आरके श्रीवास्तव,रौतहट,२३ गते माघ २०८१ ।
राैतहटकाे फतुवा बिजयपुर नगरपालिकामा आजदेखि एचपिभी खाेप अभियान सञ्चालन भएको स्वास्थ्य संयाेजक रमेश प्रसाद यादवले जानकारी गराएका हुन् । फतुवा बिजयपुर नगरपालिकामा पनि एचपिभि खोप अभियान सुरू भएको छ ।

मंगलबार देशैभरी विश्व क्यान्सर दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’अभियान सञ्चालन गरिसकेको छ ।

सरस्वती पुजाकाे कारण एक दिन ढिलाे गरि माघ २३ गते अर्थात् आजदेखि फतुवा बिजयपुर नगरपालिका सहित राैतहटकाे १८ वटै पालिकामा याे एचपिभी खाेप अभियान सञ्चालन भईरहेकाे छ ।

मावि बिजयपुरमा एचपिभी खाेप अभियानकाे उदघाटनसत्र कार्यक्रम राखिएको थियो । उदघाटन सत्र कार्यक्रममा बाेल्दै फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष राकेश यादव उर्फ पप्पुले एचपिभी खाेप सबै किशोरीलाई अनिवार्य लगाउन आग्रह गरेका छन् । स्वास्थ्य मन्त्रालयकाे याे अभियानकाे सराहना गर्दै उनले पाठेघरकाे मुखकाे क्यान्सरबाट बच्न याे खाेप अनिवार्य रूपमा लगाउन सबै आ-आफनाे तर्फ बाट प्रचारप्रसार गरि खाेप लगाउन उत्साहित गर्नुपर्नेमा जाेड दिए ।
फतुवा बिजयपुर नगरपालिका भरिका १० देखि १४ वर्ष मुनिका २ हजार ३ सय ८० किशोरीलाई एचपिभी खाेप दिँदैछ ।
आरके श्रीवास्तव,राैतहट,२४ गते माघ २०८१ ।
छाेराकाे उत्कृष्ट कार्यबाट आमाबुबा समुदाय द्वारा सम्मानित भएका छन् । राैतहटकाे फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ११ स्थित रहेको श्री आधारभूत बिद्यालयका प्रधानाध्यापक बिजय कुमार कुशवाहाकाे आमाबुबालाई सरस्वती पुजाकाे दिन आयाेजित एक कार्यक्रमका बिच समुदायले नै सम्मान गरेको छ ।

प्रधानाध्यापककाे जिम्मेवारी सम्हालेकाे करिब दुई वर्ष भित्रै २५ जना बिद्यार्थी बाट बढार २ सय जना पुर्याएकाे र भाैतीक अवस्थामा पनि उल्लेखनीय सुधार गरेकाे भन्दै अभिभावक उनीप्रति हाैसिएका हुन् ।

साथै बिद्यालयमा सुन्दर सरस्वती माताकाे मन्दिर स्थापना गराई बिद्यालयलाई पालिकामै शुन्दर र उत्कृष्ट आधारभूत बिद्यालय बनाउन सफल भएकाेले सम्पूर्ण अभिभावक,समाजसेवी,शिक्षाप्रेमी जनप्रतिनिधिहरूले प्रधानाध्यापक कुशवाहाकाे कार्यबाट खुशी र संतुष्ट भई उनकाे बुवा चन्द्रदेव कुशवाहा र आमा अन्हिया देवी कुशवाहालाई दाेसल्ला र खादा सहित फूलमाला लगाएर उच्च सम्मान गरेका हुन् ।

प्रधानाध्यापक कुशवाहाकाे उदाहरणीय कार्यबाट प्रभावित भई पालिका भरिकै शिक्षक,कर्मचारी,जनप्रतिनिधि, शिक्षाप्रेमी,समाजसेवी लगायत सम्बन्धित सम्पूर्ण समुदाय खुशी भएको साे बिद्यालयका बिद्यालय व्यवस्थापन समिति अध्यक्ष सिताराम चाैधरीकाे भनाइ छ ।

