२०८३ श्रावण ५
२०८३ श्रावण ५

मुकेशकुमार यादव, सिरहा २९ भदाै ।

सिरहामा नेपाल प्रहरी श्रीमती संघद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा गोलबजारमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल प्रहरी श्रीमती संघका आयोजना तथा स्थानिय लाइफलङ्ग हेल्थ केयर प्रालि र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा कार्यक्रममा २१ जना नेपाल प्रहरी र २३ जना सर्वसाधारण गरी जम्मा ४४ जनाले रक्तदान गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डुपेन्द्र वुढाथोकीले जनाएको छ।

“रक्तदान जीवन दान” मुलनाराका साथ नेपाल प्रहरी श्रीमती संघद्वारा इलाका प्रहरी कार्यालय गोलवजारले आयोजना गरिएको रक्तदान कार्यक्रममा स्थानिय वुद्धिजिवि,व्यापारी,नागरीक समाज र संचारर्मीहरुको उस्थिति रहेको प्रहरी निरीक्षक बुढाथोकीले जनाए ।

 

मञ्जय राम,कटहरिया,साउन २८ गते ।

जिल्लामा नेपाल शिक्षक महासंघले आन्दोलनको कार्यक्रम सुरु गरेको छ । विद्यालय शिक्षा ऐन २०८० ले शिक्षकको पेशागत सुरक्षा र स्वाभिमानको खिलापमा रहेको भन्दै आन्दोलन थालेको हो । आइतबार जिल्लाका सबै स्थानीय तहमा शिक्षकहरुले धर्ना दिएका छन् ।

भने पालिकाको कार्यालय प्रमुख प्रशासकिय अधिकृतलाइ ज्ञापनपत्र समेत बुझाएका थिए । कार्यक्रम अनुसार ११ बजेदेखि २ बजेसम्म पालिकामा धर्ना दिइएको र त्यसपछि महासंघले रौतहटका स्थानीय तहका प्रमुख प्रशासकीयलाई ज्ञापनपत्र समेत बुझाइएको नेपाल शिक्षक महासंघका राष्ट्रिय समिति सदस्य मनिशंकर निधीले जानकारी गराउनुु भयो ।

उनका अनुसार अहिले ल्याउन थालिएको विद्यालय शिक्षा ऐन २०८० राम्रो आउला भनेको झन नराम्रो आएकोले हितविपरितका त्यस्ता बुँदा तत्काल हटाउनुपर्ने बताए ।

महासंघले साउन ३० गते शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना बस्ने साथै साउन ३२ गते प्रदेशको सामाजिक बिकास मन्त्रालयमा धर्ना दिने कार्यक्रम रहेको उनले जानकारी दिए । भदौ १ गते प्रदेश सांसद र संघीय सांसदलाई जानकारी गराउने कार्यक्रम महासंघले बनाएको छ ।

  

 

आरके श्रीवास्तव,रौतहट,साउन २८ गते ।

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रौतहट द्धारा रक्तदान कार्यक्रम आयोजन गरिएको थियो । आइतबार बिहान जिल्ला सदरमूूकाम गौर स्थित जिल्ला प्रहरी कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

आज भएको रक्तदान कार्यक्रममा २४ जना पुरुष तथा २ जना महिला गरी करिब २६ जनाले रक्तदान गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी उमाशंकर यादवले जानकारी गराउनु भयो ।

रक्तदान गर्नेहरुमा जनपद प्रहरी, ट्राफिक प्रहरी, गौर नगरपालिका र इशनाथ नगरपालिकाका नगरप्रहरी लगायत अन्य व्यक्तिहरुले रक्तदान गरेको उनले जानकारी गराएका हुन ।

सो रक्तदान कार्याक्रममा आरडिसि नेपाल रौतहट, नेपाल रेडक्रस सोसाइटी रौतहट र न्यू उज्यालो युवा क्लब रौतहटको सहयोग रहेको थियो । सो रक्तदान कार्यक्रममा रौतहट प्रहरी प्रमुख बीरबहादुर बुढामगर,प्रहरी निरिक्षक दिनेश बहादुर कुवँर , आरडिसि नेपाल रौतहटका अध्यक्ष पारस हुसैन,नेता राजकिशोर यादव लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

