२०८३ बैशाख २३
२०८३ बैशाख २३
गरुडा,वैशाख २० गते
रौतहटको गरुडामा ३ महिने सिलाई कटाई सिप बिकास तालिम सुरु भएको छ । जिल्लाको मध्यभागमा अवस्थित तथा ब्यापारिक नगरि भनेर चिनिने गरुडा नगरपालिकाको वार्ड नं.४ अन्तर्गत पर्ने गरुडामा गरिवी निवारण लघु उधम बिकास गरुडाद्धारा आयोजना गरिएको महिलाहरुको लागी ३ महिने सिलाई कटाई सिप बिकास तालिकको एक कार्यक्रमको बिच गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले रिवन काटी भब्य उद्धघााटन गर्नु भएको थियो । गरुडा नगरपालिकाको वार्ड नं.४ गरुडाको वडाअध्यक्ष सुनिल जैसवालको अध्यक्षतामा कार्यक्रम गरिएको थियो उक्त कार्यक्रमको प्रमुख अतिथि गरुडाको नगर प्रमुख कन्थमनि प्रसाद जैसवाल रहनु भएको थियो ।
सिलाई कटाई सिप बिकास तालिमको सम्बोधन गर्दै नगर प्रमुख जैसवालले भने आजको युगमा महिलाहरु पनि अव कुनै पुरुष भन्दा कम नरहेको बताउनु भयो ।महिलाहरुलाई चुलोचौकामा मात्र सिमित नरहि र अरुको भरमा बाँच्न नपरोस भनि उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।यस कार्यक्रमले आफ्नो नगरमा रहेका बेरोजगार महिला दिदि–बहिनीहरुलाई छोटो समयमा सिलाई कटाई तालिम सिकि स्वरोजगार बन्न सक्ने र आत्मनिर्भर भई परिवार लगायत बालबच्चाको पनि राम्रो लालनपोषण गर्नमा मदत पुर्याउने थप बल मिल्ने बताउनु भयो ।नगर प्रमुख जैसवालले भने सिकेको ज्ञान र सिपलाई ब्यवहारमा उतार्न आग्रह समेत गर्नु भयो ।
उक्त कार्यक्रममा ४४ जना महिलाले सिलाई कटाई तालिम लिने बताउनु भयो ।३ महिने सिलाई कटाईलाई मिरा कुमारी सिंहले प्रशिक्षण तथा स–पशिक्षण सबिना धिमालले ३ महिनासम्म प्रशिक्षण देने नगर प्रमुख जैसवालले बताउनु भएको थिए । त्यसतै सोहि कार्यक्रमको सम्बोधन गर्दै वडाअध्यक्ष सुनिल कुमार जैसवालले आफ्नो वार्डमा बेरोजगार रहेका महिलाहरु यो ३ महिने सिलाई कटाई तालिम लिसकेपछि रोजगार हुने बिश्वास लिएको बताउनु भयो ।वडाअध्यक्ष जैसवालले घरमा बसेर चुलौ चौकौ गरेर मात्र काम नचलने भएपछि आफुसंग सिप भएपछि घरको खर्च तथा आफ्नो छोराछोरीको सानोतिनो कामकाज चलाउने सक्ने हुने तथा सानोसानो कार्यको लागी अरुको अगाडी हात फैलाउने जस्ता कुराबाट अनत्य हुने पनि बताउनु भएको थियो भने कार्यक्रमको सन्चालन उधम बिकासको सहजकर्ता सोनी सोनारले गर्नु भएको थियो ।सोहि कार्यक्रमका स्थानिय भद्रभलादमी तथा तालिम लिने ४४ जना महिला लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।

