आरके श्रीवास्तव,रौतहट,असार १० गते
रौतहटको राजपुर नगरपालिकाले बजेट ल्याएको छ । आइतवार राजपुर नगरपालिकाले यस वर्ष जनमुखी योजना ल्याएको छ । राजपुर स्थित नगरपालिकाको सभाकक्षमा बजेट अधिवेशन बोलाईएको थियो ।

नगरपालिकाले सातौं नगरसभा बाट जनमुखी नीती र कार्यक्रम ल्याएको छ । धेरै उत्साहका साथ सम्पन्न भएको सातौं नगरसभा बाट राजपुर नगरपालिकाको जनताको मन जितने किसिमको निती तथा कार्यक्रम पारित गरेको हो । नगर प्रमुख डा.राजिक आलमले सो बजेट वक्तव्य पढेर सुनाउनु भएको थियो ।

नगरपालिका नगर कार्यपालिकाबाट पास गरेको निती तथा कार्यक्रम कार्यान्यवन गर्ने ४३ करोड भन्दा बढी बजेट विनियोजन गरेको हो ।

नगरको चौतर्फि विकासको लागि यसै चालु आर्थिक वर्ष २०८०।८१ का लागि ४३ करोड २१ लाख रुपैयाँको बजेट पारित गरिएको नि.प्रमुख प्रशासकिय अधिकृत बैजु ठाकुरले जानकारी गराउनु भयो ।
यस वर्ष शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, यातायात, खानेपानी तथा सरसफाइर्, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य, पर्यटन तथा संस्कृति, लगाएतको विशेष प्राथमिकतामा राखी उक्त बजेट प्रस्तुत गरिएको ठाकुरले बताए ।
सो नगरपालिकाको चालु तर्फ २८ करोड ४३ लाख र पुँजीगत तर्फ १४ करोड ७८ लाख बजेटको आयको प्रक्षेपण गरिएको छ ।

सो अवसरमा उप प्रमुख जमिला असगरी,सबै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु सहित सुरक्षकर्मी,पत्रकारहरूको उपस्थिती रहेको थियो ।
रन्धिर साह, रौतहट, असार १० गते ।
रौतहट । रौतहटको देवाहीगोनाही नगरपालिकाको सातौं नगर सभा कार्यक्रम आज आइतबार सम्पन्न भएको छ ।
संबिधानको नियम अनुसार आज अन्तिम पदन रहेको बजेट प्रस्तुती कार्यक्रममा आइतबार सबै पालिकाहरुले नगर सभा कार्यक्रम आयोजना गरि सम्पन्न गरेका छन्, भने धेरै जसो पालिकाहरुको समय थपिएको छ ।

सोही नियम अनुसार देवाही गोनाही नगरपालिकाले समयमै आफ्नो नगर सभा सम्पन गरेको हो । देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहको अध्यक्षतामा सम्पन्न भएको नगर सभाले, चालु आर्थिक वर्ष २०८० । ०८१ मा नगरको समग्र बिकासका लागि ४१ करोड ७२ लाख ८८ हजार ४ सय सहितको बजेट प्रस्तुत भएको छ । सो सिम्मा भित्र रही आव २०८० र ०८१ को निति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छन् ।

चालु आर्थिक वर्षमा नगरको चौतर्फी बिकासका लागि देबाही गोनाही नगरपालिकाले आफ्नो ७ औं नगर सभाबाट ४१ करोड भन्दा बढीको बजेट पारित गरेको हो । नगर सभामा समानीकरण, शसर्त अनुदान, राजस्व ब्यब्स्थापन, आन्तरिक आय, शिक्षा, सिचाई, स्वास्थ्य लगायत गरी सो रकम प्रस्तुत गरेको थियो । यस वर्ष शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी, बिधुत, भौतिक पूर्वाधार निर्माण लगायतलाई बिशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको प्रमुख प्रशासकीय अधिकृत शम्भु यादवले बताए । कार्यक्रममा नगरपालिकाकी उप प्रमुख परनिया देबि पटेलको बिशिष्ट आतिथ्य तथा ९ वटै वडाका जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार लगायतको सहभागिता थियो ।


