२०८३ श्रावण ७
२०८३ श्रावण ७

 

आरके श्रीवास्तव,राैतहट,असार २३ गते

राैतहट-जिल्लाकाे कटहरियामा आधारभूत पत्रकारिता तालिम समापन भएको छ । पत्रकारितामा महिला सहभागीता बढाउने उदेश्यले आयाेजन भएको पाँच दिने आधारभूत पत्रकारिता तालिम शनिबार समापन भएको हाे । लालबकैया मिडिया प्रा.लि.काे आयोजना तथा कटहरिया नगरपालिकाकाे सहयोगमा तालिम भएको हाे । तालिम सञ्चालनका लागि कटहरिया नगरपालिकाले आर्थिक सहयोग गरेको हाे ।

लालबकैया मिडिया प्रा.लि.का अध्यक्ष युवराज झाकाे अध्यक्षतामा भएको पत्रकारिता तालिमकाे समापन कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा कटहरिया बहुमुखी क्याम्पसका प्रमुख गजेन्द्र प्रसाद यादव रह्नु भएको थियाे । तालिम समापन कार्यक्रममा प्रशिक्षक एवम् नेपाल पत्रकार महासंघ राैतहटका अध्यक्ष प्रेमचन्द्र झा र प्रेस मञ्चका राैतहट अध्यक्ष किशोरी यादवले तालिममा सिकेका बुँदाहरूलाई व्यवहारमा लागू गर्न सुझाव दिए । वहाँहरूले पत्रकारिता पेसामा दक्षता हासिल गर्न तालिममा महत्वपूर्ण सहयोग गर्ने बताए ।

महासंघ राैतहटका अध्यक्ष झाले जिल्लाको पत्रकारितामा महिला सहभागीता बढ्ने विश्वास व्यक्त गर्नु भयाे । तालिमका सहभागीहरूले तालिम फलदायी भएकोले पत्रकारितालाई व्यहारमा उतार्न सहयोग पुग्ने प्रतिक्रिया दिए । कार्यक्रमकाे प्रमुख अतिथि यादवले पत्रकारिता तेस्रो आँखाका रुपमा रहेको र समाजको वास्तविक सत्य तथ्यलाई उजागर गर्नुपर्ने यसको मुल मर्म भएको हुँदा बिशेषगरी यसतर्फ तालिम समापन पछि पत्रकारिता गर्दा सबैदे ध्यान दिनु हुन आवश्यक रहेकोमा जोड दिनुभयो ।

साथै वहाँले बिद्यार्थीहरूले चाह्याे भने कटहरिया बहुमुखी क्याम्पसमा पत्रकारिता अध्यापन सुरु हुन सक्ने बताउनु भयाे । यसका लागि कम्तीमा १० बिद्यार्थीहरू आवश्यकता पर्ने प्रष्ट पार्नु भयाे ।

सबैकाे साथ सहयोग भए त्रिभुवन विश्व बिधालय बाट सम्बन्धन प्राप्त गरि पत्रकारिताकाे पढाइ सुरू गर्न सकिने बताउनु भयाे । साे पत्रकारिता तालिममा कटहरिया नगरभरीका १० जना पुरूष र ४० जना महिला गरी करिब ५० जनाको सहभागिता रहेको आयाेजक संस्थाका अध्यक्ष झाले बताउनु भयाे । तालिम समापन पछि सहभागीहरू लाई प्रमाणपत्र पनि प्रदान गरिएको थियोे ।

    

जनकपुरधाम, २३ असार । मधेस प्रदेश सभा बैठक अबरुद्ध भएको छ ।

 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश सरकारले रकामान्तर गरेर बजेट अन्यत्र लगेको भन्दै मधेस प्रदेशसभा बैठक अवरुद्ध गरेको हो।

 

सो क्रममा अर्थमन्त्री सञ्जयकुमार यादवले रकमान्तर गरेर आफ्नो क्षेत्रमा बजेट लगेको भन्दै एमालेका सांसदहरुले मुख्यमन्त्रीको जवाफ मागे गरे पछि बैठक १० मिनेटका लागि स्थगित भएको हो ।

एमालेका सांसदले बैठक अवरुद्ध गरे पछि सभामुख रामचन्द्र मण्डलले बैठक स्थगित गरेका छन् ।