रौतहट,२० बैशाख ।

मधेश प्रदेश सरकारका मुख्यमन्त्री राम सरोज यादवले मधेश प्रदेशको विकास गर्न र भ्रष्टाचार नियन्त्रण गर्न जरुरी रहेको बताएका छन् । मन्त्री यादवले बुधबार रौतहटको चन्द्रपुरस्थित चन्द्रनिगाहपुरमा आयोजित मधेश प्रदेश संचार सम्मेलनमा संवोधन गर्दै सो कुरा बताएका हुन् । विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने क्रममा प्रदेश स्तरिय कार्यक्रममा बोल्दै मन्त्री यादवले मधेश प्रदेशको विकास गर्न र भ्रष्टाचार नियन्त्रण गर्न एकदमै खाँचो भएकाले वर्तमान सरकार लागि परेको बताए । संचारकर्मी र संचारमाध्यमका लागि हित अनुकुलका ऐन तथा कानुन पनि निर्माणमा प्रदेश सरकार लागि परेको मुख्यमन्त्री यादवले धारणा ब्यक्त गरे । पत्रकारका समस्या आफुले बुझेको जनाउँदै उनले यस प्रदेशमा संचारकर्मीलाई सहयोग गर्न अक्षयकोषका लागि एक करोड रुपैयाँ माथिको सहयोग राशी आँउदो वर्षमा दिने समेत जानकारी दिए ।

विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३)को अवसरमा बुधबार विहान चन्द्रनिगाहपुरमा नेपाल पत्रकार महाँसघका पुर्वअध्यक्ष तारानाथ दहालसमेतको उपस्थितिमा प्रभातफेरी कार्यक्रम गरिएको थियो । मुख्यमन्त्री रामसरोज यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमा विभिन्न क्षेत्रमा योगदान गर्नुभएका ब्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । मधेश पत्रकारिता सम्मान हस्तान्तरण एवम् प्रदेश ऐन र पत्रकारिता विषयमा वक्ताहरुले चर्चा र छलफल भएको थियो । कार्यक्रममा रौतहट क्षेत्र नं– ४ का संघिय सांसद देवप्रसाद तिमलसिना,प्रदेश सांसद युवराज भट्टराईलगाएतका वक्ताले पत्रकार पेशालाई मर्यादित वनाउनेतर्फ ध्यान दिन जोड दिए ।

नेपाल पत्रकार महासंघ मधेस प्रदेश तथा रौतहट शाखाको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा प्रदेशका ८ वटै जिल्लाका अध्यक्ष तथा २ पत्रकार महिला सहित ६–६ जनाको सहभागि रहनुभएको थियो । कार्यक्रममा चन्द्रपुर नगरपालिकाका प्रमुख सन्जय काप्ले,कटहरियाका नगरप्रमुख अजयप्रकाश जयसवाल,रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र,नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान,केन्द्रीय सदस्यद्वय शिवपुरी, केसि लामिछाने,मधेस प्रदेश महासचिव श्याम बन्जरा,जिल्ला अध्यक्षसहितको सहभागिता रहेको थियो ।

काठमाडौं, १९ वैशाख

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृत पदमप्रसाद अर्याल र तत्कालीन नायब सुब्बा लेखनाथ भट्टराईसमेत चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गलत लिखत तयार गरी ऐलानी जग्गामा बनेको घर राजीनामा पास गरिदिएर भ्रष्टाचार गरेको भन्दै चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

पर्साको साविक अलौ गाविस वडा नम्बर ५ को  कित्ता नम्बर ९२ को सार्वजनिक जग्गा गलत लिखत तयार गरी गलत राजीनामा लिखत पारित गरिदिएको अभियोगपत्रमा उल्लेख छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २ बस्ने ज्याउल हक र एसानुल हक राकीले सार्वजनिक जग्गामा बनेको घर स्वामित्व खुल्ने कागजात बेगर राजीनामा लिखत पारित गराई लिए/दिएको अभियोगपत्रमा उल्लेख छ ।

कानूनविपरीत भोगचलन हस्तान्तरण गर्ने गैरकानूनी कार्यमा कर्मचारीलाई सहयोग गरी आफूहरूले पनि फाइदा लिई नेपाल सरकारलाई हानी पुर्‍याएको पुष्टि भएको हुँदा ज्याउल हक र एसानुल हक राकीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जनाएका छन् ।

रौतहट,वैशाख १८ गते

मौलापुर नगर पालिकाका निमित प्रशासकीय अधिकृत तथा लेखापालको मिलोमतोमा ब्यायमशाला तथा योग केन्द्रको सामाग्री खरिदमा २० लाख अनियमितता भएको समाचार प्रकाशमा आएको छ । मौलापुर नगर पालिकाका निमित प्रशासकीय अधिकृत रामबाबु शाह र लेखापाल जयप्रकाश महतोको मिलोमतोमा ब्यायमशाला तथा योग केन्द्रको सामाग्री हिनामिना भएको हो । ब्यायमशाला तथा योग केन्द्रमा आवश्यक पर्ने सम्पुर्ण सामाग्री खरिद गर्न २० लाख रुपैयाँ नगरपालिकाले विनियोजन गरीएको थियो ।

