२०८३ बैशाख १३
२०८३ बैशाख १३

सिरहा ६ फगुन ।

सिरहा ६ फगुन । विगत लामो समयदेखि आर्थिक अभावका कारण आँखाको उपचार गर्न नसकेका धनगढीमाई नगरपालिकाका स्थानीयहरु गाउँमै नि:शुल्क आँखाको उपचार पाएपछि हर्षित भएका छन्। धनगढीमाई नगरपालिका र तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको साझेदारीमा पछिल्लो लामो समयदेखि आर्थिक अभावका कारणले आँखाको उपचार गराउन नसेका स्थानियहरुले पालिकामै निशुल्क उपचार पाएपछि हर्षित भएका हुन्।


धनगढीमाई नगपालिकाले तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको साझेदारीमा पछिल्लो १० दिनदेखि पालिकाको प्रत्येक वडामा मोतिया विन्दु विरामीहरुको लागी शिविर सञ्चान गर्दा स्थानीयहरु खुसी भएका छन्। मोतिया विन्दुका अप्रेशन (शल्यक्रिया) पछि आफ्नो दूरदृष्टिमा सुधार आएकोमा वडा नम्बर ५ जयपुरका ७३ वर्षीय बुद्धिलाल महतोले खुसी व्यक्त गरे।  उनले भने, ‘उमेरसँगै मैले टाढादेख्न छोडिसकेको थिएँ। असजिलो गरी जीवन चलिरहेको थियो। शल्यक्रिया पछि अहिले म डाढापनि देख्न सक्ने भएको छु।’


आर्थिक अभावका कारण आँखाको उपचार गर्न नपाएकी ८० वर्षीय जलेश्वरी देवी कामतीले उपचार पछि ज्योती फर्केकोमा खुशी व्यक्त गरे। उनले भने, ‘राम्रोसँग देख्न छोडिसकेको भएपनि आर्थिक अभावका कारण उपचार गराउन पाईरहेको थिईन, नगरपालिकाले घरमै निःशुल्क उपचार सेवादिएर हाम्रो आँखाको ज्याति फर्र्काएर राम्रो काम गरेको छ।’


धनगढीमाई नगरपालिका १० का ५७ वर्षिय लोकबहादुर मगरको आँखामा ३ वर्षअघि मोतियाविन्दुको समस्या देखिएपनि विभिन्न कारण शल्यक्रिया गराउन सकिरहेका थिएनन्। उनले भने, ‘मेरो आँखामा तीन वर्षअघि नै मोतिया विन्दुको समस्या भएको थियो। त्यसबेला शल्यक्रिया गर्ने अवस्था भएको थिएन। पछि पनि विभिन्न कारणले अस्पताल जान नपाईरहेको बेला नगरपालिकाले गाउँमै अप्रेशन सहितको निःशुल्क शिविर ल्याएपछि मेरो पनि अप्रेशन भयो। यो नगरपालिकाले व्यक्तिले फाईदा पाउनेगरी शिविर आयोजना गरेर राम्रो काम गरेको छ।’


एक साताभन्दा लामो समयसम्म चलेको शिविरमा ५२४ जनाको निःशुल्क आँखा अपरेसन भएको नगरपालिकाका सामाजिक विकास शाखाका संयोजकसमेत रहेका  वडा नम्बर ९ का वडाअक्ष प्रकाश योञ्जनले जानकारी दिए। उनले भने, ‘यो पटक अत्यन्तै राम्रोसँग शिविर सम्पन्न भयो। हामीले तिलगंगा आँखा प्रतिष्ठानलाई बार्षिकरुपमा शिविर संचालन गरिदिन र नगरपालिकामा सर्जिकल सेवा सहितको शाखा खोलिदिन अनुरोध गरेका छौं।’


नगरको आफ्नै अस्पताल भए पनि शल्यक्रिया गर्न र शल्यक्रियापछि बिरामीलाई आराम गर्ने पर्याप्त ठाउँ नभएकाले धनगढीमाई १० स्थित प्रमुख प्रशासकीय भवनमा उपकरण जडान गरी आँखाका बिरामीको शल्यक्रिया गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत तथा स्वास्थ्यशाखा प्रमुख विन्देश्वर प्रसाद यादवले जानकारी दिए।

यादवले प्रतिष्ठानबाट डा. इन्दिरा पौण्डेलको नेतृत्वमा चार चिकित्सक र २२ जना स्वास्थ्यकर्मी गरी २६ जना र नगरपालिकाले समेत आवश्यक प्राविधिक जनशक्ति परिचालन गरेको बताए।


शिविरमा नगरका स्वास्थ्यकर्मीहरूले आँखाको बिरामीको मधुमेह र रक्तचाप जाँच्नेबाहेक शल्यक्रियामा प्रतिष्ठानकै चिकित्सक र स्वास्थ्यकर्मीहरूको संलग्नता छ,’ भन्दै पौण्डेलले भने, ‘शिविरको अन्तिम दिन सम्ममा पाँच सय २४ सयजना बिरामीको शल्यक्रिया गरिएको छ।’


प्रतिष्ठानबाट आएका चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले गत २५ माघदेखि भवानीपुर, अयोध्यानगर, फुलकहाकट्टी, हनुमाननगर स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य सेवा केन्द्र सर्रे अम्बास, प्राकृतिक अस्पताल र नयनपुर अस्पतालमा बुधबारसम्म आँखाका बिरामीको आँखा जाँच गरी शल्यक्रिया गरिनुपर्ने बिरामी पहिचानका लागि स्क्रिनिङ शिविर चलाएका थिए।


तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौंका परियोजना अधिकृत महेश पराजुलिले प्रतिष्ठानको अन्धोपन निवारण गर्ने योजनाअनुसार यस वर्ष २४ हजार मोतियाविन्दुको शल्यक्रिया गर्ने लक्ष्य रहेको बताए। सोही योजनाअनुसार  धनगढीमाई नगरपालिकाको अनुरोधमा प्रतिष्ठानले यहाँ शिविर सञ्चालन गरेको बताए।

उनले यो प्रविधिअनुसार अस्पतालमा गएर शल्यक्रिया गराउने हो भने एउटा शल्यक्रियाको अस्पतालले मात्र मात्र करिव १७ हजार रुपैयाँ लिने बताए। अति नै विश्वसनिय आफ्नै उत्पादित लेन्स र विश्वस्तरको प्रविधि प्रयोग गरेर अप्रेशन भएको पनि उनले बताए।न्युज कारखाना

रौतहट ६ फागुन ।

मधानी महायज्ञलक्षित गर्दै रौतहटको मौलापुर नगरपालिकाअन्तर्गत सरसफाइ अभियान सुरु भएको छ । मौलापुरस्थित पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेस गराउन महाशीवरात्रीको अवसरमा आयोजना हुँदै आएको मधानी महायज्ञलक्षित गर्दै सरसफाइ अभियान सुरु भएको हो।मौलापुर नगरपालिकाको जगको रूपमा मनाइने मधानी महोत्सवको उपलक्ष्यमा घरघरमा अतिथि पाहुनाहरु आउने भएकाले सरसफाइ अभियानमा सहभागी हुन मेयर रिना कुमारी साहले सम्पूर्ण नगरबासीलाई आग्रह गरेकी छन् ।

‘हाम्रो नगर, सुन्दर शहर’ अभियानका रुपमा नगरका मुल हाइवेदेखि ठूलो सानो सबै भित्री सडकसमेत सरसफाइ गर्ने अभियान शनिबारदेखि सुरु भएको छ । पुरै नगरलाई सफा र सुन्दर बनाउने यो सरसफाइ अभियान लगातार एक महिना चल्नेछ,’ मेयर साहले जानकारी दिएकी छन् । सरसफाइ अभियानमा सबैलाई साथ र सहयोग गर्न उनको आग्रह छ । सम्पूर्ण नगरवासीमा आफ्नो घर अगाडि, पछाडि, बाटोमा रहेको फोहर,  पराल, गाई गोरु भैंसीलाई खुवाउन राखिएको नादका साथै छेउछुमा राखिएको सबै किसिमको समान हटाइ बाटो सफा राख्न मौलापुर नगरपालिकाले आग्रह गरेको छ।

 

पूर्वमन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहको पहलमा २०७६ सालदेखि मौलापुर नगरपालिकामा मधानी महायज्ञको आयोजना हुँदै आएको छ । पहिलो वर्ष तात्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि बनेर मधानी महायज्ञको उद्घाटन गरेकी थिइन्। महाशिवरात्रीको अवसरमा भगवान शिवको विशेष पूजा मधानी महायज्ञ हुने गर्दछ ।

उक्त अवसरमा हजारौं भक्तजनहरू महादेव स्थानमा जल चढाउने गर्दछन् । परापूर्वकालदेखि रौतहट, बारा, पर्सा र सर्लाहीमा मात्र मधानी महायज्ञ हुने गरेको थियो । तर, मौलापुरमा सप्ताहव्यापी रुपमा मधानी महायज्ञ हुन थालेपछि अहिले अन्तर्राष्ट्रियकरण भएको मौलापुरका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताए ।

 

मौलापुरमा हुने सप्ताहव्यापी कार्यक्रममा धार्मिकसँगै सांस्कृतिक पक्षलाई पनि विशेष महत्व दिने गरिन्छ । उक्त अवसरमा भारतीय सिने जगतका सुपर स्टारसँगै नेपाली सिने जगतका सुपर स्टार नायक नायिकाहरु मौलापुरमा प्रस्तुति दिने गर्दछन्। साथै सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरुलाई पनि आ–आफ्नो प्रस्तुतिका लागि अवसर दिइने गरिन्छ । झण्डै एकसातासम्म चल्ने मौलापुर मधानी महायज्ञको अवसरमा रौतहट, बारा, पर्सा, सर्लाहीसँगै सीमावर्ती भारतीय क्षेत्रबाट लाखौं मानिस आउने गर्दछन् । मौलापुरसँगै आसपासका पालिकाअन्तर्गतको प्रायः सबै घरमा पाहुनाहरु आउने गर्दछन्।

गतवर्ष भएको मधानी महायज्ञको अवसरमा ६ लाख भन्दा बढी मानिस अवलोकन गरेको मौलापुर नगरपालिकाले आंकलन गरेको थियो।न्युज कारखाना

रौतहट ६ फागुन।
मधानी महायज्ञलाई लक्षित गर्दै रौतहटको मौलापुर नगरपालिका अन्तर्गत सरसफाई अभियान सुरु भएको छ।

 

मौलापुरस्थित पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेस गराउन महाशीवरात्रीको अवसरमा आयोजना हुँदै आएको मधानी महायज्ञ लाई लक्षित गर्दै सरसफाई अभियान सुरु भएको हो।

 


मौलापुर नगरपालिकाको जगको रूपमा मनाइने मधानी महोत्सवको उपलक्ष्यमा घरघरमा अतिथि पाहुनाहरु आउनुहुने भएकोले सरसफाई अभियानमा सहभागी हुन मेयर रिना कुमारी साहले सम्पूर्ण नगरबासी लाई आग्रह गरेकी छन्।