प्रधानाध्यापक कुशवाहाकाे आमाबुबाले सम्मान ग्रहण गरेपछि कुशवाहा अत्यन्त भावुक भएका थिए । भावुक भएर कुशवाहाले संक्षिप्त मन्तव्य राख्दै भने – विद्यालयलाई अझ बढी प्रगतिकाे बाटाेमा लैजाने प्रतिबद्धता जाहेर गरेका थिए ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,२३ गते माघ २०८१
राैतहट । रौतहटको मौलापुर नगरपालिका स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पतौरा पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गर्न माग गरिएको छ । मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहले पतरौ पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गर्न सरकारसंग गरेकी छन् ।

मधानी महायज्ञको बारेमा जानकारी गराउँनका लागि आज मौलापुरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो माग गरेकी हुन् । पतौरा स्थित महादेव मन्दिर एवं महायज्ञ सरकारले वेवास्ता गरेको गुनासो समेत उनले गरिन् ।

‘पतौरा स्थित पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गर्न सरकारसंग हाम्रो जोडदार माग गर्दछौं । यो धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गर्न सरकारले ध्यान देओस,’ मेयर साहले भनिन्, ‘यो पुरातात्विक मन्दिरको उत्खननको केन्द्र सरकारले गरिरहेको छ तर उसको काम ठिक छैन् । कहिले खन्ने कहिले छोड्ने काम गरेर बर्बाद गर्दैछ । सही तरिकाले काम गर्न हामी सरकारसंग आग्रह समेत गर्न चाहन्छौं ।’

मधानी महायज्ञ प्राचिन यज्ञ भएको बताउदै उनले यहाँ ब्राह्मण बिना नै मन्त्रको जप हुने गरेको बताईन् । आउँदो फागुन ११ गतेदेखी सुरु हुन लागेको मधानी महायज्ञ पाँच दिनसम्म चल्ने छ ।

मेयर साहका अनुसार ११ फागुनमा उदघाटन समारोह, १२ फागुनमा शिव वारात यात्रा, १३ गते मधानी विशेष पुजा समारोह, १४ गते मधानी विशेष सांस्कृतिक समारोह र १५ गते मधानी विशेष दंगल कार्यक्रम रहेको छ ।

‘यो मन्दिर नेपाल सरकारको १०० वटा प्रमुख पर्यटकीय गन्तव्यमा समावेस भईसकेको छ । हजारौं बर्ष पुरानो प्राचिन ईतिहास बोकेको पुरातात्विक महादेव मन्दिरको अनौठो किसिमको महिमा र विशेषता छ । यहाँ गरिने भगवान शिवको पुजा अनुष्ठान पनि विश्वकै एक पृथक एवं मौलिक शैलिको रहेको छ,’ मेयर साहले भनिन्, ‘यस धर्तिमा लोक एवं मौलिक शैलिमा गरिने भगवान शिव पार्वतिको वैवाहिक उत्सवको रुपमा मनाइने धार्मिक अनुष्ठान मधानी हो । जसलाई यस धर्ति र क्षेत्रको विशेष अनुपम शिव अनुष्ठानको रुपमा लिईन्छ ।’

मधानी महायज्ञ आम जनता पार्टी (आजपा)का अध्यक्ष, संघीय सांसद तथा पूर्वमन्त्री प्रभु साहको प्रमुख आतिथ्यमा हुने आयोजकले जनाएको छ । यस अघि महायज्ञमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी देखी लिएर पशुपतिनाथका मुल भट्ट पुजारीद्धारा बिधिपुर्वक पुजा आराधना भएको थियो । प्रत्येक बर्ष बिभिन्न बिशिष्ट व्यक्तित्वको सहभागिता हुदै आएको छ ।
यस बर्षको मधानी महायज्ञमा नेपाल र भारतका चर्चिक कलाकारहरुको समेत सहभागिता हुदैछ । हिन्दी, भोजपुरी सिने जगतका चर्चित कलाकार एवं सांसद रवि किशन, भोजपुरी सिने जगतका लेखक, निर्माता तथा विधायक बिनय बिहारी, भोजपुरीका चर्चित गायक एवं अभिनेता रितेश पाण्डेको महायज्ञमा विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ ।
यसैगरी महायज्ञमा मिंटुवा भोजपुरीया (कलाकार), सुनील पंडित (गायक), अनु चौधरी (गायिका), सदाम हुसेन (कलाकार), रचना सिवाकोटी ( कलाकार), रुद्र नारायण तिवारी (गायक), प्रीति आर्या पासवान (कलाकार), प्रिया सुहानी (कलाकार), रोसनी राज (कलाकार), सरिता साह (कलाकार), अर्जुन बीसी (कलाकार), मनीषा राई (कलाकार), मोनालिसा सहितका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कलाकारहरु सहभागिता हुदैछ ।
मधानी महायज्ञको तयारीका लागि बिभिन्न समितिहरु गठन गरी तिब्रगतिमा काम भईरहेको छ ।
आरके श्रीवास्तव,रौतहट,२३ गते माघ २०८१ ।
राैतहटकाे कटहरिया नगरपालिकामा आजदेखि सञ्चालन हुने एचपिभी खाेप अभियानकाे सम्पूर्ण तयारी पूरा भएको स्वास्थ्य संयाेजक दिनेश प्रसाद यादवले जानकारी गराएका हुन् । कटहरिया नगरपालिकामा पनि एचपिभि खोप अभियान आजदेखि सुरू हुँदैछ । जसकाे लागि सम्पूर्ण तयारी पूरा भएको स्वास्थ्य संयाेजक यादवले जानकारी गराउनु भएको हाे ।

