हेटौंडा, २४ साउन। वीरगञ्जको घण्टाघरमा हेटौँडाका एक तीर्थयात्रीमाथि प्रहरीद्वारा कुटपिट भएको छ ।
बैकुण्ठधाम तीर्थयात्राबाट फर्किँदै गरेका यात्रीले घण्टाघरको तस्बिर र भिडियो खिच्दा प्रहरीले उनलाई समातेर मोबाइल खोसेको र पछि कुटपिट गरेको आरोप लागेको छ।
गत सोमबार साँझ तीर्थयात्राबाट फर्किँदै गरेको बससँग घण्टाघर चोकमा स्कुटर ठोक्किएको थियो । स्कुटर चालकले आफूलाई र स्कुटरलाई केही नभएको बताउँदै गएपछि बसका चालक र यात्रुसँग घण्टाघरस्थित प्रहरीले सोधपुछ गरेको थियो ।
सोही क्रममा बसबाट झरेका हेटौँडा-१८ का गणेशकुमार बरालले घण्टाघरको तस्बिर तथा भिडियो बनाउँदै गर्दा प्रहरीले टी-सर्टमा समातेर मोबाइल खोसेको बराल बताउँछन् ।
त्यसपछि, घण्टाघरस्थित प्रहरी बिटको कार्यालयभित्र लगेर बिना कारण कुटपिट गरेको गणेशसँगै बसमा रहेकी मैयाँ श्रेष्ठले बताइन् ।
उनका अनुसार गणेशलाई कुटपिट गरेर फिर्ता पठाएपछि यात्रुहरूले उपचार नगरेसम्म नजाने अडान राखेका थिए । पछि प्रहरीले नै नारायणी अस्पताल लगेर चेकजाँच गराएपछि अवस्था सामान्य रहेको भनेर कागजपत्र बनाएपछि उनीहरू फर्किएका थिए ।
बरालका अनुसार प्रहरी आई साह लगायत ४ जना प्रहरीले उनीमाथि हातपात गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले कुटपिट गर्ने प्रहरीलाई जिल्लामा फिर्ता बोलाइएको र विभागीय कारबाही स्वरूप स्पष्टीकरण सोधिएको जानकारी दिएका छन्।न्युज कारखाना
२३ साउन, महोत्तरी
सन १९८५ अघि नेपालको प्रागऐतिहासिक पाटोहरुको विषयहरुमा कुनै खोज र अनुसन्धान हुन सकेको थिएन ।
जब जर्मन नागरिक गुड्रन कर्विन्स नेपाल आईन तब नेपालका पुरातात्त्विक गौरवहरु उदागों वने । ढुंगे युगदेखी नै मानिसहरुको चहलपहल भएको बिषयले मात्र हैन हजारौ बर्ष पुराना अवशेषहरुले नेपालका भुमिहरु विश्वका पुरातात्त्विकविदहरुका लागि सर्वाधिक आकर्षण वने ।
उनै कर्विन्सले १० बर्ष लगाएर अध्यण गरेको मधेश प्रदेशको महोत्तरीस्थित पाटुको भुमी विश्वमा नै चर्चाको विषय वनेको छ ।
विख्यात भुगर्भविद कर्विन्सले गरेको अध्यणपछी सोही ठाउँमा पत्ता लगाईएको मध्यपाषण युगको हतियार कारखाना यतिवेला आम मानिसको चर्चा र कौतहुल वनेको छ ।
कर्विन्सले २००७ मा प्रकाशित गरेको किताब `प्रिहिस्टोरिक कल्चर इन नेपाल´ बाहिर आएपछि यो भुमीको थप रहस्यहरु उजागर वन्यो । उन्ले उक्त किताबमा रातु नदीसगैँ जोडिएको पाटु भन्ने ठाउँमा १० देखि १२ हजार बर्ष पहिला अर्थात मध्यपाषण युगमा मान्छेहरुको वाक्लो चहलपहल रहेको उल्लेख गरेकी छन ।
तत्कालिन समयमा मानिसहरुले प्रयोग गर्ने हतियारहरु समेत त्याही वनेको कर्विन्सले विश्वलाई कितावको माध्यमवाट सविस्तार वर्णान गरिन । जुन वेला मानिसहरु ढुंगाको हतियार वनाएर सिकार खेल्ने र जिविकोपार्जन गर्ने गर्दथे ।
मध्यपाषण युग १० देखि १२ हजार बर्ष पहिलाको मानिन्छ । अहिलेको पाटु गाउँ वि.स. २०२० को दशकमा वस्ती बसेको थियो । कर्विन्सले तथ्यसहित १२ हजार बर्ष पुरानो मानव सभ्यता भएको उजागार गरेपछी स्थानियहरु समेत अचम्मित वनेका छन ।
`बन्चरो जस्ता ढुंगा, धारिलो अनौठा ढुंगाहरु जंगल जादा भेटिन्थ्यो । संचार माध्यमवाट पाटु १२ हजार बर्ष पुरानो सभ्यता भएको थाहा पाएपछी हामिले त्यस्ता आकृतिका ढुंगाहरुको खोजी गरिरहेका छौ ।´ स्थानिय रमेश पौडेलले भने । `यो भुमी पुरातात्त्विक पर्यटनका हिसावले उर्वर रहेछ ।´
चुरेसगैँ जोडिएको यो गाउँमा पाल टागेर ३५ बर्ष अगाडि कर्विन्सले १० बर्ष लगाएर अध्यण गरेकी थिइन ।
स्थानिय, प्रदेश र संघिय सरकारले याँहाको प्रागऐतिहासिक विषयमा चासो देखाएतापनी यस्को संरक्षण र पर्वद्वन कसरी गर्ने भन्ने बिषयमा कुनै योजना वनाउन सकेको छैन ।
उधोग बाणिज्य संघको चासो
