२०८३ बैशाख ९
२०८३ बैशाख ९

आरके श्रीवास्तव,राैतहट,०६ गते फागुन ।

राैतहटकाे चन्द्रनिगापुरस्थित होटल हिमालयनमा प्रेस चौतारी नेपाल रौतहट शाखाको ८ औं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा अशाेक पहाडीलाई चयन गरेको हाे । अधिवेशनबाट उपाध्यक्षमा कृष्णा तिवारी,महिला उपाध्यक्षमा मन्जु मान्नधर,काेषाध्यक्षमा अशाेक यादवलाई चयन गरिएको हाे ।

त्यस्तै सचिवमा दाेस्राे पटक मुकेश कुमार साहलाई नै निरन्तरता दिइएको हाे । सह सचिवमा राकेश यादव र सह सचिव समावेशीमा दिपेन्द्र रजकलाई चयन गरिएको हाे ।

अधिवेशनमा चौतारीका केन्द्रीय अध्यक्ष बस्नेतसँगै नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज अजयकुमार गुप्ता, केन्द्रीय सदस्य उद्धव रेग्मी, समाजवादी प्रेस संगठनका पूर्वकेन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी,संगठनका पूर्व महासचिव रामकुमार ऐलन लगायतको उपस्थिति रहेको थियो ।

अधिवेशनमा  एमालेका जिल्ला अध्यक्ष सच्चिदानन्द साह, उपाध्यक्ष बाबुराम दाहाल,जिल्ला सचिव रुपेश पटेल, एमाले चन्द्रपुरका अध्यक्ष शिव आचार्य, भूमि आयोग रौतहटका अध्यक्ष अखिलेशवर चौधरी, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष सञ्जय कार्की, पत्रकारहरू केसी लामिछाने, शिव पुरी, रवीन्द्र साह लगायतले आ-आफनाे शुभकामना मन्तव्य राखेका थिए ।

 

आरके श्रीवास्तव,राैतहट,०६ गते फागुन ।
राैतहटकाे ग्रामीण भेगमा माेटरसाईकिल आतंक बढेकाे छ । आज यसकै नमूनाकाे झझल्को दिनेगरी एउटा घटना घटेको छ । जिल्लाकाे वृन्दावन नगरपालिका वडा नम्बर ८ बहुअरीमा चारजना सवार माेटरसाईकलकाे ठक्कर बाट एकजना गम्भीर घाईते भएका छन् ।

दुईवटा अलगअलग माेटरसाईकिलमा गरि आठजना सवार भई ध्वनि आतंक मचाइरहेका थिए । बहुअरी स्थित दलित टाेलमा ती दुईवटा माेटरसाईकिलमा सवार भएकाहरूले माेटरसाईकलकाे अस्वभाविक आवाज निकालि तीन पटक ओहोरदोहोर गरेका थिए ।
ओहोरदोहोर गर्ने क्रममा मंगलबार बेलुकी ६ बजेर ५० मिनेटमा दुई माेटरसाईकिल मध्ये ना ५६ प ९८२५ नम्बर प्लेट भएकाे हाेण्डा साईन माेटरसाईकलकाे ठक्करबाट आफनै घरअगाडी उभिएर रहेका स्थानीय महिन्द्र हजराकाे छाेरा ओमप्रकाश हजरा गम्भीर घाईते भएका छन् ।

उनको उपचार गरूडा स्थित एक निजि अस्पतालमा भईरहेकाे पारिवारिक स्राेतले जानकारी गराएको हाे । साे माेटरसाईकिलमा सवार ४ जना मध्ये चालक सचिन साह,अनिल साह,मुना यादव,रोहित कुमार यादव रहेको प्रत्यक्षदर्शी वृन्दावन नगरपालिकाका कार्यपालिका सदस्य राजेश पासवानले जानकारी गराएका हुन् ।

