२०८३ श्रावण २
२०८३ श्रावण २

२८ कात्तिक,रौतहट ।

रौतहटको माधवनारायण नगरपालिका–२ खेसरहियामा दीपावली तथा छठ पर्वको अवसरमा आयोजित १० किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ । मंगलबार नेपाल  समाज विकास केन्द्रले आयोजना गरेको उक्त १० किलोमिटर दौड भएको हो ।

प्रतियोगितामा सहभागी पाँच किशोर र पाँच  किशोरीहरु पुरस्कृत भएका छन् । सरस्वती मावि खेसरहियाबाट सुरु भएको दौड  सखुअवा, जयनगर र दीपही हुँदै पुनः विद्यालयमा फिर्ता भएको थियो ।

प्रतियोगितामा किशोरीतर्फ प्रथम फूलकन्चन  कुमारी सहनी, द्वितीय अनु कुमारी सहनि, तृतीय अमृता रजक, चौथो मनिषा कुमारी चौधरी, पाँचौँ रिना कुमारी सहनि भएका थिए।

यस्तै किशोरतर्फ प्रथम अजेश कुमार राम, द्वितीय कविन्द्र कुमार शर्मा, तृतीय राजा महतो, चौथो रतनेश राउत, पाँचौँ विक्रम महतो भएका छन् ।

विजेताहरूलाई माधव नारायण नगरपालिकाका मेयर बैजु यादव र वडा–२ का वडाध्यक्ष राम विश्वास साहले संयुक्त रूपमा मेडल तथा प्रमाणपत्र प्रदान प्रदान गरेको स्थानीय समाजसेवी संजय महतोले जानकारी दिए । रातोपाटी 

सुनसरी, कात्तिक २८

सुनसरीको दुहबी ननरपालिका-३ सोनापुरस्थित एउटा बियर फ्याक्ट्रीको मेसिनमा च्यापिएर कामदारको मृत्यु भएको छ।

सोनापुरमा रहेको प्रिमियर अर्गानिक बियर फ्याक्ट्रीको मेसिनमा च्यापिएर कामदारको मृत्यु भएको हो। सोमबार राति स्थानीय १८ वर्षीय प्रमोद सरदार काम गर्ने क्रममा मेसिनको बेल्टमा चेपिएका थिए। मेसिनमा च्यापिएर प्रमोदको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय दुहबीको प्रहरी टोलीले घटनास्थलको कानुनी प्रक्रिया पुरा गरी शवलाई पोस्टमार्टमका लागी कोशी अस्पताल विराटनगर पठाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

घटनाका सन्दर्भमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। नेपाल लाइभ

कात्तिक २८, काठमाडौं ।

सरकारले सोमबारबाट नेपालमा टिकटकको प्रयोगमा प्रतिबन्ध लगाएको छ । मंगलबार एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सद्भाव र पारिवारिक एकतालाई खलल् पार्नबाट बचाउन टिकटक प्रतिबन्ध लगाउनु परेको बताएका छन् ।

नेपालमा टिकटकका लाखौं प्रयोगकर्ता थिए । कयौंले आफ्नो व्यवसायको प्रचार टिकटकको माध्यमबाट गर्दै आएका थिए । धेरै टिकटक क्रिएटरहरूले एपमा विभिन्न माध्यमबाट आम्दानी समेत गरिरहेका थिए ।

तर, टिकटकको सकारात्मकसँगै नकारात्मक प्रभाव परेको भन्नेहरूको संख्या पनि उत्तिकै छ । सामाजिक सञ्जालमा धेरैले प्रतिबन्धको स्वागत गरिरहेका छन् भने केहीले विरोध पनि ।

काठमाडौं । सरकारले सोमबारबाट नेपालमा टिकटकको प्रयोगमा प्रतिबन्ध लगाएको छ । मंगलबार एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सद्भाव र पारिवारिक एकतालाई खलल् पार्नबाट बचाउन टिकटक प्रतिबन्ध लगाउनु परेको बताएका छन् ।

नेपालमा टिकटकका लाखौं प्रयोगकर्ता थिए । कयौंले आफ्नो व्यवसायको प्रचार टिकटकको माध्यमबाट गर्दै आएका थिए । धेरै टिकटक क्रिएटरहरूले एपमा विभिन्न माध्यमबाट आम्दानी समेत गरिरहेका थिए ।