 

‘हाम्रो नगर, सुन्दर शहर’ अभियानका रुपमा नगरका मुल हाइवे देखि ठूलो सानो सबै भित्री सडक समेत सरसफाई गर्ने अभियान शनिवार देखि सुरु भएको छ । पुरै नगरलाई सफा र सुन्दर बनाउने यो सरसफाई अभियान लगातार १ महिना चल्ने मेयर साहले जानकारी दिएकी छन्। सरसफाई अभियानमा सबैलाई साथ र सहयोग गर्न उनको आग्रह रहेको छ ।

 

सम्पूर्ण नगरवासीमा आफ्नो घर अगाडि पछाडि, बाटोमा रहेको फोहर, पराल, गाई गोरु भैंसीलाई ख्वाउन राखिएको नादका साथै  छेउछेउमा राखिएको सबै किसिमको समान हटाइ बाटो सफा राख्न मौलापुर नगरपालिकाले आग्रह गरेको छ।

पूर्व मन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहको पहलमा २०७६ सालदेखि मौलापुर नगरपालिकामा मधानी महायज्ञको आयोजना हुँदै आएको छ। पहिलो बर्ष तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि बनेर मधानी महायज्ञको उदघाटन गरेकी थिइन्। महाशिवरात्रीको अवसरमा भगवान शिवको बिशेष पूजा मधानी महायज्ञ हुने गर्दछ।

 

उक्त अवसरमा हजारौं भक्तजनहरू महादेव स्थानमा जल चढाउने गर्दछन्। परापूर्वकाल देखि रौतहट, बारा, पर्सा र सर्लाहीमा मात्र मधानी महायज्ञ हुने गरेको थियो। तर, मौलापुरमा सप्ताहव्यापी रुपमा मधानी महायज्ञ हुन थाले पछि अहिले अर्न्तराष्ट्रियकारण भएको मौलापुरका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताएका छन।

 

मौलापुरमा हुने सप्ताहब्यापी कार्यक्रममा धार्मिकसँगै सांस्कृतिक पक्षलाई पनि बिशेष महत्व दिने गरिन्छ। उक्त अवसरमा भारतीय सिनेजगतका सुपर स्टार संगै नेपाली सिने जगतका सुपर स्टार नायक नायिकाहरु मौलापुरमा प्रस्तुती दिनेछन्। यसपटक मौलापुरमा वलिउड नायक गोबिन्दा, भोजपुरी नायक रविकिशन, पल शाह, दिनेश डिसीलगायत उपस्थित हुनेछन् ।

साथै, सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरु लाई पनि आआफ्नो प्रस्तुतिका लागि अवसर दिईने गरिन्छ। झण्डै एकसाता सम्म चल्ने मौलापुर मधानी महायज्ञको अवसरमा रौतहट, बारा, पर्सा, सर्लाहीसंगै सीमावर्ती भारतीय क्षेत्रबाट लाखौं मानिस आउने गर्दछन् । मौलापुरसंगै आसपासका पालिका अन्तर्गतको प्रायः सबै घरमा पाहुनाहरु आउने गर्दछन्।

 

गतबर्ष भएको मधानी महायज्ञको अवसरमा ६ लाख भन्दा बढी मानिस अवलोकन गरेको मौलापुर नगरपालिकाले आँकलन गरेको थियो।न्युज कारखाना

राैतहट,६ फागुन।

चन्द्रपुर नगरपालिकामा रहेको वडा नम्बर ३ लाई छुट्टै पालिका बनाउने अभियान सुरु भएको छ ।

 

चन्द्रपुर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बोधनाथ देवकोटाले चन्द्रपुर नगरपालिकाको १२औं हिउँदे अधिवेशनमा वडा नम्बर ३ लाई छुट्टै पालिका बनाउन माग गर्दै निवेदन दर्ता गराए पछि शनिबार बसेको चन्द्रपुर नगरपालिकाको नगरसभाले त्यसलाई पारित गरेको छ ।

 

चन्द्रपुर नगरपालिका वडा नम्बर ३ मा रहेका विभिन्न बस्तीहरू विकट रहेको र त्यहाँका बासिन्दाहरूले पालिकाबाट पाउने सेवा सुविधा लिन विभिन्न झन्झट रहेका कारण सो वडालाई छुट्टै पालिका बनाउन माग गर्दै वडा अध्यक्ष देवकोटाले चन्द्रपुर नगरपालिकामा निवेदन दर्ता गराएका थिए ।

 

चन्द्रपुर नगरपालिकाको वडा नम्बर २ र ३ का विभिन्न बस्तीहरूलाई समेटेर छुट्टै गाउँपालिका बनाउने अभियानमा आफू लागेको र त्यसै अनुसार चन्द्रपुर नगरपालिकामा निवेदन दर्ता गराएको वडा अध्यक्ष देवकोटाको भनाइ रहेको छ ।

 

वडा नम्बर ३ को भूगोल तथा र प्रशासनिक क्षेत्रलाई छुट्टै पालिकाका रूपमा विकास गर्नका लागि माग गर्दै सो वडाका निर्वाचित जनप्रतिनिधिहरूले चन्द्रपुर नगरपालिकाको कार्यालयमा निवेदन दर्ता गराएका थिए ।

 

