इन्दीप कोइराला,बारा, १६ साउन ।
बाराको जितपुर सिमरा–१६ टांगियाबस्तीमा स्थानीय र प्रहरीबीच भिडन्त भएको छ । ईलाका प्रहरी कार्यालय निजगढबाट आज बिहान ६ बजे हतियार रहेको आंशकामा छापामारी पक्राउ गरेका ३५ वर्षका सागर लामालाई प्रहरी कार्यालयतर्फ लैजान नदिन दोहोरो भिडन्त भएको हो ।
करिब तीन सयको संख्यामा आएका स्थानीयले १५ जनाको सख्यामा रहेका प्रहरीटोली माथि ढुङगा मुढा गरी हतियार सहित पक्राउ परेका लामालाई हतकडी सहित भगाउन सफल भएका छन् । दोहोरो भिडन्तमा प्रहरीतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षक कलम बहादुर शाही र प्रहरी सहायक निरीक्षक बालराज गिरी घाइते भएका छन् । शाहीको बाँया हातमा चोट लागेर घाईते बनेका छन भने गिरीको बाँया कुम्भ र बाँया हातमा चोट लागेर घाईते भएका हुन् ।
स्थानीय प्रहरीविरुद्ध खनिएपछि प्रहरीले पाँच राउण्ड हवाई फायर समेत गरेको छ । ठुला हतियार रहेको गोप्य सुचनाको आधारमा निजको घरमा छापा मार्नको लागि प्रहरी निरिक्षक घनश्याम श्रेष्ठको नेतृत्वमा १५ जनाको टोली लामाको घरमा बिहानै पुगेको थियो ।
छापामारी पछि लोड भएको भरुवा बन्दुक सहित पक्राउ परेका लामालाई वडा सदस्यको रोहबरमा मुजुल्का बनाएर लैजाने क्रममा जङल छेउ बाटोमा दोहोरो भिडन्त भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले बताउनु भएको छ ।
उक्त स्थान प्रहरीले लोड गरेको भरुवा बन्दुक एक थान, बन्दुकको गोली २ वटा, बाघको दाँत जस्तो देखिने २ वटा, रौं १३ वटा र नङ्ग्रा ३ वटा बरामद गरेको बोगटीले बताउनु भएको छ । लामा बन्यजन्तुको शिकारीमा संलग्न रहेको जनाउदै खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
इन्दीप कोइराला,बारा, १६ साउन ।
बालयौन दुरुपयोग अभियोगमा पक्राउ परेका बारा निजगढ नगरपालिका वडा नम्बर २ सिङगौलका मनोज राई अदालतमा डेढ लाख धरौटी बुझाएर रिहा भएका छन । जिल्ला अदालत बाराको आदेशमा राई सोमबार डेढ लाख धरौटी बुझाएर रिहा भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।
स्थानीय एक १३ वर्षीया किशोरीमाथि १ महिनाअघि यौन दुव्र्यवहार गरेको उजुरीपछि राईले निजगढ प्रहरीमा आत्मासमर्पण गरेका थिए ।
घटनाको अनुसन्धान पुरा गरेर ४ दिनअघि प्रहरीले राईको अभियोग पत्र सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा पेस गरेको थियो । उनी विरुद्ध बाल यौन दुरुपयोग अभियोगमा जेल सजायको माग दाबीसहित मुद्दा दायर गरिएको निरीक्षक श्रेष्ठले बताए ।
आफ्नो पसलमा सामान किन्न आएकी एकजना छिमेकी बालिकामाथि यौन दुव्र्यवहार गरेको भन्दै उजुरी परेपछि राईलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । सोही वडाका वडा अध्यक्ष राजन श्रेष्ठ स्थानीय किशोरीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा पुर्पपक्षको लागि एक वर्षदेखि वीरगन्ज कारागारमा छन ।