मंगलबार देशैभरी विश्व क्यान्सर दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’अभियान सञ्चालन गरिसकेको छ ।

सरस्वती पुजाकाे कारण एक दिन ढिलाे गरि माघ २३ गते अर्थात् आजदेखि कटहरिया नगरपालिका सहित राैतहटकाे १८ वटै पालिकामा याे एचपिभी खाेप अभियान सञ्चालन हुन गईरहेकाे छ ।

कटहरियामा आज दिउँसो एचपिभी खाेप अभियानकाे उदघाटनसत्र पनि राखिएको संयाेजक यादवले बताएका छन् । स्वास्थ्य संयाेजक यादवका अनुसार कटहरिया नगरपालिका भरिका १० देखि १४ वर्ष मुनिका २ हजार ४ सय १३ किशोरीलाई एचपिभी खाेप दिँदैछ । यसबाट काेही पनि बञ्चित हुन नहुने यादवकाे भनाइ छ ।

लक्ष्यमा ९० प्रतिशत अनिवार्य खोप लगाउनुु पर्ने भएकोले सम्पूर्ण कटहरिया नगरवासी लाई खाेप बाट बञ्चित हुन नदिन सबैलाई सहयोग गर्न आग्रह समेत गरेका छन् । औसतमा प्रत्येक दिन ४ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सरबाट मृत्य हुने गरेको भन्ने अनुमान गरिएकोले बेलैमा सचेत हुनुपर्ने उनकाे आग्रह छ ।

आरके श्रीवास्तव,रौतहट,२३ गते माघ २०८१ ।
रौतहटको फतुवा बिजयपुर नगरपालिकामा एचपिभि खोप अभियान आजदेखि सुरू हुँदैछ । जसकाे लागि सम्पूर्ण तयारी पूरा भएको स्वास्थ्य संयाेजक रमेश प्रसाद यादवले जानकारी गराउनु भएको हाे ।

मंगलबार देशैभरी विश्व क्यान्सर दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’अभियान सञ्चालन गरिसकेको छ ।

बसन्त पञ्चमी सरस्वती पुजाकाे कारण एक दिन ढिलाे माघ २३ गते अर्थात् आजदेखि फतुवा बिजयपुर सहित राैतहटकाे १८ वटै पालिकामा याे एचपिभी खाेप अभियान सञ्चालन हुन गईरहेकाे छ ।

फतुवा बिजयपुरमा आज दिउँसो एचपिभी खाेप अभियानकाे उदघाटनसत्र पनि राखिएको संयाेजक यादवले बताएका छन् । स्वास्थ्य संयाेजक यादवका अनुसार फतुवा बिजयपुर नगरपालिका भरिका १० देखि १४ वर्ष मुनिका २ हजार ३ सय ८० किशोरीलाई एचपिभी खाेप दिँदैछ । यसबाट काेही पनि बञ्चित हुन नहुने यादवकाे भनाइ छ ।


