२०८३ बैशाख १८
२०८३ बैशाख १८

आरके श्रीवास्तव,रौतहट,भदौ २९ गते ।
रौतहटको गुजरा नगरपालिकामा नगर स्तरीय हाजिरि जवाफ प्रतियोगिता सम्पन्न भएको छ । सो नगरपालिकाको वडा नम्बर २ कटानी स्थित रहेको श्री मावि नयाँ बस्तीमा आज राष्ट्रिय बाल दिवसको अवसरमा प्रतियोगिता आयोजन गरिएको थियो ।
बालबालिकामा लगानी,सुनिश्चित भविष्यको थालनी भन्ने मूल नाराका साथ राष्ट्रिय बाल दिवस २०८० मनाइएको हो । गुजरा नगरपालिका शिक्षा शाखाको आयोजना र आरडिसि नेपालको समन्वयमा भएको कार्यक्रम कार्यक्रममा के.एन.एच.को सहयोग रहेको थिायो ।
बलश्रम न्यूनिकरण परियोजना अन्तर्गत राष्ट्रिय बाल दिवस कार्यक्रम बाल कल्ब सँगको समन्वयमा गरिएको थियो । सो प्रतियोगितामा श्री मावि नयाँ बस्ती,श्री जनप्रिय मावि हरिनगर मैढा,श्री मावि रंगपुर १,श्री नमूना मावि सिमराभवानीपुर र श्री मावि जंगलसैया सहभागि थिए ।


हाजिरि जवाफ प्रतियोगितामा श्री मावि कनकपुर प्रथम,श्री मावि रंगपुर द्धितिय र श्री कंकाली मावि जंगलसैया तेस्रो स्थान हासिल गर्न सफल भएको थियो । उनीहरुलाइ पुरस्कार स्वरुप कपि,कलम र प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । साथै नगर स्तरीय बाल कल्बका सदस्यहरुलाइ समेत प्रमाणपत्र प्रदान गरि विदाइ गरिएको थियो ।
विधालय व्यवस्थापन समितिका अध्यक्ष रुपबहादुर स्यांतांगको सभाध्यक्ष्तामा भएको कार्यक्रममा गुजरा नगरपालिकाकी उपप्रमुख रत्ना लामा प्रमुख अतिथीको रुपमा रह्नु भएको थियो । कार्यक्रम सञ्चालन लक्ष्मिीनारायण चौधरीले गर्न भएको थियो भने सहजीकरण राम अचार्यले गर्नु भएको थियो ।


सो अवसरमा प्रअ सुशिल कुमार कुशवाहा,सहभागि बिधालयका प्रतिनिधी,सो वडाका वडा अध्यक्ष अशोक खाँ थारु,शिक्षा शाखा प्रमुख शिवमंगल साह,शंकर चौधरी,कार्यक्रम संयोजक शेख अर्सद,फिल्ड सुरपरभाइजर सुगान्धि कुमारी,सोनी खातुन,व्यवस्थापन सहयोगी लीदा बहादुर स्यांतांग लगायत शिक्षक,शिक्षिका,बिधार्थी,अभिावक लगायत स्थानिय भद्रभलादमी हरुको सहभागिता रहेको थियो ।

