२०८३ श्रावण २
२०८३ श्रावण २

बज्जिकाञ्चल,असोज १२ गते ।
जनता समाजवादी पार्टी ९जसपा० नेपालको कर्णाली प्रदेश समिति पुनर्गठन भएको छ । शुक्रबार सुर्खेतमा आयोजित प्रदेशस्तरिय भेलाबाट देवीकृष्ण न्यौपानेको अध्यक्षतामा २७ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा रगबीर मिजार, कर्णबहादुर थापा, लाले कुमाल मुख्यसचिव गगनबहादुर सारु रहेका छन् । समितिको सचिवमा सन्तोषी विश्वकर्मा, माधवप्रसाद उपाध्याय र कृपाराम बस्नेत र कोषाध्यक्षमा रत्ना विक चयन भएका छन् ।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् कर्णाली प्रदेशका इन्चार्ज प्रकाश अधिकारीको प्रमख आतिथ्यतामा सम्पन्न भेलाले सुर्खेत जिल्ला समन्वय समिति रुपान्तरण गरेको छ । जीतबहादुर नेपाली अध्यक्ष रहेको समितिका उपाध्यक्षमा गंगा देवकोटा, सचिव भक्तबहादुर थापा, उपसचिवमा गंगे कामी र गाइने कामी र कोषाध्यक्षमा अमृता विक रहेका छन् ।

रौतहट,११ गते असोज
रौतहट । जिल्लाको विभिन्न बजारहरुमा अनुगमन गरिएको छ । वाणिज्य तथा आपूर्ती उपभोक्ता संरक्षण कार्यालय विरगंज पर्सा,घरेलु तथा साना उद्योग कार्यालय रौतहट र जिल्ला प्रशासन कार्यालय रौतहटका कर्मचारीहरुको टोली द्धारा संयुक्त रुपमा अनुगमन गरिएको हो । बुधवार किराना पसल,औषधी पसल,हार्डवेयर लगायतका विभिन्न पसलहरुमा अनुगमन गरिएको हो ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्रहरु गरुडा,मौलापुर,देवाहीगोनाही र बौधीमाइको बंकुल बजारमा अनुगमन गरिएको हो । अनुगमनको क्रममा ५ वटा फर्मलाइ जरिवाना गरिएको छ । म्याद सकेका सामग्रीहरु फेला परेको,फर्म दर्ता नरहेको ,साइन बोर्ड नराखेको,खरिद तथा बिक्री बिल नराखेको,फर्म नविकरण नरहेको फर्महरुलाइ जरिवाना गरिएको हो ।
जरिवानामा पर्ने फर्महरुमा दास स्टोर्स गरुडा,न्यू जेपी इन्टरप्राइजेट बंकुल,अनिल किराना पसल मौलापुर,मौलापुर पोली क्लीनक मौलापुर,मिष्टी जेनरल स्टोरर्स देवाहीगोनाही रहेको छ । उनीहरु बाट जनही पाँच पाँच हजार जरिवाना गरिएको अनुगमन टोलीमा सहभागी घरेलू तथा साना उधोग कार्यालय रौतहटका प्रमुख जयकान्त झाले जानकारी गराएका छन् ।
अनुगमनका क्रममा म्याद सकिएका सामानहरू फेला परेका थिए । म्याद सकिएका सामग्रीहरुको जफत गरीएको उनले बताए । दर्ता विना नै अबैध रूपमा सञ्चालनमा रहेका फर्महरूलाई एक हप्ता भित्र सरकारी मापदण्ड अनुसार दर्ता गरि फर्म संचालन गर्न सल्लाह दिएको थियो । अटेर गरि दर्ता प्रक्रियालाई वेवास्था गरेमा कानुनी कार्यवाहि गर्ने चेतावनी पनि दिईएको थियो । रौतहट जिल्लाका अन्य सबै व्यापारिक केन्द्रमा गई अनुगमन गर्ने तयारी रहेका प्रमुख झाले जानकारी दिएका छन् ।
अनुगमनका क्रममा वाणिज्य तथा आपूर्ती उपभोक्ता संरक्षण कार्यालय विरगंज पर्साका प्रमुख सुरेश कमार रेग्मी, घरेलू तथा साना उधोग कार्यालय रौतहटका प्रमुख जयकान्त झा,जिल्ला प्रशासन कार्यालय रौतहटका रामनरेश साह,गौरी शंकर साह,उद्योग वाणिज्य संघ रौतहटका प्रतिनिधि,संरक्षण कार्यालयका कर्मचारी दिलिप कुमार,घरेलूका कर्मचारी प्रविण कुमार झा,पंकज चौधरी,अमिन्द्र राउत लगायत प्रहरीको उपस्थिति रहेको थियो ।

