रौतहट, ३० गते भदौ ।
रौतहटको शिवनगरमा राष्ट्रिय बाल दिवसकै अवसरमा जिल्ला स्तरीय डोम समुदायका बालबालिका तथा अभिभावक सम्मान कार्यक्रम सम्पन्न भएको हो।

शनिबार जिल्लाको गरुडा नगरपालिका-५,स्थित कृषि उपकेन्द्र शिवनगरमा आयोजित कार्यक्रममा बालबालिका लाई नियमित शिक्षा हासिल गर्न विद्यालय पठाउने अभिभावकलाई सम्मान गर्दै विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । डोम समुदाय विकास केन्द्र रौतहटको अध्यक्ष विजय मलिको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि माधव नारायण नगरपालिका -३ का वडा अध्यक्ष राजकुमार यादवले शिक्षामा अझैसम्म डोम समुदाय पछाडी रहेको बताए ।
अब डोम समुदायले पनि आफुलाई परिवर्तन गदै शिक्षा स्वास्थ्यमा जोड दिनुपर्ने धारणा राखे । डोम समुदायको पेसा सरसफाइ गर्ने जिम्मेवारी भएपनि उनीहरु आफ्नै बस्ने ठाँउको सरसफाइमा निकै पछाडी रहेको दुख व्यक्त गरे।

कार्यक्रममा वक्ताहरुले शिक्षामा डोम समुदायका बालबालिकाको पनि समान पहुँच होस लगायतका विषयमा आ-आफ्ना मन्तव्य राखेका थिए । कार्यक्रमको अन्त्यमा विद्यार्थीहरुले नृत्य गायन लगायतका आफ्ना प्रतिभा प्रस्तुत गरि सबै मन जितेको संस्थाको अध्यक्ष विजय मलिले बताए ।

आरके श्रीवास्तव,रौतहट,३० गते भदौ ।
रौतहटमा प्रदेश आमसंचार नीति सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ । आज जिल्लाको चन्द्रपुर स्थित गौतम होटेलमा एक दिने छलफल कार्यक्रम आयोजन गरिएको थियो । युएसएआईडी नागरिक समाज तथा संचार कार्यक्रमको ‘प्रदेश आमसंचार नीति छलफल कार्यक्रम भएको हो ।

दि एसिया फाउण्डेशनको आयोजनामा भएको उक्त कार्यक्रममा सर्लाही र रौतहट जिल्लाका पत्रकारहरूको सहभागिता रहेको थियो । दुवै जिल्लाका सहभागी पत्रकारहरुले आ—आफनो तर्फ बाट महक्तवपूर्ण सुझावहरू समेत दिएका थिए । कार्यक्रममा यूवा,महिला र सीमान्तकृत समुदायलाइ पत्रकारितामा कसरी ल्याउन सकिन्छ भन्ने विषयमा पनि सुझावहरु संकलन गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रह्नु भएका प्रदेश सांसद कनिश पटेलले प्रदेश आमसंचार नीति सम्बन्धि छलफल कार्यक्रमलाइ अझै व्यापक बनाउनु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा उठेका सवालहरु, सुझावहरू सदनमा आवाज उठाउने प्रतिबद्धता जनाउनु भयो । उनले भने,सावैजनिक खरिद ऐन परिवर्तन गर्नु देखिएको बताए ।
सो ऐनले राष्ट्रिय स्तरको पत्रिकामा केही विज्ञापन गर्नुपर्ने तोकेको हुन्छ । त्यो परिवर्तन गर्नुपर्छ । त्यती गर्न सके मात्र स्थानिय स्तरका सञ्चारमाध्यमहरु लाइ संरक्षण गर्न सकिने बताउनु भयो । सो कार्यक्रममा आमसञ्चार प्राधिकरण मधेश प्रदेश अध्यक्ष श्यामसुन्दर यादव,मिडिया काउन्सिलका अध्यक्ष कैलाश दास,नेपाल पत्रकार महासंघका मधेश प्रदेश अध्यक्ष राजेश कर्ण,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरी,नेपाल पत्रकार महासंघ मधेश प्रदेश सदस्य शैलेन्द्र झा,नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा सहित दुइ जिल्लाका पत्रकारहरुको सहभागिता रहेको थियो ।
विशाल बस्नेत,२९ भदौ, महोत्तरी ।
माओवादी केन्द्र महोत्तरीको विवाद उत्कर्षमा पुगेको वेला बर्दिवास नगरपालिकामा समान्तर अभियान सुरु भएको छ ।