इन्दीप कोइराला,बारा, १६ साउन ।
बाराको निजगढ नगरपालिका–१ धन्सार पुल नजिकैको जंगलमा करिब एक वर्षको बालक बेवारिसे अवस्थामा फेला परेका छन्। बालाक महेन्द्र राजमार्गअन्तर्गत बारा-रौतहट सडकखण्डको धन्सार पुल नजिकैको जंगलमा मंगलबार बिहान फेला परेको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए।
जनकपुर- बीरगंज चल्ने बसका यात्रुले बेवारिसे अवस्थामा बच्चा रोइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। बालकलाई बिहान जंगलमा छाडेको हुनसक्ने उनको प्रहरीको अनुमान छ।
बालकलाई उद्धार गरी जिल्ला अस्पताल कलैयामा राखिएको छ। बच्चाको अभिभावकको खोजी तथा अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।
हनुमत कुमार यादव,गाैर,साउन १६ गते ।
देश भरी नै फैलिएको पशुहरुमा लाग्ने महामारीको रुपमा लम्पी स्किन रोग विरुद्ध खोप लगाउने कार्यक्रम शुरु गरिएको छ । विशेषगरी गाई, गोरु , बच्छा,बाछी भैसीमा लाग्ने यो रोगको कारण जिल्लामा ३२ पशुको मृत्यु भैसकेको छ भने जिल्ला र प्रदेश मिलाएर १६३५५ ( सोलह हजार तिन सय पचपन्न ) भन्दा बढी संक्रमीत भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रौतहट, गौरका कार्यलय प्रमुख इन्द्रदेव साहले बताएका छन् । जिल्ला भरिको रोगबाट पशुको जनसंख्याको ३ % मृत्यु दर रहेको छ । तीव्र गतिमा फैली रहेको लम्पी स्किन रोग विरुद्ध जिल्लाको १८ वटै पालिकामा सुरु गरिएको छ । मधेश प्रदेश सरकार भुमि व्यवस्था सहकारी मन्त्रलाय जनकपुरधाम बाट ७७ लाख मुल्य बराबरको ६४ हजार डोज खरिद गरि प्रदेशको प्रत्येक जिल्ला लाई ८००० हजार डोजको दरले गाई, गोरु , बाच्छा, बाछी लाई प्रथामिकतामा राखी संचालन गरि रोग लाई नियन्त्रण गर्ने उदेश्य रहेको बताए ।
सोहि अनुसार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रौतहट, गौर कार्यलयले साउन १५ गतेका दिन सबै स्थानीय तहका सेवा शाखा प्रमुखहरुको बैठक राखी सबै स्थानीय तहमा खोप लगाउने कार्य सुरु गरिएको छ । गौर नगरपालिकामा १००० , वृन्दावन नगरपालिकामा ५०० डोज र बाकी पालिकामा ४०० डोजको दरले गरिएको प्रमुख सहले बताएका छन् ।
उक्त खोप कार्यक्रममा आजै मत्र १५०० डोज ल्गयिएको छ । प्रदेश सरकारले दिएको डोजले पुरा नहुने भएकोले यस अघि पालिकाहरुले नगरपालिकाको निजि बजेट बाट खोप खरिद गरि खोप संचालन गरेको छ । यो रोगको रोकथामको लागि खोप को अलावा अरु कुनै बिकल्प नरहेको उनको भनाई रहेको छ । रोग लाई नियन्त्रण गर्न रोग ग्रसित भएका पशु बाट अरु पशु जन्तुलाई १ किलोमिटर टाढा राखने , गोठ सफा राखने , लामखुटेको टोकाई बाट पनि सर्ने भएकोले लामखुटे बाट जोगाउने जरुरि रहेको उनले बताए । पशु रोगीको दोस्रो इन्फेक्सन हुन् नदिनको लागि लक्षणको अधारमा औसधि प्रयोग गर्ने र एन्टीबाईटिक ज्वरो कम गर्न इनटीसेफेटिंग स्प्रे वा मलहम प्रयोग गर्ने गोठ तथा पशुको सरसफाईमा ध्यान दिने आवतजावत चरीचराउ बन्द गरेमा मात्र रोगको रोकथाममा मदत पुग्द छ । यो रोग नेपालमा पहिलो पटक २०७६ सालमा झापामा देखिएको थियो ।
