रौतहट,असार ११ गते
रौतहट । नागरिकता विहिन संघर्ष समितिका केन्द्रीय सदस्य तथा रौतहट जिल्ला अध्यक्ष जयप्रकाश गिरीले वंशजको नागरिकता पाएका छन् ।
नागकिता नपाएर लामो समयदेखि संघर्षरत्त जयप्रकाशले जिल्ला प्रशासन कार्यालय रौतहटबाट वंशजको नागरिकता पाएका हुन् ।

रौतहटको बौद्विमाई नगरपालिका ३ मटिअर्वा घर भएका जयप्रकाश गिरीले १९ वर्षको उमेरमा नागरिकता पाएका हुन् ।
बुबा राम अधार गिरीसंग नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय राैेतहट पुगेका थिए ।
उनलाई प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले नागरिकता हस्तान्तरण गरेका हुन् ।
नागरिकता पाएपछि जयप्रकाशले बल्ल यो देशको नागरिक भएको अनुभुती भएको बताए । ‘बल्ल आजदेखि नेपाली नागरिक भएको अनुभूति र अपार खुसी महसुस भइरहेको छ। अब यो देशमै केही गर्छु’, उनले भने ।
उनी नागरिकता संघर्ष समितिका केन्द्रीय सदस्य तथा रौतहट जिल्ला भएर आन्दोलनरत थिए । जयप्रकाश हेल्थ असिस्टेन्ट हन् ।

बुबा राम अधार गिरीको नागरिकता जन्मसिद्ध भएको कारण उनले नागरिकता पाउन सकेका थिएनन् । तर राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता सम्बन्धी विधेयक कार्यान्वयन गर्न सर्वोच्च अदालते बाटो खोलेपछि उनले नागरिकता पाएका हुन् ।
काठमाडौं, ११ असार । नेपाली कांग्रेसले अनलाइनबाट सदस्यता वितरण सुरु गरेको छ । अनलाइन आवेदनमार्फत साधारण सदस्यताका लागि अप्लाइ गर्न सकिने छ ।
कांग्रेसको विधानमा साधारण क्रियाशील गरि दुई प्रकारका सदस्यता वितरण हुने व्यवस्था छ । साधारण सदस्यता वितरण गरिने विगतमा प्रचलन थिएन । साधारण सदस्यता प्राप्त गरेको व्यक्तिले एकवर्ष पछि क्रियाशील सदस्यता पाउने विधानको प्रावधान छ ।
काग्रेसको सदस्यता लिनको लागि पार्टीको साइटमा उपलब्ध गराइएको फर्म भर्नुपर्ने हुन्छ । सदस्यता प्राप्त गर्नका लागि नाम, जन्ममिति, इमेल आइडी, मोबाइल नम्बर, राष्ट्रिय परिचयपत्र नम्बर, ठेगाना, ब्लड गु्रप, भाषा, पेशा प्रदेश, जिल्ला लगायतको विवरण भर्नुपर्दछ ।
साथै, पासपोर्ट आकारको तस्वीर, नागरिकताको अघिल्लो भाग र पछाडीको फोटो पनि अपलोड गर्नुपर्ने हुन्छ । सदस्यता प्राप्त गर्नका लागि २० रुपैयाँ तोकिएको छ ।
मुकेश कुमार यादब
सिरहा, ११ असार। सिरहाको मिर्चैया नगरपालिका ७ स्थित मिर्चैया साना सहरी खानेपानी तथा सरसफाई कार्यालयका सुरक्षा गार्ड मृत अवस्थामा फेला परका छन् ।
मिर्चैया नगरपालिका ८ घरभई खानेपानीमा सुरक्षा गार्डको काम गर्ने करिव ४५ वर्षीय किशोरी राय कुर्मीलाई धारीलो हतियार प्रहार गरी शरीरको विभिन्न भागमा काटीएको अवस्थामा आज कार्यालय परिसरभित्रै शव फेला परेको हो ।
कार्यालयका पदाधिकारी विशेष कामले सुनसरीको इटहरी जान गाडीलिन जाँदा रगताम्मे अवस्थामा सुरक्षा गार्ड देखेपछि संस्थाका सचिव डिकाराम पोखरेलले प्रहरीलाई जानकारी गराएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।
प्रहरी घटनास्थल पुग्दा उनको मृत्यु भइसकेको जनाएको छ । घटनाको प्रकृति हेर्दा उनको हत्या भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिनसक्ने प्रहरीको भनाई छ ।
लाशलाई प्रादेशिक अस्पताल सिराहामा पोष्टमार्टम गराई परिवारजनलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान भईरहेको बताए ।
कृष्ण तिवारी ,रौतहट, असार ११ गते ।
रौतहटको कटहरिया नगरपालिकाकाले उत्कृष्ट काम गर्ने कर्मचारीहरु लाइ सम्मान गरेको छ । नगरपरिषदको अवसरमा नगरपालिकाकाको कार्यालयमा आयोजित कार्यक्रममा नगर प्रमुख अजय प्रकाश जयसवाल, उप प्रमुख रिता देवी यादव र प्रमुख प्रशासकीय अधिकृत राम प्रकास साहले कर्मचारीहरुलाइ नगद पाँच हजारसहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