लालबन्दी ।प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती सर्लाहीले संगठनको लेटरहेड र छाप किर्ते गर्नेलाई कार्वाही गर्न माग गरेको छ । शुक्रवार संगठनले आफ्नो लेटरहेड र छाप दुरुपयोग गरी भ्रम सृजना गरेको भन्दै गम्भिर आपत्ति जनाउँदै सो कार्यमा संलग्नहरुलाई हदैसम्मको कारवाहिको लागी जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई आग्रह गरेको हो । संगठनका अध्यक्ष सिंग बहादुर थापा ९श्रवण० को हस्ताक्षर सहित जारी प्रेस बिज्ञप्तीमा गैर कानुनी कार्यमा संलग्नहरुलाई कानुनी कठघरामा ल्याउन माग गरिएको छ ।
केहि दिन अघि नेपाल पत्रकार महासंघ अन्तर्गत मधेश प्रदेशका ८ जिल्लाका जिल्ला शाखा अध्यक्षहरुले गरेको एक सामुहिक निर्णयको बिरोध भन्दै रानिगंज घर भएका रमेश अधिकारी ९रितिक० ले आफुलाई प्रेस सेन्टरको जिल्ला सचिव दाबि गर्दै प्रेस बिज्ञप्ति जारि गरेका थिए । यस अघि पनि अधिकारीले आफुलाई सचिव र सिन्धुली घर भएका शंखर पहाडीले आफुलाई अध्यक्ष रहेको दाबि गर्दै प्रेस सेन्टरको लेटरहेड र छाप अनाधिकृत रुपमा प्रयोग गर्दै आएका थिए ।
प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती सर्लाहीको दोश्रो जिल्ला अधिवेशन हुनु पुर्व पहाडी अध्यक्ष र अधिकारी सचिव रहेको तदर्थ कमिटि रहेकोमा संगठनको नीति बिपरित पत्रकारीताको आचार संहिताको धज्जि उडाउने कृयाकलापमा संलग्न भएको पाईए पछि प्रेस सेन्टर नेपाल मधेश प्रदेश समितिले तदर्थ समिति नै खारेज गरिदिएको थियो । त्यसपश्चात तत्कालिन जिल्ला इन्चार्ज एवं केन्द्रिय सदस्य जनार्दन पोखरेललाई नयाँ समिति गठनको जिम्मेवारी तोकिएको थियो । सोही अनुसार गत २०७९ चैत्र ८ गते बागमती स्थित एक रिसोर्टमा दोश्रो जिल्ला सम्मेलन मार्फत नयाँ समिति गठन गरिएको होे ।
केन्द्रिय सदस्य पोखरेलको अध्यक्षता तथा संगठनका केन्द्रिय उपाध्यक्ष एवं मधेश प्रदेश इन्चार्ज गोबिन्द देवकोटा, महासचिव सन्तोष पौडेल, मधेश प्रदेश कमिटि अध्यक्ष किरण कर्ण, महासचिव गोपाल गुप्ता लगाएतको आतिथ्यतामा भएको दोश्रो जिल्ला सम्मेलनले थापा अध्यक्ष रहने गरि १३ सदस्यिय नयाँ समन्वय समिती गठन गरेको थियो । तत्कालिन तदर्थ समितिका अध्यक्ष पहाडी र सचिव अधिकारीले निरन्तर संगठनको बिरुद्ध लागेर अराजक गतिविधि प्रस्तुत गरेपछि उनीहरुलाई संगठनले थप कारवाही गर्दै साधारण सदस्यता समेत खारेज गरेको थियो ।
‘प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती सर्लाही जनपक्षिय पत्रकारीताको पक्षमा निरन्तर लागि रहेकै छ । यस्तो अवस्थामा संगठनले साधारण सदस्य समेत नरहने गरि कारवाही गरेका ब्यक्तिहरुबाट आफ्नो निजि स्वार्थ पुर्तिका लागी संगठनको नाम, लेटरहेड र छाप दुरुपयोग गरेको हुँदा निज ब्यक्तिहरुलाई कानुन बमोजिम कारवाहिको लागी स्थानिय प्रशासनसँग जोडदार माग गर्दछौँ’ बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
थापा नेतृत्वको प्रेस सेन्टर सर्लाही आधिकारीक हो स् उपाध्यक्ष देवकोटा यता संगठनका केन्द्रिय उपाध्यक्ष एवं मधेश प्रदेश इन्चार्ज गोबिन्द देवकोटाले थापा नेतृत्वको प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाही आधिकारीक रहेको बताएका छन् । यस पहिलाको तदर्थ समिति विघटन गरिएको भन्दै प्रदेश इन्चार्ज समेत रहेका देवकोटाले गत चैत ८ गते सर्लाहीमा दोस्रो जिल्ला भेलाबाट थापाको नेतृत्वमा समिति गठन भएको स्पष्ट पारे ।
संगठनले साधारण सदस्य समेत नरहने गरि कारवाही गरिसकेका ब्यक्तिले संगठनको लेटरहेड, छाप प्रयोग गर्नु गैर कानुनी रहेको भन्दै त्यस्ता ब्यक्तिलाई खोजेर कारवाहि गर्न उनले प्रहरी प्रशासनसँग आग्रह समेत गरे । त्यसैगरि मधेश प्रदेश कमिटि अध्यक्ष किरण कर्णले सर्लाहीमा श्रवण थापाको अध्यक्षतामा गठित १३ सदस्यीय कमिटि नै आधिकारीक भएको र अन्य कुनै विवाद र समस्या नरहेको भन्दै संगठनको नाम बद्नाम गराउने नियतले ब्यक्तिगत स्वार्थमा लिप्त रहेका केही उच्छृङ्खखल तत्वले गैरकानुनी कार्य गरेको प्रति कडा शब्दमा भत्र्सना गरे । त्यस्ता ब्यक्तिहरु संगठन र यो समाजका लागी समेत घातक हुने उनको भनाई थियो । उनीहरुलाई जतिसक्दो छिटो कानुनी कठ्घरामा ल्याई कानुनी कारवाहि गर्नुको बिकल्प नभएको संगठनका प्रदेश अध्यक्ष कर्णले बताए ।

