मुकेश साह रौतहट ०७,चैत्र ।
रौतहटको गुजरा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ एक कार्यक्रमका बिच पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।

गुजरा नगरपालिकाका प्रमुख सन्तलाल चौधरी तथा जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख बिपीन कुमार साहले पूर्ण खोप सुनिश्चितता घोषणा गर्नुभयो । कार्यक्रमको अध्यक्षता ग्रहन गर्दै गुजराका नगरप्रमुख चौधरीले खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने बताउनुभयो ।

कार्यक्रमका बिशिस्ट अतिथी जिल्ला खोप समन्वयका फोकल पर्सन अनिल कर्णले उत्साह र उमङ्गका साथ काम गरेकोले पूर्ण खोप बनाउन सकिएको र यसलाई निरन्तरता पाउनु ठुलो विषय भएकोले आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्न आवश्यक रहेको बताउनु भयो । सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख बिजयबाबु चौधरी बताउनुहुन्छ ।

चौधरीका अनुसार राष्ट्रिय खोप तालिका अनुसार नगरका ९ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको हो । नगरपालिकाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष खोपको घरभेट सर्वेक्षण गर्ने उमेर अनुसार खोप पाए नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा खोप दिने व्यवस्था गरेको छ ।
प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको घोषणा कार्यक्रममा जानकारी दिइएको थियो । पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गर्नुअघि गुजरा नगरपालिकाको प्रत्येक घरधुरीमा स्वास्थ्यकर्मीहरू पुगेको, पूर्ण खोप सुनिश्चितताको लागि घरधुरी सर्वेक्षण गरिएको रङ्गपुर स्वास्थ्य चौकीका ईन्चार्ज सैफुल्लाह देवानले जानकारी दिनुभयो ।
देवानले भन्नुभयो, “सर्वेक्षण पश्चात् सबै बालबालिकाहरूलाई छुट खोप पूर्ण रूपमा प्रदान गर्न सफल भएका छौँ ।” आगामी वर्षमा पनी नगरपालिकाका बालबालिकालाई नेपाल सरकारले उपलब्ध गराउने सबै प्रकारका खोपको मात्रा पूरा गर्ने, कसैलाई पनि नछुटाउने र खोपसम्बन्धी कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धतासहित संयुक्त रूपमा हस्ताक्षर समेत गरिएको छ।
कार्यक्रममा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्न सहयोग गर्ने युनिसेफ नेपालका अजित कुमार यादव, अभियान नेपालका मिलन मरासिनी,आरडिसीका प्रतिनिधी अर्सद आलम,रविना तामाङ , बाल क्लवका अब्दुल सलाम ,स्वास्थ्यकर्मी,स्वयंसेविका,जनप्रतिनिधी लगायतलाई कदर पत्र तथा मायाको चिनोले सम्मान गरिएको थियो ।
राैतहट,०७ गते ।
कटहरिया-राैतहटकाे कटहरिया नगरपालिकामा रहेकाे एक बिधालयमा आज छात्रवृत्ति वितरण गरिएको छ ।

साे नगरपालिकाकाे वडा नम्बर १ पारसनगरमा रहेकाे श्री काेपिला प्राथमिक बिधालयका बिधार्थीहरूले छात्रवृत्ति पाएका छन् । उक्त बिद्यालयका १ सय ३५ जना बिद्यार्थीलाई छात्रवृत्ति बितरण गरिएको छ । बुधबार एक कार्यक्रमका बिच वडा अध्यक्ष भूपेन्द्र महताेले छात्रवृत्ति वितरण गरेका छन् ।

आर्थिक वर्ष २०७९/८० सालमा आएकाे छात्रवृत्ति रकम बाट प्रति बिधार्थी ४ सयका दरले छात्रवृत्ति दिईएकाे प्रधानाध्यापक सुशिला कुशवाहाले जानकारी गराएकी हुन् ।

वितरण पछि बाेल्दै वडा अध्यक्ष महताेले बिधार्थीहरूलाई पढाइमा सहयाेग पुग्ने उदेश्यले छात्रवृत्ति दिईएकाे बताए । यसले केही हदसम्म भएपनि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

साे अवसरमा शिक्षक,शिक्षिका,अभिभाव,बिधार्थी र स्थानीय भद्रभलादमीहरूकाे उपस्थिति रहेकाे थियाे ।

