मञ्जय राम,कटहरिया,साउन २२ गते ।
आज बिहानै देखि रौतहट सहित देशको विभिन्न स्थानमा पार्नी परिरहेको छ । धेरै दिन पछि वर्षा हुँदा राहत महसुस भएको छ । किसानहरूले राहत पाएका छन् । पानी नपर्दा किसानहरू लाई समस्या उत्पन्न भएको थियो । नेपालमा मनसुनी वायुको साथै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर अवस्थित रहेको छ।

जल तथामौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्य देखि पूर्ण बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ।
सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक९दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। राती भने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।
यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू९क्षय तथा हावाहुरी जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

राैतहट,साउन २२ गते
राैतहटकाे राजदेवीमा लागु औषध तथा मानव बेचबिखव सम्बन्धी जनचेतनामूलक सम्पन्न भएको छ । “समुदाय-प्रहरी साझेदारी”कार्यक्रम अन्तर्गत समुदाय-प्रहरी वडा समिति नम्बर ८ राजदेवि नगरपालिकाको आयोजना र जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी चाैकी बेलबिछवा रौतहटको सहयोगमा आईतवार साे कार्यक्रम गरिएको थियाे । कार्यक्रममा सोही वडाका स्थानिय, भद्रभलादमी, बालबलिका समेत गरी अन्दाजी २० जना मानिसहरुको सहभागितामा लागुऔषध तथा मानव बेचबिखव सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको हाे ।
आरके श्रीवास्तव,रौतहट,साउन २१ गते ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको मिलेमतोमा रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल सार्ने षडयन्त्र भएको उँखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक प्रसाद यादवले आरोप लगाउनु भएको छ । पत्रकारहरु सँग कुराकानी गर्दै वहाँले यस्तो आरोप लगाउनु भएको छ । उधोग मन्त्रीले आफनो जिल्लामा अर्को चिनी मिल स्थापना गराइ वाहवाही कमाउनका लागि चिनी मिल उठाउन लगाउने षडयन्त्रमा लागनु भएको वहाँको आरोप छ । भोट बैंक बनाउने मन्सायले यस्तो गर्न लागनु भएको बताउनु भयो ।
विशाल ग्रुपको स्वामित्वमा रहेको श्रीराम सुगर मिलले ऋण नतिरेपछि नेपाल बैंक लिमिटेडले उद्योग लिलामी प्रक्रिया अघि बढाएको थियो । शिवशक्ति ग्रुपले सो लिलामी साकार गरेको हो । मिल सञ्चालकले अनाधिकृत रुपले मिल कवाड भनि टेण्डर प्रक्रिया बढाएको लाइ खारेज गरी मिल पुनः सञ्चालन गर्न वहाँहरुको माग छ । संघका अध्यक्ष यादवका अनुुसार मन्त्री रिजाल विशाल ग्रुप सँग मिलेमतो गरि चिनी मिल गरुडा बाट हटाउने षडयन्त्रमा लाग्नु भएको आरोप छ । मिल सञ्चालकले बदनियत पूर्ण तरिकाले मिल हटाएर जमिन बिक्री गर्ने सोचमा रहेको उनको भनाइ छ । २०४९ साउन १३ गते तत्कालीन गोल्छा अर्गनाइजेसनले स्थापना गरेको श्रीराम सुगर मिल्स २०७७ साउन १२ देखि पूर्णरूपमा बन्द छ । उद्योग जिल्लाको गरुडा नगरपालिका–६ महम्मदपुरमा रहेको छ । उद्योगको नाममा ८० बिघा जग्गा रहेको छ ।
निर्णायक आन्दोलन गर्ने तयारी