बज्जिकाञ्चल,रौतहट,भदौ २९ गते ।
रौतहट । रौतहटमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज दिउँसो ना ५ ख ३४५१ नम्बरको ट्रकको ठक्करले एक मोटरसाइकिल चालकको मृत्यु भएको हो ।
जिल्लाको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर १ निवासी जयनारायण यादवको छोरा वर्ष ३५ वर्षीय उमेश यादवको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दामोदर केसीले बताउनु भएको हो ।
सो नगरपालिकाको सन्तपुर चौकमा शुक्रबार दुर्घटना भएको हो । ट्रकको ठक्कर बाट ना ५१ पा ४९४१ को मोटरसाइकल चालकलाई ठककर दिदाँ मृत्यु भएको हो ।


प्रत्यक्षदर्शीका अनुसार ट्रकले ब्याक गर्दा मोटरसाइकिल चालक यादवको ज्यान गएको बताएका छन् । ट्रक चालकले बदमासी गरेको भन्दै स्थानीयवासी आक्रोशित बनेका थिए । उनीहरुले ट्रक चालक लाइ स्थानीवासीले हातपात गरेका थिए ।
चालकलाइ सुरक्ष दिँदा स्थानिय र प्रहरी बिच केहीबेर झडप भएको थियो । स्थिती नियन्त्रणमा लिनलाइ प्रहरीलाइ हवाई फायर समेत गर्न परेको डिएसपी केसीले बताए ।
घटना भएपछि सन्तपुर दोस्तिया चौकमा बाटो अवरुद्ध समेत गरेका थिए । दोषीमाथि कार्यवाही र क्षतिपूर्तिको माग गर्दै नाराबाजी गरेका थिए । घटनास्थलमा अत्यधिक संख्यामा प्रहरी परिचालन गरिएको थियो । घटनाबारे अनुसन्धान भइरहेको र पीडित पक्ष र प्रहरी बीच इप्रका बिजयपुरमा वार्ता भइरहेको डिएसपी केसीले जानकारी गराएका हुन् ।

विशाल बस्नेत/महोत्तरी, २७ भदौ

महोत्तरीको बर्दिवासमा ११ जिल्लाको साहित्यिक सम्मेलन हुने भएको छ। मोतिराम भट्टको १५८औं जन्मजयन्तिको अवसरमा गौरिशंकर मिथिला वाङमय प्रतिष्ठान घोषणासभा गर्ने उदेश्यले ११ जिल्लाका साहित्यकार सहभागी भएर सम्मेलन हुने भएको हो।

