२०८३ असार ३०
२०८३ असार ३०

आरके श्रीवास्तव,रौतहट,०३ गते चैत ।
रौतहटको गरुडा नगरपालिका वडा नम्बर ७ मा रहेको दलित समुदाय भवनको पर्खाल निर्माण हुने भएको छ । जसको लागि आज गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी जयसवालले शिलान्यास गर्नु भएको छ । सो पर्खाल निर्माण पश्चात् भवनको सुरक्षा र सौन्दर्य दुवै बढाउने नगर प्रमुख जयसवालले बताएका हुन् ।
मेयर जयसवालका अनुसार करिब रु. ५ लाखको लागतमा ५५ फिट लम्बाइ र ६ फिट उचाइ सहितको पर्खाल निर्माण हुनेछ । पर्खाल निर्माण कार्यको शिलान्यास गर्न पाउँदा आफू अत्यन्त हर्षित भएको मेयर जयसवालले प्रतिक्रिया दिनु भएको छ ।
गरुडा नगरपालिकाले सामाजिक समावेशिता र पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । र यस क्षेत्रका हरेक समुदायको आवश्यकतालाई सम्बोधन गर्दै अघि बढिरहेको मेयर जयसवालको भनाइ छ ।
सबैको सहकार्य र समर्थनले नगरको समग्र विकासलाई नयाँ उचाइमा पु¥याउनेमा आफु आशावादी रहेको बताएका छन् । सो शिलान्यास कार्यक्रममा स्थानिय भद्रभलादमी,बुद्धिजिवी, समाजसेवी सहित सर्वसाधारणहरुको उपस्थिती रहेको थियो ।

आरके श्रीवास्तव,रौतहट,०३ गते चैत ।
रौतहट । रौतहटको फतुवा विजयपुर ३ मेवामा आज आम जनता पार्टीको वडा भेला सम्पन्न भएको छ । सो भेला बाट नयाँ वडा कमिटि गठन गरिएको छ । भेलाले राजेश साह सोनारको अध्यक्षतामा ५१ सदस्यीय वडा कमिटि गठन गरेको आम जनता पार्टीका स्थायी कमिटि सदस्य युवा नेता रविन्द्र यादवले जानकारी गराएका हुन् ।
गठित कमिटिको उपाध्यक्षमा मोहन बैठा,सचिवमा बिटु पटेल,सह सचिवमा विजय साह सोनार,लालबाबु राम रहेका छन् ।
त्यस्तै सदस्यहरुमा रुदल बैठा,लक्षमण राम,उपेन्द्र राम,कृपाली हजरा,गौरी साह सोनार,रुपलाल राम,जवाहीर पटेल,बैजु साह सोनार लगायतका व्यक्तीहरु रहेका छन् ।
आजपा जिल्ला अध्यक्ष नरेश साह तुरहा, स्थायी कमिटी सदस्य संजय यादव, दिपा साह, ब्रहमा यादव, शेख मोबिन,प्रमोद पसवान लगायतका नेताहरुको बिशेष उपस्थित रहेको थियो ।
यसअघि फतुवा विजयपुर नगरपालिकाको वडा नम्बर २ सितलपुरमा मुनिफ राय यादवको अध्यक्षतामा ५१ सदस्यीय वाडा कमिटी गठन गरिएको थियो । यूवा नेता यादवले गठित उक्त कमिटीका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरूलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गरेका छन् ।

चन्दन यादव,कटहरिया, ०३ गते चैत ।

रौतहटको यमुनामाई गाँउपालिकामा कर्मचारीको असामयिक निधन भएपछि पालिकाभरी शोक बिदा दिइएको छ । गाँउपालिकाले आज एउटा सुचना जारी गर्दै सहायकस्तर पाचौँ (नायब सुब्बा) हृदय नारायण यादवको असामयिक निधन भएकोले आज शोक विदा दिएको हो ।

२०८१ चैत १ गते शुक्रवार होली पर्वका दिन असामयिक रुपामा स्वर्गारोहण भएकोले निज दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनप्रति यमुनामाई गाँउपालिका गहिरो सम्वेदना प्रकट गरेको सुचना मार्फत जनाएको छ ।


गाँउपालिकाका अध्यक्ष महमद सउद द्वारा जारी सूचनामा यादवको निधनमा गहिरो दुःख व्यक्त गर्दै यमुनामाई गाँउपालिकामा आज गाउँपालिका र यस गाउँपालिका कार्यालयको मातहतको विधालय बाहेक वडा कार्यालय, स्वास्थ्य संस्था लगायत सम्पुर्ण कार्यालयहरु पुर्ण रुपमा बन्द रहने प्रकाशित सुचना बाट जानकारी गराइएको छ ।

