२०८३ बैशाख २३
२०८३ बैशाख २३

 

राैतहट,वैशाख २६ गते

राैतहटकाे फतुवा बिजयपुर–५ सन्तपुर दाे.को वडा कार्यालय अधिकांश समय बन्द हुने गरेकाे पाईएकाे छ । वडाको आफ्नै भवन भए पनि अधिकांश समय कार्यालय बन्द रहने गरेको स्थानीय नागरिकहरूले गुनासो गरेका छन् । वडा कार्यालयमा दैनिक कर्मचारी नहुने भएपछि सेवाग्राहीलाई समस्या हुने गरेको स्थानीय उदय शर्माकाे गुणासाे छ । जन्म दर्ताकाे प्रमाणपत्रकाे लागि हप्ता दिन देखि वडा कार्यालय धाउँदा धाउँदा थाकिसकेकाे उनले गुणासाे सुनाए ।

आज(मंगलबार) वडा कार्यालय बन्द रहेको तस्बिर खिच्न लाग्दा स्थानीय उदय शर्मालाई वडाका कर्मचारी मुजफ्फरले कुटपिट गरेकाे पिडितले फोन मार्फत जानकारी गराएका छन् । वडाका कर्मचारीले नै सेवाग्राही माथि हातपात गर्नु गलत भएको स्थानीयले बताएका छन् । पिडितले यस विषयमा आवश्यक छानबिन गरि दाेषिलाई कार्यवाही गर्न माग गरेका छन् । वडा कार्यालयबाट प्रदान गरिने हरेक सेवा वडा कार्यालयबाट प्रदान गरिनुपर्ने भए पनि सन्तपुरमा त्यो नभएको स्थानीयको गुनासो छ ।

सेवा लिने सेवाग्राहीले कार्यवाहक वडाध्यक्ष सहिद मिया अन्सारी सँग फोन सम्पर्क गर्ने र जहाँ भेटियो त्यही सेवा आदानप्रदान गर्ने गरेको स्थानीय शर्माले बताउनुभयो । यता वडाध्यक्ष वडा सचिव हिरालाल महताेले कार्यालय समय नभनीकन सेवा प्रदान गरिरहेको बताउनुभयो । अन्य समयमा पनि आवश्यक परेको खण्डमा सेवा प्रवाह गरिरहेकाे उनले बताए । कार्यालय खुले पनि नखुले पनि सेवा बन्द नभएको वडा सचिव महताेले दाबी गर्नुभयो । साे वडामा वडा सचिव सहित ३ जना कर्मचारी छन् ।

वडा सचिव महताेलाई अन्य वडा सहित जिन्सी शाखाकाे पनि नगरपालिकाले जिम्मेवारी दिएकाे छ । काम जिम्मेवारीले व्यस्तता त हुने भईहाल्याे । तर वडाका दुई जना कर्मचारी र कार्यवाहक वडा अध्यक्ष अन्सारीकाे पनि चरम लापरबाही देखिएको छ । वडा अध्यक्ष अधिकांश समय बाहिरै हुन्छन् । वडाका कर्मचारीहरू कार्यालयमा नै बस्दैन् । यस विषयमा कुरा गर्न दुवै पक्षलाई बाेलाएकाे नि.प्रमुख प्रशाकिय अधिकृत शम्भु कुमार यादवले जानकारी गराउनु भयाे ।