यता कटहरिया नगरपालिकाका शिक्षा संयाेजक अनिल निधीले आ.व.२०७९/८० काे छात्रवृत्ति रकम गत असारमा नै गईसकेकाे अधिकांश नगरका सामुदायिक बिधालयले छात्रवृत्ति वितरण गरेको जानकारी गराए ।

छिट्टै नै चालू आ.व.२०८०/८१ काे छात्रवृत्ति पनि वितरण गरिने बताए ।
रौतहट,७ चैत ।
रौतहटमा बिजुलीको ट्रान्समिटर नै चोरी भएको छ ।
ल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर १० मा रहेको बाल्चनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको बिजुलीको ट्रान्सफर्मर चोरी भएको हो ।
५० केभीए पावरको उक्त ट्रान्समिटर चोरहरूले राखेको ठाउँबाट तल झारी त्यसमा रहेको तामा निकालेर लगेका हुन् । ट्रान्समिटरको बोक्रा मात्र रहेको र भित्रको गुदी चोरहरुले चोरेर लगेको बालचनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष बलिराम साहले बताए । सोमबार साँझसम्म सही सलामत रहेको बिजुलीको ट्रान्समिटर मङ्गलबार बिहान हेर्दा खोक्रो मात्र रहेको र त्यसभित्र रहेको तामा चोरहरुले निकालेर लगेको अवस्थामा पाइएको अध्यक्ष साहले जानकारी दिए।
बिजुलीको ट्रान्समिटरको भित्र रहेको तामा निकालेर लगि खोक्रो मात्र छोडेका चोर समूहको खोजीका लागि खानेपानी तथा सरसफाई उपभोक्ता समितिले इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरमा निवेदन दिएको छ ।
रौतहट जिल्लामा यसभन्दा अघि पनि बिजुलीको ट्रान्समिटर चोरीका घटनाहरू देखा परेको भएपनि ट्रान्समिटरको तामाचोरीमा संलग्नहरुलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । बिजुलीको ट्रान्समिटरमा रहेको तामा महँगोमा बिक्री हुने भएका कारण चोरहरुले एकान्त स्थानमा रहेका बिजुलीका ट्रान्सफर्मरहरू निकाली त्यसभित्र रहेको तामा झिकी बिक्री वितरण गर्ने गरेको बालचनपुरका स्थानीय बासिन्दा अर्जुन चौधरीको भनाई रहेको छ । न्युज कारखाना
बारा, ५ चैत ।
बारा जिल्लाको कोल्हवी नगरपालिका-२, अमाव महादेवस्थान भन्ने ठाउँमा आज पुन: एउटा पाटेबाघ मृत फेला परेको छ।
मृत बाघको उमेर अन्दाजी दुई वर्षको हुनसक्ने अनुमान गरिएको छ। कोल्हवी सब-डिभिजन वन कार्यालयको क्षेत्रमा मृत अवस्थामा फेला परेको सो पोथी बाघको कञ्चटमा घाउ जस्तो देखिएको छ। बाघलाई स्थानीय बासिन्दाले गोली हानेर मारेको हुनसक्ने अनुमान डिभिजन वन कार्यालयले गरेको छ।
तर, परीक्षणपछि मात्र वास्तविकता खुल्न सक्ने पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले जानकारी दिए। केही दिन यता गर्मी सुरु भएसँगै जंगलमा पानीको अभाव भएपछि पानी खोज्दै नजिकको बस्तीमा पस्दा बाघ र मानवबीच द्वन्द्व बढेको छ। यस क्रममा कहिले बाघले मानव र कहिले मानवले बाघ मारेका घटना भइरहेका छन्।न्युज कारखाना
महाेतरी, ६ चैत ।
लोकतान्त्रिक समाज पार्टी नेपालको केन्द्रिय समितिकाे बैठक महोत्तरीको बर्दिवासमा प्रारम्भ भएको छ ।
नेताहरु जितेन्द्र सोनल, सर्वेन्द्र सुक्ला र रामप्रकाश चौधरीले प्रस्तुत गरेको प्रतिवेदनलाई छलफल गर्ने गरी २ दिनसम्म केन्द्रिय बैठक जारी रहने लोसपा नेपालले जनाएको छ ।
सवै नेताहरुले प्रस्तुत गरेको प्रतिवेदनलाई छलफल गर्न १० वटा समुह निर्माण गरिएको र उनीहरुले राय सहितको निष्कर्ष दिएपछि प्रारम्भिक चरणको बैठक समापन हुने प्रबक्ता आभाष लाभले जानकारी दिए ।