माेटरसाईकल छाेडी चारैजना फरार भएका छन् । स्थानीयहरूले बाईकलाई आफनाे नियन्त्रणमा लिई प्रहरी चाैकी बिर्ताकाे जिम्मा लगाएका छन् । अर्काे बाईक एसपि साइनमा सवार चारजना रत्नेश यादव, निराेज यादव,चन्दन पाल,रन्जेश यादव बाईक सहित फरार भएको उनको भनाइ छ । दुवै गाडिमा सवारहरूले हुटिङ्गहरू गर्दै र सिटि बजाउँदै माेटरसाईकिल चलाईरहेका थिए । यसरी माेटरसाईकल आतंक मच्चाउनेहरूमाथि हदैसम्मकाे कार्यवाही गर्न स्थानीयहरूले प्रहरी प्रशासन सँग माग गरेका छन् ।

चन्दन यादव, रौतहट, ०५ गते फागुन ।
रौतहटको जिल्ला अदालतबाट सजाय पाएपछि फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेका छन् । २०८१ फागुन ३ गते शनिवारका दिन जिल्लाको सम्मानित जिल्ला अदालतबाट सजाय पाएपछि फरार रहेका थिए ।
उक्त फरार प्रतिवादीहरुलाई कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले खोज तलास तथा पक्राउ गरी आवश्यक कारवाहीका लागी जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको हो । पक्राउ पर्ने प्रतिवादीहरुमा जम्मा १३ जना रहेका छन् ।
उक्त प्रतिवादीहरु लालउती महतो उनले अपराध गाली बेईज्जती, शान्ती देवी अपराध अदालतको अवहेलना जरिवाना रु.५० रहेको प्रहरीले बताएका हुन । त्यस्तै जगरनाथ मुखिया अपराध लेनदेन जरिवाना रु.५०, सन्तलाल मुखिया अपराध लेनदेन जरिवाना रु.५० रहेको प्रहरीले जानकारी गराएको हो ।
त्यसैगरी अर्काे अपराधी अनिल मिश्र रहेको छ, उसले लेनदेन अपराध गरेको हो, तथा जरिवाना रु.५० रहेको प्रहरीले निकालेको विज्ञप्तीमा उल्लेख रहेको छ । त्यस्तै अर्काे अपराधी शकुन्ती देवी अपराध गाली बेईज्जती जरिवाना रु.२५, रामचन्द्र हजरा दुसाद अपराध जालसाजी रु.२५, हिमा कुमारी यादव अपराध नाता कायम जरिवाना शुल्क रु.५० रहेको प्रहरीले जनाएको हो ।

त्यसैगरी अर्काे अपराधी गर्भलाल प्रघा अपराध नाता कायम जस्को जरिवाना शुल्क रु.१५० रहेको हो । तथा सिया देवी यादव अपराध किर्ते जालसाजी जरिवाना रु.२० रहेको हो । अर्काे अपराधीहरु रूना कुमारी महतो, मन्जु देवी सहनी यि दुबै जनाको अपराध शिर्षक सम्बन्ध बिच्छेद जस्मा एक जनाको जरिवाना रु.५० र अर्को एक जनाको रु.१० रहेको प्रहरीले बताएको हो ।

अन्तिम अपराधी दिला देव रहेकी छिन उहाँले कुटपिट जस्ता अपराध गरेकी हुन उहांको जरिवाना शुल्क रु. ७५ रहेको प्रहरी नायव उपरीक्षक र प्रवक्ता तथा सूचना अधिकारी दिपक कुमार रायले जनाएको हो ।