 

रौतहट,११ गते असोज ।
रौतहट । गरुडा नगरपालिका–४ को एक पसलमा गएरात आगलागी भएको छ । उक्त आगलागीबाट करोडौं मूल्यका सामान जलेर नष्ट भएका छन् । आगलागी बाट पसलमा रहेको सोफा सेट,दराज लगायत फर्निचरका विभिन्न सामानहरु जलेर नष्ट भएका छन् ।
बुधवार राति करिब १ बजे सोही नगरपालिकाको वडा नम्बर ५ निवासी रामजन्म साहको गरुडा बजारमा रहेको अंशु टे«र्डस नामक फर्निचर पसलमा विद्युत् सर्ट भई आगलागी भएको हुन सक्ने इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख ओमप्रकाश खनालले जानकारी दिए । आगलागीको खबर पाएलगत्तै सुरक्षकर्मी, स्थानीयवासी घटनास्थलमा पुगेपछि अन्य घरमा थप क्षति हुनबाट जोगिएका छन् ।

छिमेकी जिल्लाको निजगढ र सिम्रौनगढ नगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा आएको डिएसपी खनालले बताए । क्षतिको यकीन विवरण आउन नसकेको भए पनि प्रारम्भिक अनुमान अनुसार रु १ करोड भन्दा बढी मूल्य बराबरको सामानमा क्षति पुगेको पीडितले बताएको प्रहरीले जनाएको छ । पसलकै घरमा जडान गरिएको बिजुलीको तार सर्ट भएर आगो लागेको हुन सक्ने बताइएको छ ।


आगलागी बाट व्यापारीलाइ भएको क्षतीले आफू मर्माहित बनेको गरुडा नगर उधोग वाणिज्य संघका अध्यक्ष सतिश साहले बताएका छन् । पिडित व्यवसायीलाइ विमा कम्पनी बाट क्षर्तीपूती दिलाउन आफूले पहल गर्ने उनले बताए ।

 

आरके श्रीवास्तव,रौतहट,१० गते असोज ।
नेपाल शिक्षक संघ रौतहटको विस्तारित बैठक सम्पन्न भएको छ । जिल्लाको मध्य भाग गरुडामा रहेको श्री नमूना मावि गरुडामा आज(बुधवार) सम्पन्न भएको हो । जिल्ला अध्यक्ष रामकृपाल यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा नेपाल शिक्षक संघ मधेश प्रदेशका निवर्तमान उपाध्यक्ष राममंगल यादव रहनु भएको थियो ।
बैठकमा नेपाल शिक्षक माहासंघद्वारा असोज ०३ गते देखि भएको काठमाडौं केन्द्रित सडक आन्दोलन ,सरकारसँग भएको ७ बुँदे सम्झौताको समीक्षा तथा बाँकी उपल्ब्धीको लागि भइरहेको आन्दोलनको बारेमा अन्तरक्रिया भएको थियो । बैठकमा सहभागी शिक्षकहरु बाट पनि सुझाव संकलन गरिएको संघले जनाएको हो ।


बैठक बाट विभिन्न निर्णयहरु पारित पनि गरिएको संघका रौतहट अध्यक्ष रामकृपाल यादवले जानकारी गराउनु भयो । बैठकमा काठमाडौंमा चलिरहेको शिक्षक आन्दोलन प्रति ऐकयबद्धता जनाउँदै समर्थन गर्ने तथा माहासँगमा आवध पेशागत संस्थाहरुलाइ सहयोग गर्न अनुरोध गर्ने,प्रहरी दमनको भर्तसना गर्ने तथा घाइते शिक्षकको स्वास्थ्य लाभको कामना तथा प्रहरी दमनको विरोधमा असाोज ११ गते विहिवारको दिन रौतहट जिल्लाको सम्पुर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।


