२०८३ बैशाख १४
२०८३ बैशाख १४

बारा, ५ माघ ।

बाराको निजगढ नगरपालिकाले निशुल्क एसइइ तयारी कक्षा संचालनमा ल्याएको छ ।

नगरपालिकाभित्र रहेका ८ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई आगामी एसइइ परीक्षा लक्षित तयारी कक्षा संचालनमा ल्याईएको हो ।

निजगढ वडा नं ११ स्थित नेपाल राष्ट्रिय माविबाट शुरु गरिएको तयारी कक्षामा विद्यार्थीहरुलाई अंग्रेजी, गणित र विज्ञानको निशुल्क पढाइने निजगढ नगरपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख उत्तम लामिछानेले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख सुरथ पुरीले विद्यार्थीहरुको एसइइ परीक्षामा राम्रो नतिजा ल्याउन नगरपालिकाले यस्तो व्यवस्था गरेको जानकारी दिए । कार्यक्रमले विद्यार्थीहरुको नतिजाान सुधार ल्याउन सहयोग पुग्ने उनको भनाई थियो । उनले कक्षा ८ का विद्यार्थीहरुको लागि पनि तयारी कक्षा संचालन गरिने बताए ।

कार्यक्रममा नगरका उपप्रमुख सोममाया थिङ्ग, वडा नम्बर १० का वडा अध्यक्ष आशाकाजी श्रेष्ठ र ११ का अध्यक्ष सहइया गुरोलगायत विभिन्न माध्यमिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु र विषयगत शिक्षकहरुको उपस्तिथि रहेको थियो ।न्युजकारखाना

 

रौतहट ५  माघ।

बहुला स्यालको टोकाई बाट रौतहटको गढीमाई नगरक्षेत्र अन्तर्गत महिला बालबालिकासहित १२ जना मानिस घाइते भएका छन्। घाइतेमध्ये गम्भीर अवस्थामा रहेकी एकजना महिलालाई वीरगंज रेफर गरिएको छ।

गढीमाई नगरपालिका ७ का स्थानीय गोठालाहरू बिहीवार साँझ घाँस काट्न खेतमा गएको बेला उखुघारीबाट एक्कासी आएको बहुला स्यालले आक्रमण गरी महिला बालबालिकासहित १२ जनालाई घाइते बनाएको हो।

बहुला स्यालको टोकाइबाट गढीमाई नगरपालिका वडा ७ को वर्ष ७० का महेन्द्र महतो, ४५ वर्षकी मन्तोरिया देवी, ६० वर्षकी तेतरी खातुन,  ४० वर्षकी जयबुल खातुन, १५ वर्षकी  मनिषा कुमारी, ५५ वर्षकी उषा देवी, २७ वर्षका रामाविनय बैथा, ३५ वर्षकी दुखीया देवी,३० वर्षकी बिना देवी, ९ वर्षको श्रावण कुमार, ७२वर्षकी सिकीलावा देवी, ७० वर्षका जयल मुखियालाई घाईते बनाएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमा प्रकाश खनालले बताएका छन् ।

स्यालको आक्रमण बाट गढीमाईको धर्मपुर, धनहारी र लक्ष्मीपुर टोल, मुसहरी टोलका महिला पुरुष बालबालिका  घाईते बनाएको छ। घाईते मध्ये गम्भीर अवस्थामा रहेकी ६०की तेतरी खातुनलाई रातिनै एम्बुलेन्सबाट थप उपचारको लागि नेशनल मेडिकल कलेज बिरगंज पठाइएको थियो। खातुनको  नाक मुखमा गहिरो खत बनाएकाले प्रादेशिक अस्पताल गौरमा गएराति सामान्य उपचार पछि नेशनल मेडिकल बिरगंज पठाईएको डिएसपी खनालले जानकारी दिएका छन।

स्यालले टोकेपछि लगाइने खोप स्थानीय अस्पतालमा उपलब्ध नभएकाले घाइते सबैजना प्रादेशिक अस्पताल गौर पठाईएको थियो ।

घाईतेमध्ये अधिकांश हाल प्रादेशिक अस्पताल गौरमा रहेका छन भने केही बिरामी उपचार पछि घर फर्की सकेका छन्। स्यालले जथाभावी टोक्न थालेपछि स्थानीय त्रसित बनेका छन्।

