२०८३ बैशाख १४
२०८३ बैशाख १४

 

काठमाडौं, १४ माघ ।

सत्ता साझेदार दल  नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले गत वर्ष भएको निर्वाचनपछि पनि देशको राजनीतिक अस्थिरता अन्त्य हुन नसकेको बताएका छन् ।

आइतबारबाट काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय परिषद् बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले २०७९ सालको निर्वाचनपछि राजनीतिक शक्ति सन्तुलन र समीकरणहरुमा केही केही फेरबदल भए पनि राजनीतिक अस्थिरता अन्त्य हुन भने नसकेको बताएका हुन् । निर्वाचनपछि देशमा राजनीतिक अस्थिरता कायमै रहेको बताउँदै उनले देशको राजनीतिमा अस्थिरताका बादल मडारिरहेको बताए ।

देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरिरहेको एमालेले सत्ता गठबन्धन तोड्न अनेक उपाय लगाइरहेको उनको आरोप छ ।

रौतहट,१४ माघ ।

जिल्लाको फतुवा बिजयपुर नगरपालिकाका कर्मचारीले लामो समय देखी तलव खान पाएका छैनन् ।

 

राजनीतिक टकरावका कारण रौतहटको फतुवा विजयपुर नगरपालिकाका कर्मचारीले तलव  खान नपाएका हुन । सो नगरपालिकामा समयमा बजेट पास नगर्दा त्यहाँका कर्मचारीले तलब नपाएका हुन् ।

 

फतुवा विजयपुर नगरपालिकाको कार्यपालिका बैठक बसे पनि बजेट पास हुन नसकेको पालिकाको सूचना तथा सञ्चार प्रविधि अधिकृत हंसराजककुमार यादवले बताए । उनले भने, ‘वैशाखदेखि हामीले तलब पाएका छैनौँ । कार्यपालिका बैठक बस्न सकेको छैन ।’

 

पालिकाका अनुसार नगरप्रमुख गोपाल राय यादव पक्षका वडाध्यक्षहरु र नगर उपप्रमुख अमवेया खातुनबिचको टकरावका कारण नगरसभाको बैठकले बजेट पास गर्न नसकेको हो ।

 

लालबकैया नदीको टेन्डरमा भएको भ्रष्टाचार प्रकरणमा विशेष अदालतले दोषी ठहर गरे पछि त्यहाँका मेयर यादव निलम्बनमा छन् । पालिकाको कार्यवाहक मेयर खातुन छिन् । आफू निलम्बनमा परे पछि पनि पालिकामा यादवको दबदबा बढेको पालिकाका एक कर्मचारी बताउँछन् । उनले भने, ‘कार्यवाहक मेयरले अहिले बजेट एकै ठाउँमा ल्याएर पास गरौँ, कर्मचारीलाई तलब खान दिनुपर्छ भन्नुहुन्छ तर, यादव पक्षका वडाध्यक्षहरुले मानिरहेका छैनन् ।’

 

यो पालिकामा शिक्षक र कर्मचारीगरी झण्डै ६ सय कर्मचारीले गत साउनदेखि तलब नपाएको सूचना अधिकृत हंसराजले बताए । सो नगरपालिकामा शिक्षक तथा कर्मचारीले तलब खान नपाएको भन्दै केही समयअघि सम्म नगरपालिकाको कार्यालयमा धर्ना दिएका थिए ।

 

निलम्बनमा परेका फतुवा विजयपुर नगरपालिकाका मेयर यादवले आफूले चुनावमा खर्च गरेको पैसा उठाउनका लागि विभिन्न दबाब दिएका कारण समयमा नगरपालिकाको बजेट आउन नसकेको बताइएको छ। मेयर मात्र नभएर सो पालिकाका नेपाली कांग्रेस निकटका ठेकेदार तथा व्यापारीले समेत मनोमानी रुपमा आफ्नो तरिकाले नगरको बजेट बनाउन दबाब दिने गरेको स्रोतले बताएको छ ।

 