पुरातात्त्विक हिसावले निक्कै रहस्यमय भएको यस ठाउँमा बरु उधोग बाणिज्य संघ बर्दिवासले निक्कै चासो देखाएको छ ।
पुरातात्त्विक पर्यटिकिय गन्तव्यकोरुपमा विकास गर्न कयौ पटक संघका अध्यक्ष बिष्णु खडकाले छलफल समेत चलाएका छन ।
उन्कै नेतृत्वमा यसअघि तत्कालिन पर्यटन मन्त्री सुदन किराँतीलाई प्रतिवेदन समेत वुझाईएको थियो । फलस्वरूप संघिय सरकार र प्रदेश सरकारले झण्डै ८० लाख वजेट विनियोजन गरेको छ ।
मध्यपाषण युगको हतियार कारखाना जुन वेला मानिसहरुले ढुंगाका हतियार बनाउथे । सोही हतियारहरु कर्विन्सले रातो माटोभित्र हजारौ संख्यामा रहेको पत्ता लगाईन ।
तत्कालिन समयमा हतियार कारखानाकोरुपमा नै प्रयोग भएको उक्त ठाउँमा ठुलो संख्यामा मानिसहरुको बसोबास मात्र हैन अन्यत्रवाट पाटुमा नै केन्द्रित हुने गरेको कर्विन्सको अध्यणमा उल्लेख छ ।
`उन्ले पत्ता लगाएका केही हतियारहरु हामिले पुरातात्त्विक विभागमा समेत गएर अवोलोकन गर्यौ ।´ अध्यक्ष खडकाले भने । `वास्तवमा नै यो ठाउँलाई विश्वको नै ठूलो अध्यण केन्द्र वनाउन सकिने आधारहरु देखिएका छन ।´
अहिले उधोग बाणिज्य संघ बर्दिवासको नेतृत्वमा नै पुरातात्त्विक पर्यटनको आधार तयार गर्न विषयगत समिती समेत वनाइएको छ । रातु-राईमण्डल पुरातात्त्विक पर्यटन विकास क्षेत्र समिती नामांकरण गरिएको समितिले पुरातात्त्विकविदहरुसगँ छलफल गरेर गुरुयोजना समेत तयार गर्ने प्रक्रिया अगाडि वढाइएको छ ।
नेपालमा नै पहिलोपटक ठूलो पुरातात्त्विक पर्यटकिय केन्द्र बन्न सक्छ : पुरातात्त्विकविद
संचार माध्यमवाट निरन्तर समाचार आएपछी देशैभरीका पुरातात्त्विकविद्वहरुले पाटुको मध्यपाषण युगको हतियार कारखानाको विषयमा चासो व्यक्त गरेका छन ।
`बर्दिवासमा देखिएको चासोले यो ठाउँ विश्व कै पुरातात्त्विक पर्यटन केन्द्र वन्न सक्ने महत्वपूर्ण आधारहरु देखिएको छ ।´ भुगर्भविद्व प्रकाश दर्नालले भने । `संघ र प्रदेशले उक्त ठाउँको विकासको लागि बजेट विनियोजन गरेको सुनेको छु । गुरुयोजना वनाएर काम गर्नुपर्छ ।´
पुरातत्त्व विभाग काठमाण्डौका कर्मचारीहरु पाटुका विषयमा कर्विन्सले अन्य धेरै बिषय पत्ता लगाएको हुँदा थप अध्यण हुन जरुरी देखिएको वताउछन ।
कर्विन्सले पत्ता लगाएको उक्त अवशेषहरुलाई अहिले राष्ट्रिय संग्रहालयमा राखिएको छ । कितावमा रातो माटोमुनि हजारौ, करोडौ संख्यामा ३० देखि ५० सेन्टिमिटर पुरिएको अवस्थामा रहेको उन्ले उल्लेख गरेकी छन ।
यि सवै सम्पदाहरुलाई संरक्षण गर्न र ऐतिहासिक पर्यटकिय केन्द्रकोरुपमा विकास गर्न सरकारले देखाएको तत्परताले उत्साहित वनाएको अर्का पुरातात्त्विकविद्व सोमनाथ सापकोटा वताउछन ।
`पाटुको विषयमा थुप्रै गौरवपुर्ण इतिहास हामिले पत्ता लगाएका छौ । स्थानिय सरकारले यस्मा विशेष चासो देखाउनुपर्छ ।´ सापकोटाले भने । `कर्विन्सले पत्ता लगाएको मध्यपाषण युगको हतियारको राजधानी, सर्पहरुको राजधानी, वि.स. १२१८ को शक्तिशाली भुकम्पका विषयमा याँहा थुप्रै रहस्यहरु छन ।´
वि.स. १२१८ को शक्तिशाली भुकम्पले वनाएको पहाड
नेपालको भूकम्प इतिहास केलाउँदा वि.सं. १२१८ को रेकर्ड गरिएकामध्ये पहिलो विनाशकारी भूकम्प मानिन्छ ।
वि.सं. १२१८ असार शुक्ल तृतीया तिथि सोमवारका दिन करीब ७.७ रेक्टर स्केलको भूकम्प गएको विज्ञहरूको भनाइ छ ।
यही भूकम्पमा परी राजा अभय मल्लको निधन भएको थियो । भूकम्पले काठमाडौँ उपत्यकाका एकतिहाई जनसङ्ख्यालाई प्रभाव पारेको थियो ।
इतिहासकारहरुको अनुसार तत्कालिन समयमा समथर र केही माथी उठेका चुरे पहाडहरु झन माथी उठेको वताईन्छ ।
त्यसैमध्ये भुकम्पको प्रभाव कै कारण सवैभन्दा ठुलो पहाड वनेको पनि पाटुको उपल्लो क्षेत्र अर्थात राईमण्डलको वरपर नै रहेको वताईदै आएको छ ।
