२०८३ बैशाख ११
२०८३ बैशाख ११

आरके श्रीवास्तव,राैतहट,२३ गते कार्तिक 

तराई मधेसकाे लोकआस्थाको पर्व छठकाे आज उदाउँदो  सूर्यलाई अर्घ दिई छठ पर्व समापन भएको छ ।

मंगलबार देखि श्रद्धा र निष्ठापूर्वक मनाइने पर्व छठ व्रत शुरु भएको थियोे । व्रत विधिअनुसार मंगलबार पहिलो दिन बर्तालुले ‘नहाय–खाय’ विधि सम्पन्न गरेका थिए ।

 

कात्तिक शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ सम्पन्न गरिने छठपर्व यसपालि मंगलबार देखि शुरु भएको थियो । सूर्यदेवको उपासना गरिने यो पर्वमा पहिलो अर्थात् चौथी तिथिका दिन बर्तालुले हातगोडाका नङ काटेर पवित्र स्नान गर्दै चोखोनितो खाएर व्रत सङ्कल्प गर्दछन् । यसलाई मधेसमा ‘नहाय–खाय’ भनिन्छ ।

त्यसैगरी दोस्रो दिन पञ्चमी तिथिका दिन बर्तालुले दिनभरि निराहार व्रत उपासना गरेर राति सक्खर हालेर पकाइएको अरवा चामलको खिरमात्र इष्टदेवलाई चढाएर परिवारजनसहित प्रसादस्वरुप खानेछन् । दोस्रो दिनको यो विधिलाई मधेसमा ‘खरना’ भनिन्छ । पर्वको मुख्य दिन षष्ठी तिथिका दिन बर्तालुले निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा बनाइएको घाटमा स्नान गर्दै सूर्यदेवलाई अर्घ दिएका थिए ।

 

यसक्रममा ठेकुवा,कसार अन्य मिष्ठान्न परिकार, केरा, दहीसहितका सामग्री सूर्यलाई देखाइन्छ । यो विधिलाई ‘सझिया अरख’ भनिन्छ । षष्ठीको रात सूर्यदेव र षष्ठीमाता को आराधना गर्दै घाटमै रात बिताउने चलन छ ।

 

पर्वको अन्तिम अर्थात् आज सप्तमी तिथिका दिन पानीमा खडा भएर सूर्यदेवलाई चाँडै देखिन पुकारा गर्दै बर्तालुले गीत गाएका थिए । सूर्य देखिनासाथ अघिल्लो साँझ अर्घ देखाइएका सामग्री उदाउँदाे सूर्यलाई देखाउँदै दोस्रो अर्घ दिएपछि पर्व विधिवत सम्पन्न भएको छ । मधेसमा आज अन्तिम दिनको विधिलाई ‘भोरवा अरख’ वा ‘पारन’ भनिन्छ । याे सँगै छठ पर्व समापन भएको छ ।

आरके श्रीवास्तव,राैतहट,२२ गते कार्तिक 

तराई मधेसकाे लोकआस्थाको पर्व छठकाे आज मुख्य दिन अस्तउँदाे सूर्यलाई अर्घ दिई छठ पर्व मनाइदैछ ।

मंगलबार देखि श्रद्धा र निष्ठापूर्वक मनाइने पर्व छठ व्रत शुरु भएको थियोे । व्रत विधिअनुसार मंगलबार पहिलो दिन बर्तालुले ‘नहाय–खाय’ विधि सम्पन्न गरेका थिए ।

कात्तिक शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ सम्पन्न गरिने छठपर्व यसपालि मंगलबार देखि शुरु भएको थियो । सूर्यदेवको उपासना गरिने यो पर्वमा पहिलो अर्थात् चौथी तिथिका दिन बर्तालुले हातगोडाका नङ काटेर पवित्र स्नान गर्दै चोखोनितो खाएर व्रत सङ्कल्प गर्दछन् । यसलाई मधेसमा ‘नहाय–खाय’ भनिन्छ ।

 