एमालेका प्रमुख सचेतक लखन दास तत्माले मुख्यमन्त्री सरोजकुमार यादवले जवाफ नदिएसम्म बैठक चल्न नदिने जनाएका छन् ।

 

इन्दीप कोइराला,बारा, २३ असार । 

लघुवित्त र सहकारीको ऋण तिर्नु पर्दैन भन्ने अभियानले बाराका सहकारी संस्थाहरुमा समेत नकारात्मक प्रभाव पारेको सहकारीकर्मीहरुले बताएका छन् ।

 

सो गलत अभियानका कारण जिल्लाका अधिकांश सहकारी संस्थामा ठुलो परिणाममा ऋण भाखा नाघेको साना किसान कृषि सहकारी संघ बाराका अध्यक्ष मिश्रिलाल सहनीले बताए ।

 

जिल्लाका १६ वटा साना किसान कृषि सहकारी संस्थाहरु र १ सय ५० को हाराहारीका बचत तथा ऋण सहकारी संस्थाहरुमा यस्तो प्रभाव परेको हो । उनका अनुसार भाखा नाघेको ऋणको अनुपात १५ प्रतिशत सम्म पुगेको छ । जबकी यस्तो ऋण ५ प्रतिशत भन्दा कमै रहेको राम्रो मानिन्छ, उनले बताए ।

‘गलत हौवाको पछाडी लाग्ने सदस्यहरुको कारण सहकारीमा ऋण जोखिम बढेको हो, सदस्यहरुको बचत रकम नै ऋणका रुपमा परिचालन हुने हुँदा कहीँ कसैले मिनाह गर्ने कुरा हुँदैन तरपनि मानिसहरु भ्रममा परेर ऋणमा डुविरहनु भएको छ,’ अध्यक्ष सहनीले भने ।

 

यसै सन्दर्भमा छलफल गर्न विहिबार संघको जितपुर सिमरा उपमहानगरपालिकाको वडा नं.१५ डुमरवानमा बसेको बैठकले ऋण तिर्नु पर्दैन भन्ने अभियानलाई निरुत्साहित गर्ने निर्णय गरेको छ ।

 

यस अभियानका कारण सहकारी संस्थाहरुले लगानी गरेका कर्जा असुलीमा नकारात्मक असर परेको भन्दै गलत अभियान संचालन गर्ने उपर कारबाही गर्न माग गरेको छ ।

 

गलत अभियान संचालन गरेर सामाजिक आर्थीक संरचनामा समस्या ल्याउने प्रयास भएको छ । यसर्थ जिल्ला प्रशासन कार्यालय बारा र पालिकाहरु मार्फत त्यस्ता ब्यक्तिहरुको पहिचान गरी कार्वाहीका लागि अनुरोध गर्ने निर्णय भएको संघका सचिव रामएकवाल चौधरीले जानकारी दिए ।

 

बारामा करिब ४५ हजार घरपरिवार सहकारीमा आवद्ध छन् । झण्डै १५ अर्ब बराबरको कारोबार सहकारीहरुले गरिरहेका छन्, उनले भने ।

 

सहकारी संस्थाहरुबाट लिएको ऋण तिर्नुपर्दैन भन्ने गलत अभियान संचालन गर्नेहरुलाई राज्यले कार्वाही गर्नुपर्ने बारा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सत्यन्द्र ठाकुरले बताए । राज्य मुखदर्शक बन्दा यस्ता अभियानकर्मीले समाजमा आर्थिक कठिनाई उत्पन्न गरिरहेका उनको भनाई छ ।

 

महोत्तरी, २२ असार । 

जलेश्वर नगरपालिका-३ स्थित जलेश्वर भिठ्ठामोड सडकबाट स्रोत नखुलेको नगद १० लाख ३० हजार रूपैयाँसहित भारत बिहार प्रान्त सितामढी थाना सुरखण्ड ग्राम सिखण्डी-५ बस्ने २० वर्षीय चन्दन कुमार साफीलाई प्रहरीले पक्राउ गरेको छ ।

 

प्रहरी चौकी भिट्टामोडबाट खटिएको प्रहरीले बिआर ३० डब्लु ५३१२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक चन्दनको साथबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

 

सर्लाही, २२ असार । सर्लाहीमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा हरिवन नगरपालिका-५ घुर्कौली टोल बस्ने ३५ वर्षीय राम भरोश भन्ने अर्जुन महतो रहेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।

