काठमाडौँ, १३ फागुन ।
मह सञ्चारमा करिब डेढ दशक काम गरेपछि फिल्म ‘जात्रा’मार्फत् निर्देशनमा डेब्यु गरेका प्रदीप भट्टराईले ‘शत्रु गते’, ‘जात्रै जात्रा’ र ‘महापुरुष’को निर्देशन गरिसकेका छन् । लगातार हरेक फिल्ममा दर्शक र समीक्षकको विश्वास जित्न सफल निर्देशक भट्टराई स्टारडम भएका निर्देशकमा पर्छन् । अर्थात् निर्देशककै नामले नेपालमा कमै दर्शक हलसम्म पुग्ने गरेका छन् । ती मध्येका एक हुन् निर्देशक भट्टराई ।
उनले आफ्ना काममार्फत दर्शकको विश्वास घट्न दिएका छैनन्, बढाएका छन् । नेपालमा सिक्वेल फिल्मले प्रायः दर्शक तथा समीक्षकबाट तारिफ नपाइरहेको अवस्थामा निर्देशक भट्टराईकै लेखन रहेको ‘जात्रै जात्रा’ले सिक्वेल फिल्म पनि राम्रो बन्छ भन्ने प्रमाणित ग¥यो । पहिलो फिल्ममार्फत् विश्वास बनाउन सफल निर्देशक भट्टराईल दोस्रो फिल्ममार्फत आफुलाई बक्सअफिसमा प्रमाणित गरे । तेस्रो फिल्ममार्फत ह्याट्रिक गरे । चौथो फिल्म ‘महापुरुष’ मार्फत उनले गुरू अभिनेता हरिवंश आचार्यलाई राष्ट्रिय चलचित्र पुरस्कारका हकदार बनाउन सफल भए ।
उनी अहिले जात्राको तेस्रो शृङ्खला ‘महाजात्रा’ लिएर दर्शकसमक्ष आउदैछन् । यसको प्रचारप्रसारको सुरुआत गर्दै उनले विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, राजाराम पौडेलसहितको टिजर सार्वजनिक गरिसकेका छन् ।
‘हामीले फिल्म निर्माणको सुरुआत गर्दा नै विदेश राइट्स विक्री हुनु, नेपालमा वितरकको प्रतिक्रियाले गर्दा यो शृङ्खलाको प्रतीक्षालाई बुझिसकेका थियौँ । महाजात्रा भएकाले कथा, प्रस्तुतीकरणमा झनै मेहनत गरेका छौं । हामी दर्शकको वर्ड अफ माउथ अघिल्ला शृङ्खला भन्दा यसपटक झनै बलियो होस् भनेर काम गरिरहेका छौँ’,निर्देशक भट्टराईले भने ।
उनले आफ्नो सफलतालाई टिमको मेहनतको रुपमा वर्णन गर्छन् । किनकि स्क्रिप्ट लेख्नकै क्रममा हुने छलफल र मेहनतले दर्शकलाई हलबाट खुशी बनाएर निकाल्न सकिएको उनको बुझाइ छ । ‘मैले फिल्म दर्शकका लागि तयार गर्ने गरेको छु । बजारमा यो चलिरहेको छ वा यस्तो डिमाण्ड छ भनेर काम गरिएको छैन । हाम्रो शैलीमै काम गर्ने गरेका छौं, दर्शक खुशी हुनुभएकै कारण एकपछि अर्को फिल्मको बक्सअफिसमा व्यापार बढिरहेको छ’, निर्देशक भट्टराईले भने ।
जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने पैसा व्यवस्थापन गर्ने अवसरले गर्दा आइपर्ने समस्यालाई रोचक रुपले प्रस्तुत गरिने फिल्ममा हाँसो र रोदनको मिश्रण छ । अर्गानिक र यथार्थलाई प्रस्तुत गरिएकै कारण यो शृङखला दर्शकको प्रिय बनेको छ । यसले नेपाली फिल्मले अन्तर्राष्ट्रिय बजारमार्फत पाउने सर्वाधिक रकम पाईसकेको छ ।
कथा लेखनकै क्रममा ‘महाजात्रा’ को बनेको ब्राण्डको कारण भारत बाहेकको विदेश प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टका लागि छत्र थापाले खरिद गरिसकेका छन् । उनले नेपालसँगै विदेशमा पनि चैत ९ गते प्रदर्शन हुने बताए ।
‘हाम्रो कम्पनिले अधिकाँस देशमा प्रदर्शन अधिकार बिक्री गरिसकेको छ । यसलाई हेर्न परिवार नै दर्शक बनेर आउने हुँदा हाम्रो लगानी सुरक्षित हुनुका साथै मुनाफा नै हुन्छ’, वितरक थापाले भने,‘हामीले यसले प्राप्त गर्ने रकम दिएका छौं । सम्भवत यो अहिलेसम्म विदेश अधिकारका लागि बिक्री भएको मध्ये बढी हो । यसबाट म मात्र नभई स्थानीय वा सहर–सहरमा प्रदर्शन गर्ने पनि लाभान्वित हुनेछौँ ।’
फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।
यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल सङ्गीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर, अनिल खड्का मुख्य सहायक निर्देशक रहेका छन् ।न्युज कारखाना
काठमाडौं, १३ फागुन ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। आज अमेरिकी डलरको भाउ बढेको छ भने युरोको भाउ घटेको छ। यसैगरी बेलायती पाउण्डको भाउ भने बढेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ४१ पैसा र बिक्रीदर १३३ रूपैयाँ ०१ पैसा कायम गरिएको छ। अघिल्लो दिनको तुलनामा डलरको भाउ १६ पैसाले बढेको हो। शुक्रबार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ २५ पैसा र बिक्रीदर १३२ रूपैयाँ ८५ पैसामा थियो ।
आइतबार युरोपियन युरोको एकको खरिददर १४३ रूपैयाँ ४० पैसा र बिक्रीदर १४४ रूपैयाँ ०५ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ०८ पैसाले घटेको हो। शुक्रबार यसको खरिददर १४३ रूपैयाँ ४८ पैसा र बिक्रीदर १४४ रूपैयाँ १४ पैसामा कारोबार भएको थियो।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङको भाउ एक रुपैयाँ ३३ पैसाले बढेर एकको खरिददर १६७ रूपैयाँ ९२ पैसा र बिक्रीदर १६८ रूपैयाँ ६८ पैसा कायम गरिएको छ। शुक्रबार यसको खरिददर १६७ रूपैयाँ ५९ पैसा र बिक्रीदर १६८ रूपैयाँ ३५ पैसामा कारोबार भएको थियो।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ९४ पैसा र बिक्रीदर ८७ रूपैयाँ ३३ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रूपैयाँ २२ पैसा र बिक्रीमा ९८ रूपैयाँ ६६ पैसा कायम गरिएको छ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ७९ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८३ रहेको छ। चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ३९ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४७ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९५ पैसा तथा बिक्री दर ९ रुपैयाँ ९९ पैसा कायम गरेको जनाइएको छ।
यसैगरी, आइतबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३१ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४७ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३० पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ४६ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३६ रूपैयाँ २१ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर आइतबार २७ रूपैयाँ ७२ पैसा र बिक्रीदर २७ रूपैयाँ ८४ पैसा कायम गरेको छ।
साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ २० पैसा र बिक्रीदर ४३२ रूपैयाँ १५ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ २४ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ८४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।न्युज कारखाना
काठमाोडौं, ११ फागुन ।
