२०८३ भाद्र २४
२०८३ भाद्र २४

काठमाडौं, १३ माघ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि  साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका एक दुई स्थानमा हुस्सु र कुहिरो लागेको छ।

 

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

राती भने कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतयाः सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।न्युजकारखाना

 

बज्जिकाञ्चल,राैतहट,१२ गते माघ ।

नेपाल रेडक्रस साेसाईटि राैतहटकाे विभिन्न उपशाखाहरूकाे साधारणसभा सम्पन्न भएको छ ।

No description available.

नेपाल रेडक्रस सोसाइटी उपशाखा सपगढा २९ औं वार्षिक साधारण सभा उपशाखाका सभापति शेख मैनुदिन अध्यक्षता तथा प्रमुख अतिथिको रुपमा जिल्ला शाखाका सभापति राज किशोर प्र. यादव, शाखाका मन्त्री शधर्मेन्द्र प्रसाद सिंह, युवा समाज सेवी मो. मुरतजा लगायत उपशाखा कार्य समिति पदाधिकारी, सदस्यहरूको उपस्थितिमा सम्पन्न भएको छ।

No description available.

उपशाखाका सचिव शेख कैमुदिन कोषाध्यक्षले बार्षिक प्रगति एवम् आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । यसै गरी नेपाल रेडक्रस सोसाइटी हथियाहीको २३ अौं बार्षिक साधारण सभा उपशाखाका सभापति शिवचन्द्र लाल कर्णको अध्यक्षता तथा प्रमुख अतिथि को रुपमा जिल्ला शाखाका सभापति राज किशोर प्र. यादव, शाखाका मन्त्री धर्मेन्द्र प्रसाद सिंह, उपकोषाध्यक्ष शेख कैमुदिन लगायत उपशाखा कार्य समिति पदाधिकारी,सदस्यहरूको स्थानीय बुद्धिजीवी,समाजसेवी,शिक्षकको उपस्थितिमा सम्पन्न भएको छ ।

No description available.

उपशाखाका सचिव बिनोद लाल कर्णले बार्षिक प्रगति प्रतिबेदन र आर्थिक प्रतिबेदन तथा अगामी बर्षको प्रस्तावित कार्यक्रमहरू प्रस्तुत गर्नु भएको थियो भन्ने दुबै उपशाखाको कार्यक्रम सभाले पारित गरेको थियो ।

सप्तरी, १२ माघ ।

कञ्चनरुप नगरपालिका-७ आदर्श टोलबाट अवैध लागूऔषध गाँजा ८ किलोसहित तिलाठी कोईलाडी गाउँपालिका-६ बस्ने ३१ वर्षीय सचिन यादव समेत २ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

 

प्रहरी चौकी धरमपुरबाट खटिएको प्रहरीले को.२५ प ७०२४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।न्युजकारखाना

 

सर्लाही, १२  माघ ।

सर्लाहीको बलरा नगरपालिका–४ बलरा गोठमा रहेको एक घरमा शुक्रबार बिहान ग्यास फड्किएको छ। सहारा ग्यासको सिलिन्डर विस्फोट हुँदा एकतले घरको ६ कोठमा क्षति पुगेको छ।

स्थानीय अख्तर हुसेनको घरमा खाना पकाउने क्रममा सिलिन्डर पड्किँदा क्षति भएको प्रहरीले जनाएको छ। सिलिन्डरमा आगो लागेपछि घरका सबै परिवार घरभन्दा बाहिर भागेकाले मानवीय क्षति हुनबाट जोगिएको छ।

ग्यास सिलिन्डर पड्किँदा घरसहित घरमा रहेका खाद्यान्न सामग्री, लत्ताकपडा र फर्निचरसमेत क्षति पुगेको छ।न्युजकारखाना

माघ १२ वीरगञ्ज ।

नेकपा एकिकृत समाजवादी निकेट समाजवादी प्रेस संगठन नेपाल पर्साको विशेष अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।

 

शुक्रबार वीरगञ्जमा सम्पन्न विशेष अधिवेशनले शम्भु कुमार सुमनको अध्यक्षतामा समाजवादी प्रेस संगठन पर्साको १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसअनुसार संगठनको उपाध्यक्षमा हरिशंकर शर्मा, महिला उपाध्यक्षमा रमा थामी, सचिवमा विनोद पटेल, सह–सचीवमा श्याम सर्राफ र कोषाध्यक्षमा संतोष साह रहेका छन् ।

 