निलम्बनमा परेका मेयर यादव नेपाली कांग्रेसबाट दोस्रोपटक निर्वाचित भएका थिए। लामो समयदेखि कर्मचारी तथा शिक्षकहरूले तलब खान नपाएका कारण उनीहरूले विभिन्न समस्या झेल्दै आएको गुनासो गरेका छन् । समयमा नगरसभा नभएका कारण फतुवा विजयपुर नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि दिइने दिवा खाजा समेत प्रभावित भएको शिक्षकहरूले गुनासो गरेका छन् ।

 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्ययबजेटको अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्छ । असार मसान्तभित्र बजेट पास गर्नुपर्ने    हुन्छ ।

न्युजकारखाना

 बज्जिकाञ्चल,राैतहट,१३ गते माघ ।

रंगपुर साझेदारी बन व्यवस्थापन समूहको अध्यक्षमा अशोकप्रसाद यादव निर्विरोध निर्वाचित भएका छन् ।

शनिवार गरुडामा भएको साधारण सभाबाट यादव निर्विरोध निर्वाचित भएका हुन् । गरुडा नगरपालिका ५ झाँझपुलस्थित माध्यमिक विद्यालयको प्रांगणमा भएको साधारण सभामा एउटा मात्र यादवको मनोनयन दर्ता भएकोले निर्वाचन समितिले यादवलाई निर्विरोध चयन भएको घोषणा गरेको छ ।

अध्यक्ष पदमा यादव निर्विरोध निर्वाचित भएपछि अन्य पदमा सहमतिको वातावरण बनिरहेको समितिले जनाएको छ । साधारण सभाको उदघाटन सत्रमा पूर्व प्रदेश राज्यमन्त्री नागेन्द्र यादवले साझेदारी बनले जनताको जीवनस्तर र वातावरण सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।

समूहको नयाँ नेतृत्वले बनबाट सर्वसाधारणलाई हुने सुविधामा अझ राम्ररी सहजीकरण गर्ने तथा बन जोगाउन र वातावरणमा योगदान दिन विशिष्ट भूमिका खेल्ने बताएका छन् ।

साधारण सभाका वक्ताहरुले वातावरण जोगाउनको लागि बन आवश्यक भएको बताउँदै मधेशको भूमिलाई मरुभूमिकरणबाट बचाउन पनि सबैले बन जोगाउन तथा रुख रोप्न सिक्नुपर्ने बताएका छन् । समूहको अध्यक्षमा यादव दोस्रोपटक निर्वाचित भएका हुन् ।

बज्जिकाञ्चल,रौतहट,१३ गते ।

रौतहट–रौतहट सदरमुकाम गौरमा मेयर कप क्रिकेट प्रतियोगिता सुुरु भएको छ । नगर स्तरीय क्रिकेट खेलाडी छनौट गर्ने उदेश्यले सो प्रतियोगिता सुरु भएको हो ।

No description available.

जिल्लाको गौर नगरपालिकामा नगर स्तरीय मेयर कप टि–२० क्रिकेट प्रतियोगिता आज देखि सञ्चालन भएको हो । एक कार्यक्रमका बिच नगर प्रमुख शम्भु साहले सो प्रतियोगिताको समुद्धघाटन गर्नुु भएको हो । प्रतियोगितामा नगरभरिको ९ वटा टिमको सहभागिता रहेको छ ।

No description available.

आज वडा नम्बर १ र ५ बिच समुद्धघाटन खेल भएको थियो । जसमा वडा नम्बर १ टिमले टस जितेर ब्याटिङ्ख गर्ने गरेको थियो । वडा नम्बर १ को टिमले ब्याटिङ्ख गर्दै निर्धारित २० ओभर खेल्दै १ सय ७२ बनाएको थियो । १ सय ७३ रनको पाएको वडा नम्बर ५ को टिम १ सय ७ रनमै समेटिन पुुग्यो । खेलमा विजयी टिमका रवि साहले नट आउट रहदै ८४ रनको पारि खेलेका थिए । आजदेखि सुरु भएको क्रिकेट प्रतियोगिता माघ २२ गते सम्म चल्ने रौतहट क्रिकेट संघका प्रेस संयोजक प्रविण टिबडेवालले जानकारी गराएका हुन् ।

No description available.