झण्डै ८ सय बर्ष पुरानो जिवित इतिहासलाई भुकम्पको कारण माथी उठेको यसै ठाउँको एउटा टापु प्रमाणकोरुपमा उभिएको भुगर्भविदहरु वताउछन ।
भुगर्भविद्व सोमनाथ सापकोटाका अनुसार पिएचडीका विद्यार्थीहरुले पाटुमा नै थुप्रै अध्यण र अनुसन्धान गरेर जर्नलहरु प्रकाशित गरेका छन ।
कर्विन्सले फेला पारेको मध्यपाषण युगको सभ्यतासगैँ देखिएको ऐतिहासिक चुरे पहाडलाई एकीकृत पुरातात्त्विक पर्यटन केन्द्रकोरुपमा विकास गर्न सकिने सापकोटा वताउछन ।
स्थानिय क्षेत्रमा विषयगत संस्थाको पारम्भ
हजारौ बर्ष पुरानो मानवसभ्यता र यस्का अवशेषहरु फेला परेको विषय स्थानिय पत्रकारले निरन्तर फ्लोअप गरेपछी विषयगत संस्था दर्ता प्रक्रियामा अगाडि बढेको छ ।
उधोग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खडकाको संयोजकत्वमा वनेको समितिमा १३ जनाको तदर्थ समिती छ ।
उपाध्यक्षमा पोषण थापा, महिला उपाध्यक्षमा बिन्दा कुमारी थापा, सचिव उत्तम कुमार श्रेष्ठ, स-सचिव दिपेश सापकोटा, कोषाध्यक्षमा हेम कुमारी वराल, सदस्यहरुमा उषा ढकाल, विशाल बस्नेत, सम्भु भट्टराई, नारायण अधिकारी, बैकुण्ठ देवकोटा, अर्चना न्यौपाने लगायतका छन ।
संस्था दर्ता प्रक्रिया औपचारिकरुपमा सकिएपछि छलफल र विज्ञहरु राखेर योजना तयार गर्ने संयोजक खडकाले वताए ।न्युज कारखाना
सिरहा, २३ साउन। सिरहाको धनगढीमाई नगरपालिका अनियमितताको अखाडा बनेको छ। अनियमितता गर्ने उदेश्यले नै योजना टुक्र्याउने, भनेका मान्नेहरुलाई राखेर उपभोक्ता समिति गठन गर्ने र उपभोक्तासँग रकम असुल्ने धन्दाले लुटतन्त्रको जालो उदाङ्गो भएको प्रष्ट देखिन्छ। 
गत आर्थिक वर्ष २०८०÷०८१ मा नगरस्तरीय योजनामामात्र एक करोड ३० लाख रुपैयाँ बोरिङ्ग तथा मोटर जडानको लागि छुट्याएको थियो। विनियोजित रकम हिनामिना गर्नकैलागि जनप्रतिनिधी र कर्मचारीको मिलेमत्तोमा योजना टुक्र्याई नामका लागिमात्र उपभोक्ता समिति बनाएर ठेकेदार मार्फत काम गराएको खुलेको हो। 
सवैभन्दा बढी ५५ लाखको उपभोक्ता समिति बोरिङ्ग र मोटर जडान ११, १२ र १३ मा लक्ष्मी यादव अध्यक्ष गरेका छन्। समितिका अध्यक्ष यादव वडा कार्यालयका कर्मचारी पनि हुन्। रकम कुम्ल्याउन सजिलो पार्नकै लागि नीयम मिचेर कर्मचारीलाई अध्यक्ष बनाएको स्थानीयको भनाई छ। 
योजनाको सचिवमा सूर्यनारायण महतोको नाम छ। विडम्वना उनलाई आफू उपभोक्ता समितिमा रहेको जानकारी नै छैन। 
सचिव महतोलाई तपाई बोरिङ्ग र मोटर जडान उपभाक्ता समितिको सचिव हो? भनि सोध्दा उनले आफू कुनै समितिमा बसेको जानकारी नभएको बताए। उनले भने, ‘म समितिमा बसेको जानकारी छैन, बुझेर थप कुरा भनुला।’ 
उपभोतmा समितिलाई नै जानकारी नहुनेगरी बनेको समितिले कसरी फाइल तयार पार्यो र बैंक खाता खाल्यो भन्ने प्रश्न टड्कारो रुपमा उठेको छ। 
अपारदर्शी तथा मनपरी ढङ्गले समिति गठनमात्र हैन यसको सम्पूर्ण काम समेत ठेकेदारमार्फत गराएको छ। धनगढीमाई नगरपालिका ११ मा ४ वटा बोर्डिङ्ग र मोटर जडान भएको छ। बोर्डिङ जडान भएको उपभोक्तालाई भने समितिको नाम थाहा छैन्।
नगरस्तरीय योजनामा बोरिङ्ग र मोटर जडान गर्ने भनेपनि उपभोक्तासँग प्रति बोरिङ्ग ३० देखि ४० हजारसम्म नगद असुल गरेका छन्। वडा अध्यक्ष र मेयरको खास मान्छेमार्फत रकम असुलेको बताइन्छ। 
धनगढीमाई ११ की उपभोक्ता उषा महतो, समिता मगरसहितका ६ घर परीवारले ७ हजारको दरले रकम उठाएर वडा अध्यक्ष अशोक श्रेष्ठको निर्देशनमा स्थानीय पवन महतोलाई ४० हजार रुपैयाँ बुझाएको बताए। उनीहरुले भने, ‘पैसा जम्मा नगरेसम्म बोरिङ्ग नदिने भनेपछि हामीले घरही ७ हजारका दरले उठाएर ४० हजार पवन भाईलाई दियौं। त्यसमध्ये १० हजार फिर्ता दिने भनेको छ। तर अझै फिर्ता भएको छैन’
