काठमाडौं, ७ चैत ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी रकम हिनामिना गरेको प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागि संसदीय समिति गठनको अल्टिमेटम दिएको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति आगामी बैठकसम्म गठन गर्न अल्टिमेटम दिएको छ।
बैठकमा सांसद ईश्वरीदेवी न्यौपानेले गृहमन्त्री लामिछानेको प्रतिपक्षले चार वर्ष सदन अवरुद्ध गरोस् हामी सरकार चलाइरहन्छौँ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाइन्।
‘गृहमन्त्रीले बाहिर बोल्नुभएको छ। प्रतिपक्षले संसद् बन्द गरेपछि सरकार चल्छ रु त्यो कदापि हुन सक्दैन। सरकारको उपप्रधान तथा गृहमन्त्रीको गैरजिम्मेवार पूर्ण भनाइ राख्नुभयो। त्यो पनि जनता र देशसँग सम्बन्धित बजेटको छलफलको बेलामा । सदन उहाँलाई चाहिएको छैन होला हामीलाई चाहिएको छ। बजेटको छलफलको विषयमा हामी तयार छौँ,’ उनले भनिन् । न्युज कारखानान्युज कारखाना
काठमाडौं, ७ चैत ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बुधबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रूपैयाँ १६ पैसा कायम गरिएको छ । अघिल्लो दिनको तुलनामा डलरको भाय २० पैसाले बढेको हो । यसअघि मंगलबार यसको खरिददर १३२ रूपैयाँ ३६ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९६ पैसामा कारोबार भएको थियो ।
बुधलबार ५६ पैसाले घटेर एक युरोको खरिदमूल्य १४३ रूपैयाँ ७७ पैसा र बिक्रीमूल्य १४४ रूपैयाँ ४३ पैसा तोकिएको छ । मंगलबार भने यसको खरिददर १४४ रूपैयाँ ३३ पैसा र बिक्रीमूल्य १४४ रूपैयाँ ९८ पैसामा कारोबार भएको थियो ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६८ रूपैयाँ २२ पैसा र बिक्रीदर १६८ रूपैयाँ ९८ पैसा कायम गरिएको छ ।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ३६ र बिक्रीदर ८६ रूपैयाँ ७५ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ६९ पैसा र बिक्रीमा ९८ रूपैयाँ १४ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ८१ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८५ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४१ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५० पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९० पैसा तथा बिक्री दर ९ रुपैयाँ ९५ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, बुधबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३५ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५१ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३५ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५१ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १० पैसा र बिक्रीदर ३६ रूपैयाँ २६ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बुधबार २८ रूपैयाँ ०१ पैसा र बिक्रीदर २८ रूपैयाँ १३ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ ०६ पैसा र बिक्रीदर ४३३ रूपैयाँ ०१ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ६६ पैसा र बिक्रीदर ३५३ रूपैयाँ २६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।न्युज कारखाना
रौतहट ७ चैत।
पूर्व मन्त्री प्रभु साह नेतृत्वको आमजनता पार्टीका केन्द्रीय सदस्य एवं आईटी आर्मीका केन्द्रीय बरिस्ठ उपाध्यक्ष निमेष यादव जनता समाजबादी पार्टीमा प्रवेश गरेका छन।
रौतहटको राजदेवी नगरपालिका ७ मुडवलबा घर भएका निमेष यादव आजपा परित्याग गरि जसपा मा प्रवेश गरेका हुन्।
मंगलवार काठमाण्डौ स्थित जसपा पार्टी कार्यालयमा एक कार्यक्रमका बीच यादव संगै आजपाका कैयौं नेताहरुलाई जसपामा प्रवेश गरेको पूर्व मन्त्री योगेन्द्र यादवले बताएका छन।
नवप्रवेशीलाई जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले खादा ओठाएर स्वागत गरेका छन। निमेष लामो समय देखि प्रभु साहको साथ रहेर समाचार क्षेत्र हेर्दै आएका थिए।