लक्ष्यमा ९० प्रतिशत अनिवार्य खोप लगाउनुु पर्ने भएकोले सम्पूर्ण फतुवा बिजयपुर नगरवासी लाई खाेप बाट बञ्चित हुन नदिन सबैलाई सहयोग गर्न आग्रह समेत गरेका छन् । औसतमा प्रत्येक दिन ४ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सरबाट मृत्य हुने गरेको भन्ने अनुमान गरिएकोले बेलैमा सचेत हुनुपर्ने उनकाे जाेड छ ।

आरके श्रीवास्तव,राैतहट,२२ गते माघ ।
राैतहटकाे वृन्दावन नगरपालिकाकाे ७ मा रहेको श्री रूपा नेपाली पाल माध्यमिक बिद्यालयमा सरस्वती मन्दिर निर्माणका लागि नगर प्रमुख बिनाेद प्रसाद कुर्मी र वडा अध्यक्ष जगरनाथ प्रसाद भेडिहरले संयुक्तरूपमा प्रतिबद्धता जनाएका छन् ।

साेमबार वसन्त पञ्चमी(सरस्वती पुजा)काे अवसरमा आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै वहाँहरू आ-आफ्नो प्रतिबद्धता जाहेर गरेका हुन् । नगर प्रमुख कुर्मीले बिद्यालयमा अधुरो रहेको भवन प्लास्टर,रंगरोगन,झ्यालढाेका निर्माणका लागि नगरबाट रू २५ लाख तथा सरस्वती मन्दिर निर्माणका लागि रू ५ लाख सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको प्रधानाध्यापक धर्मेन्द्र कुमार सिंहले जानकारी गराउनु भएको हाे ।

उक्त कार्यक्रममा बाेल्दै मेयर कुर्मीले शिक्षककाे लगन,मिहिनेत,प्रयत्नले बिद्यालयकाे प्रगति प्रति खुशी व्यक्त गर्दै शिक्षक कर्मचारी वृत्तिकालागि रू ५१ हजार पुरस्कार प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयाे ।

साथै कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष जगरनाथ प्रसाद भेडिहरले सरस्वती मन्दिर निर्माणका लागि वडाबाट रू १ लाख ११ हजार सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

साेही क्रममा मेयर कुर्मीले संघिय सरकारबाट नगरपालिका मार्फत प्राप्त अनुदानबाट बिद्यालयमा निर्मित विज्ञान प्रयाेगशालाकाे उदघाटन,बालबालिकाकाे अक्षरारम्भ,नव निर्मित शिक्षक कर्मचारीकाे कक्ष र प्रधानाध्यापककाे कक्षकाे अवलाेकन गर्नु ।
उक्त कार्यक्रम सम्पन्न गर्न बिद्यालयकाे निमन्त्रणा स्विकार गरि आईदिनु हुने सम्पूर्ण प्रति प्रधानाध्यापक सिंहले जानकारी गराएका हुन् ।
रौतहट ,२०८१ माघ २१– वृन्दावन नगरपालिकाका कार्यपालिका सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघ, नेपाल, रौतहटका अध्यक्ष राजेश पासवान (निर्माणी) विरुद्ध लगाइएको झूटा मुद्दाको विरोध गर्दै देशै भरिको विभिन्न दलित संघ-संगठनहरुले घोर भर्त्सना गरेको छ।
भर्त्सना तथा विरोधको क्रममा राष्ट्रिय दलित आयोग काठमाडौं ,दलित विकास समिति मधेस प्रदेश,दलित सरोकार मञ्च,राष्ट्रिय पत्रकार संघ नेपाल काठमाडौं र विभिन्न जिल्ला शाखाहरु,मधेसी दलित गैर सरकारी संस्था महासंघ काठमाडौं, दलित सामुदायिक विकास केन्द्र नेपाल,रौतहट लगायत दर्जनौं संघ संस्थाले विज्ञप्ति जारी गर्दै घोर भर्त्सना गरेको छ।
जारी भएको प्रेस विज्ञप्तिहरुमा जातीय भेदभावविरुद्ध संघर्षरत एक अभियन्तामाथि झूटा आरोप लगाएर फसाउन खोजिएको गम्भीर षड्यन्त्र भएको उल्लेख गरिएको छ।

