२०८३ असार २७
२०८३ असार २७

आरके श्रीवास्तव,गरुडा,२०८२ जेठ १७ गते ।

रौतहटको मध्यभाग गरुडा अब मिडियाहबको रूपमा विकास हुँदै गएको छ । शुक्रबार बज्जिका भाषामा नयाँ साप्ताहिक पत्रिका ‘बज्जिदूत’ को औपचारिक विमोचन गरिएकाे छ । फरक ढंगले गरिएको यस विमोचन कार्यक्रममा पत्रिका पाठकको हातमै प्रदान गर्दै सार्वजनिक गरिएको हो ।


‘बज्जिदूत’ साप्ताहिक पत्रिकाका प्रकाशक तथा सम्पादक देवेन्द्र चौधरी रहेका छन् । उक्त पत्रिका प्रत्येक हप्ता शुक्रबार प्रकाशित हुने जानकारी दिइएको छ ।


बज्जिका भाषाका सेवक सञ्जय साह ‘मित्र’ ले पत्रिका प्रकाशन सुरु गरिएकोमा बधाई तथा शुभकामना दिँदै बज्जिका भाषाको इतिहासमा यो एक नयाँ अध्यायको सुरुवात भएको बताएका छन् । उनले मातृभाषाको संरक्षण र प्रवर्द्धनमा यस्तो प्रयास महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् ।


बज्जिका साहित्य संगम, रौतहटका अध्यक्ष किसुनदयाल यादव ‘श्रीकृष्ण’, बज्जिकाञ्चल मिडिया प्रा.लि.का सञ्चालक एवम् लोकतान्त्रिक पत्रकार संघ, रौतहटका अध्यक्ष आरके श्रीवास्तव,बज्जिकाञ्चल दैनिकका सह सम्पादक चन्दन यादवले पत्रिकाको सफलताको शुभकामना दिएका छन् ।

यसअघि पनि गरुडा क्षेत्रमै आरएन पटेलको सम्पादन तथा सञ्चालनमा रहेको ‘स्थानीय पोष्ट’ पत्रिकालाई भव्य रूपमा सार्वजनिक गरिएको थियो, जसले गरुडालाई मिडिया गतिविधिको केन्द्रका रूपमा स्थापित गरिरहेको संकेत दिएको छ ।

बज्जिका भाषाको साहित्य, संस्कृति र समुदायको आवाज बुलन्द गर्ने उद्देश्यसहित सुरु गरिएको ‘बज्जिदूत’ साप्ताहिक पत्रिकाबाट स्थानीय सञ्चार क्षेत्रमा नयाँ ऊर्जा थपिने अपेक्षा गरिएको छ ।

फोटो फिचर

बज्जिकाञ्चल संवाददाता, जनकपुर १७ गते जेठ ।

मधेशका पाँच जिल्लामा ‘रेन’ परियोजना सञ्चालन हुने भएको छ ।संयुक्त अधिराज्य सरकारको सहयोगमा, पिपुल इन निड र डेनचर्च एडसँगको साझेदारीमा ली बर्ड सञ्चालन हुन लागेको यो परियोजना विक्रम संवत २०८२ देखि २०८७ सम्म सञ्चालन हुने यस परियोजनाका विषयमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र ‘रेन’ परियोजनाका वरिष्ठ अनुकूलन अधिकृत सन्तोष कुमार मोरबैता यादवबीच छलफल भएको छ ।शुक्रबार जनकपुरधाममा भएको छलफलमा ‘रेन : लचिलोपन, अनुकूलन र

समावेशीतामा रूपान्तमक प्रभावका लागि नेपालमा समुदाय नेतृत्वमा आधारित समग्र पहल’ परियोजनाको उद्देश्य, कार्यक्षेत्र र प्रभावबारे विस्तृत चर्चा गरिएको हो ।छलफल कार्यक्रममा प्रदेश सरकारका उच्च अधिकारीहरू तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । परियोजना मधेश प्रदेशका पाँच जिल्लाका १४ वटा पालिकामा सञ्चालन हुने बताइएको छ ।कार्यक्रममा वन निर्देशनालय मधेश प्रदेशका