मिल पुनः सञ्चालन गराउने विषयमा सर्वदलय बैठक बाट कानुनी बाटोमा जाने निणर्य भएको अध्यक्ष यादवले बताए । यस बाट पनि सुनवाइ नभए कडा आन्दोलनका साथ अगाडी बढने चेतावनी दिए । उखु उत्पादक संघ रौतहटको नेतृत्वमा गठित श्रीराम सुगर मिल्स बचाउ संघर्ष समितिले लीलामी रद्द गर्नुपर्ने र मिल्स पुनः सञ्चालन गर्नुपर्ने माग राख्दै निर्णायक आन्दोलन गर्ने भएको छ । मिल पुनः सञ्चालन गर्न गराउनको लागि साउन २२ गते ज्ञापनपत्र बुझाउने,साउन २७ गते आम भेला गर्ने भएको छ । त्यसपछि पनि सुनवाइ नभए थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
स्थानीय द्वारा लखेटिए शिवशक्ति ग्रुपका ब्यक्ती
श्रीराम सुगर मिलको लिलामी सकार गरेका शिवशक्ति ग्रुप शुक्रवार मिल अनुगमन गर्न आउँदा उँखु उत्पादक संघका सहित स्थानीयहरुले शिवशक्ति ग्रुपका पदाधिकारीलाई लखेटेका छन् । साथै स्थानीयले शिवशक्ति ग्रुपलाई मिल परिसर भित्र प्रवेश समेत गर्न दिएका थिएन्न् । मिल उठाने प्रयास गरे आफूहरुले प्रति गर्ने उनीहरुले चेतावनी समेत दिएका छन् ।



इन्दीप कोइराला,बारा, २१ साउन ।
उद्याेग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बारा र पर्सामा स्थानीय तहले लगाएको करको विरोध गरेका छन् । जीतपुरसिमरा नगर उद्याेग वाणिज्यसँगको छैटाैँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै मन्त्री रिजालले जीतपुरसिमरा उपमहानगरपालिका र वीरगन्ज महानगरपालिकाले लगाएको कवाडी तथा सम्पत्ति करको विरोध गरेका हुन् ।
मन्त्री रिजालले कवाडीको नाममा कच्चापदार्थबाट समेत कर उठाउनु अनधिकृत रहेको बताएका छन् । स्थानीय तहले संकलन गरिरहेको कर अनधिकृत रहेको भन्दै मन्त्री रिजालले उक्त कार्य रोक्न आग्रह गरेका छन् । यस्तो कार्य नरोकिए संघीय सरकारले हस्तक्षेप गर्ने संकेत समेत मन्त्री रिजालले गरेका छन् ।
स्थानीय तहले आयकर र सम्पत्ति कर दुवै कर लिइरहेको भन्दै त्यस्तो गर्न नपाइने बताएका छन् । उनले त्यस किसिमका कर फिर्ता लिन समेत आग्रह गरेका छन् । स्थानीय तहले संकलन गरिरहेको करका विषयमा छलफल गरेर अघि बढ्ने बताए ।
मन्त्री रिजालले बारा र पर्साका उद्याेगबाट हुने प्रदूषण नियन्त्रणका लागि पहल भइरहेको बताए । उनले सिमरास्थित विषेश आर्थिक क्षेत्रमा लगानी आकर्षित गर्नका लागि जग्गाको राजस्व दर कम गर्ने प्रयास भइरहेको समेत बताए ।
कार्यक्रममा उद्याेग वाणिज्य संघका केन्द्रीय सदस्य डा. सुबोध गुप्ता, मधेस प्रदेशका अध्यक्ष अशोक टेमानी, बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, उद्याेग वाणिज्यसँग वीरगन्जका अध्यक्ष अनिल अग्रवाल, वरिष्ठ उपाध्यक्ष हरि गौतम, नेपाल भारत सहयोग मन्चका केन्द्रीय अध्यक्ष अशोक वैध, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
संघले यस क्षेत्रबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, उद्याेगी, व्यवसायीलाई सल्लाहकारको रुपमा मनोनीत गरेको छ ।
संघका अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण महासचिव प्रकाश गिरीले गरेका थिए ।
इन्दीप कोइराला,बारा, २१ साउन ।
समयमै पर्याप्त पानी नपरेकाले बारामा हालसम्म ८० प्रतिशत क्षेत्रमा मात्र रोपाइँ भएको छ । बारा कृषि ज्ञान केन्द्रका प्रमुख जीतेन्द्रप्रसाद यादवका अनुसार यो वर्ष जिल्लामा वर्षे भदैया, अगहनी गरी कूल ४६ हजार २० हेक्टर जमिनमा धान रोपाइँ गर्ने लक्ष्य लिएकोमा खडेरीले लक्ष्यअनुसार रोपाइँ गर्न नभ्याइएको बताए ।
