२०८३ बैशाख २२
२०८३ बैशाख २२

 

सरिता श्रीवास्तव,रौतहट,०४ गते

रौतहटको फतुवा बिजयपुर नगरपालिकाको वडा नम्बर ८ मा रहेको श्री माँ सरस्वती प्राबि पिपल बोटमा अध्यनरक्त कक्षा ० देखि ५ सम्मका छात्रछात्राहरुलाइ स्कूल ब्याग वितरण गरिएको हो । सो बिधालयमा अध्यनरक्त सबै बालबालिकाहरुलाइ कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले आफनो नगर स्तरीय बजेट बाट सो ब्याग वितरण गरेकी हुन् ।

शिक्षाको स्तर उकास्न र बिधार्थीहरुलाइ बिधालयमा नियमित गराउने उदेश्यले झोला वितरण गर्न लागेको कार्यवाहक मेयर अम्बेया खातुनको भनाइ छ ।

सामुदायिक विद्यालयका गरीब विद्यार्थीले स्कुल ब्याग अभावमा कापी किताब बोक्न समस्या भएकाले ब्याग वितरण गरिएको प्रधानाध्यापक सुबोध प्रसाद यादवले बताउनु भएको छ ।

सो अवसरमा वडा अध्यक्ष नितेश चौधरी,शिक्षा शाखा प्रतिनिधि विवेक यादव,श्री मावि टेंग्राहाका प्रअ अनिल यादव,श्री सहिद प्राविका प्रअ रामअयोध्या यादव,बिजयपुर बजार समितिका अध्यक्ष शिवशंकर यादव,समाजसेवी राजा हुसैन,नेपाल शिक्षक संघ नगर कमिटी अध्यक्ष राधेश्याम यादव सहित

शिक्षक,शिक्षिका,अभिभावक,विद्यार्थी सहित स्थानीय भद्रभलादमीहरूको उपस्थिति रहेको थियो ।

    

 

 

आरके श्रीवास्तव,रौतहट,०४ गते असार

रौतहटको देवाही गोनाहीमा रहेको नगर स्तरीय अस्पतालको रेखदेख गर्ने मान्छेनै आफनो जिम्मेवारी बाट पञ्छिन थालेपछि अवस्था नाजुक बनेको नगर प्रमुख प्रेमलाल साहले बताउनु भएको छ । पत्रकारहरु सँग कुराकानी गर्दै वहाँले यस्तो बताउनु भएको हो । अस्पतालको बारेमा केही जनप्रतिनिधीहरु द्धारा जुन अभिव्यक्ती आएको छ ।

त्यो बिल्कुलै गलत रहेको उनको भनाइ छ । एउटा जिम्मेवारी व्यक्तीले यस्तो किसिमको अभिव्यक्ती दिनु र जिम्मेवारी बाट बञ्छिन खोजनु गलत हो । आफूहरुले १० लाख रकम नगरपालिका बाट छुट्टयाएर जेनतेन नगर अस्पताल अस्पताल सञ्चालनमा ल्याएको बताए ।

१ करोडको बजेटको कुरो जुन आएको छ,त्यो गलत हो । हामीले आन्तरीक श्रोत बाट अस्पताल सञ्चालनको लागि बजेट छुट्टयाएका थियौं । तर नगरपालिकाको कुनै आन्तरीक श्रोतनै छैन् । मालपोत लगायत बाट आउने कर नै छुट गरिएको अवस्थामा आन्तरीक श्रोत बाट कम आउने कुरै भएन् ।

जेभएपनि अब नगपालिकामा उपसचिव स्तरको कार्यालय प्रमुख आइतवार देखि हाजिर भएका छन् । सोमबार कार्यपालिकाको बैठक बस्दैछ । उक्त बैठक बाट नगर स्तरीय अस्पताल लगायत नगरभरिको विकास निर्माणको कामहरु बारे ठोक निर्णय गरि कामहरु द्रुत गतिमा अगाडी बढाइने उनले बताएका छन् । आफनो कारणले अस्पतालको अवस्था अस्तव्यस्त बनेको भनि लगाएको आरोप बिल्कुलै गलत रहेको उनले बताउनु भयो ।

यस अघिका प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र साहको मनपरी रवैयाका कारण आम जनसमुदायले सेवा सुविधा पाउन बाट बञ्चित भएका छन् । अन्य कामको लागि आफू सँग नसोधी धमाधम चेक काटने हाकिमले अस्पतालमा चाहिने सामानको चेक काट्नु पर्दैनथ्यो भनि उनले प्रश्न गरे? हाकिमकै कारणले अस्पतालको अवस्थाले आइपुगेको उनको आरोप छ ।