प्रेमचन्द्र झा,राैतहट,फाल्गुन ०४ गते

राैतहट । कृषि क्वरेन्टाईनकाे अभावमा गाैर भन्सारबाट समान भित्रयाउन व्यापारीलाई असहज हुने गरेका छन।यस भन्सार कार्यालयका कर्मचारीलाई सधै भरी काम दिनका लागि पनि कृषि क्वरेन्टाईन आवश्यक रहेको गाैर भन्सार प्रमुख अमरेन्द्र सिहले बताए । पछिल्लो छ महिनामा काेयला तथा टायल्स मार्बल सहितको अन्य निर्माण सामग्रीकाे आयात भई रहेकाले लक्ष्य भन्दा बढी नै राज्शव संकलन भएको प्रमुख सिहले बताए । गाैरमा भन्सार कार्यालय २०३३ सालमा स्थापना भएको हो । गाैरको तुलनामा २०३७ सालमा स्थापना भएको मलंगवा भन्सार कार्यालयमा कृषि कवरेन्टाईन छ तर गाैरमा यसको आवश्यकता हुदा हुदै पनि किन नभई रहेकोमा राैतहट ऊधोग वाणिज्य संघका अध्यक्ष पण्डित प्रसाद जयसवालले आश्चर्य प्रकट गरेका छन । । आफुहरु यसका लागि सर्व दलिय सर्वपक्षीय भेला गरेर सम्बन्धित निकायसंग माग गरेपनि हाल सम्म सुनुवाई नभएकोमा अध्यक्ष जयसवालले दुख व्यक्त गरे । क्वरेन्टाईनका लागि आवश्यक पर्ने भाैतिक संरचना लगायत हरेक सहयोग गर्न तयार रहेको उनले बताए । बिरगंज र मलंगवा भन्सारको तुलनामा भारतको सितामढी ,मुजफ्फरपुर,मोतिहारी,सिमान, चकिया, बेतियाबाट समान ल्याउन गाैर भन्सार नाका छोटो तथा कम भिडभाडको बाटो भएर छिटो छरितो ढंगले समान आयात गर्न सकिने गाैर भन्सारका ईजाजत प्राप्त एजेन्ट काैशल साह कानुले बताए । कृषि कवरेन्टाईनको अभावमा हामी पनि बेरोजगार भएको उनले बताए । काम बढाउन र राजश्व बढाउन

आलु ,प्याज ,धान ,चमाल,मकै,दाल,फास्ट फुड र पलानट संग रिलेटेड आईट आयात हुन नसकेको ऐजेन्ट साहले बताए ।
कृषि मन्त्रालयमा पटक पटक आग्रह गर्दा कुनै सुनुवाई नभएको कारण कवरेन्टाईन स्थापना हुन नसकेको हो ।

क्वरेन्टाईनकालाई आवश्यक सबै संरचना पुगेका छन । यसैगरी गौर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको छ । कार्यालयले साउनदेखि पुससम्म १४ करोड ६७ लाख ५५ हजार राजस्व सङ्कलन गर्न सफल भएको गौर भन्सार कार्यालयका प्रमुख सिंहले जानकारी दिएका हुन् ।

भन्सार विभागले आव २०८१/८२ का लागि ३५ करोड ४३ लाख ७८ हजार राजस्व सङ्कलनको लक्ष्य दिएकामा पुस मसान्तसम्ममा १४ करोड ६७ लाख ५५ हजार सङ्कलन गरेको उनले बताए । यो साउनदेखि पुससम्मको लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन भएको प्रमुख सिंहले जानकारी दिए ।भन्सार प्रमुख सिंहका अनुसार, यो छ महिनामा सबैभन्दा बढी पुसमा तीन करोड ४७ लाख १४ हजार सङ्कलन भएको छ । यो महिना लक्ष्य भन्दा १७ प्रतिशत बढी रकम राजस्व सङ्कलन भयो । यस वर्ष गौर भन्सार कार्यालयले विभागले दिएको लक्ष्य भेट्टाउने किसिमले काम गरिरहेका छन ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,०४ गते फागुन । 
रौतहट । राजपुर नगरपालिकाकाे सराेकारवालाहरुसंग लैंङ्गिक हिंसा न्यूनीकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
नेपाल इस्लामिक रिलिफ, इस्लामिक रिलिफ क्यानडा, र आरडीसी नेपालको संयुक्त सहकार्यमा लैंङ्गिक हिंसा न्यूनीकरण परियोजनासम्बन्धी विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम रौतहट जिल्लाको सदरमुकाम गौर स्थित होटल सिया प्यालेसको सभा हलमा आयोजना गरिएको थियो।
उक्त कार्यक्रममा राजपुर नगरपालिकाका उप–प्रमुख सहित योजना शाखा, स्वास्थ्य शाखा, शिक्षा शाखाका प्रतिनिधिहरू, पत्रकारहरू तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। लैंङ्गिक हिंसा न्यूनीकरणका लागि प्रभावकारी रणनीति तयार पार्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रममा नगरपालिकाका ३५ जना जनप्रतिनिधि तथा कर्मचारी सहभागी भएका थिए।

