रौतहट,असोज १४ गते ।
रौतहटमा निर्माणधिन विद्यालय भवन प्रयोगमा नआउँदा एक विद्यालयका विद्यार्थीहरु खुला आकाशमुनी पढ्न बाध्य भएका छन् ।

जिल्लाको देवाही गोनाही नगरपालिका–६ आधारभुत विद्यालय कर्कच गुठ्ठिका बालबालिकाहरु भवनको अभावमा खुला आकाशमुनी भुईमा बसेर पढ्न बाध्य छन् ।

प्राप्त जानकारी अनुसार सो विद्यालयका बालबालिकाका लागि चन्द्रशेखर साह नामका ठेकेदारले दुई महिना अघि निर्माण गरिसकेको दुई तल्ले आठ कोठे भवन अझै नगरपालिका वा विद्यालयलाई हस्तान्त्रण गर्न सकेका छैनन । जसका कारण बस्ने कोठा नपाएर सो विद्यालयका सयौं छात्रछात्राहरु विद्यालयको चौर र ब्रण्डामा बसेर पढ्ने गरेका छन् ।

नगरपालिकाको ७८ लाख रुपैयाको लागतमा २०८० साल कार्तिक मसान्त भित्रमा निर्माण कार्य पुरा गर्ने समय पाएका ठेकेदार साहले निर्माण कार्य पुरा गर्ने समय भन्दा तिन महिना अगाबै गत असारमा नै विद्यालय भवन निर्माण कार्य पुरा गरेर भुक्तानीका लागि नगरपालिकामा बिल भर्पाई पेश गरेका थिए ।
तर रकम अपुग भएको भन्दै नगरपालिकाले गएको असारमा भुक्तानी दिन नसक्दा भुक्तानी पाउनुपर्ने माग राख्दै निर्माण कम्पनीका ठेकेदार साहले नव निर्मित विद्यालयको भवन अझै पालिकालाई हस्तान्त्रण गरेका छैनन ।
निर्माण कार्यका लागि समझौता भएका ७८ लाख रुपैयाँ मध्ये ठेकेदारले ५० लाख रुपैया भुक्तानी पाइसकेका छन भने २८ लाख रुपैयाँ भुक्तानी पाउन अझै बाँकी छ ।

भुक्तानी पाउने माग गर्दै ठेकेदार साहले विद्यालय भवनको आठवटै कोठाहरुमा ताल्चा लगाइदिएका छन् । भुक्तानी नदिएसम्म ताल्चा नखोल्ने साहको अडानका कारण प्रयाप्त कोठाको अभावमा विद्यार्थीहरु महिनौ देखी घाम पानी सहेर खुला आकाशमुनी भुईमै बसेर पढ्दै आएका छन् ।
“खुला आकाशमुनि बसेर पढ्दा सा साना विद्यार्थीहरुलाई घाम र पानीले सताउने गर्छ,” विद्यालयका एक शिक्षकले भने् । कक्षा कोठामा जस्तो खुला आकाशको पढाइ सहज नभएको उनको भनाइ छ ।