कीर्तिपुरमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १९ वर्षीय युवकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।
जिल्ला अदालत, काठमाडौंको आदेश अनुसार रोशनकुमार शर्मालाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिएको हो। प्रहरी वृत्त, कीर्तिपुरका अनुसार उनले १३ वर्षीया किशोरीलाई बलात्कार गरेको भन्दै पीडितकी आमाले प्रहरीमा जाहेरी दिएकी थिइन्।
आफ्नी जेठी छोरीलाई ललाइफकाइ ७ पुसमा भेट गर्न बोलाएर बलात्कार गरेको उजुरीमा उल्लेख छ। उनलाई तीन दिनसम्म साथी रितिकको कोठामा राखेर पटक-पटक बलात्कार गरेको जाहेरीमा दाबी गरिएको छ।
छोरी नआएपछि प्रहरीसँग सहयोग लिएर खोजतलास गर्दा उनलाई त्यहाँ फेला पारेको आमाले बताएकी छन्। रोशनका साथी रितिकविरुद्ध समेत उनले जबरजस्ती करणी उद्योगमा जाहेरी दिएकोमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मुद्दा नचलाउने निर्णय गरेको छ।
न्यूज करखाना।
काठमाडौं, ११ फागुन ।
केपी ओली कपको दोस्रो संस्करण शुक्रबारबाट सुरू भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको उद्घाटन गरेकी छन् ।

राष्ट्रिय युवा संघको आयोजनामा प्रतियोगिता सुरु भएको हो । उद्घाटनमा प्रमुख अतिथि भण्डारीले मोबाइलमार्फत् पानस बालेकी थिइन् भने ‘केपी ओली कप’ व्यानर अंकित ड्रोन उडाइएको थियो ।

सो समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।
प्रतियोगितामा ए डिभिजनका जावलाखेल युथ क्लव, न्युरोड टिम एनआरटी, थ्री स्टार, नेपाल पुलिस, त्रिभुवन आर्मी र मच्छिन्द्रसहित सात टीम सहभागी छन् ।

दुई विदेशी टिम भारतको दिल्ली एफसी, पश्चिम बंगाल क्लव र आयोजक गरी कुल १० टीमबीच प्रतिष्पर्धा हुनेछ ।
फाइनल खेल फागुन १९ गते हुनेछ । विजेता टीमले ११ लाख र दोस्रो हुनेले ५ लाख पुरस्कार प्राप्त गर्नेछ । सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् ।
न्यूज करखाना
हेटौँडा, ११ फागुन ।
बागमती प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ । शुक्रबार प्रदेश प्रमुख यादव चन्द्र शर्माले यही १५ फागुन अपरान्ह ३ बजे बैठक बस्नेगरी प्रदेशसभाको १३औँ अधिवेशन आह्वान गरेका हुन् ।

‘बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको तेह्रौं अधिवेशन संवत् २०८० साल फागुन १५ गते मंगलबार दिनको ३ः०० बजे आह्वान गरेको छु,’ प्रदेश प्रमुख शर्माले आह्वानमा भनेका छन् ।
न्यूज करखाना
काठमाडौ, ११ फागुन, ।
मैले भोगेको र मैले पाएको धम्की, त्रास मलाई नै थाहा छ। राज्यले उक्त घटनालाई सिरियस्ली अनुसन्धान गरेर अपराधीलाई कानुनी कठघरामा उभ्याउनु पर्छ। यो देशमा न्याय मरेको छैन।
ज्ञानेन्द्र खड्का
गणेश लामासँग ११-१२ वर्षअगाडि काठमाडौंको दरबारमार्गमा कोही साथीद्वारा भेटेको थिएँ। त्यहीबेला पनि नेपालमा यो गर्न सकिन्छ, त्यो गर्न सकिन्छ भनेर विभिन्न योजनाहरू सुनाएका थिए।
मैले गणेश लामाको सात पुस्ताको समेत कुनै पनि जग्गा लिएको छैन र एक रुपैयाँको कारोबार पनि छैन।
गणेश लामाको एक रुपैयाँ खानुपर्ने मान्छे पनि हैन र गणेश लामाको पैसा खान सक्ने र खाएर नतिर्ने हिम्मत भएको नेपालमा को होला र?