तर, टिकटकको सकारात्मकसँगै नकारात्मक प्रभाव परेको भन्नेहरूको संख्या पनि उत्तिकै छ । सामाजिक सञ्जालमा धेरैले प्रतिबन्धको स्वागत गरिरहेका छन् भने केहीले विरोध पनि ।

Esewa Money Transfer
Agni Group

टिकटक बन्द भएसँगै यसको विकल्पमा नेपालमा यी एप प्रयोग गर्न सकिन्छ :–

इन्स्टाग्राम रिल्स
इन्स्टाग्राममा छोटो भिडियोलाई ‘रिल’का रुपमा पोस्ट गर्न सकिन्छ । यसबाट विभिन्न ब्रान्डहरूसँग सहकार्य गरेर पैसा कमाउन सकिन्छ । यस्तै ठूला क्रिएटरहरूले लाइभ ब्याज र सप फिचरबाट पनि आम्दानी गर्नसक्छन् ।

काठमाडौं । सरकारले सोमबारबाट नेपालमा टिकटकको प्रयोगमा प्रतिबन्ध लगाएको छ । मंगलबार एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सद्भाव र पारिवारिक एकतालाई खलल् पार्नबाट बचाउन टिकटक प्रतिबन्ध लगाउनु परेको बताएका छन् ।

नेपालमा टिकटकका लाखौं प्रयोगकर्ता थिए । कयौंले आफ्नो व्यवसायको प्रचार टिकटकको माध्यमबाट गर्दै आएका थिए । धेरै टिकटक क्रिएटरहरूले एपमा विभिन्न माध्यमबाट आम्दानी समेत गरिरहेका थिए ।

तर, टिकटकको सकारात्मकसँगै नकारात्मक प्रभाव परेको भन्नेहरूको संख्या पनि उत्तिकै छ । सामाजिक सञ्जालमा धेरैले प्रतिबन्धको स्वागत गरिरहेका छन् भने केहीले विरोध पनि ।

Esewa Money Transfer
Agni Group

टिकटक बन्द भएसँगै यसको विकल्पमा नेपालमा यी एप प्रयोग गर्न सकिन्छ :–

इन्स्टाग्राम रिल्स
इन्स्टाग्राममा छोटो भिडियोलाई ‘रिल’का रुपमा पोस्ट गर्न सकिन्छ । यसबाट विभिन्न ब्रान्डहरूसँग सहकार्य गरेर पैसा कमाउन सकिन्छ । यस्तै ठूला क्रिएटरहरूले लाइभ ब्याज र सप फिचरबाट पनि आम्दानी गर्नसक्छन् ।

Global Ime bank

फेसबुक रिल्स
फेसबुकमा रहेको रिल्स फिचर पनि टिकटकको राम्रो विकल्प हो । रिल्समा अपलोड गरेका भिडियोमा धेरै भ्युज गएमा मोनिटाइज गरेर आम्दानी गर्न सकिन्छ । फेसबुकमा रिल मात्रै होइन भिडियोहरू नै अपलोड गरेर मापदण्ड पुगेपछि मोनिटाइज गरेर आम्दानी गर्न सकिन्छ ।

युट्युब सर्टस
टिकटकलाई टक्कर दिन युट्युबले ल्याएको सर्ट भिडियो फिचर युट्युब सर्टस पनि टिकटकको विकल्प हो । युट्युब सर्टस भिडियोमा पनि राम्रो भ्युज जान्छ । सर्टस मोनिटाइज गरेर आम्दानी पनि गर्न सकिन्छ । युट्युब सर्टस मोनिटाइज गर्न १ हजार सब्सक्राइबर र ९० दिनमा १ करोड भ्युज भएको हुनुपर्छ ।

स्न्यापच्याट
मल्टिमिडिया र म्यासेजिङ एप स्न्यापच्याटमा पनि छोटा भिडियोहरू राख्न सकिन्छ । स्न्यापच्याटको स्पटलाइट फिचरमा भिडियो राखेर क्रिएटरहरूले कम्पनीको तर्फबाट रिवार्ड पाउन सक्छन् । मापदण्ड पूरा गरेपछि स्न्यापच्याटको स्पटलाइटबाट आम्दानी गर्न सकिन्छ ।

