२०८३ श्रावण २
२०८३ श्रावण २

०८० कार्तिक , १९ आइतबार , पबन घिमिरे   ।

शनिवार चन्द्रपुर २ स्मृति पार्कमा एक भब्य कार्यक्रमको आयोजना गरि साधारण सभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष कृष्ण बहादुर खडकाको सभाध्यक्षतामा सम्पन्न साधारण सभामा मधेस प्रदेश भुमी ब्यवस्था तथा कृष्री सहकारी मन्त्री गोबिन्द न्यौपाने प्रमुख अतिथिका रुपमा रहेका थिय भने सोही मन्त्रालयका उप सचिव राममणि अधिकारीको समेत उपस्तिथि रहेको थियो ।

प्रमुख अतिथि द्वारा द्दिप प्रज्वलन गरि कार्यक्रमको औपचारिक उदघाटन गरिएको थियो साथै संस्थाका उपाध्यक्ष ऋसबदेब आचार्यले स्वागत मन्तव्य राखेका थिए । उक्त बार्ष्रीक साधारण सभामा समिती द्वारा प्रतिबेदन समेत प्रस्तुत गरिएको थियो । साधारण सभालाई सम्बोधन गर्नुहुदै भुमी ब्यवस्था कृषि सहकारी मन्त्री गोबिन्द न्यौपानेले सहकारीलाई अझ नितिगत रुपमा मधेस प्रदेशमा अगाडि बढाइ सहकारी प्रती प्रदेश सरकारले खेल्न सक्ने भुमिकामा कमि नरहने बताउनु भयो ।

उक्त कार्यक्रममा उपस्थित सहकारी अभियान्ताहरुले एकीकृत बचत तथा ऋण सहकारी संस्थालाई सफलता शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा सहकारी शाखा प्रमुख नसरे आलम , गुन्जन रेडियो स्टेशन म्यानेजर संजय कार्की , नव बिकासका राजु तिवारी , स्वस्तिक बचतका नरेन्द्र राना , सफल बचत प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो कार्यक्रममा विभिन्न बिधा तर्फ जेष्ठ नागरिक लगाएत बाल बालिकालाइ समान सहित शेयर सदस्य लाई चिठा मार्फत सम्मान गरिएको थियो । संस्थामा तीन हजार भन्दा बढी शेयर सदस्य रहेका छन भने करोडौको कारोबार गर्न संस्था सफल भएको छ ।

मुकेश कुमार यादव,सिरहा, १९ कात्तिक ।

सिरहाको गोलबजार नगरपालिका-३ स्थित सरस्वती माध्यमीक विद्यालय तेतरिया जमदहका प्रधानाध्यापकले विद्यालयमै पासो लागेको अवस्थामा फेला परेका छन्। बिहानै विद्यालय आएका प्रधानाध्यापक संजिवकुमार साहको खोजी भएपछि धेरै समयसम्म फेला नपरेपछि खोजतलास गर्ने क्रममा आफ्नै विद्यालयको तेस्रो तल्लाको सभाहलमा सलकाे पासो लागेको अवस्थामा भेटिएका हुन्।


बिहानै विद्यालय आएका प्रधानाध्यपक साह कार्यालय सहयोगीलाई मोबाइलको रिचार्ज कार्ड किन्न पठाएर आफू भवनको माथि जान कैँचीगेटको साँचाे मागेका थिए।


रिचार्ज कार्ड किनेर आएपछि साहलाई खोजीगर्दा नभेटेपछि कतै गएकाे हाेला भन्ने ठानेर खोजी नगरेको बताइएको छ। केहीबेरमा कैँचीगेटको भित्रबाट ताला लागेको देखेर अर्को साँचोले खोलेर माथि जाँदा पासोमा झुण्डिएको अवस्थामा फेला परेको कार्यरत एक शिक्षकले बताए।


