काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानूनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।
संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश गरिएको खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानूनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक आइतबार प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । न्युज कारखाना
काठमाडौँ । भन्सारको लूटकारी ब्यवस्थाविरुद्ध आम सम्पर्क मञ्चद्वारा भन्सार बिभागमा जारी शान्तिपुर्ण धर्ना कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले शन्तिपूर्ण धर्नामा दमन गरेको भन्दै दर्जनौलाई गिरफ़्तार गरेको आम जनता पार्टीले जनाएको छ ।
आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले भन्सार नियन्त्रणको नाममा तराई क्षेत्रको जनताको निजी सम्पति लुट्ने काम तुरुन्त बन्द गर्न तथा भन्सार कानुनमा रहेका सम्पूर्ण विभेदकारी एवं लूटकारी प्रावधान हटाउन गरिएको शान्तिपुर्ण आन्दोलनको मागहरुलाई सम्बोधन गर्नुको सट्टा सरकारद्वारा गरिएको व्यापक दमन एवं धड़पकड़को भर्त्सना गरेका छन् ।
देशको समृद्धिसँग जोड़िएको यो ऐतिहासिक संघर्षमा गिरफ़्तार हुनुभएका भन्सार कानून सुधार संघर्ष समितिको संयोजक रन्जु कुमारी साह, स्क्राप हक हित फाउण्डेशनको अध्यक्ष संजय साह, आजपाको उप महासचिव मनोज कुमार यादव लगायतका कार्यकर्तालाई प्रहरीले हिरासतमा लिएको आम जनता पार्टीले जनाएको छ ।न्युज कारखाना
काठमाडौँ । आजै काठमाडौँ आइपुगेकी जापानकी विदेशमन्त्री खामिखावा योकोले हनुमानढोका दरबार क्षेत्रको अवलोकन गरेकी छन् ।
विदेशमन्त्री योकोले विश्व सम्पदा सुचिमा सुचिकृत हनुमानढोका दरबार क्षेत्रको अवलोकन भ्रमण गरेकी हुन् ।
एक दिनको भ्रमणमा नेपाल आएकी विदेशमन्त्री योकोले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जानकरी दिएको छ । उनले सोहि दिन उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग दुइपक्षिय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
जापानी विदेशमन्त्री नेपाल आउन लागेको सन् २०१९ पछि पहिलो पटक हो । विदेशमन्त्री खामिखावा सोहि दिन भ्रमण पुरा गरेर स्वदेश फर्किने मन्त्रालयले जनाएको छ ।
न्युज कारखाना
हेटौंडा / बागमतीमा शनिबार एकै दिन तीन वटा शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानाएको छ ।
बागमती प्रदेश प्रहरीका अनुसार दोलखा जिल्ला गौरीशंकर गाउँपालिका–५ गुरुम्फी खोलामा ढुङ्गाको चेपमा एक पुरुषको लास भेटिएको हो । उक्त लास दोलखा जिल्ला जिरी नगरपालिका–९ घर भई हाल दोलखा गौरीशंकर गाउँपालिका–५ सुम्ना स्थित छोरीको घरमा बस्दै आएका अन्दाजी ६५ वर्षीय रत्न बहादुर सुनुवार रहेको प्रहरीले जनाएको छ । उनी बिहानै देखि घरबाट निस्की हिडेको भन्ने बुझिएको र स्थानीयले माछा मार्ने क्रममा फेला पारेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर ५ सुनारपानी स्थित रोक्का टोल बस्ने ३९ वर्षीय सन्दिप रोक्का घर देखि करिव ५०० मिटर पर टलक बहादुर सार्कीको बारीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरी रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीले रसुवाको गोसाईकुण्ड गाउँपालिका–१ पेलदानखर्क स्थित भिरमा एक लास फेला परेको जनाएको छ । हाल नाम थर वतन नखुलेको, मागी खाई हिड्ने हेर्दा तराई मुलुकको जस्तो देखिने अन्दाजी ३५ वर्षीय एक पुरुषको शव फेला पारेको प्रहरीले जनाएको छ । उत्त लास जाँच प्रकृति पश्चात पोष्ठमार्टमको लागि जिल्ला स्थित धुन्चे अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।न्युज कारखाना