एक्स
एक्स (ट्विटर)ले पनि भिडियो एवं अन्य क्रिएटरका लागि आम्दानी गर्न सकिने सुविधा थपेको छ । मापदण्ड पूरा गरेपछि एक्समा राखेको भिडियोबाट पनि आम्दानी गर्न सकिन्छ र एक्स आफैँले पोस्टको भ्युजका आधारमा समेत पैसा दिने गरेको छ ।

एक्सको सब्सक्राइब फिचरबाट पनि क्रिएटरहरूले आम्दानी गर्न सक्छन् । पैसा तिरेर सब्सक्राइब गरेका फलोअरहरूलाई क्रिएटरहरूले विशेष कन्टेन्टमा पहुँच दिनसक्छन् तर यो फिचर नेपालको हकमा त्यति सहज नहुन सक्छ ।

यसबाहेक लाइकी, लेमन–८, ट्रिलर, मोज, जुमेरंगलगायत एप पनि उपलब्ध छन् । तर नेपालका धेरै प्रयोगकर्ता फेसबुक, इन्स्टाग्राम र युट्युबमा भएका कारण यी तीनवटै प्लेटर्फमको रिल र सर्ट भिडियो फिचर अहिलेका लागि बढी उपयोगी हुन सक्छ ।

वीरगन्ज,कात्तिक २८ :

वीरगन्जमा नेपाल र भारतका चर्चित कुस्तीबाजहरुको सहभागीतामा विराट कुस्ती दंगल प्रतियोगिता आयोजना हुने भएको छ। वीरगन्ज महानगरपालिका-१४ गण्डक नजिकको बहुअरी गाँउमा आगामी मंसिर ४ र ५ गते हनुमान विराट कुस्ती दंगल प्रतियोगिता आयोजना गर्न लागिएको हो।

मंगलबार वीरगन्जमा पत्रकार सम्मेलनमा मधेसको पहिचान र संस्कृतिका रुपमा परिचित कुस्ती खेल प्रति नयाँ पिंढीलाई आकर्षित गर्न र उत्साह बढाउन कुस्ती दंगल आयोजना गर्न लागिएको प्रतियोगिताका संयोजक महावीर प्रसाद यादवले बताए ।
उनका अनुसार, दुई दिनसम्म चल्ने कुस्ती दंगलमा नेपाल र भारतका गरि २२६ जना कुस्तीबाजले सहभागिता जनाउने भएका छन् । नेपालका चर्चित कुस्तीबाज देवा थापा, महावीर थापा, केशव बाबा सहित पर्सा , बारा , नवलपरासी लगायतका जिल्लाका कुस्तीबाजहरुले दंगलमा भाग लिने यादवले बताए।

यस्तै भारतको हरियाणा,दिल्ली,बनारस,गोरखपुर,कलकत्ता र पानीपथरीका कुस्तीबाजहरुलेपनि दंगलमा भाग लिने बाराका कुस्तीबाज पन्नालाल कुर्मीले जानकारी गराए । मंसिर ४ गते कुस्ती दंगलको समुद्घाटन राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले गर्ने संयोजक यादवले बताए। कुस्ती दंगलको आयोजनामा करिब १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको यादवले बताए । अन्रपुर्ण

काठमाडौं,२८ कात्तिक :

जनकपुरधाममा ट्रेनको लिकमा किचिएर एक जनाको मृत्यु भएको छ।

जनकपुरधामबाट जयनगरका लागि छुटेको ट्रेनको लिकमा किचिएर भारतको विहार मधुवनी जिल्लामा पर्ने खेरामाठका विन्देश्वर दासको मृत्यु भएको प्रहरीले जनाएको छ।

धनुषाको बैदेही स्टेशनदेखि करिब ५ सय मिटर पूर्वमा रेल्वे लिकमा किचिएर उनको आज विहान मृत्यु भएको हो।

काठमाडौं,२८ कात्तिक 

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले सामाजिक सञ्जाल प्लेटफर्म टिकटक बन्द गर्नुभन्दा पनि नियमन जरुरी रहेको बताएका छन् ।