कटहरिया नगरपालिकाको ८औं नगरसभा अधिवेशन कार्यक्रममा ७ (सात ) जना नगरपालिका भित्र कार्यरत कर्मचारीलाई नगर प्रमुख अजय प्रकाश जयसवाल र नगर उपप्रमुख रिता देबी यादव द्वारा सम्मानित हुने कर्मचारीहरुमा योजना प्रमुख रामनरेश यादव, पञ्जिकरणका प्रमुख हरिन्द्र प्रसाद यादव, जिन्सी शाखा प्रमुुख सन्तोश साह, शिक्षा सह संयोजक सुरेन्द्र ठाकुर, कम्पुटर अपरेटर धिरज साह , कार्यालय सहयोगी अभिसेख कुमार सहित ७ जना लाई ५ हजार नगद र दोसल्ला ओढाई सम्मान गरेको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका मेयर अजय प्रकाश जयसवालले कर्मचारीलाई सम्मान गरिँदा उत्कृष्ट काम गर्न हौसला मिल्ने बताए ।

कर्मचारीले राम्रो काम गरेर हरेकले सम्मान ग्रहण गर्नुपर्ने उनको सुझाव छ । ‘इमानदारिता र लगनशीलता कर्मचारीको बहुमूल्य गहना हो, त्यसैले निजामति कर्मचारीले आफूले पाएको जिम्मेवारीलाई जागिरका हिसाबमा मात्र लिनु हुँदैन, जागिरलाई जिम्मेवारीका हिसाबले लिन सक्नुपर्छ,’ मेयर अजय प्रकाशले भने ।
प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले अनुशासन र कामले नै कर्मचारीको मूल्यांकन हुने भएकाले आफ्नो दायित्व र जिम्मेवारी निभाउनु पर्ने बताए । उनले सरकारी नीति निर्देशनमा रहेर सेवाग्राहीलाई सेवा दिनु नै कर्मचारीको पहिलो काम, कर्तव्य भएको धारणा राखे । ती कर्मचारीहले सर्वोत्कृष्ट सम्मान पाउँदा काम गर्ने जिम्मेवारी अझै बढेको महसुस भएको बताए ।

आरके श्रीवास्तव,रौतहट,असार ११ गते
रौतहटको कटहरिया नगरपालिकाले बजेट ल्याएको छ । सोमबार कटहरिया नगरपालिकाले यस वर्ष जनमुखी योजना ल्याएको छ । कटहरिया स्थित नगरपालिकाको प्रांगणमा बजेट अधिवेशन बोलाईएको थियो । नगर प्रमुख अजय प्रकाश जयसवालको अध्यक्षतामा सम्पन्न भएको नगरसभामा प्रमुख अतिथिको रूपमा जिल्ला समन्वय समितिका सभापती रामअयोध्या प्रसाद यादव रह्नु भएको थियो । नगरपालिकाले आठौं नगरसभा बाट जनमुखी नीती र कार्यक्रम ल्याएको छ । नगरपालिका नगर कार्यपालिकाबाट पास गरेको निती तथा कार्यक्रम कार्यान्यवन गर्न ४१ करोड भन्दा बढी बजेट विनियोजन गरेको हो ।

हरेक वर्ष असार १० गते बजेट ल्याउनु पर्ने प्रावधान रहेको छ । तर एकदिन ढिलै भएपनि नगरसभा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । जनप्रतिनिधीहरु बिच कुरा नमिल्दा आइतवार बजेट आउन सकेको थिएन् । धेरै उत्साहका साथ सम्पन्न भएको आठौं नगरसभा बाट कटहरिया नगरपालिकाको जनताको मन जितने किसिमको निती तथा कार्यक्रम पारित गरेको हो । नगरप्रमुख जयसवालको आदेशाअनुसार प्रमुख प्रशासकिय अधिकृत रामप्रकाश साहले बजेट वक्तव्य पढेर सुनाउनु भएको थियो ।