त्यसैगरी दोस्रो दिन पञ्चमी तिथिका दिन बर्तालुले दिनभरि निराहार व्रत उपासना गरेर राति सक्खर हालेर पकाइएको अरवा चामलको खिरमात्र इष्टदेवलाई चढाएर परिवारजनसहित प्रसादस्वरुप खानेछन् । दोस्रो दिनको यो विधिलाई मधेसमा ‘खरना’ भनिन्छ । पर्वको मुख्य दिन आज षष्ठी तिथिका दिन बर्तालुले निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा बनाइएको घाटमा स्नान गर्दै सूर्यदेवलाई अर्घ दिदैछन् ।

 

यसक्रममा ठेकुवा,कसार अन्य मिष्ठान्न परिकार, केरा, दहीसहितका सामग्री सूर्यलाई देखाइन्छ । यो विधिलाई ‘सझिया अरख’ भनिन्छ । षष्ठीको रात सूर्यदेव र षष्ठीमाता को आराधना गर्दै घाटमै रात बिताउने चलन छ ।

 

पर्वको अन्तिम अर्थात् सप्तमी तिथिका दिन पानीमा खडा भएर सूर्यदेवलाई चाँडै देखिन पुकारा गर्दै बर्तालुले गीत गाउँछन् । सूर्य देखिनासाथ अघिल्लो साँझ अर्घ देखाइएका सामग्री उदाउँदाे सूर्यलाई देखाउँदै दोस्रो अर्घ दिएपछि पर्व विधिवत सम्पन्न गरिन्छ । मधेसमा अन्तिम दिनको विधिलाई ‘भोरवा अरख’ वा ‘पारन’ भनिन्छ । याे सँगै छठ पर्व समापन हुन्छ ।


सञ्जय साह मित्र,२२ गते कार्तिक । 

पहिले साठी धानको बिना कोही छठको कल्पना गर्दैनथे तर अहिले यो आलंकारिक हुन थालेको छ । यद्यपि ग्रामीण क्षेत्रमा भने साठी धानको खोजी अझै पनि गरिन्छ । पहिले साठी धानप्रति मानिसमा छठसँग जोडिएर नै श्रद्धा उम्रेको देखिन्थ्यो ।
सुथनी र अरुवा हराइ नै सके । कसैले खोजी गरेको पाइँदैन । करिब पाँच दशक पहिलेसम्म छठ पबनीमा अनिवार्य आवश्यकता थिए यिनीहरु । हेर्दाहेर्दै गागलनिमो÷गागरनिमो वा भोगटेको चलन लोप नै भइसक्यो । अझै निबुआको उपयोग छठ पबनीमा भइरहेको छ ।
छठको एउटा विशाल सुन्दरता थियो घाटमा दन्ड दिनुपर्ने । सायदै कोही युवा हुन्थे जो दन्ड दिँदैनथे । आजभोलि यो पनि आलंकारिक मात्र हुन गएको छ । अत्यन्त कम मानिसले यो गरेको देखिन्छ ।
याद गर्नुभएको होला, पहिले पाँचओटा दतिवन (दतुवन) बाँड्ने चलन थियो । विशेष गरी बालक तथा किशोरहरुले आँपको दतुवन व्रतालुहरुकहाँ बाँड्ने गर्दथे । अहिले यो चलन छ कि हरायो ?
गुन्डी अर्थात् चंगा कतै उडाइन्छ होला तर यो छठ पर्वको एउटा बालसुलभ सौन्दर्य थियो । बालबालिकाहरुले हाथमा गुन्डी लिएर छठघाटमा उडाएको रमाइलो आज पूर्णतः एन्ड्रोइड मोबाइलमा परिवर्तन भइसकेको छ । कसरी नयाँले पुरानोलाई विस्थापित गर्दो रहेछ त ?
छठमा सबैले सम्भव भएसम्म नयाँ लगाएर जान्थे तर परम्परागत पहिरन हुन्थ्यो । अहिले आधुनिक जमानाको छठ भइसक्यो । सम्भव भएसम्मको देखावटी पहिरन छठमा हुन्छ । लाग्दछ, पश्चिमा संस्कृतिको प्रभाव परिरहेको छ । सुटमा ठाँटिएकाहरु धेरै हुन्छन् ।
कामनामा पनि बदलाव आएको हो ? पहिले मुख्यतः दुई कामना हुन्थे – सन्तान प्राप्ति र चर्मरोग निवारण । अहिले अन्य कामना पनि बढेर गएको पाइएको छ । अर्थात्, छठपर्वको कामनामा पनि विस्तार भएको छ । लोकआस्थाको महापर्व हो, आस्था र कामनाको अदभुत समन्वय भएको देखिन्छ । यसको विस्तार निकै हार्दिक पक्ष हो ।
पचास वर्ष पहिले कात्तिकमा यो छठ मनाइँदा पबनइतिनभन्दा दर्शक नै बढी हुन्थे । हरेक वर्ष यो उद्भवस्थलमा पनि विस्तार भइरहेको छ । दुबोले जस्तै यसले बलियो सम्बन्ध माटोसित गाँसेको छ । सम्बन्धको बलियोपनाले यो पर्व बलियो हुँदै आजभोलि कात्तिकमा जस्तै चैतमा पनि अत्यन्त धुमधामका साथ मनाइन थालिएको छ । यद्यपि पहिले पनि चैतमा मान्नेहरु थिए तर चैतमा मान्नेहरुले मनौती अर्थात् भाकलअनुसार तोकिएको वर्ष छठ मान्ने गर्दथे तर आजभोलि यो निरन्तरताझैँ हुन गएको छ कात्तिमा जस्तै ।
साँच्चिकै छठको प्रियता निरन्तर विस्तार भइरहेको छ । हाम्रा पूर्वजहरुले यस संस्कृतिलाई परिपालन गरेर हामीलाई गर्व गर्ने बाटो विस्तार गरिदिनु भएको छ ।
गोधनको दिन संकल्प लिने, भोलिपल्ट बिराउने, तेस्रो दिन नहाखाएके, चौथो दिन खरना, पाँचौ दिन सँझियाघाटे र छैटौँ दिन पारन हुने छठ पबनी हाम्रो यथार्थमा लोकसंस्कृति हो । दश दिनको दशैँ भएजस्तै छ दिनको यो छठ हो ।