घटना थाहा पाउन साथ प्रहरीलाई खबर गरेका थिए। प्रहरुले आफन्तलाई बोलएर शव मुचुल्का उठाउन भने पनि परिवारले घटना शंकास्पद रहेको भन्दै पासो काट्न दिएको छैनन्।

 

 राैतहट,कार्तिक १८ गते ।

जनता समाजवादी पार्टी नेपालको देवाही गोनाही नगरपालिकामा शुभकामना आदानप्रदान ,बृहत पार्टी प्रवेश तथा संगठन बिस्तार अभियान कार्यक्रम भव्य सभ्यरुपमा सम्पन्न भएको छ।

देवाही गोनाही नगरपालिका वर्डा नम्बर ८ देवाही बजारमा जसपा नेपाल रौतहट जिल्ला कार्यसमिति द्वारा आयोजनामा शुभकामना कार्यक्रम सम्पन्न भएको हो। जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्य समिति, रौतहट अध्यक्ष श्यामबिहारी राय यादवको अध्यक्षता तथा राष्ट्रीय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा उक्त कार्यक्रममा विशिष्ट अतिथि मधेश प्रदेश का मुख्यमंत्री सरोज यादव ,पूर्व मंत्री गोबिन्द चौधरी र अतिथि मधेश प्रदेश का पूर्व राज्यमंत्री योगेन्द्र यादव,पूर्व प्रदेश सांसद किशोरी यादव,प्रदेश सांसद शोभा साह ,गुजरा नगरपालिकाको नगरप्रमुख सन्तलाल चौधरी लगायत केन्द्र , प्रदेश,जिल्ला,तथा स्थानीय नेता कार्यकर्ताहरूको उपस्थिती रहेको थियो

। जनता समाजवादी पार्टी नेपालको केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले नेकपा एस देवाही गोनाही नगरपालिकाको मेयर प्रत्यासी जुझारु युवा नेता धर्मेन्द्र पटेललाई टीका गमछा लगाई पार्टी प्रवेश गराएका छन् । साथै बौधिमाई नगरपालिका वर्डा नम्बर २ इनर्वाका बिरेन्द्र प्रसाद पटेल लगायत हजारौ को संख्या मा विभिन्न पार्टी परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका छन् ।

   

राैतहट,कार्तिक १८ गते राैतहट ।
नमस्ते नेपालको मधेस प्रदेश स्तरीय प्रथम भेला राैतहटको कटहरियामा शनिबार भव्यताका साथ सम्पन्न भएको छ ।
देशका ७७ ओटै जिल्लाका युवाहरूलाई समाजसेवामा गोलबद्ध पार्ने उद्देश्यका साथ प्रदेश सम्मेलन गरिएको हो । कटहरिया नगरपालिका उप-प्रमुख रीता यादवको प्रमुख आतिथ्तामा भएको भेलामा नमस्ते नेपाल केन्द्रीय अध्यक्ष मनिष भुसाल, संस्थापक अध्यक्ष अर्जुन खरेल, केन्द्रीय अनुशासन विभाग प्रमुख एवं गण्डकी प्रदेश इन्चार्ज भुवन सुवेदी, मधेस प्रदेश
सह-इन्चार्ज असमी खड्काको उपस्थिति रहेको थियो ।
कटहरिया बजार स्थित विवाह भवनमा मधेस प्रदेश स्तरीय भेला कार्यक्रमका संयोजक एवं नमस्ते नेपालका केन्द्रीय कोषाध्यक्ष बरदान आचार्यको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगर उपप्रमुखयादवले नमस्ते नेपाल संस्थाको प्रशंसा गर्दै आफ्नो प्रदेशमा बिस्तार गरिएकोमा कृतज्ञता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा १५० भन्दा बढि युवाको उपस्थिति रहेको थियो । उक्त भेलाबाट सो प्रदेशका ८ वटै जिल्लाको प्रतिनिधित्व हुने गरि जम्मा ११ सदस्यीय तदर्थ समितिको गठन गरिएको छ ।
उक्त समितिले ६ महिना भित्र सम्बन्धित प्रदेशका ८ वटै जिल्लाहरूमा जिल्ला अधिवेशन सम्पन्न गरि प्रदेश अधिवेशन गर्ने लक्ष राखिएको केन्द्रीय अनुशासन विभाग प्रमुख भुवन सुवेदीले बताए । वि. सं २०६८ सालमा बाल क्लबको रूपमा स्थापित यस संस्था वि. सं २०७४ सालमा जिल्ला प्रशासन कार्यालयमा नमस्ते नेपालको नामले दर्ता भई सामाजिक कृयाकलापमा अग्रसर छ ।
कुलत रहित समाज निर्माण र युवाहरूलाई समाजसेवा संगै उद्यमशीलता संग जोड्ने लक्ष्य सहित यतिबेला संस्था नमस्ते नेपालले अहिले झण्डै १० हजार सदस्य जोड्ने उद्देश्य सहित देशव्यापी शाखा विस्तार अभियानमा लागेको केन्द्रीय अध्यक्ष मनिष भुसाल बताए ।