नगरपालिका नगर कार्यपालिकाबाट पास गरेको निती तथा कार्यक्रम कार्यान्यवन गर्न ४१ करोड भन्दा बढी बजेट विनियोजन गरेको हो । नगरको चौतर्फि विकासको लागि यसै चालु आर्थिक वर्ष २०८०÷८१ का लागि ४१ करोड ९६ लाख १६ हजार ३ सय रुपैयाँको बजेट पारित गरिएको प्रमुख प्रशासकिय अधिकृत साहले जानकारी गराउनु भयो । यस वर्ष शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, यातायात, खानेपानी तथा सरसफाइर, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य, पर्यटन तथा संस्कृति, लगायतको विशेष प्राथमिकतामा राखी उक्त बजेट प्रस्तुत गरिएको साहले बताए ।

सो नगरपालिकाको संघिय वितिय समानीकरण अनुदान ११ करोड १७ लाख,संघिय शशर्त चालु अनुदान १७ करोड १० लाख,संघिय सरकार शशर्त पूजिगत रु १ करोड १५ लाख,संघिय राजस्व बाँडफाँड अनुदान ९ करोड ५२ लाख ७२ हजार ३ सय,संघिय सरकार सम्पूरकमा ५० लाख,विक्तिय समानिकरण(प्रदेश सरकार) २० लाख र आन्तरिक राजस्व रु १ करोड र चालु आ.व. २०७९।८० को खर्च हुन बाँकि २० लाख गरि कुल ४१ करोड ९६ लाख १६ हजार ३०० रुपैयाँ बराबरको बजेटको आयको प्रक्षेपण गरिएको छ ।

कार्यक्रममा सबै वडाका वडा अध्यक्षहरू,जनप्रतिनिधिहरू,पत्रकार,सुरक्षाकर्मी,कर्मचारीहरू सहितका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

रौतहट, असार १० गते ।
रौतहटको गुजरा नगरपालिकाको आठौं नगर सभा कार्यक्रम आइतबार सम्पन्न भएको छ । संबिधानको नियम अनुसार आज अन्तिम दिन रहेको बजेट प्रस्तुती कार्यक्रममा आइतबार सबै पालिकाहरुले नगर सभा कार्यक्रम आयोजना गरि सम्पन्न गरेका छन्, भने धेरै जसो पालिकाहरुको समय थपिएको छ ।

सोही नियम अनुसार गुजरा नगरपालिकाले समयमै आफ्नो नगर सभा सम्पन गरेको छ । गुजरा नगरपालिकाका नगर प्रमुख संतलालप्रसाद चौधरीको सभाध्यक्षतामा सम्पन्न भएको नगर सभाले चालु आर्थिक वर्ष २०८० । ०८१ मा नगरको समग्र बिकासका लागि ५६ करोड १४ लाख ३१ हजार ५ सय सहितको बजेट प्रस्तुत सार्वजनिक गरेका छन् । सो सिमा भित्र रही आव २०८० र ०८१ को निति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छन् ।

चालु आर्थिक वर्षमा नगरको चौतर्फी बिकासका लागि गुजरा नगरपालिकाले आफ्नो ८ औं नगर सभाबाट ५६ करोड भन्दा बढीको बजेट सर्वसहमतिले पारित गरेको हो । नगर सभामा समानीकरण, शसर्त अनुदान, राजस्व ब्यब्स्थापन, आन्तरिक आय, शिक्षा, सिचाई, स्वास्थ्य लगायत गरी सो रकम प्रस्तुत गरेको थियो ।

यस वर्ष शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी, बिधुत, भौतिक पूर्वाधार निर्माण लगायतलाई बिशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार अधिकारीले बताए । कार्यक्रममा नगरपालिकाकी उप प्रमुख रतन लामाकी बिशिष्ट आतिथ्य तथा ९ वटै वडाका जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार लगायतको सहभागितामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

