२०८३ बैशाख ८
२०८३ बैशाख ८

 चन्दन यादव, रौतहट, १४ गते चैत ।

एस.ई.ई. अपडेट : दुई दिनमा रौतहटबाट जम्मा ६५१ मोबाईल र एक जना मानिस नियन्त्रणमा रहेको प्रहरीले बताएका हुन् । अहिले एस.ई.ई. को बेर रौतहटमा एउटा बेग्लै रवैया चलिरहेको देखन सकिन्छ । आज २०८१ चैत १४ गते ८ बजे देखी संचालन भएको एस.ई.ई. परिक्षामा रौतहटको विभिन्न परिक्षा केन्द्रहरुमा टन्नै मोबाईलहरु बरामद भएको प्रहरीले जनाएको हो ।

चिट चोर्ने प्रयोजनको लागि प्रशिक्षार्थीहरुले आफ्नो शरिरमा मोबाईल लुकाई छिपाई परिक्षा हल भित्र प्रवेश गरेको चेकजाँचको क्रममा मोबाईल ३ सय ४१ थान, स्मार्ट वाच ७ थान नियन्त्रमा लिइएको प्रहरीले जनाए । यत्रो संख्यामा रौतहटको परिक्षा केन्द्रहरुबाट मोबाईल नियन्त्रमा आउनु कहि न कहि यसमा सम्बन्धित शिक्षकहरु तथा कार्यालय सहयोगीहरु पनि संलग्न रहेको बुझ्न सकिन्छ ।

जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ८ स्थितमा रहेको श्री शुभलाल मा.वि. सन्तपुर परिक्षा केन्द्रको बाहिरबाट हवास्टएपको प्रयोग गरी अनलाईन मार्फत चिट चोर्न मद्दत गर्ने कार्यमा संलग्न रहेका १ जना मानिसलाई समेत नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेकाे प्रहरी द्वारा प्रकाशित सुचनामा उल्लेख रहेको छ ।

त्यस्तै हिजो अर्थात् १३ गते जिल्लाको विभिन्न केन्द्रहरुमा चिट चोर्न प्रयोजनको लागि परिक्षार्थीहरुले आफ्नो शरिरमा मोबाईल लुकाई छिपाई परिक्षा हल भित्र प्रवेश गरेको पाइएकोमा चेकजाँचको क्रममा मोबाईल ३ सय १० थान, स्मार्ट वाच २ थान र परिक्षा निरीक्षकको रुपमा खटी परिक्षा हलभित्र मोबाईल पास गराई परिक्षाको मर्यादा भंग गर्ने १ जना परिक्षा निरीक्षक लाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य भई रहेको प्रहरी नायब उपरीक्षक प्रवक्ता तथा सूचना अधिकारी दिपक कुमार रायले जनाएका हुन् ।

आरके श्रीवास्तव,रौतहट,१४ गते चैत २०८१ ।
रौतहट । गायक सोनु  सिंह कुशवाहाको स्वरमा रहेको भोजपुरी गीत ‘बर्बाद जिन्दगी’ सार्वजनिक हुँदैछ । गीतमा जयदेशी माही र चन्दु नेपालीको शब्द रहेको छ भने माहीको संगीत रहेको छ । सदाम हुुसेनको निर्देशनमा रहेको गीतको भिडियोलाई जयदेश माहीले सङ्गीत संयोजन गर्नुभएको हो । गीतको भिडियो लाई रिना फिल्मसले बजारमा ल्याउँदैछ ।

गीतको भिडियोमा गायक सोनु कुशवाहा र अमृता मिजारको अभिनय रहेको छ । रौतहटको कटहरिया बजारमा रहेको खुश्बु रेर्कडिङ्ग स्टुडियो भिडियो रेकर्ड गरेको छ । गायक कुशवाहा भोजपुरी,बज्जिका, नेपाली,हिन्दी भाषामा गाइएको दर्जनौं गीतहरु बजारमा उपलब्ध रहेको छ ।