लैंङ्गिक हिंसा हाल नेपालमा गम्भीर सामाजिक समस्या बनेको छ। यस समस्याको न्यूनीकरणका लागि स्थानीय तहमा विभिन्न पहलहरू आवश्यक रहेकाे परियाेजना अधिकृत धर्मेन्द्र कुमार साहले बताउनु भयाे । यही सन्दर्भमा, इस्लामिक रिलिफ, इस्लामिक रिलिफ क्यानडा, र आरडीसी नेपालले संयुक्त रूपमा परियोजना सञ्चालन गर्ने निर्णय गरेका थिए।
कार्यक्रमको मुख्य उद्देश्य समुदायमा लैंङ्गिक हिंसाबारे जनचेतना फैलाउने, हिंसाका घटनाहरू न्यूनीकरण गर्न नगरपालिकाको भूमिका बढाउने, र पीडितहरूलाई आवश्यक सेवा तथा सहयोग उपलब्ध गराउने विषयमा छलफल गरिएकाे थियो।
आरडीसी नेपालका अध्यक्ष पारस हुसेनले कार्यक्रममा बोल्दै लैंङ्गिक हिंसा न्यूनीकरणका लागि यस्ता परियोजनाहरू अति आवश्यक रहेको उल्लेख गरे। उनले भने, “हामीले लैंङ्गिक हिंसा रोक्नका लागि नीतिगत सुधार, कानूनी पहुँच, शिक्षा प्रणालीको सशक्तीकरण, र समुदाय स्तरबाट पहल गर्न आवश्यक छ। यस कार्यक्रमले सबै सरोकारवालाहरूलाई एकसाथ ल्याएर समाधान खोज्ने प्रयास गरेको छ।”
राजपुर नगरपालिकाका उप–प्रमुख जमिला असगरीले “नगरपालिकाले लैंङ्गिक हिंसाका घटनाहरू न्यूनीकरण गर्न गम्भीर रूपमा काम गरि रहेकाे र अगामी दिनहरुमा अझै गर्दै जाने बताए । यसका लागि योजनाबद्ध रूपमा कार्यक्रम सञ्चालन गरिने वहाले बताउनु भयाे । आगामी दिनमा विद्यालय, स्वास्थ्य संस्थाहरू, र समुदाय स्तरमा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम ल्याइनेछ।”
कार्यक्रममा स्वास्थ्य, शिक्षा, र सामाजिक विकाससँग सम्बन्धित विभिन्न विषयहरूमा छलफल भएको थियो। सहभागीहरूले लैंङ्गिक हिंसा न्यूनीकरणका उपायहरूबारे आ–आफ्नो धारणा राखेका थिए।
यस कार्यक्रमपछि राजपुर नगरपालिकाले लैंङ्गिक हिंसा न्यूनीकरणका लागि थप पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। नगरपालिकाले निम्न उपायहरू अपनाउने योजना बनाएको छः
विद्यालय तथा समुदायमा जनचेतनामूलक कार्यक्रम सञ्चालन
पीडितहरूको मनोवैज्ञानिक परामर्श तथा कानूनी सहायता प्रदान गर्ने व्यवस्था ,नगरपालिकामा लैंङ्गिक हिंसा न्यूनीकरण सम्बन्धी विशेष कार्यसमिति गठन,स्थानीय सञ्चारमाध्यमहरू मार्फत हिंसा विरुद्ध अभियान सञ्चालन,स्वास्थ्य तथा सुरक्षा सेवाहरूलाई थप प्रभावकारी बनाईने छ । राजपुर नगरपालिकामा लैङ्गिक हिंसा रोकथामको लागि सम्प्रेषण प्रणाली स्थापना हुने समेत बताईएकाे छ।
कार्यक्रमको समापनमा आयोजक संस्थाहरूले धन्यवाद ज्ञापन गर्दै स्थानीय सरकार, नागरिक समाज, र सञ्चारमाध्यमको सहकार्यमा मात्र लैंङ्गिक हिंसा न्यूनीकरण सम्भव हुने बताएका थिए।

