रौतहट, ११ माघ ।
भारतमा उत्पादन भएका सुर्तीजन्य भित्र्याएर खुलेआम नेपाली बजारमा बिक्री वितरण हुने गरेको छ । सुर्तीजन्य पदार्थ आयातमा रोक लगाइएका कारण त्यसको भन्सार नकाटिने भए पनि सुरक्षाकर्मीकै मिलोमतोमा तस्करहरुले ल्याउने सुर्तीजन्य पदार्थ रौतहटका सबै बजारमा पुग्ने गरेको छ ।
खुला सीमाका कारण रौतटका विभिन्न नाका हुँदै सुर्तीजन्य पदार्थहरू रौतहट भित्रिने गरेको छ । सीमामा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलोमतोमा सुर्तीजन्य पदार्थ रौतहटका बजारमा आउने गरेको सम्बन्धित व्यापारीहरूको भनाइ रहेको छ ।
भारतको बिहारबाट लुकीछिपी प्रहरी प्रशासनकै मिलोमतोमा रजनीगन्दा तुलसी लगायतका सुर्तीजन्य पदार्थ रौतहट जिल्लाका विभिन्न स्थानसम्म पुग्ने गरेको छ । रजनीगन्धा तुलसी पान मसला र भारतीय सुर्ती प्रहरी प्रशासनकै सेटिङमा रौतहटको विभिन्न नाका भएर छिर्ने गरेको छ । क्यारियर मार्फत व्यापारीहरूले यसरी अवैध रूपमा आयात गरिएको सुर्तीजन्य पदार्थ रौतहटका सबैजसो मुख्य बजारहरूमा पुग्ने गरेको छ ।
रौतहटको विभिन्न नाका हुँदै अवैध रूपमा ल्याइएको रजनीभन्दा तुलसी तथा पान मसलाहरू रौतहट हुँदै काठमाडौँ नारायणघाट पोखरा र हेटौडासम्म पुग्ने गरेको छ । नेपाल सरकारले भारतबाट सुर्तीजन्य पदार्थ आयातमा रोक लगाएपछि त्यसको भन्सार काट्ने सिस्टम नभएका कारण व्यापारीहरुले लुकी छिपी यसको व्यापार गर्दै आएका छन् ।
रौतड सहित मधेश प्रदेश र देशकै विभिन्न स्थानमा बिक्री वितरण हुने रजनीगन्दा तुलसी र पान मसला भारतबाट अवैध रूपमा आयात हुने गरेको छ । पान मसला र सुर्तीजन्य पदार्थको भन्सार नकाटिने भएपछि व्यापारीहरूले सीमामा तैरत सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई मिलाएर सीमा पार गराउँदै यसको व्यापार व्यवसाय गर्दै आएका छन् ।
रौतहट प्रहरी र सशस्त्र प्रहरीले भन्सार छलेका विभिन्न सामानहरू बरामद गरेर सार्वजनिक गर्ने गरेको भएपनि सुर्तीजन्य पदार्थ अहिलेसम्म बरामद गरेर सार्वजनिक नगर्नुले पनि शङ्का उत्पन्न भएको गौरका स्थानीय बासिन्दा पुष्पराज यादवको भनाइ रहेको छ ।
यसका औलामा भारतबाट अवैध रूपमा पानमा हालिने मसला र पानको पत्ता समेत प्रहरी प्रशासनकै सेटिङमा भन्सार तपाईँले गरिएको छ। गौर बाहेकका अन्य छोटी भन्सार हुँदै खैनी समेत सशस्त्र र नेपाल प्रहरीको मिलोमतोमा रौतहट छिर्ने गरेको समाचार स्रोतले बताएको छ । रौतहट सहित मधेश प्रदेशका जिल्लामा बिक्री वितरण हुने कालो खैनी समेत अवैध बाटो भएर नेपाल छिर्ने गरेको छ ।
आम सर्वसाधारणको स्वास्थ्यमा असर गर्ने रजनी भन्दा तुलसी लगायतका सुर्तिजन्य पदार्थ प्रहरी प्रशासनकै मिलोमतोमा रौतहटका विभिन्न नाका भएर छिर्ने गरेको स्थानीय व्यापारीहरूको भनाई रहेको छ ।
