रौतहट, जेठ १० ।
रौतहटको माधवनारायण नगरपालिकामा पालिकाको भवन निमार्णका लागि जग्गाको सहयोग भएको छ । जिल्लाको माधवनारायण नगरपालिकाको नगर प्रमुख बैजनाथप्रसाद यादवले नगरपालिका भवन निर्माणका लागि आफ्नो ५ कठा जग्गा निःशुल्क पालिकालाई सहयोग गरेका छन् ।
उनले स्थानीय सरकारको यो ६ वर्ष नाघन लागदा समेत हाम्रो पालिकाले आफ्नो भवन पाउँन नसकनु दुःखद कुरा रहेको तथा जग्गाका कारण अवरोध सृजना भएकाले मैले आफ्नो ५ कठा रहेको जग्गा नगरपाकिलाको भवन निमार्णका लागि सहयोग गरेको उनले बताए ।
नगरप्रमुख यादवले नगरपालिका भवन निर्माणका लागि आफ्ना करोडौं मूल्य बराबरको ५ कठा जग्गा निःशुल्क दान गरेका छन्।
माधवनारायण नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि नगर प्रमुख बैजनाथप्रसाद यादवले आफ्ना करिब १ करोडको जग्गा निःशुल्क दान गरेपछि नगरवासी निकै हर्षित भएका छन। माधोपुरमा अब नगरपालिकाको आफ्नै भवन पनि चाँडै निर्माण हुने मेयर यादवले बताएका छन् ।
रौतहट, जेठ १० ।
रौतहटको वृन्दावन नगरपालिकामा योजनाहरुको अनुगमन तथा निरीक्षण गरिएको छ । वृन्दावन नगरपालिकाको नगरप्रमुख बिनोदप्रसाद कुर्मीले आज नगर स्तरीय बजेटबाट निर्माण भइरहेको योजनाहरुको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन ।
आज वृन्दावन नगरपलिकाको वडा नम्बर ९ स्थित रहेको टोल भुसाहामा नगर स्तरीय ५५ लाख बराबरको बजेटबाट निर्माण भइरहेको ईदगाह निर्माणकार्यको कार्यलाई के कस्तो भैरहेको छ भन्ने कुरा थाह पाउनका लागि मेयर कुर्मीले स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन ।

साथै सोही अवसर पारी पालिकाको वडा नम्बर ८ स्थित रहेको बहुअरी टोलमा १० लाखको लागतमा निमार्ण भैरहेको सडक ढलान कार्यको पनि वृन्दावन नगरपालिका नगर प्रमुख कुर्मीले स्थलगत निरीक्षण गरेका छन् ।