 

उत्तम कुमार उपाध्याय ,रौतहट १६ कार्तिक।

फैसला कार्वान्यन गर्ने अभियान अन्तर्गत रौतहट प्रहरीले लामो समय देखि फरार रहेका ११ जना प्रतिवादीलाई पक्राउ गरेको छ भने अबैध कपडा सहीत एकजना तस्कर पक्राउ परेका छन्।

जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय सहितको निकायबाट दण्ड जरिबाना रोकिएर फरार रहेका ११  जना प्रतिवादी लाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा आगजनी मुद्दामा संलग्न कटहरिया नगरपालिका ५ का प्रभु साह कलवार लगायत बिभिन्न मुद्दाका ११ जना फरार प्रतिवादी पक्राउ परेका हुन्।

कटहरिया ५ का गुदु भन्ने रामेश्वर यादव,गौर ५ रामाकृत गुप्ता, ईशनाथ ५ का शेख तुफानी, राजदेवी ७ का हरिशंकर यादव, माधव नारायण ५ का अमरदेव यादव, गढीमाई ३ का जैबुल खातुन, वृन्दावन ८ का रामेश्वर साह, सत्य नारायण साह, साविक सखुवा धमौरा ७ का गेनालाल साह रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन्।

उनीहरू बाट जरिवाना असुल तथा कारवाहीको लागि जिल्ला अदालत गौर र जिल्ला प्रशासन कार्यालय गौरमा बिहीवार उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ। पछिल्लो समय रौतहट प्रहरीले फरार प्रतिवादी पक्राउ गर्ने अभियान चलाएको छ।

रौतहट प्रहरीले भन्सार छलीको कपडा सहित एकजना मानिस लाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय तथा मातहतका युनिटबाट गएको गस्ती टोलीले गौर चन्दरनिगाहपुर सडकखण्ड बमनहर चौकमा अबैध कपडा सहित गरुडा नगरपालिका ८ जिङडियाका ५० बर्षीय दिनेश साह कानु लाई बिहीवार पक्राउ गरेको हो।