बहुभाषिक,बहुजातीय,बहुधार्मिक र समावेशी प्रतिनिधित्व भएको धर्म निर्पेक्ष सार्वभौमसत्ता देश नेपालमा,नेपालको संविधान २०७२ को बमोजिम यहाँ सबै भासी र धर्मावलम्बीको सम्मान अधिकार रहेको तथा संविधान बमोजिम आफ्ना काम कर्तव्य गर्नुपर्ने व्यवस्था हुदा पनि रौतहट जिल्लाको वृन्दावन नगरपालिकाको कार्यपालिका सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघ नेपाल रौतहटको जिल्ला अध्यक्ष समेत रहेका राजेश पासवान (निर्माणी) माथि लगाइएको झुठा मुदा गम्भीर सड्यन्त्रको संकेत हो।समाज भइरहेको जातीय भेदभाव विरुद्ध न्यायको लागि लडिरहेका एक दलित युवा अभियन्ता र समाजसेवीलाई यसरी एकतर्फी रुपमा झुठा आरोप लगाई मुद्दा दर्ता गरिनु दु:खद रहेको विज्ञप्तिहरुमा उल्लेख छ।।
२०८० सालको छठ पर्वमा राजेश पासवानमाथि भएको जातीय दुर्व्यवहार र आक्रमणका दोषीहरू अझै पनि कानूनी कारबाहीबाहिर रहेका बेला, उनीहरूकै दबाबमा प्रहरीले पीडितलाई नै अपराधी बनाउन खोजेको सरोकार मञ्चले जनाएको छ। गत २०८१ मंसिर १६ गते वृन्दावन ८, बहुअरी गाउँमा पोखरी विवादका क्रममा पुनः आक्रमणमा परेका पासवानमाथि झूटा मुद्दा लगाइनु गम्भीर अन्याय भएको दलित अगुवाहरूको भनाइ छ।
प्रहरी भूमिकामाथि प्रश्न, निष्पक्ष छानबिनको माग गर्दै संघ-संगठनहरुले प्रहरी प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै झूटा मुद्दा तत्काल खारेज गर्न माग गरेको छ। साथै, जातीय भेदभाव तथा छुवाछूत मुद्दाका दोषीहरूलाई कानूनी कठघरामा ल्याई कडाभन्दा कडा सजाय दिनुपर्ने माग गरिएको छ।
विज्ञप्तिमा न्याय सुनिश्चित नभएमा दलित समुदाय र मानव अधिकारकर्मीहरू सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी दिइएको छ। साथै, सम्पूर्ण न्यायप्रेमी नागरिक, अधिकारकर्मी, सामाजिक अभियन्ता तथा सरोकारवालाहरूसँग ऐक्यबद्धता जनाउन आह्वान गरिएको छ।
दुईदिन अघि सामाजिक सञ्जाल मार्फत एउटा भिडियो सार्वजनिक भएको थियो। भिडियोमा हाल मुदालय बनेर झुठा मुदा दर्ता गराएका पसिन्द्र महतोले, पासवानको जाति स्तर देखाउदै भनेको छ,म त त्यो दुसदालाई टार्गेटमा राखेको छु र उलाई मार्न गएको थिए,तर त्यो दुसदालाई बचाउन केही व्यक्तिहरु आएर मलाई हस्तक्षेप गरिरहेको थिए त्यसैले म त्यो दुसदा र उनको बचावमा आउने सबै लाई कुट पिट गर्दा गर्दै मेरो हात आफै भांचेको हो, भनेर बोलेको भिडियो प्रष्ट संग हेर्न र सुन्न सकिन्छ ।
आरके श्रीवास्तव,रौतहट,२१ गते माघ ।
प्रत्येक वर्ष झै यस वर्ष पनि रौतहटमा देशकै सबभन्दा ठुलो काठको फर्निचर मेला आज साेमबार देखी शुरु भएको छ ।

श्रीपञ्चमीको अवसरमा नेपाल विश्वकर्मा बजार समिति र नेपाल विश्वकर्मा लाेहार संघकाे आयोजनामा जिल्लाको मध्य भाग जयनगरमा काठको ठुलो फर्निचर मेला लागेको हो ।

गरुडा नगरपालिका–१ जयनगरमा प्रत्येक वर्ष श्रीपञ्चमी देखी शुरु भई झण्डै दुई महिना सम्म लागदै आएको फर्निचर मेला यस वर्ष पनि लागेको नेपाल विश्वकर्मा लाेहार संघका अध्यक्ष विवेक शर्माले जानकारी गराएका छन् ।