उनले भने नगरका प्रत्येक योजनाहरुको कामकाज गुणस्तरीय र पारदर्शी रूपमा निमार्ण गर्न नगरप्रमुख कुर्मीले उपभोक्ता समितिलाई आग्रह समेत गरेका छन् । पछिल्लो समय नगरप्रमुख कुर्मीले विकास निर्माणका कार्यलाई तिब्रता दिएका छन् । सो अवसरमा वृन्दावन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, कर्मचारीहरु तथा स्थानीयहरु लगायत सद्रभलादमिहरुको उपस्थिति रहेको थियो ।
रौतहट, जेठ १० ।
रौतहटमा बाल विकास विद्यालयको लागि भवनको शिलान्यास भएको छ । मधेश प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री कृष्णप्रसाद यादवले रौतहटको माधव नारायण नगरपालिका वडा नम्बर ४ बिसुनपुर्वा मानपुर स्थित बाल विकास विद्यालयको दुई कोठे भवन निर्माणका लागि आज एक कार्यक्रमका बीच शिलान्यास भएको हो ।
बुधबार एक समारोहका बिच मन्त्री यादव र माधव नारायण नगरपाकिलाका नगरप्रमुख बैजनाथप्रसाद यादवले संयुक्त रूपमा सो शिलान्यास गरिएको मन्त्री निकट नितेशकुमारले जनाएको हो।
त्यस्तै सोही नगरपालिकाको वडा नम्बर ३ स्थित रहेको सखुअवामा मुख्य सचिव सन्तुप्रासाद यादवको पहलमा झाझ नदिको छेउमा आर्यघाट निर्माणका लागि पनि मन्त्री यादवले शिलान्यास गरेका छन् ।
हिजो मंगलबार नै सपथ लिएका नव नियुक्त मन्त्री यादवले विकास निर्माणकार्य लगायत आफ्नो जिम्मेवारी अहम भूमिकाका साथ निर्वाह गरि मधेश सरकारले गर्ने कार्यहरुमा सहकार्य गरेर कामकाजलाई विशेष प्राथमिकतामा राखी अगाडि बढाउने मन्त्री यादवले बताए ।
सिमरा, ९ जेठ
बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१४ स्थित खयरघारीमा बाघले आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् । घाइते हुनेमा स्थानीय ३५ वर्षीय प्रमिला थिङ रहेको प्रहरीको भनाइ छ ।
बाघले आक्रमण गर्दा उनको अनुहार, पेटलगायत शरीरको विभिन्न भागमा चोट लागेको छ । प्रमिलाको वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
स्थानीय कपिल खरेलका अनुसार महिलालाई घर नजिकैको जंगलमा बाघले आक्रमण गरेको हो ।
आरके श्रीवास्तव,रौतहट,०९ जेठ ।
रौतहटको गरुडा नगरपालिकामा आजदेखि लामखुट्टे मार्ने औषधी छर्ने काम सुरु भएको छ । गर्मीयाम बढेसँगै झिँगा, लामखुटे विभिन्न प्रजातिका किराहरुको प्रकोप बढेको छ । मंगलवार देखि सो नगरपालिकाको वडा नम्बर १ देखि ९ सम्म औषधी छर्ने काम सुरु भएको छ ।

आज पहिलो दिन नगरपालिका अन्तर्गत वडा नम्बर १ जयनगर बाट सो वडाका वडा अध्यक्ष शेख वहाबको अध्यक्षतामा औषधी छर्ने कामको थालनी गरिएको हो । गरुडा नगरपालिका भित्रका गाउँहरुमा लामखुटे, झिँगा विभिन्न प्रजातिका किराहरु गाउँमा देखा पर्ने गरेको देखिएको छ ।

उक्त जोखिमलाई उन्मुलन गर्न रेफेल नाम गरेको औषधी छरेको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी जयसवालले बताए । लामखुट्टेको टोकाइबाट फैलिन सक्ने डेंगु, मलेरियाजस्ता प्राणघातक रोगको संक्रमण फैलन नदिन औषधी छर्न सुरु गरिएको नगर प्रमुख जयसवालले बताउनुभयो ।

उनले भने नगरभरी लामखुट्टेको प्रकोप बढन थालेपछी कार्यपालिका बोर्ड बैठक बसी निर्णय गरेबमोजिम नै औषधी छर्ने काम भइरहेको छ । धेरै दिन देखि लामखुट्टे मार्ने औषधी छर्ने सोच थियो ।

त्यो आज सफल भएको छ । लामखुट्टेको प्रकोप बाट नगरवासीहरुले राहत पाउने भएका छन् । गर्मी बढेसँगै लामखुट्टेको प्रकोप पनि बढी रहेको छ । लामखुट्टेको टोकाइबाट हुने विभिन्न रोग बाट बच्न औषधी छर्कने काम सुरु भएको छ । गाउँमा औषधी छर्दा स्थानीयहरु खुशी भएका छन् ।

