सिरहा, १५ फागुन ।
२१ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धनगढीमाई नगरपालिका-१० बस्ने ३७ वर्षीय अशाराम दासलाई प्रहरीले पक्राउ गरेको छ ।
दासले ती किशोरीलाई ललाई फकाई आइतबार बेलुकी सोही नगरपालिका-१० धनगढीस्थित आँपको बगैचामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यलाय धनगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । न्युज कारखाना
सर्लाही, १५ फागुन ।
लायन्स क्लब अफ लालबन्दीको आयोजनामा भएको तीनदिन निःशुल्क आँखा शिविरमा एक हजार ३३१ जनाको सहभागिता भएकाे छ । जसमध्य २२२ जनामा मोतिया विन्दु फेला परेको छ भने ५५० जनालाई निःशुल्क चश्मा वितरण गरिएको थियो ।
पहिलो दिन लालबन्दी ७ स्थित जानकी माध्यमिक विद्यालयमा भएको शिविरमा ३९१ जनाको आँखा जाँच गरिएको ३९१ जनामध्ये ९५ जनामा मोतिया विन्दु फेला परेको थियो । जानकी माध्यमिक विद्यालयमा भएको शिविरमा १५० जनालाई निःशुल्क चश्मा वितरण गरिएको आयोजक लायन्स क्लब अफ लालबन्दीका पूर्व अध्यक्ष चिरन्जीवी खतिवडाले जानकारी दिए ।

दोस्रो दिन परवानिपुरमा भयको निःशुल्क आँखा शिविरमा ४५६ जनाको आँखा परीक्षण गरिएकोमा ६० जनामा मोतिया विन्दु फेला परेको थियो भने शिविरमा २०० जनालाई निःशुल्क चश्मा वितरण गरिएको छ । तेस्रो दिन रानिगन्जमा गरियको निःशुल्क आँखा शिविरमा ४ सय ८३ जनाले आँखा परीक्षण गराएकोमा आँखा शिविरमा ४ सय ८३ जनाले आँखा परीक्षण गराउँदा ६७ जनामा मोतिया विन्दु फेला परेका लाइन्स क्लब अफ सर्लाहीका फष्ट भ्वाईस प्रेसिडेन्ट बिभुसिंह थापाले जानकारी दिए ।
तीनवटै शिविरमा फेला परेका मोतिया विन्दुका बिरामीलाई निःशुल्क फागुन १८ र १९गते लालबन्दी ५ स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीले सञ्चालन गरेको परोपकार आँखा उपचार केन्द्रमा तिलगङ्गा आँखा अस्पताल काठमाडौंबाट विशेषज्ञ डाक्टरहरु बाट शल्यक्रिया गरिने रेडक्रस सोसाइटी उपशाखा लालबन्दीका सभापति धुर्व प्रसाद घिमिरेले बताए ।न्युज कारखाना
जनकपुरधाम, १५ फागुन ।
मधेस प्रदेश सभाको बैठकमा जनमत पार्टीका प्रदेशसभा सदस्यहरुले बैठकमा नारावाजी गरेका छन् ।
प्रदेशसभाको बैठक सुरु हुना साथ जनमत पार्टीका प्रदेश सभा सदस्य चन्दनसिंहले आफनो पार्टीबाट विगतमा मन्त्री रहेको महेश प्रसाद यादव र प्रदेशसभाका सदस्यहरुमाथि राजविराजको कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा प्रहरीलो लाठि चार्ज गरेको र सोह घटनालाई लिएर मुख्यमन्त्रीले माफी माग्नु पर्ने भन्दै उठेर विरोध जनाएका छन् ।
तर, सभामुख मण्डलले बैठक सुचारु गर्न आग्रह गर्दा समेत जनमत पार्टीका प्रदेश सभा सदस्यहरुले बस्न नमानेपछि खेलकुद तथा समाज कल्याण मन्त्री सुरिताकुमारी साहलाई प्रदेश बालअधिकार ऐन २०७७ संसोधन गर्न बनेको विधेयक माथि विचार गरियो भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएका थिए । त्यसपछि जनमत पार्टीका प्रदेशसभा सदस्यहरुले सभामुखको अगाडि पुगेर नारावाजी गरे थिए । नाराबाजी नरोकिएपछि बैठक १० मिनेटको लागि स्थगित गरिएको छ ।न्युज कारखाना
महोत्तरी, १५ फागुन ।