अपहरण गरेर २० करोडको कागज गरिसकेपछि मैले हिम्मत गरेर जाहेरी दिएपछि र प्रेस विज्ञप्तिपछि अत्तालिएर उनले प्रेस मिट गरेका हुन्। यसको कुनै तुक छैन। मुद्दालाई कमजोर बनाउन खोजिएला, भ्रामक कुरा गरेर आलटाल गर्न खोज्लान् तर सम्पूर्ण नेपालीहरूले राम्ररी बुझिसकेको छन्, गणेश लामा को हो र उन्को धन्न्दा के हो? हुँदा-हुँदा राजनीतिक द्वन्द्व भनेर विषयान्तर पनि गर्न खोज्लान्।
मैले भोगेको र मैले पाएको धम्की, त्रास मलाई नै थाहा छ। राज्यले उक्त घटनालाई सिरियस्ली अनुसन्धान गरेर अपराधीलाई कानुनी कठघरामा उभ्याउनु पर्छ। यो देशमा न्याय मरेको छैन। अपहरण गर्ने, फिरौती लिने, करकापमा कागज गर्ने अनि आफ्नो अपराध ढाकछोप गर्न खोज्नु अर्को अपराध हो।
गणेश लामाले के भन्छन्, के गर्छन् भन्ने कुरामा कुनै तुक छैन। कानुनी प्रक्रियामा गएर आफू सही वा गलत साबित गरून्! म र मेरो परिवारलाई जीवनभर खुकुरीको धारमा राखेर जाहेरी दिने र प्रेस विज्ञप्ति निकाल्ने आँट गरेको छु। नेपाल सरकार, प्रहरी प्रशासन, मिडियाकर्मी र आम जनमानसमा यस्तो जघन्य अपराधलाई निर्मुल पार्नको लागि अपिल गर्दछु।
गणेश लामा ‘मोस्ट वान्टेड’ भएको बेला थाइल्यान्डको मेरो होटलमा मलाई लाग्छ एक महिनाजति बसेका थिए होला। तर होटलको रुमको पैसा पनि तिरेका छैनन्। होटलमा लगानी गर्ने वा नेपालमा एक रुपैयाँ लगानी गर्ने कुरा त परै जाओस्। यस्तो जघन्य मुद्दालाई विषयान्तर गर्न यस्तो कुराहरू दुई हप्तादेखि नै गर्दै आएका हुन्। प्रहरी कार्यालयमा समेत गएर ठ्याक्कै यसैगरी भनिएको रहेछ। गणेश लामासँग पैसा खाने मेरो त्यत्रो हिम्मत छैन र अर्को कुरा १० वर्षदेखि भागेर हिँडेको भन्ने आरोप छ। जबकि, म विगत तीन वर्षदेखि नेपालमै मिडियामा इन्टरभ्यू दिएर खुलमखुल्ला व्यापार गर्दै आएको छु।
मेरो घर धोलाहिटीमै छ, म खोज्दा नभेटिने मान्छे हो र लामाको पैसा खाएर भाग्न सक्ने? भ्रामक कुराहरू गरेर मुद्दालाई कमजोर बनाउने खेल मात्र हो, अरू केही पनि हैन। निज लामासँग मेरो कुनै व्यक्तिगत कारोबार पनि छैन। मैले मलाई परेको जघन्य अपराधको विरुद्धमा लड्ने आँट गरेको छु, म र मेरो परिवारको जीवन दाउमा राखेर कानुनी लडाइँ लड्दैछु। उनले गरेका सबै भ्रामक कुराहरूको पुष्टि गरून्। अदालतमा गएर सफाइ लिन सकुन्, म धन्यवाद दिन्छु।
म विशुद्ध आफ्नो व्यापार गरेर बसेको मान्छे। म सँग क्रिप्टो र बिट्क्वाइन छ भनेर अपहरण गरी ट्रान्सफर गर्ने एक मात्र उद्देश्य थियो। मेरो मोबाइल र ल्यापटपमा केही नभेटेपछि जबरजस्ती २० करोड छोराको नाममा कागज गराएका हुन्। बाँकी प्रहरी र अदालतको हातमा छ। उनले आफ्नो बचाउको लागि अरू पनि के-के गर्छन्, के के भ्रम छर्छन्, त्यो लामाको कुरा हो। यस्तो जघन्य अपराधमा माफी दिने छुट कसैलाई छैन।
वडा कार्यलयमा गएर हस्ताक्षर गरेको भनिएको छ, त्यसको अनुसन्धान हुनुपर्यो, करकापमा गरेको कागज एकल प्रमाणित गर्ने काठमाडौं महानगर वडा-१० को अध्यक्षलाई समेत कारबही गरिपाऊँ।