भवन उदघाटन सँगै ब्यायमशाला तथा योग केन्द्रका सामाग्री राख्नु पर्नेमा निमित प्रशासकीय अधिकृत शाह र लेखापाल महतोले रकम सप्लायर्सको नाममा भुक्तानी गरी हिनामिना गरेको कार्यालय श्रोतबाट थाहा हुन आएको छ । २०७९ फागुन २ गतेका दिन ब्यायमशाला तथा योग केन्द्रको उदघाटन भएको थियो । उद्धघाटनको अवसरमा सामाग्री पछि राख्ने जानकारी दिए पनि हाल सम्ममा सो सामाग्री ब्यायमशाला तथा योग केन्द्रमा राखिएको छैन । यस सम्बन्धमा निमित प्रशासकीय अधिकृतसँग सम्पर्क गर्दा सामाग्री खरिद गर्ने प्रक्रिया शुरु भएको छ । आफुले ब्यायमशाला तथा योग केन्द्रका विनियोजित रकम हिनामिना नगरेको बताए । लेखापाल सँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

आरके श्रीवास्तव,गरुडा,वैशाख १८ गते
नेपाल पत्रकार महासंघ रौतहट शाखाको आयोजनामा मधेश पत्रकारिता सम्मान एवम् प्रदेश ऐन र पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रम हुने भएको छ । विश्व प्रेस स्वतन्त्रता दिवस(मे ३)को अवसर पारेर सो कार्यक्रम हुन लागेको हो ।
आउँदो वैशाख २० गते बुधबार बिहान १० बजे जिल्लाको चन्द्रपुर स्थित रहेको होटेल अशोकामा हुने कार्यक्रममा मधेश प्रदेश भरिको ८ वटै जिल्लाका पत्रकारहरुको सहभागिता रहनेछ । कार्यक्रम मधेस प्रदेशका मुख्यमन्त्री रामसरोज यादवको प्रमुख आतिथ्यमा हुन लागेको नेपाल पत्रकार महासंघ रौतहट शाखाका सभापती प्रेमचन्द्र झाले जानकारी गराउनु भयो ।
जसको लागि सम्पूर्ण तयारी पूरा भएको वहाँले बताउनु भयो । विश्व प्रेस स्वतन्त्रता दिवस(मे ३)काे अवसरमा बिहान ८ बजे महासंघ राैतहटकाे अगुवाइमा प्रभातफेरी हुने सभापति झाले बताउनु भयाे । जिल्लाका सबै सञ्चारकर्मीलाई चन्द्रनिगाहपुरमा हुने प्रभातफेरिमा सहभागिताका लागि नेपाल पत्रकार महासंघ राैतहट शाखाले अनुरोध गरेकाे छ ।
कार्यक्रम हुने स्थलमा चन्द्रपुर नगर प्रमुख सन्जय काप्ले,नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चाैहान,केन्द्रीय सदस्य द्वय शिवपुरी , केसि लामिछाने,मधेस प्रदेश महासचिव श्याम बन्जरा,जिल्ला अध्यक्ष प्रेमचन्द्र झा , उपाध्यक्ष प्रविण कुमार शर्मा सहितको टोलीले आज स्थलगत अवलोकन गरेको छ ।

आरके श्रीवास्तव,गरुडा,वैशाख १८ गते ।

रौतहटको फतुवा बिजयपुर नगरपालिका अन्तर्गत राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम मार्फत भवनहरु धमाधम निर्माण भइरहेका छन् । सो नगरपालिकाको वडा नम्बर ५ डुमरिया स्थित रहेको बिधालयमा दुइ कोठे भवन अहिले धमाधम बनिरहेको छ ।