रिना फिल्मसको युटुब चैनल मार्फत आज साँझ ४ बजे यो गित सार्वजनिक गर्न थालिएको गायक कुशवाहाले बज्जिकाञ्चललाइ जानकारी गराएका हुन् । यो गितलाइ नेपालको चर्चित पर्यटकीय नगरी पोखरामा छयांकन गरिएको उनले बताएका हुन् ।

पछिल्लो समय खुश्बु रेर्कडिङ्ग स्टुडियोले स्थानिय गायक कलाकारहरुलाइ गित गाउने राम्रो प्लेट फार्म तयार गरिदिएको छ । जसबाट दर्जनौं ग्रामीण क्षेत्रका गायक कलाकारहरु लाभान्वीत छन् ।

आफनो नयाँ आउन थालेको गितलाइ दर्शकहरुले मन पराइ दिनु हुन्छ भने आफु आशावादी रहेको गायक कुशवाहाले विश्वास व्यक्त समेत गरेका छन् । बढीभन्दा बढी भ्यूज पाउनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।

बज्जिकाञ्चल संवाददाता,१३ गते चैत । 

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) प्रतियोगिताको दोस्रो खेलमा कोलकाता नाइट राइडर्सले आठ विकेटको शानदार जित निकालेको छ । पहिलो खेलमा रोयल्स च्यालेन्जर्स बैंग्लोरुसँग सात विकेटले पराजित भएको कोलकाताले राजस्थानविरुद्ध जित निकालेको हो ।

जितमा ओपनर क्विन्टन डि कक नायक भए । गुमाइसकेको खेललाई नटआउट शानदार व्याटिङ गर्दै राजस्थानविरुद्ध डि ककले ८ विकेटको जित निकालेका हुन् । ६१ बलको सामना गरेका डि ककले ६ छक्का र आठ चौकाको मद्दतमा ९७ रन बनाए । उनी शतक बनाउन मात्र तीन रनले चुके ।

यो जितसँगै कोलकाताले दुई खेलमा दुई अंक जोडेको छ भने राजस्थान दुई खेलमा अंकबिहीन छ । राजस्थान पहिलो खेलमा नराइजर्स हैदरावादसँग ४४ रनले पराजित भएको थियो ।

टस जितेर सुरुमा फिल्ड रोजेको कोलकाताले १५२ रनको सामान्य लक्ष्य पाएको थियो । सामान्य लक्ष्य कोलकाताले १५ बल बाँकी हुँदा मात्र दुई विकेटको क्षतिमा १५३ रन बनाउँदै भेट्टाएको हो ।

कोलकाताले ओपनर मोइन अलीलाई पाँच रनमै गुमाएको थियो । कप्तान आजिक्य रहाने पनि १८ रनमै समेटिए । उसका लागि डि कक र अंगकृष रघुवंशीले तेस्रो विकेटका लागि ८३ रनको विशाल साझेदारी गरेका थिए । यो साझेदारी नै कलकताको पुनरागमन जित निकालेको हो ।

बज्जिकाञ्चल संवाददाता,१३ गते चैत । 

काठमाडौं । नेपाल टेलिकमले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी परीक्षार्थीहरूका लागि ‘एसईई अफर २०८१’ घोषणा गरेको छ । यसअन्तर्गत रु. २० मै सिमकार्ड पाइने छ भने उक्त सिममा ‘बोनस अन रिचार्ज’ पनि उपलब्ध हुनेछ ।

एसईई अफर तथा बोनस अन रिचार्ज आगामी चैत १५ देखि २०८२ असार ३० सम्म सञ्चालन हुनेछ ।

टेलिकमका देशभरका कार्यालयमा उपलब्ध हुने यस्तो सिमकार्ड सक्रिय गरेपछि ३० दिनसम्म विभिन्न अफरहरू उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिलेदेखि एनटीसी मोबाइल नम्बर प्रयोग गर्ने विद्यार्थीले पनि आफ्नो सिमकार्डमा यी अफरको लाभ लिनसक्ने छन् ।