कक्षा १ देखी ८ सम्म पढाई हुने सो विद्यालयका कक्षा ४ देखी ८ सम्मका विद्यार्थीहरुलाई अर्को भवनमा पढाउँदै आएको भए पनि कक्षा १ देखी ४ कक्षाका विद्यार्थीलाई कक्षा कोठा नपुगेका कारण खुला आकाशमुनि पढाउनुको विकल्प नभएको विद्यालयको भनाइ छ ।
वडा अध्यक्ष विष्णु कुमार दासले कार्यपालिकाको बैठकले निर्माण कम्पनीलाई बाँकी रहेको रकम भुक्तानी दिने विषयमा छलफल भइरहेको बताउँदै बक्यौता रकम बारे चाडै कुनै ठोस निर्णय हुने र तालाबन्दी पनि खुल्ने बताएका छन् ।
रौतहट, १३ असोज । होहल्ला गरेको आरोपमा प्रहरीले डेढ दर्जन टिकटक स्टारलाई नियन्त्रणमा लिई हिरासतमा राखेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख महेन्द्र कुमार श्रेष्ठले दिएको जानकारी अनुसार सिया पैलेस होटेल, गौरमा मदिरा सेवन गरि हो हल्ला तथा अभद्र व्यवहार गरेको आरोपमा टिकटक स्टारहरू पक्राउ परेका हुन । सो घटनाका बारेमा वास्तविकता छानबिन भई रहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।
पक्राउ पर्नेमा गरुडा नगरपालिका वडा नम्बर १ जयनगरका राजकुमार साहसहितका टिकटक स्टार रहेका छन । पक्राउ गरिएका सबै दोषि नरहेको र घटना बारे थप अनुसन्धान भई रहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।
सिया पैलेस होटलमा बसेका महिला डाकटरको कोठा ढक्कयाई खोल्न लगाउने तथा अभद्र व्यबहार गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो। राति १२ बजेसम्म तलको हलमा अश्लील नृत्य तथा होहल्ला भई रहेको सुचना स्थानिय प्रशासनले पाएपछि प्रहरी पुगेका थिए ।
प्रहरी पुग्न साथ अन्दाजी डेढ सय भन्दा बढीको संख्यामा रहेका दर्शक भागेका थिए ।
बिरगंज, १४ असोज । राप्रपा नेपालले आज पर्साको बिरगंजमा सभा गर्ने भएको छ ।
घन्टाघर नजिकको खुल्ला स्थानमा आयोजना गरिने सभाको सम्पुर्ण तयारी सकिएको पार्टीका वरिष्ठ उपाध्यक्ष राजिब पराजुलीले जानकारी दिए ।
पुर्ब मन्त्री समेत रहेका पराजुलीका अनुसार यो सभा काठमाडौंको बिरोध प्रदर्शनको निरन्तरता हो । ‘हामी भ्रष्ट ब्यबस्थाको अन्त्यको लागि देशका बिभिन्न भागहरुमा यसैगरी बिरोध प्रदर्शन र सभाहरु गर्दै आन्दोलनको बाताबरण तयार गर्नेछौ, अब राप्रपा नेपाल सडक केन्द्रित गतिविधिमा क्रियाशिल हुन्छ ।’
राप्रपा नेपाल पर्साका अध्यक्ष नरेश सिंहले सभामा उल्लेख्य जनसहभागिता गराउन व्यापक जनपरिचालन गरिएको बताए । सभालाई पार्टी अध्यक्ष कमल थापा, नेताहरु राजिब पराजुली ,तारानाथ लुईटेल, वरिष्ठ अधिबक्ता बिष्णु भट्टराई, राजाराम बर्तौला लगायत नेताहरुले सम्बोधन गर्ने पार्टीले जनाएको छ ।
महोत्तरी, १२ असाेज । श्रम तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारलाई अवसरको रुपमा लिनुपर्ने बताएका छन ।
सुरक्षित आप्रवासन कार्यक्रम (सामिले) आयोजना गरेको कार्यक्रममा सहभागी हुन महोत्तरी पुगेका मन्त्री भण्डारीले बैदेशिक रोजगारलाई नै ब्यवस्थित बनाउनुको विकल्प नरहेको बताएका हुन ।
विदेश जानुपर्ने बाध्यात्मक अवस्थालाई अवसरको रुपमा प्रयोग गरे नेपालले सीप र अनुभवलाई भित्र्याएर समृद्ध बनाउन सकिने धारणा ब्यक्त गरेका छन् । बैदेशिक रोजगारलाई व्यवस्थित बनाउन श्रम मन्त्रालयवाट ऐतिहासिक कामहरु गरेको बताउदै मन्त्री भण्डारीले बिचौलियावाट मुक्त बनाउने देखि रोजगार गन्तव्य मुलुकसँग नयाँ सम्झौताको लागि समेत प्रक्रिया अगाडि बढाएको बताए । खाडी तथा अन्य मुलुकहरुमा जानेको संख्या मधेश प्रदेशका जिल्लाहरुवाट उच्च रहेको र यस्लाई सुरक्षित बनाउन अर्को चुनौती रहेको मन्त्री भण्डारीको भनाई छ ।
कार्यक्रममा आप्रवासी हकहित संजाल मधेश प्रदेशले बिभिन्न १७ वटा बुदाँ सहितको माग राखेर ज्ञापनपत्र समेत बुझाएको छ । ज्ञापनपत्रमा उल्लेख भएका सवै बुद्दाहरुमा कामहरु भएको बताउदै मन्त्री भण्डारीले निकट दिनमा नै त्यस्ले कार्यान्वयनको रुप लिनेमा आश्वस्त बनाए ।
ज्ञापनपत्रमा विमा कम्पनीले मृतक परिवारलाई जवर्जस्ती पुन: बिमा गराउने, वैदेशिक रोजगार बोर्डवाट प्रदान गरिने उपचार खर्च छिटो, छरितो बनाउनु पर्ने, बैदेशिक रोजगारमा जानेहरुलाई अनिवार्य सिप, तालिमको ब्यबस्था गरिनुपर्ने जस्ता माग राखिएको छ ।
मन्त्री भण्डारीले २०७२ मा घोषणा गरेको फ्री भिषा, फ्री टिकट सस्तो लोकप्रियताको लागि गरिएको बताउदै त्यो व्यवहारत: नभएको जिकिर गरे । रोजगार गन्तव्य मुलुकहरु मध्ये केही कम्पनीमा यस्तो भएतापनी १० हजार लागतको नाममा मेनपावर व्यवसायीहरुले राज्यलाई नै ठगिरहेको जनाएका छन् ।
`कागजमा १० हजार तर कामदारसगँ लाखौ रुपैया लिने अनि राज्यलाई कर नतिर्ने विषयमा हामी नया ढंगले काम गरिरहेका छौ,´ मन्त्री भण्डारीले भने, `अब बिचौलियावाट मुक्त बनाउन मेनपावर व्यवसायी स्थानिय तहको रोजगार शाखामा जोडिने प्रक्रिया पनि अगाडि बढेको छ ।´
मुकेश कुमार यादव
सिरहा, १२ असोज । राजनीतिमा देखिएको फोहर सफागर्न महिलाहरु राजनीतिमा पनि सक्रिय हुनुपर्ने गोलबजार नगरपालिका-३ का वडा अध्यक्ष धनप्रसाद लामाले बताएका छन्। कोपीला महिला बचत तथा ऋण सहकारी संस्था लि. जमदहको २६ औं साधारणसभालाई सम्बाेधन गर्दै वडा अध्यक्ष लामाले राजनीतिमा पनि सुशासन, अनुसाशन र पारदर्शीताको लागि महिला नेतृत्व आवश्यक रहेको बताएका हुन् ।
पुरुषहरुको नेतृत्वमा रहेको संस्था प्रायः जोखिममा रहेको भन्दै एकछत्र राज रहेको स्थानीय सरकारमा महिला नेतृत्व आवश्यक रहेको बताए। उनले भने, ‘महिलाको नेतृत्वमा रहेका संस्थाहरु प्रायः सफल हुनेगरेकाले स्थानीय सरकारमा अहिले भएको कुशासन, अनुशासनहिनता र समान विकासको निम्ति महिला नेतृत्व आवश्यक छ।’
सानो पुजिबाट विगत २६ वर्षदेखि निरन्तर नाफामा रहेको सहकारीलाई थप राम्रो बनाउँदै समाजलाई पनि सुन्दर बनाउनु सक्रिय हुनु पर्नेमा जोड दिए।
आरके श्रीवास्तव,रौतहट,१२ गते असोज ।
रौतहट । थारु कल्याणकारिणी सभा रौतहटको अब आफनै भवन निर्माण हुने भएको छ । जसको लागि आज जिल्लाको गुजरा नगरपालिकामा सभाहल भवनको शिलान्यास गरिएको छ । सो नगरपालिकाको वडा नम्बर ९ दयालपुरमा सभाहल भवनको शिलान्यास गरिएको हो ।