रौतहट जिल्ला क्रिकेट संघको समन्वय तथा गौर नगरपालिकाको आर्थिक सहयोगमा शनिवार देखी प्रतियोगिताको आयोजना भएको हो । उद्धघाटन सत्रलाइ सम्बोधन गर्दै नगर प्रमुख शम्भु साहले नगर स्तरीय टिम तयार पार्न मेयर कप सुुरु भएको बताए । हामीले पालिका कप खेलाउन सोच बनाए पनि नगर टिम नै तयार हुन नसकेको अवस्थामा सो प्रतियोगिता हुन नसकेको उनको भनाइ छ । अब तुरुन्तै पालिका कप हुने बताए ।

No description available.

गौरको मुटुको रुपमा रहेको राइस मिलको फिल्डलाइ क्रिकेट मैदानको रुपमा परिणत हुने दाबी गरे । यसको लागि आफूू प्रक्रिया बढाइ सकेको जानकारी गराए । राइस मिलको फिल्ड माथि विगतमा जुन मान्छेहरुको गिद्धे नजर थियो । त्यो गिद्धे नजरले केही हुनेबाला छैन् । गौर राइस मिलको फिल्डलाइ नगरपालिकाले छिट्टै नै अधिग्रहण गर्ने बताए । यसै आर्थिक वर्ष भित्र यसलाइ आफूहरुले अधिग्रहण गर्ने ठोकुवा गरे ।

No description available.

स्टिडियम बनाउने विषयमा आफूले छलफल गरिसकेको जानकारी समेत गराए । सहयोगी निकाय सँग स्टिडियम बनाउने विषयलाइ मौखिक सहमती भइसकेको बताए । साथै उनले क्रिकेट खेलाडीको क्षमता अभिवृद्धिका लागि प्रतियोगिताको आयोजना गरिएको बताए ।

No description available.

त्यस्तै नेपाल पत्रकार महासंघ रौतहटका सभापती प्रेमचन्द्र झाले खेल स्वास्थ्यको लागि फाइदा हुने भएकोले यसलाइ सबैले हौसला प्रदान गरि बढाउनुु पर्ने बताए । साथै उनले खेलमा मित्रवत व्यवहार हुनुुपर्नेमा जोड दिए । एकअर्कालाइ सत्रु हैन प्रतिीपर्धी रुपमा बुुझनुुपर्ने उनको सुुझाव थियो ।

No description available.

यस्ता खेलकुद आयोजनले प्रतिभाको विकास गर्ने बताए । खेलकुदमा नगरपालिकाको लगानी खेर नगइ यसबाट खेलाडी उभरेर आउने प्रष्ट पारे । संयोजक टिबडेवालका अनुसार प्रतियोगितामा विजेता हुने टिमलाई २५ हजार र उप विजेता हुने टिमलाई १५ हजार नगद पुरस्कार दिइने छ । प्रत्येक खेलमा म्यान फ द म्याच हुनेलाई १५ सय, म्यान अफ द सिरिज हुनेलाई ५ हजार, वेस्ट बलरलाई २१ सय, वेस्ट ब्याट्स म्यान लाई २१ सय र वेस्ट किपरलाई २१ सय नगद पुरस्कार र सिल्ड कप लगायत प्रदान गरिने उनले बताए ।

No description available.

प्रतियोगिताको उद्धघाटन सत्रमा मेयर साहका साथै प्रमुख प्रशासकीय अधिकृत सुवाष ठाकुर, रौतहट क्रिकेट सङ्घका अध्यक्ष पवन साह, कोषध्यक्ष बिक्रान्त साह,किक्रेट खेलाडी,खेलप्रेमी दर्शकहरुको भव्य उपस्थिति रहेको थियो । प्रतियोगितामा सहभागि प्रत्येक टिमलाइ एक सेट क्रिकेट सामाग्री भएको किट र बल प्रदान गरिएको थियो ।फाेटाे फिचर

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

रौतहट, १४ माघ ।

गौर नगरपालिकाका नगर प्रमुख शम्भू साह कानूले क्रिकेट खेलको मैदानको रुपमा गौर बासीले देखेका सपना छिटै पूरा हुने बताएका छन् ।