लोकान्तर र बाह्रखरीमा प्रकाशित समाचार पढिसकेपछि मैले केही भन्नैपर्छ जस्तो लागेर यो कुरा लेख्दैछु।
पहिलो कुरा, गणेश लामाको प्रेस मिट हेर्नुहोला। प्रेस मिटमा लामाले ‘हामी ३-४ घन्टा बस्यौं होला’ भनेका थिए। जबकि, लोकान्तरको समाचारमा ‘करिब ७ घन्टा बसेको पाएका छौं’ भनेर अनुसन्धान अधिकारीको भनाइ भन्दै लेखिएको छ।
दोस्रो कुरा, म हितैसी साथीको नाता वा दाजुभाइको नाता लिएर लामासँग भेट्न गएको थिइनँ। वा त्यसरी बसेको पनि हैन। मलाई बकाइदा मेरो गाडीबाट जबरजस्ती झर्न लगाई उनीहरू आएको गाडीमा चढाएर लन्डन होटल पुर्याइएको हो। मेरो इच्छाविपरीत मलाई त्यहाँ पुर्याइएको थियो र त्यसपछि पनि कोठाभित्र छिरिसकेपछि मेरो मोबाइल र ल्यापटप दुबै उनीहरूले खोसेका थिए।
मलाई धम्क्याउँदै, मेरो मोबाइल र ल्यापटप खोलेर हेरेका समेत थिए। त्यो बीचमा मेरो नम्बरमा आएका महत्वपूर्ण फोन कलहरू मैले उठाउन पाएको छैन। मलाई उनीहरूले जबरजस्ती सञ्चारमाध्यमबाट टाढा राखे र मलाई मानसिक तनाव दिने उद्देश्यले धम्क्याइरहे। यो अपहरण नभएर के हो?
बाह्रखरीमा प्रकाशित समाचार अनुसार ‘फुटेजमा लामा र खड्का दुई जना मात्रै होटलमा पुगेको देखिएको छ’ लेखिएको छ। तर, हामीसँगै लामाले डिएसपी सा’ब भनेर बोलाउने गरेका सहदेव पनि थिए। त्यो बीचमा वकिल पनि हामी बसेको कोठामा छिरेका छन् र त्यसैबीचमा मेरो ल्यापटपमा खोजीनिती गर्नको लागि एक जना अर्को मानिस पनि पुगेका छन्। सिसिटिभीमा यो सबै नदेखिएकै हो र? अनि फोटोसमेत आएको छ। फोटो खिचिएको मोबाइल र मोबाइल धनी व्यक्ति खोजिने हो भने त्यहाँ अर्को व्यक्ति को थिए भनेर थाहा हुँदैन र?
बाह्रखरीमै लेखिएको छ, ‘त्यसबाहेक उनीहरूले बनाएको लेनदेनको कागजबारे पुष्टिका लागि दुबै जना वडा कार्यालसमेत पुगेको खुलेको छ।’ प्रहरीले वडा कार्यालयको सिसिटिभी फुटेज चेक गरोस्। म वडा कार्यालय पुगेकै छैन।
र, अन्तिम कुरा, लामाले जुन जग्गाको कुरा गरेका छन्। त्यस विषयमा भन्नुपर्दा मैले आजसम्म गणेश लामा वा लामाको परिवार कसैसँग पनि जग्गाको कुनै कारोबार गरेको छैन।
त्यो फोटो मलाई बन्धक बनाएर राखेको होटलको रुमको हो। सहदेव बेडमा बसिराखेका थिए, सायद सहदेवले खिचेको हुनुपर्छ। किनकि, होटलको रूममा सिसिटिभी क्यामेरा राखेको हुँदैन र राख्न पनि पाउँदैन। लन्डन होटलको पहिलो तलाको कर्नरको रुममा गएर हेरियो भने यो रुम देख्न पाइन्छ। र, यो न्युज अनुसार प्रहरीले फाइल नै बन्द गरिएको र मिलापत्र गर्न पठाइएको भन्ने छ, त्यो जानकारी छैन। कानुनी सलाहकारहरूसित छलफल गरेर म खन्डन गर्नेछु।
यसरी न्युज निकालेर जघन्य अपराधलाई ढाकछोप गर्न लागेको महसुस गरेको छु।
मैले प्रष्ट भनेको छु – बिहान ७ बजेदेखि मलाई निगरानीमा राखेर भोकभोकै कुरेकोले फ्राइड राइस र म:म मगाएर खाएका छन्। बिहानै ७ बजेदेखि कति बेला घरबाट निस्किन्छ भनेर निगरानी गर्दै बसेको भनेका थिए र मलाई लगभग दिउँसो १ बजे मात्र धोलाहिटीबाट उठाएका थिए।
जस्तो धम्की आउँदा पनि आँट गरेर जाहेरी दिएको छु।
(याे लेखमा स्वयं लेखक खड्काकाे नितान्त निजी विचार रहेकाे छ ।-सं.)
