बारा, १३ माघ ।
बारा प्रहरीले ३७ लाख बराबरको समानसहित ट्रकलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले जिल्लाको विभिन्न ठाउँबाट ३७ लाख ७१ हजार १ सय ६१ रूपैया बराबरको समान सहित ट्रक नियन्त्रणमा लिइएको हो । ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलिले बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगंजमा रौतहटबाट काठमाण्डौतर्फ जादै गरेको प्र.०३-०३-००१ख ००८४ नम्बर को यात्रु बाहक बसबाट घडी ३२५ वटाकाे अन्दाजी मुल्य ६५ हजार र एयर फोन ९० वटा अन्दाजी मुल्य १ लाख ३५ हजार रुपैयाको विल नभएको समान प्रहरीले बरामद गरेको हाे ।
त्यस्तै प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलिले जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकमा रुपन्देहीबाट लाहान-सिराहातर्फ जादै गरेको लु १ क २८८८ नम्बर को मिनिट्रकबाट १३ हजार ३ सय १० पोका सुर्ती गुट्खा र पुकार गरी अन्दाजी मुल्य ३० लाख १ हजार १ सय ६१ रुपैयाँ बराबरको विल नभएको मिनि ट्रकलाई नियन्त्रणमा लिएको छ ।
त्यसैगरी प्रहरीले रौतहटबाट मकवानपुरतर्फ जादै गरेको ना ३ ख ११४३ नम्बर को ट्रकबाट ४ सय बोरो चामल अन्दाजी मुल्य ५ लाख ७० हजार रुपैयाँ बराबरको विल नभएको ट्रकलाई नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए । सामानसहित ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय पथलैयामा बुझाइएको बाराका प्रहरी प्रवक्ता न्यौपानेले बताए ।न्युजकारखाना
माघ १३ वीरगंज ।
बारा प्रहरीले ४ सय ४५ लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।
अस्थायी प्रहरी पोष्ट डुमरवानाबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप-महानगरपालिका वडा नम्बर १४ स्थित राजघटा देखि सिमलासम्म ७ स्थानमा सञ्चालन गरिएको अबैध मदिरा भट्टी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।
उनका अनुसार १ हजार ५ सय मुल्य बराबरको तयारी मदिरा १५ लिटर र २५ हजार ८ सय मुल्य बराबरको कच्चा पदार्थ ४३० लिटर नष्ट गरिएको हो । साथै प्रहरीले उक्त अथानमा सञ्चालित ७ वटा भट्ठी समेत नष्ट गरेको छ ।न्युजकारखाना
रौतहट,१३ माघ ।
पुर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुरमा बसको ठक्करबाट एकजनाको ज्यान गएको छ ।
सर्लाहीबाट नारायणगढ जान लागेको बा ३ ख ३४५५ नम्बरको बसले आज बिहान ४ बजेको समयमा ठक्कर दिदा चन्द्रपुर ५ का ५५ बर्षका बोधनाथ पौडेललाई ठक्कर दिदा उनको घटना स्थलमै ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी निरीक्षक सुशिल आचार्यले जानकारी दिएका छन् ।
बिहान मर्निङवाकमा निस्केका पौडेललाई चन्द्रनिगाहपुरमा रहेको जगत पेट्रोल पम्म अगाडी बसले ठक्कर दिएको थियो । अत्याधिक हुस्सुका कारण बाटो नदेखेका कारण पौडेललाई बसले ठक्कर दिएको अनुमान गरिएको छ ।
ठक्कर दिने बस र बसका चालक चन्द्रपुर नगरपालिका-४ का विजय राई लाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । न्युजकारखाना