राैतहट,वैशाख २६ गते
राैतहटकाे कटहरियाका मेयर अजय प्रकाश जयसवालले शपथग्रहण पछि गरेको पहिलो निर्णय श्री जनता मावि कटहरियामा कक्षा १ देखि १० सम्म अंग्रेजी माध्यमबाट निःशुल्क पठनपाठन गराउने वाचा विस्तारै पूरा हुँदै गएको छ । अहिले कक्षा ८ देखि १० दस सम्म पूर्णरूपमा व्यवस्थित तरिकाले पढाइ भईरहेकाे प्रधानाध्यापक सचिन्द्र प्रसाद यादवले जानकारी दिनु भयाे । बाँकी रहेका कक्षाहरू क्रमशः जनशक्ति तयार पार्दै सञ्चालन हुँदै जाने उनकाे भनाइ छ । अंग्रेजी माध्यमकाे कक्षा सञ्चालन गर्न शिक्षक व्यवस्था, भवन, फर्निचर व्यवस्थापन लगायतका आवश्यकता पूरा गर्नु पर्छ । याे सबै कुरा विस्तारै हुँदै जाने हाे । एकैचोटी व्यवस्थापन गर्न सकिदैन ।
प्रअ यादवले भने अंग्रेजी माध्यमकाे बारेमा जुन कुरा बाहिर आएकाे छ । त्याे गलत हाे । यस वर्ष मात्रै श्री जनता माध्यमिक बिधालय कटहरिया बाट एसईई परिक्षामा ४० जना सहभागी भई जाँच दिएकाे प्रधानाध्यापक यादवले जानकारी गराउनु भयाे । उनले आशा छ नतिजा राम्रै आउने छ । मेयर जयसवाले कक्षा १ देखि १० सम्म अंग्रेजी माध्यमबाट निःशुल्क पठनपाठन गराउने निर्णय गरेका थिए ।
साेही बमोजिम नै अहिले कार्यान्वयन हुँदै गएको छ । मेयर जयसवालले कटहरिया नगरपालिकामा शिक्षा, स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेर काम गर्दै गईरहेका छन् । फलस्वरूप साेमबार प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा जनस्वास्थ्य प्रयाेगशाला र सर्प दंश उपचार केन्द्रकाे सुभारम्भ पनि गराएका छन् । नगरकाे केही बिधालयहरूमा धमाधम भाैतिक संरचनाहरू पनि निर्माण भईरहेका छन् ।
साथै कटहरिया नपाकाे सबै वडाका गल्ली गल्लीका सडक ढलान भईरहेका छन् । मेयर जयसवालकाे कार्यकाल एक वर्ष नपुग्दै कामहरू धमाधम भइरहेका छन् । यति हुँदाहुँदै मेयर जयसवालले कामहरू अगाडि बढाएन्न भने हल्लाहरू चलेका छन् । त्यस्ता हल्लाकाे पछाडि नलाग्न उनले आग्रह गरेका छन् । उनले अंग्रेजी माध्यममा नि:शुल्क शिक्षा सञ्चालनमा नै रहेकाे छ । मेयर जयसवालले नि:शुल्क रूपमा नगरपालिका बाट पाठ्यपुस्तक पनि उपलब्ध गराएका छन् ।

 

राैतहट,वैशाख २६ गते

फतुवाबिजयपुर नगरपालिकामा एक मोटरसाइकलले अर्को मोटरसाइकलको पछाडीबाट ठक्कर दिए पछि आगाडी रहेको मोटरसाइल चालक गम्भीर घाईते भएका छन् । गम्भीर घाईते हुनेमा मोटरसाइकल चालक फतुवाविजयपुर नगरपालिका ६ पेरभर्वाका २० बर्षिय हरेराम बैठा रहेका छन् ।

श्री माध्यमिक विधालय कनकपुर परीक्षा केन्द्र बाट कक्षा १२ को परिक्षा दिएर घर जाने क्रममा सन्तपुर देखी पेटभर्वा जादै गरेको प्र-२- ०३-१४ प. ५१५८ नम्बरको मोटरसाईकललाई सोही नगरपालिका ७ फतुवाका ओमप्रकाश चौधरीले ना.१५ प. ३४७१ नम्बरको मोटरसाईलले पछाडीबाट ठक्कर दिएको ईलाका प्रहरि कार्यालय सनतपुर दोस्तियाले जनाएको छ । दुर्घाटनामा परी गम्भीर घाईते भएका बैठालाई समुदायीक अस्पताल कटहरियामा उपचार भईरहेको छ ।