मधेस प्रदेशका हरेक पान दुकानका बाहिर झुण्ड्याएर राखिएका यस्ता गुट्खाजन्य पदार्थहरू नेपाल भित्रार्याउन नेपाल सरकारले प्रतिबन्ध लगाएको भएपनि खुलेआम रुपमा नेपाल आउने यस्ता वस्तुको बिक्री वितरण हुने गरेको छ ।न्युजकारखाना
रौतहट ११ माघ ।
करिब एक सातापछि रौतहटको सदरमुकाम गौरस्थित प्रादेशिक अस्पतालको सेवा सुचारु भएको छ। यही ७ माघदेखि आन्दोलनरत स्वास्थ्यकर्मी डाक्टरको टोली र मधेस प्रदेश सरकारका स्वास्थ्य मन्त्रीबीच बिहीवार भएको सहमतिपछि अस्पतालको नियमित अपिडी लगायतको सेवा सुचारु भएको हो। अस्पतालको तर्फ बाट ल्याब टेक्निसियण अनुठा राय यादवले एक सूचना जारिगर्दै सेवा सञ्चालन बारे सार्वजनिक गरेको छ।
तलबको माग गर्दै डाक्टर आन्दोलित भएपछि एक सातादेखि अस्पतालको इमर्जेन्सी बाहेकको सम्पूर्ण सेवा बन्द रहेको थियो।

अस्पतालमा राजनीतिक हस्ताक्षेपको कारण लामो समयदेखि तलब भत्ता समेत नपाएको भन्दै गौर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले इमर्जी बाहेकका सम्पूर्ण सेवा ठप्प पारेका थिए । ६ माघ अस्पताल सञ्चालन तथाव्यवस्थापन समितिका अध्यक्ष अनवर हासमिले पत्रकार सम्मेलन मार्फत नेपाली कांग्रेस मधेश प्रदेशका सभापति तथा मन्त्री कृष्णप्रसाद यादव लगायतको हस्तक्षेपका कारण अस्पतालको अवस्था दयनिय भएको सार्वजनिक गरेका थिए।
प्रदेशका कांग्रेस निकट मन्त्री र सांसदको राजनीतिक चलखेलको कारण विगत ६ महिनादेखि अस्पतालले विभिन्न समस्या भोग्दै आएको अध्यक्ष हासमिले बताएका थिए।
प्रादेशिक अस्पताल गौरमा कार्यरत ११ जना डाक्टरले विगत ७ महिनादेखि अन्य सुबिधा भत्ता र तीन महिनादेखिको तलब पाउन नसकेको कारण अस्पतालको इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गरेको एकजना डाक्टर चन्दन सहनीले बताएका छन्। मन्त्री तथा नेताहरुको राजनीतिक हस्तक्षेपका कारण बाध्य भएर अस्पतालको इमर्जेन्सी बाहेकको सेवा बन्द गर्नुपरेको डाक्टर सहनीले जानकारी दिएका छन्।
रौतहट क्षेत्र नं १ ‘ख’ का प्रदेश सांसद एवं प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण प्रसाद यादव, कांग्रेसकै स्वास्थ्य मन्त्री विरेन्द्र सिंह र रौतहट क्षेत्र नं १ ‘क’ का कांग्रेसका प्रदेश सांसद नागेन्द्र साहले अस्पतालमा राजनीति करण गरिरहेको कारण यस्तो अवस्था भएको अध्यक्ष हासमिले बताएका छन्।
अस्पतालको मेडिकल सुपरिटेन्डेण्ट संजीव कुमार सिंह हुँदा हुँदै मन्त्री कृष्ण यादव र प्रदेश सांसद नागेन्द्र साहको दबावमा स्वास्थ्य मन्त्री विरेन्द्र सिंहले पहिलाका मेडिकल सुपरिटेन्डेण्ट कृष्ण प्रसाद साहलाई पठाएर अनावश्यक विवाद गराएको गत ६ गतेको पत्रकार सम्मेलनमा हासमिले प्रस्ट पारेका थिए।