यस्तै सदस्यमा दिपु वर्णवाल, श्याम पासवान, दिपु बर्णवाल, प्रदिप साह, धर्मेन्द्र प्रसाद यादव, जितेन्द्र यादव, राजु साह, रन्जिता कलवार, सरोज पटेल, अमोद शर्मा, श्रवण साह, राधेश्याम पटेलपनि सर्वसम्मत चयन भएका छन् ।

 

संगठन केन्द्रिय सदस्य एंव पर्साका निवर्तमामन अध्यक्ष मनोज पटेलको अध्यक्षता तथा संगठनका केन्द्रिय अध्यक्ष बिश्वमणी सुबेदीको प्रमुख आतिथ्यतामा भएको जिल्ला सम्मेलनमा नेकपा एकीकृत समाजवादी पर्साका अध्यक्ष बालगोपाल थापा, वीरगञ्ज महानगर अध्यक्ष मनोज चौधरी, संगठनका केन्द्रिय महासचिव रामकुमार एलन, उपमहासचिवद्वय लेखनाथ सिकारु र प्रतिज्ञा बुढामगर, सचिवद्वय बृजलाल पासवान र नेपोलियन चेपाङ, केन्द्रिय सचिवालय सदस्य रेविन्द्र कार्की लगायतकोपनि उपस्थिती रहेको थियो ।न्युजकारखाना

 

महाेत्तरी, १२ माघ ।

महोत्तरीको चुरे क्षेत्र राईमण्डलको पर्यटकीय सम्भाव्यता अध्यन गर्न मन्त्रालयले बिज्ञ टोली पठाउने भएको छ ।

 

बर्दिवास उधोग बाणिज्य संघ, होटल तथा पर्यटन व्यवसायी संघ, स्थानीय पत्रकारसँग भएको छलफलमा तत्कालै अध्यन टोली पठाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आश्वासन दिएका हुन् ।

 

उक्त छलफलमा मन्त्री किरातीले राईमण्डलकाे सम्भाब्यता अध्ययन पछि आवाश्यक बजेट समेत विनियोजित गर्ने बताएका छन् ।

 

डा. गुड्रन कर्विन्सले अध्ययन गरेको राईमण्डल क्षेत्रमा नै रहेको मध्यपाषण युगको हतियार कारखानाको थप अध्यन गर्न र पर्यटकीय सम्भावानाको प्रारम्भिक अध्ययन गर्न जरुरी भएको मन्त्री किराँतीले बताए ।

 

अध्ययन टोलीको प्रतिबेदनअनुसार बजेट विनियोजन गरेर बर्दिवासमा रहेको प्राचिन र प्राकृतिक पर्यटन प्रर्वद्वन गर्न आफु तयार रहेको उनकाे भनाई छ ।

 

छलफल पछी महोत्तरी क्षेत्र न. १ का पुर्व सांसद समेत रहेका गिरिराजमणि पोखरेलले मन्त्री किरातीसँगको भेटघाट निक्कै फलदायी भएको बताए । निर्वाचनमा पराजित भएतापनि घोषणापत्रमा राइमण्डललाई पर्यटकीय क्षेत्र बनाउने उदघोष गरेको बताउँदै सो प्रतिबद्दता अहिले पनि सम्झिराखेको नेता पोखरेलले बताए ।

 

यता मन्त्री किरातीले अध्ययन टोली पठाउने बताए पछि उधोगी र पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् । छलफल आशजाग्दो भएको बताउदै उधोग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खडकाले राईमण्डल पर्यटकीय हवको रुपमा बिकास हुने बिस्वास ब्यक्त गरेका छन ।

 

त्यस्तै होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गुन्ज कार्कीले होटल हव, शैक्षिक हवको रुपमा विकास हुदै गएको बर्दिवास अब मधेशकै पर्यटन हब बन्न सक्ने आशा पलाएको बताए ।

 

छलफलमा माओवादी केन्द्रका युवा नेता गणेश बस्नेत, उधोग बाणिज्य संघ बर्दिवासका महासचिव उत्तम कुमार श्रेष्ठ, उपाध्यक्ष सन्तोष सिग्देल, नाटा मधेश प्रदेशका माहासचिव सुदर्सन काफ्ले, स्थानीय पत्रकार बिशाल बस्नेतलगायतको उपस्थिति रहेको थियो ।   न्युज कारखाना

 बज्जिकाञ्चल,रौतहट,१२ गते माघ ।

रौतहट– शीतलहर परियोजना अन्तर्गत माण्डवीले बाँडयो न्यानो कपडा वितरण गरेको छ । रौतहट जिल्ला अन्तर्गत माण्डवीको अगुवाई र एफ सी डी ओ ( स्टार्ट फण्ड नेपाल) को आर्थिक सहयोग तथा मरसी कर्पसको प्राविधिक सहयोगमा विभिन्न सामाग्रीहरु राहत स्वरुप वितरण गरेको हो ।

No description available.