नगर अस्पतालमा औषधिको अभाव हुनुको साथै मेसिनहरु संचालनमा आउन नसकेको हो । नगर असपतालमा सेवा लिन जाने सेवाग्राहीहरु मेसिनहरु संचालन नहुँदा सेवा लिनबाट बञ्चित हुँदैै आएका छन् ।

 

मुकेशकुमार यादव,सिरहा, ३ असार।

नेपाल विद्युत प्राधिकरण मधेश प्रदेश प्रादेशिक कार्यालयका प्रमुख मुनेन्द्रप्रसाद ठाकुरले सेवाग्राहीलाई सहज ढङ्गले सेवा प्रवाह गर्न निर्देशन दिएका छन्। प्राधिकरणको सिरहास्थित मिर्चैया वितरण केन्द्रले आइतबारबाट सुरु गरेको ‘विपन्न घर–परिवारलाई निःशुल्क विद्युत् मिटर वितरण’ कार्यक्रमलाई सम्वोधनगर्दै सेवाग्राहीलाई कुनैपनि प्रकारको दुख दिने, अल्झाउने, फर्काउने खालका व्यहार नगर्न कर्मचारीहरुलाई निर्देशन दिएका हुन्।

उनले सेवाग्राहीलाई अनावश्यक रुपमा दु:ख दिने, अल्झाउने, फकाउने गरेको प्रमाणसहित उजुरी गरे त्यस्ता कर्मचारीलाई तत्काल कारबाही गर्ने बताए । उनले भने, ‘कार्यालयबाट फर्कने सेवाग्राहि फर्कदा खुशी खुशी फर्कने गरी काम गर्नुहोस्। गुणस्तरीय सेवा दिनु हाम्रो दायित्व हो।’

प्रादेशिक कार्यालयका प्रमुख तथा कार्यक्रममका प्रमुख अतिथि ठाकुरले नेपाल सरकार र प्राधिकरणको सामाजिक दायित्वअन्तर्गत मिर्चैया वितरणकेन्द्रले निशुल्क मिटर वितरण कार्य सुरुगरेको बताए। उनले सरकार र प्राधिकरणको दायित्व अन्तर्गत मिटर वितरण प्रकृया सुरुभएको बताउँदै यसलाई पनि पार्दशी र प्रभावकारी बनाउन सुझाव दिए।

उनले मधेश प्रदेशका सवै वस्तिहरुका विद्युतिकरण भइसकेपनि कतिपय गरिव तथा विपन्न घरपरीवार विद्युत् मिटरलिन नक्ने अवस्थाका रहेकोले प्राधिकरण वितरण प्रकृया थालेको बताए।


सोही क्रममा उनले १८ घण्टा लामो लोडसेडिङ्को अन्त्यगर्न प्राधिकरण सफल भएकोजनाउँदै अवको दिनमा प्रभावकारी सेवा प्रवाहगर्ने प्राधिकरणको दायित्व रहेको बताए।


प्राधिकरणले स्थानीय तहको साझेदारीमा सवै किसानको खेतैमा पुग्नेगरी विद्युतिकरण गर्ने जनाए। उनले भने, ‘प्राधिकरणले स्थानीय सरकार र प्राधिकरणको ५०–५० प्रतिशतमा कृषि विद्युतिकरणको योजना पनि ल्याएको छ। हामीले स्थानीय तहहरुसँग समन्वय पनि गरिरहेका छौं।’

कार्यक्रममा मिर्चैया वितरण केन्द्रका प्रमुख मनोज कुमार शर्माले विद्युत मिटर जडान गर्न नसक्ने विपन्न परीवारलाई प्राधिकरणले सामाजिक दायित्व अन्तर्गत निशुल्क मिटर प्रदान कार्य आजबाट सुरुभएको बताए। आजबाट सुरुभएको वितरण कार्य असार मसान्तसम्म चल्ने प्रमुख शर्माले जानकारी दिए।


वितरणकेन्द्रका सेवाक्षेत्रभित्र पाँचसय ग्राहलाई निशुल्क विद्युत मिटर र एमसीवी दिने कार्यक्रम रहेको जनाए। वडाहरुले दिएको विपन्न सिफारिसको आधारमा मिडर दिने उनको भनाई थियो।