साथै कार्यालय बन्दको कारण सेवाग्राहीमा पर्न जाने असुविधा प्रति यमुनामाई गाँउपालिका क्षमा याचना समेत गरेको छ ।

उमेश साह,सप्तरी,०३ गते चैत ।

बोदे बर्साईन । सप्तरीको कल्याणपुर हुँदै बनौंली देखि हुलाकी सडक सम्म मिल्ने २ लेनको बाटो समयमै निर्माण नहुदा धुलोको कारण स्वास्थ्यमा असर परेको भन्दै सडक निर्माण आसपास बसोबास गर्नेहरु आन्दोलित बनेका छन् । दैनिक सयौं सवारी साधन ओहोरदोहोर हुने यस खण्डमा सडक निर्माण गर्ने क्रम जारी नरहदा धुलाको कारण स्वास्थ्यमा असर पुगेको भन्दै उनीहरुले खडक नगरपालिका – १० फुलबडियाको मुख्य सडकमा ढाड राखेर सवारी आजावतमा रोक लगाएका छन् ।

उनीहरुल निमार्ण कम्पनीले समयमा काम नसक्दा सडक खण्डमा धुुलो भएकोले आफूहरुका दिनचर्यामासमेत असर परेको भन्र्दै सडकमा स्थानीयले एक घण्टा मुख्य सडक अबरोध गरेका छन् । हरेक दिन दैनिक सयौंको संख्यामा सवारी साधन आवात जाबत गर्ने सडक भत्काएर पूर्न सड्क निमार्ण गर्न कुनै निकायले चासो नदिएको भन्र्दै स्थानीयले सडक अबरोध गरेको बताएका छन् ।

स्थानीयहरुले सडकको केहि खाल्डाखुल्डीमा दुर्घटना समेत हुनसक्ने सम्भावना रहेको हुदा पनि सम्बन्धित पक्षको ध्यान नगएको आरोप लगाएका छन् । कल्याणपुर देखि बनौंलीको मुख्य सडकमा दैनिक एज जना को सडक राम्रो नहुदा दुर्घटना समेत बढ्नुको साथै धुवाधुलो उडेर जनजिवन प्रभाबित भएको गुनासो गरेका छन ।

सडक भत्केको कारण त्यहाँबाट उठेको धुवा धुलोका कारण घर तथा व्यवसाय गर्न अतिनै मुस्किल भएको र बाध्य भएर सडक अबरुद्ध गर्नुपरेको स्थानीय ध्रुब साहले गुनासो पोखे । उनले भने–‘सडक समयमा नबन्दा धुलो धुवाले व्यापार छैन, स्वास्थ्यमा समेत असर पुगेको छ, निर्माण कार्य गर्न किन यति ढिलाई ?’ लगभग १८ किलो मिटर रहेको सडकमा केही ठाउँ बिस्तार गर्न बाकी रहेको र धुलो नियन्त्रण गर्न कुनै कसैले पनि चासो नदिएको कारण फुल्बडिया आसपासको स्थानीय ब्यापार व्यवसायलाई दैनिक असर पुगेको स्थानीय बताउछन् ।

स्थानीय बासी इन्जिनियर सरोज साहले भने–‘सडक निर्माण कार्य ढिलो भएकै हो, चाडो निर्माणका लागि पहल गर्ने स्थानीय सरकार संघ आग्रह गर्द्छु ।’ यो सडकमा दैनिक सयौं सवारी साधन आवतजात हुने गरेको छ । निर्माण कार्य चाडो गर्न उनीहरुले माग समेत गरेका छन् ।

चन्दन यादव,कटहरिया,०३ गते चैत २०८१ ।

कटहरिया । रौतहटमा दिन प्रति दिन भन्सार छलीको सर(समानहरु बरामद भइरहेको छ । अहिले प्रहरीको सक्रियता बढेसँगै तस्करहरुको पनि सक्रियता बढेको देखन सकिन्छ । त्यस्तै २०८१ चैत २ गते शनिवारका दिन जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले अबैध समानहरु बरामद गरेको प्रहरीले जनाएको हो ।


जिल्लाको गौर नगरपालिका वडा नम्बर ३ स्थित विभिन्न सवारी साधनहरुलाई रोकी चेकजाँच गर्ने क्रममा अबैध रुपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको अन्दाजी मुल्य रु. ४५ हजार २ सय बराबरको किराना समानहरु बारमद भएको प्रहरीले निकालेको विज्ञप्तीमा उलेख रहेको छ ।