सोही वडाका वडा अध्यक्ष प्रेम चौधरीले शुक्रवार एक कार्यक्रमका बिच विधिवत् रुपमा शिलान्यास गर्नुभएको हो । थारु कल्याणकारीणी सभाको भवन रु. ९० लाख भन्दा बढीको लागतमा निर्माण हुन लागेको थारु कल्याणकारिणी सभा रौतहटका सभापती जगरनाथ चौधरीले जानकारी दिनुभयो । कल्याणकारीणी सभाको भवन नगरपालिका,विभिन्न वडाका वडा अध्यक्ष,सहयोगी चन्दादाताहरुको सहयोगमा भवन निर्माण कार्य सुरु गरिएको उहाँले बताउनुभयो ।

रामबाबु चौधरीले सञ्चालन गर्नु भएको कार्यक्रममा भागीरथ चौधरीले स्वागत मन्तव्य राख्दै अतिथीहरुले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा आफनो मन्तव्य राख्दै प्रमुख अतिथी चौधरीले थारु समाजको लागि आज उत्साहजनक र ऐतिहासिक दिन रहेको उल्लेख गर्नु भयो । साथै उनले दयालपुरमा नै थाकसको भवन निर्माण गर्नको लागि पहल गर्नु हुने सम्पूर्ण जनालाइ धन्यवाद ज्ञापन गर्नु भयो ।

