रौतहट ,४ असार । डिभिजन वन कार्यालय रौतहटले अवैध तरिकाले जङ्गलमा खयरको काठ काटेर डमरु बनाउँदै गरेको अवस्थामा डमरु र खयरको काठ बरामद गरेको छ ।
जिल्लाको गैंडाटार सबडिभिजन वन कार्यालय अन्तर्गतको वन क्षेत्रमा अवैध रूपमा डमरु बनाउँदै गरेको अवस्थामा २० थान डमरु, खयरको गोलिया ५ थान र डमरु बनाउने मेशिन बरामद गरेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र मिश्रले जानकारी दिएकाछन ।
गैडाटार सव वन डिभिजन कार्यालयका रेन्जर विकास लामिछाने ,सहायक वन अधिकृत नवनित कुमार मिश्र ,मधुकान्त सिह र सशस्त्र वन रक्षकको टोलिले बहुमुल्य जातको खयरको रुख काटेर डमरु बनाउदै गरेको अवस्थामा तयारी डमरू ,खयरको गोलिया ,डमरु बनाउने मेशिन बरामद गरेको हो । वन गस्ती टोलिलाई देख्ना साथ डमरु बनाउने काममा संलग्न हरु भने फरार भएको कार्यालय प्रमुख मिश्रले जानकारी दिएकाछन ।
रौतहटको वनमा रहेको बहुमुल्य खयरका रुख काटेर बनाईने डमरु बौद्ध धर्मावलम्बीले महंगोमा खरिद गर्ने भएका कारण यसको तस्करी बढेको छ । न्युज कारखाना
रौतहट ४ असार।
भारतीय प्रहरीको मस्ट वान्टेडको सूचीमा रहेका एकजना भारतीय नागरिकलाई लुटपाटमा संलग्न रहेको आरोपमा रौतहट प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत बिहार राज्य मोतिहारी जिल्ला पुर्वी चम्पारण थाना घोडासहन ग्राम पंचायत बसवरिया वडा २ का २० बर्षीय मोनुकुमार जैसवाल रहेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन्।
गत जेठ २२ गते बिहान साढे १० बजे मौलापुर नगरपालिका ६ पथरा बुधराम स्थित सडक खण्डमा माँ बचत तथा ऋण सहकारी संस्थामा काम गर्ने बौधिमाई ८ का बर्ष २४ को अरबिन्द कुमार दासले १७ लाख झोलामा राखि राष्ट्रिय बाणिज्य बैंकमा जम्मा गर्न विआर ०५ ए एन ८७६२ भारतीय नम्बरको प्लाटिना मोटरसाईकलमा चढी मौलापुर तर्फ गईरहेका थिए।
सोही क्रममा विपरित दिशाबाट आएका ३ जना अपरिचित व्यक्तिहरुले उक्त रकम लुटपाट गर्ने उद्देश्यले अरबिन्द कुमार दासलाई पछाडीबाट गोली हानी भागी फरार भएको थियो ।
प्रहरीले अनुसन्धानको क्रममा घटनामा संग्लन अभियुक्तहरु सीमावर्ती भारत बिहार राज्य मोतिहारी जिल्ला पूर्वी चम्पारण घोडाहसनमा सक्रिय रहेको बाबा ग्याङ नामको आपराधिक समुहमा आवद्ध रहेको व्यक्तिहरु संग साँठगाठ रहेको निष्कर्ष निकालेको थियो।
उनीहरू भारत र नेपालको सिमावर्ती ईलाकामा लुटपाट, भारतीय सामानको तस्करीमा सक्रिय रहेको प्रहरीको अनुसन्धान बाट खुलेको प्रहरीले जनाएको छ।
गत २ गते साँझ साढे ५ बजेको समयमा मौलापुर ७ स्थितबाट घरेलु कटुवा पेस्तोल १ थान ,गोली राउण्ड २ थान समेत भारतीय नागरिक जैसवाललाई पक्राउ गरिएको प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन्।
जैसवाल माथि हातहतियार तथा खरखजना, चोरी तथा डाँका र ज्यान मार्ने उद्योग मुद्दा दर्तागरी रौतहत जिल्ला अदालतबाट म्याद थप थामाई अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जारीहरेको सूचनामा उल्लेख गरिएको छ।