व्यवस्थापन समितिको राजनीतिले बर्दिवासको एक विद्यालय धरासायी बनेको छ । प्रधानाध्यापक को ल्याउने भन्ने होडबाजीमा दुई राजनीति दलमा स्वार्थ बाझिँदा लक्ष्मीनारायण माध्यामिक विद्यालय अस्तव्यस्त बनेको हो ।
नगरले प्रधानध्यापकको रुपमा करिब ४ महिनाअगाडि विजय साहलाई पठाएको थियो । यही विषय नै व्यवस्थापन समितिको लागि मुख्य असन्तुष्टि बनेको हो । तर, व्यवस्थापन समितिका अध्यक्ष सूर्य देवकोटा प्रधानाध्यापकमा असन्तुष्टिभन्दा पनि नगरको प्रतिबद्धतामा आफूहरु अडिग रहेको दाबी गर्छन् ।

अध्यक्ष देवकोटा नेपाली कांग्रेसनिकट मानिन्छन् भने नगरप्रमुख प्रल्हादकुमार क्षेत्री नेपाली कांग्रेस पृष्ठभूमिकाका भए पनि स्वतन्त्र निर्वाचित भएका हुन् । यद्यपि नगरप्रमुख क्षेत्रीसमेत अहिले कांग्र्रेसमा नै फर्किसकेका छन् । उनीे घोडा चुनाव चिह्नबाट स्वतन्त्र उम्मेदवारबाट निर्वाचित भएका हुन् ।
अहिले घोडा कांग्रेस र कांग्रेसको लडाईंले नै समस्या सिर्जना भएको स्थानीयको बुझाइ छ । प्रधानाध्यापकको रुपमा साहलाई पठाए पनि व्यवस्थापन समितिले खाता नै खोल्न नदिँदा शिक्षकहरुको चार महिनादेखि पारिश्रमिकसमेत रोकिएको छ ।

‘हामीलाई शिकारु हेडमास्टरभन्दा पनि अनुभवी हेडमास्टरको जरुरत छ,’ अध्यक्ष देवकोटाले भने, ‘नगरले नै हेडमास्टरको लागि केही नामहरु प्रस्ताव गरेको थियो र हामीले हुन्छ भनेका थियौँ ।’
यता नगरले पर्याप्त शिक्षक दिन सकेको छैन । कक्षा–१ देखि कक्षा–१२ सम्म जम्मा ९ जना शिक्षकको भरमा अध्यापन भइरहेको प्रधानध्यापक साहले बताए ।
विद्यालयमा भनेजसरी पढाइ हुन नसकेपछि विद्यार्थीहरु स्तानान्तरण हुने क्रमसमेत जारी रहेको छ । एकवर्ष अगाडिसम्म करिब ९ सयको हाराहारीमा विद्यार्थी भए पनि अहिले त्यो संख्या ५ सय भन्दा कममा झरेको स्थानीय बताउँछन् ।

विद्यालयको वरपर दुईवटा निजी विद्यालय छन् । पढाउन सक्नेले निजी विद्यालयमा भर्ना गरेका छन् भने कतिपय अभिभावकहरुले टुटेश्वर र दमार भञ्ज्याङ् विद्यालयमा पठाउने गरेको पूर्व व्यवस्थापन समितिका अध्यक्ष विनोद श्रेष्ठले बताए ।
तल्लो कक्षादेखि माथिल्लो कक्षाका विषयगत शिक्षकसम्म आइपुग्दा यो विद्यालयमा अझै आठजना शिक्षकहरुको अपुग रहेको स्वयं अध्यक्ष देवकोटा स्वीकार गर्छन् ।भविष्य नै अन्योल बनाउने गरी विद्यालयमा राजनीति चलखेल भएको भन्दै विद्यार्थी नै आन्दोलनमा उत्रिएका छन् । गत बिहीबार विद्यार्थीले विद्यालयमा राजनीतिक दलको क्रिडास्थल बन्दा अध्ययनमा असर परेको भन्दै बर्दिवास नगर कार्यापालिका नै घेराउ गरेका थिए ।
विद्यालयमा देखिएको समस्या चाँडै समाधान हुने नगर शिक्षा शाखाका प्रमुख रेवतीप्रसाद पराजुलीले बताए । नयाँ वा पुरानोको आधारमा भन्दा पनि क्षमतालाई कदर गर्नुपर्ने उनको भनाइ छ ।

यता नगरले प्रधानध्यापकको रुपमा पठाएको प्रधानाध्यापक साहले औँला उठाउनेगरी कुनै काम नगरेको र जिम्मेवारीपूर्वक काम गर्दा पनि आफुलाई निकाल्ने प्रपञ्च भएकोप्रति दुःख लागेको बताउँछन् ।
उनले नगरप्रमुख क्षेत्रीले समेत असहयोग गरेको आरोप लगाए । २०१४ सालमा स्थापना भएको उक्त विद्यालयमा लामो समयदेखि राजनीति हुँदै आएको छ । न्युज कारखाना
रौतहट १५ फागुन ।