साथै कार्यक्रमलाइ समापन गर्नु हुँदै थाकस रौतहटका अध्यक्ष चौधरीले भवन निर्माणमा मात्र थारु समाजको होइन् कि सवै वर्गको सहयोग बाट आज हामीले यो अवसर पाएका छौं । यसलाइ सहि तरिकाले सदुपयोग गर्ने छौं । भवन निर्माणमा सहयोग गर्नु हुने सबै महानुभावहरुलाइ धन्यावाद पनि ज्ञापन गर्नु भयो ।
वि.स.२००५ सालमा स्थापना भएको थाकस रौतहटको भवन विहिन रहेको थियो । वडा अध्यक्ष चौधरी र विभिन्न व्यक्तीत्वहरुको सहयोगमा सो भवन बन्न लागेको हो । वडा अध्यक्ष चौधरीले थाकसको भवन निर्माणको लागि आफनो वडामा रहेको १० कठ्ठा जग्गा उपलब्ध गराए पछि सो भवन बन्न सम्भव भएको हो ।

सो अवसरमा गुजरा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार अधिकारी, थाकसका केन्द्रिय सदस्य चन्द्रपुर नपाका पूर्व नगरप्रमुख रामचन्द्र चौधरी, अधिकलाल चौधरी,वडा नम्बर १ का वडा अध्यक्ष रामजीत चौधरी,वडा नम्बर २ का वडा अध्यक्ष अशोक खाँ थारु,वडा नम्बर ४ का वडा अध्यक्ष झमक प्रसाद चौलागाइ,पूर्व सभापती रामश्रय चौधरी,दलित अगुवा पूनित राम सहित जिल्ला भरीका थारु समाज अगुवा व्यक्तीत्वहरुको सहभागिता रहेको थियो ।