निर्देशक जगरनाथ जसवाल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन प्रसाद साह, समृद्धिका लागि वन परियोजनाका प्रमुख सुजित कुमार झा, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार सञ्जय कुमार यादव, साथै सिरहा नगरपालिका र दुर्गाभगवती गाउँपालिकाका प्रतिनिधिहरूको उपस्थिति थियो ।परियोजनाबारे जानकारी दिँदै वरिष्ठ अनुकूलन अधिकृत सन्तोष कुमार मोरबैता यादवले यसले मधेश र लुम्बिनी प्रदेशमा जलवायु परिवर्तनसँग सम्बन्धित जोखिम न्यूनीकरण, प्रकृतिमा आधारित समाधान,

पूर्वतयारी तथा अनुकूलन रणनीति, समुदायमा आधारित सुरक्षित आवास तथा समावेशी कार्यक्रमहरू सञ्चालन गर्ने जानकारी दिएका थिए ।छलफलमा मुख्यमन्त्री सिंहले जलवायु परिवर्तनको प्रतिकूल असरले मधेश प्रदेश बढी प्रभावित भएको उल्लेख गर्दै यस्तो परियोजनाबाट स्थानीय तहमा लचिलोपन र प्रतिरोधात्मक क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गरे। उनले परियोजनाको सफल कार्यान्वयनका लागि प्रदेश सरकारबाट आवश्यक सहयोग प्रदान गरिने प्रतिबद्धता जनाए।परियोजनाले समावेशी, दीर्घकालीन र दिगो विकासमा योगदान पुर्‍याउने लक्ष्यसहित अघि बढाइने ली बर्ड जनाएको छ।एभरेष्ट न्यूज एजेन्सी,

बज्जिकाञ्चल संवाददाता, जनकपुर १७ गते जेठ ।

मधेश प्रदेश सरकारले कृषि क्षेत्रमा महिलाको सक्रिय सहभागिता सुनिश्चित गर्ने उद्देश्यसहित १४ सय महिला कृषक स्वयंसेविका परिचालन गर्ने तयारी गरेको छ।मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले ‘महिला कृषक स्वयंसेविका कार्यक्रम’ अन्तर्गत प्रत्येक वडामा एक–एक जना महिला स्वयंसेविका खटाइने जानकारी दिएका छन् ।

उनले भने- ‘स्वास्थ्य क्षेत्रमा जस्तै कृषि क्षेत्रमा पनि सेवा प्रवाह गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो । महिला स्वास्थ्य स्वयंसेविकाले जसरी गाउँ–गाउँमा सेवा पुर्‍याउँदै आउनुभएको छ, त्यसरी नै कृषकसँग प्रत्यक्ष सम्पर्कमा रही कृषि सेवा दिने व्यवस्था मिलाइएको छ ।’उनका अनुसार यो कार्यक्रमले कृषि उत्पादनमा ठूलो फड्को मार्नुका साथै रोजगारी सिर्जना र आत्मनिर्भर मधेश निर्माणमा टेवा पुर्‍याउनेछ ।

;मुख्यमन्त्री सिंहले भने- ‘मधेश भनेको श्रमको प्रदेश हो। वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा पनि यो प्रदेश अगाडि छ । अब कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्दै युवालाई यतै श्रम खर्चिने वातावरण बनाउँदैछौं ।’सरकारले स्वयंसेविकालाई आवश्यक तालिम प्रदान गरी कृषि प्रवर्द्धन, बिउ उत्पादन, किरा नियन्त्रण, मल व्यवस्थापनलगायतका विषयमा कृषकलाई सेवा दिने जिम्मेवारी दिनेछ ।

मुख्यमन्त्री सिंहका अनुसार, यो कार्यक्रमले महिलालाई रोजगारीसँगै आर्थिक रूपमा सक्षम बनाउने लक्ष्य लिएको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जेठ १५ गते सूचना प्रकाशित गर्दै स्वयंसेविकाका लागि दरखास्त आह्वान गरिसकेको छ। इच्छुक महिलाले १५ दिनभित्र कृषि ज्ञान केन्द्रमा दरखास्त दिन सक्ने बताइएको छ ।एभरेष्ट न्यूज एजेन्सी,