 

अर्जुनले आज दिउँसो घरायसी झग्डाको कारण श्रीमती २८ वर्षीया नैन कुमारी महतोलाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

 

घाँटीमा खुकुरी प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

 

 

आरके श्रीवास्तव,राैतहट,असार २२ गते ।
राैतहट : माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजाअनुसार राैतहटकाे शितलपुरका सतिश कुमारले जिल्लाका सहभागीमध्ये सर्वोत्कृष्ट अंक प्राप्त गरेका छन् । फतुवा बिजयपुर नगरपालिका-२ मा रहेको श्री माध्यमिक विद्यालय शितलपुर बाट एसईईमा सहभागी भएका उनले राैतहट जिल्लामै सबैभन्दा बढी ग्रेड प्वाईन्ट एभरेज (जीपीए) ल्याई उतीर्ण भएकी हुन्।
उनले ३.९५ जीपीए ल्याएका छन्। सिम्बाेल नम्बर ०३५०८३८० आर भएका उनी ९८.७५ प्रतिशत अंक ल्याउन सफल भएका छन् ।
राैतहटको फतुवा बिजयपुर नगरपालिका-२ बैरगनिया घर भएका सतिशले जिल्लाभरिको सामुदायिक विद्यालयहरूमा उत्कृष्ट अंक ल्याउन सफल भएको जिल्ला शिक्षा समन्वय ईकाइ राैतहटका प्रमुख रामबिनय कुमार सिंह बताउनु भयाे ।
एसईईको नजिता अनुसार आफूले लक्ष्य लिएको अनुसार नै अंक प्राप्त गरी उतीर्ण हुन सफल भएको सतिशकाे भनाइ छ । उनी भन्छन्, ‘मैले आमाबुबाको दुःख, कष्ट धेरै नै नजिकबाट नियालेके छु। उहाँहरूले पढाइलेखाइको क्रममा मलाई कुनै कुराको पनि कमि हुन दिनुभएन। यता, मेरा गुरुजनहरू पढाइलेखाइको क्रममा कहिकतै त्रुटी हुन दिनुभएन्।
आगामी दिनमा मिहिनेत र लगनशील भएर पढ्नेछु अनि यो भन्दा पनि राम्रो अंक ल्याएर उहाँहरूको शीर अझै उठाउन चाहन्छु।’ भनिन्छ, ‘मेहनतको फल मिठो हुन्छ ।’ सामुदायिक बिद्यालय प्रति अभिभावकहरूकाे आकर्षण कम भईरहेकाे अवस्थामा सामुदायिक बिधालयमा नै अध्ययन गरेर राम्रो अंक ल्याएर उनले सामुदायिक बिद्यालयकाे नाम राेशन गर्न सफल हुनु भएको छ ।
बिद्यालय रहेकाे साे वडा का वडा अध्यक्ष अनिरूद्व प्रसाद यादव उर्फ संजय भन्छन्,आफू निर्वाचित भएदेखि नै शिक्षाकाे स्तर उकास्न हर सम्भव प्रयास गरिरहेकाे बताए । त्यही अनुसार बिद्यालय अगाडि बढिरहेकोमा आफूलाई खुशि लागेकाे प्रतिक्रिया दिए ।
जिल्ला टप गर्न सफल भएका बिद्यार्थी सतिश लाई धेरै धेरै बधाई तथा उज्ज्वल भविष्यकाे कामना पनि गर्नु भएको छ । साे बिद्यालयका प्रधानाध्यापक बुनिलाल यादवले जिल्ला टप गर्न सफल भएका बिद्यार्थी सतिश लाई धेरै धेरै बधाई तथा उज्ज्वल भविष्यकाे कामना गर्दै बिधालयलाई अगाडि बढाउनमा चाैतर्फी सहयोग हुन सके नतिजा यस्तै ल्याउन सक्ने बताए ।
साे बिधालयका प्रधानाध्यापक ,बिद्यार्थीका अभिभावक र वडा अध्यक्ष ज्यूहरू सँग रिपोर्टिङकाे क्रममा लिईएका केही तस्बिरहरू :-
   

 