पर्सा १७ कार्तिक

जनता समाजबादी पार्टी नेपाल को बृहत पार्टी प्रबेश कार्यक्रम पर्साको कालिकामाई गाँउपालिका वडा नं २ भेडियारीमा भएको कार्यक्रम मा बिभिन पार्टी परित्याग गरि सयौ को संख्या मा पार्टी प्रबेश गरेका छन। जसपा नेपाल कालिकामाई गाउँपालिका कमिटि ले अायोजना गरेको कार्यक्रम मा कांग्रेस, नेकपा एस , लोसपा, लगायत ले जसपा नेपाल मा प्रबेश गरेका छन। जसपाले आयोजना गरेको पार्टी प्रबेश कार्यक्रममा संजय साह कानु,मोतिलाल साह, तबरेज खा, लालमहमद गदि, सुबास साह कानु, अबास मिया, मनइ पासवान, प्रदिप पसवान, सीता देवि, हिरामती देवी, मुनि देवि, माया देवि, रमिता देवि, सुनील साह तेली , सुनिल साह कानु, हरिकिशोर पासवान, लालमहम्मद राउत लगायतका सयौ को संख्या मा पार्टी प्रबेश गरेका छन। जसपाका गाँउ ईकाइ अध्ध्यक्ष तैयब खाँ को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी समेत रहेका मधेस प्रदेश सरकारका उर्जा,सिंचाइ तथा खानेपानी मन्त्री सिंहासन साह कलवारले नवप्रवेशीहरुलाई अबीर टीका लगाएर पार्टीमा स्वागत गरेका छन। कार्यक्रममा जसपाका केन्द्रिय सदस्य फिरोज मन्सुर, जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव, जिल्ला सचीव तबरेज अहमद, जिल्ला कार्याकारिणी समिति सदस्य इन्द्रासन साह कलवार, श्यामबाबु चौरसीया, कालिकामाइ गाँउपालिकाका जसपा अध्यक्ष दिनेश साह कलवार, कालिकामाइ गाउँपालिकाका अध्यक्ष बशिष्ट कुमार गुप्ता वडाध्यक्षाहरु लालबाबु चौरसिया, जयनारायण कुर्मी संजय पटेल, मन्त्रीका स्वकिय सचिव सचिन सिंह , गाउँपालिका सलाहकार अारमान खाँ, लगायतको सहभागीता रहेको थियो । कार्यक्रम संचालन रामबालक चौरसिया ले गर्नु भएको थियोे ।