आरोपी भारतीय नागरिक मोनु जायसवाल भारतीय प्रहरीले मस्ट वान्टेडको सूचीमा रहेका छन्। उनीमाथि घोडासहन र झरौखर थानामा एकदर्जन भन्दा बढी आपराधिक मुद्दाहरु दर्ता रहेको मोतीहारी जिल्लाका एस्पी कान्तेश कुमार मिश्रले बताएका छन। आरोपी जैसवाल माथि भारतीय क्षेत्रमा अवैध हतियारको कारोवार , लुटपाट, अपहरण,अबैध मदिरा ओसारपसार जस्ता मुद्दा दर्ता रहेको भारतीय प्रहरीको जनाएको छ।
गत मार्च महिनामा जैसवाल अन्य केही साथीहरु संग मिलेर भारतीय सीमा सुरक्षा बल जमुनिया क्याम्पका एकजना जवान माथि आक्रमण गरेका थिए। उक्त घटनामा संलग्न अन्य केही अभियुक्त पक्राउ परेका थिए भने मुख्य योजनाकार जैसवाल नेपाल तर्फ भागेर जोगिएको एसएसबीले जनाएको छ।
जैसवाल केही समय अघि जेल जीवन समेत बिताइ सकेका भारतीय प्रहरीले जनाएको छ।न्युज कारखाना
आरके श्रीवास्तव,रौतहट,०४ गते असार ।
रौतहटको गरुडा नगरपालिका वडा नम्बर ५ को आज वडा भेला सम्पन्न भएको छ । आर्थिक वर्ष २०८१÷०८२ का लागि गरुडा नगरपालिका अन्तर्गत वडा नम्बर ५ ले वडा परिषद सकाएको छ । सो वडाले आगार्मी वर्षका लागि नगरपालिकाको बजेट अनुसारको योजना छानेको हो ।
मंगलवार आगामी आर्थिक बर्षका लागि योजना छनौट सहित बजेट बिनियोजनका लागि वडा परिषद गरिएको हो । गरुडा नगरपालिका अन्तर्गत वडा नम्वर ५ ले ५० लाख बराबरको योजनाहरु वडा परिषदबाट छनौट गरेको वडा अध्यक्ष रामबिनोद साहले जानकारी गराएका हुन् ।
उनले भने,यसपालिको वडाको बजेटमा कृषि र शिक्षालाइ विशेष जोड दिएका छौं । गत वर्ष १ करोड ८९ लाखको काम गरेको जानकारी गराए । यस वर्ष किसानहरु लक्षित कृषि मिटरको विजुली बिल वडाले तिरिदिने बताए । य
स्तै वडामा रहेको ६ वटा सामुदायिक बिधालयको लागि आवश्यक बजेट विनियोजन गरिएको बताए ।
आफनो वडामा रहेको प्रसिद्ध शिवनगर महादेव मन्दिरका लागि पनि बजेट छुुट्टयाइएको उनको भनाइ छ । यस्तै स्वास्थ्य क्षेत्रलाइपनि प्राथमिकतामा राखिएको बताए । वडाको बजेटमा समावेश गर्न नसकिएका बिभिन्न योजनाहरु बजेट ब्यवस्थापनका लागि नगरपालिका, प्रदेश र संघीय सरकारका सम्वन्धित निकायहरुमा सिफरिस गरी पठाईने वडाध्यक्ष साहको भनाई रहेको छ ।
सो वडा परिषदको अवसरमा गरुडा नगरपालिकाका मेयर प्रत्यासी द्धय ब्रिजकिशोर यादव, विपिन जयसवाल,वडा सदस्यहरु वडामा क्रियाशिल राजनीतिक दल, बुद्धिजिवी, पत्रकार, संघ संस्थाका प्रतिनिधी, स्वास्थ्यकर्मी, शिक्षक र वडावासीको उपस्थिती रहेको थियो ।
४ असार, महोत्तरी
आर्थिक बर्ष २०७९/८० मा महोत्तरीको बर्दिवास नगरपालिकाले स्वभाविक खर्च गरेको देखिएको छ ।
माहालेखा परिक्षकको रिपोर्टले आधारहरु पुष्टि नहुनेगरी गरिएको खर्चलाई अनियमित र सैद्धान्तिक बेरुजुकोको रुपमा प्रस्तुत गरेको छ ।
दरबन्दी बाहिर जताभावी कर्मचारी भर्ना गरेर खर्च
स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ८३(८) मा स्थानिय तहले कर्मचारीको दरबन्दी प्रस्ताव गर्नुपर्ने र अस्थायी दरबन्दी सृजना गर्न नसकिने व्यवस्था छ ।
तर महोत्तरीको बर्दिवास नगरपालिकाले दरवन्दी बाहिरको करार कर्मचारी नियुक्त गरि १ बर्षको अवधीमा २३ लाख ५८ हजार ६ सय ६३ रुपैया अनियमित गरेको खुलासा भएको छ ।
माहालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको रिपोर्टअनुसार कानुनी सल्लाहकार समेत नियुक्त गरि उक्त रकम अनियमित भएको ठहर गरेको हो ।