रौतहट, १३ माघ ।
नेकपा एमालेका सचिब तथा मधेश प्रदेश इञ्चार्ज योगेश भट्टराईले एमाले नेतृत्वको सरकारका पालामा शुरु भएका बिकाशका योजनाहरु गठबन्धन सरकारले ठप्प पारेको बताएका छन ।
रौतहटको गरुडामा शुक्रवार आयोजित राष्ट्रिय युवा संघको जिल्ला भेलालाइ सम्बोधन गदै सचिव भट्टराईले यस्तो बताएका हुन ।
देशलाइ सम्बृद्धि बनाउने अभियान अन्र्तगत एमाले सरकारको पालामा ल्याएको बिकाशका योजनाहरु यो गठबन्धनको सरकारले ठप्प बनाएको र देशमै अहिले बिकाशका कामहरु ठप्प अबस्थामा रहेको सचिब भट्टराईको भनाइ थियो ।
युवाहरुलाइ स्वरोगार बनाउने, औधोगिक क्षेत्रको बिकाशका योजनाहरु, भौतिक पुर्वाधारका बिकाशका योजनाहरु जस्ता काम अहिले ठप्प रहेको सचिब भट्टराईले बताएका हुन । ‘अहिलेको अबस्थामा अन्य दलहरु एकातर्फ छन भने नेकपा एमाले मात्रै एकातर्फ छ तर पनि नेकपा एमाले आफनो बिचारमा उभिएको पार्टी भएकाले सबैको भरोसाको पार्टी बनेको छ,’ पुर्वमन्त्री समेत रहेका भट्टराईले भने ।
नेकपा एमाले सबै जाती र सबै धर्मको एकताको पक्षमा रहेको बताउदै अगाडी भने, ‘नेकपा एमाले अहिले तराइ मधेशको भरोसाको पार्टी बनेको र अर्को निर्वाचनमा मधेशका एमालेमय बन्ने छ ।’ यस्तै उहाँले पार्टी बिभाजनलाई मेटदै रौतहट बिस्तारै पुरानै अबस्थामा पुगिरहेकोसमेत बताए ।
राष्ट्रिय सभाको निर्वाचनको कोशी प्रदेशको मत परिणामले गठबन्धनको सरकारमा अन्तर बिरोध शुरु भएको बताउदै सचिब भट्टराईले बिस्तारै यो गठबन्धन भत्किने ठोकुवा समेत गरेका छन । एमालेको जनमत अझै बढदै गएको उल्लेख गर्दै भट्टराईले देशको सम्बृद्धिको लागि आउदो निर्वाचनमा संघ, प्रदेश र स्थानिय तहमा एमाले जित्नुपर्ने बताए ।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तथा रौतहट इन्चार्ज पुरुषोतम पौडेल, केन्द्रीय सदस्य उद्धब रेग्मी, अजयकुमार गुप्ता, रेखा झालगायतले युवाको परिचालनको बारेमा आ आफनो धारणा राखेका छन । आउदो माघ २५ र २६ गते नेकपा एमाले रौतहटको जिल्ला अधिवेशन हुदैछ ।
अधिवेशनलाई भब्य रुपमा सफल बनाउन युवा परिचालनको लागी युवा संघको शुक्रबार बैठक राखिएको थियो । बैठक युवा संघ रौतहटका अध्यक्ष मुन्ना यादबको अध्यक्षतामा बसेको थियो । जिल्ला अधिवेशनको लागि आज १८ वटै पालिकामा प्रतिनिधि चयन हुदैछ । अधिवेशनको उदघाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ ।न्युजकारखाना
रौतहट,१२ माघ ।
गृहणी महिला संघ नेपाल काठमाडौँले रौतहटका विपन्न परिवारहरुलाई न्याना कपडा वितरण गरेको छ।
सो संस्थाले जिल्लाको देवाही गोनाही नगरपालिका वडा नम्बर ७ उचिडीका सय घरधुरीलाई ब्ल्याकेन्ट, स्विटर , सारी लगायतका न्याना कपडाहरू वितरण गरेको हो।
संस्थाकी अध्यक्ष अमृता शर्माको नेतृत्वमा आएको टोलीले शुक्रबार सो टोलमा पुगेर स्थानीयलाई न्याना कपडाहरू वितरण गरेको संस्थाले जनाएको छ ।
गृहणी महिला संघले सदैव सामाजिक कार्यहरु गर्दै आएको र आज रौतहटका विपन्न परिवारहरुलाई न्याना कपडाहरू सहयोग गर्न पाउँदा निकै खुशी लागेको बताईन्।