जनतासगँ माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत महोत्तरीका इन्चार्ज बनेर आएका केन्द्रिय सदस्य अच्युतम काफ्लेले समान्तर गतिविधिले दिक्क भएकाे बताएका छन ।
इन्चार्ज काफ्लेले पाटीको निर्देशन विपरित बर्दिवासमा समान्तर गतिविधि भएको ठहर गर्दै एक बिज्ञप्ति समेत जारी गरेका छन । बिज्ञप्तिमा पार्टीकाे कार्यविभाजन अनुसार वडामा खटिनुपर्ने नेताहरुले समान्तर गतिविधि गरेको बताउदै यस्ता गतिविधि नगर्न सचेत समेत गराइएको छ ।
गत २९ भदौ कै दिनवाट यस्ता गतिविधिमा नलाग्न निर्देशन दिदै इन्चार्ज काफ्लेले समान्तर गतिविधमा लागेको पाईएमा गम्भीर अनुसासन उल्लंघनको बिषय बन्न सक्ने बताएका छन । तर माओवादी केन्द्र महोत्तरीमा संस्थापन पक्ष र संस्थापन इतरविच विवाद चुलिदै गएको छ । बर्दिवासमा नै २ बर्षदेखी पार्टी कमिटी बनाउन नदिई हस्तक्षेप गरेको संस्थापन इतरको आरोप छ भने संस्थापन पक्षले जे जस्तो विवाद भए तापनी वडा अभियान सके पछि निष्कर्षमा पुर्याउने बताउदै आएको छ ।

यसै विचमा बर्दिवास नगर कमिटीको नेतृत्व विहिन बनिरहेको वेला रुद्र सुस्लिङ्ग मगरलाई नगर इन्चार्ज वनाएर रुपान्तरण अभियानका कार्यक्रम संचालन गर्दै आएको छ । नगरबाटै निर्णय गरि वडामा कसरी जाने ? भन्ने बिषय तय भएको र सोहीअनुसार कार्यक्रम संचालन गरिरहेको रुद्र सुस्लिङ्ग पक्षले जनाएको छ ।
तर इन्चार्ज अच्युतम काफ्ले र मधेश प्रदेश इन्चार्ज लीलामणि पोखरेलले भने यो निर्णयलाई अस्विकार गरेका छन । १७ साउन देखि २१ साउनसम्म चलेको केन्द्रिय बैठकको निर्णय अनुसार नै पाटी चल्नुपर्ने र पाटी सर्कुलेसन बाहिर गएर कुनै पनि गतिविधि गर्न नमिल्ने उनिहरुको भनाइ छ ।