कर्मचारी नियुक्ति देखि नगरले विभिन्न सिर्षकमा अपचलन, अनियमितता र आन्तरिक राजस्वमा आर्थिक बर्ष २०७९/८० मा व्यापक दुरुपयोग भएको देखिएको माहालेखा परिक्षकको रिपोर्टमा उल्लेख छ ।
खाजा नास्तामा लाखौ खर्च
आर्थिक कार्यविधी तथा वित्तिय उत्तरदायित्व निमावली २०७७ को नियम ३९ अनुसार खर्चको उपदेयता प्रमाणित हुनेगरी मात्र खर्च गर्नुपर्ने प्रावधान छ तर नगरले आर्थिक बर्ष २०७९/८० मा मात्र कुल आन्तरिक आयको ८ प्रतिशत खाजा, नास्ताको नाममा खर्च गरेको देखिएको छ यो खर्च वडा कार्यालय वाहेकको हो ।
उक्त आर्थिक बर्षमा ३ करोड ६३ लाख ७५ हजार ४८ रुपैया आन्तरिक आयमध्ये २९ लाख ८ हजार ५ सय ७३ रुपैया खाजा, नास्ता र विविध सिर्षकमा खर्च गरेको माहालेखा परिक्षकको रिपोर्टमा उल्लेख छ । १ बर्षको अवधीमा यति ठुलो रकम खाजा नास्तामा कसरी खर्च भयो भन्ने बिषय यतिवेला नगर क्षेत्रमा चर्चा र चासोको विषय वनेको छ । यस्लाई माहालेखा परिक्षकले सैद्धान्तिक वेरुजुकोरुपमा उल्लेख गरेको छ ।
विकास निर्माणका काममा भन्दा प्रशासनिकको नाममा व्यापक खर्च
त्यस्तै माहालेखा परिक्षकको प्रतिवेदनअनुसार विकास निर्माणको काममा भन्दा बढी प्रशासनिक खर्च भएको छ जुन कुल आन्तरिक आय मध्येको ३५.९६ प्रतिशत हुन आउँछ । पदाधिकारी सुबिधामा मात्र १ करोड ३० लाख ७९ हजार खर्च भएको माहालेखा परिक्षकको कार्यालयले जनाएको छ । खर्च अधिक देखिएपछि नगरलाई प्रशासनिक खर्च कम गरि विकास निर्माणका काम गर्न माहालेखाले सुझाव दिएको छ ।
अनुगमनमा गरिएको खर्च अनियमित
२०८० असार १८ गते योजनाहरु अनुगमन गरेवापत सवारीसाधन भाडा, विविध खर्च गरी २ लाख ६८ हजार २ सय ५० खर्च लेखेको छ ।
जुन योजनाहरुको लागत तयारी गरि भुक्तानी गरेको देखिएको छ । जस्लाई माहालेखाले अनियमित भएको उल्लेख गरेको छ ।
अझ सैक्षिक साखावाट विद्यालय अनुगमन गर्दा प्रतिवेदन नै पेश नगरी अनुगमन भत्ता लिएको खुलासा भएको छ ।
खडग वहादुर सिंह, भोला खडका, युवराज पोखरेल, बुद्ध प्रसाद पोखरेल र गणेश प्रसाद दाहालले १ लाख १५ हजार नियम विपरित लिएको खुलेको हो ।
माहालेखाले उक्त रकम असुल गर्नुपर्ने र आर्थिक कार्यविधी तथा वित्तिय उत्तरदायित्व निमावली २०७७ अनुसार कार्यान्वयन गर्न सुझाव दिएको छ ।
सवारी इन्धनमा मात्र २३ लाख खर्च
नगरपालिकाले इन्धन बापत मापदण्ड विपरित १८ लाख ४५ हजार ४ सय ९१ रुपैया खर्च गरेको खुलासा भएको छ ।
बार्षिक २३ लाख ९२ हजार ९ सय ९१ खर्च हुँदै आएको मध्ये उक्त रकम मापदण्ड विपरित खर्च भएको माहालेखा परिक्षकको रिपोर्टमा उल्लेख छ ।
प्रमुख तथा उपप्रमुखले सवारीसाधन र अन्य पदाधिकारीले यातायात सुविधा बापत रकम लिएको समेत देखिएको छ ।
स्थानिय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा समबन्धी ऐन २०७७ अनुसार प्रमुख तथा उपप्रमुखले मासिक १२५ लिटर इन्धन र चौमासिक १० लिटर मोबिल खर्च गर्न पाउने प्रावधान छ ।
त्यस्तै कार्यालय प्रयोजनतर्फ र अन्य प्रयोजन तर्फ पनि ४४ लाख १३ हजार ८५ रुपैया खर्च भएको छ जस्लाई माहालेखा परिक्षकको कार्यालयले अस्वभाविक र मितव्ययी नअपनाएको ठहर गरेको छ ।