अहिले मेडिकल सुपरिटेन्डेण्ट संजीव र कृष्ण गरी दुई जना कार्यालय प्रमुख कार्यरत छन् र दुवैबीच चर्को विवाद रहेको छ । मेडिकल सुपरिटेन्डेण्ट कृष्ण साहलाई फिर्ता गर्न स्वास्थ्य मन्त्री सिंहलाई पटक पटक आग्रह गरे पनि मन्त्री यादव र प्रदेश सांसद साहको दबावका कारण उनले फिर्ता पठाउन नमानेको अध्यक्ष हासमीले बताए ।
संजीव सिंह एघारौ तह र कृष्ण साह दशौ तहका कर्मचारी हुन् । सिंह सिनियर कर्मचारी रहेकोले मेडिकल सुपरिटेन्डेण्टको अख्तियारी दिनुपर्ने अध्यक्ष हासमीको माग छ ।न्युजकारखाना
काठमाडौं, ११ माघ । मधेश प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनका दुवै जना उम्मेदवार विजयी भएका छन्।
मतपरिणामअनुसार नेपाली कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टी (जसपा) की पूजा चौधरी निर्वाचित भएका हुन्।
ढुंगानाले प्रदेशसभा सदस्यहरूको ३५५१ मतभार र स्थानीय तहका पदाधिकारीहरूको ३८१९ मतभार पाएका छन्। महिलातर्फ चौधरीले प्रदेशसभाको ४०२८ मतभार र स्थानीय तहका पदाधिकारीहरुको ३८९५ मतभार पाएका हुन्।न्युजकारखाना
काठमाडौं, १० माघ ।
माघ ९ गते मंगलबार बसेको मन्त्रिपरिषद बैठकले चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। बैठकका निर्णयहरू सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यसबारेमा जानकारी दिइन्।
सरकारको स्वीकृतिसँगै चलचित्र विधेयकको मस्यौदालाई अन्तिम रूप दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई बाटो खुलेको छ। विधेयकको विषयमा माघ ४ गते चलचित्र विकास बोर्डले चलचित्र सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा प्राप्त राय सुझाव सम्बन्धमा सरोकारवालाहरूसँग छलफल गरेको थियो।
नेपाली चलचित्र क्षेत्रसँग सम्बन्धित सङ्घ संस्थाहरूका प्रतिनिधिहरू तथा चलचित्रकर्मीहरूसँग माग र सम्बोधनका विषयमा केन्द्रित रही छलफल गरेको थियो। करिब तीन महिना पहिले बोर्डले आवश्यक राय सुझाव एवं पृष्ठपोषणका लागि मस्यौदा सार्वजनिक गरेको थियो। सोही मस्यौदामा आधारित रही सबै सङ्घ संस्थाहरूले परिमार्जनको माग गरेकोमा राय सुझाव लिखित रूपमा माग गरी त्यसबारेमा छलफल गरिएको थियो।
यसरी अगाडी बढ्नेछ चलचित्र विधेयक:
चलचित्र विकास बोर्डले प्राप्त गरेका राय सुझावका आधारमा तयार भएको मस्यौदा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा जानेछ। सो मस्यौदालाई सञ्चारले अर्थ मन्त्रालयमा सहमतिको लागि पठाउनेछ। अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएपछि विधेयक तर्जुमा सहमतिको लागि कानुन मन्त्रालयमा जानेछ।