राजेन्द्र महतो सिरहा १७ कार्तिक ।

सिरहामा प्रहरीले लागू औषध सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने मा त्रियुगा नगरपालिका वडा नं. ११ का ३३ बर्शिय सन्तोष चौधरी रहेका छ्न। जिल्ला को भगवानपुर गाउँपालिका वडा नं. ०१ भगवानपुर स्थित हुलाकी मार्गमा अ.प्र.पोष्ट भगवानपुर सिरहाबाट प्र.स.नि. मुना साहको कमाण्डमा खटिएको चेकिङ टोलीले पश्चिमबाट पुर्वतर्फ जादै गरेको स ९ प ८२५१ नं.को मोटरसाईकल लाई शंका लागी चेकजाँच गर्ने क्रममा चौधरीले मोटरसाईकलको सिट मुनि कालो प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेकोDIALEX-DC लेखिएको– १ बोतल,फेनरगन लेखिएको ३० एम्पुल,डाईजेपाम लेखिएको ३० एम्पुल ,ब्रुफेनोरफिन लेखिएको ३० एम्पुल लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। लागूऔषध र मोटरसाईकल सहित निज चौधरी लाई नियन्त्रणमा लिई ई.प्र.का. लहान सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ

आरके श्रीवास्तव,राैतहट,कार्तिक १७ गते ।
राैतहटमा भन्सार छलिकाे सामान,पिकअप गाडी सहित मानिस पक्राउ परेका छन् । भन्सार छली पैठारी गरी गहुँको बिउ पिकअप गाडीमा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको सुचना प्राप्त हुनसाथ खटिएको प्रहरी टोलीले पक्रेको हाे । जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी प्रवक्ता डिएसपि दामोदर केसीले दिएको जानकारी अनुसार शुक्रबार बिहान अन्दाजी करिब साढे १० बजेकाे समयमा गौर नगरपालिका वडा नम्बर ७ स्थित प्रदेश २-०३-००१ च.२१३८ नम्बरको पिकअप गाडी रोकी चेकजाँच गर्ने क्रममा पक्राउ परेको हाे ।
उनका अनुसार प्रहरी लाई प्राप्त सूचना अनुरुप नै भन्सार छली गरी ल्याइएकाे गहुँको बिउ १३९ बोरा १ बोरामा २० के.जी.को दरले जम्मा २,७८० के.जी. र पिकअप गाडी सहित चालक जिल्ला रौतहट गौर न.पा.वडा नं.७ बस्ने बर्ष ४४ को विरेन्द्र राय यादवलाई नियन्त्रणमा लिई रु.चौबिस लाख सत्तर हजार बराबरको मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको हाे ।

राैतहट,कार्तिक १७ गते ।

राैतहटमा करेन्ट लागेर महिलाकाे मृत्युु भएको छ । कटहरिया नगरपालिका–५ बहादुरपुर टाेल बस्ने बिजय साहकाे श्रीमती अन्दाजी ४० वर्षीया अनिता देवीको करेन्ट लागेर शुक्रबार अपरान्ह मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय गरूडाका प्रहरी प्रमुख ओमप्रकाश खनालले दिएको जानकारी अनुसार उक्त महिलाले आफ्नै घरको चापाकलमा जाेडिएकाे पानी तान्ने माेटरमा अचानक करेन्ट लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतककाे शवलाई पोस्मार्टमका लागी प्रदेशिक अस्पताल गौर पठाईएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कार्तिक १८ गतेके ,रौतहट ।

रौतहटको कटहरीया नगरपालिका ४ बलरामपुरमा धान कुट्ने मिल भएको एक घरमा आगलागी हुँदा १० लाख भन्दा बढीको क्षति भएको छ । आगलागीका कारण ६ चौपायाको जलेर मृत्यु भएको छ।स्थानीय गनिलाल साह तेलीको घरमा गए राति १२ बजे आगलागी भएको थियो। आगलागी बाट घर, ३ वटा भैँसी, ३ वटा खसी बाख्रा जलेर मरेका छन् भने एउटा मोटरसाइकल, विद्युतीय मोटर, मिलको पार्टपुर्जा जल्दा १० लाख बढीको क्षति भएको अनुमान गरिएको छ । आगो निभाउने क्रममा घरधनी गनिलाल साह घाइते भएका छन्। आगलागीको कारण भन्ने खुल्न सकेको छैन। राताेपाटी