 

गौर नगरपालिकाको आर्थिक सहयोग तथा रौतहट जिल्ला क्रिकेट संघको आयोजनामा गौर राईस मिलको मैदानमा आयोजना गरिएको मेयर कप २०८० को उदघाटन समारोहमा सम्बोधन गर्दै मेयर साहले जग्गा अधिग्रहणको प्रक्रिया अगाडी बढ़ी सकेकोले गौर राइस मिलको जग्गा चालू आर्थिक वर्षको अन्त्य सम्म अधिग्रहण हुने दावी गरे।

 

मेयर साहले भने वर्षो देखि क्रिकेट खिलाड़ीहरुले खेल मैदानको लागि देख्दै आएको सपना अब पूरा हुने बताए ।  जग्गा अधिग्रहणको ७५ प्रतिशत काम आषाढ़ मसान्तसम्म सकिने र त्यस पछि स्टेडियम निर्माणको लागि पहल समेत गरिने मेयर साहले आश्वासन दिएका छन ।

 

रौतहटमा पहिलो पटक आयोजना हुन लागेको पालिका क्रिकेट कप प्रतियोगिताको लागि खेलाडी छनौट गर्ने मेयर कपको आयोजना गरिएकोले खेलाडीहरुलाई अनुसाशनमा बसेर आफ्नो प्रतिभा देखाउन आग्रह गरे ।

 

गौर राइस मिलको जग्गा अधिग्रहण गर्नको लागि २०७५ साल देखि नै प्रक्रिया जारी रहेकोमा मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले सार्वजानिक सरोकारका विषय रहेको गौर राइस मिलको जग्गा अधिग्रहण गर्नका लागि १५ करोड़ रुपैया विनियोजन गरेर अधिग्रहणको प्रक्रिया अगाडी बढाउन जिल्ला प्रशासन कार्यालय रौतहटलाइ प्रदेश सरकारले पत्राचार समेत गरिसकेको छ । तत्कालीन प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको पालामा प्रदेश सरकारले पत्र पठाउदा पनि जिल्ला प्रशासन कार्यालयले पत्र अनुसार कार्यवाही अगाडी बढाउन नसक्दा प्रक्रिया ओझलमा परेको छ ।

 

क्रिकेट संघका अध्यक्ष पवन साहको सभापतित्वमा सम्पन मेयर कप उदघाटन कार्यक्रम नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा , क्रिकेट संघका कोषाध्यक्ष बिक्रान्त विक्रम नेपाल लगायतले आ आफ्नो मंतव्य राखेका थिए भने कार्यक्रममा नगर पालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत शुभाष ठाकुर, सशस्त्र प्रहरी बल नेपाल बीओपी गौर भन्सारका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक अमर लामाको सहभागिता रहेको थियाे ।

 

मेयर कपको पहिलो दिन भएको खेलमा गौर नगरपालिका- १ ले गौर नगरपालिका- ५ को टीम लाइ पराजित गर्दै विजयी शुरुवात गरेको हो।न्युजकारखाना

महोत्तरी, १३ माघ ।

जिल्ला समन्वय समिति महोत्तरीले बनाएको ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्रि तथा व्यवस्थापन सम्बन्धि कार्यविधि २०७९ विरुद्ध परेको रिटलाई उच्च अदालत जनकपुरले खारेजी गरेको छ।

जिल्ला समन्वय समितिलाई विपक्षी बनाएर बर्दिवास नगरपालिका र गौशाला नगरपालिकाले २०७९ माघ १९ गते दायर गरेको रिटलाई मंगलबार अदालतले दरपिठ गरेको हो।

नगरपालिकाहरूले समन्वय समितिले ढुंगा, गिटी, बालुवा बिक्रीवितरण तथा व्यवस्थापन सम्बन्धी ऐनलाई टेकेर बनाएको कार्यविधि गलत भएको दावी गर्दै उत्प्रेषण परमादेशसहितको रिट हालेका थिए।