सर्लाही स्थित पूर्व पश्चिम हुलाकी सडक अन्तर्गत कौडेना गाउँपालिका वडा ३ मा सोमबार राति स्कारपियो र मोटरसाइकल एक आपसमा जुध्दा रौतहटका दुईजना युवकको मृत्यु भएको छ ।
गए राति साँढे ८ बजेको समयमा भएको उक्त दुर्घटनामा परेर मोटरसाइकलमा सवार रौतहट माधवनारायण नगरपालिका वडा ६, का २३ वर्षीय शियानन्दन महतो र सोही ठाउँका १९ वर्षीय अजय महतोको मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र पन्जियार थारुले बताएका छन। दुर्घटनामा घाइते दुवै युवकलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
मलंगवाबाट कौडेनातर्फ जाँदै गरेको भारतीय एचआर ५९ ए ०१३१ नम्वरको स्कारपियो र विपरीत दिशाबाट आउँदै गरेको भारतीय बीआर ०६ सी वाइ ५०८६ नम्वरको मोटरसाइकल कौडेना र मुसैलीको बीच एकआपसमा जुधेको डीएसपी थारुले जानकारी दिए का छन्।
दुर्घटना लगत्तै प्रहरीले स्कारपियो प्रहरीले नियन्त्रणमा लिएको छ तर चालक भने फरारभएको तथा उसको खोजी भईरहेको प्रहरीले जनाएको छ। मृतक दुवैजनाको शव पोष्टमारटमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ।
भर्खरै कालोपत्रे भएको हुलाकी सडकखण्डमा चालकले तिब्रगतिमा सवारी चलाउने गरेको कारण दैनिकजसो सवारी दुर्घटना भईरहेको सर्लाही प्रहरीले जनाएको छ।न्युज कारखाना
बारा, १५ फागुन ।
पर्साको ठोरी गाउँपालिका वडा नं ५ सुवर्णपुरबाट ‘डार्ट’ गरी घाइते अवस्थामा उद्धार गरिएको वयस्क पाटे बाघको मृत्यु भएको छ ।
घाइते अवस्थामा उद्धार गरेर निकुञ्जले खोरमा राखेर रेखदेख गर्दै आएको बाघको सोमवार बिहान मृत्यु भएको हो ।
बाराको पर्सा राष्ट्रिय निकुञ्ज आधाबारको खोरमा रहेको घाईते वयस्क पाटे बाघलाई आईतवार राती निकुञ्जका कर्मचारीले खाना दिएका थिए तर सोमवार बिहान खाना दिने समयमा बाघ मृत अवस्थामा भेटिएको निकुञ्जले जनाएको छ ।

यसअघि समेत निकुञ्जको खोरमा रहेको ३ वटा पाटे बाघ मध्ये एक बघिनीको मृत्यु भएको थियो ।
करिव १० वर्ष उमेरको बाघ अर्को भाले बाघसँग जुध्दा घाईते भएको निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले जानकारी दिए ।
उनका अनुसार घाईते बाघलाई भेटेरीनरी अस्पताल तथा विज्ञ चिकित्सकको सहयोगमा उपचार भइरहेको थियो ।
उनले भने,‘बाघलाई औषधी उपचार भईरहेको भएतापनि बचाउन भने सकिएन, मासुमा चिकित्सकको सल्लाह अनुसारनै औषधी हालेर खुवाईरहेका थियौै तरपनि बचाउन भने सकिएन, हुनत सधै जंगलमा बस्ने, कुद्ने जनावरलाई खोरमा बचाउन नसकिने रहेछ ।’
मृत्यु भएको बाघलाई कार्यालय प्राङ्गणभित्रै खाल्डो खनेर गाडिएको छ । पर्सा राष्ट्रिय निकुञ्जमा ३ वर्षको अन्तरालमा ४ वटा वयस्क बाघले ज्यान गुमाईसकेका छन् ।

हाल पर्सा राष्ट्रिय निकुञ्जमा ४१ वटा वयस्क पाटे बाघ छन् । संरक्षणको क्षेत्रमा गरिएको पछिल्लो प्रयासका कारण पर्सा निकुञ्जमा बर्सेनि बाघको सङ्ख्या बढ्दै गएको हो ।
१२ वर्ष अघिसम्म यो निकुञ्जमा ३ वटामात्र बाघ थिए ।
गत वर्ष बाघ गणना गर्दा यहाँ ४१ वयस्क बाघ रहेको पाइएको हो । बाघको संख्या बढेसँगै बासस्थानको अभाव हुदा बाघहरु आफै आफै जुधेर घाईते हुने र घाईते बाघले बस्तीमा पसेर जनधनको क्षती पुर्याउते गर्दछन् । हाल नेपालमा ३ सय ५० वटा पाटे बाघ छन् ।न्युज कारखाना