स्यालको टोकाइबाट दुई वर्ष अघि गरुडाका एकजना युवकको मृत्यु भएको थियो।न्युजकारखाना

काठमाडौँ, माघ २ गते

काठमाडौँ प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदैछन् । जस अन्तर्गत कर्णाली र सुदूरपश्चिम प्रदेशबीचको खेल बिहान ९ बजे भैरहवाको सिद्धार्थनगर क्रिकेट मैदानमा हुनेछ ।

कर्णाली र सुदूरपश्चिम दुवैले आफ्नो पहिलो खेलमा जित हासिल गरेर आज दोस्रो खेल खेल्न लागेका हुन् । पहिलो खेलमा कर्णालीले गण्डकी र सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई हराएका थिए ।

यस्तै आज कोशी प्रदेश र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुनेछ । खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ । कोशी प्रदेशले यसअघिका आफ्ना दुवै खेलमा हार बेहोरेको छ भने पुलिस क्लबले आफ्नो पहिलो खेल जितेको छ ।

यसैगरी आज बागमती प्रदेश र मधेश प्रदेशबीच पनि खेल हुँदैछ । खेल सवा ९ बजे मूलपानी क्रिकेट मैदानमा हुनेछ । बागमतीले आफ्ना यस अघिका दुवै खेलमा हार बेहोरेको छ भने मधेश प्रदेश दुईमध्ये एकमा जित र एकमा पराजित भएको छ ।

हालसम्म सम्पन्न खेलको नतिजाअनुसार एपिएफ क्लब अङ्क तालिकाको शीर्ष स्थानमा छ । एपिएफले आफ्ना दुवै खेल जितेर चार अङ्क जोडेको छ ।

यस्तै, त्रिभुवन आर्मी क्लब अङ्क तालिकाको दोस्रो स्थानमा, सुदूरपीश्चम प्रदेश तेस्रो, नेपाल पुलिस क्लब चौथो, कर्णाली प्रदेश पाँचौँ, मधेस प्रदेश छैठौँ र लुम्बिनी प्रदेश सातौँ स्थानमा रहेका छन् ।

दुई दुईवटा खेल खेलेका गण्डकी, बागमती र कोशी प्रदेश हालसम्म जितविहीन अवस्थामा छन् । स्रोत खबरहब

काठमाडौं , माघ १ गते

नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको छ ।

भारतबाट पछिल्लो समय मूल्य घटेर आएकाले समायोजन गरेको सोमबार विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

मूल्य घटेपछि सोमबार राति १२ बजेदेखि काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ कायम भएको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १५६ कायम भएको छ ।

त्यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट बिक्री हुने ठाउँमा पेट्रोलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ ५० पैसा र डिजल तथा मट्टितेल १५३ रुपैयाँ कायम भएको छ ।

सुर्खेत र दाङ क्षेत्रमा भने पेट्रोल प्रतिलिटर १६५ र डिजल तथा मट्टितेल १५५ कायम भएको छ । स्रोत आनलाइन

महोत्तरी, माघ १ गते

महोत्तरी — विभिन्न नाकाबाट भन्सार छली गरी चोरी पैठारीबाट नेपाल ल्याइएको २१ लाख मुल्य बढीको कपडा प्रहरीले बरामद गरेको छ ।

गौशाला नगरपालिका-२, निगौल हुँदै ३ वटा टेम्पु र २ वटा मोटरसाइकलमा ल्याइएको कपडा भन्सार छलेर ल्याएको भन्ने सुचनाको आधारमा सोमबार विहान ४ बजे प्रहरीले नियन्त्रणमा लिएको थियो ।

५वटा सवारीबाट भन्सार छली गरी ल्याइएको २१ लाख २८ हजार ३ सय मूल्य बराबरको विभिन्न कपडाहरु नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले जानकारी दिए ।

प्रहरीका अनुसार दुई भारतीय नम्बरको मोटरसाइकल र ०२–००१ ह १७२३ नम्बरको हरियो रंगको टेम्पो, स १ ह ५२८० नम्बरको निलो टेम्पो र प्र ०४–००१ ह ०१५२ नम्बरको निलो रंगको टेम्पोसहित भन्सार छलेर ल्याएको सामान प्रहरीले नियन्त्रणमा लिएको छ ।

बरामद भएका सामान सहित नियन्त्रणमा लिएको सवारी र चालकलाई पनि आवश्यक कारबाहीका लागि जलेश्वर भन्सार कार्यालय पठाइने प्रहरीले जनाएको छ । स्रोत आनलाइन