त्यस्तै उक्त दुर्घाटनामा समान्य घाईते भएका चौधरीलाई महादेव हेल्थ सेन्टर सन्तपुरमा उपचार भईरहेकाे छ । घाईते बैठाका अवस्था गम्भीर रहेकोले थप उपचारको लागि विरगंज पठाउने त्यारी भईरहेको घाईतेका दाई दिपेन्द्र रजकले जनकारी दिए। दुर्घाटना भएका दुबै मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय सन्तपुर दोस्तीयाका सई बद्री कुमार रायले बताए ।

 

मँजय राम,कटहरिया,वैशाख २५ गते

रौतहटको कटहरिया नगरपालिकामा नगर स्तरीय जनस्वास्थ्य प्रयोगशाला र सर्प दंश उपचार केन्द्र आजदेखि सञ्चालनमा आएको छ । सो नगरपालिकाको वडा नम्बर ५ मा रहेको कटहरिया प्राथमिक स्वास्थ्य केन्द्रमा एक कार्यक्रमका बिच कार्यवाहक नगरप्रमुख अजय प्रकाश जयसवाल र उपप्रमुख रिता देवी यादवले संयुक्तरूपमा समुद्धघाटन गर्नु भयाे । देश संघीयतामा गएसंगै सरकारले सबै ठाउँमा जनस्वास्थ्य प्रयोगशाला सामाग्रीहरु पुर्याउने नीति लिएको थियो । सोही नीतिको कार्यान्वयन गर्दै कटहरिया नगरपालिकाले साेमबार बाट नगरपालिकामा जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याएको हो ।

प्रदेश सरकार र संघिय सरकारको सहयोगमा लाखौं मूल्य बराबरकाे ल्याब सामाग्री ल्याएर सो प्रयोगशाला सञ्चालनमा आएको हो । जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएपछि स्थानियहरु लाभाविन्त हुने भएका छन् । ग्रामीण क्षेत्रमा सेवा पाउने भएपछि स्थानियहरुले नगर प्रमुख जयसवाल लाइ धन्यवाद पनि ज्ञापन गरेका हुन् ।

ल्याब सञ्चालनमा आएपछि ग्रामीण भेगका गर्भवती महिला,बृद्धबृद्धा लगायतका बिरामी लाभान्वित हुने भएका छन् । यस अघि उक्त सेवा लिनका लागि अन्यत्र जानुपर्ने बाध्यता रहेको थियो । अब उपरान्त सो समस्या समाधान हुने भएको छ । कटहरिया प्राथमिक स्वास्थ्य केन्द्रमा थाईराइड बाहेक बिपी, एल एफटी, आर एफटी, सुगर,ईको ईसिजी लगायत सबै किसिमका चेक जाँच हुने बताएको छ ।


सेवा सुचारुपछि ग्रामीण क्षेत्रका नागरिकलाइ आर्थिक भार कम हुने मेयर जयसवालले बताउनु भयो ।उनले भने अब सर्प दंशका बिरामीहरुको लागि गौर-चपुर जानु पर्ने बाध्यता अन्तय भएको छ । पहिला जिल्लाको दुईवटा ठाँउमा मात्र हुने गरेको यो उपचार अब यसै नगरपालिकाको वडा नं.५ शुरु भएको हुनाले यहाँका जनताको लागि खुशिकाे खबर रहेको बताउनु भयो । जिल्लाको मध्यभाग कटहरियामा सर्प दंश उपचार संचालन भएपछि आसपासका पालिकाका नागरिकहरुले पनि लाभान्वित हुने भएका छन् ।

नगर प्रमुख जयसवालले चुनावको बेला जनता संग गरेको वाचालाई मध्य नजर गर्दै सो सेवा केन्द्र संचालनमा ल्याएको बताउनु भयो । सर्प दंशकाे उपचार नहुँदा यहाँका जनताहरुले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता थियो ।