कानुन मन्त्रालयबाट सहमति आएपछि संसद पठाउनु अघिको स्वीकृतिको लागि पुनः मन्त्रीपरिषदमा मस्यौदा जानेछ। यसका बारेमा मन्त्रिपरिषदको विधायन समितिमा छलफल हुन्छ। त्यहाँ स्वीकृत भएपछि कानुन मन्त्रालयमार्फत संसदमा दर्ता हुन्छ। विधेयकले अन्तिम रूप लिन संसदमा दफावार छलफल हुनेछ। संसदबाट पास भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण हुन्छ। राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि त्यो ऐन बन्छ र कानूनको रुप लिन्छ।
बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले नयाँ चलचित्र ऐन पारित गराउन चलचित्रकर्मीहरूले धेरै वर्ष देखी गरेको प्रयास सफलताको चरणमा प्रवेश गर्न लागेकोमा खुसी व्यक्त गरे। उनले नेपालको राष्ट्रिय चलचित्रको हितमा हुने गरी सबैको साझा सहमतिमा चाँडै विधेयक पारित हुनेमा आशा लिएको बताए।न्युजकारखाना
जनकपुरधाम, १० माघ ।
कुनै समयमा उखुलाई नगदे वालीको रूपमा लिने गरिन्थ्यो। बाली लगाउने र सहजै भुक्तानी पाउने भएपछि किसानहरूले नगदेवालीको रूपमा उखु गर्न थालेका थिए।
सहज रूपमा नै आम्दानी हुन थालेपछि उखु खेतीगर्ने किसानहरूको संख्या निकै बढेको थियो। तर, सरकारले सधै ढिलो गरी उखुको मूल्य निर्धारण गर्ने, सिजनमा किसानले उधारोमा उखु बेच्नु पर्ने बाध्यता रहेकाले मधेश प्रदेशमा उखु खेती गर्ने किसानको संख्या घट्दै गएको हो।
रौतहटको गरुडामा स्थापना भएको श्रीराम सुगर मिलको शिलान्यास हुँदा उखु किसान जति हौसिएका थिए मिल नै बन्द भएपछि अहिले उनीहरूले उखु खेती गर्नै छाडेका छन्।
चिनी मिललाई किसानले बेच्ने गरेको उखुको भुक्तानी समेत समयमा नपाउने गरिएको कारणले किसानहरू विस्तापित भएका हुन्।
मधेश प्रदेशमा विशेष गरेर उत्तरी भेगमा बढी उखु खेती हुने गरेको थियो। भुक्तानीको लागि आन्दोलन गर्दै धर्नासम्म दिनुपर्ने बाध्यता रहेकाले किसानहरूको उखु खेती प्रतिको आकर्षण घटेको हो।
रौतहटका किसान भोजिन्द्र यादव गरुडा चिनी मिल सञ्चालन भएपछि खुसी भएकोमा मिल बन्द हुँदा आफूहरूलाई गाह्रो भएकाले अन्य खेती रोजेको बताउँछन्। अहिले उखुभन्दा पनि अन्य खेतीबाट आम्दानी बढी हुने उनको भनाइ छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मधेश प्रदेशको आर्थिक सवेक्षणले ३३.१८ प्रतिशतले उखु खेतीमा ह्रास आएको देखाएको छ। किसानहरूले उखु लगाउन छोडेपछि कतिपय चिनी मिलहरू समस्यामा परेका छन्।
बाबा बैजुनाथ सुगर मिल रौतहटका सञ्चालक बैजु बाबराले किसानले उखु लगाउन छोडेपछि मिल संकटको अवस्थामा रहेको बताए। उनले किसानलाई उखु खेतीतर्फ आकर्षण गराउन नसक्दा समस्या भइरहेको बताए।