सोझै खरिद गरेर ४७ लाख अनियमित
सार्वजनिक खरिद ऐन २०६३ को दफा ८ बमोजिम प्रतिस्पर्धा सिमित नहुनेगरी खरिद गर्नुपर्ने व्यवस्था छ ।
त्यस्तै सार्वजनिक खरिद निमावलीको नियम ८५ मा एक आर्थिक बर्षमा एकैपटक वा पटकपटक उल्लेखित सिमा भन्दा बाहिर गएर सोझै खरिद गर्न नसक्ने व्यवस्था छ ।
तर नगरले ४७ लाख भन्दा बढीको सोझै खरिद गरेको छ जुन कानुनविपरित किन गरियो भन्ने प्रश्न चिन्ह खडा भएको छ ।
उनिहरुले संजय जनरल सप्लायर्स, सचिन जनरल स्टोर्स सप्लायर्स र चौधरी सप्लायर्सवाट मसलन्द तथा कार्यालय सामाग्रीको नाममा ४७ लाख खर्च गरेको हो ।
तर माहालेखा परिक्षकले निकालेको बेरुजु सैद्धान्तिक मात्र भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले वताए । केही बिषयहरुमा मानविय त्रुटि हुने भएतापनी नगरले मितव्ययी नै अपनाएको र अपनाउने उन्को भनाई छ ।
नियम र कानुनको परिधी भन्दा बाहिर गएर काम नगरेको वताउदै १५ सैया अस्पतालको स्विकृतिमा ५० सैया वनाएको र सोही जिम्मेवारीअनुसार कर्मचारी राख्दा दरवन्दी वाहिर देखिएको उन्को भनाई छ ।
अत्यावश्यक कर्मचारी राख्दा पनि दरवन्दी वाहिरको कर्मचारी राखेर खर्च भयो भन्नू तार्किक नभएको प्रमुख प्रशासकीय अधिकृत जोसीले प्रष्ट वनाए ।
तर अन्य सिर्षकहरुमा पनि नगरले अस्वभाविक खर्च गरेको माहालेखा परिक्षकको रिपोर्टमा उल्लेख छ ।
न्युज कारखाना
रौतहट ४ असार । हिन्दु तथा मुस्लिमहरुको विभिन्न पर्वमा स्थानीय सरकारले महिलाहरुलाई साडी वितरण गर्ने रौतहटमा होडबाजी नै रहेको छ । साडी वितरणको पछाडी स्थानिय सरकारका प्रमुख र प्रमुखप्रशासकियअधिकृतहरुको व्यक्तिगत स्वार्थका कारण पनि यो चलन मौलाएको देखिएको छ ।
रौतहट जिल्लामा रहेका अधिकांस स्थानीयतहले हिन्दु र मुस्लिमहरुको विभिन्नपर्वको नाममालाखौं लाख मुल्यको साडी वितरण गरी आफुलाई विकास पुरुष हो भन्ने छाप छाड्न साडी वितरण गर्ने गरेका र पछि सोहि साडीमा व्यापक भ्रष्टाचार गर्ने गरेको पाइएको छ ।
यहाँकाअधिकांस स्थानीय तहले गौरमा रहेको चुकि ईन्टरप्राईजेज, ओम साई जनरल एण्ड अर्डर सप्लायर्स, अमान टे«डर्स बाट २५ लाखभन्दामाथि एक एक स्थानीयतहले साडी खरिद गरेको महालेखा परिक्षणको रिपोर्टमा देखिएको छ । माथि उल्लेखित फर्महरुले स्थानीय तहलाई बिक्री गरेको साडिको संख्यालाई हेर्ने हो भने विक्रेताले आयात गरेको संख्याको दोबर भन्दामाथि रहेको गौर भन्सारको तथ्यांकबाट प्रष्ट हुन्छ ।
सदरमुकाम गौर लगायतकाबजारमा रहेका यी फर्महरुले अधिकांस साडी भारतबाट खरिद गर्ने गरेका छन्, जुन विभिन्न सिमावर्ती नाकाहरुबाट भन्सार छली गरेर यी व्यापारीक प्रतिष्ठान सम्मआई पुगेका हुन्छन् । यसरी भारतबाट भन्सार छलेर नेपाल ल्याइएका ४ देखि ६ सय सम्म मुल्यका भारतीय साडीलाई चुकि ईन्टरप्राईजेज, ओम साई जनरल एण्ड अर्डर सप्लायर्स, अमान टे«डर्सले १४ सय देखि २ हजार सम्मको बिल बनाई स्थानीयतहका जनप्रतिनिधिहरुसंग मिलेर व्यापक भ्रष्टाचार गरेका पाइएको छ । स्थानीय तहले खरिद गरिएको साडीका यी व्यापारी प्रतिष्ठानहरु फेरी बजारमा खोज्दा कतै नभेटिने गरेको स्थानीयहरूले बताएका छन् ।