नगर बासीको ज्यु ज्यान रक्षा गर्न आफनो दायित्व रहेको भन्दै सोही अनुरुप कार्य गरिएको नगर प्रमुख जयसवालले बताउनु भयो । शिक्षा र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेकाे उनकाे भनाई छ ।

उद्वघाटन कार्यक्रममा नगरपालिकाका नि.प्रमुख प्रशासकिय अधिकृत रामप्रकाश साह,कार्यपालिका सदस्य दिलिप जयसवाल,वडा नम्बर ५ का वडा अध्यक्ष सर्फलाल गुप्ता, वडा नम्बर ८ का वडा अध्यक्ष समिश विक्रम साह,याेजना शाखा प्रमुख रामनरेश यादव, प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख धर्मेन्द्र कुमार पटेल,स्वास्थ्य संयाेजक संजय जयसवाल, सह-संयोजक दिनेश प्रसाद यादव, स्वास्थ्य प्रमुख संजय जयसवाल लगायतका ब्यक्तिहरूको उपस्थिती रहेको थियो ।

रूपेश यादव, फतुवा बिजयपुर, बैशाख २५ ।

रौतहटको फतुवा बिजयपुर नगरपालिकामा किशोर किशोरी प्रजनन स्वास्थ बारे १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार नगरपालिकाको वडा नम्बर ८ स्थित रहेको माध्यमिक बिधालय बिजयपुरमा नेपाल फन्जिङ केयर नेपालको सहयोगमा संचालन भएका किशोर किशोरी प्रजननबारे नगर अभिभावक तथा १० देखि १९ बर्षभित्रका किशोर किशोरीहरूलाई स्वास्थ्य समस्या सम्बन्धी अन्तरक्रिया भएको हो ।

सो कार्यक्रममा कार्यकारी निर्देशक सत्रुधन सिंहले किशोर किशोरीहरू यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी अधिकारहरुको बारेमा जानकारी गराएका हुन।यस्तै कार्यक्रमको कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्यको बारेमा जानकारी हुनु जरुरी रहेको उनले बताएका छन् ।

उनले भनिन्, ‘दशकौंदेखि किशोर–किशोरीहरूका लागि स्वास्थ्य सेवाको कमजोर गुणस्तर र पहुँचलाई सम्बोधन गर्ने प्राथमिक समाधान किशोर–कशोरीहरूको स्वास्थ्य सेवा हो । किशोर किशोरीमैत्री स्वास्थ्य सेवाहरूले गुणस्तरीय मापदण्डहरू पूरा गर्दछ जसले तिनीहरूका लागि पहुँचयोग्य, स्वीकार्य, समान, उपयुक्त र प्रभावकारी बनाउँछ उनको भनाइ रहेको छ ।

कार्यक्रममा विधालयका शिक्षक शिक्षिका, स्वास्थ्यकर्मी प्रमोद गुप्ता, सूचना अधिकृत हंसराज यादव, स्वास्थ्य संयोजक रघुनाथ साह, नगर शिक्षक संघका अध्यक्ष राधेश्याम यादव, महेश यादव, स्वास्थ्य सह संयोजक दिनेश ठाकुर, वडा अध्यक्षहरू तथा विधार्थीहरुको उपस्थितिथ रहेको थियो ।

 

रौतहट, बैसाख २५ ।

रौतहटको यमुनामाई गाउँपालिका वडा नम्बर ५ झुन्खुन्वा चोकमा मोटरसाइकल दुर्घटनामा परि दुई जना घाइते भएका छन् । चपुर गौर सडक खण्डमा सोमबार दिउँसो ३ बजेको समयमा गौरबाट चपुर तर्फ जादै गरेको प्रदेश २-०३-०१२ प ५५७७ नम्बरको अपाची मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