सर्लाही धनकौलका उखु किसान राम कल्याण यादवले अन्नपूर्ण चिनी मिलले गत सालकै भुक्तानी दिन बाँकी रहेको गुनासो गरे। देशमै सबै भन्दा बढी उखु खेती हुने सर्लाहीमा तीन वटा चिनी मिल छन्। त्यस मध्ये ईन्दुशंकर चिनी उद्योग हरिवन र महालक्ष्मी चिनी उद्योग बगदह गोडैताले धमाधम उखु क्रसिङ्ग गरिरहेका छन्। यी दुई चिनी मिलबाट भने १०/१५ दिनको अन्तरमा नियमित भुक्तानी पाइरहेको किसानको भनाइ छ।न्युज कारखाना
रौतहट, १० माघ ।
प्रभु साह नेतृत्वको आमजनता पार्टीले आह्वान गरेको एकदिने बन्दको पूर्व सन्ध्यामा प्रदेशभर मसाल जुलुस प्रर्दशन गरिएको छ।
भोलि हुने भनिएको बन्द सफल पार्न मधेश प्रदेशको राजधानी जनकपुरसँगै सबै जिल्लाको सदरमुकाम लगायतको स्थानमा आजपा कार्यकर्ताहरूले बुधबार साँझ मसाल जुलुस प्रर्दशन गरेका हुन्।

आमजनता पार्टी निकट आईटीआर्मीका केन्द्रीय अध्यक्ष चन्द्रभुषण साहको नेतृत्वमा वुधबार जानकी मन्दिरमा सरसफाई गरिएको थियो। जनकपुरको दुई स्थानमा बुधबार साँझ मसाल जुलुस प्रर्दशन गरिएको अध्यक्ष साहले बताएका छन्।
त्यसैगरी रौतहटको सदरमुकाम गौर , चन्द्रनिगाहपुर र गरुडामा मसाल जुलुस प्रर्दशन गरिएको हो।
आमजनता पार्टीका जिल्ला इन्चार्ज त्रिभुवन साह, जिल्ला अध्यक्ष धर्मेन्द्र पटेल, पूर्व मेयर सियाराम कुशवाहा, पलत चौधरी, लालबाबु मन्सुरी, सुरेश चौधरी, अशोक चौधरी लगायत दर्जनौंको संख्यामा रहेका कार्यकर्ताहरूले चन्द्रनिगाहपुरमा मसाल जुलुस प्रर्दशन गरेका छन्। राजमार्गको पूर्वतर्फ बाट नारा जुलुस सहित आएका प्रदर्शनकारी र प्रहरी बिच चन्द्रपुर मुख्य चौकमा सामान्य झड्प भएको थियो।
उता उमाशंकर साह, निवेश यादव, बिक्रम साहले गौरमा र अनिल झा, बिजय साहले गरुडा स्थित मसाल जुलुसको नेतृत्व गरेका थिए।
मसाल जुलुस प्रर्दशनको क्रममा चन्द्रपुरमा प्रहरीसँग सामान्य झड्प भए पनि गौर र गरुडा शान्तिपूर्ण प्रदर्शन भएको आमजनता पार्टीका जिल्ला अध्यक्ष त्रिभुवन साहले बताएका छन्।
उता वीरगंज, कलैया, मलंगवा लगायत मधेश प्रदेशको सबै जिल्ला सदरमुकाम लगायतका स्थानमा बुधवार साँझ मसाल जुलुस प्रर्दशन गरिएको आमजनता पार्टीले जनाएको छ।
बैंकहरूले लिने गरेका मनोमानी ब्याज फिर्ता गराउन, लघुबित र सहकारीहरुको सम्पुर्ण ऋण मिनाहा गराउन तथा आम जनतालाई सहज कर्जा दिलाउन माग गर्दै पूर्व मन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टीले भोलि माघ माग ११ गते मधेश बन्दको आह्वान गरेको छ।न्युज कारखाना
जनकपुर, १० माघ ।
धनुषाको मिथिला नगरपालिका–९, लालगढस्थित चित्रा आयल स्टोर्सको ९ लाख ६० हजार रुपैयाँ लुटिएको छ।