त्यस्तै रौतहट जिल्लामा कार्यरत अस्थायी प्रकृतिको (राहत ,उमाशी,प्राविधिक ,वालविकाश,अनुदान आदि ) शिक्षक,विद्यालय कर्मचारी तथा पेन्सन बन्चित शिक्षहरुलाइ काठमाडौ केन्द्रित आन्दोलनमा असोज ११ गतेदेखि बाढी भन्दा बढि सहभागी गराउन सहजीकरण गर्ने, असोज १२ गते देखि शुक्रवारसम्म आन्दोलित शिक्षकहरुको समस्या समाधान नभए रौतहट माहासंघ पेशागत संस्थासँग सहकार्य गरि कडा भन्द कडा आन्दोलन गर्ने रहेको छ ।
त्यसैगरी नेपाल शिक्षक माहासंघको अहवानमा रौतहटको १८ वटा पालिकाबाट उल्लेखनीय सहभागी भएकोमा सम्पुर्णमा धन्यवाद तथा अभार,नेपाल शिक्षक माहसंघको नेतृत्वको आन्दोलनबाट भएको ऐतिहासिक उपलब्धि संस्थागत गर्न पहल गर्ने तथा बाकी उपलब्धि को लागि र पीडित शिक्षकको आन्दोलनमा सक्रिय भुमिका निर्वाह गर्ने निर्णय गरिएको छ ।
सो अवसरमा नेपाल शिक्षक संघ रौतहटमा आबद्ध शिक्षकहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

जनकपुर, ११ असोज । आज मधेस प्रदेशमा सार्बजनिक बिदा दिईएको छ ।

 

मधेस प्रदेश सरकारले मुस्लिम धर्मावलम्बीको पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा आज सार्वजनिक बिदा र्दिएको हो ।

 

प्रदेशको गृह सञ्चार तथा कानून मन्त्रालयका निमित्त सचिव उत्तमप्रसाद खरेललले आज एक सूचना जारी गरी मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा असोज ११ गते सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिए ।

आरके श्रीवास्तव,रौतहट,१० गते असोज
असोज १४ देखि एकीकृत समाजवादीको सुरु हुने ‘समाजवाद जागरण यात्रा’ आउँदो असोज १८ गते रौतहटमा पुग्ने भएको छ । जिल्लाको मध्य भाग गरुडामा भएको नेकपा (एकीकृत समाजवादी) को जिल्ला कमिटिको बैठकमा सो जानकारी गराइएको हो ।
समाजवाद जागरण यात्राले असोज १७ गते बेलुका चन्द्रनिगाहपुरमा विषयगत छलफल, १० देखि १ बजेसम्म गरुडामा सभा र २ बजे हरनहियाबाट बारा जिल्ला लाइ हस्तान्तरण गरि बिदा हुने कार्यक्रम तय गरिएको छ ।

एसमाजवादी पार्टीले आगामी असोज १४ देखि २८ गतेसम्म दुई साता लामो मेची–महाकाली राष्ट्रिय अभियान गर्ने भएको छ । ‘समाजवाद जागरण यात्रा’ झापाको काँकडभिटा स्थित मेची नदीबाट सुरु गर्ने भएको छ । उक्त यात्रा असोज २९ गते पश्चिम महाकाली पुगेर सकिनेछ ।

पार्टीको निति एवम् विचारलाइ देशव्यापीरूपमा प्रचारप्रसार गर्ने उद्देश्यले यात्रा सुरु आयोजन हुन लागेको जिल्ला अध्यक्ष कमल यादवले जानकारी गराएका हुन् । जागरण यात्रालाई व्यवस्थित र सफल बनाउन अध्यक्ष यादवको संयोजकत्वमा ‘समाजवाद जागरण यात्रा’ व्यवस्थापन समिति रौतहट गठन समेत गरिएको छ ।