तर, आफ्नो नाममा जमिन नभएकाहरुले भने एक हजार रुपैयाँ धरौटी राख्नुर्ने बताए। एनले भने, ‘जमिन आफ्नै नाममा भएकाहरुले लालपुर्जाको फोटो कपी र वडाको सिफारिस ल्याउँदा हुने र लालपुर्जा नभएकाहरुले वडाको सिफारिसमा नि:शुल्क मिटर जडान गरिदिने बताए।

 

रौतहट, ३ असार

रौतहटमा करेन्ट लागेर करेन्ट लागेर दुई दिनमा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको परोहा नगरपालिका ५ घर भएका २५ वर्षीय अबुलैस मिया कबारी, बौधीमाई नगरपालिका ५ कोपवा गाउँका ३० वर्षीय अरुण साह र २८ वर्षीय सिताबी पण्डित रहेका छन् ।

कबारीको अत्यधिक गर्मीका कारण पंखाको तार जोड्ने क्रममा करेन्ट लागेर कबारीको ज्यान गएको हो । करेन्ट लागेर बेहोस कबारीको अस्पताल लैजाने क्रममा शनिबार राति बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

धारामा विद्युत् मोटर सञ्चालन गर्ने क्रममा अचानक अरुणलाई करेन्ट लागेको र उनलाई बचाउन खोज्दा पण्डितलाई पनि करेन्ट लागेर दुवै जना अचेत भएका थिए । तत्काल एम्बुलेन्सबाट दुवै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएकोमा उनीहरूको उपचारको क्रममा ज्यान गएको हो ।

 

रन्धिर साह, रौतहट, असार ३ ।

रौतहटको देवाही गोनाही नगरपालिकामा आज नयाँ प्रमुख प्रशासकीय अधिकृत (हाकिम) का रुपमा शम्भु राय यादवले जिम्मेवारी सम्हालेका छन् । उनले आज प्रमुख प्रशासकीय अधिकृतकका जिम्मेवारी सम्हालदै हाजिरी जनाएका छन् ।

देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह यादवलाई टीका माला र दोसाला ओढाई स्वागत गरेका छन् । साथै मेयर साहले उनलाई बधाई सहित कार्यकाल सफलताको भब्य शुभकामना दिएका छन् ।

पछिलो समयदेखि देवाही गोनाही नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतहरु संग मेयर तथा उप मेयरबीच विवाद हुँदै आएको तथा अधिकृतहरुको आवत जावतको क्रियाकला हुँदै आएको छ । अब सोही जिम्मेवारी आज (आइतबार) देखि यादवले सम्हालेका छन् ।

यो अधिकृत र  जनप्रतिनिधिहरु बीच तालमेल नभएपछि सर्व सधारनदेखि सबै निकायका कायृहरुमा सधै अवरोध हुँदै आएको छ । सोही कारणले वर्षभरी यो नगरपालिा विवादी बन्दै गएको तथा विकासको काममा अवरोध सिर्जना भएको एक प्रतिनिधिले बताएका छन् ।

 

 

ब.स.मञ्जय राम,कटहरिया,असार ०२ गते

रौतहटको कटहरिया नगरपालिकाका बिद्यालय बन्द गरिएको छ । अत्यधिक गर्मीका कारण सो नगरपालिकाको बिद्यालयहरू सुनसान देखिएको छ ।

कटहरिया नगरपालिकाले एक सुचना जारी गरि असार ०१ गते शुक्रबार सम्मका लागी पुनः बाल विकास देखि कक्षा १२ सम्म विद्यालय बन्द रहने जनाएको थियो ।

यस अघि जेठ १९ गते देखि २६ गते सम्म कटहरिया नगरपालिकाको सम्पूर्ण सामुदायिक बिधालयहरु बन्द गरिएको थियो ।

यता जिल्लाको अन्य पालिकाहरुमा गर्मी अत्याधिक भएपछि सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गरेका छन् गर्मी अत्याधिक बढेकाले विद्यार्थीहरु बेहोस हुन सक्ने देखिएपछि विद्यालयहरुमा बुबा आमा विधार्थीहरुलाई विधालयमा पठाईरहेको छैन । त्यसैले विधालयहरु सुनसान देखिएको छ ।

 

 

सरिता श्रीवास्तव,कटहरिया,०३ गते असार

रौतहटको कटहरिया नगरपालिकामा डोम कल्याण कमिटि गठन भएको छ । पालिका स्तरीय डोम समुदायको बुद्धिजीवी तथा अगुवाहरू भेला भइ कमिटि गठन गरेको हो ।