रौतहट,असार १० गते
गरुडा नगरपालिकाकाको नवौं नगर सभा भब्यताका साथ आईतवार सम्पन भएको छ । “ समृद्ध नगर खुसि नगरबासि “ भन्ने मुल नाराका साथ कार्यक्रमका सम्पन्न भएको हो । नगर सभाका सभाअध्यक्ष तथा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद कलवारले गरुडा नगरपालिकाको आर्थिक वर्ष २०८०÷०८१ को संसोधित बजेट, कार्यक्रम तथा योजनाहरुको बिबरण प्रस्तुत गर्नु भएको थियो ।


प्रस्तुत संसोधित बजेट, कार्यक्रम तथा योजनाहरुको योजना पारित गर्नु भएको हो । नगरसभाले अगामी आर्थिक वर्ष २०८०र०८१ का लागि करिव ५५ करोड भन्दा बढीको बजेट प्रस्तुत गरेको छ । नगरको समग्र विकासका लागि ५५ करोड १६ लाख ३० हजार आयव्यय सहितको बजेट प्रस्तुत गरिएको हो ।
नगरप्रमुख कन्थमणी प्रसाद कलवारको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथी मधेश प्रदेशका राज्यमन्त्री अबुलकलाम आजाद उर्फ फुलवावु द्वारा दिप प्रज्वलनको साथसाथै संयुक्त रुपमा रिवन काटेर नवौं नगरसभाको उद्धघाटन गर्नु भएको थियो । नीति कार्यक्रम एवं बजेट प्रस्तुत गर्दै गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद कलवारले शिक्षा, स्वास्थ्य, कृषि, सडक,उधोग रोजगारी ,लघु उधम ,पशु सेवा ,महिला तथा बालबालिका ,अपाङ्ग ,दलित ,पिछडिएका वर्ग लगायतका पूर्वाधारहरुको विकासलाई प्रमुख प्राथमिकता दिएर अघि बढाउने विश्वास व्यक्त गर्नु भएको छ । नगर सभामा विभिन्न वडाका जनप्रतिनिधि, विभिन्न राजनैतिककर्मी, नागरिक समाज, सुरक्षा निकायका पदाधिकारीहरु लगायतका सर्वसधारण जनताको सहभागीता रहेको थियो ।
काठमाडौं, ११ असार । जनता समाजवादी पार्टी नेपालको बिधान अधिवेसन जारी रहेको छ ।
सो अधिवेसनको दोस्रो दिन अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको बिधान माथी सोमवार १० समुहमा बिभाजन गरेर छलफल हुदैँछ ।
हिजो आइतवार अध्यक्ष यादवले मस्याैदा बिधान प्रस्ताव गरेका थिए, सोही प्रस्तावित बिधानमा आजवाट समुहगत रूपमा छलफल हुन लागेको हो ।
बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभरी तथा प्रवाससमेत गरी करिव ८०० प्रतिनिधिहरु सहभागी भएर समुहगत छलफल गर्न लागेका हुन ।
पुनः एकल नेतृत्वमा फर्काउने जसपा नेपालका बिद्यान पारित भएमा अध्यक्ष यादव पुनः शक्तिशाली हुनेछन् । बिद्यानले ७० बर्षे उमेर हदको ब्यवस्थाका साथै एक ब्यक्ति एउटै पदमा दुई कार्यकाल भन्दा बढी बस्न नपाउने जस्ता नयाँ ब्यवस्था राखेर बिद्यान प्रस्तुत गरिएको छ ।
रौतहट,असार १० गते
रौतहट । नेपाल नागरिकता पहिलो सन्सोधन ऐन २०७९ को दफा ३ र ८ बमोजिम जिल्ला प्रशासन कार्यालय रौतहटबाट सर्व प्रथम दुई जनाले जन्मको आधारमा नेपाली नागरिकताको प्रमाण पत्र लिएका छन् । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले दिएको जानकारी अनुसार मौलापुर नगरपालिका वडा नम्बर ४ का २७ वर्षिय अरुण कुमार यादव र वौधिमाई नगरपालिका वडा नम्बर ३ का १९ वर्षिय जय प्रकाश गिरीले जन्मको आधारमा नेपाली नागरिकताको प्रमाण पत्र पाएका हुन् ।