त्यस्तै अन्दाजी मुल्य रु. १ लाख ३ हजार बराबरको २ थान मोटरसाईकल बरामद भएको प्रहरीले जनाएको हो । यसैगरी किराना समानहरु तथा मोटरसाइकल लगायतको अन्दाजी मुल्य रु. १ लाख ४८ हजार २ सय रहेको प्रहरीले जानकारी गराएको हो ।


बरामद भएको विभिन्न माल समान तथा सवारी साधनलाइ नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले जानकारी गराएका हुन् ।

काठमाडौँ —नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोल प्रतिलिटर ५ र डिजेलरमट्टितेलमा ४र४ रुपैयाँले मूल्य घटाउने निर्णय गरेको हो ।

नयाँ मूल्य शनिबार राति १२ बजेदेखि लागू हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोल क्रमशः प्रतिलिटर एक सय ६० रुपैयाँ ५० पैसा, एक सय ६२ रुपैयाँ र एक सय ६३ रुपैयाँ तथा डिजेलरमट्टितेल प्रतिलिटर एक सय ४८ रुपैयाँ ५० पैसा, एक सय ५० रुपैयाँ र एक सय ५१ रुपैयाँ कायम भएको छ ।

इण्डियन आयल कर्पोरेसशनबाट शनिबार प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको हो । कान्तिपुर

आरके श्रीवास्तव,राैतहट,०२ गते चैत ।
राैतहटकाे चन्द्रपुरमा रहेको जनज्याेती बहमुखी क्याम्पसमा यहि चैत ०५ गते स्वतन्त्र बिद्यार्थी युनियनकाे लागि चुनाव भइरहेको छ । स्ववियुकाे चुनाव नजिकिए सँग अहिले चुनावी सरगर्मी बढेको छ ।

जसकाे लागि अहिले उम्मेदवारहरू गाउँमा गाउँमा पस्न थालेका छन् । चुनाव प्रचारप्रसारकाे अन्तिम दिन नेपाल बिद्यार्थी संघकाे सभापति पदका उम्मेदवार माेहम्द नाैसाद आलम सहितका उम्मेदवारहरू आज घरदैलो गर्न गुजरा नगरपालिकाकाे विभिन्न गाउँमा पुगेका छन् ।
साेही क्रममा गुजरा नगरपालिकाकाे वडा नम्बर ४ कनकपुरमा नेपाली काँग्रेस क्षेत्र नम्बर ३ का सह सचिव एवम् नेपाल मुस्लिम संघका केन्द्रीय सदस्य साबिर हुसेनले भव्य स्वागत गरेका छन् ।

नेविसंघका तर्फबाट पुरै प्यानल उम्मेदवारहरू उनकाे निजि निवासमा पुगेका थिए । सबै उम्मेदवारहरूलाई खादा लगाई यूवा नेता हुसेनले जितकाे अग्रिम शुभकामना दिएका थिए ।
साेह क्रममा बाेल्दै नेता हुसेनले नेविसंघकाे जित चाहेर पनि कसैले रोक्न नसक्ने ठोकुवा गरे । नेविसंघकाे पक्षमा सम्पूर्ण बिद्यार्थीकाे साथ र सहयोग रहेकोले जित सुनिश्चित नै रहेको उनले दावी गरेका छन् ।

घरदैलोको क्रममा नेविसंघकाे तर्फबाट सभापति पदका उम्मेदवार आलमले आफनाे प्यानललाई निर्वाचित गराउन आम मतदाता बिद्यार्थीहरूलाई आग्रह गरेका छन् ।

नेविसंघकाे तर्फ बाट उम्मेदवार बनेकाहरू आफनाे चुनावी एजेण्डा सहित बिद्यार्थी मतदाता सँग भेटघाटका लागि गाउँगाउँमा अहिले पुगिरहेका छन् । नेविसंघकाे तर्फ सभापति पदका उम्मेदवार नाैसाद आलम सँगै सचिव पदका लागि शाहिल पुरी,काेषाध्यक्ष पदका लागि समझना कुमारी चाैधरी चुनावी मैदानमा छन् ।
त्यस्तै सदस्य पदमा विकास कुमार दास,आर्जु भट्टराई,राेहन श्रेष्ठ,पुष्पा कार्की,रितिक सिंह,रेजिना कुमारी काफ्ले र सुशील कुमार पहरी चुनाव लडिरहेका छन् ।

त्रिभुवन विश्वविद्यालयले जनज्योती बहुमुखी क्याम्पसमा स्ववियु चुनावको लागि चैत ५ गते बिहान ८ बजेबाट मतदान प्रक्रिया सुरू हुने र दिउँसो ४ बजेसम्म मतदान गर्ने समय ताेकेकाे छ ।