सो नगरपालिकाको वडा नम्बर ५ स्थित कटहरिया बजारमा रहेको विवाह मण्डप भवनमा डोम भेला आयोजन गरि कमिटि गठन गरिएको हो । गठित कमिटिको अध्यक्षमा शम्भू मली,उपाध्यक्षमा नरेश मली,सचिवमा बिगु मली,कोषध्यक्षमा ललीता देवी रहेका छन् ।

त्यस्तै सदस्यहरुमा मंगरी देवी,नथुनी मली,बिनोद मली रहेको डोम समुदायका अगुवा बिजय मलीले जानकारी गराउनु भएको हो ।

डोम समुदाय विकास केन्द्र रौतहटको आयोजनामा एक दिने अन्तरक्रिया कार्यक्रम गरिएको थियो । पालिका स्तरीय भएको डोम भेलामा कटहरिया नगरपालिका लगायत अन्य ठाउँबाट आउनु भएका डोम समुदायको मानिसहरुको सहभागिता रहेको थियो ।

 

राैतहट,असार ०२ गते

जिल्लाको वृन्दावन नगरपालिका वडा नं – २ मा अवस्थित श्री नेपाल माध्यमिक विद्यालय विश्रामपुरको प्राङ्गणमा हरवा चरवा अधिकार मञ्चका नगर स्तरीय कार्यसमिति गठन भएको छ । द फ्रिडम फण्डको सहयोग तथा राष्ट्रिय दलित नेटवर्क (आरडीएन )

नेपालको आयोजनामा संचालित हरवाचरवा तथा कृषि बधुवा मजदुर सबलिकरण परियोजना अन्तर्गत रौतहटको बृन्दावनमा नगर कमिटीका हरवाचरवा अधिकार मन्चको बैठकमा अध्यक्ष जयराम राउतको अध्यक्षता तथा प्रमुख अतिथि हरवा चरवा अधिकार मन्च रौतहटका अध्यक्ष बिगनेस पासवान , राष्ट्रिय दलित नेटवर्क (आरडीएन) नेपालका सुब्बा साहेब हजारी र जिल्ला कमिटी तथा नगर कमिटीको उपस्तिथिमा बैठक सम्पन्न भएको छ ।

उक्त वृन्दावन नगरका नयाँ कार्यसमितिका उपाध्यक्षमा प्रदीप कुमार दास , सचिवमा डिका कुमारी ठाकुर र कोषाध्यक्षमा शोभा देवी लगायत १३ सदस्यीय नगर कमिटी सर्वसहमतिबाट गठन गरिएको हो ।

उक्त बैठकले स्थानीय सरकारको आगामी निती तथा बजेटमा हरवाचरवाको तथ्याङ्क संकलनको लागि बजेट विनियोजन गर्न डेलिगेसन जाने र वडा स्तरीय हरवाचरवा अधिकार मन्चको गठन गर्न नियमित गराउने निर्णय ‌‌पारित भएको हो ।

नगर कमिटी गठन कार्यक्रममा नगर भरिका ९ वटै वडाका प्रतिनिधिहरुको उपस्थितिमा भव्य रूपमा सम्पन्न भएको हो । त्यस्तै , नगर स्तरीय कार्यसमितिको सल्लाहकारमा रञ्जिता कुमारी दास सर्वसहमतिले चयन भएकी हुन् ।

 

राैतहट,असार ०२ गते राैतहट।

सशस्त्र प्रहरी बल, भन्सार महशुल नतिरेको भारतीय सवारी साधन जफत गरेका छन । बिशेष सूचनाको आधारमा खटिई गएको टोलीले जिल्ला रौतहट गरुडा न.पा.-५ शिवनगरमा चेकजाँच गर्ने क्रममा BR 22 P 1957 नम्बरको भारतीय बोलेरो गाडी फेला परेकाे सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हे.क्वा. रौतहटका प्रमुख माधव रेग्मीले बताए ।

कानून बमोजिम भन्सार महशुल नतिरी चलाई रहेको जानकारी अनुसार विशेष चेक जाचकाे क्रमा उक्त गाडी फेला परेकाे हाे । उक्त गाडीलाई आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाउँदा मुल्य रु ७,००,०००।- (सात लाख) कायम भएको सशस्त्र प्रहरी उपरीक्षक रेग्मीले बताए ।