जन्मको आधारमा नेपाली नागरिकता पाउन आवश्यक कागजात प्रमाण सहितको अनुसुची फारम सहितको आवेदन पेश गरेको आवश्यक प्रकृया पूरा गरि दुवै जनालाई जन्मको आधारमा नेपाली नागरिकता दिईएको जिल्ला प्रशासन कार्यालय रौतहटका सुचना अधिकारी मणीभुषण साहले बताए ।
रौतहट,असार १० गते
रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री माधव कुमार नेपालले जनताको सेवामा समर्पित हुन आफ्ना गृह नगरका जनप्रतिनिधिलाई आग्रह गरेका छन ।
गौर नगरपालिकाको १२औं नगर अधिवेशनलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै जनप्रतिनिधिलाई राम्रो रचनात्मक काम गर्न सुझाव दिएका छन ।

रौतहट क्षेत्र नम्बर १ का सांसद समेत रहेका नेता नेपालले राम्रो काम गर्ने नगरपालिका गाउँ पालिकालाई थप विकास रकम उ्पल्बध गराउन नेपाल सरकार संग माग समेत गरे का छन । नेता नेपालले नगरपालिकाका गरिब घर परिवारलाई पहिचान र परिचयपत्र प्रदान गरि रोजगारीको अवसर प्रदान गर्न गौर नगर प्रमुखसंग आग्रह गरेका छन ।

रौतहट जिल्लामै ठुलो समस्याको रुपमा देखिएको मिटर व्याजी पिडितको पक्षमा स्थानीय प्रशासनलाई छिटो छरितो ढंगले काम गर्न आहवान गर्दै मिटर व्याज खाई थोरै दिनमा धेरै कामाउनेहरुलाई गोरख धन्धा बन्द गर्न भन्दै मरेपछी के लिएर जानू हुन्छ सचेत गराउदै गरिब लाई दुख दिएर पैसा कमाउने अर्काको सम्पति लिलाम गर्ने ,बेच दिने, हडपने जस्ता कार्य रोक्न पुर्व प्रधानमन्त्री समेत रहनु भएका नेता नेपालले सम्न्धित व्यक्तिको ध्यानाकर्षण गराएका छन ।

आफ्नो गृह नगरमा विकासका गतिविधि तिब्रता पाएको हेरेर सुनेर निकै खुशि भएको बताउदै वितिय सुशासन कार्यमा गौर नगरपालिका मधेस प्रदेशमा पहिलो भएकोमा जनप्रतिनिधि तथा कर्मचारीलाई बधाई दिदै अझै राम्रो गर्न आग्रह गरेका हुन । गौर नगरप्रमुख शम्भुसाह ले नगर अधिवेशनमा आर्थिक वर्ष ०८०र०८१को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन । सो बजेट तथा नगर अधिवेशन सफलताको लागि कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सभा सदस्य नागेन्द्र साह र सविधान सभा सदस्य सरला यादवले शुभकामना दिए ।

सो अवसरमा नगरपालिकाका नगर उपप्रमुख शैलदेवीको तर्फबाट नगर प्रवक्ता अर्जुन सिहले आर्थिक वर्ष २०८०र०८१को लागि ६८ करोड ३६ लाखको बजेट प्रस्तुत गर्नु भएको थियो । अधिवेशनमा फरक दलको तर्फबाट वडा नम्बर ७ का वडा अध्यक्ष शिव शंकर पाण्डेले शुभकामना व्यक्त गरेका थिए ।
गौर नगरपालिका का निमित प्रमुख सुभाष कुमार ठाकुर लेखापरीक्षण अधिकारी सरोज लाल दास र नायव सुब्बा जितेन्द्र भारती सहित विभिन्न पदमा कार्यरत ९ जना कर्मचारीहरुलाई प्रमुख अतिथि नेपालले प्रसंसा पत्र प्रदान गर्नु भएको थियो ।