यस अघि प्रभु साह एमालेमा छँदा गत निर्वाचनमा राजदेवी नगरपालिकामा मेयरको टिकटको दावेदारी समेत गरेका थिए।
न्युज कारखाना
काठमाडौं, ७ चैत ।
प्रतिनिधि सभाको बैठक बस्दैँछ ।
संङघीय संसद भवन, नया बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।
बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी रहने जनाइएको छ ।न्युज कारखाना
काठमाडौं, ७ चैत ।
राष्ट्रियसभा बैठक बस्दैँछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।
आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले कार्यब्यवस्था परामर्श समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्नेछन् ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले ‘राष्ट्रिय निकुञ्ज, बन्यजन्तु आरक्ष र मध्यबर्ती क्षेत्रमा मानव र बन्यजन्तु बीचको दन्दको अवस्था अध्ययन प्रतिवेदन, २०८० माथी छलफल गरियोस’ भन्ने प्रस्ताव पेश गर्नेछन् ।
आगामी आर्थिक बर्ष २०८१÷८२ का लागि बिनियोजन बिधेयकका सिद्दान्त र प्राथमिकता माथी सभामा छलफल जारी रहने संसद सचिवालयले जनाएको छ ।
साथै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘अनुगमन मुल्याङकन बिधेयक २०८० माथी प्रतिनिधिसभावाट भएको संसोधन प्रति छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन’ भने सो ‘प्रस्तावलाइ पारित गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्न कार्यसुचीमा उल्लेख छ ।
साथै, अर्थमन्त्री बर्षमान पुनले ‘सुरक्षित कारोबार (पहिलो संसोधन) बिधेयक २०८०लाइ दफावार छलफलका लागि बिधायन ब्यवस्थापन समितिमा पठाइयोस’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।न्युज कारखाना
काठमाडौं, ५ चैन ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई जना बडिगार्डलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।
सोमबार सर्वोच्च अदालत परिसरबाट लाइसेन्स प्राप्त हतियारसहित पक्राउ परेका दुई जना बडिगार्डलाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको हो।
जर्मनीमा निर्मित अत्याधुनिक हतियारसहित पक्राउ दीपक खड्का र राजकुमार धिमाललाई पाँच दिन हिरासतमा राख्ने अनुमति दिइएको छ।
सोमबार दिउँसो सर्वोच्च अदालतभित्र उनीहरू हतियार लिएर प्रवेश गरेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।न्युज कारखाना
चितवन, ६ चैत ।
जिल्ला प्रहरी कार्यालय चितवनले यस वर्षको होली पर्व सभ्य एवं सुरक्षित रूपमा मनाउन अनुरोध गरेको छ। आज एक सूचना जारी गर्दै होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाउन अनुरोध गरेको हो।
आत्मीय रूपमा नजिक भएका व्यक्ती वा आफन्तसँग मात्रै होली खेल्न प्रशासनको अनुरोध छ। ‘होली पर्वको नाममा मादक पदार्थको सेवन गरी उच्छृङ्खल क्रियाकलाप नगर्नू होला। असभ्य र अश्लील किसिमका होलिका गीतहरू नबजाउन र साँझ अबेरसम्म होली नखेल्न अनुरोध गरिन्छ,’ प्रशासनले जारी गरेको सूचनामा भनिएको छ।
प्रदूषण हुने गरी र मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने खालको चर्को आवाजमा साउन्ड सिस्टमको प्रयोग नगर्न आग्रह गरिएको छ। ‘कसैको इच्छा विपरीत रंग, लोला, मोबिल, मोसो, केमिकल र फोहर पानी फाल्ने जस्ता काम गर्नु हुँदैन। महँगा गर गहना लगाई होली नखेल्न, ट्राफिक नियमको पर्ण रूपमा पालना गर्दै मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन, अशक्त, महिला, बालबालिका, ज्येष्ठ नागरिक, पैदल यात्री र बटुवा लाई होली खेल्न कुनै पनि प्रकारको करकाप नगर्न, गाँजा, भाङ वा कुनै किसिमको नशालु पदार्थ सेवन नगर्न, सार्वजनिक शान्ति, सुरक्षा व्यवस्थालाई असर पर्ने कुनै कार्य नगर्न हाम्रो आग्रह छ,’ जारी सूचनामा भनिएको छ।
साथै कुनै पनि आपराधिक गतिविधि हुन लागेको वा भएकोमा तत्काल नजिकैको प्रहरी कार्यालय तथा नेपाल प्रहरीको हटलाइन नम्बर १०० वा जिल्ला प्रहरी कार्यालय चितवनको फोन नम्बर ९८५५०९०१३३ मा सम्पर्क गरी जानकारी गराउन प्रहरी प्रवक्ता/सूचना अधिकारी श्रीराम भण्डारीद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ।न्युज कारखाना