राकेश दास, रौतहट, चैत ०२ गते २०८१ ।

रौतहटमा अबैध रक्सी सहित मानिस पक्राउ परेको छ । बिहिवारका दिन जिल्ला प्रहरी कार्यालय रौतहट कार्यालय तथा मातहत इलाका प्रहरी कार्यालय राजपुर रौतहटबाट गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले जिल्ला रौतहट ईशनाथ नगरपालिका वडा नंम्बर ५ जयनगर स्थित सिमा क्षेत्रमा नेपालबाट अबैध रुपमा चोरी निकासी गरी भारत तर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ परेको प्रहरी ले जनाएको छ ।

सो समानहरु अंदाजि मुल्य रु. १८ हजार २ सय रुपैया बराबरको रक्सी फेला परेको हो । सर–सामानहरु अंदाजि मूल्य रु. १ लाख रुपैया बरावरको बिआर ०५ डि ४३३१ र बिआर ०५ डि ३३११ नम्बरको मोटरसाईकल २ थान रहेको प्रेस बिज्ञप्तीमा उलेख रहेको छ ।

पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला पुर्वी चम्पारण भसेडवा वडा नम्बर १९ बस्ने दरेश यादवको छोरा अंदाजि २० बर्ष को संतोष यादव पक्राउ परेको हो । उक्त समानहरु र मोटरसाईकल गरि जम्मा अंदाजि मुल्य रु. १ लाख १८ हजार दुई सय बराबरको सर–सामानहरु तथा

भारत बिहार राज्य जिल्ला पुर्वी चम्पारण भसेडवा बस्ने दरेश यादवको छोरा संतोष यादव समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी दिपक कुमार राय बताएका हुन् ।

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेताहरुको कुकर्मका कारण गणतन्त्र बदनाम भएको टिप्पणी गरेका छन् । तेस्रो जनआन्दोलनको घोषणा गरेका साहले भ्रष्ट एवं दलाल दलतन्त्रको बिरुद्ध तेस्रो जनआन्दोलनको विकल्प नभएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा आज एक भिडियो अपिल जारी गर्दै उनले आउँदो २४ चैतमा दलाल दलतन्त्रको अन्त्य हुने घोषणा गरेका छन् । आजापाले २४ चैतमा काठमाडौंको भृकुटी मण्डपमा खबरदारी सभा एवं काठमाडौंमा प्रदर्शन गर्दैछ । त्यसैको पूर्वसन्ध्यामा साहले जारी गरेको भिडियो अपिलमार्फत दलतन्त्रको अन्त्य नै वर्तमान संकटको समाधान भएको जनाएका छन् ।

‘आज दलाल दलतन्त्रले देश बेहाल छ । नेताहरुको कुकर्मले गणतन्त्र बदनाम छ । जनताको रगत पसिना चुसेर नेताहरु मोटाएका छन् । नेताका आसेपासे मालामाल छन्, जनता लचार छन्’, आजपा अध्यक्ष साहले भने, ‘कसैको अगाडी कहिल्यै नझुकेको हाम्रो गौरवशाली इतिहास आज दलालीले पोतिदैछ । नेपाली जनताको सपना खोसिएको छ ।’

केही गर्न बिदेशै जानुपर्ने बाध्यात्मक स्थिति शासकहरुले निर्माण गरेको आरोप उनले लगाए । पढनेदेखी रोजगारका लागि विदेशिने क्रम बढेको बताउदै यो सबै अवस्थाको सृजना शासनमा रहेका नेताहरुले निर्माण गरेको उनले बताए ।

‘केही गर्नका लागि विदेशै जानुपर्ने बाध्यात्मक स्थिति निर्माण गरिएको छ । आश बोकेर विदेश जानेहरु आज लाश बनेर फर्किरहेका छन् । यतिमात्रै हैन आज हाम्रो अर्थतन्त्र डमाडोल छ, व्यापार घाटामा छ, नेताहरुको अत्याचार र भ्रष्टाचार बढेको छ । सुशासन सुनशास छ, विकास विलाएको छ, कर आतंक छ, महंगी आतंक छ । हाम्रो प्राकृतिक सम्पदाहरुको खुलेयाम विक्री र दोहन भईरहेको छ । जनता दिनदिनै बैदेशिक ऋणमा थिचिदैछन् । यि तमाम संकटको अन्त्यका लागि तपाई हामी अगाडी आउँनै पर्छ’, साहले भने ।