सर्लाही, ११ असोज । सर्लाहीको रामनगर गाउँपालिका–१ खैर्वाकी २१ वर्षीया मनिषा साहको शव चिताबाट बरामद गर्दै तीनजनलाई प्रहरीले नियन्त्रणम लिएको छ ।
बुधबार दिउँसो मनुषमारा घाटमा जलाउने तयारी गरिएको अवस्थामा मनिषाको शवलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनको मृत्यु शंकास्पद देखिएपछि शव बरामद गर्दै मनिषाका श्रीमान सुनिल साह, ससुरा रामेश्वर र देवर रामबाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उनीहरुलाई घाटबाटै नियन्त्रणमा लिएर अनुुसन्धान गरिएको प्रहरीको भनाइ छ ।
परिवारका सदस्यले छारे रोगबाट पीडित मनिषाले आत्महत्या गरेको दाबी गरेका छन् भने प्रहरीले शंकास्पद ठानेर शव बरामद गर्दै परिवारका सदस्यलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको हो । संकलित प्रमाणको आधारमा घटनाको अनुसन्धान र शवको पोष्टमार्टमको रिपोर्टपछि सबै थाहा हुने प्रहरीले भनेको छ ।
युवतीको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवाको शव गृहमा राखेको छ ।
सिरहा ११ असोज। सिरहामा नापी कार्यालयको कर्मचारीहरुले सेवाग्राहीसँग खुलेआम घुस रकम लिएर काम गर्ने गरेका पाइएको छ। लहानस्थित नापी कार्यालयका कर्मचारीहरुले सेवाग्राहीसँग किताकाट, ब्लु प्रिन्ट लगायतका काममा विचौलिया तथा कर्मचारीहरु आफैँले खुलेआम अतिरिक्त रकम लिने गरेको पाइएको हो।
नापी कार्यालयका कर्मचारी र लेखापढी व्यवसायीहरुको सेटिङमा सेवाग्राहीसँग घुस लिएर मात्र कागजी प्रक्रिया अगाडि बढाउने गरेको पीडित सेवाग्राहीहरु बताउँछन्। लामो समयपछि किताकाट खुलेकाले सेवाग्राहीको चाप बढेकाले नापी र मालपोतबाट हुने सबैखालका काम विनाघुस नहुने नाम उल्लेख नगर्ने सर्तमा धनगढीमाई नगरपालिकाका एक सेवाग्राहीले बताए।
उनले भने, ‘म सामान्य कित्ताकाटको लागि सबै प्रक्रिया पुर्याएर बिहानै कार्यालाय पुग्दा पनि ४ बजेमात्र कित्ताकाट गरिदिए। ६ घण्टा लगाएर ४ बजेमात्र नक्सा हातमा पर्याे । तर, सबै कागजात हुँदा र प्रक्रिया पूरा गरेर बुझाउँदा काम गराउन घुस दिनु पर्याे । घुस दिएका कारण बल्ल ४ बजे काम भयाे । घुस नदिएकाे भए काम नै नहुने रहेछ । नापी कार्यालयले समयमा काम नगरिदिँदा जग्गा पासको काम पनि त्यसदिन हुन सकेन।’
गोलबजार नगरपालिका-६ का अर्का सेवाग्राही जग्गा कित्ताकाटकोलागि गत सुक्रवार बिहान १० बजे कार्यालय पुगे पनि कार्यालय बन्दहुने समयमा मात्र नक्सा उनको हातपर्याे। तयार भएको नक्सासहितको कागजात लिन अमिन (सर्वेक्षक) गैन महतोलाई घुसबापत दुई हजार रुपैयाँ दिनुपरेकाे उनकाे आराेप छ ।
‘मेरो भरदिन त्यहि काममा बबित्यो, तर ति सर्वेक्षकले मसँग अतिरिक्त रकम नलिएसम्म कागजात नै दिएन। मैले पनि कति हैरानी झेल्नु भनेर अन्तमा दुई हजार रकम दिएँ,’ उनले न्युज कारखानासँग भने ।
लामो समयपछि किताकाट खुलेकाले नापी र मालपोतमा सेवाग्राहीको भिडभाड लाग्ने गरेकाले त्यसको फाईदा उठाउँदै अमिनहरुले अतिरिक्त रकम माग्ने गरेका छन्। उनीहरुले सेवाग्राहीलाई भिडको बहाना देखाउँदै आज काम नहुनेभन्दै फर्काउने र अतिरिक्त रकम नदिनेको काम ढिलो गर्ने गरेको सेवाग्राहीहरुको गुनासाे छ।
घुस खुवाउन नसक्ने सेवाग्राही सेवाबाटै बन्चित हुने स्थिति रहँदा नापी कार्यालय लहानका प्रमुख नापी अधिकृत संजय कुमार सिंह भने पन्छिन खाेजे । कार्यालयमा भएकाे अनियमितता र घुस लेनदेनले सेवाग्राही मर्कामा परेकाे विषयमा आफू जानकार नरहेकाे भन्दै पन्छिएर कर्मचारीमाथि आराेप लगाउँदै सिंहले भने, ‘उनको (अमिन गैन महताे) व्यवहार अलिक ठिक छैन । तपाईंले मलाई जानकारी गराउनु भयो । म उनलाई सम्झाईदिउँला ।’
अधिकृत सिंहकै अभिव्यक्ति र गत ६ भदौमा यस कार्यालयमा कार्यरत अमिन दिपरञ्जन यादव १० हजार घुससहित समातिनुले पनि घुस लेनददेन तथा अनियमिततामा कार्यालय प्रमुखलगायतका मिलोमतो रहेको पुष्टि गर्छ।
सिरहाका अधिकांश भीडभाड हुने अडाहरु मालपोत कार्यालय, नापी कार्यालय, भूमि सुधार, जिल्ला प्रशासन कार्यालयमा दिनहुँ सेवाग्राहीहरु ठगिने गरेको गुनासाे आउने गरेकाे छ ।
काठमाडौं, ११ असोज । महोत्तरीको सोनमा गाउँपालिका–५, खयरबनी चोकबाट प्रहरीले कटुवा पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको विहार राज्यस्थित सितामढी जयनगर ग्रामपंचायत–११ बस्ने २४ वर्षीय बलविन्द्र महतो रहेका छन्। उनलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार पेस्तोलसहित सोही पेस्तोलमा लाग्ने गोली एक राउण्ड, किल्ला उक्काउने रड दुई थान र पेचकस एक थान बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय खैयरबनीबाट खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० के ३४५९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा लुकाई छिपाई राखेको उक्त हतियार फेला पारेको जनाइएको छ।
साथै बीआर ५५ ए २७२५ नम्बरको मोटरसाइकल चालकले प्रहरीलाई देख्नासाथ मोटरसाइकल छोडी फरार भएका छन्। प्रहरीले उनको खोजी गरिरहेको जनाइएको छ।
बज्जिकाञ्चल,असोज १२ गते ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गर्न लाग्नु भएको छ । एन्टा (Association of Nepali Terain in America) को सातौँ अधिवेशनमा सहभागि हुन अध्यक्ष यादव शुक्रबार (सेम्टेम्बर २९ तारिख ) बिहान २ : १५ बजे कतार एअरबाट अमेरिका प्रस्थान गर्न लाग्नु भएको हो ।
यादव असोज २३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।