३० वैसाखमा बर्दिवासको गौतम होटलमा हुने उक्त घोषणासभामा घोषणापत्र समेत सार्वजनिक गर्ने तयारी गरिएको छ।

पहाड र मधेशको साहित्यलाई जोड्ने अभियान अन्तर्गत गौरीशंकर मिथिला वाङमय प्रतिष्ठान घोषणासभा राखिएको कार्यक्रमका संयोजक प्रेम घिमिरेले जानकारी दिए।

सभामा बागमती प्रदेशका सिन्धुली, दोलाखा,  रामेछाप र  मधेशका ८ जिल्ला गरि ११ जिल्लाका साहित्यकारहरु सहभागी हुनेछन्।

सहभागी साहित्यकारले आफ्नो भौगोलिक संस्कृति अनुसार बिबिध भाषाहरुमा आफ्ना रचनाहरु समेत प्रस्तुत गर्ने आयोजक पक्षले जनाएको छ।

पछिल्लो समय साहित्यिक केन्द्रकोरुपमा विकास हुँदै गएको बर्दिवासले रचना प्रकाशनमा समेत केन्द्रिय नेतृत्व गरिरहेको छ।

गौरीशंकर मिथिला वाङमय प्रतिष्ठानले पनि महोत्तरीलाई साहित्यिक पर्यटनकोरुपमा विकास गर्ने सहायक उदेश्य वोकेको यस्का अभियन्ताहरुले बताए।

बृहत् उदेश्यसहित जन्माउन लागेको उक्त प्रतिष्ठानले साहित्यलाई जिवित राख्न बर्दिवासले केन्द्रिय नेतृत्व गर्ने बताइएको छ।

अहिले जिल्ला स्तरिय  फरक-फरक बिधाका डेढ दर्जन साहित्यिक संगठन महोत्तरीमा सक्रिय छन्।  न्युज कारखना

 

 

 

रौतहट, २७ भदौं ।

फर्जी नागरिकता बनाइदिएको खुले पछि एक भारतीय पक्राउ परेका छन ।

 

चन्द्रनिगाहपुर बजारमा फलफुल व्यापार गरेर बस्ने नैमुद्धिन नक्कली नागरिकता बनाइदिने कार्यमा संलग्न भएको खुले पछि पक्राउ परेका हुन ।

 

फलफुल र अण्डाको व्यापार गर्दै आएका उनले भारतीय मुस्लिमहरुलाई नेपाली नागरिकता बनाईदिने काम गर्दै आएको खुले पछि सर्लाही प्रहरीको आग्रहमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले उनलाइ पक्राउ गरेको हो ।

 

उनलाइ सर्लाही प्रहरीको जिम्मा लगाएपछि नैमुद्धिनसँग नागरिकता बनाएर चन्द्रनिगाहपुरमा बसोबास गर्दै आएका नक्कली नागरिकता लिएका दर्जनौ भारतीयहरू भने फरार भएको प्रहरीले जनाएको छ ।

 

प्रहरीका अनुसार उनी पक्राउ परेसँगै नक्कली नागरिकता बनाउने गिरोह नै रहेको खुले पछि थप अनुसन्धान भइरहेको छ ।

राैतहट,भदौ २७ गते ।
रौतहट जिल्लामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको परोहा नगरपालिका वडा नं–९ रामपुर टोलका अन्दाजी ४० वर्षिय अवधेश पटेल बुधबार बिहान करीब ११ बजेर ४५ मिनेटको समयमा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
पटेलले विहानको समयमा आफनै खेतमा मोटरले पानी तान्ने क्रममा सोही ठाउँमा बिधुत प्रवाह भएर करेन्ट लागि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी कार्यालयका निमित प्रहरी प्रवक्ता उमाशंकर प्रसाद गुप्ताले जानकारी दिनु भयो । मृत्क पटेलको शव प्रदेशिक अस्पताल गौरमा पोस्मार्टम पछि परिवाजनलाई जिम्मा लगाईएको र घटनाबारे अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