कामरेन्द्र वर्मा,काठमाडौं,२०८२ जेठ १७ गते ।   

बबरमहल – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको केन्द्रीय कार्यालय, बबरमहलमा आज लोकतान्त्रिक पत्रकार संघका प्रतिनिधिहरू र लोसपाबीच समसामयिक विषयहरू तथा पत्रकारिता क्षेत्रको विकासबारे छलफल सम्पन्न भएको छ ।

कार्यक्रममा लोकतान्त्रिक पत्रकार संघका केन्द्रीय अध्यक्ष कामरेन्द्र बर्मा, पर्सा जिल्ला अध्यक्ष समसुदीन मिया, केन्द्रीय सदस्य बिजेन्द्र चौधरी, मुकेश साह तथा लोकतान्त्रिक युवा संघका केन्द्रीय अध्यक्ष सुजन यादवको सहभागिता रहेको थियो ।

बैठकमा पत्रकारिता क्षेत्रका वर्तमान चुनौतीहरू, प्रेस स्वतन्त्रता, सूचना प्रवाहको विश्वसनीयता, पत्रकारहरूको क्षमता अभिवृद्धि तथा सञ्चार क्षेत्रको समग्र विकासका लागि आवश्यक रणनीतिहरूका बारेमा सुझाव र सल्लाह आदानप्रदान गरिएको थियो । छलफलको क्रममा लोसपाका नेताहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र

पत्रकारिताको मर्यादा कायम राख्दै समाजको परिवर्तनमा सञ्चारकर्मीहरूको भूमिकाको उच्च मूल्याङ्कन गरेका थिए । दुबै पक्षले आगामी दिनमा समेत सहकार्यलाई मजबुत बनाउँदै साझा एजेन्डामा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