बिगत ३ महिना देखि देशको ७७ औ जिल्लामा खस गरि गाई , गोरु , बच्छा , बाछीमा बढी संख्यामा देखिएको छ , भैसी जातमा पनि यो रोग देखिएको छ तर संख्या चाही कम रहेको छ । यो रोगको रोकथाम जिमेवारी चाही तिनै तहको सरकारको रहेको छ । तर स्थानीय तहको जिमेवारी चाही उतिकै रहेको उनको भनाई रहेको छ ।
आरके श्रीवास्तव,रौतहट,साउन १६ गते ।
रौतहट । हजारौको संख्यामा रोजगारी दिएको श्रीराम सुगर मिल अहिले विलयको बाटोमा गइसकेको छ । देशमा तीनै सरकार स्थानीय, प्रदेश र संघीय सरकारको लापरबाहीले ध्वस्त भएको आरोप उठन थालेको छ । विशाल ग्रुपको स्वामित्वमा रहेको श्रीराम सुगर मिल्स लिमिटेडको भएको लिलामी प्रक्रिया अनाधिकृत रहेको पनि छलफल गरिएको छ ।
श्रीराम सुगर मिलले ऋण नतिरेपछि नेपाल बैंक लिमिटेडले उद्योग लिलामी प्रक्रिया अघि बढाएको थियो । शिवशक्ति ग्रुपले सो लिलामी साकार गरेको हो । यसै विषयलाइ लिएर मध्य रौतहटको गरुडा स्थित आर्शिवाद गेष्ट हाउसमा जनप्रतिनिधिहरु तथा सरोकारवालाहरु संग अन्तरक्रिया गरिएको छ ।
उँखु उत्पादक संघ रौतहटको आयोजनामा आज मंगलवार भएको कार्यक्रममा उधोग सञ्चालक द्धारा अनाधिकृत लिलामी प्रक्रिया बारे छलफल गरिएको हो । संघका अध्यक्ष अशोक प्रसाद यादवको अध्यक्षतामा सो छलफल गरिएको हो ।
बैठकबाट ज्ञापनपत्र बुझाउने,बृहत् आमभेला गर्ने र कमिटि गठन गर्ने निर्णय गरिएको संघका अध्यक्ष यादवले बताउनु भयो । मिल सञ्चालकले अनाधिकृत रुपले मिल कवाड भनि टेण्डर प्रक्रिया बढाएको लाइ खारेज गरी मिल पुनः सञ्चालन गर्न गराउनको लागि साउन २२ गते जनप्रतिनिधी र किसानहरुको रोहबरमा ज्ञापनपत्र बुझाउने निर्णय गरिएको हो । साथै मिललाइ जोगाउनको लागि जिल्लाको चारै निर्वाचन क्षेत्रको संघिय, प्रदेश सांसद र स्थानियहरु सँग सहकार्य गरी साउन २७ गते शनिवारका दिन श्रीराम सुगर मिलको प्रांगणमा आम भेला गरी मिल जोगाउन अगामी निति तय गर्ने सर्वसहमती बाट निर्णय गरिएको हो ।
बैठक बाट अशोक प्रसाद यादवको नेतृत्वमा ९ सदसिय कमिटि पनि गठन गरिएको छ । जसको कमिटिमा अनिल कुमार यादव,प्रेम शंकर राय यादव, राजकुमार दास तत्मा,विजय यादव,रामविनोद जयसवाल,शेख मसहर,श्याम सहनी रहेका छन् ।
सो अवसरमा जिल्ला समन्वय समिति रौहतटका सभापती रामअयोध्या यादव,पूर्व मन्त्री गोविन्द चौधरी,नेपाली काँग्रेसका जिल्ला सभापती एवम् प्रदेश सांसद स्ुनिल कुमार यादव,गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमनी जयसवाल,गुजराका नगरप्रमुख सन्तलाल चौधरी,गरुडा नगरपालिकाकी उपप्रमुख पसनम चौधरी,गरुडाका मेयर प्रत्यासी ब्रिजकिशोर यादव सहित जनप्रतिनिधिहरु तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