आरके श्रीवास्तव,रौतहट, ०४ गते फागुन ।
नेपाल फूल माली समाज रौतहटको जिल्ला अधिवेशन बाट नयाँ कार्यसमिति गठन भएको छ । अधिवेशन बाट मोहन प्रसाद मालीलाइ अध्यक्षमा चयन गरिएको हो । समाजको उपाध्यक्षमा रामविश्वास माली,महिला उपाध्यक्षमा गुडि देवी,सचिवमा प्रदिप भगत माली,सह सचिवमा लालबाबु भगत माली,कोषध्यक्षमा उमेश भगत माली रहेका छन् ।
त्यस्तै सदस्यहरुमा भरतबहादुर माली,बैधनाथ भगत माली,रामबाबु भगत,हरिचन्द्र भगत,विश्वनाथ भगत,हरिनारायण भगत र बाबुुलाल भगत रहेका छन् ।

जिल्लाको मध्य भाग गरुडा नगरपालिका अन्तर्गत पर्ने महम्मदपुर व्यारेज नजिक रहेको गोपाल सेवा सदन धर्मशालामा समाजको शनिवार जिल्ला अधिवेशन सम्पन्न भएको थिया । अबेररात भएको बन्दसत्र बाट नयाँ कार्यसमिति गठन गरिएको हो ।
“शिक्षित बनौं, संगठित बनौं, आफ्नो पहिचान कायम गरौं“ भन्ने मूल नाराका सम्मपन्न भएको अधिवेशनमा माली समाजमा कसैलाई कुनै समस्या परेमा माली समाजका २२ जिल्लाका सदस्यहरू एकजुट भएर सहयोग गर्न तयार रहेको बताएका थिए ।
नेपालभर करिब १४ हजारको संख्यामा माली समुदायको बसोबास रहेको उल्लेख गर्दै समाजलाई संगठित र सशक्त बनाउनका लागि एकतामा जोड दिइएको थियो ।

आरके श्रीवास्तव,रौतहट,०४ गते फागुन ।
रौतहटको मध्य भाग गरुडामा आज राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम भेला सम्पन्न भएको छ । सो पार्टीका जिल्ला अध्यक्ष प्रदिप साहको अध्यक्षतामा नगर भेला बोलाइएको थियो । भेलाबाट नगर कमिटि र विभागहरु गठन गरिएको छ ।
भेलाले गजेन्द्र महतो कोइरी उर्फ रामाशंकरको नेतृत्वमा ११ सदसीय नगर कमिटि गठन गरेको हो । जसको उपसभापतीमा सोमरीया देवी राम,सचिवमा संजय यादव,कोषध्यक्षमा धर्मेन्द्र साह रहेका छन् ।
सदस्यहरुमा राहुल कुमार सहनी,बद्री महरा,विरेन्द्र महरा,शिवा कुमार राम लगायतका व्यक्तीहरु रहेका छन् । साथै भेलाबाट रैपिट एक्सन टिम पनि गठन गरिएको छ । जसमा संजित कुमार सहनी,अनिल कुमार सहनी लगायतका व्यक्ती रहेका छन् ।
सभापतीमा चयन भएका महतो गरुडा नगर उधोग वाणिज्य संघको सदस्यमा पनि निर्वाचित व्यक्ती हुन् । सभापतीमा चयन भएपछि प्रतिक्रिया दिदै महतोले व्यवसायीको नेताको रुपमा मलाइ अगाडी बढाएकै हुन् । अब राजनितीक क्षेत्रमा पनि यस्तै साथ र समर्थन पाउनेमा आफूआशावादी रहेको बताएका छन् ।
गरुडामा राष्ट्रिय स्वतन्त्र पार्टीको गतिविधीलाइ तिव्र रुपमा अगाडी बढाउने महतोको भनाइ छ ।

आरके श्रीवास्तव,रौतहट,०४ गते फागुन ।
रौतहटको गरुडा नगरपालिकामा भएको सुरक्षित नागरिक आवास प्रकरणमा जिल्ला प्रशासन कार्यालय रौतहटमा आज ध्यानाकर्षण पत्र बुुझाइएको छ । सामाजिक अभियन्ता शैलेन्द्र यादवले विभिन्न चार बुँदे ध्यानाकर्षण पत्र तयारपारी बुुझाएका छन् ।
आइतवार रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवलाइ सो ध्यानाकर्षण पत्र बुझाएको अभियन्ता यादवले बताएका हुन् ।