बज्जिकाञ्चल संवाददाता,२०८२ जेठ १५ गते । 
जनकपुरधाम । गणतन्त्र दिवसकै दिन पाँच राजनीतिक दलले ‘संघीय गणतान्त्रिक गठबन्धन’ घोषणा गरेका छन् । बिहीबार जनकपुरधाममा एक समारोहको आयोजना गरी यी दलले गठबन्धन घोषणा गरेका हुन् ।
गठबन्धनमा पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी, रामकुमार महतो नेतृत्वको नेपाल सद्भावना पार्टी, बद्री ठाकुर नेतृत्वको इतिहासिक जनता पार्टी, हरिनन्दनकुमार रञ्जन नेतृत्वको बहुजन एकता पार्टी र धुपलालप्रसाद सहनी (निषाद) नेतृत्वको नेपाल जनजागृति पार्टी छन् ।
घोषणा समारोहमा पूर्वगृह राज्यमन्त्रीसमेत रहेका नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष अन्सारीले मुलुकमा फेरि पनि एकल शासकको अभिलाषा राख्नेहरू सल्बलाएको भन्दै उनीहरूका इच्छा कुनै हालतमा पूरा नहुने बताएका छन् ।
पछिल्लो समय राजावादीका नाममा प्रतिगामी शक्तिहरू देखिन थालेको भन्दै उनले जनताले प्राप्त गरेका उपलब्धि रक्षाका लागि कुनै हदसम्म जान सक्ने पनि चेतावनी दिए ।
अध्यक्ष अन्सारीले  मधेशका कथित नेताहरूले जहिले पनि मधेशीलाई ठग्ने र धोका दिने काम मात्र गरेकोसमेत आरोप लगाए । यी नेताहरू शहीदहरूको बलिदानीलाई सत्तासँग साट्ने काम गर्दै आएको उनको आरोप छ । अन्सारीले कथित मधेशी नेताहरू सत्ता समर्पण र मुद्दा विसर्जनको पथमा गएकोसमेत टिप्पणी गरे ।
यसैगरी, समारोहमा नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले गणतन्त्र आएको लामो समय बित्दासमेत शोषित पीडित समुदायले वास्तविक गणतन्त्र महसुस गर्न नसकेकाले गणतन्त्र दिवसकै दिन पारेर गठबन्धन घोषणा गरेको बताए ।
यो गठबन्धन इमान्दार नेताहरूको रहेको पनि उनले दाबी गरे । ठूला मधेशी दलहरूले मधेशी जनतालाई धोका दिँदै आएकाले आफूहरू उनीहरूको गठबन्धनमा नगएर छुट्टै गठबन्धन बनाएको उनको भनाइ छ ।
बहुजन एकता पार्टीका अध्यक्ष हरिनन्दनकुमार रञ्जनले यो जातिवादी र सामन्तवादी व्यवस्थाको अन्त्य गर्न गठबन्धन बनाउनुपरेको बताए । उनले दलित तथा उत्पीडितहरूमाथि हुने हत्या, हिंसा, बलात्कारलगायत अपराधविरुद्ध संघर्ष गर्न गठबन्धन बनाउने बताए ।
दलित तथा उत्पीडितमाथि हुने विभेदको श्र्रखला तोड्न नसकिए धर्तीमा जन्म लिनुको कुनै अर्थ नरहेको उनको भनाइ छ । मधेश सरकार गरिब तथा दलितको पीडालाई बेवास्ता गर्दै आएको पनि उनले आरोप लगाए । अहिले सरकारले अम्बेडर पार्क बनाउने नाममा दलितहरू तोड्ने काम गरेको पनि उनको आरोप छ ।
नेपाल संघीय समाजवादी पार्टीकी केन्द्रीय उपाध्यक्ष तथा मधेश प्रदेशकी सांसद् बिमला अन्सारीले विगतमा अरुका लागि लडे पनि अब आफ्नो लागि लड्नुपर्ने बताइन् । आन्दोलनमा शहादत दिएर ल्याइएको समावेसी समानुपातिकलगायतलाई कमजोर बनाउने काम भएको उनको जिकिर छ । ठूला दलहरूका कारण राजावादीहरू सल्बलाएको उनले बताइन् ।
नेपाल सद्भावना पार्टीकी वरिष्ठ नेतृ तथा पूर्वमन्त्री सरिता गिरीले देशमा भएका विभिन्न काण्डमा मुछिएका नेताहरूमाथि कारबाही नभएकाले जनताले गणतन्त्रको अनुभूति गर्न नपाएको बताइन् ।
काठमाडौँमा गणतन्त्रको विरुद्ध आन्दोलन हुनुको जिम्मेवारी ठूला तीन दलका अध्यक्ष देउवा, ओली र दाहालले लिनुपर्ने पनि बताएकी हुन् । अबको प्रधानमन्त्री संघीय गणतान्त्रिक गठबनधनबाट बन्ने पनि नेतृ गिरीले दाबी गरिन् । उत्पीडित समुदायका व्यक्ति पनि प्रधानमन्त्री किन बन्न नसकेको भनेर प्रश्न पनि गरिन् ।
इतिहासिक जनता पार्टीका अध्यक्ष बद्री ठाकुरले मधेशी समुदायको दुश्मन राजसंस्था रहेकाले भ्रमित नहुन सबैसँग आग्रह गरेका छन् । मधेशीहरूसँग गद्दार गरिरहेकाहरूविरुद्ध गठबन्धन उत्रिने चेतावनी दिए । शासकहरूले आफ्नो अनुकुलको संविधान बनाएको पनि उनले दाबी गरे ।
नेपाल जनजागृति पार्टीका धुपलालप्रसाद सहनी निषादले अधिकार प्राप्तिअघि मित्र र शत्रुलाई चिन्नुपने बताए । उनले दुस्मनहरूलाई भोट दिएर जिताएकै कारण उत्पीडितहरू अधिकार पाउनबाट वञ्चित भएको बताएका छन् ।
उत्पीडितहरू संगठित भएर अघि बढ्नु आवश्यक रहेको पनि उनले बताए । भ्रम, आश्वासन, लोभलालच र पैसाको भरमा ठूला पार्टीहरू सञ्चालन रहेको पनि बताएका छन् ।

आरके श्रीवास्तव,राैतहट,२०८२ जेेठ १५ गते । 

रौतहटको कटहरियामा १८ औँ गणतन्त्र दिवस भव्य रूपमा औपचारिक समारोहका साथ मनाइएको छ। कार्यक्रममा पूर्व प्रदेश सांसद कुन्दन कुशवाहाले संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म — न्याय, समानता, समावेशिता र सेवाभाव — प्रतिको प्रतिबद्धता व्यक्त गर्दै एक प्रेरणादायी सम्बोधन गर्नुभयो ।