काठमाडौँ, माघ ०१ गते ।

महोत्तरी — महोत्तरीको गौशालामा बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक जना स्थानीयालाई पक्राउ गरेको छ । १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गौशाला नगरपालिका-१२ का ४५ वर्षीय उपेन्द्रसिंह कुशवाहालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले बताए ।

मामावली घरमा बस्दै आएकी बालिकालाई पुस २१ गते राति करिब साढे ८ बजे सुतिरहेको अवस्थामा ललाइफकाइ गरेर सामूहिक बलात्कार गरेको आरोपमा उपेन्द्र सिंह कुशवाहालाई पक्राउ गरिएको प्रहरी निरीक्षक यादवले बताए ।

प्रलोभनमा पारी सामूहिक करणी गरेको भनी पीडितको परिवारले आइतबार साँझ इलाका प्रहरी कार्यालय गौशालामा जाहेरी दिएपछि जाहेरी दरखास्तमा उल्लेखित विपक्षीहरुलाई खोजतलासको क्रममा उपेन्द्र सिंह कुशवाहालाई पक्राउ गरिएको जनाएको छ ।

फरार रहेको प्रतिवादीको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । सुतिरहेकी बालिकालाई बलात्कार गरेको दृश्य मोबाइलमा कैद भएको भिडियोसहित पीडित परिवारले जाहेरी दिएको प्रहरी निरीक्षक यादवले बताए । स्रोत कान्तिपुर 

काठमाडौँ, माघ ०१ गते ।

आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनको लागि उम्मेदवारहरूलाई चुनावी चिह्न वितरण गरिएसँगै आइतबारदेखि चुनावी दौडधुप शुरू भएको छ।

निर्वाचनको परिणाम आफ्नो पोल्टामा पार्न दलहरूले लबिङका साथै अपिल गर्न शुरू गरेका छन्। आज सोमबार माघी बिदा परेकोले मंगलबारदेखि चुनावी गतिविधि अझै तीव्र रूपमा अघि बढ्ने देखिएको छ।

चुनावी मैदानमा आठ वटा राजनीतिक दलका उम्मेदवारहरू प्रतिस्पर्धामा उत्रिए पनि सत्तागठबन्धनको चुनावी सक्रियता देखिएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत र नेपाल मजदुर किसान पार्टी भने एक्ला एक्लै चुनावी मैदानमा छन्।

राष्ट्रियसभाको १९ सिटमै जित हात पार्ने निश्चित भए पनि गठबन्धनले मतदातासँग अन्तरक्रिया कार्यक्रमलाई प्राथमिकता दिएको छ। राष्ट्रियसभा निर्वाचनमा गठबन्धनबाट कांग्रेसका १०, माओवादी केन्द्रका ६, एकीकृत समाजवादीका २ र जसपाका १ उम्मेदवार छन् । निर्वाचनमा कुल ५१ जना उम्मेदवारहरू प्रतिस्पर्धामा रहेका छन्।

राजनीतिक दलहरूले राष्ट्रियसभा निर्वाचनका मतदाता प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखलाई लक्षित गरी चुनावी गतिविधि शुरू गर्ने जनाएको छ । सत्ता गठबन्धनले राष्ट्रियसभा निर्वाचन लक्षित गरी तीनवटा प्रदेशमा कार्यक्रम गर्ने भएको छ।

गठबन्धनले माघ पहिलो साता कोशी, मधेस र वागमती प्रदेशमा राष्ट्रियसभाका मतदातासँगको अन्तरक्रिया कार्यक्रम गर्ने बताइएको छ। यसैबीच गठबन्धनका उम्मेदवार सबैका साझा उम्मेदवार भएकाले सबैले मतदान गरेर जिताउनका लागि शीर्ष नेताहरूले अपिल गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताउनुभयो।

सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचेतक लेखकले प्रदेश र जिल्लाहरूमा समन्वय समितिहरू गठन भएको बारेमा नेताहरूलाई ब्रिफिङ गरिएको जानकारी पनि दिनुभयो।

यसै गरी प्रमुख प्रतिपक्ष दल एमालेले पार्टी पंक्तिलाई सक्रिय गर्नुका साथै विभिन्न प्रदेशमा अन्तरक्रिया र छलफल गर्ने तयारी अघि बढाएको छ। अरू दलले पनि आफ्नो नीति, योजनाको प्रचारको रूपमा चुनावलाई उपयोग गर्ने नीति लिएको छ।