सरकारले टिकटक बन्द गर्ने निर्णय गरेपछि आज मेयर बालेनको यो  अभिव्यक्ति आएको हो । टिकटकले विकृतिमात्र नभएर  धेरै नयाँ उद्यमीहरूलाई आफ्नो बजार प्रवर्द्धन गर्ने ठाउँ दिएको, मौका नपाएका प्रतिभाहरूलाई आफ्नो प्रतिभा देखाउने ठूलो अवसर टिकटकले सिर्जना गरिदिएको र नेपाली गीत संगीतलाई अन्तर्राष्ट्रियकरण गर्न मद्दत गरेको उनको टिप्पणी छ ।

तर, नियमनको अभावमा आफूले पनि टिकटकबाट हैरानी खेपेको बताएका उनले टिकटक मात्र नभएर अन्य सामाजिक सञ्जालहरूलाई पनि अनुगमन, नियम र करको दायरामा ल्याउने प्रयास गर्दा राम्रो हुने  सुझाएका छन् ।

‘अब नेपाल सरकारलाई मेरो अनुरोध टिकटक मात्र हैन अन्य सामाजिक सञ्जालहरूलाई अनुगमन, नियम र करको दायरामा ल्याउने प्रयास गर्दा राम्रो होला ।  अब भनेको करको दायरामा ल्याउने र टिकटक मार्फत सामाजिक सद्भाव बिगार्नेलाई कारबाही गर्ने संयन्त्र विकास गर्ने हो । अहिले जस्तो बन्द नै गर्ने होइन । बन्द समाधान होइन, अब यो बन्दलाई टिकटकसङ नियमन गर्नलाई दह्रो  आधार बनोस् । मर्यादित भएर फेरि टिकटक चलाउन पाइयोस् । ‘उनले भनेका छन् ।

यस्तो छ उनको स्टाटस- 

यदि तपाईँहरू टिकटक चलाउनुहुन्थ्यो भने धेरै पटक मेरो केही समय पहिलेको भिडियो दुरुपयोग गरेर ‘टिकटक लाइभ’ गरेको देख्नु भयो होला । केही समय यता मेरो नाममा यस्ता धेरै फेक आइडी बनेका छन् । जसले मिथ्या सूचना प्रसारण गरेका पनि छन् ।
हामीले यस्ता फेक आइडी बन्द गर्न टिकटकलाई पटक  पटक अनुरोध गर्‍यौ ।  नेपाल प्रहरीको साइबर ब्युरोमा पनि गुहार्‍यौ । नेपाल दूरसञ्चार प्राधिकरण पनि गुहार्‍यौ । सबैले प्रयास गर्दा पनि टिकटकले  यस्ता फेक आइडी हटाउने र मिथ्या सूचना रोक्ने  कुरामा ध्यान नदिएको अवस्था थियो ।
मेरो व्यक्तिगत रूपमा  धेरै नै फेक आइडिले गर्दा  शुभचिन्तकहरूले दुख पाउनु भएको अवस्था थियो  । तर यो भन्दैमा अहिले जस्तो टिकटकलाई बन्दै गर्नु पर्छ भन्ने हैन ।
यसले  विकृति मात्रै ल्याएको मात्र छैन, धेरै नयाँ उद्यमीलाई आफ्नो बजार प्रवर्द्धन गर्ने थलो भएको भएको छ । साथै मौका नपाएका प्रतिभाहरूलाई आफ्नो प्रतिभा देखाउने ठुलो platform भएको छ । यति मात्रै हैन टिकटकले नेपाली गीतसङ्गीतलाई अन्तर्राष्ट्रियकरण गर्न मद्दत गरेको पनि छ ।
अब नेपाल सरकारलाई मेरो अनुरोध टिकटक मात्र हैन अन्य सामाजिक सञ्जालहरूलाई अनुगमन, नियम र करको दायरामा ल्याउने प्रयास गर्दा राम्रो होला ।  अब भनेको करको दायरामा ल्याउने र टिकटक मार्फत सामाजिक सद्भाव बिगार्नेलाई कारबाही गर्ने संयन्त्र विकास गर्ने हो । अहिले जस्तो बन्द नै गर्ने होइन । बन्द समाधान होइन, अब यो बन्दलाई टिकटकसङ नियमन गर्नलाई दह्रो  आधार बनोस् । मर्यादित भएर फेरि टिकटक चलाउन पाइयोस् ।