बैठकलाइ सम्बोधन गर्दै वक्ताहरुले यात्राको क्रममा देशमा उत्पन्न राजनीति अवस्था बारे जानकारी गराउने,आर्थिक मनदीमा पार्टीको निति लगायतका बारेमा जानकारी गराइने जनाएका थिए । साथै उनीहरुले नेकपा (एमाले) सँग विद्रोह गरेर अलग हुनुको औचित्य बारे पनि जानकारी गराइने बताएका थिए ।
सो अवसरमा संविधानसभा सदस्य रामकुमार भट्टराइ, प्रदेश सांसद कनिस पटेल,बौधिमाई नगरपालिकाको नगर प्रमुख प्रदिप यादव,गौर नगरपालिकाको मेयर शम्भु साह,बृन्दावन नगरपालिकाको मेयर बिनोद पटेल,जिल्ला इन्चार्ज सारला यादव,पूर्व प्रदेश सांसद नागेन्द्र यादव,गरुडा नपाका मेयर प्रत्यासी बृजकिशोर यादव, वडा अध्यक्ष तुरन्त नरायण यादव,लक्ष्मी नरायण यादव लगायत एसमाजवादीका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

रौतहट,१० गते असोज ।
रौतहटमा कालोपत्र भएको तीन महिना नबित्दै उप्किन थालेको छ । जिल्लाको देवाही गोनाही नगरपालिका अन्तर्गत मलंग चौक देखि देवाही जाने बाटोमा ह्युम पाइप निर यस्तो भएको हो ।
सडक डिभिजन चन्द्रनिगाहपुरको बजेटमा धन्सर कटहरिया कर्कच सडकमा कालोपत्रे,नाला र कल्भर्ट निर्माण कार्य काम भएको हो । यो सडक विस्तारको ठेक्का साहु कन्सट्रक्सन पतौरा ५ ले लिएको छ । करिब ४ करोड ९८ लाख ५५ हजार ५६८ रुपैयामा ठेक्का सम्भौता भइ काम भइरहेको छ ।


सो काम २०८० भदौ १४ गते सम्म निर्माण कार्य सम्पन्न गर्नु पर्ने समझौता पत्रमा उल्लेख रहेको छ । उक्त कालोपत्र सडक डिभिजनको प्राविधिकको मिलोमतोमा गुणस्तरहिन बनेको कारण उप्किन थालेको सरोकारवालाहरुको भनाइ छ । सडक गुणस्तरहीन बन्दा चाँडै भत्किन थालेको स्थानिय रुपेश पटेलले आरोप लगाएका छन् ।


कालोपत्र उप्केको र प्वाल भएको कारण सो सडक खण्डमा दुर्घटनाको उच्च जोखिम रहेको छ । जुनसुकै बेला दुर्घटना हुन सक्ने सम्भावना बढेको छ । त्यसैले सम्बन्धि निकायले चासो देखाउनु पर्ने स्थानियले माग गरेका छन् । निर्वाचन क्षेत्र रणनैतिक सडक विकास कार्यक्रम अन्तर्गत सो सडक कालोपत्र भएको हो ।

सो विकास निर्माणको काममा गुणस्तरीय काम गर्न स्थानीयहरुले बारम्बार आवाज उठाउँदै आएका थिए । तर पनि निर्माण कम्पनीले स्थानियको कुरालाइ वेवास्ता गर्दै धमाधम काम सकाएका थिए । स्थानियहरुले स्टीमेट अनुसार काम नभएको भन्दै विरोध समेत जनाएका थिए ।
यता सडक डिभिजनका इन्जिनियर प्रभु साह सँग सोध्दा साहु कन्सट्रक्सन लाइ कालोपत्र उप्केकोे ठाउँमा मर्मत गर्न निर्देशन दिइसकेको जानकारी गराए । प्वाल भएको र उखडेको ठाउँमा छिट्टै मर्मत हुने उनको भनाइ छ । भदौ १४ गते काम सम्पन्न गर्नुपने भएपनि अहिले सम्म काम नसकेको जनाए । काम भने अहिले पनि जारी रहेको उनले भने ।