नागरिकलाई दास बनाउने र युवालाई लाश बनाउने यि पार्टी र नेताहरुबाट आश गर्नु भनेको ठुलो धोखा हुने उनले जनाएका छन् । जस्तो फ्याक्ट्री हुन्छ उत्पादन पनि त्यस्तै हुने बताउदै अहिलेको व्यवस्था नै लुटकारी भएको बताए । लुटकारी व्यवस्था रहेसम्म जनताको कल्याण नहुने र जनताको भविष्य पनि उज्जवल नहुने बताउदै उनले दलाल लुटकारी दलतन्त्रको बिरुद्धमा जनता सडकमा आउनुको विकल्प नभएको बताए ।

‘इतिहास साक्षी छ, हिजो पञ्चायती व्यवस्थामा पञ्चहरु मोटाए, आज दलतन्त्रमा दलका नेताहरु मोटाईरहेका छन् । त्यसैले जनता मोटाउन जनताको शासन चाहिन्छ । जनताको शासनका लागि दलतन्त्रको अन्त्य हुन आवश्यक छ । त्यसैले आजपाले आह्वान गरेको जनताको शासनका लागि तेस्रो जनआन्दोलनमा सहभागि हुन चैत २४ गते काठमाडौंको भृकुटी मण्डप जाऔं’ आजपा अध्यक्ष साहले भने ।

२४ चैतमा जनआन्दोलन दिवशकै दिन भ्रष्टाचार बिरुद्ध खबरदारी सभा र विशेष प्रदर्शन गर्न लागेको आजपाले सरकारको मनोमानी कर आतंक, भ्रष्टाचार, अनियमितता बिरुद्ध संघर्ष गर्दै आएको छ । गत बर्ष २४ चैतकै दिन आजपा अध्यक्ष साहले काठमाडौंको भृकुटी मण्डपबाट दलाल दलतन्त्रको बिरुद्ध तेस्रो जनआन्दोलनको घोषणा गरेका थिए ।

आरके श्रीवास्तव,रौतहट,२८ गते फागुन । 

नेकपा एसका मधेस प्रदेश सदस्य एवम् गरूडा नगरपालिकाका मेयर प्रत्यासी बृजकिशोर यादवले होलीलाई हरेकले आफ्नो तर्फबाट विकृतिरहित बनाउने हो भने संस्कृतिको सम्मान हुने बताएका छन् ।

आफनो निजि निवास गरूडा नगरपालिका वडा नम्बर ५ महम्मदपुरमा आज आयोजित होली मिलन समारोह कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । होली पर्व सद्भाव र एकताको पर्वको रूपमा रहेकोले यसलाई आत्मसात् गरि होली पर्व मनाउन उनको आग्रह थियोे ।

मदिरारहित होली पर्व मनाउन मेयर प्रत्यासी यादवको अनुरोध थियो । त्यस्तै समारोहलाइ सम्बोध गर्दै नेकपा एसका नगर कमिटि अध्यक्ष अशोक यादवले एक अर्का प्रति रहेको इषर््या लाइ त्यागेर सदभावपूर्ण होली मनाउन आग्रह गरेका छन् ।

त्यस्तै गरुडा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रामबिनोद जयसवालले सदियोदेखि चल्दै आएको होली पर्व कुनै किसिमको भेदभाव नगरी मनाउन आग्रह गरेका छन् । होली पर्वके बेला खानपानम ख्यालगर्न अनुरोध गरेका छन् ।

 

नेकपा एस गरूडा नगर कमिटीको आयोजनामा भएको होली मिलन समारोह हरेक वर्ष यसैगरी मनाउँदै आईएको छ । होली मिलन समारोहमा डम्फ,झाल झिल सहित होलवईयाहरूले परम्परागत  होलीको राग गाएर सबैलाई मन्त्रमुग्द गरेका थिए ।

सो होलि मिलन समारोहमा सहभागीहरूले एक अर्कालाई रंग,अबिर दलेर होलीको शुभकामना आदानप्रदान गरेका थिए । साथै मधेसको गम्छा सम्मान पनि गरिएको थियो । सबै अतिथिहरूलाई गम्छा ओढाएर सम्मान पनि गरिएको थियोे ।

 

सो अवसरमा नेकपा एसका मधेस प्रदेश कमिटी सदस्य रामभरोस यादव,रामप्रसाद यादव,सहित नेता एसका नेता कार्यकर्ता,गरूडा र नगरवासी सहित सयौं मानिसहरूको सहभागीता रहेको थियो । गाउँका बुजुर्ग हेमाकान्त यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाइ राजेश्वर पाण्डेले सञ्चालन गरेका थिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।