आज बिहान ११ बजे पेट्रोलियम पदार्थ बिक्री गरेर जम्मा भएको नगद १२ किलोमिटर टाढा रहेको महोत्तरीको बर्दिवासस्थित बैंकमा जम्मा गर्न जाने क्रममा लुटेरा समूहले बन्दुक देखाएर लुटपाट गरेको हो।
पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानका अनुसार पूर्व–पश्चिम राजमार्गको व्यस्त सडक किनारामा मोटरसाइकलमा सवार पम्पका कर्मचारी ध्रुव बस्नेतलाई मोटरसाइकलमै आएका लुटेरा समूहले घेरा हालेर बन्दुक देखाई पैसा लुटेका हुन्।
लुटेरा समहूको खोजी गरी कानुनी कारबाही गर्न र लुटिएको रकम फिर्ता गराइदिन प्रहरीसमक्ष निवेदनसमेत दिइएको उनले बताए।न्युजकारखाना
रौतहट १० माघ।
नेपाली कांग्रेस मधेश प्रदेशमा नेताहरुको जालोमा परेर रौतहटको सदरमुकाम गौरस्थित प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सकहरुले समयमा तलब भत्ता पाउन नसकेको कारण आकस्मिकबाहेक सबै सेवा बन्द गरेका छन्।
डाक्टरले ओपिडी लगायतका सेवा बन्द गरेपछि उपचार गराउन आउने बिरामी तथा सर्वसाधारण प्रादेशिक अस्पताल गौरबाट स्वास्थ्य सेवा लिनबाट बञ्चित भएका छन् । तलब सुविधाको माग गर्दै डाक्टर आन्दोलित भएपछि गौर अस्पतालमा यही ७ माघदेखि आकस्मिकबाहेकका कुनै पनि सेवा सर्वसाधारणले पाउन सकेका छैनन्।
६ माघमा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष अनवर हासमीले पत्रकार सम्मेलनमार्फत् नेपाली कांग्रेस मधेश प्रदेशका सभापति तथा मन्त्री कृष्णप्रसाद यादव लगायतको हस्तक्षेपका कारण अस्पतालको अवस्था दयनीय भएको आराेप लगाएका थिए।
प्रदेशका कांग्रेस निकट मन्त्री र सांसदको राजनीतिक चलखेलको कारण विगत ६ महिनादेखि अस्पतालले विभिन्न समस्या भोग्दै आएको अध्यक्ष हासमीले बताएका थिए। प्रादेशिक अस्पताल गौरमा कार्यरत ११ जना डाक्टरले ७ महिनादेखि अन्य सुबिधा भत्ता र तीन महिनादेखिको तलब पाउन नसकेको कारण अस्पतालको आकस्मिकबाहेकका सबै सेवा बन्द गरेको डाक्टर चन्दन सहनीले बताएका छन्।
मन्त्री तथा नेताहरुको राजनीतिक हस्तक्षेपका कारण बाध्य भएर अस्पतालको आकस्मिकबाहेकको सेवा बन्द गर्नुपरेको डाक्टर सहनीले जानकारी दिएका छन्।
रौतहट क्षेत्र नं १ ‘ख’ का प्रदेश सांसद एवं प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण प्रसाद यादव, कांग्रेसकै स्वास्थ्य मन्त्री विरेन्द्र सिंह र रौतहट क्षेत्र नं १ ‘क’ का कांग्रेसका प्रदेश सांसद नागेन्द्र साहले अस्पतालमा राजनीति करण गरिरहेको कारण यस्तो अवस्था भएको अध्यक्ष हासमीले बताएका छन।
अस्पतालको मेडिकल सुपरिटेन्डेण्ट संजीव कुमार सिंह हुँदा हुँदै मन्त्री कृष्ण यादव र प्रदेश सांसद नागेन्द्र साहको दबावमा स्वास्थ्य मन्त्री विरेन्द्र सिंहले पहिलाका मेडिकल सुपरिटेन्डेण्ट कृष्ण प्रसाद साहलाई पठाएर अनावश्यक विवाद गराएको गत ६ गतेको पत्रकार सम्मेलनमा हासमिले प्रस्ट पारेका थिए।