चन्द्रपुर नगरपालिकाले चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गैडाटारलाई छुट्टै पालिकाका रूपमा अगाडि बढ्न स्वीकृत प्रदान गरेको छ । अब सो प्रक्रिया प्रदेश सरकार हुँदै संघ सरकारमा पुगेर मन्त्रीपरिषद्को निर्णय भयो भने चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ छुट्टै गाउँपालिकाका रुपमा हुने छ । आफूहरू यो प्रक्रियामा लागिसकेको र अब प्रदेश सरकार हुँदै फाइल संघ सरकारसम्म पुर्याउने वडा नम्बर ३ का वडा अध्यक्ष देवकोटाको भनाइ रहेको छ ।न्युज कारखाना

राैतहट, ६ फागुन । 

चन्द्रपुर नगरपालिकाका विभिन्न स्थानमा रहेका प्रहरी चौकीहरूले वडा कार्यालयबाट इन्धन माग्ने गरेको गुनासो आएको छ ।

 

चौकीहरूले वडा कार्यालयमा इन्धन माग गर्ने गरेको भन्दै उनीहरूलाई इन्धन दिनका लागि चन्द्रपुर नगरपालिकाको १२औं हिउँदै अधिवेशनमा कुरा उठेको हो  । वडामा इन्धनका लागि बजेट नभएको र प्रहरी चौकीहरूले इन्धन माग्ने गरेको भन्दै चन्द्रपुर नगरपालिकाको १२ौं हिउँदै अधिवेशनमा वडा सदस्यहरूले कुरा उठाएका हुन् ।

 

चन्द्रपुर नगरपालिका वडा नम्बर २ का वडा सदस्य संजीव कुशवार माझीले वडा कार्यालयमा प्रहरीले इन्धन माग गर्ने गरेको र आफूहरूले दिन नसकेकाले नगरपालिकाले नै विभिन्न वडामा रहेका चौकीहरूका लागि इन्धनको व्यवस्था गरिदिन माग गरेका हुन् ।

 

रौतहट जिल्लाका विभिन्न स्थानमा रहेका प्रहरी चौकीहरूले स्थानीय पालिकाहरूबाट इन्धन लिने गरेको गुनासो आइरहेका बेला रौतहटको चन्द्रपुर नगरपालिकामा भने १२ हुँदै अधिवेशनमै प्रहरीले इन्धन माग्ने गरेको गुनासो आएको हो ।

 

रौतहट जिल्लाका विभिन्न स्थानमा रहेका प्रहरी चौकी तथा इलाका प्रहरीहरूले सोही स्थानमा रहेका आफ्नो पालिकाबाट इन्धन सहयोग लिँदै आइरहेका छन् ।

 

प्रहरी चौकीले वडा कार्यालयमा गएर हामीहरुले गस्ती गर्नुपर्छ इन्धनको व्यवस्था गरिदिनुस् भन्ने गरेको र आफूहरुले इन्धन दिन सक्ने अवस्था नरहेका कारण त्यसको व्यवस्थापन नगरपालिकाले गरिदिनु पर्ने वडा सदस्य कुशवारले नगर अधिवेशनमा माग गरेका

हुन् ।

 

रौतहट जिल्लाको अधिकांश स्थानमा रहेका इलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीहरूमा रहेका गाडी तथा मोटरसाइकल स्थानीय पालिकाहरूले दिने अनुदानको तेलबाट चल्दै आएका छन् ।न्युज कारखाना

बारा, ३ फागुन ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका –३ बजनीमा रहेको गणपति बनस्पती उद्योगले आर्थिक मन्दीको बहाना बनाएर कामदार कटौतीको सूचना निकालपछि श्रमिकहरु चिन्तित् भएका छन् । स्थायी रुपमा कार्यरत रहेका ५० जना कामदार कटौतीको नाम नै तोकेर लिस्ट निकालेपछि अहिले त्यहाँ कार्यरत कामदारहरु चिन्तामा परेको छ । विगत २५ वर्षदेखि निरन्तर रुपमा काम गर्दै आइरहेको कामदारलाई एकैपटक निकाल्ने सूचना जारी गरेपछि अहिले गणपति वनस्पती उद्योगमा कार्यरत कामदारहरु  घर न घाटको भएका छन् । उद्योगमै काम गरेर आफ्नो परिवारको जीविकोपार्जन गर्दै आएको र आफूहरुलाई गणपति वनस्पती उद्योगले आर्थिकमन्दीको बहाना देखाएर कामबाट निकाल्नु दुखद् रहेको उक्त उद्योगमा कार्यरत कामदार प्रधुमन प्रसाद चौरसियाले बताए ।

गणपति वनस्पति उद्योगले आर्थिकमन्दीको बहाना बनाएर पहिला देखिने स्थायी रुपमा कार्यरत कामदारलाई जगेडामा राखेर काम गराइरहेको थियो । माघ २३ गते ५० जनाको नामसहित सूचना जारी गरेर कामबाट कटौती गर्ने जनाएको थियो । उद्योगको लागि २५ वर्षदेखि काम गरिरहेको र अहिले उद्योगले आर्थिकमन्दीको बहाना देखाएर आफूहरुलाई निकाल्न लागेको कामदार युवराज पराजुलीले बताए ।

 

विगतका वर्षदेखि नै बढ्दो बजार प्रतिस्पर्धा गर्न नसकेबाट उत्पादित तेलहरू भारत निकासी हुँदै आएकोमा भारतले तेलको आयातमा एक्साइज डिउटी बढाएकोबाट निर्यात ठप्प नै हुन गएको  र उत्पादन गर्नुपर्ने अवस्था नभएको स्थीतिमा पनि श्रमिकहरुलाई काम बिना पूरा पारिश्रमिक भुक्तानी गर्दै आएको अवस्थाले आर्थिकभार वहन गर्न नसक्ने अवस्था भएकोले कामदार कटौती गर्न लागेको उद्योगका प्रशासन शाखा प्रमुख दिनेश चन्द्र गिरीले बताए ।