रिटलाई दरपीठ गरेसगैँ समन्वय समितिको उक्त कार्यविधि सक्रिय भएको छ। तर, फैसलाको पूर्णपाठ भने आउन बाकी छ।

सवैभन्दा बढी अवैध उत्त्खनन बर्दिवास नगरपालिका र गौशाला नगरपालिकामा नै भईरहेको गुनासो बढीरहेको वेला समन्वय समितिको कार्यविधि यस्लाई रोक्न प्रभावकारी वन्ने बिस्वास लिइएको छ।

न्यायाधिशद्वय किरण कुमार पोखरेल र श्रीकान्त पौडेलको सयुक्त इजलाशले गरेको उक्त फैसला अवैध दोहन, चोरी, निकासीलाई रोक्न महत्वपुर्ण भएको वताउँदै समन्वय समितिको प्रयासलाई स्थानियहरुले प्रसंसा गरेका छन्।

ऐन र कानुनमा नै टेकेर जरिवाना लगायतका कार्यविधि बनाइएको र अदालतले फैसला गरेसगैँ यस्लाई कार्यान्वयन गर्न अगाडी बढने समन्वय समितिका संयोजक सुमनलाल कर्णले बताए ।

`उत्त्खनन गर्न सहज होस भन्ने हेतुले वहाँहरुले हालेको रिटलाई खारेज गरेसगैँ अब हामी स्थानिय सरकारलाई जिम्मेवारी वनाउनेतर्फ उन्मुख हुनेछौं,´ उन्ले भने।

बर्दिवास नगरपालिकाको तर्फबाट अधिकृतस्तरका कर्मचारी दिपक पौडेल र गौशाला नगरपालिकाको सहायक चौथोस्तरका कर्मचारी  पृथ्वीनारायण महतोलाई अख्तियारी दिएर अगाडी बढेको मुद्दा १ वर्षदेखी विचाराधीन अवस्थामा नै रहेको थियो।

के-के छ कार्यविधिमा ?

कार्यविधिमा प्रचलित ऐन कानुनको नै अधिनमा रही कार्यान्वनलाई जोड दिने उल्लेख गरिएको छ।

तर समन्वय समितिले कसुरको प्रकारअनुसार दण्ड जरिवाना निर्धारण गरेको छ। नदीको पानीभित्र मेसिनरी प्रवेश गरेर वहाव क्षेत्रमा सामाग्री संकलन गरेको खण्डमा २० हजार देखी ८० हजारसम्म जरिवाना गर्ने व्यवस्था गरिएको छ।

त्यस्तै स्थानीय अनुगमन समिति र जिल्ला अनुगमन समितिमा अभिलेखीकरण नगराई नदी, खानी क्षेत्रमा मेसिन प्रयोग गरेमा ५० हजार देखी ७५ हजारसम्म जरिवाना गर्न सकिने व्यवस्था गरिएको छ।

कसुर सम्बन्धि शीर्षकलाई विभिन्न १० भागमा विभाजन गरी न्युनतम ३ हजार देखी अधिकतम १ लाखसम्म जरिवाना गर्ने पनि व्यवस्था गरिएको छ।

उक्त कार्यविधिलाई समन्वय समितिले कार्यान्वयनको लागी सम्बन्धित नगरपालिकालाई यसअघि नै पत्राचार गरिसेकेको जिल्ला समन्वय समितीले जनाएको छ।

विशेषगरी बर्दिवास र गौशाला नगरपालिकाले जरिवाना सम्बन्धि कार्यविधिमा नै आपत्ति जनाउँदै अदालतमा उत्प्रेषण परमादेशको माग गरेका थिए। न्युज कारखाना

वीरगंज, १३ माघ ।

मधेस प्रदेशमा केही समय अघिसम्म सत्ता सहयात्री रहेको जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने तयारी थालेका छन्। मुख्यमन्त्री यादवले आगामी १ हप्ताभित्र विश्वासको मत लिने तयारी गरिरहेको उनी निकट स्रोतले जनाएको छ।

जनमत पार्टीले सरकार छाडेर मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेका हुन्। उनले विश्वासको मत लिनेबारे सत्ता सहयात्री अन्य दलसँग पनि छलफल गर्ने भएका छन्।