रौतहट, १० असार । एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी मोर्चा गठनबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा खुसी भएको बताएका छन् ।
गृहजिल्ला रौतहट आएका अध्यक्ष नेपालले गौर नगरपालिकाको आइतबार सुरु भएको १२औं नगर अधिवेशनको उद्घाटन समारोहमा बोल्दै समाजवादी मोर्चा देखेर देउवा खुसी भएको प्रतिक्रिया दिएका हुन् ।
कांग्रेस सभापति देउवाले समेत मोर्चाको विरोध गरेको भन्दै केही मिडियामा झुठो समाचार आएको उनको भनाइ थियो ।‘बाहिर मिडियामा झुठो प्रचार गरियो । सिँगापुर पुगेर देउवाले मोर्चा गठनको विरोध गरे भनेर प्रचार गरियो । यो सरासर गलत हो,’ उनले भने ।
यस क्रममा अध्यक्ष नेपालले अब हातमा हात मिलाएर अघि बढ्नु पर्ने भन्दै देउवाले सुझाव दिएको पनि बताएका थिए । मोर्चा गठनले केहीको ‘निद हराम’ भएको र केहीलाई हैरान गरेको पनि उनको जिकिर छ ।
काठमाडौं, १० असार ।
हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको पनि प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूका साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
राती भने देशभर सामान्य बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
देशभर सामान्य देखि पुर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ।
भारी वर्षा र मेघ-गर्जन/चट्याङ्गका कारणले हुन सक्ने बाढी, पहिरो, डुबान, भू-क्षय तथा गेग्रान बहाव (debris flow) का कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।
सर्लाही,०९ गते असार सर्लाही ।
कृषि तथा कृषिजन्य विषय वस्तुलाई सञ्चार माध्यमसम्म पुर्याउने उद्देश्यले सर्लाहीमा दु दिने कृषि पत्रकारिता सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन भएको छ । नेपाल पत्रकार महासंघ सर्लाही शाखाकाे समन्वय र आमसञ्चार प्राधिकरण मधेस प्रदेशकाे आयोजनामा शुक्रबारदेखि लालबन्दीमा दुई दिने कृषि पत्रकारिता तालीम शुरु भई आज सम्पन्न भएको छ ।
तालिममा राैतहट,सर्लाही गरि विभिन्न जिल्लाका दर्जनौं पत्रकार सहभागी सो तालीममा सञ्चार तथा कृषि क्षेत्रका विज्ञहरुले प्रशिक्षण दिएका छन् । समापन कार्यक्रमका प्रमुख अतिथि कृषि विश्वबिद्यालय मधेस प्रदेश सप्तरीका रजिस्टार डा.श्रीभगवान ठाकुरले सहभागीहरू लाई प्रमाणपत्र हस्तान्तरण गर्नु भएको प्राधिकरणका कार्यालय प्रमुख उपेन्द्र सिंहले जानकारी गराउनु भयाे ।