गरुडा नगरपालिका वडा नम्बर ४,५,८ र ९ मा “सुरक्षित नागरिक आवास” अन्तर्गत रकम असुल गरेको घटनाको सत्य तथ्य रुपमा छानबिन तथा कारवाही गरिदिन सो पत्र बुझाइएको अभियन्ता यादवले बताएका हुन् ।
ध्यानाकर्षण पत्रमा अभियन्ता यादवले विभिन्न व्यक्तीहरुको नामै किटान गरि ५ हजार देखि १० हजार रकम असुल गरेको आरोप लगाएका छन् । जसको सबुत प्रमाण आफूसँग रहेको प्रष्ट पारेका छन् ।
गरुडा नगरपालिकामा लाभग्राही सँग पाँच हजारका दरले रकम असुल गरिएको कुराले अहिले तातेको छ । गरिब विपन्नको नाममा आएको रकममा पनि केही व्यक्तीहरुले गिद्धेनजर राखि पैसा असुल गरेको पिडितहरुले बताइरहेका छन् ।
यता गरुडा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मुस्ताक आलमले भने कसले पैसा उठाएको हो यसबारे आफूलाइ केही जानकारी नभएको बताइरहेका छन् । भिडियो अडियो संवाद बाहिर आउँदा पनि नगरपालिकाले अनभिज्ञता प्रकट गरिरहेको छ ।

 

काठमाडौं, ०४ गते फगुन २०८१ ।

पर्सा प्रहरीले हुन्डी कारोबार गरेको आरोपमा एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बिहार मोतिहारी थाना रक्सौल ग्राम रक्सौल-१ का २२ वर्षीय नेहाल कुमार रहेका छन्।

वीरगन्ज महानगरपालिका-८ स्थित लिंक रोडबाट कुमारलाई आइतबार दिउँसो पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले टोलीले उनलाई उक्त नगदसहित पक्राउ गरेको हो।

कुमारको साथबाट नगद १० लाख रुपैयाँ बरामद भएको एसपी मिश्रले बताए। कुमारलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको एसपी मिश्रले बताए।

‘रकमको स्रोत खुल्न नसकेपछि कुमारलाई पक्राउ गरी अनुसन्धान थालिएको छ,’ मिश्रले भने।

प्रहरीका अनुसार हुन्डी कारोबारले बैंक तथा वित्तीय कारोबारको दायित्व पूरा गरेको हुँदैन। राष्ट्र बैंकले लागू गरेको बैंकिङ प्रणालीभित्रबाट कारोबार नहुने भएकाले यस्तो कारोबारलाई ‘गैरकानुनी’ मानिएको हो।

नेपालमा बस्ने तर भारतीय व्यक्तिहरू समेत यो कार्यमा संलग्न हुने गरेका छन्। हतार-हतारमा कुनै कारोबार गर्नुपर्दा उनीहरू एजेन्टमार्फत् व्यक्ति-व्यक्तिका हातमा रकम पुर्‍याइदिने चाँजो मिलाउँछन्।

‘हुन्डी अन्तरदेशबीच पैसा कारोबार गर्ने अवैध माध्यम हो, दुबै देशमा सम्पर्क व्यक्तिहरू राखेर यस्तो कारोबार गरिने गरिएको छ,’ एसपी मिश्रले भने।

हुन्डीको प्रमुख स्रोत रेमिट्यान्सलाई मानिने गरिए तापनि नेपाल-भारत सीमामा यस्तो कारोबार गर्नेहरू अत्यधिक छन्।

यस्तो कारोबार गर्नेहरूलाई राष्ट्र बैंकको वित्तीय ऐनका साथै सम्पत्ति शुद्धीकरण प्रयोजनार्थ समेत अनुसन्धान गरिने गरिएको छ । न्युज कारखाना

 

रौतहट – 

सशस्त्र प्रहरीका उपरीक्षक (एसपी) विक्रम हुमागाईंको सशस्त्र प्रहरी बल नम्बर ११ गण हेक्वा रौतहटको प्रमुखको रूपमा कार्यकाल सफल भएको जिल्लाबासीले अनुभूति गरेका छन् भने चौतर्फी उपलब्धी देखिएको छ।