रौतहट,असार १० गते
रौतहटको मौलापुर नगरपालिकाका ५ जना वडा अध्यक्ष सहित कायृपालिका सदस्य र वडा सदस्यहरुले आइतबारको नगरसभा बहिष्कार गरेका छन् । नगरप्रमुख रिना कुमारी साह र प्रमुख प्रशासकिय अधिकृत रामबाबु साहले मनोमानी तरिकाले नगरसभा गर्न लागेको आरोप लगाउँदै १४ जना सदस्यले नगरसभा बहिष्कार गरेका हुन् । गत आर्थिक वर्ष २०७९।८० को आय व्यय विवरण सार्वजनिक नगरेको विभिन्न शीर्षकमा भएको खर्च सभा सदस्य लाई जानकारी नदिएको जस्ता आरोप बहिष्कार सदस्यले लगाएका छन् ।

आर्थिक वर्ष ०८०÷०८१ को बजेट बारेमा आफूहरु सँग छलफल समेत नगरी नगर सभा बोलाइ्एकाले बहिष्कार गर्नु परेको उनीहरुको भनाइ । नगर सभा बहिष्कार पछि पत्रकारहरु सँग कुराकानी गर्दै वडा नम्बर १ का वडा अध्यक्ष जयनाथ कुशवाहाले नगर सभा विरोध गर्नुको कारण बारे बताएका छन् । उनले भने आ.व.२०७९।८० को जुन नगर सभा भयो त्यस्को बजेट बारे आफूहरुलाइ थाहा नदिएको आरोप लगाए । हामी तिन महिना देखि बजेटको हिसाब किताब माग गर्दा कुनै सुनवाइ नगरेको गुणासो गरे । नगर सभा एकल ढंगले गर्न चाहेको र विपक्षीहरुलाइ मिचेर चल्ने,अन्य जनप्रतिनिधीहरुलाइ वास्ता नगरी बढीरहेको आरोप लगाए । वडामा भेला नै नगरी नगर सभा गर्न लागेको भन्दै विरोध गरेका छन् ।

त्यस्तै वडा नम्बर ८ का वडा अध्यक्ष शिवपर्सन यादवले नगर सभाको विरोधमा हामी यस कारण छौ कि पोहोर सालको बजेट पास गर्दा उपस्थितीमा मात्रै हस्ताक्षर गरे र बन्दीमा नगरेको खुलासा गरे । नगर प्रमुखले मनोपोली तरिकाले बजेट बाँडफाँड गर्ने गरेको आरोप लगाए । प्रत्येक वडामा १ करोडको सेलिङ्ग भएपनि बजेटको कुनै अतोपतो नभएको बताए । नगरपालिकाको बजेट नभइ व्यक्तीगत बजेट जस्तो गरिरहेको उनको आरोप छ । प्रमुख प्रशासकिय अधिकृत रामबाबु साह पनि नगरपालिकाको हाकिमको रुपमा काम नगरी व्यक्तीगत लेखनदासको रुपमा काम गरिरहेको आरोप लगाए ।
यता वडा नम्बर ९ का वडा अध्यक्ष श्यामकिशोर साहले नगर सभा विरोध गर्नु कारण बारे बताउँदै आ.व. २०७९।८० को निति तथा कार्यक्रममा विभिन्न शिर्षकमा बजेट ल्याएपनि उक्त शिर्षकमा काम नभएको ठोकुवा गरे । हिसाब किताब नदिएको कारणले नगरसभा बहिष्कार गरेको बताए ।

यस्तै वडा नम्बर ६ का वडा अध्यक्ष इश्वर दयाल यादवले निरंकुश शासन नगरपालिकामा लादन खोजेको आरोप लगाए । यसमा एकल निर्णय चल्ने गरेको कारण आफूहरु नगर सभा बहिष्कार गर्न बाध्य भएको प्रष्ट पारे ।
त्यस्तै वडा सदस्य नबल किशोर यादवले भने नगरपलिकामा कुनै सिस्टम नै नभएको आरोप लगाए । मौलापुर नगरपालिकाको गलत सिस्टमको विरोध गरेको बताए । उपप्रमुख नागेन्द्र यादवले आफूहरुलाइ धोखा दिएको आरोप लगाए । नगरपालिकाको बजेट जनहितमा नरहेको भन्दै आफूहरुले बहिष्कार गर्नुपरेको बताए । यस विषयमा नगरपालिका साँग प्रतिक्रिया लिन खोज्ला सम्पर्क हुन सकेको छैन् ।
रौतहट,असार १० गते
रौतहट प्रहरीले फरार प्रतिवादीलाइ गर्यो पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौर न.पा. वडा नम्बर ३ बि.पी.चौक स्थितमा ज्यान मार्ने उधोग मुद्दामा फरार रहेका प्रतिवादी जिल्ला रौतहट फतुवा विजयपुर न।पा। वडा नंं. १ बस्ने शंकर प्रसाद यादवको बर्ष २५ को राकेश यादवलाई पक्राउ गरी आवश्यक कार्वाहीको लागी सम्मानित रौतहट जिल्ला अदालत गौर रौतहटमा बुझाईएको प्रहरीले जनाएको छ ।