२०४९ साउन १३ गते तत्कालीन गोल्छा अर्गनाइजेसनले स्थापना गरेको श्रीराम सुगर मिल्स २०७७ साउन १२ देखि पूर्णरूपमा बन्द छ । उद्योग जिल्लाको गरुडा नगरपालिका–६ महम्मदपुरमा रहेको छ । उद्योगको नाममा ८० बिघा जग्गा रहेको छ ।

बज्ज्किाञ्चल, फतुवा बिजयपुर,साउन १६ गते ।
रौतहट । रौतहटको फतुवा बिजयपुर नगरपालिकामा कृषकहरुलाइ सिंचाइमा सहजताको लागि पैनी सरसफाइ गरिएको छ । सो नगरपालिकाको वडा नम्बर ५ सन्तपुरको पचमौजामा पैन सफाइ गरिएको हो । रोपाँइ गर्ने बेला किसानहरुलाइ खेती गर्न पानीको अभाव हुन थालेपछि । कार्यवाहक नगरप्रमुख अम्बेया खातुनको बजेट बाट स्थानिय बन्ती राय यादवले पैनी सरसफाइ गराएका हुन् । नगर प्रमुुख खातुनको सहयोगमा सो पैनी सरसफाइ गरेको हो ।
सरसफाइ भएपछि अरुवा नदीको पानी बाट किसानहरुले सिंचाइ गर्न पाइरहेका छन् । जसबाट किसानलाइ प्रत्यक्ष फाइदा पुगेको छ । पैनीमा ठाउँ ठाँउमा पुरेपछि स्थानीयहरु लाइ सिचाईँबाट प्रभावित भएका थिए । स्थानीयहरुले कृषकहरुले सम्बन्धित निकायलाई सफाइको लागि गुनासो समेत गरेका थिए ।
स्थानीयको गुनासो आएपछि कार्यवाहक नगरप्रमुख खातुनले सरसफाई गराएकी हुन् । पैनी सरसफाई भएपछि स्थानीय समेत हर्षित भएका छन् । यता सो चौरीतिर निविभन्न नयाँ कृषि सडकहरुपनि विस्तार गरिएको स्थानिय समाजसेवी राजा हुसेनले जानकारी गराउनु भयो ।
बज्जिकाञ्चल,गढिमाइ,साउन १६ गते ।
रौतहट । रौतहटको गढिमाइ नगरपालिका वडा नम्बर ५ लाइ नमूना वडा बनाउन ज्ञापनपत्र बुझाइने भएको छ । केही स्थानियहरुले आज प्रेस विज्ञप्ती जारी गरी सो सम्बन्धमा जानकारी गराएका हुन् । विज्ञप्तीमा भनिएको छ गढीमाई नगरपालिका वाडा नम्बर ०५ मदनपुरमा वडा भित्रको सबै टोल र ठाउबाट सबै प्रकारका गरिबी र भोकमरीको अन्त्य गर्ने, खाद्य सुरक्षा तथा उन्नत पोषण सुनिधित र दिगो कृषिको प्रबन्धन गर्ने सबै उमेर समूहका व्यक्तिका लागि स्वस्थ्य जीवन सुनिश्चित गर्दै समृद्ध जीवन प्रवर्धन गर्ने, सबैका लागि समावेशी तथा समतामूलक गुणस्तरीय शिक्षा सुनिश्चित र जीवनपर्यन सिकाईका अवसरहरु प्रवर्धन गर्ने, लैङ्गिक समानता हासिल गर्ने र सबै महिला, किशोरी र बालिकालाई सशक्त बनाउने, सबैका लागि स्वच्छ पानी र सरसफाईको उपलब्धता तथा दिगो व्यवस्थापन सुनिश्चित गर्ने, सबैका लागि किफायती विश्वसनीय, दिगो र आधुनिक उर्जामा पहुँच सुनिश्चित गर्ने, भरपदों, समावेशी र दिगो आर्थिक वृद्धि तथा सबैका लागि पूर्ण र उत्पादनमूलक रोजगारी र मर्यादित कामको प्रवर्धन गर्ने रहेको थियो ।