एसपी हुमागाईंको एक वर्षे कार्यकालमा अबैध सामान बरामद, हुण्डी कारोबारी पक्राउ, अबैध लागुऔषध कारोबार नियन्त्रणदेखि सामाजिक काममा पनि त्यतिकै योगदान देखिएको छ।

एसपी हुमागाईंले २०८० साल फागुन ६ गते जिल्लाको कमाण्ड सम्हालेका थिए।

उनको कार्यकालमा कुल ५ करोड, ६६ लाख,४१ हजार, ८८४ बराबरको अबैध सामान र सामान ओसार-पसारमा प्रयोग गरिएको २ थान पिकअप, १ थान सफारी, १ थान बोलेरो, १ थान भ्यान, १ थान अटो रिक्सा, १७२ थान मोटरसाइकल र ३३ थान साइकल बरामद भएको थियो। उक्त रकम र सामान आवश्यक कारबाहीको लागि सम्बद्ध निकायमा पठाइएको थियो।

सोही अवधिमा हुण्डी कारोबारीबाट ४९ लाख,१४ हजार ७४० रुपैयाँ, जिल्लाको बिभिन्न स्थानबाट २ थान सेमी अटो पेस्तोल, ४ थान नलकटुवा पेस्तोल, १५ थान गोली विभिन्न स्थानबाट बरामद गरी नेपाल प्रहरीको जिम्मा लगाइएको जनाइएको छ।

त्यसैगरी, सशस्त्र प्रहरीले भारतीय सीमा क्षेत्र हुँदै आउने-जाने मानिसमाथि निगरानी बढाएर नशालु ट्याब्लेट डाइजेपाम २२ सय ७८ ट्याब्लेट, नाइट्राभेट ४४ ट्याब्लेट, बुप्रोफिन नशालु इन्जेक्सन ६०६ एम्पुल, प्रोमेथआजिन नशालु इन्जेक्सन १७९८ एम्पुल, फेनारगन २७ ट्याब्लेट, एमफिल २२ ट्याब्लेट र गाँजा १५ किलो ९६० ग्राम बरामद गरिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।

लागुऔषध, तस्करी, हातहतियार, हुण्डीलगायत बिभिन्न गैरकानुनी क्रियाकलाहरूमा संलग्न ३९ जना मानिसलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको थियो।

सशस्त्र प्रहरीका एसपी हुमागाईंको सहभागितामा विभिन्न मितिमा जिल्लाको ईशनाथ नगरपालिका-७ घिउरामा सरस्वती पूजाको मूर्ति बिसर्जन, वडा ६ महाबिरी झण्डा, राजापुर कुडिया दाहा मेलामा दुई समुदायबीचको विवाद शान्तिपूर्ण मिलाइएको थियो।

गरुडा-शिवनगर बर्थिङ सेन्टरमा आगजनीको घटनामा अप्रिय हुन नदिएको,पर्रोहा-९ खापमा शिवममणि ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार गरी भाग्दै गरेका तीन जना भारतीय अपराधी पक्राउ, दुई थान पेस्तोल बरामद गरिएको थियो।

त्यस्तै, गत वर्ष अविरल बर्षा र बाढीबाट भएको डुबानमा ४९३ जनशक्ती परिचालन गरी १२३ जना सकुशल,९ जना घाइतेको उद्धार र चार जना मृत फेला पारेको थियो। जिल्लाको विभिन्न स्थानमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा १५ सय भन्दाबढी बिरामी लाभान्वित भएका थिए।

एसपी हुमागाईंको सक्रियतामा पटक-पटक सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रमको आयोजना गर्नुका साथै विभिन्न समयमा २५१ वटा जनचेतनामुलक कार्यक्रम गरिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।

गत माघ ३० गते एसपी हुमागाईं विभागीय नियमानुसार रौतहटमा आफ्नो कार्यकाल पूरा गरी सरुवा भएर रवाना भएपछि हाल एसपी सन्तोषकुमार बस्नेतले सशस्त्र प्रहरीको कमाण्ड सम्हालेका छन्।

एसपी हुमागाईं यहाँबाट सशस्त्र प्रहरी बल बराहा बाहिनी सुनसरी रवाना भएका थिए। न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।