महोत्तरी, २२ असार ।
जलेश्वर नगरपालिका-३ स्थित जलेश्वर भिठ्ठामोड सडकबाट स्रोत नखुलेको नगद १० लाख ३० हजार रूपैयाँसहित भारत बिहार प्रान्त सितामढी थाना सुरखण्ड ग्राम सिखण्डी-५ बस्ने २० वर्षीय चन्दन कुमार साफीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी भिट्टामोडबाट खटिएको प्रहरीले बिआर ३० डब्लु ५३१२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक चन्दनको साथबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।
सर्लाही, २२ असार । सर्लाहीमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हरिवन नगरपालिका-५ घुर्कौली टोल बस्ने ३५ वर्षीय राम भरोश भन्ने अर्जुन महतो रहेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।
अर्जुनले आज दिउँसो घरायसी झग्डाको कारण श्रीमती २८ वर्षीया नैन कुमारी महतोलाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।
घाँटीमा खुकुरी प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।




रन्धिर साह, रौतहट, असार २१ गते ।
रौतहटको देवाही गोनाही नगरपालिकामा आज ठुलो संख्यामा वोट विरुवा वितरण भएको छ । देवाही गोनाही नगरपालिका वडा नम्बर ९ स्थित रहेको धरहरी गाउँमा आज (विहिबार) का दिन वृक्षारोपण गर्ने उदेश्यले नगर प्रमुख प्रेमलाल साहले २५ सय भन्दा बढी आप, लिचि, अम्बा र कटहरको वोट वितरण गरेका छन् ।

उनले देवाही गोनाही नगरपालिका भित्र रहेका सबै वडाहरुमा वोट विरुवा रोपने अभियान चलाएका छन् । सोही अभियान अन्तर्गत धरहीमा वोट विरुवा वितरण गरिएको मेयर साहले बताएका छन् ।

सो वोट विरुवाहरुलाई व्यवस्थीत तरिकाले रोपन र रोपकेको विरुवाको संरक्षण गरि हुर्काउन उनले सबैको कर्तव्य रहेको बताए । सो कार्यक्रममा देवाही गोनाही नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष विरबहादुर साह, जनप्रतिनिधिहरु तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।
रन्धिर साह, रौतहट, असार २१ गते ।
रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ५ स्थित रहेको टिकुलिया गाउँमा ठुलो संख्यामा बोट विरुवाहरु वितरण भएको छ । देवाही गोनाही नगरपालिकाको आयोजनामा सो कायक्रम भएको छ ।
देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह र देवाही गोनाही नगरपालिकाका वडा नम्बर ५ का वडा अध्यक्ष उपेन्द्र साहका संयुक्तमा सो कार्यक्रम भएको थियो । गाउँलाई हरी भरि वनाउने उदेश्यले वडा अध्यक्ष साह वोट विरुवा वितरण गरेको बताएका छन् ।
उनले सो कार्यलाई प्राथमिकतामा राखेर निरन्तरता दिइने बताएका छन् । उनले वोट विरुवा रोपने अभियान अन्तरगत आँप, लिची, असोक र अम्धुरका बोटहरु बितरन गरेका छन् ।
रूपेश यादव,फतुवा बिजयपुर,असार २१ गते
राैतहटकाे फतुवा बिजयपुर नगरपालिकामा आगलागीकाे घटना घटेको छ । साे नगरपालिकाकाे वडा नम्बर १ स्थित न्यू दिला ईङलिश बाेर्डिङ स्कुल घुसुकपुरमा आगजनी भएकाे खवर प्राप्त भएकाे हाे। स्थानीय अनिल कुमार यादवले सञ्चालन गरेको बाेर्डिङ स्कुलमा आगजनी भएको हाे । बुधवार राति १०:३० बजेकाे क्रममा आगजनी भएको जनाईएकाे छ ।

संचालक यादवकाे बाेर्डिङ स्कुलमा साेहि वडाकाे श्यामसुन्दर साह तेलि काे छाेरा अन्दाजी बर्ष २२ काे सुनिल साह भन्ने ब्यक्तिले आगाे लगाएकाे बाेर्डिङ संचालक यादवकाे आराेप रहेकाे छ। साह लाई ईलाका प्रहरी कार्यालय बिजयपुरले नियन्त्रणमा राखि थप अनुसन्धान गरिरहेका प्रहरी निरिक्षक अरबिन्द साहले बताए ।