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन)ले टिकटक बन्द नभई नियमन गर्नुपर्ने बताएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रतिक्रिया दिँदै सामाजिक सद्भाव बिगार्नेलाई कारबाही गर्ने संयन्त्र विकास गर्दै टिकटक चल्न दिनुपर्ने बताएका हुन् ।

‘बन्द समाधान होइन, अहिले जस्तो बन्द नै गर्ने होइन । यो बन्दलाई टिकटकसँग नियमन गर्न दह्रो  आधार बनोस्,’ उनले भनेका छन्, ‘मर्यादित भएर फेरि टिकटक चलाउन पाइयोस् ।’

आफ्नो नाममा भएका कयौं फेक आईडीले दु:ख दिएकोसमेत उनले स्मरण गरेका छन् ।

उनले टिकटकमात्रै होइन अन्य सामाजिक सञ्जालहरूलाई पनि अनुगमन, नियम र करको दायरामा ल्याउनु पर्ने बताएका छन् ।

यस्तो छ उनको प्रतिक्रिया

यदि तपाईँहरू टिकटक चलाउनुहुन्थ्यो भने धेरै पटक मेरो केही समय पहिलेको भिडियो दुरुपयोग गरेर ‘टिकटक लाइभ’ गरेको देख्नुभयो होला । केही समय यता मेरो नाममा यस्ता धेरै फेक आइडी बनेका छन् । जसले मिथ्या सूचना प्रसारण गरेका पनि छन् ।

हामीले यस्ता फेक आइडी बन्द गर्न टिकटकलाई पटक पटक अनुरोध गर्‍यौं । नेपाल प्रहरीको साइबर ब्युरोमा पनि गुहार्‍यौं । नेपाल दूरसञ्चार प्राधिकरण पनि गुहार्‍यौं । सबैले प्रयास गर्दा पनि टिकटकले यस्ता फेक आइडी हटाउने र मिथ्या सूचना रोक्ने कुरामा ध्यान नदिएको अवस्था थियो ।

मेरो व्यक्तिगत रूपमा धेरै नै फेक आइडीले गर्दा शुभचिन्तकहरूले दु:ख पाउनुभएको अवस्था थियो । तर यो भन्दैमा अहिले जस्तो टिकटकलाई बन्दै गर्नु पर्छ भन्ने हैन ।

यसले विकृति मात्रै ल्याएको मात्र छैन, धेरै नयाँ उद्यमीलाई आफ्नो बजार प्रवर्द्धन गर्ने थलो भएको भएको छ । साथै मौका नपाएका प्रतिभाहरूलाई आफ्नो प्रतिभा देखाउने ठूलो platform भएको छ । यति मात्रै हैन टिकटकले नेपाली गीतसङ्गीतलाई अन्तर्राष्ट्रियकरण गर्न मद्दत गरेको पनि छ ।

अब नेपाल सरकारलाई मेरो अनुरोध टिकटक मात्र हैन अन्य सामाजिक सञ्जालहरूलाई अनुगमन, नियम र करको दायरामा ल्याउने प्रयास गर्दा राम्रो होला । अब भनेको करको दायरामा ल्याउने र टिकटकमार्फत सामाजिक सद्भाव बिगार्नेलाई कारबाही गर्ने संयन्त्र विकास गर्ने हो । अहिले जस्तो बन्द नै गर्ने होइन । बन्द समाधान होइन,

अब यो बन्दलाई टिकटकसङ नियमन गर्नलाई दह्रो आधार बनोस् । मर्यादित भएर फेरि टिकटक चलाउन पाइयोस् । लोकान्तर

काठमाडौं, २८ कात्तिक ।

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले टिकटक बन्द गर्ने सरकारको निर्णयमा घुमाउरो शैलीमा खुसी व्यक्त गरेका छन् । उनले फेक आइडी हटाउन टिकटकलाई कयौँ पल्ट अनुरोध गरेको र नेपाल प्रहरीको साइबर व्यूरोलाई समेत गुहारेको स्मरण गराउँदै टिकटकलेयस्ता कुरामा ध्यान नदिएको बताएका छन् । बोलनले आफ्नो नाममा खोलिएका धेरै फेक आइडीका कारण धेरै शुभचिन्तहरुले दुःख पाउनुपरेको उल्लेख गरेका छन् ।