सरकारमा रहेका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ। माघ ९ गते जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई पत्र पठाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएका थिए।

उनीहरूको राजिनामा स्वीकृत गर्दै प्रदेश प्रमुखको कार्यालयले दुबै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री यादवलाई तोकेको थियो। न्युजकारखाना

वीरगंज १३ माघ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको सम्बोधनको पूर्णपाठः

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट वीरगंजमा बक्सेको सम्बोधन:

 

उपस्थित महिला तथा सज्जनवृन्द,

तपाईहरुका बीच आफ्ना मनका कुरा भन्न पाउँदा मलाई आज खुशी लागेको छ। हाम्रा तराई फाँटका जनभावना बुझ्ने र यहाँहरुसंग साक्षात्कार हुने यस्तो मौका मिलेकोमा म आयोजक, प्रबन्धक तथा संलग्न सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु।

हाम्रो अन्नको भण्डार भनिने तराई मधेशको यो समथर उब्जाउ फाँट हामी नेपालीका लागि यो भूमिको अर्कै ठूलो मूल्य र महत्व छ। गौरबशाली इतिहास बोकेको, उद्यम इलम उत्पादन व्यवसाय, बजार र आर्थिक उत्थानको आधार हाम्रो तराई मधेशको छुट्टै पहिचान पौरख र प्रतिष्ठा छ।

हामी देखिरहेका छौं , भोगिरहेछौं — दुई तीन दशक यता आएर हाम्रो तराई क्षेत्र, हाम्रो यो उर्वर मधेश भू-भाग आज उजाड बन्दै गइरहेको छ— यहाँको पोखरी, पानीको श्रोत ट्यूबेल कुवा धारा तथा जल सतह कमजोर बन्दै सुक्खा खडेरी र मरुभूमीकरण तिर गइरहेको छ। यो गम्भिर चिन्ताको कुरा हो।

मधेशका होनहार उद्यमी युवा जनशक्ति दिनौं विदेश तिर दगुरिरहेका छन्। उचित रोजगारी, सीप इलम र अवसर दिन नसक्दा गरिबी बाध्यताका कारण हाम्रो जमीन , हाम्रो श्रोत साधन सबै सुक्दै हाम्रो जनशक्ति पातलिँदै गएको छ। यो दुःखको कुरा हो।

देश बनाउनु देश बचाउनु निरन्तर आवाज छ, हामीमाथि आह्वान पनि छ। म भन्छु — हामी हाम्रा पुर्खाको पौरख नभुलौं, हामी, यही बसौं , यही आफ्नो जन्भभूमीका लागि मरिमेटौं। हाम्रो विकास हाम्रो उत्थान र हाम्रो समस्याको निवारण हामी आफैबाट हुने हो। अरुले आएर गरिदिने हैन।

तर दुःखका साथ भन्नुपर्छ, आज हाम्रो देश हिमाल पहाड तराई सबै उजाड बन्दै खोक्रो भएर चरम दुर्भाग्यको अवस्थातिर खस्केको छ। यो अवस्थाको अन्त्य गर्नै परेको छ।

यसका निम्ति अब सोच्ने बेला आयो। देशलाई झन् झन् बरबादीतिर नलैजाउँ। त्यसका लागि अब सबैले सोचौ, समिक्षा गरौं। नेपालको यस्तो राम्रो प्रकृति, हाम्रा यतिका प्राकृतिक श्रोत साधन हाम्रो आफ्नो क्षमता यी सबै कुरा हाम्रो आफ्नो आर्थिक उन्नतिमा लगाउँ।

आफ्नो घर उजाड पारेर अरुको उन्नतिमा आफ्नो श्रम पसिना लगाउने अब बेला गयो। आफ्नो क्षमता, आफ्नै घरद्वर, आफ्नै गाउँबस्ती र आफ्नै बनाउनेतिर अब हामी लाग्नै पर्छ। यसैमा हाम्रो देशको उन्नति प्रगति इज्जत प्रतिष्ठा निर्भर हुन्छ। हामी भूगोल र भू बनोटमा बाँडिने हैन, हामी जातजाति धर्म संस्कृतिमा खण्डित हुने हैन, हामी सबैको देश नेपाल, नेपालमा बस्ने हामी सबै नेपाली। त्यसैले विभेदको, विखण्डनको, विग्रहको र निषेधको राजनीति हामी नगरौं। हामी सबैको भलाई यसैमा छ।