न्यूज करखाना
काठमाडौं,११ फागुन ।
नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी)बीचको विद्युत बिक्री बार्ता सकारात्मक रुपमा अगाडि बढेको छ ।
आगागी वर्षायामबाटै बंगलादेशमा विद्युत् निर्यात गर्ने गरी दुई वर्षबीच जतिसक्दो छिट्टो विद्युत् बिक्री सम्झौता गर्ने सहमति भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक बंगलादेशसँगको विद्युत बिक्री बार्ता सकारात्मक, यसै वर्षबाट विद्युत निर्यात गर्ने गरी छिट्टै सम्झौता हुने
काठमाडौं,१० फागुन । नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी)बीचको विद्युत बिक्री बार्ता सकारात्मक रुपमा अगाडि बढेको छ ।
आगागी वर्षायामबाटै बंगलादेशमा विद्युत् निर्यात गर्ने गरी दुई वर्षबीच जतिसक्दो छिट्टो विद्युत् बिक्री सम्झौता ९एयधभच क्बभिक ब्नचभझभलत० गर्ने सहमति भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली र बिपिडिबीअन्तर्गतको बोलपत्र (बिड) मूल्याङ्कन समितिबीच बिहीबार बंगलादेशको ढाकामा बार्ता भएको थियो ।
विद्युत् बिक्री सम्झौतामा राखिने हरेक बुँदाहरुका विस्तृत रुपमा छलफल भएको र यसलाई अन्तिम रुप दिएर छिट्टै सम्झौता गर्ने सहमति भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
‘बिपिडिबीले त्यहाँको नियमन कानुनबमोजिम हामीसँग माग गरेअनुसार विद्युत बिक्रीको परिणामसहितको बोलपत्र पेश गरेका थियौं, हामीले पेश गरेको प्रस्ताव र सम्झौतामा राखिने बुँदाहरुमा विस्तृत रुपमा छलफल गर्यौं’, घिसिङले भने, ‘उहाँहरुले पनि माथिल्लो निकायबाट स्वीकृति लिनु पर्ने रहेछ, स्वीकृतिलगायतका प्रक्रिया जति सक्दो छिट्टो सम्पन्न गरेर आगामी वर्षायामबाटै नेपालबाट विद्युत खरिद गर्ने गरी सम्झौता गर्ने सहमति जुटेको छ ।’
प्राधिकरणले यसै हरेक वर्ष १५ जुनदेखि–१५ नोभेम्बरसम्म वर्षायामका ६ महिनामा ४० मेगावाटसम्म विद्युत निर्यातका बंगलादेशसमक्ष प्रस्ताव पठाएको छ ।
विद्युत् बिक्री सम्झौता पाँच वर्षको गर्न लागिएको छ । नेपालले ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतको बरमपुर–भेरामारा प्रसारण लाइनबाट विद्युत निर्यात गर्ने गरी सम्झौता हुनेछ ।न्युज कारखाना
काठमाडौं, ११ फागुन ।
गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष राजेन्द्रकुमार शर्मा(आरके) नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ ।
शर्माको नेतृत्वमा रहेको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्दै गैरआवासीय नागरिकताको अधिकार दिने नियम छिटो ल्याउन र गैरआवासीय नेपाली संघको भवनलाई सरकारले प्रक्रिया अनुसार लिजमा एनआरएनएलाई दिन आग्रह गरेको हो ।
प्रधानमन्त्रीसँगको भेटमा गैरआवासीय नागरिकता पाउने व्यवस्था भएपनि नागरिकता अनुसार पाउनुपर्ने अधिकार नपाएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको अध्यक्ष आरके शर्माले जानकारी दिए ।

