीका रङहरूको महत्त्व के छ ? थाहा पाउनुहोस्। खासमा आज हामी  कुन रंग कसलाई लगाउनु पर्छ ? भनेर जानकारी दिनेछौं ।

बालबालिकालाई रातो रङः

होलीमा सबैभन्दा बढी प्रयोग हुने रंग रातो हो । रातो रङको धेरै अर्थ हुन्छ । यो महत्वाकांक्षा, उत्साह, क्रोध, उत्साह, बहादुरी र साहस को प्रतीक हो। रातो रङ प्रेमीले पनि निकै मन पराउँछन् । रातो रंगको गुलाल होलीमा ऊर्जा प्रदान गर्दछ। होली पर्व धार्मिक दृष्टिले पनि निकै महत्वपूर्ण छ । धार्मिक कार्यमा पनि रातो रङको धेरै प्रयोग हुन्छ । होलीमा युवा र बालबालिकालाई रातो रंग लगाउन सकिन्छ ।

महिलाहरुलाइ पहेंलो रंगः

पहेँलो रंगलाई खुशी र सम्मानको प्रतीक मानिन्छ। यो रंग होलीमा धेरै प्रयोग गरिन्छ। पहेँलो रंग लगाएपछि अनुहारमा पनि राम्रो देखिन्छ । त्यसैले दिदीबहिनी वा घरका अन्य महिलालाई पहेँलो रंग लगाउन सकिन्छ ।

अग्रजलाइ हरियो रंगः

हरियो रंगलाई शीतलता, आराम, ताजगी र सकारात्मकताको प्रतीक मानिन्छ। हरियो रङ प्रकृतिसँग पनि जोडिएको हुन्छ । यो रंगले शारीरिक र मानसिक तनाव पनि कम गर्छ। हरियो रंगलाई भाग्यशाली र समृद्धि दिने पनि मानिन्छ । होलीको पर्वमा ठूला दाजुभाइ, आफन्त र आफूभन्दा ठूला जो कोहीलाई पनि हरियो रङ लगाउन सकिन्छ ।

साथीभाइलाइ सुन्तला रङः

सुन्तला रंगलाई सुख र सद्भावको प्रतीक मानिन्छ । होलीको दिन धेरैले एकअर्कालाई सुन्तला रंगको लगाउँछन्। तपाईं पनि आफ्नो नजिकका साथी र परिवारका सदस्यहरूलाई सुन्तला रंग लगाउन सक्नुहुन्छ, यसले सम्बन्धमा सद्भाव र खुशी बढाउँछ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।