रन्धिर साह, रौतहट, असार २१ गते ।

रौतहटको देवाही गोनाही नगरपालिकामा आज ठुलो संख्यामा वोट विरुवा वितरण भएको छ । देवाही गोनाही नगरपालिका वडा नम्बर ९ स्थित रहेको धरहरी गाउँमा आज (विहिबार) का दिन वृक्षारोपण गर्ने उदेश्यले नगर प्रमुख प्रेमलाल साहले २५ सय भन्दा बढी आप, लिचि, अम्बा र कटहरको वोट वितरण गरेका छन् ।

उनले देवाही गोनाही नगरपालिका भित्र रहेका सबै वडाहरुमा वोट विरुवा रोपने अभियान चलाएका छन् । सोही अभियान अन्तर्गत धरहीमा वोट विरुवा वितरण गरिएको मेयर साहले बताएका छन् ।

सो वोट विरुवाहरुलाई व्यवस्थीत तरिकाले रोपन र रोपकेको विरुवाको संरक्षण गरि हुर्काउन उनले सबैको कर्तव्य रहेको बताए । सो कार्यक्रममा देवाही गोनाही नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष विरबहादुर साह, जनप्रतिनिधिहरु तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।

 

रन्धिर साह, रौतहट, असार २१ गते ।

रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ५ स्थित रहेको टिकुलिया गाउँमा ठुलो संख्यामा बोट विरुवाहरु वितरण भएको छ । देवाही गोनाही नगरपालिकाको आयोजनामा सो कायक्रम भएको छ ।

देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह र देवाही गोनाही नगरपालिकाका वडा नम्बर ५ का वडा अध्यक्ष उपेन्द्र साहका संयुक्तमा सो कार्यक्रम भएको थियो । गाउँलाई हरी भरि वनाउने उदेश्यले वडा अध्यक्ष साह वोट विरुवा वितरण गरेको बताएका छन् ।

उनले सो कार्यलाई प्राथमिकतामा राखेर निरन्तरता दिइने बताएका छन् । उनले वोट विरुवा रोपने अभियान अन्तरगत आँप, लिची, असोक र अम्धुरका बोटहरु बितरन गरेका छन् ।

 

रूपेश यादव,फतुवा बिजयपुर,असार २१ गते

राैतहटकाे फतुवा बिजयपुर नगरपालिकामा आगलागीकाे घटना घटेको छ । साे नगरपालिकाकाे वडा नम्बर १ स्थित न्यू दिला ईङलिश बाेर्डिङ स्कुल घुसुकपुरमा आगजनी भएकाे खवर प्राप्त भएकाे हाे। स्थानीय अनिल कुमार यादवले सञ्चालन गरेको बाेर्डिङ स्कुलमा आगजनी भएको हाे । बुधवार राति १०:३० बजेकाे क्रममा आगजनी भएको जनाईएकाे छ ।

संचालक यादवकाे बाेर्डिङ स्कुलमा साेहि वडाकाे श्यामसुन्दर साह तेलि काे छाेरा अन्दाजी बर्ष २२ काे सुनिल साह भन्ने ब्यक्तिले आगाे लगाएकाे बाेर्डिङ संचालक यादवकाे आराेप रहेकाे छ। साह लाई ईलाका प्रहरी कार्यालय बिजयपुरले नियन्त्रणमा राखि थप अनुसन्धान गरिरहेका प्रहरी निरिक्षक अरबिन्द साहले बताए ।

साे आगजनी बाट ४ ओटा पंखा, बेन्च ३५ ओटा र घरमा समेत आगजनी भई ५ लाख ७० हजार बराबरकाे सम्पत्ति जलेर नष्ट भएको छ।

याे घटना भन्दा पहिला पनि एक चाेटि साेहि वडाको अर्काे ठाउँमा पाेखरी नीर संचालन गरेको बाेर्डिङमा आगजनी भएकाे थियाे । त्यसमा पनि सुनिलकै संलग्नता हुन सक्ने पिडित बाेर्डिङ संचालक यादवकाे दाबी रहेकाे छ। आगजनी लाई ईलाका प्रहरी कार्यालय संतपुर दाे., स्थानीयहरूकाे सहयाेगमा नियन्त्रणमा लिईएकाे प्रहरीले बताएको छ ।

 