यता, उद्योगले दैनिक ज्यालादारीमा कम गरिरहेकाहरुलाई न हटाएर स्थायी रुपमा कार्यरत मजदुर कटौती गर्न थालेपछि अहिले विवाद बढेको हो । गणपति वनस्पती उद्योगले श्रम ऐन २०७४ को दफा १४५ को प्रक्रियाअनुसार नै कामदार कटौती गर्न लागेको बताए पनि उधोगको अहिले निर्यात जारी रहेको आर्थिकमन्दीको बहाना देखाएर कामदार कटौती गर्न लागेको कामदारहरुले बताएको छ ।

 

यता उक्त उद्योगमा कार्यरत ८९ जना कामदार हडतालमा बसेका छन् । उद्योगमा कार्यरत कामदारहरु हडतालमा बसेपछि अहिले गणपति वनस्पति उद्योग प्रालि पूर्ण रुपमा बन्द भएको छ । उद्योगले वार्तामा बोलाएर आइतबार श्रम कार्यालय वीरगञ्जमा नआएको कामदार युवराज पराजुली बताए ।
 
किन बढ्यो कामदार कटौती प्रवृत्ति ?

सरकारले अघि सारेको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएसँगै रोजगारदातामा कामदार कटौती गर्ने प्रवृत्ति बढेको विभिन्न ट्रेड युनियनका प्रतिनिधिको आरोप छ ।

अखिल नेपाल ट्रेड युनियनले पछिल्लो समय रोजगारदाताले श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गराउन नचाहेको पाइएको जानकारी दिएको छ । अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिम्खडाले पछिल्लो समय सरकारले सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याएसँगै कामदार कटौती गर्ने प्रवृत्ति बढेको दावी गर्छन् । सिम्खडा भन्छन्, ‘श्रमिकको पसिना सस्तो मूल्यमा खान पल्केका रोजगारदाता विभिन्न आरोप लगाइ कामदार कटौती गर्नतर्फ लागेका छन्।’

कामदार कटौतीसम्बन्धी के छ कानुनी प्रावधान ?
 
श्रम ऐन २०७४ ले आर्थिक समस्यामा परेका, गाभिएका, बन्द गर्नुपर्ने अवस्थामा पुगेका प्रतिष्ठानले श्रमिक कटौती गर्न पाउने व्यवस्था गरेको छ । यस्ता कारणले श्रमिक कटौती गर्नुपर्ने भएमा ती प्रतिष्ठानले आधिकारिक ट्रेड युनियन तथा श्रम कार्यालयलाई जानकारी दिनु पर्दछ। कामदार कटौती गर्नुपर्ने अवस्थामा विदेशी श्रमिकलाई पहिले कटौती गर्नुपर्ने उल्लेख छ।

विदेशी श्रमिक कटौती गरिसकेपछि अरु स्वदेशी श्रमिक पनि कटौती गर्नुपर्ने अवस्था सिर्जना भएमा खराब आचरण भएका तथा एउटै प्रकृतिको काम गर्नेमा पनि सबैभन्दा पछि नियुक्ति भएका श्रमिकबाट कटौती गर्नुपर्दछ। कटौती गर्दा एक वर्ष पूरा गरेका श्रमिकलाई प्रत्येक वर्षको एक महिनाको आधारभूत पारिश्रमिक बराबर बोनस एकमुष्ट प्रदान गराउनुपर्ने व्यवस्था छ। कटौती गरिसकेपछि पुनः सोही योग्यता भएका श्रमिकलाई नियुक्ति दिन पाइँदैन।

तर, नेपालका उद्योग तथा प्रतिष्ठानहरुले कामदार कटौती गर्दा श्रमिक, आधिकारिक ट्रेडयुनियन तथा श्रम कार्यालयलाई जानकारी नगराई आफूखुसी कटौती गर्ने गरेको पाइएको छ । न्यूनतम तलब तथा सेवासुविधा माग गर्ने पुराना कामदार कटौती गरी सोही पदमा नयाँ कामदार भर्ना गर्ने र सस्तो मूल्यमा काम लगाउने प्रवृत्ति पनि बढेको पाइएको छ।न्युज कारखाना

रौतहट ३ फागुन।
भारतीय सिमानासँगग जोडिएको रौतहटको दक्षिणीभेग ईशनाथ नगरपालिकामा दुइटा मन्दिरमा आगजनी गरेको घटना नसेलाउँदै अर्को घटना भएको छ। त्यहाँ सरस्वती माताको मूर्ति सेलाउन जाने क्रममा बिहीवार आक्रमण हुँदा एकजनाको टाउको फुटेको भने कैयौंलाई चोटपटक लागेको छ।


ईशनाथ-५ जटहरा गाउँ बाट सरस्वतीको मूर्ति लिएर डुमरिया गाउँ छेउ अडुवा नदीमा सेलाउन जाने क्रममा दिउँसो २ बजे मोतिपुर गाउँमा मुस्लिम समुदायको मानिसले अचानक ढुंगामुढा प्रहार गर्दा स्थानीय नरेश पासवानको टाउको फुटेको तथा अन्य कैयौं लाई चोटपटक लागेको छ।