उनीहरुलाई रकम लिएको भन्दा पनि बोरिङ्ग सफल नभएकोमा चिन्ता छ। पीउने पानीको चरम अभाव भोगिरहेका उनीहरुले वडा अध्यक्षले पैसा नबुझाई बोरिङ्ग नदिने भनेपछि रकम दिए। तर, अहिले जडान भएको वोरिङ्गबाट पानी नआउँदा चिन्तित छन्। ‘बोरिङ्ग जडान भएको एक साता पछि मोटर ल्याईदिए र मोटर जडान गरेको २÷३ घण्टापछि बन्द भएको मोटर अझै चलेको छैन; ती उपभोक्ताहरुले दुखेसो गरे।
त्यसैगरी, सोही वडाका सिंङ्गेश्वर ठाकुर र धुर्निदेवि महतोसँग पनि ३०÷३० हजार रुपैयाँ वडा अध्यक्ष अशोक श्रेष्ठले लिएका छन्। वडा अध्यक्ष श्रेष्ठले पैसा नबुझाएसम्म बोरिङ्वग दिन्न भनेपछि बाध्येय भएर रकम बुझाएको बताए।
यस वडामामात्र हैन वडा नम्वर ८ का उपभोक्ता उपेन्द्र महतोसँग पनि उनीहरुले रकम असुल गरेको छ। दुई महिना अघि नै काम सम्पन्न भएको महतोले फिर्ता दिने सर्तमा मिस्त्रीलाई दिएको रकम अझै फिर्ता भएको छैन।
यो सम्पूर्ण घटनाहरुले धनगढीमाई नगरपालिकामा हुने अनियमितता चित्रण गरेको छ। प्रत्येक वडामा उपभोक्तासँग बोरिङ्ग जडानगर्दा मोटर किन्न, मिस्त्रिलाई दिन, मेसिनमा तेलहाल्ने नाममा रकम असुल गरेको छ।
यस सम्वन्धमा जान्न ११ नम्वर वडा अध्यक्ष श्रेष्ठलाई कार्यालयमा भेट्न जाँदा भेट्नु भएन। त्यसपछि एक सातासम्म निरन्तर फोन अफ रहेको छ।
रकम उठाउने कार्यमा नाम जोडियका पनव महतोले भने आफू यस प्रकृयामा कतै नजोडिएको जिकिर गरे।
पैसा उठाएको विषयमा नगरपालिकाका प्रमुख प्र
शासकीय अधिकृत राजकुमार दासले आफूसम्म पनि वला बेला यस्तो कुरा आएको बताए। उनले भने, ‘म कहाँ पनि यो कुरा आई रहेको थियो। मैले आफैले पनि खोजीनीती गरिरहेको छु। कुनै पनि उपभोक्तासँग रकम लिएको भन्ने पुष्टि भए रकम लिनेलाई कार्वाही गर्छु।’
प्रमुख दासले समयमा काम सम्पन्न नभएकोले यो योजनाहरुको भुक्तानी समेत नभएको बताए। उनले विभिन्न कारणले समयमा काम सम्पन्न हुन सकेन। त्यसैले भुक्तानी बाँकी रहेको जानकारी दिए।न्युज कारखाना
२२ साउन, महोत्तरी
हाम्रो माया घर निर्माणार्थ महोत्तरीको बर्दिवासमा शिव पुराण माहायज्ञको आज देखि कथावाचन प्रारम्भ भएको छ । राधिका दाशीले वाचन गर्ने उक्त माहायज्ञ २९ गतेसम्म जारी रहनेछ ।
सडक मानवरहित उदेश्यले निर्माण गर्न लागिएको भवन निर्माणार्थ आयोजना भएको माहायज्ञवाट झन्डै २ करोड दान संकलन गर्ने आयोजक पक्षले लक्ष्य लिएको छ । माहायज्ञ मुल आयोजक समितिका संयोजक हिरालाल गौतमका अनुसार कथावाचन पारम्भ हुनुभन्दा अगावै दान, सहयोगमा उत्साह देखिएको छ ।
`हामीले सहयोगको आफ्नै मापदण्ड वनाएका छौ । मापदण्डको पोरिफेरिमा रहेर कसैले नगद, कसैले कोठा निर्माण, कसैले इट्टा सहयोगको घोषणा भैइसकेको छ ।´ संयोजक गौतमले भने । `सडक मानव विस्थापनको यो अभियानमा सवैको हातेमालो रहेको छ ।´
सोमवार हजारौं नगरवासीले निकालेको कलशयात्राले प्रतिवद्वताको सन्देश प्रवाह गरेको आयोजकलाई थप उत्साहित वनाएको सचिव चेत कुमार थापाले वताए । झन्डै २३ लाख खर्च हुने अनुमान गरिएको माहायज्ञमा १ लाखभन्दा बढी भक्तजन आउने अनुमान गरिएको छ ।
बर्दिवास-२ मा रहेको २ कठ्ठा जगामा निर्माण हुन लागेको भवनको डिपिआर अनुसार लागत ११ करोड लाग्ने वताईएको छ । प्रराम्भिक चरणमा आधारहरु तयार गर्न माहायज्ञ लगाउने निर्णय भएतापनी अब यसपछी भने तिनै तहका सरकारसँग अनुरोध गर्ने संयोजक गौतमले वताए ।न्युज कारखाना
सिरहा, २१ साउन। सिरहाको गोलबजारमा भारतीय युवकको शव आज विहान फेला परेको छ। गोलबजार नगरपालिका १ वहिरीवाँध नजीकैको ग्राभेल उत्खनन गरेको खाल्डोमा भारत विहार जिल्ला समस्तिपुर अलमपुरका करिव ३२ वर्षिय बवुल कुमार खानको शव फेला परेको हो।