काठमाडौं । ट्राफिक प्रहरीको दक्षता अभिवृद्धिका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ५१ जना प्रहरी कर्मचारीहरूका लागि ट्राफिक प्रशासन तालिम सञ्चालन गरेको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा संचालित २४ औं समूहको उक्त तालिमको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले सोही कार्यालयमा आइतबार आयोजित कार्यक्रमबीच उद्घाटन गरे ।
सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले ट्राफिक व्यवस्थापनमा आएका चुनौतीलाई सामना गर्न र दुर्घटना न्यूनीकरण गर्नलाई आवश्यक व्यावसायिक ज्ञान, सीप, कौशल तालिममा प्रदान गरिने बताए । प्रशिक्षणमा प्रशिक्षार्थीहरूलाई अनुशासित ढंगले ट्राफिक सम्बन्धी सम्पूर्ण सीप हासिल गराई तालिम पश्चात कार्यक्षेत्रमा उत्कृष्ट ढंगले कर्तव्य निर्वाह गर्न सक्षम जनशक्ति उत्पादन गर्नेतर्फ जोड दिइएको उनले उल्लेख गरे ।
कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक दलराम टमाटाले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ३५ दिन कार्य अवधि रहेको उक्त तालिममा प्रहरी नायव निरीक्षक २१ जना र प्रहरी सहायक निरीक्षक ३० जना गरी कुल ५१ जना प्रशिक्षार्थीहरू सहभागी रहेको जानकारी दिए ।न्युज कारखाना
काठमाडौं- भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोट मोडको प्लाई कार्पेट कारखानामा आगलागी हुँदा दुई जना घाइते भएका छन्।
घाइते हुनेमा रामेछाप लिखु तामाकोशी गाउँपालिका-६ घर भई दुवाकोट बस्ने २३ वर्षीय बुद्धनारायण श्रेष्ठ र भारत बंगाल घर भई सोही कारखानामा काम गर्ने २९ वर्षीय मनु उर्वा रहेका छन्।
घाइतेमध्ये उर्वाको अवस्था गम्भीर छ। उनलाई डा. इवामुरा अस्पतालबाट थप उपचारको लागि कीर्तिपुर अस्पताल लगिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
शनिबार मध्यराति १२ बजे सन्तोषमान श्रेष्ठले सञ्चालन गरेको ज्योति प्लाई कार्पेट कारखानामा आगलागी भएको थियो।
खबर प्राप्त हुनासाथ खटिएको नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौं, भक्तपुर ललितपुर र काभ्रेबाट बोलाइएका सात वटा दमकल, चार वटा पानी ट्यांकर र स्थानीयको सहयोगमा आइतबार बिहान ४ बजे आगलागी नियन्त्रणमा लिइएको परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन कार्कीले बताए।
कारखानामा अझै पनि धुवाँ आइरहेकाले दमकल र एक्साभेटरको सहयोगमा निभाउने कार्य जारी रहेको उनले बताए।
आगलागीमा १ करोड ८० लाख रुपैयाँ बराबरको क्षति भएको विवरण छ।न्युज कारखाना
काठमाडौँ । जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने भ्रमणका लागि काठमाडौँ आइपुगेकी छन् । जापानी विदेशमन्त्री खामिखावा आइतबार बिहान काठमाडौँ आइपुगेकी हुन् ।
विदेशमन्त्री खामिखावाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जानकरी दिएको छ । उनले सोहि दिन उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग दुइपक्षिय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
जापानी विदेशमन्त्री नेपाल आउन लागेको सन् २०१९ पछि पहिलो पटक हो । विदेशमन्त्री खामिखावा सोहि दिन भ्रमण पुरा गरेर स्वदेश फर्किने मन्त्रालयले जनाएको छ ।न्युज कारखाना
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेसी तोकिएको छ ।
जिल्ला अदालत, काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गा प्रसाद ढुंगेलको संयुक्त इजलासमा पेसी तोकिएको छ ।