उक्त समारोहमा देवाहीगोनाही नगरपालिकाका नगरप्रमुख प्रेमलाल साह, नेकपा एमाले रौतहटका उपाध्यक्ष रुपेश पटेल, वडा अध्यक्ष चन्दन कुशवाहा तथा नेकपा एमालेका अन्य नेताहरूको गरिमामय उपस्थिति रहेको थियो । उनीहरूको उपस्थितिले कार्यक्रममा थप उत्साह र गौरव प्रदान गरेको सहभागीहरूले बताएका छन् ।

पूर्व सांसद कुशवाहाले सम्बोधनमा गणतन्त्रलाई केवल एक शासन प्रणालीको रूपमा नभई राष्ट्रको पहिचान, समान अवसर र न्याय प्राप्तिको आधारशिलाको रूपमा उल्लेख गर्नुभयो । उहाँले सबै नागरिक, राजनीतिक दल र सरकारी निकायहरू मिलेर गणतन्त्रको मूल्य र व्यवहारलाई दैनिक जीवनमा उतार्नुपर्नेमा जोड दिनुभयो ।

विश्लेषकहरूले पनि गणतन्त्रलाई व्यवहारमा प्रभावकारी रूपमा लागू गर्न सहकार्य, पारदर्शिता र नागरिक सहभागिता आवश्यक रहेको सुझाव दिएका छन् ।

गणतन्त्र दिवसको अवसरमा कटहरियामा आयाेजित कार्यक्रममा जनप्रतिनिधिहरू र स्थानीय समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता देखिएको थियो ।

आरके श्रीवास्तव,राैतहट,२०८२ जेठ १५ गते । 

नेपाल पत्रकार महासंघ रौतहटका कोषाध्यक्ष संजय सहनीका दिवंगत पिताको १३ औं पुण्य तिथिको अवसरमा गौर टिकुलियास्थित निजि निवासमा आयोजित श्रद्धाञ्जली सभामा मधेस प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादव (जितेन्द्र) को गरिमामय उपस्थिति रह्याे ।

श्रद्धाञ्जली सभामा मन्त्री यादवले स्व. रामनारायण सहनीको तस्वीरमा पुष्प र अबिर अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन् । उहाँले भावुक हुँदै भन्नुभयो, “पिता नामक छायाँको अभाव कहिल्यै पूर्ण हुँदैन, तर उहाँको कर्म र संस्कारले सन्तानलाई मार्ग देखाइरहन्छ ।”

उक्त कार्यक्रममा प्रदेश सांसद नागेन्द्र साह, गौर नगरपालिकाका मेयर पदका प्रत्यासी मोहन यादव, जिल्ला समन्वय समिति रौतहटका सभापति रामअयोध्या यादव, र वरिष्ठ पत्रकार प्रकाश श्रेष्ठ,राष्ट्रिय दलित पत्रकार संघका अध्यक्ष राजेश पासवान सहित जिल्लाका विभिन्न दलका नेता, पत्रकार तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी वक्ताहरूले स्व. सहनीको सरल स्वभाव, कर्मशीलता र सामाजिक योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धासुमन अर्पण गरेका थिए ।

सो श्रद्धाञ्जली कार्यक्रममा सहभागीहरूले संजय सहनी र उनको परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै, दिवंगत आत्माको चिरशान्तिको कामना गरेकम छन् ।

दिपेन्द्र रजक,रौतहट,२०८२ जेठ १५ गते । 

रौतहट जिल्लाको कटहरिया नगरपालिका–१ स्थित जमुनिया र भसेढवा बीचको पुलनिर बिहीबार बिहान सवारी दुर्घटना हुँदा एक युवक गम्भीर घाइते भएका छन् ।

लोसपा नेपालका केन्द्रीय सदस्य तथा जमुनिया निवासी हृदय नारायण दासका करिब १८ वर्षीय छोरा प्रिन्स कुमार दास गम्भीर घाइते भएका हुन् । उनी बा.प्र. ०२–०४५ प २२३० नम्बरको गाडी लिएर काठमाडौंतर्फ जाँदै गर्दा बाटोमै मकै सुकाइएका कारण सवारी नियन्त्रण गुमी दुर्घटना भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