टिकटकका धेरै राम्रा पक्षहरु भएपनि सरकारले उचित नियमन गर्न आवश्यक रहेको उनले बताए । उनले सरकारलाई टिकटकमात्रै नभएर अन्य सामाजिक सञ्जाल पनि अनुगमन र नियमन गरी करको दायरामा ल्याउन आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्ः

टिकटक लाई कयौँ पल्ट फेक आइडी हटाउन अनुरोध गर्‍यौ , नेपाल प्रहरी साइबर क्राइम गुहार्‍यौ , नेपाल दूर सञ्चार प्राधिकरण नि गुहार्‍यौ । सबैले प्रयास गर्दा पनि टिकटकले यस्ता कुरामा ध्यान नदिएको अवस्था थियो , यसले गर्दा मेरो ब्यक्तीगतरुपमा धेरै नै फेक आईडिले गर्दा मेरो सुभचिन्तकहरु ले दुख पाउनु भएको अवस्था थियो । तर यो भन्दैमा टिकटकलाई बन्दै गर्नु पर्छ भन्ने हैन यसले धेरै विकृति ल्याएको मात्र छैन धेरै नयाँ उद्यमीहरूलाई आफ्नो बजार प्रवर्द्धन गर्ने ठाउँ भएको थियो । साथै मौका नपाएका प्रतिभाहरूलाई आफ्नो प्रतिभा देखाउने ठुलो platform भएको थियो साथै नेपाली गीत संगीतलाई अन्तर्राष्ट्रियकरण गर्न मद्दत गर्दै थियो ।

अब नेपाल सरकारलाई मेरो अनुरोध टिकटक मात्र हैन अन्य सामाजिक सञ्जालहरूलाई अनुगमन, नियममा ल्याउनु प्रयास गर्नु होला करको दायरामा ल्याएर गलत गर्ने कुरा लाई सेन्सर गर्ने आफ्नो संयन्त्र विकास गर्नु होला । बन्द समाधान हैन , यो बन्दलाई टिकटक सङ नियमन गर्नलाई दरो आधार बनोस् मर्यादित भएर फेरि टिकटक चलाउन पाइयोस् । रिपोटस्र नेपाल

राैतहट,कार्तिक २७ गते राैतहट ।

नेकपा एमालेका महिला नेतृ तथा संघिय सासद विणा देवी साहको प्रमुख आतिथ्यमा शुभदिपावली तथा छठ पर्वको अवसरमा शुभकामना र सम्मान कार्यक्रम गरुडामा सम्पन्न भएको छ । सो अवसरमा शुभकामना दिदै सासद साहले पृथ्वीलोकमा जहिले पनि सत्यको विजय हुदै आएको उनले बताए । असत्य गर्नेले केही समय उत्साहित भए पनि अन्त्यमा सत्यको नै विजय हुदै आएको उनले उदाहरण सहित स्पष्ट पारे । परिवारजन तथा सन्तान सुख तथा दिर्घायुको लागी छठपर्व हुदै आएको बताउदै सवै वर्गमा उतरोतर प्रगति तथा सुख शान्तिको कामना गरे । सुन चादी व्यवसायी संघ राैतहटको आयोजनामा भएको शुभकामना कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिलाई सम्मान समेत गरिएको हो ।

संधका जिल्ला अध्यक्ष अरुणकुमार साेनीको अध्यक्षतामा भएको कार्यक्रममा गरुडा नगर उपप्रमुख पुनम चाैधरी , सुन चादी व्यवसायी संघ मधेस प्रदेसका अध्यक्ष रामजी साह, गरुडा नगर प्रमुख प्रत्यासि बृज किशोर यादव , गरुडा नगर प्रमुख प्रत्यासि दिपक यादव , गरुडा नगर उधाेग वाणिज्य संघका पुर्व अध्यक्ष राम भराेस यादव , गरुडा नगरपालिका वा नम्बर २ का अध्यक्ष कृष्णनन्दन सहनी ,वडा नम्बर ३ का अध्यक्ष अम्बिका सहनी , वडा नम्बर ५ का अध्यक्ष राम विनाेद साह ,वडा नम्बर ६ का अध्यक्ष रामबाबु चाैधरी ,वडा नम्बर ९ का वडा अध्यक्ष राजेश सहनी सहितका वक्ताले शुभकामना व्यक्त गरेका थिए ।