साथै उत्थानशील पूर्वाधारको निर्माण, समावेशी र नवीन खोजलाई प्रोत्साहन गर्ने व्यक्ति र व्यक्ति तथा समाजमा असमानता घटाउने तथा मानव बसोबासलाई समावेशी, सुरक्षित, उत्थानशिल र दिगो बनाउने, दिगो उपभोग र उत्पादन प्रणाली सुनिश्चित गर्ने, जलवायू परिवर्तन र यसको प्रभाव नियन्त्रण गर्न तत्काल पहल थाल्ने, दिगो विकासका लागि स्रोतहरुको दिगो प्रयोग तथा संरक्षण गर्ने स्थलीय पर्यावरणको संरक्षण, पुनस्थापना र दिगो उपयोगको प्रवर्धन गर्ने, दिगो विकासको लागि शान्तिपूर्ण र समावेशी समाजको प्रवर्धन गर्ने, सबैको न्यायमा पहुच सुनिश्चित गर्ने र सबै तहमा प्रभावकारी, जवाफदेही र समावेशी संस्थाको स्थापना गर्ने, दिगो विकासका लागि विश्वव्यापी साझेदारी सशक्त बनाउने र कार्यान्वयनका लागि स्रोत साधन सुदृढ गर्ने रहेको थियो ।
गढीमाई नगरपालिका वडा नं०५ लाई नगरकै एक नमुना वडा बनाई आर्थिक, समाजिक, राजनीतिक, सांस्कृतिक र शैक्षिक रुपमा सबल, सक्षम र समृद्ध बनाई नगरभित्र र देश भरी वडालाई चिनाउने तर दुःख लाग्दो कुरा आज हामी निराश भएको छौ त र उक्त समस्या को समाधान खोज्न हामी प्रतिबद्ध भई कानुनी उपचार खोज्न ज्ञापन पत्र बुझाउने छौ । सो कार्यक्रममा सरोकारवाला सबैमा उपस्थित भई कार्यक्रममा सहयोग गरिदिनुहुन अनुरोध गरिएको छ ।
आरके श्रीवास्तव,रौतहट,साउन १६ गते ।
रौतहट । जिल्लाको मौलापुर नगरपालिकामा रहेको नेपाल बिधुत प्रधिकरण मौलापुर वितरण केन्द्रमा अहिले १६ एमभिएको ट्रान्सफर्मर जडान भइरहेको छ । पछिल्लो केही दिनदेखि मौलापुर वितरण केन्द्र आसपासका क्षेत्रमा अनियमति रुपमा बिद्युत कटौती हुन थालेपछि स्थानीयहरु आक्रोशित बनेका थिए । केहीदिनयता बढेको अत्याधिक गर्मी र अनियमित विद्युत कटौतिका कारण स्थानीय आर्जित बनेका छन ।
तर अब सो समस्या चाँडै समाधान हुने भएको छ । यस अघि वितरण केन्द्रमा रहेको ८ एमभिएको ट्रान्सफर्मर बदलेर १६ एमभिएको ट्रान्सफर्मर जडान हुने लागेको हो । जसको काम द्रुत गतिमा अगाडी बढिरहेको मौलापुर वितरण केन्द्रका प्रमुख दिनेश राय यादवले जानकारी गराउनु भयो । उक्त ट्रन्सफर्मर जडान भएपछि फल्ट बाहेक बक्ती नजाने बताए । झयाप झयाप बक्ति जाने समस्या समाधान हुने उनले जानकारी समेत गराए ।

उक्त ट्रन्सफर्मर जडानको अधिकांश काम सम्पन्न भइसकेको त्यमा सहभागी इन्जिनियरहरुले बताएका छन् । अबको पाँचौ दिन उक्त नयाँ ट्रन्सफर्मर सुचारु हुने उनीहरको भनाइ छ । ८ एमभिएको ट्रन्सफर्मर हुँदा ओभरलोड भइ लाइ ट्रिप हुने समस्या थियो । अब उपरान्त उक्त समस्या हटने भएको छ ।

वितरण केन्द्रमा बारम्बार उक्त समस्या उत्पन्न भएपछि नेपाल बिधुत प्राधिकरण केन्द्रिय कार्यालयले १६ एमभिएको नयाँ ट्रान्सफर्मर उपलब्ध गराएको प्रमुख यादवले बताएका छन् । राम्रो ढंगले समस्या समाधान हुने उनको भनाइ छ । अब उपरान्त वितरण केन्द्र अन्तर्गतका २५ हजार ८५ उपभोक्ता राहत पाउने भएका छन् ।