दुर्घटनामा परेर प्रिन्स कुमारको हात, खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको छ । उनलाई तत्काल स्थानीयहरूले उद्धार गरी कनकपुरस्थित एक निजी अस्पतालमा पुर्याइएको थियो । अहिले उनको अवस्था सामान्य रहेको कटहरिया नगरपालिकाका मेयर प्रत्याशी राम प्रवेश दासले जानकारी दिएका छन् ।

स्थानीय एक जना किसानले सार्वजनिक बाटोमै मकै छरि सुकाइरहेका कारण गाडीको चक्का चिप्लिएको र दुर्घटना भएको जनाइएको छ ।

सडकमा अन्नपात सुकाउने प्रवृत्ति पछिल्लो समय ग्रामीण क्षेत्रमा व्यापक भए पनि स्थानीय सरकार र प्रहरी प्रशासनले यस विषयमा कुनै प्रभावकारी निगरानी नगरेकोप्रति लोसपाका केन्द्रीय सदस्य हृदय नारायण दासले गुनासो व्यक्त गरेका छन् ।

उनले जनप्रतिनिधिहरू बजेटको भागबण्डामा मात्रै सीमित रहेको र प्रहरी प्रशासन खुलेआम अवैध क्रियाकलापमा संलग्न भएको आरोप समेत लगाएका छन् ।

केही दिनअघिमात्र जमुनिया गाउँमै प्रहरी प्रशासनले पैसा असुली गर्दै जुवा कौडा खेलाइएको विषयमा भिडियोसहित समाचार सार्वजनिक भएको थियो ।

सडकमा मकै वा अन्य अन्नपात सुकाउने अभ्यास सार्वजनिक सुरक्षाको दृष्टिले जोखिमपूर्ण रहेको र यसले दुर्घटनाको जोखिम बढाउने भएकाले स्थानीय तह र प्रहरी प्रशासनले तत्काल निगरानी र कारबाहीको पहल गर्न आवश्यक रहेको विज्ञहरूले औंल्याएका छन् ।

आरके श्रीवास्तव,रौतहट,२०८१ जेठ १६  गते ।

“जहाँ दुख, त्यहाँ रेडक्रस” भन्ने सेवाभावलाई आत्मसात गर्दै मधेस प्रदेश सरकारका अर्थमन्त्री सुनिलकुमार यादव (जितेन्द्र) आज नेपाल रेडक्रस सोसाइटी रौतहट शाखाको ७ औं वार्षिक साधारण सभामा सहभागी भएका छन् । कार्यक्रममा मन्त्री यादवको सम्बोधनले नीति, दृष्टिकोण र संवेदनशीलताको अद्भुत संगम प्रस्तुत गर्‍यो ।

उनले रौतहटमा रक्त सञ्चार सेवा (ब्लड बैंक) स्थापनादेखि बागमती र लाल बकैया नदीको डुबान समस्याको दिगो समाधान सम्मका विषयमा स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन् ।

“मन्दिर र सडक मात्र हैन, शिक्षा र स्वास्थ्यमा लगानी नगरेसम्म दिगो विकास सम्भव छैन,” भन्ने मन्त्री यादवको भनाइले विकासप्रतिको दूरदर्शी सोच झल्काएकाे छ । साथै, साना योजनालाई उपभोक्ता समितिबाट हटाएर पारदर्शी टेन्डर प्रणालीमार्फत अघि बढाउने नीति ल्याउने घोषणाले नयाँ शासकीय संस्कृतिको संकेत गरेको छ ।

उनले नदी नियन्त्रण, शिक्षा सुधार तथा स्वास्थ्य क्षेत्रमा दीर्घकालीन बजेट सुनिश्चित गरिने आश्वासन दिएका छन् । यसले रौतहटको समृद्ध भविष्यको आधार तयार गर्ने विश्वास दिलाएको छ ।

कार्यक्रममा मन्त्री यादवले रेडक्रस जस्तो सेवा मूलक संस्थालाई प्रभावकारी बनाउन स्थानीयदेखि प्रदेश र संघीय तहसम्मको सहकार्य आवश्यक रहेको सन्देश पनि दिए ।

“भाषण होइन, भरोसा दिन आएको छु,” भन्ने मन्त्री यादवको शैलीले सहभागीहरूमा सकारात्मक ऊर्जा र विश्वास भरेको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।