अहिले मेडिकल सुपरिटेन्डेण्ट संजीव र कृष्ण गरी दुई जना कार्यालय प्रमुख कार्यरत छन् र दुवैबीच चर्को विवाद रहेको छ । मेडिकल सुपरिटेन्डेण्ट कृष्ण साहलाई फिर्ता गर्न स्वास्थ्य मन्त्री सिंहलाई पटक पटक आग्रह गरेपनि मन्त्री यादव र प्रदेश सांसद साहको दबावका कारण उनले फिर्ता पठाउन नमानेको अध्यक्ष हासमिले बताए ।
संजीव सिंह एघारौ तह र कृष्ण साह दशौ तहका कर्मचारी हुन् । सिंह सिनियर कर्मचारी रहेकोले मेडिकल सुपरिटेन्डेण्टको अख्तियारी दिनुपर्ने अध्यक्ष हाशमीको माग छ ।न्युजकारखाना
रौतहट १० माघ।
रौतहटको संसदीय निर्वाचन क्षेत्रको नेतृत्व गरिरहेका संघीय संसद किरण कुमार साह इशनाथ नगरपालिकास्थित जटहरा गाउँछेउ अज्ञात समूहले आगजनी गरेको हनुमान मन्दिर र ब्रह्म स्थानमा पुग्दा जय श्रीरामको नारा गुन्जिएको छ।

सांसद साह आफ्ना समर्थकसहित ईशनाथ ५ जटहारा गाउँछेउ सामुदायिक स्कुलको प्राङ्गणमा रहेको हनुमान मन्दिर र विद्यालयको १०० मिटर पछाडि रहेका ब्रहमस्थानमा बुधवार बिहान पुग्दा हजारौं मानिस जम्मा भएका थिए।

हातहातमा धार्मिक झण्डा बोकेका हिन्दू धर्मका समर्थकहरु जय श्रीराम को नारा लगाउँदै धार्मिक आस्था माथि कुठाराघात गर्ने अपराधी लाई अविलम्ब पक्राउ गर्न माग गरेका छन्।

रौतहट क्षेत्र २ का सांसद किरण साहले जम्मा भएका हजारौं मानिस लाई शान्त रहन आग्रह गर्दै दोषीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन त्यहाँ पुगेका एसपी महेन्द्र कुमार श्रेष्ठ लाई अनुरोध सहित निर्देशन दिएका थिए।

बिद्यालय छेउमा रहेको मन्दिरमा हनुमानजीको मूर्ति र ब्रह्मस्थानमा कसैले पराल राखेर आगो लगाएको छ। आगलागी बाट हनुमान को मुर्ति र ब्रह्मस्थानमा क्षती पुगेको छ। जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले घटनाको पुष्टी गरेकी छन्। कसैले पराल राखेर गएराती दुवै मन्दिरमा आगजनी गरेको देखिन्छ घटना बारे स्थानीयले आज बिहान देखेर प्रहरीलाई खबर गरेका थिए। लगत्तै जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठ र सशस्त्र प्रहरी प्रमुख एसपी माधव रेग्मी सहितको टोली घटनास्थल पुगेको तथा छानबिन सुरु गरेको छन्।

सामाजिक सद्भाव बिगार्न यस्ता आराजक गतिबिधि गर्ने दोषीलाई खोजतलास गरी कडा भन्दा कडा कारबाही गर्न स्थानीयले प्रहरी प्रशासन संग जोरदार माग गरेका छन् ।

आगलागी बाट क्षतिग्रस्त भएको हनुमानजीको उक्त मूर्ति २५ बर्ष अघि भारतको राजधानी दिल्ली बाट ल्याईर स्थापना गरिएको स्थानीयले जानकारी गराएका छन् । रौतहटको क्षेत्र २ अन्तर्गत बिगत लामो समय देखि दुई समुदाय बीच बिभिन्न बिषयमा पटकपटक बिवाद हुँदै आएको छ। उक्त क्षेत्रमा धार्मिक बिवाद लिएर शान्ति सुरक्षा कायम राख्न प्रहरी प्रशासन लाई पनि ठूलो चुनौती हुनेगर्दछ।न्युजकारखाना