राष्ट्रिय सभाको निर्वाचनमा सात वटै प्रदेशका गरी ५ सय ४९ जना प्रदेशसभा सदस्य मतदाता रहेका छन्। त्यसै गरी ७ सय ५३ वटै स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १ हजार ४ सय ९८ मतदाता रहेका छन्।

राष्ट्रियसभा निर्वाचनमा प्रदेश सांसद र पालिका प्रमुख–उपप्रमुख मतदाता रहन्छन्। सातै प्रदेशमा सत्ता गठबन्धनसँग सुविधाजनक मतभार छ।

कुल मतदातामध्ये प्रदेश सभाका सदस्यको प्रति मतदाता मतभार ५३ र गाउ“पालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको प्रति मतदाता मतभार १९ कायम गरिएको छ।

आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि प्रदेश सभा सदस्यको कूल मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कुल मतभार २८ हजार ४ सय ६२ गरी जम्मा ५७ हजार ५ सय ५९ मतभार रहेको छ।

चुनाव प्रचारप्रसार खर्चको सीमा तोकियो

राजनीतिक दलहरूले चुनावी प्रचारको गतिविधिहरू अघि बढाएसँगै आयोगले चुनाव प्रचारप्रसारको खर्च सीमा तोकेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार राष्ट्रिय सभा सदस्यको उम्मेदवारले ३ लाख ५० हजार रुपिया“सम्म खर्च गर्न पाउने छन्।

आयोगका अनुसार मतदान नामावली खरिद, सवारी साधन र इन्धन, प्रचार सामग्री, गोष्ठी अन्तरक्रिया, प्रचार प्रसार कार्यालय सञ्चालनलगायत गरी कुल तीन लाख ५० हजार रुपियाँसम्म खर्च गर्न सक्नेछन्।

उम्मेदवारले बैंक तथा वित्तीय संस्थामा खाता खोलेर त्यसबाट खर्च गर्नुपर्नेछ। साथै निर्वाचन सकिएको ३० दिनभित्र आयोगमा विवरण बुझाउनसमेत आयोगले उम्मेदवारहरूलाई आग्रह गरेको छ।

आचारसंहिता लागू

मंगलबारदेखि नै लागू हुने गरी आयोगले निर्वाचन आचारसंहिता जारी गरेको छ। राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएको भोलिपल्ट माघ १२ गतेसम्मका लागि आचारसंहिता लागू हुने आयोगले जनाएको छ।

आयोगले निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, दफा ५ को खण्ड (क), खण्ड (क १) र खण्ड (छ), दफा ९, दफा १४, दफा १६, दफा १७, दफा १८, दफा २१ र दफा २२ को व्यवस्था लागू गर्न लागेको हो।

निर्वाचन आचारसंहिताले कुनै पनि सार्वजनिक स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष विपक्षमा प्रयोग गर्न वा गराउन नपाइने उल्लेख गरेको छ।

आयोगले निर्वाचनका लागि सार्वजनिक संस्था, विद्यालय, विश्वविद्यालयलगायत क्षेत्रमा पनि प्रचारप्रसार तथा भेला नगर्न निर्देशन दिएको छ।

त्यसै गरी ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैड्डिक अल्पसङ्ख्यक समुदाय र अपांगता भएका व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या हुने गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन तथा बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न वा गराउन नहुने पनि प्रवक्ता पौडेलले बताउनुभयो।

आचारसंहिताअनुसार प्रचलित कानुनबमोजिम निषेध गरिएको समय र स्थानमा अवरोध हुने गरी कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन नहुने भनिएको छ।

सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन, निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण (हेट स्पिच) गर्नेजस्ता भ्रामक टीकाटिप्पणी गर्न वा गराउन नहुने व्यवस्था छ ।

निर्वाचनको ४८ घण्टाअगाडि मौन अवधि शुरू हुने पनि आयोगले जनाएको छ। आयोगका अनुसार माघ ८ गते मध्यराति १२ बजेदेखि उक्त मौन अवधि शुरू हुन्छ।

त्यस अवधिमा निर्वाचनको प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी गर्न नपाइने भनिएको छ।

त्यसै गरी मतदान स्थलको दुई सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने, कुनै पनि विधि प्रक्रिया वा माध्यमबाट मत माग्न र प्रचार गर्न नहुने भनिएको छ। स्रोत न्युज आफ नेपाल

बज्जिकाञ्चल संवाददाता,०१ गते माघ ।

आज देशैभरी माघे संक्रान्ति मनाउने क्रममा यहाँ पनि मनाइँदै । मदेश प्रदेशमा तिला संक्रान्त खिचडी पर्व रहेको छ ।आज माघ ०१ गते अर्थात् मकर संक्रान्ति ।

No description available.