कृष्ण तिवारी ,रौतहट ,भदौ २७ गते ।

नेपाल पत्रकार महासंघ रौतहट शाखामा लगाइएको ताला झन्डै तीन महिनापछि बुधबारबाट खुलेको छ । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरी सहितका पत्रकारहरुको रोहवरमा महासंघमा गरिएको तालाबन्दी बुधबार दिउँसो तीन बजे खुलाइएको छ । नयाँ सदस्यता र सदस्यता नवीकरण सम्बन्धमा विवाद भएपछि पत्रकार महासंघ रौतहटका पुर्व अध्यक्ष रबिन्द्र साह को नेतृत्वमा केही पत्रकारहरुले गत असार ३ गते पत्रकार महासंघको कार्यालय गौर शाखामा तालाबन्दी गरेका थिए ।

सरकारि सेवा सुविधा लिने र पत्रकारिता पेशाभन्द अन्य पेशामा लागेकालाई सदस्यता नवीकरण नगर्ने पत्रकार महासंघको केन्द्रिय कार्यालय काठमाडौंको परिपत्र अनुसार पत्रकार महासंघ रौतहटले महासंघको सदस्यता लिएर पनि पत्रकारिता पेशा छाडेर अन्य विभिन्न पेसामा लागेका सदस्यलाई यस चालू आर्थिक बर्षमा सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि असन्तुष्ट बनेका पत्रकारहरुले निर्णय सच्याउन माग गर्दै महासंघमा तलाबन्दी गरि आन्दोलित भयका थिए ।

साथै उनिहरुले आफू अनुकुलका ब्यक्तिलाइ नयाँ सदस्यताको लागि नाम सिफारिस गर्नुपर्ने पनि माग गरेका थिए । महासंघमा देखिएको विवाद सल्टाउन पत्रकार महासंघ रौतहटले नयाँ सदस्यताका लागि महासंघमा आबेदन दिएका ५१ जनाकै नाम महासंघको केन्द्रीय कार्यालय काठमाडौंमा केही दिन अघि मात्र पठाएको थियो । नयाँ सदस्यताका लागि परेको सबै आबेदकको नामावलि महासंघको केन्द्रिय कार्यालयमा पठाइएको र सदस्यता नवीकरणमा देखिएको विवाद समेत समाधान भैसकेकोले महासंघमा लगाइएको ताल्चा खोलिएको पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले बताएका छन ।

सकृय रूपमा निरन्तर पत्रकारिता गरिरहेका सम्पुर्ण पत्रकारलाई सद्स्यता नवीकरण गरि विवाद समाधान गरिएकोले पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरी, प्रेस युनियनका केन्द्रिय सदस्री तथा पत्रकार महासंघ रौतहटका सल्लाहकार सन्जय कार्की, प्रेस चौतारिका केन्द्रिय सदस्य रमेश तिमल्सिना, समाजवादि प्रेस संगठनका केन्द्रिय सदस्य कृष्ण तिवारी , फोटो पत्रकार संघका अध्यक्ष प्रभात झा, प्रेस सेन्टरका रौतहट जिल्ला अध्यक्ष सुब्बा कार्की, महासंघ रौतहटका पुर्व उपाध्यक्ष अशोक पहाडी, महासंघका रौतहट जिल्ला सचिव मदन ठाकुर लगाएत पत्रकारको रोहवरमा ताल्चा खोलिएको महासंघका जिल्ला अध्यक्ष झाले बताए ।

 

 आरके श्रीवास्तव,रौतहट,भदौ २३ गते ।

रौतहट । गणिनाथ–गोविन्द जयन्तीको अवसरमा कानु समाज कल्याण समिति रौतहटले विभिन्न व्यक्तित्वहरुलाइ सम्मान गरेको छ । जिल्लाको मध्य भाग गरुडा नगरपालिका वडा नम्बर ५ शिवनगरमा रहेको गणिनाथ–गोविन्द मन्दिर प्रांगणमा सो कार्याक्रम आयोजन गरिएको छ ।