सरस्वती माताको मूर्ति लिएर दर्जनौंको संख्यामा गइरहेको हिन्दू समुदायका मानिसमाथि एक्कासि ढुंगामुढा प्रहारसँगै मुस्लिम समुदायका मानिसले खुर्सानीको धूलो आँखामा फालेको प्रत्यक्षदर्शीले स्थानीय बाबुलाल साहले बताए ।

आक्रमणको क्रममा त्यहाँ उपस्थित रहेका प्रहरी मुकदर्शक बनेको उनको भनाइ छ। घटनाको खबरलगत्तै रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठ घटनास्थल पुगेका छन्। हाल हिन्दू समुदायका मानिस मूर्ति बाटोमा राखेर प्रदर्शनमा उत्रिएका छन्। एसपी श्रेष्ठसहितको टोली घटनाको छानबिनसँगै साम्य पार्न पहल गरिरहेको त्यहाँ पुगेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन्।

 

घटनास्थलमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति छ। केही दिनअघि मात्र त्यहाँ एकैरात हनुमान मन्दिर र ब्रह्मस्थानमा आगजनी भएको थियो। रौतहट संसदीय निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत दुर्गा पूजा , सरस्वती पूजा, विश्वकर्मा पूजा, महाबिरी झण्डाको विसर्जनको क्रममा बर्सेनि एकपक्षीय आक्रमण हुँदै आएको स्थानीयले बताएका छन। पूजा बिसर्जनको समय प्रत्येक बर्ष ठूलो संख्यामा प्रहरी परिचालन गरिए पनि पूर्ण रुपमा शान्ति हुनसकेको देखिँदैन।न्युज कारखाना

सिरहा, ३ फागुन  ।

सिरहामा प्रेमीको जालमा परी भ्यालेन्टाइन डे मनाउन गएकी एक बालिका सामूहिक बलात्कार परेकाे घटना बाहिरिएको छ।

प्रेमीले ‘सरस्वती पूजा र भ्यालेन्टाइन डे’को बहानामा बालिकालाई लहानस्थित साथीको डेरामा लगेर बालिकामाथि सामूहिक बलात्कार गरेको घटना बाहिरिएको हो।

बालिका बलात्कार आरोपमा  बिहीबार सुखिपुर नगरपालिका-२ का मणिराम यादवको छोरा वर्ष १८ को निकेश कुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्नलाई अन्यकाे खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।

ती बालिकालाई ललाई फकाई साथीको डेरामा लगेर करणी गरेको आरोपमा  बिहीबार बिहान घरबाटै निकेशलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता राजेन्द्र राज पाण्डे जानकारी दिए ।

 

निकेशले किशोरीलाई लहान १ स्थित अरुण कुमार यादवको डेरामा लगेर बुधबार अपरान्ह ललाई फकाई जबरजस्ती गरणी गरेको र सोही कारण आफू बिरामी भएको आफन्तलाई जानकारी गराउनासाथ परिवारले उजुरी दिएका थिए ।  बालिका रक्ताम्य अवस्थामा डेरामै अचेत देखिएपछि एकजनाले आफन्तलाई खबर गरेका थिए ।

किशोरीको उपचार विराटनगरमा भइरहकको र अवस्था समान्य रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।  न्युज कारखाना

काठमाडौं, ३ फागुन ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति रौतहटले फिल्डबुकमा दर्ता भइसकेको जग्गालाई ऐलानीको रुपमा स्वीकारेर पुनः दर्ता गर्न नमिल्ने बताएको छ ।  रौतहटको गुजरा नगरपालिका वडा नम्बर २ मा फिल्डबुकमा दर्ता भइसकेको जग्गालाई ऐलानी भन्दै पुनः दर्ता गरेको भन्ने चर्चाका बीच राष्ट्रिय भूमि आयोग जिल्ला समिति रौतहटका अध्यक्ष लक्ष्मण रेग्मीले फिल्डबुकमा दर्ता भइसकेको जग्गा पुनः दर्ता गर्न कानुनले नदिने बताए ।

यद्यपि, फिल्डबुकमा दर्ता भइसकेको जग्गालाई पुनः दर्ता गरे बदर हुने र नियमविपरीत कार्य गर्नेलाई कानुनअनुसार कारबाही हुने उनको भनाइ छ । कसैको नाममा दर्ता नभएको पर्ती जग्गा ऐलानी हुने र सोही प्रकृतिको जग्गाको नाप नक्सा गर्न कर्मचारी फिल्डमा खटिएको जानकारी दिँदै उनले फिल्डबुकमा दर्ता भइसकेको जग्गा पुनः दर्ता गर्न नमिल्ने दोहोर्‍याए ।

 

अधिकार सम्पन्न वन क्षेत्र सुदृढीकरण उच्चस्तरीय आयोगले मकवानपुर धियाँलको सट्टाभर्ना स्वरुप साविक रंगपुर वडा नम्बर ५ को जग्गा वितरण गरेको थियो । सोही आयोगले चरणवद्ध रुपमा लालपुर्जा विरतण गरिरहेका बेला २०४६ सालको आन्दोलनसँगै राजनीतिक परिवर्तनले पुर्जा वितरण कार्य प्रभावित भयो । पछि सरकारले पुर्जा वितरणसहितका कार्य सम्पन्न गर्न जिल्लास्थित सुकुम्बासी समस्या समाधान आयोगलाई जिम्मा दिएको थियो । तर, राजनीतिक स्वार्थका कारण तात्कालीन जनप्रतिनिधिले पुर्जा वितरणसहितका काममा भाँजो हालेका थिए ।

 