भारतीय बजारबाट विआर ०५ ए एक्स २६१९ नम्बरको स्कुटरमा १ लाख २६ हजार ६०० रुपैयाँको कपडा ल्याउँदै गरेको अवस्थामा प्रहरी टोलीले  कानु लाई पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दिपक कुमार रायले बताएका छन्। पक्राउ परेका कानु लाई बरामद कपडा र स्कुटर सहित आवश्यक कार्वाहीको लागी जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ। यसैबीच बुधवार तस्करहरुले बिभिन्न नाका हुँदै भित्र्याएको १ लाख ५५ हजार मूल्य बराबरको बिभिन्न किसिमका अबैध भारतीय सामान प्रहरीले बरामद गरी आवशयक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको थियो।

आरके श्रीवास्तव,राैतहट,१६ गते । 
रौतहट । रौतहटको गढीमाई नगरपालिका वार्ड नंं ६ सिंगारवनको आर्दश आधारभुत विद्यालयमा पहिला पटक बज्जिका भाषामा  वक्कतृत्वकला प्रतियोगता सम्पन्न भएको छ । बज्जिका विकास केन्द्र नेपाल गढीमाई ६ सिंगारवनद्वारा संचालित बज्जिका एफ. एम. ९९.४ मेगाहर्ज माधावनारायण वार्ड नं. ६ माधोपुरको आयोजना सम्पन्न हाजिरी जवाफ तथा वक्कतृत्वकला प्रतियोगता भव्य रुपमा सम्पन्न भएको हो ।
सम्पन्न हाजिरी जवाफ प्रतियोगितामा अन्मोल यादवको नेतृत्वमा रहेको काली समुहका अभिषेक यादव, विभा यादव,रंजित यादव, निखिल यादल लगायतले प्रथम, सुनिल यादवको नेतृत्वमा रहेको सरस्वती समहुका अर्चना यादव, अनिश यादव, अनोज यादव र अमित यादव लगायतले दोश्रो र कृष यादवको नेतृत्वमा रहेको जग्दम्वा समहुका घनश्याम ठाकुर, मदन यादव, विजय यादव लगायतले तेश्रो स्थान प्राप्त गरेका थिए । प्रतियोगितामा गाउँका कक्षा ८ देखि १२ कक्षा सम्म अध्ययनरत बालबालिकाहरुको ६ ओटा समुह सहभागी रहेको थियो भन्ने प्रत्येक समुहमा ५ जना सहभागीहरु थिए ।
त्यस्तै बज्जिका भाषाको वक्कतृत्वकला प्रतियोगितामा सहभागी १२ जानामा प्रथम अभिषेक यादव, दोश्रो अनिष यादव र काजल यादवले तेश्रो स्थान हासिल गरेको थिए ।

कार्यक्रम बज्जिका एफ.एम.का प्रवन्धक दिनेश यादव संगमको अध्यक्षता तथा आर्दश आविका प्रधानाध्यापक केदार यादव, मा वि विरनगराका प्रधानाध्यापक मुकेश यादव, आईविए स्कुल गौरका प्रधानाध्यपक संतोष पौडेलको विशेष उपस्थिति रहेको थियो भन्ने कार्यक्रमलाई संचालन उच्च मावि गरुडा तथा सिंगारवन वासी शिक्षक शिवशंकर झा, शिक्षक भाग्यनाराण यादवले गर्नु भएको थियो ।
कार्यक्रममा रौतहट टुडेका जितेन्द्र दास, पत्रकार ओमप्रकाश यादव बज्जिका एफ एमका अध्यक्ष राहुल कुमार पाण्डेय रेड टिभिका चंचन पटेल, राजन झा लगायत गाउँका रामविनय यादव, श्याम सुन्दर यादव, राजनारायण यादव लगायतका समाजसेवी आमनागरिकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
आयोजकले विजेताहरुलाई मेडल सहित पुस्कारी वितरण गरेको हो । यस्ता कार्यक्रमले बालबालिकाहरु भित्रको प्रतिभा प्रदर्शन गर्न आत्मबलमा मदत पुग्ने सहभागीहरुको भन्नाई रहेको थियो ।