उनका अनुसार चालक माधवनारायण नगरपालिका वडा नम्बर ६ को २२ वर्षीय अभय ठाकुर साधारण घाइते तथा सोही मोटरसाईकलमा सवार २५ बर्षिय जग्गा ठाकुरको अवस्था गम्भीर रहेको जनाएको छ ।घाइतेहरुलाई बमनह चेक प्वाइन्टका प्रहरी टोलीले घटना स्थलमा पुगी उपचारका लागि प्रादेशिक अस्पताल गौरमा पठाईएको छ, भन्ने मोटरसाईकल सवार जग्गा ठाकुरलाई समान्य उपचार पछि थप उपचारका लागि नेशनल मेडिकल कलेज बिरगंजकामा रेफर गरिएको अस्पताल श्रोतले जनाएको हो ।

रन्धिर साह, रौतहट, बैशाख २५ ।

रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ६ स्थित रहेको श्री आधारभुत बिधालय (क) कर्कच गुठीमा नयाँ वर्ष २०८० सुरु भएसंगै नयाँ बिद्यार्थी भर्ना प्रक्रिया पनि सुरु भएका छन् । सो बिधालयमा गत वर्षको तुलनामा यो वर्ष विद्यार्थीको नयाँ वर्ष तथा संख्यामा कमि आएको बिधालयका प्रधानाध्यापक कृष्णकुमार झाले बताएका छन् ।

उनका अनुसार बिधालयमा विद्यार्थीको संख्या धेरै तथा शिक्षकको संख्यामा कमि भएका तथा केही अभिभावकहरुले नाम लेखाउने काम सरकारीमा गर्छन् , भने पठन पाठनको लागि बोडिंमा लैजाने गरेको देखिन्छ । सेवा सुबिधा सरकारीको खानको लागि अभिभावकले यस्तो क्रियाकलाप गरेका कारण हामिले यो वर्ष बिद्यार्थीको संख्यामा कमि ल्याइ बिधालयमा प्रत्येक दिन उपस्थित हुने बिद्यार्थीको नाम लेख्ने निर्णय गरेका छौँ ।

सो बिधालयमा बाल बिकासदेखी कक्षा ८ सम्म पठन पाठन हुँदै आएको छ । नेपालको अधिकान्श सरकारी बिधालयहरुमा बाल बिकासदेखि कक्षा ८ सम्मनै अङ्ग्रेजी माध्यमबाट पठन पाठन हुँदै आएको छ । तर, हाम्रो बिधालयमा शिक्षकको कमिले गर्दा नेपाली माध्यमबाट नै अध्ययन गराउदै आएको छौँ ।

सो सन्दर्भमा पटक पटक शिक्षक दरबन्दिकालागी नगरपालिकामा भन्दा पनि नगरपालिकाद्वारा कुनै सहयोग हुन सकेक छैन । सो समस्यालाई हेरेर सोही वडाका वडा अध्यक्ष विष्मुप्रसाद दासले ६ वटा शिक्षक( शिक्षिका वडा सिफारिसमा पठाएका हुँन । बिधालयमा बाल बिकासमा ४७ जना, कक्षा १ मा ९१, कक्षा २ मा ८८, कक्षा ३ मा ८४, कक्षा ४ मा ११७, कक्षा ५ मा ६१, कक्षा ६ मा ६८, कक्षा ७ मा ७२ जना र कक्षा ८ मा ५३ जना छात्र छात्रा गरि ६ सय ८१ जना बालबालिकाहरु अध्ययन रत रहेका छन् । भने गत वर्ष ९ सय ३३ जना विद्यार्थीहरु रहेको प्र अ झाले बताए ।

रौतहट , बैशाख २५ ।

सरकारले प्रयोगमा ल्याइएको विद्युतीय राहदानी (ई पासपोर्ट) प्राप्त गर्न राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य रूपमा लिनुपर्ने बनाएपछि उक्त परिचयपत्र लिने मानिसको सङ्ख्या दिनानुदिन बढ्न थालेको छ ।