नगर कमिटीलाई पुर्णता दिएर वडाका कार्यक्रम संचालन गर्दा थप प्रभावकारी बन्ने ठानेर पाटी हितका लागी नै आफुहरु लागि परेको सुस्लिङ्ग पक्षधरको दावी छ ।
रौतहट, ३० भदौं । प्रहरी हिरासतमा रहेका ट्रक चालकलाइ नियन्त्रणमा लिइ मरासन्न हुने गरी कुटपिट भएको घटना सार्बजनिक भएको छ ।
ईप्रका विजयपुरको प्रहरी हिरासतमा रहेका ट्रक चालकलाइ प्रहरी हिरासतवाट बाहिर निकाली निघार्त कुटपिट गरिएको हो ।
फतुवा विजयपुर नगरपालिका घुसुकपुर निवासी उमेश कुमार यादवको ट्रकको ठक्करबाट सन्तपुर चौक मृत्यु भए पछि पक्राउ परेका ट्रक चालकलाइ निर्घात कुटपिट गरिएको हो ।
सो दुर्घटना परी निधनप्रति भएका प्रति दुःख व्यक्त सो क्षेत्रका प्रतिनिधिसभा सदस्य प्रभु साहले विजयपुरको प्रहरी हिरासतमा रहेका ट्रक चालकलाई हिरासतबाट बलजब्ती बाहिर निकाली जंगलराजको शैलीमा निर्मम कुटपिटको निन्दा गरेका छन ।
उनले सो घटनामा संलग्न अपराधीहरुलाई यथाशीघ्र कानुनको दायरामा ल्याउन स्थानीय प्रशासन सहित नेपाल सरकारसंग जोडदार मागसमेत गरेका छन ।
जनकपुरधाम, २९ भदौ । जनकपुरधाम उपमहानगरपालिका– १५ लोहनामा खेल्ने क्रममा नालामा खसेर दुई वर्षीय रोहन मुखियाको मृत्यु भएको छ ।
शुक्रबार घर अगाडि खेल्ने क्रममा नालामा खस्दा उनको मृत्यु भएको हो । ढक्कन नालामा उनी मृत फेला परेका हुन् ।
महोत्तरी, २९ भदाै । मटिहानी नगरपलिका-८ दसगजाबाट स्रोत नखुलेको १३ लाख ७० हजार रुपैयाँसहित मटिहानी नगरपालिका-८ बस्ने ४० वर्षीय नबिन साहलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी मटिहानीबाट संयुक्त रुपमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज.१० प ३५४१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनलाई उक्त रकमसहित पक्राउ गरेको हो ।
जनकपुरधाम, २९ भदौ । आफूलाई घुमुवा प्रहरी भन्दै रुपैयाँ खोसेर भाग्न खोज्ने एक धनुषा प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कमला नगरपालिका ३ लग्माका ३१ वर्षीय अमरेश कुमार यादव रहेका छन्। उनीसँगै रहेका अर्का एक व्यक्ति भने फरार रहेको र उनको पनि खोजी गरिरहेको धनुषा प्रहरीले जनाएको छ।
धनुषाको विदेह नगरपालिका ३ चिकनास्थित ज ७ प ६०८६ नम्वरको मोटरसाइकलमा जनकपुरधाम २४ सोनापराका सुरज मण्डल, सुमित कुमार राम र विदेह नगरपालिका ८ का फेकुन मण्डलबाट आफूलाई घुमुवा प्रहरी भन्दै धाक लगाएर ४ हजार रुपैया खोसेर भाग्न खोज्दा अमरेश पक्राउ परेको बताइएको छ।
अमरेशले चलाएको ज १० प ३७०५ नम्बरको मोटरसाइकल समेत बरामद भएको छ।
वीरगञ्ज, २९ भदौ । बारामा चक्कु प्रहारबाट एक व्यक्ति घाइते भएका छन्चक्कु प्रहार गरी घाइते बनाएर फरार भएका एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले बारा करैयामाई गाउँपालिका–७ बस्ने भागरित रामलाई घाँटीमा धारिलो हतियार प्रहार गरी घाइते बनाउनेलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका–२७ बस्ने हरिन्द्र यादव छन् । रामले बिहीबार जितपुर सिमरा उपमहानगरपालिका–१६ पिलुवा जंगलमा यादवको घाँटीमा धारिलो हतियार चक्कुले प्रहार गरी घाइते बनाई फरार भएकोमा उनलाई पक्राउ गरिएको बाराका प्रहरी प्रबक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।पक्राउ परेका रामलाई प्रहरी नियन्त्रणमा राखी थप अनुसनधान भइरहेको उनले बताए।
आरके श्रीवास्तव,रौतहट,३० गते भदौ ।
रौतहट । जिल्लामा धारिलो हतियार प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । घरेलू धारिलो हतियार प्रहार बाट सख्त रुपमा घाइते भएका ती यूवकको उपचारको क्रममा पिएचसी कटहरियामा ज्यान गएको हो । जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर ५ मा शुक्रबार बेलुकी ७.३० बजेको समयमा सो घटना घटेको हो ।
स्थानिय मदन रायको छोरा अन्दाजी ३८ वर्षिय सुनिल राय यादव माथि धारिलो हतियार प्रहार भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
स्थानिय रामबाबु साह सोनारको छोरा बद्री साह सोनारले सानो घरेलु हतियार प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता दामोदर केसी जानकारी दिनु भयो ।
उनले दिएको जानकारी अनुसार यादव र सोनार बिच घरायसी झगडा थियो । त्यही रिसवीका कारण यादव माथि सानो घरेलु हतियार प्रहार गरी हत्या गरिएको प्रहरी प्रवक्ता केसीले बताए ।
मृतक यादवको शवलाई पोस्मार्टमको लागि प्रादेशीक अस्पताल गौरमा पठाईएको हो । घटना सम्बन्धमा पाँच जनालाइ प्रहरी नियन्त्रणमा राखी थप अनुसनधान भइरहेको डिएसपी केसी बताए ।
आरके श्रीवास्तव,रौतहट,२९ गते भदौ
रौतहट । राष्ट्रिय बाल दिवस २०८० को अवसरमा आयोजीत ‘ बालअधिकार’ विषयमा सम्पन्न भएको वक्तृत्वकला प्रतियोगिता भएको थियो । जिल्लाको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ४ टेंग्राहामा रहेको श्री माध्यमिक विधालय टेंग्राहामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको प्रधानाध्यापक अनिल कुमार यादवले जानकारी गराउनु भयो ।
व
क्तृत्व कला प्रतियोगितामा विजयी तथा सहभागी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको उनले बताए । पुरस्कार स्वरुप कपि,कलम लगायत शैक्षिक कटि प्रदान गरिएको हो ।
सो प्रतियोगितामा कक्षा १० मा अध्यनरक्त छात्र अशोक कुमार यादव प्रथम,कक्षा ९ मा अध्यनरक्त छात्रा मनिष यादव द्धितिय र कक्षा ७ मा अध्यनरक्त छात्रा आशु कुमारी जयसवाल तेस्रो स्थान प्राप्त गरेकी छिन् ।

विद्यार्थीहरुलाई पनि बाल अधिकारको बारेमा जानकारी हुन सकोस् र उनीहरुले पनि बालअधिकारको बारेमा आफूले जानेका कुरा अरु व्यक्तिहरुलाई पनि जानकारी गराउन सकुन् भन्ने उद्देश्यले बाल दिवसको अवसर पारेर यस्तो प्रतियोगिताको आयोजना गरेको प्रअ यादवले बताए ।

कार्यक्रम उदघोषण राजेश यादवले गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता प्रअ यादवले गर्नु भएको थियो । सो अवसरमा शिक्षक रामएकवाल प्रसाद यादव लगायत शिक्षक,शिक्षिका,बिधार्थीहरुको उपस्थिती रहेको थियो ।