देशैभरी विभिन्न समुदायले आ–आफनो नामबाट मनाउने गर्दछन् । तराइ मधेशमा पनि यसको बेग्लै विशेषता छ । मधेशी समुदायहरु बिच तीलको लड्डु पनि लोकप्रिय रहेको छ । आज दहि,चिउरा,तिलको लडु सहित मिठो परिकार बनाएर खाने चलन छ ।

No description available.

आजको दिन खिचडी खाने पनि परम्परा छ । बिहानै नुहाइ धुवाइ गरी बिहानै चोखो भई सर्वप्रथम तिल र चामल छोइ पितृहरुको निकाले गरिन्छ । यस दिन खिचडी, तिल र चिउराका लड्डुलगायतका परिकार बनाएर खाने गरिन्छ । चिउरा, मुढि,जनेरा लगायत विभिन्न किसिमका लड्ड बनाइन्छ । यी परिकार पूजापाठ गरी सर्वप्रथम घरका कुल देवतालाई चढाइन्छ । देविदेवतालाइ चढाएर मात्र खाने चलन रहेको छ ।

No description available.

जाडोमौसममा यो पर्व पर्ने गर्दछ । यस पर्वामा खाने परिकारले शरीरलाई न्यानो राख्न सहयोग पुर्याउने गर्दछ । यस्ता खाने कुराहरु स्वास्थ्यको हिसाबले पनि लाभदायक मान्निछ । आजको दिन सूर्य उत्तरायणमे प्रवेश गर्दछ । दिन लामो र रात सानो हुँदै जान्छ । तिल भर दिन बढने गरेको जानकारहरु बताउँछन् ।

तरुल(अलुुुुुुवा)लाई पुस मसान्तका दिन उसिनेर माघ १ गते आजकै दिन खाने परम्परा छ । तरुल खेती गर्ने किसानहरु लाइ पनि भ्याइनभ्याइ छ ।

 रौतहट,२९ गते पुस ।

रौतहटको कटहरिया नगरपालिकाले हिउँदे अधिवेशन आइतबार सम्पन्न गरेको छ । कटहरिया नगरपालिका वडा नम्बर ९ स्थित डुमरियामा एक कार्यक्रमको बिच नगर सभाको ९ औँ अधिवेश २०८० सम्पन्न गरेको हो ।

No description available.

कटहरिया नगरपालिकाका बहुमत सदस्यहरुले अधिवेशन सम्पन्न गरेका छन् । राष्ट्रियगान बाट सुुरु भएको कार्यक्रममा ज्ञातहज्ञात शहिदहरुको समझानामा एक मिनेट मौन धारण गरिएको थियो । पानसमा दिप प्रजवलन गरी कार्यक्रमलाइ नगर प्रमुख अजय प्रकाश जयसवालले उद्धघाटन गर्नु भएको थियो । आयोजित सभालाई सम्बोधन गर्दै नगरप्रमुख अजय जयसवालले नगरपालिकाको कामकाज अगाडी बढाउने उदेश्यले आफूले हिउँदे अधिवेशन आयोजन गरेको बताए ।

No description available.

जनताले प्रदान गरेको मैनडेड अनुसार नै आफू अगाडी बढिरहेको बताए । उनले भने,कार्यपालिका बोर्डको सहमतीले नै कामहरु बढन सक्छ । सबै कार्यपालिका सदस्यहरुको अधिकार सामान रहेको बताए । जनताको सुख सुविधाको लागि आफू लडन तयार रहेको प्रष्ट पारे । अहिले जुन नगरपालिकालाइ बिथोल्ने काम भइरहेको छ ।

No description available.