नयाँ सिम प्राप्त गरेका विद्यार्थीले सिमकार्डमा मेन ब्यालेन्सको रूपमा उपलब्ध हुने रु. ९.८० बाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डेटा चलाउन सक्नेछन् । यसका अतिरिक्त, ३० दिनसम्मका लागि प्रतिदिन नेपाल टेलिकमको नेटवर्कभित्र २० मिनेट अन-नेट भ्वाइस कल, १० ओटा अन-नेट एसएमएस र ५०० एमबी डेटासमेत पाउनेछन् ।

यी सबै सुविधा प्रत्येक दिन प्राप्त हुने रिसोर्सको रूपमा मात्र सोही दिनका लागि कायम रहने कम्पनीले उल्लेख गरेको छ । नयाँ सिम प्राप्त गर्न परीक्षार्थीहरूले एसईईको प्रवेश पत्र (एडमिट कार्ड) वा कक्षा १० को मार्कशिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतका सरकारी परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्नेछ ।

साथै, सिमकार्ड सक्रिय गर्नका लागि स्वयंले *१४१४# डायल गर्नुपर्नेछ । यसपछि अफर प्राप्त ग *१६००# डायल गरी निर्देशनहरू पालन गर्नुपर्नेछ ।

*१६००# डायल गर्दा प्राप्त निर्देशन अनुसार एसईई सिम्बोल नम्बर टाइप गरी सेन्ड गर्ने

जन्ममति टाइप गरी सेन्ड गर्ने । (DOB टाइप गर्दा YYYYMMDD (BS) फर्म्याटमा टाइप गर्नुपर्नेछ । eg: 20610101)

यस अफर अन्तर्गत उपलब्ध हुने बोनस अन रिचार्जमा रु. ५० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा ५०० एमबी डेटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल गर्न र ५० ओटा अन-नेट एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ । रिचार्जमा प्राप्त हुने बोनस प्राप्त भएको तीन दिनभित्र प्रयोग गर्नुपर्ने छ । सभार टेकपाना

चन्दन यादव,रौतहट, १३ गते चैत ।

नेपाल पत्रकार महासंघ रौतहट शाखाले आज सुचना अधिकारी चयन गरेको छ । नेपाल पत्रकार महासंघ रौतहट शाखाको सह-सचिवको समेत रहनु भएका दिनेश यादवलाइ सुचना अधिकारीको रुपमा नियुक्त गरिएको हो ।

सह-सचिवमा कार्यरत यादवको कार्यलाइ उच्च मुल्यांकन गर्दै उहाँलाइ सुचना अधिकारीको जिम्मेवारी दिइएको छ । नेपाल पत्रकार महासंघको केन्द्रिय समिति द्वारा सूचना अधिकारी नियुक्त गर्न परिपत्र भएअनुसार रौतहट शाखामा पनि सुचना अधिकारी नियुक्त गरिएको छ ।

महासंघ रौतहट शाखाको चैत १३ गते बुधबारका दिन बसेको बैठकबाट यादवलाइ नियुक्त गरिएको सचिव गौतम श्रेष्ठ द्वारा हस्ताक्षारित सुचनामा उल्लेख रहेको छ ।

श्रेष्ठ द्वारा निकालेको सुचनामा “सुचना अधिकारीका रुपमा तपाइले विधि विधान बमोजिम नेपाल पत्रकार महासंघ रौतहट शाखाको कामकाज सहर्ष जानकारी गराउँदछु । तपाइको सफल कार्यकालको कामना गर्दछु ।” समेत उल्लेख रहेको छ ।