शीत लहर परियोजना अन्तर्गत चिसोबाट प्रभावित घरपरिवारहरुलाई माण्डवी सँस्थाले आज देखि राहत वितरण गर्ने कार्य शुरु गरेको छ । जिल्लाको गौर नगरपालिका, परोहा नगरपालिका तथा ईशनाथ नगरपालिका र सर्लाही जिल्लाको धनकौल गाँउपालिकामा गरी ४ वटा पालिकाहरुका शीत लहर परियोजना अन्तर्गत करिब ५०० जनालाई राहत वितरण गर्ने कार्यक्रम रहेको सँस्थाको अध्यक्ष अन्जु झाले बताईन ।

राहत वितरण कार्यक्रम अन्तर्गत माण्डवीले आज परोहा नगरपालिकाको १ नं. वडाका ३१ जना घरपरिवारबाट वितरण गर्ने कार्य शुरु गरेको छ । शील लहर राहत कार्यक्रम अन्तर्गत २ चरणमा राहत वितरण हुनेछ । पहिलो चरणमा करिव रु.८ हजार बराबरको न्यानो कपडा तथा दोस्रो चरणमा रु.६ हजार ५०० सय बराबरको खाधान सामाग्रीहरु वितरण हुने माण्डवीका अनुगमन तथा मुल्यांकन अधिकृत सुविन्द्र कुमार दासले जानकारी गराए ।

No description available.

राहत सामाग्रीहरुमा ज्याकेट, उनीका सुईटर, उनीका मोजा, थर्मश( तातो पानी राख्ने,१ लिटर) , सिरक(फोम) २ केजी, सिरक(कपास) ६ देखि १० केजी, पि फम ( ६.५ फिट लम्वाई), त्रिपाल १२÷१८, तातो पानी राख्ने (हट वाटर ब्याग), डसना, ऊनको टोपी, बाक्लो मोजा, ऊनको स्वीटर, भित्री न्यानो कपडा(थर्मोकोट सेट), बाक्लो ज्याकेट, बाक्लो टाउजर, बच्चाको न्यानो कपडा(जम्पर), ऊनको पन्जा, चप्पलहरु सिभिए कार्डका माध्यमबाट लाभग्राहीहरुको छनोट अधारमा वितरण गरिएको माण्डवीका कार्यक्रम संयोजक मुनिलाल बैठाले जानकारी गराए ।

पर्सा, १२ माघ ।

वीरगञ्ज महानगरपालिका-१५ प्रतिमा चोकमा सडक अतिक्रमण गरेर बनाइएका संरचना डोजर लगाएर हटाइएको छ । हुलाकी सडकअन्तर्गत पर्ने उक्त स्थानमा केही व्यक्तिले अतिक्रमण गरेर संरचना बनाइएका कारण वर्षौँदेखि हुलाकी सडक निर्माण हुन सकेको थिएन । सडक निर्माण नहुँदा स्थानीयले सास्ति खेप्दै आएका थिए ।

 

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको पहलमा सडक निर्माणको ठेक्का लागेसँगै सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाइएको हो । प्रतिमा चोकबाट कलैयातर्फ जाने करिब डेढ सय मिटर सडक निर्माणका लागि अभी कन्सट्रक्सनले ठेक्का पाएको छ । ६९ लाख १५ हजार रुपैयाँमा हुलाकी सडककै मापदण्डमा आउँदो जेठ ३० गते भित्र सडक तथा नाला निर्माण सम्पन्न गर्ने गरी अभी कन्सट्रक्सनले ठेक्का सकार गरेर सम्झौता गरेको सडक डिभिजन कार्यालय हेटौँडाका डिभिजन प्रमुख इन्जिनियर राजेश कुमार यादवले जानकारी दिए ।

 

ठेकेदार कम्पनीका संचालक दिपु साहले अबको एक महिना भित्रैमा निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी आफ्नो कम्पनीले काम अघि बढाउने बताए । ‘सडक निर्माणका लागि अवरोधको रुपमा रहेका संरचना हटेसँगै (साइट क्लियर भएसँगै) आजैबाट काम सुरु भएको छ,’ ठेकेदार कम्पनीका साहले भने, ‘अबको एक महिनाभित्रै सडक निर्माण सम्पन्न गरेर हस्तान्तरण नै गर्ने गरि हामी काम गर्छौँ ।न्युजकारखाना