आरके श्रीवास्तव,राैतहट,जेठ ०९ गते ।
राैतहटमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । आज बिहान माैलापुर नगरपालिका वडा नम्बर ४ का ३५ वर्षीय प्रतिमा देविको चट्याङ लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय माैलापुरले जनाएको छ।
मंगलबार बिहान हैण्ड पाईप बाट पानी भर्ने क्रममा चट्याङ्ग लागेर उनकाे मृत्यू भएकाे हाे ।
चट्याङकाे घटना भएको ठाउँ प्रहरी पुगेर जाँच मुचुल्का उठाइरहेको र मृतककाे शव पाेष्ट मार्टमका लागि प्रादेशिक अस्पताल गाैर पठाउने तयारी भईरहेकाे ईलाका प्रहरी कार्यालय माैलापुरका प्रहरी निरिक्षक नन्दकिशोर चौहानले बताएका छन् ।
आरके श्रीवास्तव,रौतहट,जेठ ०९ गते
रौतहटको बौद्धीमाइ नगरपालिकामा भिडियो एक्सरे आजदेखि सञ्चालनमा आएको छ । सो नगरपालिकाको वडा नम्बर ४ मा रहेको स्वास्थ्य चौकी इनरवारीमा सोमबार एक कार्यक्रमका बिच वडा अध्यक्ष तुरन्तनारायण यादवले समुद्धघाटन गरेका हुन् ।

सो भिडियो एक्सरे सञ्चालनमा आएपछि स्थानियहरु लाभाविन्त हुने भएका छन् । ग्रामीण क्षेत्रमा सेवा पाउने भएपछि स्थानियहरुले वडा अध्यक्ष यादव लाइ धन्यवाद पनि ज्ञापन गरेका हुन् । भिडियो एक्सरे मेसिन सेवा सुचारु भएपछि गर्भमा रहेको बच्चाको अवस्था पता लगाउन सहज हुने भएको छ । भिडियो एक्सरे सेवा सुचारु भएछि वडा भरीका महिला, बृद्धबृद्धा लगायतका बिरामीलाइ थप सहज हुने वडा अध्यक्ष यादवले बताउनु भयो । यस अघि भिडियो एक्सरे सेवाका लागि अन्यत्र जानुपर्ने बाध्यता रहेको थियो । अब उपरान्त सो समस्या समाधान हुने भएको छ ।
सेवा सुचारुपछि ग्रामीण क्षेत्रका नागरिकलाइ आर्थिक भार कम हुने र समयमै गर्भमा बच्चाको अवस्था थाहा नपाउँदा आमा र बच्चालाइ हुने जोखिम कम गर्न समेत सहयोग पुग्ने वडा अध्यक्ष यादवले बताउनु भयो ।

त्यस्तै इनरवारीमा गर्भवती महिलाहरुलाई पौष्टिक अहार पैकेट वितरण गरिएको हो । मधेश प्रदेश सरकारको सहयोगमा उपलब्ध भएका समानहरू न.पा.को वडा नम्बर ४ का वडा अध्यक्ष तुरन्तनारायाणको अध्यक्षतामा सोमबार एक कार्यक्रमका बीच करिब सयौँ जना भन्दा बढी गर्भवती महिलाहरूलाई चार किसिमको पौष्टिक अहार पैकेट वितरण गरिएका छन् ।

आमा स्वस्थ भयो भने बच्चा स्वस्थ हुन्छ र बच्चा स्वस्थ भयो भने हाम्रो भविष्य स्वस्थ हुन्छ , त्यस पछी हाम्रो समाज स्वस्थ र मजबूत हुन्छ भन्ने मुल उदेश्यलका साथ मधेश प्रदेश सरकारद्धारा प्राप्त पौष्टिक अहार गर्भवती महिलाहरुलाई वितरण गरिएको बौधीमाइ नगरपालिकाको वडा नम्बर ४ का वडा अध्यक्ष यादवले बताएका छन् ।

गर्भवती महिलाहरू पहिलाको तुलनामा गर्भ रहेको अवस्थामा पोषिलो खानेकुराहरू बढी खानुपर्ने बताउँदै पौष्टिक आहार वितरण गरिएको वडा अध्यक्ष यादवले बताए ।