उनी भारत विहार जिल्ला समस्तिपुर रहमदपुर पञ्चायत ९ चकनौरका पवन राय यादवका छोरा ३५ वर्षिय विजय यादवसँगै उनी धनगढीमाई नगरपालिका ८ इँटारी टोलमा पाहुना आएका थिए। पाहुना आएका उनीहरु मदिरा पीयर बेलुका झगडा भएको स्थानीयको भनाई रहेको छ।
झगडाकै क्रममा खानलाई गम्भिर चोट लागेका थिए। चोट लागेर वेहोस खानलाई उपचारको लागि लगेको स्थानीयको भनाई छ। चोटकै कारण उनको मृत्यु भएको हुन सक्ने स्थानीयको भनाई छ।
इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर सुनिल कार्कीले घटनाको प्रकृति मुचुल्का उठाएर पोष्ट मार्टमकोलागि लहानस्थित रामकुमार उपमाप्रसाद प्रदेशीक अस्पताल पठाएको जानकारी दिए।
उनले घटनाको अनुसन्धान भईरहेकोले तत्काल केही बताउन नसकिने बताउँदै पोष्टमार्टम पछि मात्र केही भन्न सकिने बताए। घटनामा संलग्न रहेको प्रहरीले विजय यादवलाई नियन्त्रणमा लिएको छ। तर, प्रहरीले यस विषयमा केही बताउन चाहेनन्। न्युज कारखाना
काठमाडौं- झापा प्रहरी तस्करी नियन्त्रणमा सक्रिय देखिएको छ। जिल्ला प्रहरी कार्यालय झापाले आर्थिक वर्ष २०८०/८१ मा पाँच करोड ७० लाख ४६ हजार ४८८ रुपैयाँ बराबरको सामान बरामद गरेको छ।
भन्सार दाखिला गरिएको उक्त राजश्व गत आर्थिक वर्ष २०७९/८० को भन्दा ४३.२० प्रतिशतले बढी हो।
आर्थिक वर्ष २०७९/८० मा ३ करोड ९८ लाख ३६ हजार रुपैयाँ बराबरको राजश्व संकलन भएको थियो।
भन्सार छली तथा तस्करी नियन्त्रणमा प्रहरी केन्द्रित बन्दा राजश्व संकलनको दर बढेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले बताए।
भारतसँग सीमा जोडिएका काँकडभिट्टा, नकलबन्दा, भद्रपुरलगायत क्षेत्रमा झापा प्रहरीले तस्करी नियन्त्रण अभियान चलाइरहेको छ।
‘सीमा क्षेत्रको मुख्य समस्या भनेको भन्सार चोरी र तस्करी हो, यसलाई नियन्त्रण गर्ने मामलामा हामी सबै रणनीति अपनाएका छौं,’ केसीले भने।
यस्तै, झापा प्रहरी फरार अभियुक्त पक्राउमा सफल देखिएको छ। प्रहरीले फैसला कार्यान्वयन अन्तर्गत फरार प्रतिवादी पक्राउ अभियान चलाएको छ।
जस अन्तर्गत आर्थिक वर्ष २०८०/८१ मा ४२७ जना फरार प्रतिवादी पक्राउ परेका छन्।
उनीहरूबाट १८४ वर्ष १ महिना १३ दिन कैद र ५ करोड ४ लाख ९८ हजार १४३ रुपैयाँ जरिवाना असुल भएको छ।
आर्थिक वर्ष २०७९/८० मा २३० फरार प्रतिवादी पक्राउ परेका थिए। उनीहरूबाट २४७ वर्ष, एक महिना ७ दिन कैद र १ करोड २ लाख ६ हजार ३९५ रुपैयाँ जरिवाना असुल भएको थियो।
मानिस पक्राउमा उक्त आर्थिक वर्षको तुलनामा ८५.६५ प्रतिशत र जरिवाना असुलमा ३९४.७७ प्रतिशतले वृद्धि भएको केसीले बताए।
यसैगरी, झापा प्रहरी मुद्दा दर्तामा पनि सफल देखिएको छ। आर्थिक वर्ष २०७९/०८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा मुद्दा दर्ता बढेका छन्।
२०८०/८१ मा २०८२ वटा मुद्दा दर्ता भएका छन्। जसमा १४९५ जना प्रतिवादी पक्राउ परेका छन्।
२०७९/८० मा १९०९ वटा मुद्दा दर्ता र १३८० जना प्रतिवादी पक्राउ परेका थिए।
झापा लागुऔषध कारोबार र बेचबिखनका कारण चुनौतीपूर्ण जिल्ला मानिन्छ। कारोबारीले छिमेकी मुलुक भारतबाट लागुऔषध नेपाल भित्र्याउने गरेका छन्। विशेषगरी, झापामा लागुऔषध ब्राउनसुगरको कारोबार बढी हुने गरेको छ।
लागुऔषध नियन्त्रण तथा कारबाहीमा झापा प्रहरीको सक्रियता बढेको देखिएको छ। आर्थिक वर्ष २०८०/८१ मा लागुऔषधतर्फ २९७ वटा मुद्दा दर्ता भएका छन्। त्यसमा ४६२ जना पक्राउ परेका थिए। तीमध्ये ४२९ पुरुष र ३३ जना महिला थिए।
उक्त आर्थिक वर्षमा २ किलो १७४ ग्राम १९५ मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो। यस अवधिमा अन्य विभिन्न किसिमका लागुऔषध बरामद भएको प्रहरी उपरीक्षक केसीले बताए।
बेवारिसे सवारी साधन लिलामतर्फ ४३ लाख ३७ हजार ७०० रुपैयाँ संकलन भएको छ। जसमा ५४१ थान सवारीसाधन बरामद भएका थिए।