 

 

महाेतरी, २८ साउन ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसालले चुरे दोहनले मधेशको उर्बर भुमी बिस्तारै मरुभूमि बन्दै गएको बताएका छन ।

 

ग्रामिण उधम तथा आर्थिक विकास आयोजना मधेश प्रदेशले आयोजना गरेको कार्यक्रममा सहभागी हुन आएका मन्त्री भुसालले मधेशमा चुरे दोहन मुख्य समस्या रहेको वताए । विशेषगरि धान उत्पादनमा यस्को प्रभाव प्रत्यक्ष परेको वताउँदै चुरे हरियाली नभएसम्म तराइका जमिन बन्झर नै बनिरहने उनकाे तर्क छ ।

`मधेशको प्राण मानिने चुरेको निरन्तर दोहनले कृषियोग्य भुमिहरु मरुभूमि बन्दै छन,´ उनले भने, `अब चुरे बचाउनुको विकल्प नै छैन ।´ उनका अनुसार चुरे रहेसम्म मधेश रहने वताउदै स्थानिय र सरोकारवालाहरु नै दोहन नियन्त्रण गर्न लाग्न ढिलाइ भइसकेकाे छ ।

पछिल्लो केही बर्ष यता मधेशमा चुरे दोहन कै कारण सिंचाइका नहरहरु सुकेका छन भने खानेपानीको समस्या त बढदै गएको छ । मधेशका जिल्लाहरुमा खानेपानी र सिंचाइको  हाहाकार नै बने पछि मधेशलाइ सुख्खा क्षेत्र घोषणा गर्न सरोकारवालाहरुले माग गरेका थिए ।

महाेतरी, २८ साउन ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसालले चुरे दोहनले मधेशको उर्बर भुमी बिस्तारै मरुभूमि बन्दै गएको बताएका छन ।

 

ग्रामिण उधम तथा आर्थिक विकास आयोजना मधेश प्रदेशले आयोजना गरेको कार्यक्रममा सहभागी हुन आएका मन्त्री भुसालले मधेशमा चुरे दोहन मुख्य समस्या रहेको वताए । विशेषगरि धान उत्पादनमा यस्को प्रभाव प्रत्यक्ष परेको वताउँदै चुरे हरियाली नभएसम्म तराइका जमिन बन्झर नै बनिरहने उनकाे तर्क छ ।

`मधेशको प्राण मानिने चुरेको निरन्तर दोहनले कृषियोग्य भुमिहरु मरुभूमि बन्दै छन,´ उनले भने, `अब चुरे बचाउनुको विकल्प नै छैन ।´ उनका अनुसार चुरे रहेसम्म मधेश रहने वताउदै स्थानिय र सरोकारवालाहरु नै दोहन नियन्त्रण गर्न लाग्न ढिलाइ भइसकेकाे छ ।

पछिल्लो केही बर्ष यता मधेशमा चुरे दोहन कै कारण सिंचाइका नहरहरु सुकेका छन भने खानेपानीको समस्या त बढदै गएको छ । मधेशका जिल्लाहरुमा खानेपानी र सिंचाइको  हाहाकार नै बने पछि मधेशलाइ सुख्खा क्षेत्र घोषणा गर्न सरोकारवालाहरुले माग गरेका थिए ।

आरके श्रीवास्तव,रौतहट,साउन २७ गते ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशले आफनो वार्षिकोत्सब मनाएको छ । आफनो २४ औं स्थापना दिवसको उपलक्ष्यमा आज खाद्यान्न सहयोग गरिएको छ । मध्य रौतहटको गरूडामा रहेको बंशीराम जयसवाल अनाथालयमा मनाएको हो ।

महासंघले आफनो वार्षिकीको उपलक्ष्यमा अनाथालयलाई सहयोग स्वरूप चामल, दाल, आलु, चिउरा आदि खाद्य सामाग्री अनाथालयका अध्यक्ष कृष्णकुमार सिंहलाई हस्तान्तरण गरेको हो ।