साे आगजनी बाट ४ ओटा पंखा, बेन्च ३५ ओटा र घरमा समेत आगजनी भई ५ लाख ७० हजार बराबरकाे सम्पत्ति जलेर नष्ट भएको छ।
याे घटना भन्दा पहिला पनि एक चाेटि साेहि वडाको अर्काे ठाउँमा पाेखरी नीर संचालन गरेको बाेर्डिङमा आगजनी भएकाे थियाे । त्यसमा पनि सुनिलकै संलग्नता हुन सक्ने पिडित बाेर्डिङ संचालक यादवकाे दाबी रहेकाे छ। आगजनी लाई ईलाका प्रहरी कार्यालय संतपुर दाे., स्थानीयहरूकाे सहयाेगमा नियन्त्रणमा लिईएकाे प्रहरीले बताएको छ ।

आरके श्रीवास्तव,रौतहट,असार २१ गते
रौतहट जिल्लाको दक्षिणी भेग बौद्धीमाइ नगरपालिकामा सार्वजनिक सुनुवाई जनता सँग मेयर कार्यक्रम सम्पन्न भएको छ । सो नगरपालिकाको वडा नम्बर ५ स्थित विवाह भवन कोपवा बजारमा कार्यक्रम भएको हो ।
बौद्धीमाइ नगरपालिकाको आयोजना र लाल बकैया मिडिया प्रा.लि. कटहरिया २ को संयोजनमा असार २१ गते सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकामा भएको विकास निर्माणको काम, शिक्षा, स्वास्थ्य, कृषि लगायतको विषयमा आमजन समुदायहरूसँग सार्वजनिक सुनवाई गरेको हो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै बौद्धीमाइ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तुरन्तनारायण यादवले अहिलेको सरकारको कार्यकाल एक वर्षमात्रै पुगेको र जनताको अपेक्षा अनुसार काम गर्न नसके पनि विस्तारै सबै अपेक्षा पुरा हुँदै जाने बताउनु भयो ।
कार्यक्रममा सहभागीहरूले विकास निर्माण,मलखाद्द,शिक्षा र बजेट लगायतका विषयमा गुनासो राखेका थिए । सहभागीहरु रामभरोस प्रसाद यादव,अमिना राय यादव,जुगुल राय यादव लगायतका सहभागीहरुले आफनो सवालहरु राखेका थिए ।

उनीहरुले सामुदायिक बिधालयको अवस्था,मलखाद्दको अभाव,सार्वजनिक पोखरी,नगर प्रहरी चयन लगायतका थुप्रै विषयहरुमा सवाल गरेका थिए । नगरपालिकाले प्रवाह गरेको सेवा, सेवा प्रवाहका क्रममा भएका समस्या र समाधानका विषयमा कार्यक्रम गरिएको हो ।

नगरपालिकाको कार्यालयले प्रवाह गरिरहेको सेवाको सम्बन्धमा सहभागीहरूले उठाएका सवालको नगरप्रमुख प्रदिप कुमार यादवले जवाफ दिएका थिए । जवाफ दिदै उनले भने आफुले चुनावी घोषण अनुसार समाजिक सुरक्षाभक्ता घरघरमा पुर्याउन सफल भएको बताए । उनले भने नगरपालिका बाट हुने कामलाई अझै प्रभावकारी बनाउन लागि पर्ने बताउनुभयो ।

नागरिकको समस्या र गुनासोको नगरपालिकाले संवोधन गर्दै आएको र आगामी दिनमा संवोधन हुने बताउनुभयो । उनले उपस्थित आम जनसमुदाय लाइ गुनासा निर्धक्क राख्न र कमजोरी देखिएमा सच्याउनको लागि खबरदारी गर्न पनि आग्रह गर्नुभयो । नगर प्रहरी आगामी आर्थिक वर्ष भर्ना गर्ने पनि बताउनु भयो ।

किसानको समस्यालाइ लिएर आफूले केन्द्र सम्म गएर उठाएको स्मरण गराए । लामो समय नगरपालिका कार्यालय प्रमुख विहिन हुँदा समस्या भएको तर अगामी वर्षदेखि कुनै समस्या नहुने आशवासन दिए । साथै उनले उठेको गुनासोहरूलाई आगामी दिनमा संवोधन गर्ने र कमजोरीहरू सच्याउने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रमलाइ समापन गर्दै सभाध्यक्ष एवम् सो वडाका वडा अध्यक्ष लक्ष्मीनारायण यादवले हामीले प्रथम पटक गर्न सफल भएको बताउँदै । अब उपरान्त् बृहत् सार्वजनिक सुनवाइ गर्ने तर्फ जोड दिनु भयो । सो सार्वजनिक सुनवाइ कार्यक्रममा उप प्रमुख प्रमिला देवी जयसवाल,