बेवारिसे सवारीतर्फ निजी मोटरसाइकल ५३० थान, सरकारी मोटरसाइकल १, चार पांग्रे सवारी ६, सिटी २ थान, जिप भ्यान २ थान लिलाम भएका थिए।
आर्थिक वर्ष २०७९/८० मा २०६ वटा लागुऔषधका मुद्दा दर्ता भएका थिए। त्यसमा ३३६ जना पक्राउ परेका थिए। तीमध्ये ३०१ पुरुष र महिला ३५ थिए। उक्त वर्षमा १ किलो ५५८ ग्राम ४५९ मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो।
नदीजन्य दोहनतर्फ प्रहरीले आर्थिक वर्ष २०८०/८१ मा ७ लाख ७४ हजार रुपैयाँ बराबरको नियन्त्रणमा लिएको छ। २०७९/८० मा नदीजन्य दोहनतर्फ १२ लाख ६० हजार ९०० रुपैयाँ बराबरको बरामद भएको थियो।
काठ तस्करीतर्फ आर्थिक वर्ष २०७९/८० मा ९७ लाख ९४ हजार ८१० बराबरको र आर्थिक वर्ष २०८०/८१ मा ४० लाख ४५ हजार ५०० रुपैयाँ बराबरको नियन्त्रणमा लिएको छ।
एसपी केसी कार्यसम्पादनमा उत्कृष्ट
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी केसी उत्कृष्ट प्रहरी अधिकृतको रुपमा पुरस्कृत भएका छन्। उनी कार्य सम्पादनमा कोशी प्रदेशमा प्रथम भएका हुन्।
उनलाई कोशी प्रदेश प्रहरी कार्यालयले नगदसहित पुरस्कार प्रदान गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय किताबखानाको अभिलेखमा रहने गरी पत्र लेखेको छ।
केसीले विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रही उच्च मनोबल र साहसका साथ मौजदा कानुनको अक्षरस पालना गरी अपराध अनुसन्धान एवम् नियन्त्रणको क्षेत्रमा विशेष योगदान पुर्याएको जनाउँदै प्रदेश प्रहरी प्रमुख चन्द्रकुबेर खापुङले पुरस्कार प्रदान गरेका थिए।
यस्तै, पाँचथरका डिएसपी हेमन्त भण्डारी क्षेत्री र संखुवासभाका डिएसपी घनश्याम श्रेष्ठ पनि पुरस्कृत भएका छन्। उनीहरूलाई जनही नगद १ हजार ४ सयसहित पुरस्कृत गरिएको छ।
न्युज कारखाना
महोत्तरी । महोत्तरीमा बिधुत प्राधिकरणले पटकपटक लाईन काटेपछि आन्दोलित भएका छन । पटकपटक लाईन काटने र लाईन दिएतापनी कम भोल्टेज दिदा व्यवसाय संचालनमा कठिनायी भएको भन्दै शुक्रबार उनीहरुले पुर्व-पश्चिम राजमार्ग १ घण्टा चक्काजाम गरेका हुन ।
स्थानीयको समेत सहभागीतामा भएको चक्काजाममा बिधुत प्राधिकरणले नियतवस लाईन अवरुद्ध वनाएपछि पारम्भिक चरणमा चक्काजाम गर्न बाध्य भएको व्यापारीहरुले वताए । व्यापारीहरुले सनिवार यो विषयमा उधोग बाणिज्य संघ बर्दिवाससगँ पनि छलफल गर्ने भएका छन । छलफलपछि उपयुक्त निष्कर्ष ननिक्लिएमा समस्या सावधान नभएसम्म चरणवद्व आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने स्थानिय व्यवसायी विनोद भण्डारीले वताए ।
व्यापारीहरुको मागमा ऐक्यबद्धता जनाएको वताउदै उधोग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खडकाले यस्को सावधानको लागि उपयुक्त पहल गर्ने प्रतिवद्वता जनाएका छन ।
यता विधुत प्राधिकरण औरही प्रशारणका कार्यालय प्रमुख जवननाथ झाले हावाहुरीका विधुत अवरुद्ध भएको वताए । `नियतवस: हामिले लाईन काटेका हैनौ । ढल्केवर प्रशारण लाईनवाट पुर्णरुपमा बिस्थापन गरेर औरही प्रशारणको लागि काम गरिरहेका छौ ।´ प्रमुख झाले भने । `हामी सर्वसाधारण र व्यापारीहरुको गुनासोमा गम्भिर छौ ।´
बिधुत प्राधिकरणका तर्फबाट कुनै लोडसेडिङ नभएको पनि उन्ले प्रष्ट वनाए । न्युज कारखाना
१७ साउन, महोत्तरी
मसलाको रुखले भुमिगत पानीमा असर पारेको निष्कर्ष सहित महोत्तरीका पालिकाहरुले धमाधम निरुत्साहित गर्ने नीति वनाएका छन ।
उत्तरी क्षेत्रमा वृक्षारोपण गर्दा मसलाको विरुवालाई पुर्णरुपमा निषेध गरिएको छ भने भएका रुखहरुलाई हटाउने अभियान नै चलाईएको छ ।
बर्दिवास मेडिकल कलेज निर्माणार्थ १९ हजार ६ सय ७० बिरुवा रोप्दा पनि मसलाको विरुवालाई सर्वसाधारणको अनुरोधमा निषेध गरिएको मेडिकल कलेज पुर्वाधार विकास आयोजना प्रमुख देवि सुवेदिले वताए ।