त्यस्तै सम्मानित अदालतको फैसला कार्यान्वयन अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय भई हाल सम्म फरार रहेका प्रतिवादीलाई प्रहरी गस्ती टोलीले गस्ती गर्ने क्रममा बृन्दावन न.पा.वडा १ बिश्रामपुर टोल स्थितमा लागु औषध मुद्दामा फरार रहेका प्रतिवादी सोही ठाउँ वस्ने राम प्रसाद यादवको छोरा बर्ष ३२ को रमेश कुमार यादवलाई पक्राउ गरी आवश्यक कार्वाहीको लागी सम्मानित रौतहट जिल्ला अदालत गौर रौतहटमा बुझाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यता सम्मानित अदालतको फैसला कार्यान्वयन अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय भई हाल सम्म फरार रहेका प्रतिवादीलाई प्रहरी गस्ती टोलीले गस्ती गर्ने क्रममा माधवनारायण न.पा.वडा नं.५ कटहरिया टोल स्थितमा ज्यान मार्ने उधोग मुद्दामा फरार रहेका प्रतिवादी सोही ठाउँ वस्ने चलितर सहनीको छोरा बर्ष ७६ को बैजनाथ सहनीलाई पक्राउ गरी आवश्यक कार्वाहीको लागी सम्मानित रौतहट जिल्ला अदालत गौर रौतहटमा बुझाईएको रौतहट प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक उमाशंकर यादवले जानकारी गराउनु भयो ।
रौतहट,असार १० गते
रौतहटमा लागु औषध ब्राउन सुगर सहित मानिस पक्राउ परेका छन् । शुक्रवार बेलुका ६ बजेको समयमा जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थितमा खटिएको प्रहरी टोलीले सवारी साधन तथा मानिस चेकजाँच गर्ने क्रममा उक्त मानिसलाइ पक्राउ गरेको हो ।

चेकजाँच गर्ने क्रमममा ना ५८ प ४२४६ नम्वरको स्पेलेण्डर मोटरसाईकल सहित चन्द्रपुर नगरपालिका वडा नम्बर ४ वस्ने बन्सीधर गुरौको छोरा वर्ष ३० को बिबेक गुरौलाई नियन्त्रणमा लिई निजको जिउ शरिर तलासी गर्दा उनको साथबाट अबैध लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १.४६० ग्राम फेला परेको हो ।

उक्त लागु औषध ब्राउन सुगर बारामद गरी उनलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी सम्मानित रौतहट जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
मञ्जय राम, रौतहट, असार १० गते ।
रौतहटको गुजरा नगरपाकिला स्थित रहेको लामहा नदि अवरुद्ध भएका कारण विधालयको बस सहित विधार्थीहरु अलपलमा परेका छन् । आइतबार विहान करिब ९ः३५ बजेको समयमा लामहा नदिमा विधालयका बस तथा विधाथीएहरु करिब १ घण्टासम्म कुर्दै नदिको वारिपारी नै उदास भएर बसेका थिए ।

आज विधालय नै जान नसकले समेत संका हुँन थालेको एभर ग्रिन विधालय बालचनपुर कक्षा ४ मा अध्ययनरत रहेका सेक अहम्दले बताए । उनका अनुसार शनिवारको करिब १२ बजेदेखि नै सो नदिको बाटो अवरुद्ध भएको थियो । सोही विषयमा गुजरा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार अधिकारी भन्छन् , हामीले सो समस्या बारे हिजो नै जानकारी प्राप्त भएको तथा नगर सभाका व्यस्तताका कारण यतातिर ध्यान नै गएन् ।

तर पनि हामीले यहाँ काम गरिरहेका जेसिबिलाई बाटो खुला गर्नका लागि भनेका थियौँ । तर, सो काम उनकै निगरानीमा आज विहान भएको हो ।