आफ्ना आत्मीय अग्रजहरुलाई गुमाएको पीडादायक अवस्थामा नेपालको राज्यभार ग्रहण गरेर पुग नपुग सात बर्ष राष्ट्र प्रमुखको हैसियतमा मैले आफ्नो दायित्व निर्वाह गरें। तत्कालीन अप्ठेरो परिस्थितिमा पनि देशको थप बर्बादी नहोस् र हाम्रा प्रजातन्त्रका मान्यता राखेर नै मैले काम गरेको हुँ।

जेठ १९, २०५८ मा घटेको विनासकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहालीलाग्दो र सम्झन मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाएका थियो।

 

हामी र हाम्रो परिवारलाई घातक प्रहारहरु पनि गरेका थिए। सत्य सधैं सत्य हुन्छ। असत्यको विजयी कहिले हुँदैन। हाम्रो माझ प्रत्यक्षदर्शीहरु हुँदाहुँदै अज्ञानता र छलले अझ पनि हामी बहकिरहेका छौं। यो अन्यायपूर्ण मात्र होइन दुर्भाग्यपूर्ण पनि हो।

आफ्नो पुख्यौँली राजदरवारबाट परित्याग गर्दा २०६५ जेष्ठ २९ गते आमसञ्चार माध्यममार्फत मैले भनेको थिएँ – म नेपाल मै बसी मुलुकको बृहत्तर हित र शान्तिका लागि योगदान पुर्याउन चाहन्छु अनि त्यत्तिबेलै मैले भनेको थिएँ, ‘स्वाभिमानी आम नेपालीको समग्र हित होस् भन्ने मेरो हार्दिक कामना छ।’

 

हाम्रो राष्ट्रप्रेम र राष्ट्रहितको सदासयता कायम नरहँदा देशमा विषम परिस्थिति बढ्दै जान्छ र त्यस्तो बेथितिबाट आम जनतामा आक्रोश उत्पन्न हुन्छ भन्ने त्यत्तिखेरको आँकलन हो। बितेका १५ वर्षपछि आज त्यो असन्तोष, चासो, चिन्ता, आक्रोश सर्वत्र छताछुल्ल छ। आफ्नो गरिमापूर्ण राजपाटबाट वियुक्त हुनुपर्दा मैले व्यक्त गरेका राष्ट्रियता, प्रजातान्त्रिक प्रतिबद्धता तथा देश र जनताको उत्थानमा क्रियाशील हुने भावनालाई मैले आज पनि सान्दर्भिक रुपमा सम्झिरहेको छु। त्यसै आसयअनुरुप मैले ‘चिरकाल पर्यन्त सुरक्षित रहोस् भनेर आफ्नो श्रीपेच राष्ट्रलाई सुम्पिएको थिए।’

हामी देश मै छौं , आज पनि देश मै रहेर हामीले देशको गौरबगाथा गाइरहेका छौं। अहिले पनि देशको सर्वाङ्गिण उन्नति होस् , भेदभावरहित ढंगले सबै देशवासीको विकास हुँदै जावोस् भन्ने नै हाम्रो भावना छ। आफ्नो मौलिकता, आफ्नो अस्तित्व, आफ्नो पहिचान गुमाएर देशलाई विभाजनको खाडलतिर लगेर अनि देशमा सनातनदेखि रहिआएको सुमधुर सामाजिक सम्बन्धलाई बिथोलेर देशको भलो हुँदैन, यो कुरामा अहिले पनि हाम्रो अडान कायम छ।

त्यसैले हाम्रो राज्य व्यवस्था, हाम्रो राजनीति, हाम्रो अर्थ व्यवस्था र हाम्रो सामाजिक दुरावस्था सबैको राम्रो मूल्यांकन गरेर सबैको सुधार, सबैको उपकार, सबैको विकास र सबैतिरको निकासको बाटोमा हामी अब लाग्नुपर्छ। यसैमा हाम्रो कल्याण छ। सबैमा फेरि एकपटक हाम्रो धन्यवाद!