यता यादव सूचना अधिकारीमा नियुक्त भएसँगै जिल्लाभरी सञ्चारकर्मीहरूमा खुशीकाे संचार भएको छ । उनलाई सामाजिक संजालमा बधाईकाे ओइरो लागेको छ । उनकाे कार्यकालमा नयाँ सञ्चारकर्मीले माैका पाउने विश्वास समेत गरिएको छ ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,१३ गते चैत । 
रौतहट । समाजिक संजालमा पत्रकारहरुलाइ सामुहिक बदनाम गराउने जोकोहीलाई कानुनी कारबाही गर्ने नेपाल पत्रकार महासंघ रौतहट शाखाले जनाएको छ । महासङ्ह रौतहटका सचिव गौतम श्रेष्ठले आज बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै, केही समय देखि समाजिक संजालमा रौतहटका सञ्चारकर्मी पत्रकारहरुलाइ सामुहिक रूपमामा बदनाम गर्ने गरि केही व्यक्तिहरुले अशिष्ट भाषाको प्रयोग गरि तथानाम लेख्ने गरेको प्रती हाम्रो ध्यानाकर्षण भएको जनाएको छ । जारी विज्ञप्तिमा, कुनै व्यक्ति वा पात्र संगको वैचारिक मतभेद वा रिसिविलाई लिएर सिङ्गो सन्चरकर्मिहरुलाई बदनाम गर्ने काम हुनुहुदैन । कोहि कसैले बदमासी गरेको भए सो व्यक्तिको नाम किटानी गरि सम्बन्धित निकायामा उजुरी गर्नुको साटो सम्पुर्ण पत्रकारलाई आरोप लगाउनु निन्दनीय रहेको भन्दै यस्तो गर्नेलाई कानुनी कार्वाही गर्ने उल्लेख गरिएको छ ।
समाजिक संजालमा बिना प्रमाण पत्रकारहरुलाई आरोप लगाउने, बदनाम गराउने अपशब्द प्रयोग गरि गालिगलौज गर्ने कार्य भएमा सोको विरुद्ध हामी कानुनी कार्यवाहीमा जाने बाध्य हुने भन्दै त्यस्ता किसिमको घटनाहरुको बारेमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउदै समाजिक संजालमा निगरानी बढाउन आग्रह गरेको छ । साथै जारी विज्ञपति मार्फत  सञ्चारकर्मिहरुलाई कार्यक्षेत्रमा नेपाल पत्रकार महासङ्हले तोकेको पत्रकार अचार संहिता भित्र रहेर आफ्नो जिम्मेवारी र दायित्व बमोजिम काम गर्न समेत आग्रह गरेको हो ।
त्यस्तै नेपाल पत्रकार महासङ्ह रौतहट शाखाको आजै बसेको बैठकले सह सचिव दिनेश यादव संगमलाई सूचना अधिकारीको रूपमा  नियुक्त गरिएको अध्यक्ष सन्जय कुमार कार्किले जानकारी गराउनु भयो ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,१३ गते चैत । 

मेवा देख्न र खानमा जति मीठो हुन्छ त्यत्तिकै गुणकारी पनि हुन्छ। विज्ञहरुका अनुसार मेवाको केवल फल मात्र होइन पूरै रुख नै औषधिय गुणले युक्त हुन्छ । मेवामा भिटामिन ए अन्य फलमा भन्दा उच्च पाइन्छ । मेवामा क्याल्सियम, म्याग्नेसियम, पोटासियम, भिटामिन ए, कार्बोहाइड्रेट तथा फाइबर पर्याप्त मात्रामा पाइन्छ ।