साे अवसरमा गरुडा उधाेग वाणिाज्य संघका अध्यक्ष सुनिल साह , वरिष्ठ उपाध्यक्ष सुशील साह,उपाध्यक्ष राम ईशवर साह ,महिला सदस्य शुसिला देवि,नेकपा एमाले गरुडा नगर कमिटी अध्यक्ष अन्जनी साह,गरुडा बहुमुखी क्याम्पस अध्यक्ष लक्षमण साह,हाम्रो रिण वचत सहकारीका अध्यक्ष हरेन्द्र जयसवाल ,लायन्स कल्ब गरुडाका अध्यक्ष हरेन्द्र यादव ,युवा नेता लक्ष्मी साह र सन्तोष साहको उपस्थितिमा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको संधका उपाध्यक्ष कामेश्वर नाथ साहले बताए ।

बिशाल बस्नेत ,महोत्तरी, २७ कार्तिक 

एक बर्ष अगाडि मात्र फर्केर हेर्ने हो भने कर्जन्हा नगरपालिकाको वडा न.६ स्थित कमला नदिको किनारमा रहेको वगरमा कासघारी र बालुवा मात्र  मात्र थियो ।

बगर नै बगर रहेको बरहरा मिर्चैया भन्ने यस ठाउँमा दिउसै मानिसहरु आवतजावत गर्न  डराउथे ।

तर  बर्ष दिनको छोटो अवधीमा यही बालुवाघारी हरियाली मात्र हैन, गरिव र भुमिहिनको लागी सबथोक बनेको छ ।

लटरम्म फलेको खुर्सानी देखाउदै स्थानिय रामेस्वर सिंहले भने-` यदि  यो बगर नगरले  गरिखान दिएर सहयोग नगरेको भए त हामी निक्कै समस्यामा हुन्थ्यौ ।´

`पहिले बनिबुथो गरेर खान पनि खान धौधौ हुन्थ्यो, ´ एक बर्ष अगाडीको स्मरण गर्दै सिंहले भने, `अर्काको ज्यालादारी गरेर आएको पैसाले जिविकोपार्जन गर्थ्यौ अहिले त यही बगरवाट त्यस्को दोब्बर आम्दानी हुन्छ ।´

सुरुमा त सिंहले बगरमा खेती गरेर आयआर्जन होला भन्ने पत्याउन नै सकेका थिएनन । `माटो नभएको, वालुवा नै वालुवा भएको उक्त ठाउँमा नगर र गैरसरकारी संस्थाहरुले अन्यत्र ठाउँवाट माटो मात्र ल्याएनन, प्राङगारिक मल समेत ल्याएर बगरलाई उर्वरायुक्त बनाए,´ सिंहले भने, `अनी हामीलाई सु:खका दिन आए जस्तो लाग्यो ।´

रामेस्वर सिंह जस्तै  अहिले २४३ भुमिहिन, गरिब र विपन्न समुदायका परिवार आजकाल यही बगरमा आश्रीत बनेका छ्न ।

नगरपालिका र युएनडिपीको आर्थिक सहयोग अनि सामुदायिक विकास तथा पैरवी मंचको  प्रावधिक सहयोगमा झण्डै ११६ बिगाह जमिनमा पुर्ण भुमिहिन, गरिव तथा विपन्नहरुका लागी  जिविकोपार्जनको माध्यम मात्र बनेको छैन, नगरको नै समृद्धिको आधार समेत तयार भएको छ ।

नदी उकास बगरहरु मधेशमा क्रसर माफिया र भु-माफियाहरुको निसाना बनिरहेको बेला नगर तथा गैरसरकारी संस्थाहरुले गरिबी उन्मुलनका लागि गरेको प्रयास उदाहरणिय बनेको भन्दै युएनडिपि मधेश प्रदेश प्रमुख धनबहादुर चनले यो नेपालको नौलो कृषि क्रान्ती भएको बताए ।