सो वडामा रहेको श्री प्राथमिक बिधालय डुमरियामा नयाँ भवन निर्माण हुँन लागेको प्रधानाध्यापक संतोष जयसवालले जानकारी गराउनु भयो । राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम मार्फत २२ लाख ५० हजार बजेटले सो भवन निमार्ण हुँन लागेको प्रअ जयसवालले बताउनु भयो ।प्रधानाध्यापक जयसवालको विशेष पहलमा सो भवन निमार्ण हुँन लागेको हो । भवन निमार्ण भएपछि विद्यार्थीहरुको कक्षाकोठाको अभावमा केही समाधान हुँने भएको प्रअ जयसवालले बताउनु भयो । फतुवा बिजयपुर नगरपालिकाले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको छ ।फलस्वरुप अहिले बिधालय भवनहरु धमाधम बनिरहेका छन् । भवन निर्माणको क्रममा निर्माण समिति अध्यक्ष शम्भु महतो कोईरी, वडा सदस्य शिवशंकर राय यादव, स्थानीय सर्फलाल महतो तथा जगरनाथ महतो लगायतका व्यक्तीहरुको सक्रियता रहेको छ ।

आरके श्रीवास्तव,गरुडा,वैशाख १८ गते
थारु कल्याणकारिणी सभा (थाकस) रौतहटको १० औं महाधिवेशनबाट अध्यक्षमा जगरनाथ चौधरी सर्वसहमती बाट चयन भएका छन् ।


यस्तै समितिको उपाध्यक्षमा ललक चौधरी,ज्रभु चौधरी,सचिवमा प्रमोद चौधरी,सह सचिवमा राम बाबु चौधरी,कोषाध्यक्षमा ललिता चौधरी चयन भएको थाकस फतुवा बिजयपुरका नगर कमिटिका पूर्व उपाध्यक्ष बिजय चौधरीले जानकारी गराउनु भएको हो ।


थारु कल्याणकारिणी सभा रौतहटको सबै पदाधिकारीहरु सर्वसम्मतिले चयन भएका छन् । यस्तै सदस्यहरुमा नन्दलाल चौधरी,पुरनदेव चौधरी लगायतका व्यक्तीहरु चयन भएका छन् । निर्वाचित सबै पदाधिकारीहरूलाई निर्वाचन अधिकृत सुरेन्द्र चौधरीले शपथ ग्रहण गराएका थिए ।


यस अघि शनिवार गुजरा नगरपालिकाको सिमराभवानीपुरमा थारू कल्याणकारिणी सभा रौतहटको १० औं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रम तथा उद्घाटन समारोहमा जनता समाजवादी पार्टी नेपालको केन्द्रिय कार्यकारिणी सदस्य एवम् पूर्व मन्त्री गोविन्द चौधरी लगायतका व्यक्तीहरुले सम्बोधन गरेका थिए ।
थारु कल्याणकारिणी सभा को १० औ जिल्ला अधिवेशनको बन्द सत्र चन्द्रपुर नपाको बनबहुअरिमा भएको थियो । जसमा थारु समाजका अगुवा व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

 

 

बज्जिकाञ्चल, १७ गते वैशाख ।
बारा जिल्लाको कलैयामा आम जनता पार्टीले आइतबार बारामा चुनावी समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । बारा क्षेत्र नम्बर २ मा सम्पन्न भएको उपनिर्वाचनमा पार्टीले प्राप्त गरेको जनमत र आगामी कार्य दिशाका सम्बन्धमा चुनावी समीक्षा बैठक सम्पन्न भएको हो ।

बैठकमा पार्टीका केन्द्रीय अध्यक्ष प्रभु साहको सहभागितामा सम्पन्न बैठकले बाराको उपनिर्वाचनमा आम जनता पार्टीको प्रदर्शन साहसिक एवं सराहनिय रहेको निष्कर्ष निकाल्दै चुनावमा आम जनता पार्टीलाई विश्वास गरी मतदान गर्ने मतदाताहरुप्रति आभार व्यक्त गरिएको पार्टीका केन्द्रीय अध्यक्ष प्रभु साहले जानकारी दिए । सो अवसरमा अजपाका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