आरके श्रीवास्तव,रौतहट,असार २१ गते

रौतहट जिल्लाको दक्षिणी भेग बौद्धीमाइ नगरपालिकामा सार्वजनिक सुनुवाई जनता सँग मेयर कार्यक्रम सम्पन्न भएको छ । सो नगरपालिकाको वडा नम्बर ५ स्थित विवाह भवन कोपवा बजारमा कार्यक्रम भएको हो ।

बौद्धीमाइ नगरपालिकाको आयोजना र लाल बकैया मिडिया प्रा.लि. कटहरिया २ को संयोजनमा असार २१ गते सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकामा भएको विकास निर्माणको काम, शिक्षा, स्वास्थ्य, कृषि लगायतको विषयमा आमजन समुदायहरूसँग सार्वजनिक सुनवाई गरेको हो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै बौद्धीमाइ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तुरन्तनारायण यादवले अहिलेको सरकारको कार्यकाल एक वर्षमात्रै पुगेको र जनताको अपेक्षा अनुसार काम गर्न नसके पनि विस्तारै सबै अपेक्षा पुरा हुँदै जाने बताउनु भयो ।

कार्यक्रममा सहभागीहरूले विकास निर्माण,मलखाद्द,शिक्षा र बजेट लगायतका विषयमा गुनासो राखेका थिए । सहभागीहरु रामभरोस प्रसाद यादव,अमिना राय यादव,जुगुल राय यादव लगायतका सहभागीहरुले आफनो सवालहरु राखेका थिए ।

उनीहरुले सामुदायिक बिधालयको अवस्था,मलखाद्दको अभाव,सार्वजनिक पोखरी,नगर प्रहरी चयन लगायतका थुप्रै विषयहरुमा सवाल गरेका थिए । नगरपालिकाले प्रवाह गरेको सेवा, सेवा प्रवाहका क्रममा भएका समस्या र समाधानका विषयमा कार्यक्रम गरिएको हो ।

नगरपालिकाको कार्यालयले प्रवाह गरिरहेको सेवाको सम्बन्धमा सहभागीहरूले उठाएका सवालको नगरप्रमुख प्रदिप कुमार यादवले जवाफ दिएका थिए । जवाफ दिदै उनले भने आफुले चुनावी घोषण अनुसार समाजिक सुरक्षाभक्ता घरघरमा पुर्याउन सफल भएको बताए । उनले भने नगरपालिका बाट हुने कामलाई अझै प्रभावकारी बनाउन लागि पर्ने बताउनुभयो ।

नागरिकको समस्या र गुनासोको नगरपालिकाले संवोधन गर्दै आएको र आगामी दिनमा संवोधन हुने बताउनुभयो । उनले उपस्थित आम जनसमुदाय लाइ गुनासा निर्धक्क राख्न र कमजोरी देखिएमा सच्याउनको लागि खबरदारी गर्न पनि आग्रह गर्नुभयो । नगर प्रहरी आगामी आर्थिक वर्ष भर्ना गर्ने पनि बताउनु भयो ।

किसानको समस्यालाइ लिएर आफूले केन्द्र सम्म गएर उठाएको स्मरण गराए । लामो समय नगरपालिका कार्यालय प्रमुख विहिन हुँदा समस्या भएको तर अगामी वर्षदेखि कुनै समस्या नहुने आशवासन दिए । साथै उनले उठेको गुनासोहरूलाई आगामी दिनमा संवोधन गर्ने र कमजोरीहरू सच्याउने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रमलाइ समापन गर्दै सभाध्यक्ष एवम् सो वडाका वडा अध्यक्ष लक्ष्मीनारायण यादवले हामीले प्रथम पटक गर्न सफल भएको बताउँदै । अब उपरान्त् बृहत् सार्वजनिक सुनवाइ गर्ने तर्फ जोड दिनु भयो । सो सार्वजनिक सुनवाइ कार्यक्रममा उप प्रमुख प्रमिला देवी जयसवाल,

नि.प्रमुख प्रशासकिय अधिकृत प्रमोद राय यादव,नेपाल पत्रकार महासंघ रौतहट शाखा सभापती प्रेमचन्द्र झा,सशस्त्र प्रहरी निरिक्षक नवराज काफले,प्रहरी नायब निरिक्षक प्रमानन्द यादव लगायत स्थानिय भद्रभलादमी,बुद्धिजिवीहरुको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन पत्रकार किशोरी यादवले गर्नु भएको थियो ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।