बैठकमा केन्द्रिय समितिका ३११ सदस्य मध्ये २०१ जना भन्दा बढी सहभागी भएका छन । ‘केन्द्रिय पदाधिकारीका ६४ जना भने सवै सहभागी भएका छन,’ प्रवक्ता लाभले भने, ‘७ गतेसम्म चल्ने बैठक निक्कै उपलब्धिमुलक हुने बिस्वास गरिएको छ ।’
बरिष्ठ उपाध्यक्ष समेत रहेका जितेन्द्र सोनलले संगठन सुदृढीकरण सम्बन्धि प्रतिवेदन पेश गरेका छन भने बरिष्ठ स-अध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले पछिल्लो राजनीतिका अवधारणामा केन्द्रित भएका छन ।
यता रामप्रकाश चौधरीले पार्टीको अन्तरिम बिधान बम्मोजिम गठन भएका २५ वटा भात्रृ संगठन र सुभेच्छुक ८ वटा संगठन गरी ३३ वटा संगठनको प्रतिवेदन प्रस्तुत गरेका छन । अन्य संगठनहरु विधानअनुसार नै पूर्णता पाएता पनि लोकतान्त्रिक निजामति कर्मचारी संघको बिषय भने छलफलको लागि अगाडी सारिएको छ ।न्युज कारखाना
चैत्र ६ वीरगंज ।
वीरगंज महानगरपालिकाले यस वर्षबाट एकीकृत परीक्षा प्रणालीमार्फत आधारभूत तह कक्षा ८ को अन्तिम परीक्षा लिने भएको छ। चैत १५ गतेदेखि सुरु हुने कक्षा ८ को महानगरस्तरीय परीक्षाका लागि महानगरको परीक्षा समितिले ११ वटा परीक्षा केन्द्र तोकेको छ।
जसमा ६ वटा सामुदायिक विद्यालय र ५ वटा संस्थागत विद्यालयमा परीक्षा केन्द्र निर्धारण गरिएको महानगरका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले जानकारी दिए।
सामुदायिक विद्यालयतर्फ त्रिजुद्ध मावि, नृसिंह मावि, श्रीपुर मावि, शारदा मावि बहुअरी, माइस्थान विद्यापिठ मावि र नेरा मावि सोलकपुरमा परीक्षा केन्द्र निर्धारण गरिएको छ भने संस्थागत विद्यालयतर्फ सनलाईट मावि, मिनिल्याण्ड मावि, कादम्बरी एकेडेमी, जीएचपी मावि र ओम नेशनल स्कूललाई परिक्षा केन्द्र निर्धारण गरिएको कर्णले जानकारी दिए।
यसवर्ष कक्षा ८ को महानगरस्तरीय वार्षिक परिक्षामा ३६ वटा सामुदायिक विद्यालयका ३ हजार १४१ जना र ८२ वटा संस्थागत विद्यालयका २ हजार ५२१ जना गरी कूल ५ हजार ६५७ जना विद्यार्थीले सहभागिता जनाउने कर्णले बताए।
चैत १५ देखि २२ गतेसम्म सञ्चालन हुने परीक्षालाई निष्पक्ष, शान्तिपूर्ण रुपमा सम्पन्न गराउन मंगलबार महानगरको परीक्षा समितिले ११ वटै केन्द्रमा केन्द्राध्यक्ष नियुक्त गर्नुका साथै उनीहरूका काम कर्तव्यका बारेमा जानकारी गराएको छ। परीक्षा सकिएपछि परीक्षा केन्द्रमै उत्तरपुस्तिका जाँच गरी नतिजा तयार पारी चैत २८ गते सार्वजनिक गरिने कर्णले जानकारी दिए।
आधारभूत तहबाटै अध्ययन अध्यापनलाई प्रभावकारी बनाउन र शैक्षिक गुणस्तर उकास्ने उद्देश्यले महानगरमा पहिलो पटक एकीकृत परीक्षा प्रणालीबाट आधारभूत तहको बार्षिक परीक्षा लिन लागेको महानगरका शिक्षा महाशाखा प्रमुख कर्णले बताए। उनले भने, ‘विगतमा जुन विद्यालयमा अध्ययन गरेको हो सोही विद्यालयले नै परीक्षा लिएर उत्तरपुस्तिका पनि सम्बन्धित विद्यालयले जाँच गर्ने गर्थ्यो, त्यसमा केहि विद्यालय र शिक्षकहरुबाटै चलखेल हुन्थ्यो। ती सबै विकृति अन्त्य गर्न यसपालिदेखि महानगरले एकिकृत माध्यमबाट परीक्षा लिन लागेको हो।’