बिरगञ्ज, १० असोज । बारामा गए राती गोली हानी एक भारतीय युवकको हत्या गरिएको छ ।

मोतिहारी जिल्ला दर्पाथाना सुक्लहियाका २२ वर्षीय अजितकुमार सिंहलाइ बारामा गोली प्रहार गरी हत्या गरिएको हो । उनको हत्या पचरौता नगरपालिका ६ लक्ष्मिनियामा भएको हो ।

मंगलवार बेलुकी सवा ६ बजे उनको हत्या भएको बाराका प्रहरी प्रवक्ता डिएसपी ददिराम न्यौपानेले जानकारी दिए । उनका अनुसार मृतक सिंह साथीहरुसँग मोटरसाइकल चढेर नेपाल आएको बेला उनको हत्या भएको हो । प्रारम्भिक अनुसन्धान अनुसार उनका साथीले उनी माथी गोली चलाएकाे देखिएकाे छ ।

 

यद्दपी मृतकको शव नारायणी अस्पताल बिरगञ्ज ल्याईएको छ भने सो घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सागर संगम ठाकुर ,रौतहट असोज ८ गते
आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु साहले सरकारले अपरिपक्व शिक्षा विधेयक ल्याएर देशमा द्वन्द निमत्याएको आरोप लगाएको छ । गृह जिल्लाको गृह नगरपालिका मौलापुरमा वडा नं.७ पथराबुधराम टोल (नन्कार) मा नव निर्मित बिधालय भवनको उदघाटन गर्दै पुर्वमन्त्री समेत रहेका अध्यक्ष साहले यस्तो बताएका छन । सरकारले संसदमा ल्याएको विधेयकले शिक्षकहरुको पेशागत हकहितको सुनिश्चित नगरेको भन्दै यो विधेयकले राहत शिक्षक, बालबिकास शिक्षक, नीजि शिक्षक, मदरसा शिक्षक, गुम्बा शिक्षकहरुलाई चिन्न नसकेको बताए ।
समाज र राष्ट्र उन्नयनमा महत्वपूर्ण योगदान गर्ने शिक्षकहरुप्रति राज्य यति धेरै उदाशीन, गैर जिम्मेवार एवं लापरवाह बन्न मिल्दैन वहाँले भने । अपुग पारिश्रमिक, भविष्यको अनिश्चितता र न्युनतम साधन–स्रोतको भरमा नीजी शिक्षकहरुले उत्पादन गरेको जनशक्ति उन्नत हुने तर अर्बौं लगानी रहेको सार्वजनिक शिक्षा तुलनात्मक रुपमा यति धेरै कमजोर हुने विषयप्रति राज्य र सम्बद्ध सबै पक्षको गम्भीर ध्यानाकर्षण हुन जरूरी छ ।
शिक्षा सेवा आयोग पास गरेर आएका, तुलनात्मक रुपमा राम्रो तलब सुविधा र सुरक्षित जागिर भएका बहुसंख्यक सरकारी शिक्षकहरु किन स्वयं आफुँमाथि भरोसा गरेर आफ्ना सन्तानहरुलाई सरकारी विद्यालयमा पढाउदैन यसको जिम्मेवार जवाब सरकारी शिक्षकले दिनुपर्छ कि पर्दैन ?, संविधान विरोधी शिक्षा विधेयक खारेज हुनुपर्छ कि पर्दैन?, लापरवाह र गैरजिम्मेवार शिक्षकहरु कानुनको अधिनमा बस्नु पर्छ कि पर्दैन ? “ भनेर उहाँले प्रश्न गर्नुभयो । मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना कुमारी साहको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा प्रमुख अतिथि आजपा अध्यक्ष साह द्धारा नव निर्मित बिधालय भवनको नाम परिर्वतन गरि श्री राम जानकी अधारभुत बिधालय नामाकरण गरिएको छ । उद्घाटन कार्यक्रममा बिशिस्ट अतिथिद्वय आम जनता पार्टीका उपमहासचिव एवं पुर्व प्रदेश सभा सदस्य मा.कुन्दन कुशवाहा र आजपाका प्रवक्ता चन्द्र भूषण साह रहनु भएको थियोे ।
बिधालय भवनको लाग्तबारे मौलापुर नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत रामबाबु साह जानकारी गराउनु भयो । उक्त कार्यक्रममा अतिथिको रुपमा मौलापुर नगरपालिकाका उपप्रमुख नागेन्द्र प्रसाद यादव,आजपाको मधेस प्रदेश ईन्चार्ज सुधिर यादव, आजपाका रौतहट जिल्ला ईन्चार्ज त्रिभुवन साह अमर,केन्द्रीय सदस्य मनोज यादव,भोला पाण्डे श्री भग्वान पटेल ,मौलापुर नगरपालिकाका प्रवक्ता एवं दलित नेता चन्देश्वर बैठा, वडा नं.३ का अध्यक्ष महेश कुशवाहा, वडा नं.५ का वडा अध्यक्ष चन्द्रशेखर साह, वडा नं.७ का वडा अध्यक्ष रामपुकार साह, वडा नं.८ का अध्यक्ष श्री परशन यादव, वडा नं ९ का श्री पुजन साह,कार्यपालिका सदस्य,बिधालयका सम्पूर्ण शिक्षक शिक्षाका लगाएत लगायतका जनप्रतिनिधि एवं राजनीतिक नेतृत्व सहित सयौंको संख्यामा अभिभावक, विद्यर्थी, शिक्षक र कर्मचारीहरुको उत्साहवर्धक सहभागिता रहेको थियो ।