साथै ठाकुरले कार्यक्रमलाई सम्बाेधन गर्दै कृषि क्षेत्रकाे आवाजलाई पत्रकारिताकाे माध्यमले बुलन्द रूपमा उठाउन आग्रह गर्नु भयाे । आज दाेस्राे दिनकाे सत्रमा सम्बाेधन गर्दै सम्बाेधन गर्दै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रदेश सचिव नम्रता सिंहले कृषिलाई प्राथमिकता राखेर काम गर्न सहभागीहरू लाई अनराेध गर्नु भयाे । साथै समाचार संप्रेषण गर्दा सत्य,तथ्य बुझेर प्रकाशन/प्रसारण गर्न अनुराेध गर्नु भयाे ।
समापन कार्यक्रमलाई सम्बाेधन गर्नु हुँदै आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले कृषि लाई पनि प्राथमिकतामा राखेर पत्रकारहरू लाई आग्रह गर्नु भयाे । पत्रकारीतामा कृषि आउनु पर्नेमा जाेड दिनु भयाे । वहाँले मिसन कृषि लिएर किसानकाे मुद्दा उठाउन,किसानकाे कथा समेटन, नकारात्मक तिर बढी नगई सकारात्मक समाचार प्रवाह गर्न अनुरोध गर्नु भयाे ।
सो अवसरमा अनाजका अध्यक्ष किरण आचार्यले कृषि क्षेत्रमा खोजी गर्नुपर्ने विषय प्रशस्त रहेको बताउँदै समाचार कहाँ छ, भनेर त्यसको बास्ना पत्ता लगाउने क्षमता पत्रकारमा हुनुपर्नेमा जोड दिए । साथै उनले कृषि बाट समृद्धि सम्भव रहेकोले यसलाई प्राथमिकतामा राखेर पत्रकारिता गर्नु पर्ने बताउनु भयो ।
मिडिया काउन्सिलका अध्यक्ष कैलास दासले शुक्रबार उदघाटन सत्रलाई सम्बाेधन गर्दै विटकै रुपमा कृषि पत्रकारिताको अभ्यास भइसकेको उल्लेख गर्दै सहभागी पत्रकारले समेत कृषिलाई प्राथमिकतामा राखेर पत्रकारिता गर्नु आवश्यक भएको बताए ।

कार्यक्रममा आमसञ्चार प्राधिकरणका कार्यालय प्रमुख उपेन्द्र सिंह र सुरेश यादवले प्रशिक्षण दिनु भएको थियाे । वहाँहरूले कृषि क्षेत्रकाे दैनिक रूपमा समाचार प्राथमिकता दिन घच्घच्याएका थिए । कार्यक्रमकाे अध्यक्षता गरि रह्नु भएका नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंक क्षेत्रीले गर्नु भएको थियाे ।
आरके श्रीवास्तव, रौतहट, ०९ गते असार ।
रौतहटको बागमती नदिमा अलपत्रमा परेका मानिसहरुको शुरक्षाकर्मीद्धारा उद्धार गरिएको छ । शुक्रबार करिब ४ः०० बजेको समयमा जिल्लाको राजदेबी नगरपालिकाको वडा नम्बर ३ चन्डिया स्थितमा ति मानिसहरु गोठालो गएको समयमा बर्षाको कारणले बागमती नदीमा पानीको बहाब
बढेपछि उक्त नदीको बिच भागमा स्थानीयहरु लपत्र परेका थिए । सो घटना बारे थाह पाउन लगतै नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी समेतको संयुक्त उद्धार टोलीले नदीकोबीच भागमा फसेका मानिसहरुलाई आज (शनिबार) विहानको उक्त मानिसहरुलाई उद्धार गरेको जिल्ला प्रहरी कार्याल रौतहटले जनाएको छ ।

उद्वार गरिएकोकाे मानिसहरूमा राजदेबी नगरपालिका वडा नं.३ चन्डिया निवासी प्रसाद दासको श्रीमती ५० वर्षीया रामापती देबी, सोही वडाका ललन पटेलको श्रीमती ३७ वर्षीया ललिता देबी पटेल, सोही वडाका ६० वर्षीय बिलास दास (निजको दुई वटा भैसी),
सोही वडाका ५० वर्षीया करणसिला साह तथा सर्लाहीका बलरा नगरपालिका वडा नं.२ जमुनिया बस्ने ६० वर्षीय केसर सहनीको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता नायव उपरिक्षक प्रहरी उमाशंकर यादवले बताएका छन् । उनका अनुसार उद्धार भएका सबैजनालाई आफन्तको जिम्मा लगाइएको बताए । एक जना सर्लाहीका सहनीलाई राजदेवी नगरपालिकाको वडा नम्बर ३ का वडा अध्यक्षको जिम्मा लगाइएको उनले बताए ।