नि.प्रमुख प्रशासकिय अधिकृत प्रमोद राय यादव,नेपाल पत्रकार महासंघ रौतहट शाखा सभापती प्रेमचन्द्र झा,सशस्त्र प्रहरी निरिक्षक नवराज काफले,प्रहरी नायब निरिक्षक प्रमानन्द यादव लगायत स्थानिय भद्रभलादमी,बुद्धिजिवीहरुको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन पत्रकार किशोरी यादवले गर्नु भएको थियो ।

भक्तपुर, असार २१ गते ।
माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आधा घण्टा ढिलाे गरी प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले यस अघि दिउँसो ३ बजे नतिजा प्रकाशित गर्ने भनिए पनि आन्तरिक व्यवस्थापनका कारण ३ः३० बजे पत्रकार सम्मेलनको आयोजना गरी नतिजा प्रकाशित गरिने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “केही आन्तरिक व्यवस्थापन गर्नुपर्ने भएकाले ३ बजे प्रकाशित गर्ने भनिएको एसईईको नतिजा प्रकाशित गर्न आधा घण्टा लाग्ने भएको छ ।”
परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनका लागि १९ संस्थालाई अनुमति दिएको छ । जसमा १४ वटामा वेबसाइट, पाँच वटाबाट एसएमएस र आईभीआरबाट एसईईको नतिजा हेर्न सकिनेछ ।
नेपाल टेलिकमको १६००, जानकी टेक्नोलोजी प्रालिको ३५००१, इजी सर्भिस प्रालिको ३४९४९, आकाश टेक प्रालिको ३१००३ र क्रियसन सफ्ट नेपाल प्रालिको ३१०६४ एसएमएस गरी एसईईको नतिजा हेर्न सकिन्छ ।
यसैगरी, www.see.gov.np
www.results.matraeducation.com
www.tuteeline.com मा एसईईको नतिजा हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
विशाल बस्नेत ,महोत्तरी, २० असार ।
सडक चौँडा हुँदा दुर्घटना कम हुने र ट्राफिक जाम समेत न्युनीकरण गर्ने उद्देश्यले सरकारले देशैभरिका मुख्य सडक सञ्जाललाई फराकिलो बनाउने नीति लिएकाे छ । तर, सरकारी कार्यालयको समन्वय अभावले सवारी दुर्घटना निम्त्याउने देखाएकाे छ । सिन्धुली- काठमाडाैं सडकखण्डअन्तर्गत बर्दिबास-३ स्थित गौरिडाँडामा बन्दै गरेको सडक निर्माण गर्दा देखिएकाे सरकारी कार्यालयको समन्वय अभावले दुर्घटनालाई निम्त्याएकाे छ ।

सडकको बीचमा देखिएका अस्तव्यस्त रुखहरु, विद्युतका तार र ठडिएका खम्बाहरुले सवारी दुर्घटना निम्त्याएकाे छ । अहिले सडकको दायाँबायाँ १५/१५ फिट चौडा गरिएको छ । तर, चौँडा गरेको अधिकाशं भागहरुमा न बिधुत हटाइएको छ न त रुखहरु नै । सडकमा परेका रुख वन कार्यालयले काट्न दिएकाे छैन भने विद्युतका पाेखहरु हटाउन विद्युत प्राधिकरणले चासाे दिएकाे छैन । जस कारण सडकका बीचमाा रहेका रुख र विद्युतका पाेलले सवारी दुर्घटनालाई निम्त्याउने देखिएकाे छ ।
सडकका बीचमा रहेका विद्युतका पाेल सार्न पटक पटक ताकेता गर्दा पनि प्राधिकरणले चासाे नदेखाएकाे सडक विभागका इन्जिनियर रमेश आचार्यले जानकारी दिए । उनका अनुसार अहिले सडकको किनारामा दायाँबायाँ २ फिट फुटपाटको लागि बढाइने भएको हुनाले स्थानिय सरकारको मात्र सहयोग लिएर काम गरिएकाे छ ।
एक वर्षभित्र काम सक्ने गरी जेभी र सैलेन्द्र एण्ड सन कन्स्ट्रक्सनले करिब ९ करोडमा ठेक्का पाएका हुन् । सैलेन्द्र एण्ड सन कन्स्ट्रक्सनका इन्जिनियर सुशील बस्नेतले सडककाे बीच भागका पोल र रुखहरु हटाउन नसक्दा कामले गति लिन नसकेकाे बताए ।