यस अघि पटक पटक ‘हेर्न नभ्याइने’ मा परेको यो मुद्धा आज तेस्रो स्थानमा रहेको छ ।
यस मुद्धामा यस अघि झगडिया झिकाउन र गौशालाको जन्ममितिको विवरण झिकाउन आदेश दिइएको थियो ।
काठमाडौँ अदालतले सन्दीपले जबरजस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिवाना तथा दुई लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको थियो । सन्दीप यही फैसला विरुद्ध उच्च अदालत गएका हुन । त्यस्तै जिल्ला अदालतको फैसलाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयपनि पत्न उच्च अदालतमा पुनरावेदनमा गएको छ । उच्च अदालत पाटनले दुवै पुनरावेदनलाई एक साथ सुनुवाई अगाडी बढाएको छ । न्युज कारखाना
काठमाडौँ । सरकारले एक सय रुपैयाँ नोटमा नयाँ चुच्चे नक्सा राख्ने निर्णय गरेपछि भारतका विदेशमन्त्री एस जयशंकरको टिप्पणी बाहिर आएको छ ।
भारतीय मिडियाहरुका अनुसार विदेशमन्त्री जयशंकरले सीमा विवादको विषयमा वार्ता गरिरहेको बेलामा एकपक्षीय रूपमा प्रक्रिया अगाडी बढाएर धरातलीय यथार्थ परिवर्तन नहुने टिप्पणी गरेका छन् ।
इण्डियन एक्सप्रेसले जयशंकरलाई उदृत गर्दै लेखेको छ- ‘मैले त्यो रिपोर्ट देखेँ । यसलाई मैले विस्तृत रूपमा हेरिनँ । मलाई लाग्छ हाम्रो अडान धेरै प्रष्ट छ । नेपालसँग हाम्रो सीमाबारेमा हामी स्थापित मान्यताअनुसार कुरा गरिरहेका छौँ । यसको बीचमा उनीहरूले एकतर्फी रूपमा केही प्रक्रिया अघि बढाएका छन् । तर, उनीहरूको तर्फबाट गरिने कामले हामीबीचको धरातलको यथार्थ र हामीबीचको अवस्थालाई परिवर्तन गर्दैन ।”
गत विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले सय रुपैयाँको नोटमा चुच्चे नक्शाको तस्वीर राख्ने निर्णय गरको थियो । न्युज कारखाना
मकवानपुर
श्रमिक दिवस हरेक वर्ष मे १ मा मनाइन्छ। यस दिनमा देशभरका श्रमिकहरूको सम्मान, सम्झना र कदर गरिन्छ। तर कतिपयको घरायसी परिस्थिति र सङ्घर्षकै कारण उनीहरू मेलापात मनाउन असक्षम छन्। आज हामीले केही श्रमिकसँग कुरा गरेर उनीहरूको जीवन, सङ्घर्ष र सपनाका बारेमा जान्ने प्रयास गरेका छौँ। मकवानपुरका श्रमिकहरूले आफ्नो कष्टमय जीवन र अनुत्तरित सपनाहरू बयान गरेका छन्। श्रमिक दिवसको अवसरमा उनीहरूले निर्माण क्षेत्रमा देखिएका समस्या र चुनौतीहरू राखेका छन्।
देशको आधारशिला खडा गर्न योगदान पुर्याएका श्रमिकहरूको जीवन कष्टकर छ। घर खर्चका लागि दिनहुँ सङ्घर्ष गर्नुपर्ने उनीहरूले श्रमिक दिवसको अवसरमा आफ्ना छोटा कथा सुनाएका छन्। श्रमबाट उम्कन नसकेका श्रमिकहरूको जीवन स्तर कमजोर छ। परिवारका लागि बलिदान गर्नुपर्ने उनीहरूले अझै धेरै सपना पूरा गर्न बाँकी रहेको बताएका छन्। सङ्घर्षकै बिच सपना बोकेर हिँडिरहेका उनीहरूले श्रमका लागि सम्मान माग बसन्त भण्डारी गरेका छन्। मेहनत गरेको पसिनाको कदर नगरिए पनि देशलाई अगाडि बढाउन श्रमिकहरूले योगदान पुर्याएको उनीहरूको गुनासो छ। श्रमिक दिवसको अवसरमा आफ्नो कथा सुनाउँदै उनीहरूले समस्या र आकाङ्क्षा राखेका छन्। ४८ वर्षीय जीवन खत्री आफ्नै जिल्लामा श्रम गरिरहेका छन् ।
निर्माण स्थलमा जीवनयापन गरिरहेका उनी विगत २० वर्षदेखि निर्माण क्षेत्रमा काम गरिरहेको बताउँछन् । “मलाई थाहा छैन म कहिलेसम्म यसरी नै श्रम गरिरहनुपर्नेछ,” उनले भने, “मेरो परिवारलाई टिकाउनकै लागि काम गर्नुपर्छ।” उनको आवाजमा एउटा निराशाको भावना पाइन्थ्यो। “मैले आफ्नो जीवनभर श्रम गरिसकेको छु तर मेरा छोराछोरीलाई पनि श्रमिकको जीवनबाट उम्कनु परेको छैन,” उनले गुनासो गरे, “बच्चाहरूले राम्रो शिक्षा पाएनन्, हामीलाई राम्रो बासस्थान छैन, हामी अझै पनि निर्माण