मौलापुर वितरण केन्द्र अन्तर्गत हुकिङ्ग धेरै छ । विधुत चुहावट अत्यधिक मात्रामा छ । जबकी यस केन्द्र अन्तर्गतका पालिकाहरुले कृषि मिटर निःशुल्क गरेका छन् । भने बिधुत महसुलमा पनि सहुलियत दिदै आएको छ । तर पनि बिधुत चुहावट रुकन सकेको छैन् । साथै बिधुत महसुल पनि वसुली हुन सकेको छैन् । महसुल संकल्न नहुँदा शाखा चलाउन मुश्किल भइरहेको कार्यालय प्रमुख यादवले बताए ।
रौतहट, १५ साउन । मधेश प्रदेश सरकारमा नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिशमा प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपाली कांग्रेसका मोहम्मद समिम र जनमत पार्टीका नन्दन सिंहलाई मन्त्री नियुक्त गरेका हुन्। समिमलाई गृह, सञ्चार तथा कानुन र सिंहलाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ। नवनियुक्त दुवै मन्त्रीले सोमबार प्रदेश प्रमुख मिश्रबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।
यससँगै मधेश सरकारले पूर्णता पाएको छ।
हनुमत कुमार यादव,गौर,१५ गते साउन ।
रौतहट जिल्लाको सदरमुकाम रहेको गौर नगरपालिका वडा नम्बर ३ का प्रिंस अन्सारी लाई बिजुली पोलमा बाँधी कुटपिट गरेको आरोपमा एक जना लाई प्रहरीले पक्राउ गरेको छ । सो वडाको ३ पोखरीया टोलमा बस्ने अन्दाजी २४ बर्षीय प्रिंस अन्सारी सँग अर्को युवक सजिद, उसको बुबा, दाई शुक्रबार सामान्य झडप हुँँदा आइतबार बीच बाटोमै सामुहिक उपस्थितमा कुटपिट गरिरहेको भिडियोमा देखन सकिन्छ । पिडित युवकको ठुला दाईका अनुसार युवकलाई अर्को युवकको आफन्तहरूले बिधुत पोलमा डोरीले बाधेर पशु जस्तो निर्मम कुटपिट गरेको पीडितको दाई अलियास अंसारीले बताएका छन् । अंसारीले जिल्ला प्रहरी कार्यालय रौतहट गौरमा किटानी जाहेरी दिए पछी प्रहरीले एक जना लाई पक्राउ गरेका छन् भन्ने दुइ जना फरार रहेका छन् ।
घरमा कोही सदस्य नरहेको बेला आफू काम विशेषले बिरगंज गएको क्रममा भाईलाई जनावर जस्तो बिधुत पोलमा बाधेर लठ्ठी, प्लास्टिकको पाइप, मुक्का लगायतले कुटपिट वडाअध्यक्षको अगाडि गरिएको उनले बताएका छन् ।
सो वडाका वडा अध्यक्ष संग सोध्दा टोलमा भएको झगडा बारे मलाई पहिला देखि केही थाहा नभएको र म बजारबाट घर फर्किदा झगडालाई शान्त गर्न गएको बेला म लाई बदनाम गर्ने नियतले भिडियो बनाइएको उनले बताएका छन् । म पुग्ने बितिकै झगडा लाई शान्त गरि झगडा गर्नेहरु लाई प्रहरी प्रशासन समक्ष जिम्मा लगाइसकेको साथै प्रहरी प्रशासनले झगडा कुटपिट बारे छानबिन गरिराखेको वडा अध्यक्ष अन्सारीको भनाइ रहेको छ । आफ्नै टोलमा भएको झगडालाई मैले शान्त गर्दा पनि केही व्यक्तीले मेरो नाम बदनाम गर्ने नियतले मेरो रोहवरमा झगडा भएको कुरालाई भ्रम फैलाएको भन्दै वडा अध्यक्ष अन्सारुलले निन्दा गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी उमाशंकर प्रसाद यादवले पिडित पक्षले दिएको उजुरीको आधारमा एक जनालाई पक्राउ गरिएको तथा अन्यको खोजीकार्य भईरहेको तथा घटना सम्बन्धी आवश्यक अनुसन्धान प्रहरीले गरिरहेको बताए ।