कुनै कुनै स्थानीयतहले खरिद गरेको साडीको संख्यालाई विस्तृत रुपमा अनुसंधान गर्ने हो भने सो पालिकामा रहेको महिला संख्याभन्दाअधिक रहेको समेत भेटिएको छ ।
यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसंधान आयोगका प्रवक्ता नरहरी घिमिरेले आफुहरु सो विषयमा छानबिन गरी दोषि भेटिए कारवाहि गर्ने प्रतिबद्धता जनाएका छन् ।
न्युज कारखाना
सिरहा, ४ असार। सिरहामा संचालन भईरहेको प्राविधिक तथा व्यवसायीक शिक्षा एवम् तालिम परिषद् (सीटीइभीटी) अन्तर्गत डिप्लोमा तहको परीक्षामा केन्द्राध्यक्ष कै लापरवाहील सहभागी परीक्षर्थीहरु मर्कामा परेका छन्।
जिल्लाको गोलबजारस्थित रामप्रताप राप्रसाद तामङ्ग जनता बहुमुखि क्याम्पस केन्द्रमा सञ्चालित डिप्लोमाको परीक्षामा सोही क्याम्पसका प्रमुख किशोर कुमार साहकै लापरवाहीले पशु विज्ञानका विद्यार्थीलाई कृषिको प्रश्नपत्रमा परीक्षा दिन लगाएपछि परीक्षार्थीहरु मार्कामा परेका हुन्।
परीक्षार्थीहरुले परीक्षा सकेपछिमात्र आफूहरुसँग भएको प्रश्नपत्र राम्रोसँग हेर्दा कृषि विज्ञानको प्रश्नपत्र परेको थाहा पाएको बताए। उनीहरुले भने, ‘छोटो समय भएकाले हामी प्रश्नपत्र पाउना साथ लेख्ने ध्याउन्नमा लाग्यौं। बिच बिचमा असहज भईरहेको थियो।
परीक्षा सकेर प्रश्नपत्र नियाल्दा हामी पशुका विद्यार्थीका हातमा कृषिका प्रश्नपत्र रहेछ। त्यसपछि हाम्रो होस हवास नै उड्यो।’
केन्द्रमा खटिएका शिक्षकहरुलाई देखाउँदा उनीहरुले पहिला किन नदेखाएको भन्दै हप्की दप्की गरे। पछि केन्द्राध्यक्ष साहले हाम्रो मान्छे माथि परीक्षा केन्द्रमा छ। सवै मिलिहाल्छ। तिमीहरुले चिन्ता लिनुपर्दैन, भन्दै घरजान भनेको परीक्षार्थीहरुले बताए।
केन्द्रा अध्यक्ष र परीक्षामा खटीएका सीटीइभीटीका प्रतिनिधीले आश्वासन दिएपनि परीक्षार्थीहरु ढुक्क हुन सकेका छैन्। उनीहरु एक वर्ष खेर जाने हो की भन्ने चिन्तामा छन्।
सरस्वती माध्यमिक विद्यालय गोलबजार ३ का प्राविधिक तर्फका संयोजक समेत रहेका डाक्टर ओम प्रकाश साहले परीक्षा सञ्चालकको लापर्वाहीले आफ्नो विद्यार्थीको भविष्यमाथि खेलवाड भएको बताए। उनले भने, ‘विषय नै फरक भएकाले कसरी कपी काटीन्छ? थाहा छैन। तर, यो उहाँहरुको ठूलो गल्ती हो।’
आज सम्पन्न परीक्षामा डिप्लोमा इन एनिमल साइन्सका विद्यार्थीलाई एग्रिकल्चर विषयको प्रश्नपत्र पर्न गएको परीक्षा केन्द्राध्यक्ष किशोर कुमार साहले बताए। उनले भुलबस पर्न गएको भएपनि त्यस विषयमा माथि छलफल भईरहेको बताए।
उनले भने, ‘खासमा हाम्रो जिम्मेवारी भनेको मर्यादित परीक्षा लिने र ठाउँ उपलब्ध गराउने हो।
प्रश्नपत्र, उत्तरपुस्तीका ल्याउने लाने सवै सीटीइभीटीका प्रतिनधीहरुले गरिरहनु भएको छ। एउटै जस्तो लाग्ने विषय भएकाले भुलवस प्रश्नपत्र तलमाथि परेको रहेछ। हामीले माथि कुरा गरिरहेका छौं। विद्यार्थीलाई मर्का पर्दैन।’
कृषि तर्फमा परीक्षार्थीको प्रश्न पत्र कम भएपछि उनीहरुलाई फोटो कपी गरेर दिएको थियो। फोटो कपी गर्दा लागेको समय थप गरेर परीक्षा लिएको जनाएको छ।
यता सीटीइभीटीका प्रतिनिधीका रुपमा आएका वाहिय् सुरिवेक्षक भोला राय यादव र सुजित रायले भने माथि कुरा भईसकेको छ। हामी मुचुल्का उठाएर पठाउँदै छौं। सवैथोक उत्तैबाट हुने भन्दै थप प्रतिकृया दिन चाहेनन्।