क्षेत्रमा मजदुरी गरिरहनुपरेको छ।” जीवनकी श्रीमती ४० वर्षीया पूर्णिमा खत्री पनि एक श्रमिक हुन्। उनी पनि निर्माण क्षेत्रमा झन्डै एक दशकदेखि काम गरिरहेकी छिन्। “हामीलाई के गर्ने, यो नै हाम्रो निर्यातिको जीवन रहेछ”, उनले भनिन्, “बिहानदेखि बेलुकासम्म काम गर्नुपर्छ, घरमा फर्केपछि पनि घरायसी काममा लाग्नुपर्छ। कहिलेकाहीँ लाग्छ, हामी मानिसहरू होइनौँ।” श्रमिक परिवारका लागि जिन्दगी कहिल्यै सहज हुँदैन। जीवन र पूर्णिमाको परिवार उदाहरण हो। उनीहरूसँग तीन जना सन्तान छन्, जसमध्ये ठुलो छोरा १५ वर्षका छन् ।
“हाम्रो ठुलो छोरालाई पनि निर्माण क्षेत्रमा काममा लगाउन बाध्य भएका छौँ,” पूर्णिमाले भनिन्, “उसले पनि यसरी नै श्रमिकको जीवन बिताउनुपर्नेछ कि भन्ने डर लागेको छ।” जीवन सँगै काम गर्ने अर्का श्रमिक २८ वर्षीय प्रभात खड्का भन्छन् “श्रमिकको जीवनमा सुरक्षाको कुनै प्रबन्ध छैन। काम गर्दा घाइते हुनु, डरलाग्दो दुर्घटना हुनु सामान्य कुरा हो हाम्रा लागि।” उनले भने, “श्रम गरेर कमाएको रकमले घर खर्च चलाउनै मुस्किल हुन्छ, केही बचत गर्न सम्भव छैन।” मजदुरहरूले पनि सपना देख्छन्, उनीहरूसँग पनि आकाङ्क्षाहरू हुन्छन्। तर साधनको अभावले उनीहरू आफ्नो सपना पूरा गर्न सक्दैनन्। जीवन र पूर्णिमा आफ्नो छोराछोरीहरूलाई बसन्त भण्डारी राम्रो शिक्षा दिन चाहन्छन्, राम्रो घरमा बस्न चाहन्छन्। तर कमजोर आर्थिक अवस्थाले उनीहरू त्यसबाट वञ्चित छन्। प्रभात भन्छन्, “मलाई ठुलो व्यवसाय गर्ने सपना छ, राम्रो जागिर खोज्ने सपना छ। तर यी सपनाहरू कहिल्यै पूरा हुनेछन् भन्ने लाग्दैन।” त्यस्तै, “हामी श्रमिकहरूले नै यो देशको आधारशिला खडा गरेका छौँ,” निर्माण क्षेत्रमै मजदुरी गरिरहेका अर्का श्रमिक ४५ वर्षीय दामोदर श्रेष्ठले भने, “हाम्रा अझै धेरै सपना र लक्ष्यहरू पूरा गर्न बाँकी नै छन्।” उनले जुनसुकै अवस्थामा पनि मेहनत नछोड्ने बताए। “मैले आफ्नो परिवार र छोराछोरीको पढाई लेखाइमा ध्यान दिनुपर्छ,” उनले थपे। करिब दुई दशकदेखि निर्माण क्षेत्रमा काम गरिरहेका श्रेष्ठले पारिश्रमिक बढेको भए राम्रो हुने बताए।
“हामीले गरेको पसिनाको कदर नगरिए पनि हामी श्रमिकले नै देशलाई अगाडि बढाएका छौँ,” उनको गुनासो छ। श्रमिकलाई सरकारले पनि ध्यान दिनुपर्ने उनको मत छ। यता अर्की ३५ वर्षीया श्रमिक पुष्पा विश्वकर्मा पनि श्रमिकको जीवन कष्टकर भएकै कारणले चुनौतीपूर्ण रहेको बताउँछिन्। “बिहानदेखि बेलुकासम्म काममा नै रहियो,” उनले भनिन्, “गर्मी पनि हुन्छ, जाडो पनि हुन्छ, वर्षा पनि हुन्छ तर हाम्रो श्रम कहिल्यै रोकिँदैन।” यसरी, श्रमिकहरूको जीवनमा निरन्तर सङ्घर्षले घेरिएको हुन्छ। तर उनीहरूको अथक मेहनत र पसिनाले नै देशको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको छ।
यस अवसरमा श्रम र मजदुरलाई सम्मान गर्दै उनीहरूको जीवनस्तर उकास्नका लागि सरकारले आवश्यक कदम चाल्न जरुरी छ । किनभने सङ्घर्ष र कष्टमयता पसिनाभित्रका आँसु हुन् जसले नयाँ आशाहरूलाई जन्माउँछ।नै रहियो,” उनले भनिन्, “गर्मी पनि हुन्छ, जाडो पनि हुन्छ, वर्षा पनि हुन्छ तर हाम्रो श्रम कहिल्यै रोकिँदैन।” यसरी, श्रमिकहरूको जीवनमा निरन्तर सङ्घर्षले घेरिएको हुन्छ। तर उनीहरूको अथक मेहनत र पसिनाले नै देशको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको छ। यस अवसरमा श्रम र मजदुरलाई सम्मान गर्दै उनीहरूको जीवनस्तर उकास्नका लागि सरकारले आवश्यक कदम चाल्न जरुरी छ । किनभने सङ्घर्ष र कष्टमयता पसिनाभित्रका आँसु हुन् जसले नयाँ आशाहरूलाई जन्माउँछ।न्युज कारखाना