रौतहटको ग्रामीण क्षेत्र जयनगरमा लागेको फर्निचर मेला सम्भवतः देशकै ठूलो ग्रामीण फर्निचर मेला हो ।
मेलामा घरायसी प्रयोजनका साथै कृषिसित सम्बन्धित विभिन्न फर्निचर र फलामका विभिन्न सामग्री बिक्रीका लागि राखिएको छ ।
मेलामा रौतहट, सर्लाही, महोतरी, बारा, पर्सा लगाएत जिल्लाका फर्निचर व्यवसायीहरुले अत्याधिक मात्रामा फर्निचर र फलामका सामग्रि बिक्रीका लागि ल्याएका छन् ।
पलङ, डाइनिङ सेट, कुर्सी, खाट, खटिया, चारपाई, बे्रन्च, ढोका, टेबल, ड्रेसिङ टेबल, झ्याल, दराज, बालबालिकाका खेलौनालगायत घरायसी प्रयोजनका करीब सबै काठका फर्निचर सामग्रि मेलामा ल्याइएको छ भने फलामको कोदालो, हँसिया, कुटो, बञ्चरो, खुकुरी लगातका सामग्री पनि बिक्रीका लागि राखिएको छ ।
मेलामा फर्निचर आउने क्रम अझै जारी नै रहेको छ ।
मेलामा देशको विभन्न ठाउँका साथै भारत विहारबाट पनि आएर कतिपयले आफना घरायसी प्रयोजनका लागि फर्निचर किनिरहेका छन भने कतिपयले खरिद बिक्रीका लागि पनि फर्निचरका सामग्रीहरु किनिरहेको देखिएको छ ।
हरेक वर्ष फर्निचर मेलामा व्यापार बढ्दै जाँदा फर्निचर व्यवसायी पनि उत्साहित हुदै गएका छन् ।
अनुमानित पाँच सयभन्दा बढी व्यवसायीले हरेक वर्ष मेलामा फर्निचर ल्याउने गरेका छन् । मेलामा फर्निचर सस्तो पाउने गरेका कारण हरेक वर्ष व्यापार बढ्दै गएको छ ।
अन्य ठाउँमा सामान किनेको भन्दा जयनगर फर्निचर मेलामा २५ प्रतिशतभन्दा बढी सस्तो हुने गरेको पाइएको छ । आफ्नै काठ र आफैले फर्निचर बनाउने हुनाले तुलनात्मकरूपमा फर्निचर सस्तो हुने गरेको व्यवसायीहरू बताउँछन् ।
मेलाबाट देशका विभिन्न भागका साथै भारततर्फ पनि फर्निचर लैजाने गरिएको छ । मुख्य गरी बिहेमा दाइजो दिनेहरूका लागि फर्निचर मेला पहिलो रोजाइ हुने गरेको छ भने सस्तो रोज्नेहरूले पनि मेलाबाटै फर्निचर लैजाने गरेका छन् ।
यो मेलामा बिक्री गर्नको लागि विश्वकर्मा लोहार जातीले २/३ महिना अघिदेखी नै फर्निचरका सामग्रीहरु बनाउने कार्य शुरु गर्ने गर्छन ।
अहोरात सम्म खटेर मिहनतका साथै लोहार जातीले बनाएको फर्निचरका सामग्री अहिले मेलामा ल्याएर बिक्री गरेर राम्रो आम्दानि गर्ने गर्छन् ।
हरेक वर्ष मेलाको विस्तार भइरहेकोले मेलालाई थप व्यवस्थित पार्ने प्रयास भइरहेको समितिको भनाइ छ ।
मेलाबाट नेपालको रौतहट, सर्लाही, बारा, पर्सा, धनुषा, काठमाडौँ, पोखरा, विराटनगर, जनकपुर र भारतको बिहार प्रान्तका सीतामढी, पूर्वी चम्पारण, मुजफ्फरपुर र पटनासम्म फर्निचर जाने गरेको मेला समितिले जनाएको छ ।
गत वर्षको तुलनामा यस वर्ष फर्निचर व्यावसायीको संख्या बढेको र अवलोकनकर्ताको संख्यासमेत बढ्ने देखिएको पूर्व अनुमान गरिएको छ ।