त्यो गलत रहेको उनको भनाइ छ । नगरपालिकालाइ बन्द गर्ने काम,सेवाग्राहीलाइ मर्कामा पर्नेगरी तालाबन्दी गर्नु गलत हो । जे पनि माग छ त्याृे मागलाइ कार्यपालिका बोर्डमा आएर राख्न आन्दोलनरक्त पक्षलाइ आग्रह गरे । कार्यपालिका बोर्डको निर्णय लाइ आफूू मान्न तयार रहेको प्रष्ट पारे । यदि आफनो दायित्व,कर्तव्य जनताको प्रति इमान्दारी पूर्वक गरिरहेको छ भने कसैले पनि गलत भन्न नसक्ने ठोकुवा गरे ।

No description available.

सत्यको लडाँइ लडन यथार्थ सँग हिडन् सबै सँग आग्रह गरे । जनताको सुख सुविधा जसले रोक्न प्रयास गरिरहेको छ । त्यसको खुलेर विरोध गर्न आग्रह गरे । कटहरिया वडा नम्बर ३ का वडा अध्यक्ष श्यामाकान्त यादवले स्वागत मन्तव्य राख्दै बाध्यताले नगरपालिकामा गर्नुपर्ने कार्यक्रम बाहिर गर्नुपरेको बताए । हिउँदे अधिवेशन गर्नलाइ अति नै जरुरी रहेकोले हामीले अधिवेशन आयोजन गरिएको उनको भनाइ रहेको थियो । त्यस्तै कार्यक्रमलाइ सम्बोधन गर्दै कार्यपालिका सदस्य मनोज जयसवालले जनताको सेवा सुविधा बन्द गरेर लडाइमा नलाग्न आग्रह गरे ।

No description available.

उनले तालबन्दी खोलेर कार्यपालिका बैठकमा कुरा राख्न अनुरोध समेत गरे । त्यसैगरि वडा नम्बर ६ का वडा अध्यक्ष जयराम चौधरीले आफनो व्यक्तिगत स्वार्थको लागि नगरपालिकामा तालाबन्दी गरेको कारण अन्तै हिउँदे अधिवेशन गर्नुु परेको बताए । कार्यक्रम सञ्चालन योजना शाखा प्रमुख रामनरेश यादवले गरेका थिए । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत गौरीशंकर कुमार सिंहले पुस मसान्त भित्र हिउँदे अधिवेशन गर्नुपर्ने भएकोले कार्यक्रम गर्नुुपरेको बताए ।

No description available.

लिजामा बढि मार्क ल्याउन हिउँदे अधिवेशन गर्नुपरेको बताए । जनप्रतिनिधीहरुले आपसी मतभेदले नगरपालिकामा हिउँदे अधिवेशन नगरि अन्तै गर्नुु परेको बताए । हिउँदे अधिवेशन कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सिंह सँगै वडा नम्बर ८ का वडा अध्यक्ष समिश बिक्रम साह, वडा नम्बर ९ का वडा अध्यक्ष रुपेश यादव,कार्यपालिका सदस्य दिलिप जयसवाल सहित वडा सदस्यहरु,कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।

No description available.

यता आफूहरुको ८ बुँदे मांगलाइ सम्बोधन नगरी नगर सभा गर्न एकदम गलत रहेको वडा नम्बर ५ का वडा अध्यक्ष सर्फलाल गुप्ताले प्रतिक्रिया दिनुभएको हो । कटहरिया नगरपालिकाको उपप्रमुख रिता देवी यादव सहितका जनप्रतिनिधीहरु नगरपालिका कार्यालयमा तालाबन्दी गरि धर्नामा बसिरहेका छन् ।

राजविराज (सप्तरी), २९ पुस :

सप्तरीबाट सशस्त्र प्रहरीले रू १२ लाख बराबरको काठसहित एक पिकअप गाडीलाई आज नियन्त्रणमा लिएको छ । भारदहस्थित कोशी ब्यारेजबाट खटिएको सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस क्याम्पको प्रहरी टोलीले काठसहित सो गाडी नियन्त्रणमा लिएको हो ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको प्र २–०१–००१च ०२६० नं को बोलेरो पिकअप गाडीलाई नियन्त्रणमा लिइएको सप्तरीस्थित सशस्त्र प्रहरी बल, नेपाल नं ६ गणका सूचना अधिकृत तथा सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज विष्टले जानकारी दिनुभयो ।

गाडीमा बिनाबिलविजक लोड गरिएको २६ दशमलब ६६ क्यूविक फिट काठ बरामद गरिएको र नियन्त्रणमा लिइएको काठ तथा सवारीसाधनलाई सव डिभिजन वन कार्यालयमा बुझाइएको उहाँको भनाइ थियो । (रासस)

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।