सार्वजनिक सेवामा क्रमशः नयाँ प्रविधि प्रयोग हुन थालेको अवस्थामा सरकारले प्रत्येक नेपाली नागरिकको परिचय खुल्नेगरी डिजिटल अर्थात् विद्युतीय अभिलेख राख्ने उद्देश्यसहित राष्ट्रिय परिचयपत्र उपलब्ध गराउन सुरु गरेको थियो । यस्तै रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ६ स्थित रहेको कर्कच गाउँमा २६ गते मंगलबारसम्म मात्र राष्ट्रिय परिचय पत्र बन्ने भएको छ ।

पालिकामा राष्ट्रिय पत्रका लागि भिड भाड हुने भएकाले पालो पलो पत्र बनाउने निर्णय गरेको हो । सोही योजना अनुसार वडा नम्बर ६ को पालो २६ गतेसम्मको लागि मात्र रहेको छ । कर्कचमा १४ गतेदेखी सुरु भएको राष्ट्रिय परिचय पत्र बनाउने पालो अब समाप्त हुँने भएको राष्ट्रिय पत्र विवरणका कर्मचारी प्रवीन रजकले बताएका छन् । उनका अनुसार राष्ट्रिय पयिरचय पत्र अब वडा नम्बर ७ मा २७ गतेदेखि सुरु हुने भएको छ ।

हालसम्म वडा नम्बर १ देखि वडा नम्बर ६ सम्म ४ हजार भन्दा बदीले राष्ट्रिय परिचय पत्र बनाइ सकेका छन् । अब केही दिनमै हामिले नगरपालिका भरी परिचय पत्रका काम सुध्याउने छौँ, उनको भनाइ रहेको छ ।

रौतहट, २३ वैशाख

स्रोत नखुलेको रकमसहित रौतहटबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

गौर नगरपालिका–२, ब्यारियलबाट स्रोत नखुलेको तीन लाख १२ हजार नेपाली रुपैयाँ र २२ हजार भारुसहित शुक्रबार राति उनीहरू नियन्त्रणमा  लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारतको बिहार, सीतामणिका २६ वर्षीय सुजितकुमार महतो समेत दुईजना छन् । चेकजाँच गर्ने क्रममा बीआर ३० एडी ३६८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

आरके श्रीवास्तव,गरुडा,वैशाख २१ गते

रौतहटको माधवनारायण नगरपालिकामा नयाँ हाकिमको रुपमा देवनाथ यादव हाजिर भएका छन् । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतको रुपमा यादव हाजिर भएका हुन् । उनलाई नगर प्रमुख बैजनाथ प्रसाद यादव,उप मेयर निर्मला देवी रमन, वडाध्यक्षहरू,जनप्रतिनिधी लगायत कर्मचारीहरुले स्वागत गरेका छन् ।

यस अघि रौतहटको जिल्ला हुलाक कार्यालयमा यादव कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका थिए । सो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनिष झा रह्नु भएको थियो । माधवनारायण नगरपालिकामा कार्यालय प्रमुख बारम्बार फेरिदाँ सेवा प्रवाहमा समस्या हुने गरेको छ । पटक पटक कार्यालय प्रमुख फेरिदा कामकाज गर्न समस्या हुने गरेको छ । आज हाजिर भएका यादव समक्ष वर्षभरीको काम दुइ महिनामै सकाउनु पर्ने चुनौती रहेको छ । यद्यपी नयाँ कार्यालय प्रमुख यादवले ती सबै चुनौतीहरुलाइ सामना गर्दै सर्वसाधारणले पाउने सेवा र सुविधालाई पारदर्शी किसिमले सहजताका साथ प्रदान गरिने बताएका छन् । सबैजना सँग समन्वय गरेर काम कसरी छिटो भन्दा छिटो सकाउन सकिन्छ त्यता तर्फ लाग्ने वहाँको भनाइ छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।