रौतहट,१० माघ ।
जिल्लाको राष्ट्रिय वनमा दर्जनौं बहुमूल्य जातका खयरका काचा रुख काटिएका छन् । चन्द्रपुर नगरपालिका वडा नम्बर २ मा पर्ने महादेव डाँडामा दर्जनौं बहुमूल्य जातका खयरका रुख काटिएको हो ।
स्थानीयका अनुसार वन कर्मचारीकै मिलोमतोमा सो क्षेत्रमा खयरका रुख काटिएको हो । डिभिजन वन कार्यालय चन्द्रनिगापुर रौतहटबाट करिब १० किलोमिटर उत्तरमा पर्ने चुरेको जङ्गलमा बहुमूल्य जातका खयरका रुखहरू काटिएका हुन् । जुडीबेला सब डिभिजन वन कार्यालयको क्षेत्रमा पर्ने महादेव डाँडाको जंगलमा बहुमूल्य जातका खयरका रुख काटिँदा समेत वन कर्मचारीले कुनै वास्ता नगरेको स्थानीय बासिन्दाले बताएका छन् ।
चुरेको डाँडामा खयरका रुख काटेर विभिन्न साइजका गोलाई बनाई माथिबाट लडाएर खोलामा झारी त्यहाँबाट अन्त लाने गरेको स्थानीयले बताए ।
रौतहटको चुरे क्षेत्रमा बहुमूल्य जातका खयरका रुख काटिएको विषयमा जुडिबेला सब वन डिभिजन कार्यालयका प्रमुख सुरेशकुमार महतोले आफूलाई जानकारी नभएको बताएका छन् ।
आफूले सो स्थानमा कर्मचारी पठाएको र त्यहाँ गएका वन कर्मचारीले एक दुईवटा खयरका रुख काटिएको बताएपछि आफूले सोही आधारमा प्रतिवेदन बनाएर डिभिजन वन कार्यालय रौतहटमा पठाउने तयारी गरेको सहायक वन अधिकृत महतोको भनाइ रहेको छ ।
रौतहटको चुरे क्षेत्रमा पर्ने वन अतिक्रमण गरेर बसेकाहरूले बहुमूल्य जातको खयरका काँचा रुख काटेर त्यसको विभिन्न सामान बनाएर महँगोमा बिक्री वितरण गर्ने गरेको स्थानीय बासिन्दाहरूले जानकारी दिएका छन् ।
रौतहटको चुरे क्षेत्रमा रहेका खयरका रुख काटेर त्यसका डमहरू लगायतका विभिन्न सामान बनाएर बिक्री वितरण हुँदै आएको छ । बुद्ध धर्म मान्नेहरूको धार्मिक अनुष्ठानमा प्रयोग हुने विभिन्न सामान बनाएर बिक्री वितरण हुँदै आएको जानकारहरूको भनाइ रहेको छ । रौतहटको चुरे क्षेत्र अतिक्रमण गरेर बसेकाहरू नै पछिल्लो समय अवैध रूपमा खयरकाहरू काटेर विभिन्न सामान बनाएर बिक्री वितरण गर्ने कार्यमा सक्रिय रहँदै आएको भएपनि वन कार्यालयले त्यसतर्फ ध्यान नदिएको स्थानीय बासिन्दाहरुको भनाइ रहेको छ । खयरबाट बनेका विभिन्न सामानहरू वन कर्मचारीकै सेटिङमा रौतटका मुख्य बाटो भएर जिल्ला बाहिर पुग्दा समेत वन कर्मचारीले थाहा नपाएझैँ गर्ने गरेको एक स्थानीय बासिन्दाले नाम उल्लेख नगर्ने सर्तमा जानकारी दिएका छन् ।
सो बिषयमा डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रले भेटेर कुरा गरौँला भन्ने फोनमा प्रतिक्रिया दिएका छन् ।न्युजकारखाना