काठमाडौं, ६ चैत ।
काठमाडौंमा तीन दिने नेपाल–भारत संस्कृत सम्मेलन हुने भएको छ ।
आगामी चैत १४ देखी १६ गतेसम्म सो सम्मेलन हुनेछ । सम्मेलन बुढानिलकण्ठमा हुनेछ ।
नेपाल भारत अन्तराष्ट्रिय संस्कृत सम्मेलनमा नेपाल र भारतका संस्कृतका बिज्ञ, जानकारहरू उपस्थिति रहने छ ।
नेपाल र भारतको विकासमा संस्कृतको योगदान, दुवै देशका सांस्कृतिक, आध्यात्मिक र बौद्दिक बिकासको बिशिष्ट अध्ययन गरिने संयोजक प्रेमराज न्यौपानेले जानकारी दिएका छन् । ‘नेपाल र भारतका संस्कृतका बिद्दानहरूले अा अाफनाे कार्यपत्र प्रस्तुत गर्नेछन भने संस्कृत भाषाकाे उत्थान र प्रचारमा र साे भाषाकाे बैज्ञानिक पक्षका बारेमा जानकारी दिने कार्य गरिनेछ’ उनले भने ।
नीति प्रतिष्ठान नेपाल, केन्द्रिय संस्कृत विश्वबिधालय, नयाँदिल्ली र इन्डिया फाउन्डेसनसहित तीन संस्थाको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो ।
यसअघि नेपालमा २०२४ सालमा, २०५१ साल, २०७५ र २०७६ सालमा यस्ता सम्मेलन भइसकेको छ ।न्युज कारखाना
काठमाडौं, ६ चैत ।
क्यास एप लगायतका एप्लिकेसन मार्फत हारजीत हुनेगरी अनलाइन क्यासिनो गेम खेलाएको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-७ चावहिल मनमैजु बस्ने काभ्रे मण्डनदेउपुर नगरपालिका-१० घर भएकी २६ वर्षीया सरिता लामा, सिन्धुपाल्चोक थाङपाल गाउँपालिका-८ घर भएकी २५ वर्षीया सारङ्गा गुरुङ, काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ वेशीगाउँ बस्ने खोटाङ बाहुनीडाँडा गाउँपालिका-६ घर भएकी २३ वर्षीया पुर्णीमा राई र काठमाडौं गोकर्णेश्वर नगरपालिका-४ नामगेल बस्ने नुवाकोट शिवपुर गाउँपालिका-१ घर भएका २८ वर्षीय तेम्बा लामा रहेका छन् ।
विभिन्न खेलहरूमा अनलाईन मार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजीत हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन समेतबाट खटिएका प्रहरीले उनीहरूलाई अनलाइन गेम खेलाउन प्रयोग भएका ल्यापटप ५ थान र मोबाइल ११ थानसहित उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको जनाएकाे छ । न्युज कारखाना
काठमाडाैं, ६ चैत ।
गैरआवासीय नेपाली संघ एनआरएनएले “लगानी शिखर सम्मेलन २०२४” मा नेपाल सरकारसँग सहकार्य गर्ने भएको छ । संघका अध्यक्ष डा बद्री केसीसहितको प्रतिनिधिमण्डल र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टबीच सोमबार भएको छलफल कार्यक्रममा लगानी सम्मेलनमा सहकार्य गर्ने निर्णय गरिएको हो । छलफलमा गैरआवासीय नेपालीहरुको लगानी नेपालमा भित्र्याउने, लगानी शिखर सम्मेलन २०२४ मा गैरआवासीय नेपाली संघको सहकार्य र सहभागितामा केन्द्रित थियो।
सो अवसरमा अध्यक्ष डा केसीले लगानी सम्बन्धि यस्ता सम्मेलन वर्षेनी आयोजना गर्न सके विदेशमा रहेका नेपाली र विदेशीको समेत लगानी भित्र्याउन सकिने धारणा व्यक्त गरे । एनआरएनए नेपाल डेभलपमेन्ट फन्डमार्फत हाल गैरआवासीय नेपालीको १० अर्बको लगानी नेपालमा भित्र्याउन सक्रिय परियोजनालाई भविष्यमा ५० अर्बसम्म पुर्याउने लक्ष्य संघको रहेकोले लगानीका क्षेत्र पहिचानमा सरकारको सहयोग र परामर्श आवश्यक रहेको डा केसीको भनाई थियो ।
छलफलका क्रममा लगानी बोर्डका प्रमुख सुशिल भट्टले संसारभरिबाट नेपालमा लगानी गर्न सक्षम तथा उत्सुक नेपालीहरु तथा बिदेशीहरुसंग समन्वय गरेर लगानी सम्मेलनमा प्रभाबकारी सहभागिता जनाउन संघसँग अनुरोध गरे ।
विगतमा गैरआवासीय नेपाली संघसँग सरकारले महत्वपूर्ण योजना तथा कार्यक्रममा सहकार्य गरेको स्मरण गर्दै लगानी सम्मेलनमा पनि संघको सहभागिता सक्रिय रुपमा हुने विश्वास व्यक्त गरे । छलफलमा अध्यक्ष डा केसीसहित एनआरएनएका प्रमुख कार्यकारी अधिकृत नेपाल डेभलपमेन्ट फन्डका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराई र अधिकृत कुनाल मिश्रको उपस्थिति रहेको थियो ।न्युज कारखाना