वर्षा नभएपछि किसानले भूमिगत सिँचाइ, गण्डक नहर, दमकल र पैनीको पानी प्रयोग गरेर रोपाइँ गर्दैआएको र यही साउन मसान्तसम्म शतप्रतिशत धान रोपाइँ हुने सम्भावना रहेको उनले बताए ।
कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत राजनाराणप्रसाद साहले यस वर्ष भदैया धान ११ हजार ९०५ हेक्टर र अगहनी धान ३४ हजार हेक्टर जमिनमा गरी कूल ४६ हजार २० हेक्टर जमिनमा वर्षे धान रोपाई हुनुपर्नेमा जिल्लाको निजगढ लगायत उत्तरी क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको छ भने दक्षिणी क्षेत्रमा केही मात्रामा धान रोपाइँ हुन बाँकी रहेको भएको बताए ।
आर्थिक वर्ष २०७९/०८० मा भदैया ११ हजार ९०५ हेक्टर, अगहनी ३४ हजार ११२ हेक्टरसमेत गरी ४६ हजार २० हेक्टर जमिनमा वर्षे धानखेती गरिएको थियो ।
विशाल बस्नेत,२० साउन, महोत्तरी ।
महोत्तरीमा आँखा पाक्ने रोग फैलिएको छ । जिल्लाभर २० हजार भन्दा बढी यो रोगवाट प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
सुरुमा एउटा वा दुवै आँखा सुन्निने र चिलाउन सुरु हुने यो रोग विशेषगरी विद्यालयमा अध्ययनरत विध्यार्थीहरुको बढी देखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन । उनका अनुसार आँखा रातो हुने, कचेरा लाग्ने, टासिने, आँशु बगिरहने र घाम वा उज्यालोमा हेर्न अफ्ठ्यारो हुने यो रोगको लक्षण भएको चिकित्सकहरुको भनाइ छ ।
यो रोगको प्रकोप तिव्ररुपमा फैलिए पछी निको नहुन्जेल रोग लागेका विद्यार्थीहरुलाइ घरमा राख्न अभिभावकहरुलाइ अनुरोध गरेको एभरेस्ट बोर्डिङ्ग बर्दिबासका संचालक अरुण कार्कीले जानकारी दिए । साे रोग फैलने क्रम तिव्र भएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा अझ यो रोग फैलने क्रममा रहेको चिकित्सकहरुले वताएका छन ।
अहिले जिल्लाका किल्निक र अस्पतालहरु आँखा उपचार गराउन आउनेले भरिने गरेको छ । बर्दिबास सरकारी अस्पतालमा मात्र यो रोग उपचार गराउनेको संख्या दोब्बरले बृदी भएको अस्पतालले जनाएको छ ।
यस रोगवाट बच्न के गर्न सकिन्छ ?
यो रोग प्रकोपको रुपमा भयावह भएर फैलिएता पनी सामान्य भएको चिकित्सकहरुले सल्लाह दिएका छन ।
उनीहरुको अनुसार सामान्य बिषयहरुमा ध्यान दिएता पनी रोग निको हुन सक्दछ । जथाभावी रुपमा आँखा नछुने, आँखा छुनु भन्दा पहिले राम्ररी साबुन पानीले हात सफा गर्ने, सफा पानीले आँखा सफा गर्ने संक्रमितहरुले प्रयोग गरेका तौलिया, रुमाल प्रयोग नगर्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिने जस्ता उनिहरुको सुझाव रहेको छ ।
रोग लागि हालेमा पनि नडराउन चिकित्सकहरुले सचेत गराएका छन । राेग लागि हालेमा पटक पटक सफा चिसो पानीले आँखा सफा गर्ने, आँखा छोइ सकेपछी हरेक पटक साबुन पानीले हात सफा गर्ने, आफूले प्रयोग गर्ने रुमाल, तौलिया, कपडा छुट्टाछुट्टै राख्ने र अरुलाई प्रयोग गर्न वा छुन नदिने, कालो चस्माको प्रयोग गर्ने, आफुले प्रयोग गरेको सिरानीको खोल, तन्ना हरेक दिन सफा गर्ने, जथाभावी रुपमा आँखामा औषधिको प्रयोग नगर्ने कुराहरुमा उनिहरुले सचेत गराएका छन । न्युज कारखाना