जिल्ला वन कार्यालय महोत्तरीका प्रमुख सन्तोष झाका अनुसार सडकको दायाँबायाँ रहेका रुखहरु सडक विभागकाे नै सम्पत्ति भएको तर भु-संरक्षण मन्त्रालयवाट प्रावधानअनुसार स्वीकृति नल्याएको हुनाले हस्तक्षेप गर्नु परेकाे हाे ।
`भु-संरक्षण मन्त्रालयवाट स्वीकृत ल्याए उक्त रुखहरुको बिषयमा हाम्रो ध्यानाकर्षण रहँदैन,´ प्रमुख झाले भने, `रुखहरु भएको ठाउँमा प्रक्रिया विना काटन खोजिए हाम्रो ध्यानाकर्षण रहन्छ ।´
यता विद्युत कार्यालयका प्रमुख प्रविन मिश्रले सडकको पोल हटाउन केही कागजात नपुगेको हुनाले काम अगाडि बढाउन नसकिएको बताए ।

काठमाडौ, २१ असार । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज बिहीबार ठुलो नेपाली गोलभेडा, लौका, घिरौला, पालूगो साग र मालदह आँप प्रतिकेजी ८५ रुपैयाँ, लोकल सानो गोलभेडा १७ रुपैयाँ ५० पैसा, टनेल गोलभेडा ४२ रुपैयाँमा काराेबार भइरहेकाे छ ।
साथै, रातो आलु, रुख कटहर र तोरीको साग प्रतिकेजी ४५ रुपैयाँ, भारतीय रातो आलु ३४ रुपैयाँ ६७ पैसा, मुडेको रातो आलु ३९ रुपैयाँ ३३ पैसा, सुकेको भारतीय प्याज ५३ रुपैयाँ ४० पैसा तोकिएको छ ।
यसैगरी, लोकल गाजर ९२ रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, स्थानीय काउली ६६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली (ज्यापु) र भेडे खुर्सानी ७५ रुपैयाँ, लोकल सेतो मूला १८ रुपैयाँ ३३ पैसा, लोकल सेतो मूला १८ रुपैयाँ ३३ पैसामा काराेबार हुदाँ लाम्चो भन्टा र झिगूनी प्रतिकेजी ६५ रुपैयाँ, हाइब्रीड सेतो मूला २५ रुपैयाँ, लोकल घिउ सिमी र तने बोडी १२५ रुपैयाँमा किनबेच भएकाे छ ।
मकै बोडी १०५ रुपैयाँ, लोकल घिउ सिमी १२५ रुपैयाँ, टाटे सिमी १४५ रुपैयाँ, भटमासकोशा ९६ रुपैयाँ ६७ पैसा, तितो करेला ११० रुपैयाँ, परवर, गान्टे मूला, चुकुन्दर र स्कुस ७६ रुपैयाँ ६७ पैसा तोकिएको छ ।
त्यस्तै, पाकेको फर्सी ४३ रुपैयाँ ३३ पैसा, भिण्डी १०५ रुपैयाँ, रायोको साग, न्यूरो, हरियो प्याज, हरियो तरबुजा, लोकल नासपाती र हरियो लसुन ८६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १७६ रुपैयाँ ६७ पैसा, डल्ले च्याउ ३२५ रुपैयाँमा खरिद बिक्री हुदाँ कुरीलो २३३ रुपैयाँ ३३ पैसा, ब्रोकाउली र रातो बन्दा ६६ रुपैयाँ ६७ पैसा, सेलरी १३५ रुपैयाँ, पार्सले २३५ रुपैयाँ, पुदीना १३५ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ तोकिएको छ ।
यसैगरी, फूजी स्याँउ ३२५ रुपैयाँ, कागती १५० रुपैयाँ, अनार ४२५ रुपैयाँ, कालो अंगुर ५७५ रुपैयाँ, भुई कटहर १९० रुपैयाँ, लोकल काक्रो ९२ रुपैयाँ, लोकल लिच्ची १४५ रुपैयाँ, किवि ८५० रुपैयाँ, आभोकाडो ५७५ रुपैयाँ, अदुवा ३०० रुपैयाँ, भेडे खुर्सानी ७५ रुपैयाँ र हरियो धनिया १७५ रुपैयाँ पर्नेछ ।