कर्णका अनुसार एकीकृत परीक्षा प्रणाली सुरुभएसँगै अब भने अध्ययन अध्यापन सम्बन्धित विद्यालयले गर्ने र त्यसको मूल्यांकन तेस्रो पक्षबाट हुने छ। विद्यार्थीको सिकाई मापन तेस्रो पक्षबाट हुँदा निष्पक्ष र यथार्थपरक हुने भएकाले महानगरले यस वर्षबाट एकीकृत परीक्षा प्रणाली सुरु गरेको महाशाखा प्रमुख कर्णले बताए।
मंगलबार नवनियुक्त केन्द्राध्यक्षहरुलाई महानगरकान मेयर राजेशमान सिंहले नियुक्तीपत्र प्रदान गर्दै आधारभूत तहको अन्तिम परीक्षा निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन निर्देशन दिए।न्युज कारखाना
वीरगन्ज, ६ फागुन ।
वीरगन्जबाट प्रहरीले लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर ) सहित चार जनालाई पक्राउ गरेको छ। वीरगन्जको दुई छुट्टा छुट्टै स्थानबाट प्रहरीले एक युवतीसहित चार जनालाई पक्राउ गरेको हो।
वीरगन्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकस्थित सडकमा प्रहरी चौर्की इनर्वाबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा भारतबाट नेपालतर्फ आउँदै गरेका चितवनको भरतपुर महानगरपालिका–१७ निवासी २४ वर्षीय अमित गुरुङ र २४ वर्षीया सुनिता विकलाई १ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए।
यस्तै वीरगन्ज महानगरपालिका वडा नम्बर १५ स्थित सडकमा प्रहरीले बा.९५ प २३०३ नम्बरको स्कुटी रोकेर चेकजाँच गर्दा त्यसमा सवार दुई युवकपनि खैरो हेरोइनसहित पक्राउ परेको थापाले बताए। पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका– ५ का २४ बर्षिय सेजल श्रेष्ठ र पर्साको जिराभवानी गाँउपालिका–२ का १९ बर्षिय विजय साह रहेका छन्।
उनीहरूको साथबाट पनि १ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए। खैरो हेरोइनसहित पक्राउ परेका चारै जनाविरुद्ध लागू औषधसम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको थापाले बताए।न्युज कारखाना
बारा, ६ चैत ।
जीतपुरसिमरा क्रिकेट कप प्रतियोगितामा सोमबार कलैया क्रिकेट क्लब बिजयी भएको छ । समूह ‘ए’ को अन्तिम खेलमा कलैयाले आयोजक जीतपुरसिमरा स्पोर्टस् क्लबमाथि ९ विकेटको फराकिलो जीत हात पारेको हो ।
सेज क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको आयोजकले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८५ रन जोडेको थियो । आयोजकका लागि पुजन श्रेष्ठले २६, अजय पटेलले १२ रन बनाउँदा अन्य ब्याटर चल्न सकेनन् ।
आयोजकलाई सस्तोमा समेटने क्रममा शंकर पौडेल र अरनिको यादवले समान दुई विकेट लिए भने अनिलकुमार साह, कुमार थापा र मनु हवारीले एक–एक विकेट लिए । ८६ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको कलैयाले ७.३ ओभरमै जीत हात पारेको हो ।
कलैयाको जीतमा निरज यादवले बिष्फोटक ब्याटिङ गर्दै ५० रन बनाए । खेलमा अविजित रहेका उनले २२ बलमा पाँच चौका र चार छक्का प्रहार गरे । यसैगरी कलैयाका ओपनर साहिल पटेलले १६ र कप्तान त्रितराज दासले १० रन बनाए । आयोजकका लागि प्रभात लामाले एक विकेट लिए ।
टिमलाई सानदार जीत दिलाएका निरज प्लेयर अफ दि म्याच घोषित भए । उनलाई जनता माध्यमिक विद्यालयका सहप्रध्यानाध्यापक बरुण गौतमले पुरस्कार वितरण गरेका थिए ।