आरके श्रीवास्तव,रौतहट,०३ गते कार्तिक ।
रौतहटमा अहिले जनता समाजवादी पार्टी नेपालले आफनो संगठन विस्तारको कामलाइ तिव्रता दिएको छ । जिल्लाको चर्चित बजार कटहरियामा आज जसपाको नगर कमिटि गठन गरिएको छ ।
जसपा नेपालले आधारभूत संगठन निर्माण कार्यक्रम अन्तर्गत शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो । शनिबार आयोजित विस्तारित बैठक, शुभकामना आदानप्रदान तथा नगर कमिटि गठन कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य चुल्हाइ राय यादवले जानकारी गराएका हुन् ।
कार्यक्रमको प्रमुख अतिथीको रुपमा जसपा नेपालका केन्द्रिय उपाध्यक्ष गोविन्द चौधरी रहनु भएको थियो । शनिवार भएको कार्यक्रममा रामसेवक राय यादवको अध्यक्षतामा ३१ सदसीय नगर कमिटि नगठ गरिएको हो ।


कार्यक्रममा वक्ताहरुले भेलालाई सम्बोधन गर्दे अव युवाहरुको समस्या र आवश्यकता जनता समाजवादीले पुरा गर्ने बताए । जनता समाजवादी पार्टीले सबै लाई एकतावद्ध बनाएर बढेको बताएका छन् ।
त्यस्तै उनीहरुले जनताको साझा चौतारीको रुपमा जसपा नेपालको रहेको भन्दै यसमा कोही छुट्न नहुने उल्लेख समेत गरेका छन् ।
सो अवसरमा जसपाका केन्द्रिय सदस्य एवम् गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल चौधरी,रामाअश्रेय चौधरी लगायत प्रदेश एवम् जिल्ला कार्य समितिका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको यियो ।

आरके श्रीवास्तव,रौतहट,०३ गते कार्तिक ।
रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ४ मा नेकपा एमाले बाट निर्वाचित वडा अध्यक्ष चन्दन कुशवाहालाइ आज सम्मान गरिएको छ । कटहरिया नगरपालिकाको वडा नम्बर २ जमुनिया बजारमा आयोजित एक कार्यक्रममा उनलाइ सम्मान गरिएको हो ।
सामाजिक हित र कल्याणका निम्ति निस्वार्थ रुपले समर्पित भएको भन्दै सोको उच्च कदर गर्दै वडा अध्यक्ष कुशवाहालाइ सम्मान गरिएको हो । नेपाल युवा लिग डेभलपमेन्ट सेन्टरको आयोजना लायन्स क्लब अफ चन्द्रपुर , लायन्स क्लब अफ काठमाडौं मिथिला सिटीको सहकार्यमा उनलाइ सम्मान गरिएको हो ।


लायन्स क्लब चन्द्रपुरका अध्यक्ष वसीम अख्तर र नेपाल युवालिग डेभलपमेन्ट सेन्टरका अध्यक्ष रिजवान बढईले संयुक्त रूपमा वडा अध्यक्ष कुशवाहा लाई सम्मानपत्र बाट सम्मानित गरिएको हो ।
नेकपा एमालेका यूवा नेता कुशवाहा कटहरिया नगरपालिका वडा नम्बर ४ को वडा अध्यक्षको रुपमा दुइचोटी निर्वाचित भएका हुन् । २०७४ र २०७९ को स्थानीय निर्वाचनमा उनी वडा अध्यक्षको रुपमा निर्वाचित भएका थिए । निर्वाचित भएदेखि नै उनी सधै सामाजिक काममा सक्रिय रहँदै आएका हुन् । उनी जनता माझ सधैं नै पुग्ने गर्दछन् । त्यसकै मूल्यांकन गरी उनी आज सम्मानित हुन पुगेका हुन् ।
अहिले कटहरिया नगरपालिकामा जहाँ पनि आगामी चुनाव २०८४ को चर्चा हुँदा चन्दन कुशवाहाको पनि सन्दर्भ आउन थालेको स्थानीय युवाहरु बताउँछन् । उनलाइ धेरैले आगामी चुनावमा नगर प्रमुखको उम्मेदवारको रुपमा हेर्न चाहेका छन् ।

 

आरके श्रीवास्तव,राैतहट,०२ गते कार्तिक । 

रौतहटको गढीमाई नगरपालिका ८ मा यही मंसिरमा चुनाव हुँदैछ । वडाध्यक्षको लागि हुने चुनावको चहलपहल सुरु भइसकेको छ । विभिन्न पार्टीहरु आफ्नै किसिमले सक्रिय बनेका छन् ।