निर्माणस्थलमा काटिने १९६७ रुखको सट्टामा १० गुणा बिरुवा रोप्ने सर्वोच्च अदालतको आदेशलाई कार्यान्वयन गर्ने क्रममा मसलाको विरुवाहरुलाई निषेध गरिएको प्रमुख सुवेदीको भनाई छ ।
सवैभन्दा बढी रुख भएको क्षेत्र पनि जिल्लाको उत्तरी क्षेत्र गौशाला र बर्दिवास नगरपालिकामा नै हो । सागरनाथ वन परियोजना अन्तर्गतका वन, सामुदायिक वन र साझेदारी वनहरुमा २० औ हजार मसलाका रुखहरु अहिले पनि छन ।
छिटो हुर्कने र आयआर्जनका हिसावले किसानहरुको निजि जमिनमा समेत लगाईएको यो रुखले भुमिगत पानी सखाप वनाएको भन्दै किसानहरु स्वयमले नगरको न्यायिक समितिमा निवेदन दिने गरेको पालिकाहरुले जनाएका छन ।
यसै अनुरुप बर्दिवास नगरपालिकाले यसअघिको नगरसभावाट मसलाको रुखलाई पुर्णरुपमा निरुत्साहित गर्ने नीति नै वनाएको छ । मेडिकल कलेज निर्माणार्थ बिरुवा रोप्दादेखी नै उक्त नितिलाई कार्यान्वयन गरिएको नगरप्रमुख प्रल्हाद कुमार क्षेत्री वताउछन ।
किसानहरुको अनुभवसहित आएका निवेदनहरुलाई आधार वनाएर जिल्लाको दक्षिणी क्षेत्रका पालिकाहरुले समेत विस्थापन गर्ने अभियान चलाएका छन ।
यस्को सुरुवात मनरासिस्वा नगरपालिकाले गरेको छ । पालिकाले किसानहरुलाई ३ महिनाको समायावधी समेत दिएको छ । निजि जमिनमा रहेका मसला(सपेता) को रुखलाई हटाएर अन्य प्रजातिका बिरुवा रोप्न सुचना जारी गरेको छ ।
मधेश प्रदेश लगायत पालिकामा भुमिगत पानीमा समस्या र जमिन बन्झर्ट बनाउन यहीँ रुखले सहयोग पुर्याएको निष्कर्ष सहित तुरुन्त विस्थापन गर्न सुचनामा निर्देशन दिएको छ ।
पालिकाको १२ औ नगरसभाले समेत मसलाको रुख पुर्णरुपमा निषेध गर्ने नीति वनाएको थियो ।
यो रुखको विषयमा भुमिगत पानीको सतह सखाप वनाउने मुख्य कारक भएको दावी गरिएतापनी केही विज्ञहरुले भने यस्मा फरक मत राख्दै आएका छन । न्युज कारखाना
विराटनगर- मोरङ उर्लाबारी नगरपालिका-४ का २१ वर्षीय कुशल दाहालको हत्यामा संलग्न व्यक्ति पक्राउ परेका छन्।
उर्लाबारी नगरपालिका-५ का ३५ वर्षीय सुवास तामाङलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। तामाङले घरमै बोलाएर दाहालको हत्या गरेको मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए।
मंगलबार राति साढे ६ बजे तामाङले आफ्नै घरमा बोलाएर दाहालमाथि धारिलो हतियार तथा लाठी प्रहार गरेका थिए।
गम्भीर घाइते भएका दाहाललाई गोदावरी अस्पताल उर्लाबारीमा प्रारम्भिक उपचारपछि बिएन्डसी अस्पताल विर्तामोड लगिएको थियो।
दाहालको उपचारको क्रममा त्यही दिन राति ८:४० बजे मृत्यु भएको थियो।
कार्कीका अनुसार दाहालको हत्यापछि भागेका तामाङलाई सुन्दरहरैंचा नगरपालिका-४ दुलारी चोकमा पक्राउ गरिएको हो। उनी को१ख ६४७१ नम्बरको बसमा थिए।
तामाङ हत्या आरोपमा जेल परेर छुटेका व्यक्ति हुन्। उनको आपराधिक अभिलेखबारे प्रहरीले जानकारी दिएको छ।
तामाङलाई कर्तव्य ज्यानमुद्दामा २०७१ साल असोज ९ गते अदालतले १० वर्ष सजाय तोकेको थियो।
तर, उनी २०७६ सालको प्रजातन्त्र दिवसको दिन छुटेका थिए।
जेलबाट छुटेको एक वर्षमै उनलाई ज्यान मार्ने उद्योगमा अदालतले २०७७ भदौ ८ गते २ वर्ष ६ महिना कैद तोकेको थियो। त्यो कैद भुक्तान गरेर तामाङ छुटेका थिए।
जेलबाट छुटेको दुई महिनापछि २०७७ कात्तिक ७ गते उनलाई अदालतले लागुऔषध मुद्दामा ३ महिना कैद र १ लाख धरौटी तोकेको थियो। त्यो कैद भुक्तान गरी तामाङ छुटेका थिए।
त्यस्तै, अभद्र व्यवहार मुद्दामा २०८० असोज २४ गते उनी एक लाख धरौटी तिर्न नसकेर कारागार मोरङ चलान भए। २५ गते धरौटी तिरेर उनी छुटेका थिए।
प्रहरी उपरीक्षक कार्कीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिबारे अनुसन्धान भइरहेको छ। तामाङलाई कर्तव्य ज्यानमुद्दामा हिरासतमा राखेर अनुसन्धान थालिएको छ।