उनले आगामी दिनहरुमा पनि रौतहट आएर सामाजिक कार्यहरु गर्ने प्रतिबद्धता व्यक्त गर्दै यो कार्यका लागि सहयोग गर्ने सम्पूर्णमा धन्यवाद व्यक्त गरिन्। चिसोको कहरमा रहेका नागरिकहरुलाई सक्दो सहयोग गर्न संस्थाका सदस्यहरुले आफुले आर्थिक संकलन गरेर न्याना कपडाहरू खरिद गरेर रौतहट आएको संस्थाकी सरिता आचार्यले बताइन्।
चन्द्रपुर ५ मा रहेको नमुना इंग्लिस आवासीय स्कुलको सहकार्यमा सम्पन्न सो कार्यक्रममा विद्यालयकी संचालक लक्ष्मी श्रेष्ठ, नेकपा एमाले रौतहट प्रचार विभाग प्रमुख रुपेश कुमार पटेल लगायतको उपस्थिति रहेको थियो।
राज्यका निकायहरुले चिसोको कहरमा आफुहरुलाई वेवास्ता गरेको बेला गृहणी आएर न्याना कपडाहरू प्रदान गरेकोमा स्थानीयले खुसी व्यक्त गरेका थिए ।न्युजकारखाना
रौतहट,१२ माघ ।
जिल्लाको वृन्दावन नगरपालिकाको सवारी साधन पछिल्लो समय कबाडमा परिणत हुन थालेको छ ।
सो नगरपालिकाको एम्बुलेन्सदेखि ट्वाइलेट साफ गर्ने ट्रयाक्टर र ट्याङ समेत कबाड बनेको हो ।
नगर प्रमुख र हाकिम चढ्ने गाडी राम्रो भएको र जनताको काममा प्रयोग हुने सवारी साधन कबाड बनेपछि स्थानीयले आक्रोश बन्न थालेका छन् । आम सर्वसाधारणको काममा प्रयोग हुने संवेदनशील सवारी मानिएका एम्बुलेन्स समेत चार महिनादेखि ड्राइभरको घरमा कबाड अवस्थामा थन्किएको छ । सो नगरपालिकामा चारवटा एम्बुलेन्स सञ्चालनमा रहेको र हाल दुईवटा एम्बुलेन्स चालु अवस्थामा मात्र रहेको छ । सो नगरपालिकाको वडा नम्बर १, ४, ७ र ८ मा एम्बुलेन्स रहेको छ । जसमध्ये वडा नम्बर १ र ४ को एम्बुलेन्स कबाड नै बनेको हो ।
यता जनतालाई लाभ हुने ट्वाइलेट साफ गर्ने सेफ्टी टयाङकर ७ महिनादेखि बीरगञ्जको एक ग्यारेजमा अल्पत्र परेको छ ।
पूर्व नगर प्रमुख राम स्नेही यादवको पाला देखि सस्तो रेटमा आम सर्वसाधारणको ट्वाइलेट सरसफाई गर्दै आएको थियो । तर गत स्थानीय तहको निर्वाचनमा नगर प्रमुख पदमा विनोदप्रसाद कुर्मी निर्वाचित भएदेखि नै नगरपालिका अस्तव्यस्त बनेको र आम सर्वसाधारणको एम्बुलेन्सदेखि ट्वाइलेट साफ गर्ने ट्याङ्की समेत प्रयोगविहीन बनाएको जनमत पार्टीका नगरप्रमुख प्रत्याशी दयाराम पटेलले बताए ।
नगर प्रमुख कुर्मी आफू अनुकूल हाकिम मात्र ल्याउन खोजेपछि नगरपालिकाको अवस्था दयनीय नै भएको उनले आरोप समेत लगाए ।
लामो समयदेखि एम्बुलेन्स र ट्वाइलेट साफ गर्ने ट्याङ्कर प्रयोगविहीन बनेपछि आम सर्वसाधारणले चर्को शुल्क तिरेर बाहिरबाट एम्बुलेन्स र ट्वाइलेट साफ गर्ने ट्याङ्कर ल्याएर काम चलाउनुपर्ने बाध्यता रहेको वृन्दावन नगरपालिका वडा नम्बर १ का पूर्व वडाध्यक्ष सुबोध पटेलको भनाइ रहेको छ । यता पालिकाले दिदै आएको सेवा बन्द भएपछि आम सर्वसाधारण पनि आक्रोसित बन्दै जान थालेकाछन ।
पालिकामा सवारी कसरी कवाड बन्यो भन्ने बिषयमा सो पालिकाका प्रमुख प्रशासकीय अधिकृत रन्जयकुमार पटेल सँग बुझ्दा आफू भर्खरै आएको हुनाले सो बिषयमा आफुलाई केही जानकारी नभएको बताएका छन् । सो बिषयमा आफू पनि पालिकामा गएर बुझ्ने अधिकृत पटेलले बताए ।