हामीले एउटाको प्रश्नपत्र अर्कै विद्यार्थीकोमा कसरी गयो? भन्ने प्रश्नमा सीटीइभीटीका प्रतिनिधी दुवैजनाले हामीले माथि मिलाई सकेका छौं, अव केही गर्नु पर्दैन भन्दै थप प्रतिकृया दिन चाहेनन्।
उनीहरुले हामी यहाँबाट मुचुल्का उठाएर पठाउँदै छौं, सवै ठिक भईहाल्छ भन्ने प्रतिकृया दिए।
जिल्लाको जनता माध्यमिका विद्यालय, धनगढीमाई ५ तीनकोनी, जय गोविन्द साह टेक्निकल इन्सिच्युट गोलबजार, सरस्ती माध्यमिक विद्यालय गोलबजार ३ सहित ४ वटा विद्यालयको यस परीक्षा केन्द्रमा परीक्षा भईरहेको छ।न्युज कारखाना
महोत्तरी, ४ असार
सर्पको राजधानी भनेर चिनिने बर्दिवास नगरपालिका-३ मा शर्पदंशको नि:शुल्क उपचार गरिने भएको छ।
सर्पले डसेमा वडा नम्बर ३ का नागरिकको नि:शुल्क उपचार गरिने वडाध्यक्ष बिराट विष्टले बताए।
सोमबार गौरिडाडास्थित सर्पदंश उपचार केन्द्रमा आयोजित एक कार्यक्रममा बोल्दै वडाध्यक्ष विष्टले पैसा अभावमा कोही नगरवासी उपचारबाट बन्चित नहुने उनले बताए। सोही कार्यक्रममा पारम्भिक चरणमा ३० हजार बराबरको औषधि र स्वास्थ्य सामाग्रीसमेत वितरण गरिएको छ
वडावासीको चाहना बमोजिम सर्पदंश उपचार नि:शुल्क गरिएको उन्को भनाई छ । सर्पदंश उपचार केन्द्रका अध्यक्ष कृष्ण देवकोटाले अध्यक्ष विष्टले गरेको निर्णय निक्कै सकारात्मक भएको बताउँदै अन्य वडाले पनि यसबाट सिक्नुपर्ने धारणा राखे।
वडा नम्बर ३ मा मात्र झण्डै १३ हजार मानिस बसोबास गर्छन् ।न्युज कारखाना
रौतहट, ३ असार । रौतहटको बजारमा विषादी प्रयोग गरी पकाइएको आँप छ्यापछ्याप्ती बिक्री भइरहेका छन् । मानव स्वास्थ्यका लागि हानिकारक रासायनिक पदार्थ (कार्वाइड) हालेर पकाइएको आँप यहाँको प्रत्येक बजारमा खुलेआम बिक्री वितरण भइरहेको हो ।
सरोकारवाला निकायले बेवास्ता गर्दा जिल्लाको गौर,गरुडा,चन्द्रनिगाहपुर,कटहरिया,शिवनगर लगायतका प्रत्येक बजारमा समय अगावै औषधि हालेर पकाइएको आँप व्यापारीले महँगो मूल्यमा बिक्री गरिरहेका छन् ।
यसरी विभिन्न विषादी प्रयोग गरेर पकाइएका आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकोले खरिद नगर्न तथा खानसमेत नहुने स्वास्थ्यकर्मीहरू बताउँछन् ।
चन्द्रनिगाहपुर चोकको विभिन्न घुम्ती पसलमा बिक्रीका लागि विषादी प्रयोग गरिएका आंँप राखिएका छन् । आँंपमा विषादी हालेर पकाइने गरेकोले सावधानी अपनाउन पनि स्वास्थ्यकर्मीहरुको सुझाव छ । सिम्स हस्पिटलका प्रमुख डा. रामकिशोर साहले हानिकारक रसायन हालेर पकाएको आँप खादा मानिसलाई रिङ्गटा लाग्ने, वाकवाकी आउने, पेट पोल्ने र झाडापखाला हुने तथा शरीरमा विभिन्न समस्या आउन सक्ने बताए ।
विभिन्न किसिमका विषादी प्रयोग गरी पकाएको आँप लगायत अन्य फलफूल सेवन गर्दा स्वास्थ्य बिग्रने उनको भनाई छ । जिल्लाको चन्द्रनिगाहपुर, गरुडा तथा गौर क्षेत्रमा कार्बाइड अत्यधिक प्रयोग गरिएको आँप निर्बाध बिक्री वितरण गरिएको भएपनि त्यसको रोकथामतर्फ हालसम्म स्थानीय तह तथा प्रशासनले कुनै पहल नगरेको उपभोक्ता हित संरक्षण मञ्च रौतहटका अध्यक्ष टीका घिमिरेले बताए । उनले मानव स्वास्थ्यमा खेलबाड हुने गरी विषादी प्रयोग गरिएको आँप बिक्री वितरण तुरुन्त रोक्न पनि माग गरेका छन् ।