राैतहटमा भारतिय गाडीको अत्यधिक चहल पहल हुने गरेका छन । भारतिय नातेदार आफ्नतको नाममा खरिद गरि निजि प्रयोग तथा व्यापारीक कारोवारको आलावा धेरै जनाले भाडामा सनेत सञ्चालन गरिरहेका छन । भारतिय गाडी जुन संख्यामा राैतहटमा प्रयोग भई रहेका छन ।

यसले राजश्वमा हानी नोक्सानी पुर्याउनुको साथै देशको सुरक्षा व्यवस्थालाई समेत चुनाैती दिई रहेका छन । यश प्रति सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण हुन जरुरी रहेको स्थानियले माग गरेका छन ।

 

आरके श्रीवास्तव,रौतहट,जेठ ०२ गते

रौतहटको देवाहीगोनाही नगरपालिकामा रहेको नगर स्तरीय अस्पताल नगर प्रमुख प्रेमलाल साह र स्वास्थ्य संयोजक नागेन्द्र कुशवाहाको कारणले अस्तव्यस्त बनेको उपप्रमुख परनिया देवी पटेलले आरोप लगाएकी छिन् आज पत्रकारहरु सँग कुराकानी गर्दै उनले अस्पताल सञ्चालन गर्न नगरसभा बाट बजेट छुट्टयाए पनि ती दुइ जनाको कारणले आम जनसमुदायले सेवा सुविधा पाउन बाट बञ्चित भएका छन् ।

अस्पताल सञ्चालन गर्न नगरसभा बाट १ करोड बजेट छुट्टयाएको उपमेयर पटेलको भनाइ छ । हामीले बजेट पास गर्यौ त्यो बजेट बाट समान खरि गर्ने देखि लिएर औषधी खरिद गर्ने काम स्वास्थ्य संयोजकको हो । तर उनले आफनो जिम्मेवारी बाट पञ्छिए पछि यस्तो अवस्था हुन पुगेको उनले आरोप लगाएकी छिन् ।

अस्पताल सञ्चालनको लागि छुट्टयाएको बजेटमा पनि हिनामिना भएको हुन सक्ने उनको दाबी छ । बजेट छुट्टयाउने जनप्रतिनिधीको हो तर कसरी सञ्चालन गर्ने ,समान खरिद गर्ने त्यो सबै जिम्मेवारी कर्मचारीको हो । कर्मचारी नै आफनो काम बाट पछाडी हटेपछि अस्तव्यस्त हुने स्वाभाविक हो । तर त्यसको दोष म माथि लगाउनु गलत छ ।

अस्पतालको समग्र समस्याको बारेका कार्यपालिकाको बैठकमा आफूले आवाज उठाउने प्रतिबद्धता जनाउनु भयो । देवाहीगोनाहीको नगर स्तरीय अस्पताल अस्तव्यस्त छ । जनशक्ति नै छैन् ,औषधीको अभाव छ । जनशक्ति नहुँदा भिडियो एक्सरे चल्न सकेको छैन् । अस्पताल सञ्चालन गर्न करोडौं बजेट छुट्टयाइयो तर त्यसको कुनै लेखाजोखा नै छैन् ।

अस्पतालको यस्तो अवस्था भएपछि सेवाग्राही भने मारमा परेका हुन् । अस्पतालमा जेनेरेटर नहुँदा टर्च बालेर प्रसूति सेवा दिनु परेको अस्पतालका इन्चार्ज आन्नद पटेलले बताएका छन् । आफूले पटक पटक नगरपालिकाको स्वास्थ्य शाखामा यहाँका समस्याको बारेमा अवगत गराए पनि कसैले ध्यान नदिएको गुणासो गरेका छन् । यता यस विषयमा स्वास्थ्य संयोजक नागेन्द्र कुशवाहा सँग बुझदा उनले आफूमाथि लगाएको आरोपको पनि खण्डन गरेका छन् ।

नगरपालिका नै अस्तव्यस्त भएपछि यस्तो अवस्था हुन पुगेको उनको भनाइ छ । नगर प्रमुख प्रेमलाल साहले प्रतिक्रिया दिदै भनेका छन् आफूहरुले छुट्टयाएको १ करोड बजेट कहाँकहाँ खर्च भयो त्यो सम्बन्धी कुनै जानकारी नरहेको प्रष्ट पार्नु भयो । प्रमुख प्रशासकिय अधिकृत सिकिन्द्र साहले आफनो मनलाग्दी तरिकाले खर्च गरेको हुन सक्ने उनको अनुमान छ । यसबारे कार्यपालिका बैठकमा छलफल गर्ने बताएका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।