निर्माणाधीन धर्मशालामा सहयोग गरेको भन्दै समाजले प्रदेश सांसद सुनिल कुमार यादव उर्फ जितेन्द्र, देवाहीगोनाहीका नगर प्रमुख प्रेमलाल साह कानु, गरुडा नगर प्रमुख कन्थमनि प्रसाद कलवार सहित विभिन्न वडाका वडाध्यक्ष र कार्यपालिका सदस्यलाई सम्मानित गरिएको छ ।

कार्यक्रमको अध्यक्षता कटहरिया वडा नम्बर ५ का वडा अध्यक्ष सर्फलाल गुप्ताले गर्नु भएको थियो । लोकदेवतालाई गणिनाथ–गोविन्द कूलदेवता मान्ने समुदायले गणिनाथ–गोविन्द जयन्ती मनाएका छन् । हरेक वर्ष कृष्णाष्टमीको लगत्तै आउने शनिवारका दिन विश्वभर गणिनाथ गोविन्द जयन्ती मनाइने गरिन्छ । गणिनाथ–गोविन्दको पूजा दशौँ शताब्दीदेखि गरिँदै आएको विश्वास गरिन्छ । कानु, हलुवाई, कान्दु, मधेसिया आदि नामले चिनिने जाति समुदायले कूलदेवताको रुपमा गणिनाथ–गोविन्द जयन्ती मान्ने गरेका छन् ।

नेपालको सबै प्रदेश तथा भारतको विभिन्न प्रदेशमा कानु समुदायका साथै अन्य जातिले पनि गणिनाथ–गोविन्द पूजा भव्यताका साथ गर्दै आएका छन् । शुक्रबार साँझदेखि सुरु हुने तीन दिवसीय पूजा आइतवार बिहान गंगास्नान गरी सूर्यलाई अध्र्य दिएर सम्पन्न गरिए पनि मूलपूजा शनिवार नै हुने गर्दछ । गणिनाथ, गोविन्दसँगै सूर्य र हनुमानको पूजा पनि गरिने चलन छ ।

नेपालको रौतहट, सर्लाही, झापालगायतका जिल्लामा लोकदेवता गणिनाथ–गोविन्द भगवानको मन्दिर निर्माण गरिएका छन् । जबकी तराई मधेशका हरेक जिल्लाका साथै काठमाडौँ र चितवन आदि ठाउँमा समेत भव्यतापूर्वक पूजा हुने गरेको पाइन्छ । शिवनगरमा भएको वार्षिक पूजामा सर्लाही, रौतहट र बारा जिल्लाका साथै भारतको विभिन्न ठाउँबाट हजारौँ भक्तजनको उपस्थिति भएको समितिका जिल्ला अध्यक्ष सर्फलाल प्रसाद गुप्ताले जनाएका छन् ।

 

 आरके श्रीवास्तव,रौतहट,२३ गते भदौ ।

रौतहटको माधवनारायण नगरपालिकामा आज जनता समाजवादी पार्टीको युवा समिति गठन भएको छ । नगर स्तरीय यूवा भेला बाट श्याम सुन्दर यादवको अध्यक्षतामा २१ सदसीय कार्य समिति गठन गरिएको जसापाका जिल्ला अध्यक्ष श्याम बिहारी यादवले जानकारी गराउनु भएको हो ।

गठित युवा समितिको उपाध्यक्षमा अजित कुमार यादव,सचिवमा कृष्णा चौधरी,सह सचिवमा जयनारायण पासवान,कोषाध्यक्षमा गजेन्द्र प्रसाद यादव रहेका छन् ।

 