बिशाल बस्नेत,महोत्तरी, १६ कार्तिक ।

महोत्तरीको पाटुमा भेटिएको मध्यपाषण युगको हतियार कारखानावारे पुरातत्वविदहरुले चासो देखाएका छन् ।

 

पुरातत्वविद प्रकाश दर्नालले गुड्रन कर्विन्सले पत्ता लगाएको हतियार कारखानाको थप अनुसन्धान र खोजी गरि संरक्षित क्षेत्र घोषण गर्नुपर्ने बताएका छन् ।

 

कर्विन्सले १९८५ मा बर्दिवास-३ स्थित पाटुमा फेला पारेको १० हजार बर्ष पुरानो हतियार कारखाना पुरातत्विक सम्पदाको हिसावले महत्वपूर्ण भएको बताउदै स्थानिय सरकारले विशेष चासो दिनुपर्ने उनकाे सुझाव छ । लामो समयदेखी पुरातत्विक सम्पदाका कै क्षेत्रमा कलम चलाउदै आएका गोबिन्द न्यौपानेले स्थानिय सरकारको पहलकदमलाई नै जोड दिएका छन ।

 

कार्विन्सले  आफ्नो किताब (प्रिहिज्टोरिक कल्चर्स इन नेपाल भोलम १, पुष्ट २३९, सन २००७) मा  अहिलेको पाटु र रातु नदी वरपरको मानव सभ्यता १० हजार वर्ष पूरानो भएको उल्लेख गरेकी थिईन । यसका लागि उनले सन् १९८५ को दशकमा १० वर्ष लगाएर पाटुको अध्ययन गरेकी थिइन् । रातो माटोले पुरिएको अवस्थामा हजारौ मध्य पाषण युगका हतियारहरु भेटिए पछि यो नै मध्यपाषण युगको हतियार कारखाना भएको उनकाे निष्कर्षमा थियो  ।

 

पछिल्लो समय स्थानिय पत्रकारहरुले यसकाे बिषयमा थप खोजी गर्न थालेपछी चर्चा चुलिदै गएको छ । पाटुमा फेला परेका केही हतियारहरुलाई राष्ट्रिय पुरातत्विक केन्द्रमा पनि संग्रहित गरिएको छ । तर चुरे दोहन र उत्तखननका कारण कर्विन्सले पत्ता लगाएका हतियारहरु नै हराउन सक्ने खतरा बढेको छ ।

 

स्थानियहरुको अतिक्रमण, ट्याक्टर व्यवसायीहरुको नदिजन्य पदार्थको उत्खननजस्ता समस्याहरुले थप संवेदनशीलता अपनाउनुपर्ने स्थानियह बताउँछन् । समाचारको माध्यमवाट प्रचार प्रसार भएपछि यसकाे थप खोजीमा जुटेका केही स्थानियहरुले  उत्खननका कारण यो पुरातत्विक सम्पदा नै जोखिममा रहेको गुनासो गरेका छन् । केही हतियारका अवशेष समेत संकलन गरेर राखेका स्थानिय रमेश खत्री ट्याक्टरहरुले त्यस्ता अनौठा ढुंगाहरु उठाउने गरेको बताउँछन् ।

 

अविलम्ब यो ठाउँलाई सुरक्षित गरि पुरातत्विक सम्पदाको जगेर्ना गर्न स्थानियहरुले जनप्रतिनिधिहरुसँग माग समेत गरेका छन् । ठाउँको पहिचान गरि उक्त क्षेत्रलाई संरक्षित क्षेत्रको रुपमा घोषणा गर्नुपर्ने उनीहरुको सुझाव छ । न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।