आरएन पटेल, वैशाख १७ गते

रौतहटको बौधीमाई नगरपालिका वडा नम्बर २ स्थित रहेको श्री आधारभुत विद्यालय इनर्वा क का विद्यार्थीहरूलाई पुरस्कार तथा नयाँ पाठ्यपुस्तक वितरण गरिएको छ । श्री आ.वि इनर्वा क मा नयाँ शैक्षिक सत्र सुरू भएसँगै विद्यार्थीहरूलाई पाठ्यपुस्तक वितरण कार्य सुरु गरेको हो । सोही अवसर पारी विद्यालयले उत्तिन भएका छात्रछात्राहरुलाई पुरस्कृत गरिएको थियो । सो विद्यालयले नयाँ शैक्षिक सत्र गत वैशाख २ गतेबाट सुरु भएको थियो।सो विद्यालयले नयाँ भर्नासँगै कक्षा १ देखिकक्षा ८ सम्मको सम्पूर्ण विद्यार्थीहरुलाई पुस्तक वितरण गर्नुका साथै प्रत्येक कक्षामा (उत्कृष्ट) प्रथम, दोस्रो र तेस्रो भएका विद्यार्थीहरुलाई वडा अध्यक्ष धर्मेन्द्रप्रसाद पटेलद्धारा पुरस्कार वितरण गरिएको थियो । विद्यार्थीहरुमा पढाई प्रति उत्सुकता बढाउने उदेश्यले प्रत्येक कक्षामा प्रथम, दोस्रो र तेस्रो भएका विद्यार्थीलाई क्रमशः अङ्ग्रेजी शब्दकोश, कापी तथा शैक्षिक समाग्रीसहित पुरस्कार वडा अध्यक्ष पटेलले वितरण गरेको बताएका छन् ।

यस्तै विद्यार्थीहरूको परिश्रमको प्रतिफल स्वरूप पुरस्कार वितरण कार्यक्रमको आयोजना गरिएको तथा आगामी दिनमा प्रत्येक विद्यार्थीहरुले कडा मिहिनेत तथा अध्ययन अध्यापनलाई राम्रो बनाउँन उदेश्यसहित बालबालिकाहरुको उज्वल भविष्यको लागि सबै उतिकै उत्तरदायी बन्नु पनि आवश्यक हुने भएका विद्यालयका प्रधानाध्यापक मनोजकुमार पटेलले बताएका छन् । कार्यक्रममा वडा सदस्य रामजी पटेल, स्थानीय समाजसेवी विजयप्रसाद पटेल, रामप्रसाद राउत, विशुनदेव साह कलवार, विन्दाप्रसाद पटेल, विद्यालयका शिक्षक तथा शिक्षिका लगायतको उपस्थिति रहेको थियो ।

आरके श्रीवास्तव,गरुडा,वैशाख १६ गते रौहतटको गौरमा विश्व भेटेनरी दिवस आज मनाइएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रौहतटको आयोजनामा अन्तरक्रिया गोष्ठी गरेर दिवस मनाइएको हो । सदरमुकाम गौर स्थित रहेको विज्ञ केन्द्रको कार्यालयमा छलफल कार्यक्रममा बोल्दै भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रौहतटको कार्यालय प्रमुख विरेन्द्र पटेलले पशु र मानिसको सम्बन्ध अत्यन्त नजिकको हुनपर्नेमा जोड दिए । पशुलाई पनि मानिस सरह हेरचाहको आवश्यकता रहने हुदाँ यसमा विशेष ध्यान दिन आवश्यक रहेको उनले उल्लेख गरे । पशु अधिकारको विषयमा सम्बन्धित निकायले चासो दिनु पर्नेमा जोड समेत दिएका थिए । स्थानिय तहमा पशु कल्याण सम्बन्धी कार्य गर्न आवश्यक रहेको उनले जोड दिए । नेपालको आर्थिक मेरुदण्डको रुपमा रहेको पशु पालनलाई हौसला दिन जरुरी रहेको उपस्थित सहभागिले उल्लेख गरे । पशु स्वास्थ्यको विषयमा गाउँ गाउँमा सेवा पुगाउन आवश्यक रहेको रहेको बताए । विश्व भेटेरिनरी दिवस मनाइरहँदा भेटेरिनरी पेशाको सुरक्षा र सेवाको बारेमा सम्झाउने उल्लेख गरे । सो अवसरमा जिल्लाको १८ स्थानिय तहका पशु सेवा शाखाका संयोजक,पशु प्रविधिक र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।