चिकित्सकहरुले विषादी प्रयोग गरेको आँप खाँदा दीर्घकालीन रुपमा मानसिक रोग, टाउको दुख्ने, अनिद्रा, स्मरण शक्तिमा ह्रास, मस्तिष्क, आँखा र मिर्गौलामा असर पर्न सक्ने भन्दै सचेत गराउदै आएका छन् । न्युज कारखाना
हेटौँडा | बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट ल्याएको छ, जुन चालु आर्थिक वर्षको तुलनामा १ अर्ब ८४ करोड रुपैयाँ बढी हो। शनिबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बजेटले प्रदेशको समग्र विकासमा दीर्घकालीन प्रभाव पार्ने बताए ।
कुल बजेटमध्ये चालू खर्चतर्फ २६ अर्ब १० करोड १६ लाख रुपैयाँ, पुँजीगत खर्चतर्फ ३६ अर्ब ९३ करोड ८७ लाख रुपैयाँ, र वित्तीय व्यवस्थापनतर्फ १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ। यसले चालूतर्फ ४०.४४ प्रतिशत, पुँजीगततर्फ ५७.२३ प्रतिशत, र वित्तीय व्यवस्थापनतर्फ २.३२ प्रतिशत बजेट छुट्याएको छ।
आगामी आर्थिक वर्षको खर्च बेहोर्ने स्रोतमध्ये कर राजस्वबाट २७ अर्ब ३८ करोड ५७ लाख रुपैयाँ, अन्य राजस्वबाट ६ अर्ब ५१ करोड रुपैयाँ, सङ्घीय वित्तीय हस्तान्तरणबाट १५ अर्ब ५७ करोड ६५ लाख रुपैयाँ, चालू आर्थिक वर्षको अनुमानित सञ्चित कोषको बचत र अन्य प्राप्तिबाट १४ अर्ब ८६ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
यस बजेटमा विभिन्न मन्त्रालयहरूलाई प्राथमिकता र आवश्यकताअनुसार रकम विनियोजन गरिएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयलाई सबैभन्दा बढी २२ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरिएको छ, जसले प्रदेशको यातायात र संरचना विकासमा महत्वपूर्ण योगदान दिनेछ। यस बजेटले प्रदेशको समग्र विकासमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई २ अर्ब ६२ करोड रुपैयाँ विनियोजन गरिएको छ, जसले कृषि उत्पादन वृद्धि र कृषकहरूको जीवनस्तर सुधारमा मद्दत पुर्याउनेछ।
संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयलाई २ अर्ब ४६ करोड रुपैयाँ बजेट छुट्याइएको छ, जसले पर्यटन प्रवर्द्धन र सांस्कृतिक धरोहरको संरक्षणमा योगदान दिनेछ। उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयलाई ७२ करोड रुपैयाँ विनियोजन गरिएको छ, जसले उद्योग र व्यापारको प्रवर्द्धनमा सहयोग पुर्याउनेछ।
वन तथा वातावरण मन्त्रालयलाई ३ अर्ब २१ करोड रुपैयाँ र श्रम, रोजगार तथा यातायात मन्त्रालयलाई ९३ करोड रुपैयाँ बजेट प्रदान गरिएको छ। स्वास्थ्य मन्त्रालयलाई ४ अर्ब ८ करोड रुपैयाँ र सामाजिक विकास मन्त्रालयलाई ३ अर्ब ९१ करोड रुपैयाँ विनियोजन गरिएको छ, जसले स्वास्थ्य सेवा सुधार र सामाजिक सुरक्षामा महत्वपूर्ण योगदान दिनेछ।
युवा तथा खेलकुद मन्त्रालयलाई ७४ करोड रुपैयाँ, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयलाई ६ अर्ब ९३ करोड रुपैयाँ, आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई ४४ करोड रुपैयाँ, आर्थिक मामिला तथा योजना मन्त्रालयलाई २४ करोड २ लाख रुपैयाँ, र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई ५० करोड ६४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