त्यस्तै उहाँले मधेश प्रदेश सरकारले गर्भवती महिलाको लागि पौष्टिक खानेकुरा उपलब्ध गराईदिएकोमा धन्यवाद समेत ज्ञापन गरेका हुँन् । उक्त पौष्टिक खानेकुरा वितरण कार्यक्रममा स्वास्थ्य संयोजक तारकेश्वर पटेल,स्वास्थ्यकर्मी तथा स्थानीयहरु लगायतको उपस्थिति रहेको थियो ।
आरके श्रीवास्तव,रौतहट,जेठ ०९ गते
रौतहटको कटहरिया नगरपालिकामा अहिले धमाधम टावर लाइट जडान भइरहेको छ । सो नगरपालिकाको वडा नम्बर ८ पिप्रा पोखरिया स्थित वडा कार्यालय नजिकै रहेको श्री राम चौकमा टावर लाइट जडान भएको छ । आफनो वडाभरी उज्जयालो बनाउने अभियान अन्तर्गत नै टावर लाइट जडान गरिएको वडा अध्यक्ष समिश बिक्रम शाहले जानकारी गराउनु भएको हो ।

टावर लाइट जडान भएपछी उज्ज्यालो भएको र गाउँको आकर्षण समेत बढेको छ । उज्जयालो भएको कारण अपराधिक क्रियाकलापमा कमि आउने स्थानीयहरुको भनाइ रहेको छ ।

अँध्यारोमा अपराधिक कार्य र गतिवीधी हुने सम्भावना रहेकोले चोरी , लुटपाट जस्ता कार्यमा न्यूनीकरण ल्याउने लक्ष्यको साथ बती लगाइएको वडा अध्यक्ष शाहको भनाइ रहेको छ ।

सो गाउँको एक मात्र चौकको रुपमा विस्तार हुँदै गएको र त्यहाँ टावर लाइटको आवश्यकता देखिएकोले हाल एउटा बक्ती लगाइएको वडा अध्यक्ष शाहले बताए ।

टावर लाइट जडानले शान्तिसुरक्षा, सामाजिक सुरक्षालाई चुस्तदुरुस्त राख्न र सौन्दर्य अभिवृद्धि गर्ने उदेश्य रहेको छ । नगरस्तरीय योजना बाट टावर बती जडान गर्न लागिएको हो । टावर लाइट अग्लो र धेरै क्षेत्र समेटने गर्दछ । जसमा अण्डर ग्राउण्ड विद्युत लाईन प्रयोग गरिएको हुन्छ । टावर लाइट जडान भएपछि सो वडाको मुख्य चौक को रुपमा मानिने ठाउँमा उज्जयालो भएको छ । टावर बक्ती जडान भएपछि स्थानियहरुले वडा अध्यक्ष शाहलाइ धन्यवाद पनि ज्ञापन गरेका छन् ।

सुधा देव
सप्तरी, ८ जेठ । एक हप्ताभित्र सप्तरीमा हत्या गरिएको अवस्थामा दुई युवकको शव फेला परेको छ । हनुमाननगर कंकालिनी नगरपालिका–४ मधवापुरस्थित खेतमा सोमबार बिहान शव भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिए ।
२५ वर्षका जस्तो देखिने युवकको घाँटी काटेर हत्या गरेको अवस्थामा शव भेटिएपछि स्थानीय त्रसित छन् । अहिलेसम्म शवको पहिचान हुन सकेको छैन । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता सिंहको भनाइ छ ।
यसअघि गत ३१ वैशाखमा शम्भुनाथ नगरपालिका–२ बस्ने मो.लुकमानको २४ वर्षीय छोरा मो.तफेजुलको हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।
काठमाडौं, ८ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलले आफ्नो नेतामा उपेन्द्र यादवलाई चयन गरेको छ । सोमबार संसदीय दलले पार्टी अध्यक्षसमेत रहेका यादवलाई नेतामा चयन गरेको हो ।
यसअघि दलको नेतामा चयन भएका रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि दलको नेताको पद रिक्त रहँदै आएको थियो ।
गत १० वैशाखमा भएको प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनमा बारा–२ बाट निर्वाचित यादव दलको नेतामा चयन भएका हुन् ।