‘अदालतको फैसलालाई सम्मान गर्दै अहिले एनआरएनए रहेको मुख्यालय लिजमा अन्य कानुनी आधारबाट एनआरएनएलाई प्रयोग गर्न दिने व्यवस्था मिलाउन सम्माननीय प्रधानमन्त्रीलाई अनुरोध गरेका छौं,’शर्माले भेटपछि भने,‘सम्माननीय प्रधानमन्त्री ज्यूले नागरिकतामा पाउने अधिकारहरुको विषयमा छिट्टै कानुनी व्यवस्था हुने र नियम अनुसार भवनको विषयमा निर्णय हुने आश्वासन दिनु भएको छ।’
प्रधानमन्त्रीसँग भेटमा एनआरएनएका निवर्तमान अध्यक्ष कुल आचार्यले गैरआवासीय नागरिकता पाएपछि पाउनुपर्ने अधिकार नपाएको हुँदा विभिन्न समस्या भोग्नु परेको हुँदा यसलाई सहजीकरण गर्न आग्रह गरेका थिए । आचार्य गैरआवासिय नागरिकताका बारेमा सबैभन्दा सकृय अभियन्ता हुन ।
भेटमा एनआरएनए उपाध्यक्ष गंगाधर गौतमले एनआरएनएको भवनको लागि जग्गा किन्नेहरु दोषी रहेको भन्दै उनीहरुलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने र सरकारले विशेष निर्णय गरेर केही समयको लागि भवन एनआरएनएलाई दिनुपर्ने बताए । उनले आफुहरु यो विरुद्ध अदालतमा जाने पक्षमा नरहेको जानकारी पनि प्रधानमन्त्रीलाई दिए ।

प्रधानमन्त्रीसँगको भेटमा एनआरएनए निबर्तमान उपाध्यक्ष एबं अभियन्ता डिबी क्षेत्री,उपाध्यक्ष खगेन्द्र न्यौपाने,एनआरएनएका सल्लाहकार शनि कुमार ओली,जनसम्पर्क सभापति अमेरिकाका सभापति आनन्द बिष्ट,एनआरएनए अभियन्ताहरु रोशन केसी,भवानी पन्त लगायतका अभियन्ताहरुको सहभागीता रहेको थियो ।न्युज कारखाना
काठमाडौं, ११ फागुन ।
प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलबीच आरोपप्रत्यारोप चलिरहेको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्ने क्रममा राजेन्द्रकुमार केसीले प्रतिपक्षी दलका सांसदको असहयोग गरेको आरोप लगाएपछि प्रतिपक्षी दलका सांसदले कडा प्रतिवाद गरेका छन् ।
प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक पदम गिरी, रास्वपाका विराजभक्त श्रेष्ठ, राप्रपाका ज्ञानेन्द्र शाहीले सरकारको कडा आलोचना गर्दैै प्रतिपक्षी दलमाथि हिलो नछ्याप्न चेतावनी दिए ।
सरकार बहुमतको हो भने विधेयक पास गर्न र हैन भने सरकारबाट हट्न गिरीले चुनौती दिँदा श्रेष्ठले बहुमतको सरकार हो भन्नेले प्रतिपक्षीमाथि आरोप नलगाउन बताए । साथै उनले गठबन्धनमा प्वाल परेको हो भनेर प्रश्न पनि गरे ।
शाहीले पनि सरकारले हत्यारालाई कारबाही नहुने भने सदन नचल्ने चेतावनी दिए ।
प्रतिपक्षी दलका सांसदको आरोपलाई खण्डन गर्दै सत्तारुढ माओवादीका सांसद माधव सापकोटाले सदन चल्न नदिने चेतावनी दिने सांसदलाई राजीनामा दिन चुनौती दिए । न्युज कारखाना
काठमाडौ, ११ फागुन ।
नेपाली बजारमा शुक्रबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ घटेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १८ हजार रुपैयाँ कायम रहेको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ कायम छ ।
यसअघि बिहीबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो ।
यता, आज चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले घटेर १३ सय ९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बिहीबार चाँदीको भाउ तोलाकोे १४ सय रुपैयाँ रहेको थियो । न्युज कारखाना