बारा, १४ फागुन ।
बाराको निजगढ नगरपालिका ७ स्थित गाडी मर्मत गर्ने (कारखाना) ग्यारेजमा सोमबार विष्फोट भएको घटनाको सत्यतथ्य छानबिन गर्न निजगढका राजनीतिक दलहरूले माग गरेका छन्।
सोमबार साझ संयुक्त विज्ञप्ती जारी गरी घटनालाई पारदर्शी र प्रभावकारी ढङ्गले अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउन राजनीतिक दलले माग गरेका हुन्।
निजगढ नगरभित्र रहेका नेपाली कांग्रेसका निजगढका सभापति नवराज तिमल्सिना, नेकपा एमालेका निजगढका उपाध्यक्ष भोला गौतम, नेकपा माओवादी केन्द्र निजगढका अध्यक्ष सन्तोष दंगाल, राष्ट्रिय स्वतन्त्र पार्टी निजगढका सभापति रामहरी खरेल, राप्रपा निजगढका अध्यक्ष खड्ग प्रसाद उप्रेती र नेकपा एकिकृत समाजवादी निजगढका अध्यक्ष भिम प्रसाद सापकोटाको हस्ताक्षर रहेको संयुक्त विज्ञप्तिमा रोहित वर्कशपमा शंकास्पद वस्तु बिस्फोट भएको प्रति निजगढस्थित सबै राजनीतिक दलहरूको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।
यस्तै यस हृदयविदारक घटनाप्रति गहिरो दुःख ब्यक्त गर्द उक्त घटनामापरी मृत्यु भएका सोही वर्कशपका सञ्चालक रेशम बहादुर जर्गामगर प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकटसमेत गरिएको छ।
विज्ञप्तीमा उक्त घटनामा निजगढ नगरपालिका वडा नम्बर ५ निवासी ४५ वर्षीय सुर्य बहादुर थापा, विरगंज महानगरपालिका वडा नम्बर ९ बस्ने ३४ वर्षीय फिरोद देवान, सोही स्थान बस्ने २० वर्षीय रितु रजत, भारत गवाहि बस्ने ३५ वर्षीय राकेश जयसवाल र भारत राम गढवा बस्ने २० वर्षीय अरीवन साह घाईते भई उपचारतहरू रहेकोमा उनीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
यस्तै आज भएको यस घटना संकास्पद वस्तु बिस्फोट भएको देखिएकोले उक्त घटनाको सम्बन्धित निकायबाट छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न र घाइतेहरूको उचित स्वास्थ्य उपचारका साथै मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायसंग जोडदार माग समेत गरिएको छ।न्युज कारखाना
रौतहट,१४ फागुन ।
रौतहटको गौर चन्द्रिगाहपुर सडकखण्ड अन्तर्गत शुकदेव चौकस्थित एक निजी अस्पतालबाट ३ जना नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका छन ।
यमुनामाई गाउपालिका १ सुकदेव चौकमा स्थित सगरमाथा तराई हस्पिटल प्रा।लिमा कार्यरत ३ जना नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका हुन ।
पक्राउ पर्नेहरुमा भारतको बिहार राज्य जिल्ला पुर्वी चम्पारण थाना ढाका वडा नं १४ खैरवा बस्ने ४५ को हसिंन अख्तर, भारत बिहार राज्य जिल्ला पुर्वी चम्पारण थाना सिकारगंज वडा नं ३ वटोआ बस्ने २७ को मो. तबरेज आलम र यमुनामाई गापा वडा नं. २ भेडियाहीटोल बस्ने २७ को कलाम मन्सुरी रहेको प्रहरीले जनाएको छ ।
निर्धारित शैक्षिक योग्यता प्राप्त नगरेका र ईलाज गर्ने अनुमतिपत्र प्राप्त नगरेका व्यक्तिहरुलाई राखी विरामीहरुको एपेन्डिस, पायल्स, युट्रेस लगाएतका अपरेसन हुदै आएको सुचनाको आधारमा ती नक्कली डाक्टर पक्राउ परेको रौतहटका प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिएका छन ।