कार्याक्रमका प्रमुख अतिथि गुजरा नगरपालिका रौतहटका नगर प्रमुख सन्तलाल चौधरी र विशिष्ट अतिथि गरुडा नगरपालिकाकाकी उपप्रमुख पुनम देवी चौधरीले एक कार्यक्रमका बिच सो खाद्यान्न सामाग्रीहरू हस्तान्तरण गर्नु भयो ।

सो कार्यक्रमको अध्यक्षता नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका दुस्यान्त चौधरीले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन बृजमान तामाङ्गले गर्नु भएको थियो । साथै सो अवसरमा फोनिज मधेस प्रदेशको बसेको बैठकबाट रौतहट शाखाको गठन पनि गरिएको छ ।
विवेक कुमार चौधरीको अध्यक्षतामा ७ सदसिय नयाँ जिल्ला कार्यसमिति गठन गरिएको छ । जसको उपाध्यक्षमा यूभास श्रेष्ठ(विजेन्द्र),सचिवमा दिपक श्रेष्ठ,सह सचिवमा विनोद चौधरी,कोषाध्यक्षमा आशिष चौधरी रहेका छन् ।
यस्तै सदस्यहरुमा अकाश चौधरी,मन्जु मान्धर रहेका छन् । यता सल्लाहकारहरुमा ओमकिशोर चौधरी,गौतम श्रेष्ठ र जियालाल चौधरी रह्नु भएको छ ।


सो कार्यक्रममा फोनिजमा आबद्ध जिल्ला,जिल्लान्तरका दर्जनौं सञ्चारकर्मीहरूको सहभागिता थियो ।

 

बिशाल बस्नेत/ महोत्तरी ,२७ साउन,

महोत्तरी  । एकीकृत समाजवादीका कार्यावाहक अध्यक्ष डा. बेदुराम भुसालले ललिता निवास जग्गा प्रकरणमा पाटी अध्यक्ष माधव नेपाललाई अदालतले छानविनको लागी दिएको आदेश नै संसयपुर्ण भएको बताएका छन ।

 

अदालतले नहुने बिषयमा आदेश दिएको बताउदै कृषि तथा पशुपंक्षी मन्त्री समेत रहेका भुसालले वास्तविक बिषयलाइ मोडेर अदालतले दिएको आदेश स्वभाविक हो कि होइन ? भन्ने बिषयमा समेत प्रश्न उठेको वताए ।

 

`न्याय क्षेत्रमा काम गर्ने कानुन व्यवसायीहरुले अदालतको आदेश अस्वभाविक भएको बताईरहेको वेला हामीले त्यस्लाइ संसयको रुपमा लिएका छौ,´ मन्त्री भुसालले भने । यदपी छानविनलाइ आफ्नो पाटीले सदैव सहयोग गर्ने उनकाे भनाइ छ  ।

 

अध्यक्ष माधव नेपाललाइ अदालतले छानविन गर्न आदेश दिइरहेको वेला किन भगाउनुभयो भन्ने प्रश्नमा मन्त्री भुसालले त्यो आरोप मात्र भएको वताए । अध्यक्ष नेपाल पुर्वनिर्धारित कार्यक्रम अनुसार नै बिदेश गएको वताउदै भाग्यो या भगायो भन्नू प्रतिसोधपुर्ण भावना भएको जिकिर गरे ।

 

ग्रामिण उधम तथा आर्थिक विकास आयोजना मधेश प्रदेशले आयोजना गरेको कार्यक्रममा सहभागी हुन महोत्तरी पुगेका मन्त्री भुसालले सरकार सुशासनको प्रत्याभूत दिलाउने दिशातर्फ सदैव उन्मुख भएको पनि वताए ।

रौतहट,साउन २६ गते ।

समाचार लेखेको भन्दै पत्रकारलाई धम्की दिने विरुद्ध महासंघ रौतहटले चेतावनी दिएको छ । नेपाल पत्रकार महासंघ रौतहटले समाचारको विषयलाई लिएर पत्रकारलाई धम्की नदिन चेतावनी दिएको छ । जनता टेलिभिजन रौतहट समाचारदाता प्रेम यादवलाई प्रदेशिक अस्पताल गौर व्यावस्थापन समितिका अध्यक्ष अहमद अनवर हासिले समाचारको बिषयलाई लिएर धम्की दिएको प्रति नेपाल पत्रकार महासंघ रौतहटले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
नेपाल पत्रकार महासघ रौतहटका सचिव धनन्जय ठाकुर उर्फ मदनले समाचारको बिषयमा चित्त नबुझे नियमनकारी निकाय प्रेस काउन्सिल ,सम्मानित अदालतमा जानुको साटो पत्रकार लाई फोनमा धम्की दिने कार्य निन्दनीय भएको र पत्रकारको सुरक्षाको ग्यारेन्टी गर्न समेत सुरक्षा निकायसंग आग्रह गरेकाछन ।