वीरगञ्ज, १२ माघ ।

भारतले शुक्रबार विभिन्न कार्यक्रम गरी ७५औँ गणतन्त्र दिवस मनाउँदै छ । भारत ब्रिटिस उपनिवेशबाट १९४७ को अगष्ट १५ मा स्वतन्त्र भएको थियो । १९५० को जनवरी २६ मा संविधान जारी भएसँगै भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको हो ।

 

दिवसको अवसरमा हुने समारोहमा यो वर्ष भारतले फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनलाई प्रमुख अतिथि बनाएको छ । समाराेहमा उनी ट्याङ्क, ऊँट घोडचढी र लडाकू जेट फ्लाई पास्टसहित रङ्गीन सैन्य मार्चपासमा सहभागी हुनेछन् ।

 

भारतको विदेश मन्त्रालयले नयाँ दिल्ली र पेरिस ‘रणनीतिक साझेदार’ भएको बताएको छ भने फ्रान्सेली राष्ट्रपतिले आफ्नो भ्रमणले भारत र फ्रान्सबीचको कुटनीतिक र आर्थिक सम्बन्धलाई सुदृढ र गहिरो बनाउने बताए ।   गणतन्त्र दिवसको अवसरमा राजधानी दिल्लीको सुरक्षा व्यवस्था कडा बनाइएको छ। जसका लागि १४ हजार सुरक्षाकर्मी परिचालित छन्।न्युजकारखाना

बारा, १२ माघ । 

नेपाली कम्युनिष्ट आन्दोलनको दोस्रो पुस्ताका क्रान्तिकारी एवं समाजसेवामा निरन्तर संल्गन रहेका छविचन्द्र ढकालको सम्झनामा स्मृतिग्रन्थ प्रकाशन भएको छ । स्मृतिग्रन्थको सार्वजनिकीकरण यही माघ २१ गते काठमाण्डौमा नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनााथ सभाकक्षमा हुँदै छ ।

 

यसलाई वरिष्ठ क्रान्तिकारीहरूको हातबाट सार्वजनिक गरिनेछ । छविचन्द्र ढकाल तनहुँ चुँदी सिम्पानीमा २००५ आश्विन १५ गते जन्म लिई लामो समय शिक्षक तथा २०३७/३८ सालको ऐतिहासिक शिक्षक आन्दोलनमा संलग्न रही जेल जीवन व्यतीत गरेका र नेपाल राष्ट्रिय शिक्षक संगठनमा जिल्ला अध्यक्ष एवं केन्द्रीय नेता समेत रहेका थिए ।

 

उनले पञ्चायती शासनकालमा प्रजातन्त्र र समाजवादको निम्ति मार्क्सवादी आन्दोलनमा जीवन अर्पण गरेका थिए । उनको जन्म २००५ सालमा आश्विन महिना १५ गतेका दिन पिता पण्डित मीननाथ ढकाल र माता मायादेवी ढकालको माहिलो पुत्रको रूपमा भएको थियो । उनले राजनीतिक कामको सिलसिलामा पढिरहेको पढाइलाई छोड्दै तत्कालीन समयमा “बुर्जुवा डिग्री बहिष्कार” को नारासाथ परिवर्तनको सङ्कल्प लिई लागिपरेका थिए ।

 

उनी एक राजनीतिक क्रान्तिकारीको साथै अथक समाजसेवी, शिक्षाविद् समेत थिए । उनले समाजशास्त्रीय महत्वका पुस्तकहरू पनि छोडेर गएका छन् । उनले बहुआयामिक रुपमा सामाजिक क्षेत्रमा समेत आफ्नो परिचय कायम राखेका छन् ।

 

प्रस्तुत स्मृतिग्रन्थ उनको एकल जीवनको गाथामात्र नभएर उनको पुस्ताको एक ऐतिहासिक झाँकी पनि हो । काठमाडौँमा सम्पन्न कार्यक्रम पछि उनको गृहजिल्ला तनहुँको सदर मुकाम दमौलीमा पनि कृति परिचर्चा ख्यातिप्राप्त व्यक्तित्वहरूबाट यही माघकै २४ गते सम्पन्न हुने छ । उनको देहावसान २०७५ भाद्र महिना १८ गते कलेजोको क्यान्सर रोगको कारणले काठमाडौँको मोडल हस्पिटलमा उपचारको क्रममा भएको थियो ।न्युजकारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।