यता स्थानीयले नगरपालिकाको जिन्सी शाखाका चरम लापरवाहीका कारण सो एम्बुलेन्सदेखी ट्याङकरसम्म कबाड बनेको बताएका हुन ।
तर, नगरपालिका स्रोतबाट बुझ्दा सो पलिकामा असार यता जिन्सीको जिम्मा कसैलाई तोकिएको छैन ।
न्युजकारखाना
काठमाडौं, १३ माघ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका एक दुई स्थानमा हुस्सु र कुहिरो लागेको छ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती भने कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतयाः सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।न्युजकारखाना
बज्जिकाञ्चल,राैतहट,१२ गते माघ ।
नेपाल रेडक्रस साेसाईटि राैतहटकाे विभिन्न उपशाखाहरूकाे साधारणसभा सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा सपगढा २९ औं वार्षिक साधारण सभा उपशाखाका सभापति शेख मैनुदिन अध्यक्षता तथा प्रमुख अतिथिको रुपमा जिल्ला शाखाका सभापति राज किशोर प्र. यादव, शाखाका मन्त्री शधर्मेन्द्र प्रसाद सिंह, युवा समाज सेवी मो. मुरतजा लगायत उपशाखा कार्य समिति पदाधिकारी, सदस्यहरूको उपस्थितिमा सम्पन्न भएको छ।

उपशाखाका सचिव शेख कैमुदिन कोषाध्यक्षले बार्षिक प्रगति एवम् आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । यसै गरी नेपाल रेडक्रस सोसाइटी हथियाहीको २३ अौं बार्षिक साधारण सभा उपशाखाका सभापति शिवचन्द्र लाल कर्णको अध्यक्षता तथा प्रमुख अतिथि को रुपमा जिल्ला शाखाका सभापति राज किशोर प्र. यादव, शाखाका मन्त्री धर्मेन्द्र प्रसाद सिंह, उपकोषाध्यक्ष शेख कैमुदिन लगायत उपशाखा कार्य समिति पदाधिकारी,सदस्यहरूको स्थानीय बुद्धिजीवी,समाजसेवी,शिक्षकको उपस्थितिमा सम्पन्न भएको छ ।

उपशाखाका सचिव बिनोद लाल कर्णले बार्षिक प्रगति प्रतिबेदन र आर्थिक प्रतिबेदन तथा अगामी बर्षको प्रस्तावित कार्यक्रमहरू प्रस्तुत गर्नु भएको थियो भन्ने दुबै उपशाखाको कार्यक्रम सभाले पारित गरेको थियो ।
सप्तरी, १२ माघ ।
कञ्चनरुप नगरपालिका-७ आदर्श टोलबाट अवैध लागूऔषध गाँजा ८ किलोसहित तिलाठी कोईलाडी गाउँपालिका-६ बस्ने ३१ वर्षीय सचिन यादव समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी धरमपुरबाट खटिएको प्रहरीले को.२५ प ७०२४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।न्युजकारखाना
सर्लाही, १२ माघ ।
सर्लाहीको बलरा नगरपालिका–४ बलरा गोठमा रहेको एक घरमा शुक्रबार बिहान ग्यास फड्किएको छ। सहारा ग्यासको सिलिन्डर विस्फोट हुँदा एकतले घरको ६ कोठमा क्षति पुगेको छ।
स्थानीय अख्तर हुसेनको घरमा खाना पकाउने क्रममा सिलिन्डर पड्किँदा क्षति भएको प्रहरीले जनाएको छ। सिलिन्डरमा आगो लागेपछि घरका सबै परिवार घरभन्दा बाहिर भागेकाले मानवीय क्षति हुनबाट जोगिएको छ।
ग्यास सिलिन्डर पड्किँदा घरसहित घरमा रहेका खाद्यान्न सामग्री, लत्ताकपडा र फर्निचरसमेत क्षति पुगेको छ।न्युजकारखाना