थोरै क्यालोरी, धेरै पौष्टिक तत्व भएको यो गुनिलो मेवालाई मोटोपन घटाउन प्रयास गरिरहनु भएका मानिसहरुले आहाराको रुपमा लिन सकिन्छ । कब्जियत र अपच भएको बेला मेवाको सेवन गर्नाले राहत मिल्छ । टुक्रा पारिएको मेवाले छालाको घाउ र चोटपटक लागेको ठाउँमा लगाएमा निको पार्छ । यदि मेवा सहि मात्रामा खाने गरेमा यसले मानिस शरिरको रोगहरुबाट छुटकारा दिन्छ । यसको नियमित प्रयोगले क्यानसर हुनबाट समेत जोगाउँछ । मेवाले कपाल बढाउनमा समेत मद्दत गर्छ ।

आयुर्वेदमा मेवालाई विभिन्न असाध्य रोगलाई दूर गर्ने उच्चतम फलको रुपमा लिइएको छ । मेवाको सेवनले पाचन सम्बन्धि जटिलता अन्त्य गर्ने, कमलपित्त, हर्निया जस्ता रोगको जोखिम घटाउनुका साथै प्रजनन क्षमतामा वृद्धि गर्ने बताइन्छ । साथै मेवा मुटुरोगीका लागि समेत उपयोगी हुनुका साथै कोलेस्ट्रोलका विरामीका लागि समेत लाभकारी हुन्छ ।

फाइदका साथै छालाको रंगमा निखार आउनुका साथै चमक पनि बढाउँछ । पाकेको मेवा अनुहारमा लगाउँदा समेत यसले छालालाई चम्किलो बनाउनुका साथै दाग धब्बा हटाउन सहयोग गर्छ । मेवामा पाइने लवण, भिटामिन तथा इन्जाइमका कारण यो फलको नियमित सेवनले कपाल पनि स्वस्थ बन्दछ । मेवाको बिउमा समेत कलेजोलाई स्वस्थ राख्ने गुण हुन्छ । मेयाको फलभित्रको गेडालाई पिँधेर महमा मिलाएर खानाले कलेजो स्वस्थ राख्न मद्धत पुग्ने बताइन्छ ।

मेवामा प्रसस्त पोटासियम पाइन्छ । त्यसकारण यसको सेवनले रक्तचाप सन्तुलित पार्नुका साथै हाइपरटेन्सनको समस्या भएका विरामीका लागि फाइदा गर्छ । मेवामा कार्पेन वा कार्पेइन्ज नामक क्षारिय तत्व पाइन्छ, जसले रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ । उच्च रक्तचापका रोगीले दैनिक एउटा काँचो मेवा खानु लाभदायक मानिन्छ । सभार कृषि प्रेस 

आरके श्रीवास्तव,रौतहट,१२ गते चैत ।
रौतहट । जनता समाजवादी पार्टी नेपालले देशमा मधेसीको मान सम्मान स्थापित गराउने काम गरेको जनता समाजवादी पार्टीका यूवा नेता एवम् बौधीमाइ नगरपालिकाका पूर्व नगर प्रमुख राजिव रंजन यादव उर्फ राजु यादवले बताएका छन् । बौधीमाइ नगरपालिकाको वडा नम्बर ९ सरमुजवामा आयोजित वडा अधिवेशन कार्यक्रमलाइ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।