२०६५ सालदेखी नै प्रत्येक वर्ष लाग्दै आइरहेको मेलाको प्रत्येक वर्ष विस्तार हुँदै गएकोले कारोवार पनि बढदै गएको अध्यक्ष शर्माले बताए । याे मेला प्रसिद्ध धार्मिक स्थल शिवनगरमा वि.स.२०२५ सालदेखि लाग्दै आएकोमा पछि आएर जयनगरमा लाग्दै आएको छ ।
यातायातको सुविधा भएको र तुलनात्मकरुपमा फर्निचर सस्तो पर्ने हुनाले धेरै ग्राहकले जयनगरको फर्निचर मेलाबाट लाभ उठाइरहेको शर्माको दाबी छ ।
दिपेन्द्र रजक,राैतहट,२१ गते माघ ।
राैतहट । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका -६ पेटभर्वामा रहेको श्री माध्यमिक विद्यालयको प्राङ्गणमा नवनिर्मित सरस्वति मन्दिरको उद्घाटन एवम सरस्वति मूर्तिको प्राणप्रतिष्ठा गरिएको छ । आज सोमबार सरस्वती पूजाको अवसर पारेर विद्यालयको प्राङ्गणमा नवनिर्मित सरस्वति मन्दिरको वडा न ६ को वडा अध्यक्ष रामएकवाल राय यादव उद्घाटन गरे पछि आजैको दिन बिधिपुर्वक सरस्वति मूर्तिको प्राणप्रतिष्ठा पनि गरिएको छ । बिधालयको प्रधानाध्यापक रामकिशोर यादवको विशेष सक्रियतामा श्री माध्यमिक विद्यालय पेटभर्वामा बिभिन्न शीर्षक बाट आएको करिब ५ लाखको लागतमा नवनिर्मित सरस्वती मन्दिर बनेको बिधालय ब्यवस्थापन समितिको अध्यक्ष प्रतिमा देवी यादवले जानकारी दिइन् ।
विद्यालयले स्थापना गरिएको मन्दिरमा वडा स्तरीय बजेट बाट एक लाखको लागतमा मुर्ति ल्याएर विधिपूर्वक प्राणप्रतिष्ण गरिएको बिधालयको शिक्षक मोतिलाल यादव जानकारी दिएका छ्न। सो अवसरमा बिधालय ब्यवस्थापन समितिको अध्यक्ष प्रतिमा देवी यादव, वडा सदस्य रुदल साह कानु , पूर्व बिधालय व्यवस्थापन समितिको अध्यक्ष हरदेव राय यादव, अजय यादव , राकेश यादव ,सञ्चारकर्मी, गाउँको अभिभावक, शिक्षक शिक्षिका तथा विद्यार्थीहरुको सहभागीता थियो ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,२१ गते माघ २०८१ ।
तराई वैदेशिक रोजगार व्यवसायी फाेरमकाे आज बसेको बैठक बाट सर्वसम्मत हृदयनारायण दासकाे अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति पुर्नगठन गरिएको छ।

कार्यसमितिको प्रथम उपाध्यक्षमा संजय चौधरी,द्वितीय उपाध्यक्षमा खातुन राईन,तृतीय उपाध्यक्षमा निर्मल राय आमात,महासचिवमा बिरेन्द्र कुमार यादब, सचिवमा हाकिम राय,कोषाध्यक्षमा अंजु कुमारी रहेका छन् ।

त्यस्तै सदस्यहरूमा उपेन्द्र शाह, दिगम्बर ठाकुर ,शिवहरी गाेइत, मंजु कार्की , मोहम्मद मंमताज मिया,मोहम्मद असरफ अलि शाहा चयन हुनु भएको छ ।

नव निर्वाचित अध्यक्ष हृदयनारायण दासकाे नेतृत्वमा याे फाेरमले व्यवसायीहरूको हक हितका लागि प्रभावकारी कार्य गर्दै उल्लेखनीय उपलब्धि हासिल गर्ने अपेक्षा गरिएको छ ।

त्यसैगरी बैठकले ४ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । जसमा सितल प्रसाद यादव,माे. जैलुन राईन,रविन्द्र यादव र हिरालाल शाह रहका छन् ।