 

रौतहट, ०८ असोज । रौतहट जिल्लाको राजदेवी नगरपालिकामा नागरिक वडा पत्र राख्न जनमत पार्टी द्धारा ज्ञपान पत्र बुझाइएको छ । आज जनमत पार्टीका रौतहट राजदेवी नगर कार्य समितिद्धारा नगरपालिकामा ज्ञापन पत्र बुझाइएको छ । नगर कार्यसमितिका अध्यक्ष प्रभु राय यादवको अध्यक्षतामा राजदेवी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रल्लव कायस्थलाई सो ज्ञापन पत्र बुझाइएको छ ।

हरेक सरकारी निकाय वा कार्यालयहरुमा सेवाग्राही लाई सुविधाका लागि नागरिक वडा पत्र अनिवार्य राख्ने नियम हुदाँ हुदैँ पनि राजदेवी नगरपालिकाले नराखेको देखिएकोले यस नगरपालिका भित्र रहेका सम्पूर्ण स्वास्थ्य चौकी, प्रसुतिगृह, आर्युवेद, स्वास्थय केन्द्र र पशु स्वास्थय केन्द्रहरुमा प्रदान गरिने सेवा÷हुने उपचार, निशुल्क प्रदान गरिने औषधी लगायत स्वास्थय समाग्रीहरुको पुर्ण विवरण सहितको सेवा ग्राहीले सजिलै तथा सहज रुपले हेर्न सक्ने ठाँउमा वडा पत्र एक हप्ता भित्र अनिवार्य रुपमा लगाउनु पर्ने मागँ रहेको ज्ञापन पत्रमा उल्लेख रहेको छ ।

गरिएको माँग लाई एक हप्ता भित्र सम्बोधन गरिएन र अनुगमन तथा निरिक्षणमा जादाँ वडा पत्र देखिएन भने थप संघर्ष गर्ने बाध्य हुने कुरा तथा संघर्ष गरिने परिवेशमा भएको सम्पूर्ण क्षतिको जिम्मेवार नगरपालिका स्वेम हुने कुरा उक्त ज्ञापन पत्रमा जनाइएको छ ।

उक्त ज्ञापन पत्र बुझाउने क्रममा जनमत पार्टीका केन्द्रीय सदस्य बिकास कुमार यादव, अशोक कुमार सिंह, जिल्ला सदस्य शिवशरण यादव, वडा प्रत्यासी सुरेन्द्र ठाकुर, जामुन दास, शषिभुषण राउत, कृषनन्दन तिवारी, नितेश झा लगायत जनमत पार्टीका विभिन्न नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।