आयोजकविरुद्ध सानदार जीत हात पारेपनि कलैया प्रतियोगिताबाट बाहिरिसकेको छ । समूह ‘ए’ बाट लगातार दुई खेल जित्दै चार अंकका साथ पर्सा क्रिकेट संघ फाइनलमा पुग्दा कलैया र आयोजक उपाधी होडबाट बाहिरिएका हुन् ।
कलैयाले आफ्नो पहिलो खेलमा आइतबार पर्सा क्रिकेट संघसंग पाँच विकेटको हार व्यहोरेको थियो । पहिलो खेलमा हार व्यहोरेको कलैयाले दोस्रो खेलमा आयोजकविरुद्ध सान्त्वना जीत हात पार्दै दुई अंक बटुलेको हो । यता लगातार दुई खेलमा पराजित हुँदै आयोजक अंकविहिन बनेको छ । आयोजकले आफ्नो पहिलो खेलमा पर्सा क्रिकेट संघसंग ७७ रनले पराजित भएको थियो ।
प्रतियोगिता अन्तर्गत मंगलबारदेखि समूह ‘बी’ का खेल हुनेछन् । समूह ‘बी’ को पहिलो खेलमा मकवानपुर क्रिकेट संघ र जनकपुर पिस फाउण्डेशन भिड्दैछन् । यस समूहको तेस्रो टोलीको रुपमा खुकुरी क्रिकेट क्लब भैरहवा रहेको छ ।
समूह ‘बी’ को शिर्ष टोलीले पर्सा क्रिकेट संघसंग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको फाइनल खेल चैत्र १० गते हुनेछ । अभियान नेपालको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा जारी प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् ।न्युज कारखाना
मुम्बइ, ३ चैत ।
सन्नी देओलका छोरा करण देओललाई पनि ‘लाहोर १९४७’ मा कास्ट गरिएको छ ।
फिल्ममा सन्नी र करण पहिलो पटक एक अर्कासँग स्क्रिन सेयर गर्दैछन् ।
‘गदर २’ को ठूलो सफलतापछि मानिसहरु सन्नी देओलको नयाँ प्रोजेक्टको उत्सुकताका साथ पर्खिरहेका छन् । उनको आगामी फिल्म ‘लाहोर १९४७’ लाई लिएर निकै उत्साहित रहेका छन ।
आमिर खानले ‘लाहोर १९४७’ निर्माण गर्दैछन् । आमिरले फिल्ममा केमियो गर्ने कि नगर्ने भन्ने खुलाइएको छैन तर आमिर आफैले यो फिल्ममा केमियो गर्ने बताएका छन् ।
रिपोर्टका अनुसार करणले सन्तोषी र आमिर खान दुवैलाई मन परेको फिल्मको लागि अडिसन दिएका थिए । अब सनी र करणको क्यारेक्टरसँग सम्बन्धित एउटा ठूलो अपडेट आएको छ ।
सन्नी देओलले आफ्नो छोरा करण देओलसँग पहिलो पटक ‘लाहोर १९४७’ मा स्क्रिन सेयर गर्दैछन् । निर्देशक राजकुमार सन्तोषीले आफ्नो पहिलो फिल्ममा बाबु छोरालाई पिच गर्न लागेको खुलासा गरेका छन् ।न्युज कारखाना
वीरगञ्ज, २ चैत ।
हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एक महिलासहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१० बस्ने कुनाल कुमार जैसवाल, वडा नं २२ बस्ने वीरेन्द्र साह तेली, रेखाकुमारी साह र पर्सा जगरनाथपुर गाउँपालिका–६ बस्ने मितुकुमार कुर्मी छन्।
उनीहरूलाई वीरगञ्ज–१० आदर्शनगर स्थित कुनाल कुमार जैसवालको किराना पसलबाट विभिन्न बैंकका चेक र नगदसहित पक्राउ गरिएको हो।
उनीहरूको साथबाट ४ लाख ३ हजार नगद, विभिन्न बैंकको चेकबुक १३ थान, बैंकहरूको काटिएको चेक ६६ थान, डिपोजिट स्लिप ५ थान–एटिएम कार्ड ३ थान र मोबाइल सात थान बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमार विक्रम थापाले जानकारी दिए।
पक्राउ परेका सबै जनाविरुद्ध बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विरुद्धको कसुरमा अदालतबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान भइरहेको छ।न्युज कारखाना