यसै क्रममा जसपा नेपालले पनि आधारभूत संगठन निर्माण कार्यक्रमअन्तर्गत शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार आयोजित विस्तारित बैठक, शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको जनता समाजवादी पार्टी नेपाल राैतहटका जिल्ला अध्यक्ष श्याम बिहारी प्रसाद यादवले जानकारी गराएका हुन् ।

स्थानीय युवा नेता सन्देश यादवले विशेष पहल गरी कार्यक्रमलाई भव्य बनाएका छन् । युवा नेता सन्देश यादव आफूलाई एक अब्बल दाबेदारको रुपमा पनि प्रस्तुत गर्न चाहेका छन् । यादवकै पहलमा कार्यक्रममा  नेकपा एमाले तथा नेकपा माओवादी पार्टी परित्याग गरी करिब तिन सय जना जसपा नेपालमा प्रवेश गरेका छन् । सन्देश यादवका साथै गजेन्द्र यादव, सर्वजीत राम र योगेन्द्र यादवले नेतृत्व गरिरहेका छन् ।

गढीमाई ८ मा चुनावको बिगुल बजिसकेको माहोल बनेको छ । जहाँ पनि चुनावको चर्चा हुँदा सन्देश यादवको पनि सन्दर्भ आउन थालेको स्थानीय युवाहरु बताउँछन् ।

आरके श्रीवास्तव,राैतहट,२८ गते असाेज । 

राैतहटकाे माधवनारायणकाे खडकी रजवारामा जनता समाजवादी नेपालकाे वडा कमिटी गठन भएको छ । जसपा  नेपालको अधारभुत संगठन निर्माण कार्यक्रम अन्तर्गत साे कमिटी गठन गरिएको छ ।   जसपा नेपाल माधवनरायण नगर कमिटीको आयोजनामा वाड नम्बर ८ खडकी रजवारामा संगठन निर्माण कार्यक्रम तथा शुभकामना आदानप्रदान र वाड कमिटी गठन गरिएको हाे ।

विनोद यादवको अध्यक्षतामा  २१ सदस्यीय वाड कमिटी गठन गरिएकाे जसपा नेपालका जिल्ला अध्यक्ष श्याम बिहारी प्रसाद यादवले जानकारी गराएका हुन् । गठित कमिटीकाे उपाध्यक्षमा भाग्यनरायण कुशवाहा,राम नारायण बैठा रहेका छन् ।  त्यस्तै सचिवमा बिजय बैठा,सह सचिवमा मुकेश दास, विरेन्द्र राय,काेषाध्यक्षमा घुरनि देविलाई चयन गरिएको हाे ।  त्यसैगरी सदस्यहरूमा मकर दास,धुपा राय,जय लाल दास,            मुटु सहनी,छोटे दास,राम अयोध्या राय,अछेलाल महतो, बिजुलि साह,भोजेन्द्र महतो,उमेश राय,जुगुल बैठा,बच्चु राय  , बिन्देश्वर दास, मुकेश महतो रहेका छन् ।

आरके श्रीवास्तव,रौतहट,२८ गते असोज ।

रौतहटमा लागु औषध सहित मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ बस्ने बर्ष २६ को मनोज राइ रहेका छन् ।

शुक्रवार अस्थायी प्रहरी पोष्ट बसपार्क रौतहट गौरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनलाइ पक्राउ गरेको हो ।No description available.

जिल्ला सदरमुकाम गौर नगरपालिका वडा नम्बर ८ बसपार्क स्थित रहेको सार्वजनिक सडक खण्डमा शंकास्पद अवस्थामा हिडडुल गरी रहेका राईलाई चेकजाँच गर्दा उनले लगाएको खैरो रङ्गको कटन जिन्स पाईन्ट भित्र दाँया तिघ्रा, बाँया तिघ्रा र बाँया पिडौलामा प्लास्टिक टेपले बेरी लुकाई छिपाई गरी राखेको लागु औषध बरामद भएको छ ।Open photo

उनको साथबाट डाईजेपाम ३० एम्पुल, प्रोमेथाजाईन ३० एम्पुल र बुप्रोनाईफाइन ३० एम्पुल जम्मा ९० रहेको छ । पक्राउ परेका राईलाई लागू औषध मुद्दामा अनुसन्धान कार्य भईरहेको व्यहोरा जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।