दाहालको हत्या हुनुमा पुरानो रिसिइबी नरहेको बुझिएको प्रहरीले जनाएको छ। त्यसदिन तामाङले दाहाललाई मोबाइल चोरी गरेको आरोप लगाएका थिए।
‘उनीहरूबीच पुरानो झगडा-रिसिइबी देखिँदैन, मोबाइल चोरी भएको विषयमा बोलाएर छलफल गर्ने क्रममा तामाङले दाहालमाथि छुरा प्रहार गरेको बुझिएको छ,’ प्रहरी उपरीक्षक कार्कीले बताए।
घटना भएको अघिल्लो दिन छिमेकी व्यक्ति सुरज चौधरीसँग दाहालको झगडा भएको थियो।
त्यसक्रममा चौधरीले दाहाललाई धम्क्याएको आफन्त टिका दाहालले बताइन्। त्यसको भोलिपल्टै घरबाटै बोलाएर दाहाललाई तामाङले लगेको उनले बताइन्।
घटनामा अन्य व्यक्तिको संलग्नताबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। तर, मुख्य व्यक्ति तामाङ नै रहेको प्रहरीले जनाएको छ।
हत्या गरिएका युवक गोपाल दाहालका एक मात्रै छोरा थिए। उनको हत्यापछि परिवार शोकमग्न छ।
न्युज कारखाना
रौतहट । बाँदरले अनावश्यक दुख दिएको भन्दै रौतहटको मध्यभाग गरुडा नगरपालिकाका किसानहरु आन्दोलित भएका छन् ।
बाँदरले किसानको बाली खाइदिने तथा बाली उत्पादन नै हुन नदिने भएपछि नियन्त्रणको माग गर्दै जिल्लाको मध्यभाग गरुडा बजारको मूल सडकमा मेयर प्रत्याशी दीपक कुमार यादवको नेतृत्वमा गएका किसानहरुले प्रदर्शन पछी मेयर कन्थमणि जैसवाल लाई क्षतिग्रस्त उँखु उपहार दिएको छ।
बाँदरले बालीनाली सखाप पारी आतंक मच्चाएको भन्दै बाँदर नियन्त्रणको माग गर्दै किसानहरु गत असार १५ गते देखी आन्दोलनमा उत्रेका छन् ।
बाँदर नियन्त्रणका लागि यस अघी किसानहरुले असार १६ गते गरुडा नगरपालिकामा ज्ञापनपत्र बुझाएका थिए।
प्रत्यासी यादवको नेतृत्वमा दर्जनौँको संख्यामा गएका किसानहरुले बिहिवार मेयर कन्थमणि जैसवाल लाई सम्बोधन गर्दै गरुडा नगरपालिकाको मूल गेटमा बाँदरले क्षतिगरेको उँखु उपहार स्वरुप राखेका थिए ।
गरुडा नगरपालिका वडा २ गेडही गुठि, ३ मलाहिटोल, वडा ४ गरुडा, वडा ८ बसबिटि जिंगडिया, गम्हरीया लगाएत गाउँका किसानको बालीनालीमा बाँदरले क्षति पुरयाएको भन्दै बाँदरको उचित व्यवस्थापन तथा नियन्त्रण गरिदिन माग गर्दै आएका छन।
झण्डै चार सयको संख्यामा रहेको बाँदरको समुहले पछिल्लो चार वर्षदेखी गरुडा नगरपालिकाका किसानहरुले लगाउने धान, मकै, उखु, तरकारी लगाएत बालीनाली नष्ट गर्दै आएको नेता यादवले बताएका छन।
वर्षभरीलाई पुग्ने खाद्यान्न बाँदरको हुलले एकैछिनमा सखाप पार्ने गरेका कारण धेरै मिहिनेत र लगानी गरेर बाली उब्जाउने किसानहरु निकै समस्यामा परेको किसानहरूले दुखेसो पोखेका छन्।
२५ किलोमिटर भन्दा टाढा वनबाट आएको बाँदर फर्की जान नसकेर गरुडा नगर क्षेत्रको गाउँको छेउछाउमा बस्ने गरेको र किसानहरुको बालीमा क्षति पुरयाउने गरेका छन् ।
बाँदरले खेतबारीमा फल्दै गरेको मकै , उँखु लगाएतका बालीनाली मात्र होइन, मान्छे नभएको मौकामा घरभित्रै पसेर अन्नपात समेत नास गर्ने गरेको किसानले गुनासो गर्दै आएका छन् । धान र गहुँको समयमा खासै दुःख नदिने बाँदरले मकै पाक्ने याममा र उँखु तयारी अवस्थामा बढी समस्यामा पारेको गम्हरीयाका किसान विनोद यादवको गुनासो छ ।
२० मिनेट मात्रै बाँदर खेतमा पसेमा सारा खेतीपाती नष्ट गर्ने भएकाले बाँदर नियन्त्रण गर्न अति आवश्यक रहेको उनीहरुको भनाइ छ ।
राते, बाह्रबिसे र सेते प्रजातिका झण्डै चार सयको हाराहारीमा आउने बाँदरले किसानहरुलाई सताउने गरेको छ । वर्षभरिलाई पुग्ने खाद्यान्न एकैछिनमा सखाप पार्ने भएपछि किसान अरु कामधन्दा छाडेर बाँदर धपाउने गरेका छन्। सबैभन्दा बढी बाँदरले रुचाउने मकै रहेको किसानहरु बताउँछन । बाँदर नियन्त्रण गर्न मेयर जैसवालले चासो नलिएको किसानहरूको आरोप रहेको छ ।
न्युज कारखाना