कल्याणी खड्का सुकुम्बासी समस्या समाधान आयोग रौतहटको अध्यक्ष हुँदा तात्कालीन रंगपुर गाविसका उपाध्यक्ष पदमकुमार श्रेष्ठसहितका व्यक्ति गएर ‘आफूहरुको आधार इलाका भत्किने’ भन्दै पुर्जा वितरण र स्रेस्ता कायम नगर्न आग्रह गरेका थिए । कल्याणी खड्का एमालेकी नेतृ थिइन् भने श्रेष्ठ एमालेबाटै उपाध्यक्षमा चुनाव जितेका जनप्रतिनिधि थिए । एउटै निर्णयले अधिकांशले पुर्जा पाउँदा केहीको रोकिन पुग्यो । र सरकारी निकाय र जनप्रतिनिधिले आफ्नो जिम्मेवारी पूरा नगर्दा फिल्डबुकमा दर्ता भएको जग्गाको स्रेस्ता कायम हुन सकेन । तर, यही जग्गाको विषयलाई लिएर केहीले पैसा उठाएर खाने कामसमेत गरेका थिए ।

 

अरुको नाममा दर्ता भएको जग्गा कब्जा गर्नेको नाममा हुने भन्दै पैसा उठाउनेहरु सर्वाेच्च अदालतसम्म पुगे । तात्कालीन सुकुम्बासी समस्या समाधान आयोगका अध्यक्ष गम्भीराप्रसाद निरालाले दिएको लालपुर्जालाई ‘चुनावी लालपुर्जा’ भन्दै आफूहरुको नाममा जग्गा दर्ता गरि लालपुर्जा पाउनुपर्ने मागसहित चन्द्रबहादुर आले, टीकाराम सापकोटा, सोभितमान घिसिङसहितले सर्वाेच्च अदालतमा रिट दायर गरे । तर, उनीहरुको माग सर्वाेच्च अदालतले खारेज गरिदियो । २०६२ असार २४ गते सर्वाेच्च अदालतका न्यायाधीश अनुपराज शर्मा र बद्रीकुमार बस्नेतको संयुक्त इजलासले सुकुम्बासी समस्या समाधान आयोगका अध्यक्ष गम्भीराप्रसाद निरालाले वितरण गरेको लालपुर्जालाई कानुनविपरीत भन्न नमिल्ने ठहर गर्दै रिट खारेज गरेको थियो ।

 

‘सुकुम्बासी समस्या सामाधान आयोग रौतहटको काम कर्तव्य र गठन प्रक्रियामा समेत निवेदकहरुले प्रश्न उठाउनु भएको पाईन्छ । तर, सो आयोग अनाधिकार रुपमा गठन भएको नदेखिई साधिकार निकाय भएको समेत देखियो । जुन निकायले निवेदकहरुको हकमा आघात पुग्यो भनी निवेदनमा दावी लिइएको छ । त्यो निकायलाई निवेदकहरुले विपक्षी बनाउन सकेको समेत देखिँदैन । एकाले प्राप्त गरेको जग्गा अर्काले दर्ता गराई लिन सक्ने अवस्था समेत भन्न नमिल्ने हुँदा नक्सा फिल्डबुक बमोजिम जग्गा दर्ता गर्ने निर्णय सुकुम्बासी समस्या समाधान आयोगले गरेको अवस्था पाइयो । तसर्थ अधिकार सम्पन्न सुकुम्बासी समस्या सामाधान आयोगले निर्णय गरी गुरु बहादुर आले मगर समेतका व्यक्तिलाई दिएको निवेदन दावीको जग्गाहरु कानून सम्मत तवरले दर्ता भएको देखिँदा अस्पष्ट आधारहिन माग दावीको आधारमा दिएको रिट निवेदन जारी गर्न नमिलि खारेज हुने ठहर्छ,’ सर्वाेच्च अदालतको फैसलामा उल्लेख छ ।

 

पछिल्लो पटक २०७१ मंसिर ४ गते हरिहरपुरस्थित जनजागृती प्राथमिक विद्यालयले राजुबहादुर क्षेत्री (राजु राउत)को जग्गा विद्यालयले भोगचलन गरेकाले विद्यालयको नाममा हुनुपर्ने माग गर्दै दायर रिटलाई २०८० भदौ २१ गते सर्वाेच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराई र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले भोग चलन गरेकै आधारमा अरुको जग्गा आफ्नो नाममा हुनुपर्ने माग कानुनविपरीत हुने ठहर गर्दै रिट खारेज गरेको थियो ।

 

सर्वाेच्च अदालतले समेत पटक पटक स्पष्ट पारे पनि सरकारी निकाय र जनप्रतिनिधिले बेवास्ता गर्दै पीडितलाई न्याय दिएनन् । राजनीतिक अस्थिरताका कारण सरकारी निकायले आफ्नो जिम्मेवारी पूरा नगर्दा र स्थानीय नेताको राजनीतिक स्वार्थका कारण पीडितले न्याय पाउन सकेनन् ।

 

जग्गा कब्जा गरेकाहरुको समूहले न्यायको पक्षमा आवाज उठाउनेमाथि सांघातिक आक्रमण गर्दै ‘चार इन्ची’ उचाइ घटाउने भन्दै रातभर नारा लगाउँदै हिँडेका थिए । सांघातिक आक्रमणसहितका कारण पृथ्वीबहादुर बस्नेत कटानीबाट विस्थापित हुनुपरेको थियो । सोही विषयलाई लिएर सार्वजनिक स्थानमा माधव अधिकारीमाथि समेत दुर्व्यवहार भएको थियो ।

 