त्यस्तै सदस्यहरुमा अनिल कुशवाहा,प्रदीप यादव,राधाचन्द्र यादव,शम्भु कुमार यादव,जयलाल राम,राहुल राम,रुपेश ठाकुर,रुपेश कुमार यादव,सरोज कुमार पासवान,विकेश राय लगायतका व्यक्तिहरु रहेका छन् । सो अवसरमा मधेश प्रदेश सरकारका पूर्व कृषि राज्यमन्त्री योगेन्द्र राय यादव,पूर्व नगरप्रमुख विरेन्द्र यादव, माधवनारायण नगरपालिकाकी उपप्रमुख निर्मलादेवी रमन,युवा संघका जिल्ला अध्यक्ष पूनप्रताप पटेल लगायतका जसपाका नेता कार्यकर्ताहरुको उपस्थिती र

 

 

 आरके श्रीवास्तव,रौतहट,२३ गते भदौ ।

रौतहट । श्री जयकिसान मावि धरहरीलाइ हाइटेक सँग जोडेर उत्कृष्ट बिधालय बनाउने प्रयत्नमा आफू रहेको प्रअ संजय प्रसादले बताउनु भएको छ ।

 

पत्रकारहरु सँग कुराकानी गर्नु हुँदै वहाँले यस्तो बताउनु भएको छ । वहाँले भननु भयो अहिले प्रविधिको जमाना हो । त्यसैले हामी प्राविधिक शिक्षा तर्फ जोड दिनु पर्छ । प्राविधिक शिक्षा नै अहिलेको आवश्यकता हो । २०७९ सालको मध्यतिर प्रअको रुपमा जिम्मेवारी पाउनु भएका प्रसादले आफनो बिधालयलाई जसरी भएपनि जिल्लामै उत्कृष्ट बिधालय बनाएरै छाडने दृढ विश्वासका साथ निरन्तर लागि परेका छन् ।

जिल्लाकोे प्रायः जसो नमुना बिधालय नाम मात्रका हुन् । तर श्री जयकिसान नमुना माविमा युवा प्रअ प्रसाद आएदेखि मुहार नै फेरिएको छ । पहिला भन्दा अहिलेको अवस्था परिवर्तन भएको छ । डिजिटल माध्यमबाट पठनपाठन शुरु भएपछि बिधार्थी र अभिभावकहरु खुशी छन् ।

उनी आएपछि बिधालयमा चार वटा डिजिटल कक्षा कोठा व्यवस्थापन गराएका हुन् । विज्ञान प्रयोगशाला,पुस्तकालय,मिटिङ्ग हल,वि.व्य.स. अध्यक्ष कोठा,प्रअ कोठा सुविधा सम्पन्न व्यवस्थापन गराएका हुन् । बिधालयको तिव्र विकासका लागि विभिन्न समितिहरुको पनि बाँडफाँड गरि दिएका हुन् । उनीहरु आ—आफनो जिम्मेवारी राम्रो तरिकाले बहन गरि रहेको बताउँछन् ।

बालविकासको कक्षाकोठा पनि व्यवस्थित बनाएका हुन् । प्रअ प्रसादले बिधालयको भौतिक संरचना र बिधार्थीको गुणस्तरिय शिक्षाको लागि निरन्तर जोड दिदै आएका छन् । फलस्वरुप अहिले बिधालयमा बिधार्थीहरु गुणस्तरीय शिक्षा हासिल गर्न थालेका छन् । वि.स.२००६ सालमा स्थापना भएको सो बिधालय वि.स.२०७५ सालमा नमुना बिधालयको रुपमा छनौट भएको प्रअ प्रसादले जानकारी गराए ।

नेपाल सरकारको निति अनुसार प्रत्येक निर्वाचन क्षेत्र अन्तर्गत एउटा बिधालयलाई नमुना बिधालयको रुपमा छनौट गर्ने अभियान अन्तर्गत श्री जय किसान माबि नमुना बिधालयको रुपमा छनौट भएको थियो । प्रअको रुपमा संजय प्रसाद आएपछि बिधालयमा भएका परिवर्तन तस्बिरमाः

 

 

  

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।