उनीहरुलाइ गत फागुण १ गते जिल्ला प्रशासन कार्यालय रौतहट तथा जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त अनुगमन टोलीले अस्पतालमा अनुगमन गर्दा पक्राउ गरेको एसपी श्रेष्ठले बताएका छन।
उनीहरुसँग बिरामीहरुको उपचार गर्न पाउने ईजाजत पत्र माँग गर्दा निजहरुसंग उपचार गर्नको लागि चाहिने निर्धारित शैक्षिक योग्यताको प्रमाण प्रत्र नभएको कारण निजहरुलाई पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ईलाज सम्बन्धी कसूरमा मुद्दा दर्ता समेत गरेको एसपी श्रेष्ठले जानकारी दिएका छन।
अस्पताल सञ्चालनमा संलग्न अन्य व्यक्तिहरुको खोजतलास गर्ने कार्य भईरहेको उनले जानकारी दिएका छन । पछिल्लो समय रौतहटमा बिना दर्ता ब्यापक रुपमा निजी अस्पताल सञ्चालन भइरहेको पाइएको छ । नियमनकारी निकायले जिल्लामा संचालित त्यस्ता अस्पतालहरुको अनुगमन नगर्दा सैयौं नागरिकहरुले अकालमा ज्यान गुमाउनु परिरहेको स्थानीयहरूले बताएका छन। रौतहट स्थित सञ्चालित निजि स्वास्थ्य संस्थाहरुको अबिलम्ब अनुगमन गर्न जिल्लाबासीले माग गरेका छन्।न्युज कारखाना
काठमाडौं, १४ फागुन ।
सर्लाहीको वरहथवामा प्रहरीको गोली लागि मृत्यु भएका जयशंकर साहको परिवारलाई सरकारले १० लाख आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले साहको परिवारलाई उक्त आर्थिक सहयोग प्रदान गर्ने निर्णय भएको सरकारका प्रवक्त रेखा शर्माले जानकारी दिइन्।
बरथहवा ६ का साहको गत पुस २० गते स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पताल बनाउने कि नबनाउने भन्ने विषयमा भएको विवादमा प्रहरीले गोली चलाउँदा साहको ज्यान गएको थियो।न्युज कारखाना
महोत्तरी, १४ फाल्गुन ।
नेपाल आदिवासी जनजाति माहासंघ जिल्ला समन्वय समिति महोत्तरीले बर्दिवास चौथो महोत्सवको घोषणा गरेको छ।
फाल्गुन २४ देखि चैत ५ सम्म सञ्चालन गर्नेगरि चौथो पटक उक्त महोत्सवलाई निरन्तरता दिने भएको हो।
जनजातिहरीको सांस्कृतिक पाटाहरुको जगेर्ना गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको आदिवासी जनजाति माहासंघ जिल्ला समन्वय समितिका अध्यक्ष धननारायण श्रेष्ठले जानकारी दिए।
झण्डै १ लाख पर्यटक भित्र्याएर बर्दिवासको विशिष्ट चिनारीमा महत्वपूर्ण भूमिका खेल्ने र स्थानिय उत्पादनहरुलाई समेत पवर्द्धन गर्ने आयोजक पक्षको तयारी छ।
राष्ट्रिय ख्यतिप्राप्त कलाकारहरुको माध्यमवाट महोत्सवलाई थप विशेष बनाउने जिल्ला सचिव मनिष समालले बताए।
महोत्सवमा राखिने १५० स्टलमध्ये ९ वटा स्टलमा आयोजकको तर्फबाट विभिन्न जातजातिको भेषभुषा र संस्कार झल्कने गरि पर्दसन गरिने पनि आयोजक पक्षले जनाएको छ।
वरिष्ठ उपाध्यक्ष हर्क लामाका अनुसार उदघाटनका दिन र समापनको दिन बर्दिवासमा रहेका हजारौ जनजातिहरुले आफ्नो झाकी र कला पर्दसन गर्नेछन्। यस्को लागि निक्कै आन्तरिक तयारी भैइरहेको उपाध्यक्ष लामाले बताए।
यसअघि महोत्सवबाट सिकेका बिषयलाई यो महोत्सवमा थप परिमार्जित गरि नयापन दिइने आयोजक पक्षको दावी छ।
विगतमा भएका महोत्सवमा देखिएको दर्शकहरुको चाहनालाई मध्यनजर गर्दै यो महोत्सवमा अहिलेसम्म कै सवैभन्दा बढी राष्ट्रिय कलाकारहरु बोलाउन लागिएको महोत्सवका ब्यवस्थापक धावा लामाले जानकारी दिए।न्युज कारखाना