जय नेपाल
वीरगंज २०८० माघ १३ गते न्युजकारखाना

 

बिरगञ्ज, १३ वीरगंज ।

वीरगंजमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई नागरिक अभिनन्दन गरिएको छ।

 

नागरिक अभिनन्दनपछिको सम्बोधनमा पूर्व राजा शाहले मधेशको मरुभूमिकरण, युवा शक्ति विदेश पलायनबारे चिन्तित हुँदै भने, ‘अन्नको भण्डार भनिने, तराईं मधेशको समथर उब्जाउ फाँट हाम्रो गौरवशाली इतिहास इतिहास थियो, उद्यम, इलम, बजार र व्यवसायको आधार तराईको छुट्टै पहिचान, पौरख र प्रतिष्ठा बनेको थियो तर दुई तीन दशक यता मधेश उजाड बन्दै गइरहेको छ, यहाँका पोखरी, पानीको स्रोत, जलसतह कमजोर भइरहेको छ र मरुभूमिकरण भइरहेको छ, यो गम्भीर चिन्ताको विषय हो ।’

 

उनले राजपरिवार हत्याकाण्डमा आफ्नो परिवारलाई जोडेर भ्रमको बादल बिच्छाउने काम भएको सम्झिए । भने, ‘राज्यव्यवस्था, राजनीति, अर्थ व्यवस्था र हाम्रो सामाजिक दुरावस्था सबैको राम्रो मूल्यांकन गरेर सुधार, उपकार, विकास, निकासको बाटोमा सबै लाग्नु पर्छ, यसैमा हामी सबैको कल्याण छ ।’

पूर्वराजा ज्ञानेन्द्र शाहले मौलिकता, अस्तित्व पहिचान गुमाएर देशलाई विभाजनको खाडलतिर लैजाने काम भएको बताएका छन् ।

 

उनले आफूले सत्ता छाड्दा बताएको सनातनदेखि कायम रहेको सुमधुर सामाजिक सम्बन्ध बिथोलेर देशको भलो नहुने विचारमा आफ्नो अडान कायमै रहेको बताए ।न्युजकारखाना

चन्द्रपुर,१३ माघ ।

नेपाल पुस्तक तथा स्टेस्नरी व्यावसायी महासंघ जिल्ला शाखा रौतहटको छैटौ जिल्ला अधिवेसनबाट दुर्योधन चौधरी अध्यक्षमा निर्वाचित भएका छन् ।

 

शुक्रबार बिर्तामा भएको अधिवेसनाबाट चौधरी सर्बसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन ।

 

अधिवेसनामा महासंघका केन्द्रीय सदस्य उमेश कुमार अग्रवालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिशिष्ठ अतिथिमा मुकेश सिंह ,महासंघका मधेश प्देश सचिव सागर ठोकर ,बारा जिल्लाका अध्यक्ष विश्वनाथ गुप्ता लगाएतको उपस्थिती रहेको थियो ।

 

रौतहट जिल्लाभरीका पुस्तक तथा स्टेस्नरी व्यावसायीको सहभागितामा भएको अधिवेसनले उपाध्यक्षमा सन्तोष तिमलसिना ,सचिवमा अर्जुन कुमार साह ,कोषाध्यक्षमा श्याम नारायण साह सदस्यहरुमा बसन्त कुमार साह ,अनिल साह लगाएत १३ जना निर्बिरोध निर्वाचित भएको व्यावसायी बिशालजित तामाङले जानकारी दिए । अधिवेशनले रौतहट जिल्लामा रहेका पुस्तक तथा स्टेस्नरी व्यावसायीको हकहितका लागि बिभिन्न काम गर्ने निर्णय समेत गरेको थियो ।

 

पेसागत हकलाई सुनिस्चित गर्नका लागि प्रमुख अतिथि अग्रवालले जोड दिएका थिए । न्युजकारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।