बजेटमा प्रमुख प्राथमिकता शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, तथा स्थानीय विकासमा दिइएको छ। प्रदेश सरकारले संघीयताको मर्मलाई आत्मसात गर्दै आर्थिक गतिविधिहरूमा वृद्धि र स्थानीय तहको सशक्तिकरणमा जोड दिएको छ। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा प्रदेशको कुल गाह्रस्थ्य उत्पादन (GDP) वृद्धि गर्न विभिन्न कार्यक्रमहरूको घोषणा गरेको छ। विशेष गरी, साना तथा मझौला उद्यमहरूको विकास, कृषि क्षेत्रको सशक्तिकरण, र पर्यटन प्रवर्द्धनमा बजेट विनियोजन गरिएको छ। यसबाट थप रोजगार सृजना हुने र राजस्व परिचालनमा सकरात्मक प्रभाव पर्ने आशा गरिएको छ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकारको प्रमुख ध्यान केन्द्रित छ। शिक्षा क्षेत्रलाई व्यवस्थित गर्न र गुणस्तरीय शिक्षा प्रदान गर्न विभिन्न योजना तथा कार्यक्रमहरू सञ्चालनमा ल्याइने जनाईएको छ । स्वास्थ्य क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा पहुँच सुधार गर्न, नयाँ अस्पतालहरूको निर्माण र विद्यमान स्वास्थ्य संस्थाहरूको स्तरोन्नति गरिने योजना सरकारले ल्याएको छ ।
कृषि क्षेत्रको सुदृढीकरणका लागि सिँचाइ सुविधा विस्तार, साना सिँचाइ आयोजनाहरूको निर्माण, र कृषकलाई प्रोत्साहन अनुदानमा बजेट विनियोजन गरिएको र दुग्धजन्य उत्पादनहरूको निर्यात प्रवर्द्धन गर्न आवश्यक बजेट व्यवस्था गरिएको आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बताए ।
पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि विभिन्न पर्यटकीय स्थलहरूको विकास, पयर्टक आकर्षण बढाउन रोड शो, मेला, र महोत्सव आयोजना गरिनेछ। यसले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा योगदान आमन्त्री जगन्नाथ थपलियाले बताए ।
सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बृद्धभत्ता, अपांगता भत्ता, र अन्य सामाजिक सुरक्षा योजनाहरूलाई निरन्तरता बताउदै विभिन्न जातजाति, भाषा, संस्कृतिका सम्पदाहरूको संरक्षण र विकासमा बजेट विनियोसले समावेशी विकासलाई टेवा पुर्याउने मन्त्री जगन्नाथ थपलियाले बताए ।
बजेटले बागमती प्रदेशको आर्थिक, सामाजिक, र सांस्कृतिक क्षेत्रमा दीर्घकालीन प्रभाव पार्नेछ। यद्यपि, बजेट कार्यान्वयनमा देखापर्न सक्ने प्रशासनिक र आर्थिक चुनौतीहरूलाई मध्यनजर गर्दै, सरकारलाई प्रभावकारी अनुगमन र समन्वयको आवश्यकता पर्न सक्छ। कुल मिलाएर, बजेटले प्रदेशको दिगो विकास र समृद्धिको मार्गमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।न्युज कारखाना
हेटौँडा |
हेटौँडा उपमहानगरपालिकादेखी मकवानपुर बहुमुखी क्याम्पससम्म अहिले ठूलो संख्यामा ट्रकहरूको लस्कर देखिएको छ ।
बकैयाबाट माटो ओसारेर ल्याइरहेका ट्रकहरूलाई हेटौँडा उपमहानगरपालिकाको नगर प्रहरीले नियन्त्रणमा लिएको जनाईएको छ।
नगर प्रहरीका अनुसार, ती ट्रकहरूले आवश्यक कर तिरेको प्रमाण पेश गर्न नसकेकाले नियन्त्रणमा लिइएको हो। साथै, ओसारिएको माटोमा रेडियोधर्मी तत्व युरेनियम मिसिएको हुनसक्ने आशङ्का पनि व्यक्त गरिएको छ ।