नगरको अधिनमा रहेको  क्षतिग्रस्त भु: भागमा सामुहिक खेती गर्नु समाजवादको अभ्यास समेत भएको सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका अध्यक्ष नागदेव यादवको बुझाई छ  ।

अहिले यहाँ ११ हजार भन्दा बढी फलफूलका बिरुवा हुर्कदै छन भने ७० बिगा क्षेत्रफलमा तरकारी खेती गरिएको छ । सिंचाइका लागी भुमिगत पानीलाई उत्खनन् गरेर ४ वटा इनार वनाईएको छ ।

उत्पादित वस्तुहरुलाई बजारसम्म पुर्‍याउन यो ११६ विगा जग्गालाई दुई भागमा बिभाजन गरेर कृषी सडक बिस्तार गरिएको छ । आफ्नो कार्यकालभरी नै गरिबहरुका लागी यो काम महत्वपूर्ण हुने बताउदै जनप्रतिनिधिहरुले समेत यही बगरलाई जस लिने ठुलो माध्यम बनाएका छन ।

वडा अध्यक्ष प्रकाश श्रेष्ठ भन्छन, `हामी यो कार्याकालको महत्त्वपूर्ण काम भएको अनुभूति गरेका छौ । गरिबहरुमा देखिएको खुसीले नै यो हाम्रो सफलता हो भन्ने ठानेका छौ ।´

स्थायी तटबन्धनको अभावमा नदिले कटान गरेर बगर बनाएका हजारौ हेक्टर जमिन अहिले पनि मधेशमा क्रसर माफियाहरुको वालुवा उत्तखनन गर्ने अखडा बनेको छ भने भु-माफियाहरुले  अतिक्रमण गरेर रातारात आफ्नै अधिनमा बनाएका धेरै दृष्टान्तहरु छन ।

तर, यस्ता जग्गाहरुलाई पहिचान गरि कर्जन्हाको जस्तै पुर्ण भुमिहिन, गरिव र विपन्नका लागी उपभोग गर्ने हो भने गरिबी उन्मुलनको माध्यम मात्र हैन समृद्धिको आधार समेत तयार गर्न सकिने यो बगरले सन्देश समेत दिएको छ ।

हुर्कदै गरेका सयौ जातका आपका बिरुवाहरु, प्रवल, खुर्सानी, भ्याण्टा, कुर्ती आदीले हराभरा बनाएको बालुवाघारीलाई कसरी उर्वर बनाउन सकिन्छ भन्ने कर्जन्हा गतिलो उदाहरण बनेको अनुगमनको क्रममा त्यहा पुगेका बर्दिवास नगरपालिकाका पुर्व वडा अध्यक्ष चुडामणी पोखरेल बताए ।

फ्रान्सवाट आएका युएनडिपीका डिपुटी रेजिडेन्ट रिप्रीजेन्टिभ हेड  जुलियनले पनि बगरमा फस्टाउदै गरेको किसानहरुको मेहनत देखेर निक्कै खुसी भए । बगरमा सुन फलाईरहेको किसानहरुलाई देखे पछी थप सहयोगको लागी पनि गृहकार्य गर्ने उन्ले आश्वासन दिएका छन ।

त्यस्तै वातावरण विज्ञ प्रज्ञ जन एलम्बरले कमला नदिले क्षतबिक्षत बनाएको भुभागमा यति ठूलो परिवर्तन हुनु  वास्तवमै कृषि क्रान्ती भएको धारणा राखे ।

युएनडिपिद्वारा १ करोड १४ लाख २२ हजार ६ सय र नगरपालिकाद्वारा १ करोड ३६ लाख २५  हजार लगानीमा हराभरा बनिरहेको वालुवाघारी नगरले भुमिहिन, गरिव र विपन्नहरुलाई २५ बर्षको लागी हस्तान्तरण गरेको छ ।

कृषि पर्यटनकोरुपमा विकास भैइरहेको यो बालुवाघारी कृषिप्रती चासो राख्ने जोकोहीका लागी महत्वपूर्ण अध्यण केन्द्र बन्न सक्ने कृषि विज्ञहरु वताउछन । न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।