गणतन्त्र आएसँगै नयाँ जनप्रतिनिधिबाट न्याय पाउने आशमा पीडितहरु थिए । तर, उनीहरु पनि राजनीतिक दाउपेचमा लागेका छन् । गुजरा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष अशोकुमार खाँ थारूले स्रेस्ता कायम नरहेको जग्गा ऐलानी हुने र जसको जोत उसकैको नाममा हुने कानुन र सर्वाेच्च अदालतको आदेशविपरीत अभिव्यक्ति दिएका छन् ।

‘४४ सालदेखि कयौं कित्ता जग्गा विवादित रहेको छ । स्रेस्ता कायम नरहेको जग्गा ऐलानी हुने र जसको जोत उसको नाममा नाप नक्सा भइरहेको सम्पूर्णमा हार्दिकण् अनुरोध छ,’ केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा वडा अध्यक्ष थारूले लेखेका छन् ।

साविक रंगपुरको वडा नम्बर ५ व्यवस्थित बसोबास क्षेत्रभित्र पर्छ । साविक रंगपुर वडा नम्बर ५ को ‘क, ख, ग र घ’मा ऐलानी जग्गा नरहेको सरकारी निकायको रेकर्डमा देखिन्छ । तर, वडा अध्यक्ष थारूले ऐलानी जग्गा नापनक्सा भइरहेको बताए । उनले स्रेस्ता कायम नभएको जग्गा ऐलानी हुने दाबी गरेका छन् । तर, उनको दाबीलाई भूमि आयोग रौतहटका अध्यक्ष लक्ष्मण रेग्मी र भूमि व्यवस्था मन्त्रालयका सहसचिव गणेशप्रसाद भट्टले कानुनविपरीत भनेका छन् ।

 

फिल्डबुकमा दर्ता भइसकेको र स्रेस्ता कायम नभएकै आधारमा ऐलानी जग्गा भन्न नमिल्ने राष्ट्रिय भूमि आयोग जिल्ला समिति रौतहटका अध्यक्ष लक्ष्मण रेग्मीले बताए । साथै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पनि फिल्डबुक दर्ता भइसकेको जग्गा ऐलानी नहुने स्पष्ट पारेको छ । ‘चौर, पर्ती जग्गा ऐलानी हुने हो । फिल्डबुकमा दर्ता भइसकेको जग्गा ऐलानी हुँदैन । यो पुनः दर्ता गर्ने कार्य कानुनविपरीत हुन्छ,’ मन्त्रालयका सहसचिव गणेशप्रसाद भट्ट बताउँछन् ।

 

ऐलानी जग्गाको नापनक्सा गर्ने राज्यको अभियान रहेको र फिल्डबुकमा दर्ता भएको जग्गा पुनः अर्काे व्यक्तिको नाममा दर्ता गरे सोकार्य कानुनविपरीत हुने भएकाले संलग्नलाई कारबाही हुने उनको चेतावनी छ ।
साथै उजुरी परेमा अनुसन्धान प्रक्रियाअघि बढाइने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । कानुनविपरी कार्य र शंकास्पद आर्थिक गतिविधि भएको शंका लागेमा उजुरी दिन मिल्ने र उजुरी परेमा अनुसन्धान अघि बढाइने अख्तियारका प्रवक्ता नरहरि ढकालले जानकारी दिए । ‘सार्वजनिक सेवा प्रवाहमा शंकास्पद आर्थिक चलखेलको आशंका भएमा आयोगमा उजुरी दिन मिल्छ,’ उनले भने, ‘उजुरी दिएमा संलग्नमाथि अनुसन्धान प्रक्रियाअघि बढाउँछौँ ।’  उनका अनुसार आयोगको हटलाइन नम्बर, टोल फ्रि नम्बर, भाइबर, एसएमएस, इमेल, हुलाकमार्फत वा आफैँ उपस्थित भएर उजुरी दिन सकिनेछ ।

 

व्यक्तिको नाममा फिल्डबुक दर्ता भइसकेको जग्गाको स्रेस्ता कायम गराउने कानुनी दायित्वबाट पछि हटेर अर्केको नाममा दर्ता गराउने सार्वजनिक अभिव्यक्ति वडा अध्यक्ष थारूको कुन नियतबाट आएको हो ? कानुन र कार्यदेशविपरीत कार्य गर्ने वडा अध्यक्ष थारूले किन जोखिम मोलिरहेका छन् ? यसबारे पछि खुल्दै जानेछ । उनले भनेजस्तै आर्थिक चलेखलबिना यी भएका होलान् त ? न्युज कारखाना

रौतहट ३ फागुन ।

रौतहट जिल्लाको पूर्वीभेग राजदेवी नगरपालिकामा ससुराली जानको लागि कपडामा आइरन गर्ने क्रममा विद्युतको करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ।

राजदेवी ७ मुडवालबा गाउँमा ससुराली जानको लागि तयारी स्वरुप आफ्नै कपडामा आइरन लगाउने क्रममा तारबाट विद्युत् चुहेर स्थानीय २५ वर्षीय तेजा ठाकुर लोहार करेन्ट लागेर अचेत भएका थिए।

लगत्तै उपचारको लागि प्रादेशिक अस्पताल गौरमा लैजाँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताइन् ।

 

बुबा आमाको एकमात्र छोरा रहेका ठाकुरको निधनले सिङ्गो गाउँ नै  शोकमग्न भएको छ। मृतकको शव पोस्टमार्टम भएर बुधवार साँझ परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । ठाकुरको नौ महिनाअघि मात्र विवाह भएको थियो। न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।