मधेसीको पहिचान दिलाउने एक मात्र पार्टी जसपा नेपाल रहेको उनको दाबी थियो । पहिला काठमाण्डौंमा मधेसीको अनुहार हेर्ने बितिक्कै बिहारी हो भन्दै हेप्ने गर्दथ्यो । त् आजकाल यसमा केही बदलाव आएको छ । यसमा हाम्रो पार्टीको देन हो ।
उनले भने—पार्टी धेरै छ तर उनीहरुले हाम्रो पहिचान दिलाउन सकेन । हामीलाइ पहिचान दिलाउन सक्ने पार्टी जसपा नेपाल रहेकोले यो भन्दा ठूलो हाम्रो लागी केही हुन नसक्ने बताए । मधेसी नेपालको नागरिक हो भन्न लगाउने पार्टी केवल जसपा नेपाल मात्र हो । पिछडा वर्गको उद्धार गउाराने आफनो पार्टी रहेको उनको ठोकूवा थियो ।
त्यस्तै सो वडा अधिवेशनबाट बौधीमाइ वडा नम्बर ९ मा रामविनय साहको अध्यक्षतामा २१ सदसीय वडा कमिटि गठन गरिएको छ । जसको उपाध्यक्षमा भागेस पंडित,कोषध्यक्षमा उर्मिला देवी ,सचिवमा जयशंकर राय यादव,सहसचिवमा अच्छेलाल महतो ,सदस्यहरुमा देवशरण यादव,उमेश दास तत्मा रहेका छन् ।
त्यसैगरी वडा नम्बर ८ मा रेखा राय यादवको अध्यक्षतामा २१ सलसीय नयाँ वडा कमिटि गठन गरिएको छ । जसको उपाध्यक्षमा बिजइलाल राय यादव,सचिवमा रामनरेश यादव,सह सचिवमा नरेश कुमार साह,कोषाध्यक्षमा सुनिता देवी,सदस्यहरुमा हरिन्द्र राय यादव,महादेव महतो चयन भएका छन् ।
व्डा अधिवेशन कार्यक्रममा जसपा नेपालको युवा विद्यार्थी तथा खेलकूद बिभाग सदस्य युवा नेता विवेक कुमार यादव, जसपा रौतहट जिल्ला सदस्य सिकिन्द्र राय यादव, राजकुमार पटेल, वडा नं.१ को वडा अध्यक्ष रामजोधी राउत, वडा नं.३ को वडा अध्यक्ष मणिभूषण प्रसाद साह, वडा सदस्य लगायत समाजवादी युवा संघ नेपाल रौतहटको कार्यवाहक जिल्ला अध्यक्ष अजय यादव, नगर उपाध्यक्ष मोतिम हासमी, नगर सचिव रामाकान्त कुमार पटेल लगायत युवाका नगर भरिका युवा नेता कार्यकर्ता, नगरका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

आरके श्रीवास्तव,रौतहट,१२ गते चैत ।
रौतहट । ‘राजा आउ, देश बचाउ’ नारासहित आज रौतहटमा राजावादीहरुले भव्य मोटरसाइकल र्याली निकालेका छन् । देशमा राजतन्त्र पुनःस्थापनाको माग उठिरहेको बेला यहाँ स्थित रहेका राजावादी समूहहरु मोटरसाइकल र्याली सहित प्रर्दशन गरेका छन् ।
जिल्लाको मध्य भाग गरुडा देखि सुरु भएको सो र्याली सदरमुकाम गौर सम्म निकालिएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) का जिल्ला सचिव बिक्रान्त विक्रम नेपालले जानकारी गराएका हुन् । मंगलवार निकालिएको सो रैलीमा बाक्लोे संख्यामा राजावादी समर्थकहरुको सहभागिता रहेको उनले बताएका हुन् ।
मोटरसाइकल र्यालीमा सहभागी राजावादीहरूले नेपालको राष्ट्रिय झण्डा फहराउँदै पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा नारावाजी गरेका थिए । उनीहरूले संघीयता र गणतन्त्रले देशमा स्थायित्व दिन नसकेको भन्दै राजसंस्थालाई पुनःस्थापित गर्नुपर्ने भन्दै धारणा व्यक्त गर्दै नारा लगाएका थिए ।
राजावादीहरूको प्रर्दशनलाइ मध्यनजर गर्दै स्थानिय प्रशासनले पनि सुरक्षा व्यवस्था कडा बनाएको थियो । यस्ता किसिमका प्रर्दशनले देशमा राजसंस्थाको पुनरागमनको विषयलाइ फेरी सतहमा ल्याएको छ । तर राजनितिकदलका नेताहरुले लोकतान्त्रिक व्यवस्थालाइ नै सुधारगरेर अघि बढनुपर्ने धारण राखिरहेका छन् ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।