इन्दीप कोइराला,बारा, २६ साउन ।

बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्। बाराको जितपुरसिमरा उपमाहनगरपालिका-१६, टांगिया वस्तीमा घरायासी विवाद हुँदा छोराले बाबुको हत्या गरेको आरोप सम्बन्धमा छानबिन गर्न प्रहरीले ६० वर्षीय छोरालाई पक्राउ गरेको हो।

शुक्रबार दिउँसो करिब १२ः४५ बजेतिर छोराले रिसको आबेगमा ९० वर्षीय माइत सिंह घलानको हत्या भएको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख तथा प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए।

घटना लगत्तै स्थानीय बासिन्दाले खबर गरेपछि घटनाको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी टोलीले अनुसन्धान थालेको छ। घटनामा संलग्न ६० वर्षीय छोरा दिलबहादुर घलानलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ। न्युज कारखाना

आरके श्रीवास्तव,रौतहट,साउन २६ गते ।
रौतहट । जिल्लाको मौलापुर नगरपालिकामा रहेको नेपाल बिधुत प्रधिकरण मौलापुर वितरण केन्द्रमा अहिले १६ एमभिएको ट्रान्सफर्मर सफलतापूर्वक जडान भएको छ । पछिल्लो केही दिनदेखि मौलापुर वितरण केन्द्र आसपासका क्षेत्रमा अनियमति रुपमा बिद्युत कटौती हुन थालेपछि स्थानीयहरु आक्रोशित बनेका थिए । केहीदिनयता बढेको अत्याधिक गर्मी र अनियमित विद्युत कटौतिका कारण स्थानीय आर्जित बनेका थिए ।
तर अब सो समस्या समाधान हुने भएको छ । यस अघि वितरण केन्द्रमा रहेको ८ एमभिएको ट्रान्सफर्मर बदलेर १६ एमभिएको ट्रान्सफर्मर जडान भएको मौलापुर वितरण केन्द्रका प्रमुख दिनेश राय यादवले जानकारी गराउनु भयो । उक्त ट्रन्सफर्मर जडान भएपछि फल्ट बाहेक बक्ती नजाने बताए । झयाप झयाप बक्ति जाने समस्या समाधान हुने उनले जानकारी समेत गराए ।


८ एमभिएको ट्रन्सफर्मर हुँदा ओभरलोड भइ लाइ ट्रिप हुने समस्या थियो । अब उपरान्त उक्त समस्या हटने भएको छ । वितरण केन्द्रमा बारम्बार उक्त समस्या उत्पन्न भएपछि नेपाल बिधुत प्राधिकरण केन्द्रिय कार्यालयले १६ एमभिएको नयाँ ट्रान्सफर्मर उपलब्ध गराएको प्रमुख यादवले बताएका छन् । अब उपरान्त वितरण केन्द्र अन्तर्गतका २५ हजार भन्दा बढी रहेका उपभोक्ताले राहत पाउने भएका छन् ।
मौलापुर वितरण केन्द्र अन्तर्गत हुकिङ्ग धेरै छ । विधुत चुहावट अत्यधिक मात्रामा छ । जबकी यस केन्द्र अन्तर्गतका पालिकाहरुले कृषि मिटर निःशुल्क गरेका छन् । भने बिधुत महसुलमा पनि सहुलियत दिदै आएको छ । तर पनि बिधुत चुहावट रुकन सकेको छैन् । साथै बिधुत महसुल पनि वसुली हुन सकेको छैन् । महसुल संकल्न नहुँदा शाखा चलाउन मुश्किल भइरहेको कार्यालय प्रमुख यादवले बताए ।

 

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।